Tag Archives: बिभोर बराल – Bibhor Baral

कविता : शान्ति प्रयास

~बिभोर बराल~ चारैतिर आगो बलिरहेछ म काठमाडौँ नाम गरेको शान्त टापुमा रहेको मेरो सुरक्षित घर भित्र बसी फुर्सतको समयमा लेखिरहेछु

Posted in कविता | Tagged | Leave a comment

गजल : कतै समवेदना छर्दैछु

~विभोर बराल~ कतै शुभकामना कतै समवेदना छर्दैछु जिउने नाममा औपचारिकता पूरा गर्दैछु ‘नमस्ते’, ‘धन्यवाद’ र ‘माफगर्नुस् है !’ को सहरमा आत्मीयताविहीन सम्बन्धको जालोमा पर्दैछु

Posted in गजल | Tagged | Leave a comment

कविता : विद्रोह

~बिभोर बराल~ कुहिरोमा रुमल्लिएको त्यो चीसो पलको मीठो सम्झना अझै ताजा छ मनमा आकासबाट चमचम गर्दै वर्षिरहेका थिए हिउँका डल्लाहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : एक्लै भएँ म

~बिभोर बराल~ सहरको भीडमा पनि एक्लै भएँ म छेउमै छ सागर तर प्यासै रहेँ म अरुको बारेमा सोच्न कसलाई फुर्सत यहाँ खाटा परेका घाउहरु कोट्याउँदै बसेँ म

Posted in गजल | Tagged | Leave a comment

गजल : गीत गाउने भए आऊ

~बिभोर बराल~ बिरह हैन खुसीको गीत गाउने भए आऊ सँगै मिली हाँसोको खोला बगाउने भए आऊ इच्छा छैन मलाई तिम्रा चोट केलाउने चहर्याउँदो मेरो घाउमा मल्हम लगाउने भए आऊ

Posted in गजल | Tagged | Leave a comment

कविता : भेटिने र छुट्टिनेको कथा

~बिभोर बराल~ केही छुट्टिए केही भेटिए जानेहरू याद बने आउनेहरू प्यार बने अलिकति जित बने अलिकति हार बने सानो यो मुटु भित्र नमेटिने आकार बने थुङ्गा-थुङ्गा आकार पछि

Posted in कविता | Tagged | Leave a comment

गजल : सबथोक गर्छ मान्छे

~बिभोर बराल~ आफ्नो स्वार्थ पूरागर्न सबथोक गर्छ मान्छे मुहारमा झुठको अनेक बुट्टा भर्छ मान्छे कसैको मनमा के बित्छ उसलाई के मतलब काम फत्ते गरेपछि अन्तै डेरा सर्छ मान्छे

Posted in गजल | Tagged | Leave a comment

गजल : पुरानै ‘हार’ हुनुन्छ

~बिभोर बराल~ मेरा मित्र उही पुरानै ‘हार’ हुनुन्छ उहाँ नै मेरो बाँच्ने आधार हुनुन्छ तपाईकालागि कुरुप पतझड नै सही उहाँ त मेरा निम्ति बहार हुनुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : हुन देऊ आज

~बिभोर बराल~ जति-जे हुन्छ हुन देऊ आज अघाउँजी मलाई रुन देऊ आज धेरै मैलो लुकेको छ यो मनमा सफासँग त्यसलाई धुन देऊ आज

Posted in गजल | Tagged | Leave a comment

गजल : कसैसँग जोडिएछ

~बिभोर बराल~ थाहैनपाई कथा मेरो कसैसँग जोडिएछ सोझै हिंडे भन्ठानेथें पाउ अन्तै मोडिएछ बेहोसीमा के-के भए भनि यसो नजर लाउँदा बाधा मात्रै हैन साथी कसम पनि तोडिएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : आफै भन्दा टाढा दौडें

~बिभोर बराल~ दौडें, दौडें धेरै दौडें सबैभन्दा छिटो दौडें अरुलाई उछिन्ने होडमा आँफैलाई छाडी दौडें आफै भन्दा टाढा दौडें न घाउ लागेको पत्तो भयो

Posted in कविता | Tagged | Leave a comment

गजल : फुल्दछ गुराँस साथी

~बिभोर बराल~ भिरमा नै फुल्दछ गुराँस साथी हारमा नै मगमगाउँछ आश साथी हरेस नखाऊ अघि-अघि बढ्दै जाऊ रोकिन्छ चाँडै पीडाको बतास साथी

Posted in गजल | Tagged | Leave a comment

गीत : सबै बाटा सजिला भए…

~बिभोर बराल~ सबै बाटा सजिला भए हिँड्नुको के मजा सधैँभरि सुख भए जिउनुको के मजा हिँड्दा कतै ठेस लागोस् लडूँ म अल्झेर उठी फेरि बढूँ अघि आफ्नो लक्ष्य तर्फ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिनले बोधि प्राप्त गरुन्

~बिभोर बराल~ जंगलसँगको मेरो सम्बन्ध निकै पुरानो हो आदिकालमा मेरा पुर्खा जंगलमै बस्थे पछि बिस्तारै उनीहरुले गाउँ, बस्ती हुँदै शहर बसाले तर जङ्गलसँगको तिनको सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

कथा : पिडादायी विजय

~बिभोर बराल~ विभाष निसन्देह एक महान वैज्ञानिक हो। उसले अनगिन्ति आविष्कारहरू गरेको छ। हरेक क्षेत्रमा उसका खोजहरूले नविन आयाम कायमगरेका छन्। अझ भनौ देशको वर्तमान सुदृढ अवस्था उसैको देन हो। ऊ नेपालमा मात्र होइन सम्पूर्ण विश्वमै प्रसिद्ध छ। सारा संसारले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : मेरी प्रेयसी

~सेक्सपियर~ अनुवाद: विभोर मेरी प्रेयसीका आँखा घामजस्ता छैनन् मेरी प्रेयसीका आँखा घामजस्ता छँदैछैनन् न त उनको ओठको लाली सिपीको जस्तो रातो छ हिउँलाई सेतो मान्ने हो भने उनका स्तन त श्यामल छन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : तस्विर भइसकेको मान्छे

~विभोर बराल~ मलाई थाहा थियो घरका सबैलाई खुसी पार्ने उपाय त्यसैले पहिलो तलब हात परेकै दिन दगुरेँ फोटो स्टुडियो तिर । ‘आम्मै कति ठूलो !’, हजुरआमा चकित परेर चिच्याउनु भयो। हजुरआमाको चिच्याहट सुनेर पिताजी र आमा दौडिँदै बैठक कोठामा आउनु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन

~विभोर बराल~ ठीकै भन्यौ बाटो त्यति सजिलो त हैन सजिलोमै रम्ने मेरो बानी पनि छैन चुनौतीको डढेलोले अाँखा तरे पनि हिम्मतको हिमाल यो अहँ पग्लँदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : म

~बिभोर बराल~ सहरको भिडमा पनि एक्लै भएँ म छेउमै छ सागर तर प्यासै रहें म अरुको बारेमा सोच्न कसलाई फुरसद यहाँ खाटा परेका घाउहरु क्mोट्याउँदै बसें म

Posted in गजल | Tagged | Leave a comment

कविता : मौसम र मानव

~विभोर बराल~ कुहिरोमा रुमल्लिएको त्यो चीसो पलको मीठो संझना अझै ताजै छ मनमा÷ आकाशवाट चमचम गर्दै वर्षिरहेका थिए हिंउका डल्लाहरु, –कति सौम्य –कति सालिन देखिएका थिए सेताम्य वृक्ष

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : थोरै प्रेम गरेँ, थोरै काम गरेँ

~फैज अहेमद फैज~ अनुवाद: विभोर बराल ती मान्छे साह्रै भाग्यमानी थिए जसले प्रेमलाई काम सम्झिन्थे या कामसँगै प्रीति गाँस्थे म त जीवनभर व्यस्त रहेँ थोरै प्रेम गरेँ थोरै काम गरेँ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

बिभोर बरालका चार मुक्तकहरु

~विभोर बराल~ डाँफेसँग सिक न डाँफेसँग सिक न बिरह भुली नाच्लाई जूनसँग सिक न निषामा रमी हाँस्नलाई किन त्यसै रनभुल्लमा परेकी मैसँग सिक न ब्यथा निलेर बाँच्नलाई

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : छोडी गयो

~विभोर बराल~ थाहा छैन कहिलेको हिसाब छोडी गयो जिन्दगीले टेबलमा किताब छोडी गयो ।

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : मेरी प्रेयसीका आँखा घामजस्ता छैनन्

~विलियम शेक्स्पेयर~ – अनुवाद: विभोर  बराल मेरी प्रेयसीका आँखा घामजस्ता छँदैछैनन् न त उनको ओठको लाली सिपीको जस्तो रातो छ हिउँलाई सेतो मान्ने हो भने

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : उमेरसँगै सिकिन्छ पहाड चढ्न

~विभोर बराल~ आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमपत्र

~विभोर बराल~ मेघनालाई देख्दा अचेल मलाई किन किन त्यो केटीको याद आउँछ । त्यो कथा । एउटा केटा र केटीको कथा। “दुख भनेककै सम्बन्ध त हो नि । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दुखको ।” ऊ सानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment