Tag Archives: भिम बहादुर थापा – Bhim Bahadur Thapa

कविता : समय

~भिम बहादुर थापा~ उनको सर्वोच्चता नलेखोस् कसैले, बचपन देखि चाउरिएको गाला बीच लुकेका व्यथाहरु नकोट्याओस् कसैले, पिठ्युँभरी नून बोक्दाका भैंसे र ठोरीका कथाहरु नसुनुन् कसैले, ढुङ्ग्री, माड्बरी र बुलाँकीका विशुध्द मौलिकताहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~भिम बहादुर थापा~ यसको कारण होइन म कारक होइनौ तिमी, यसको म ज्ञाता होइन तिमी विज्ञ छैनौ, जहाँ- म जिम्मेवार छैन भने तिमी दोषी होइनौ भने, बिन्दास बाँच यो अविरल जिन्दगी बित्न देऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम

~भिम बहादुर थापा~ अस्ति, हिंजो र आज तिम्रो र हाम्रो आफ्नै गाउँमा संवेदना नासिएको ठाउँमा मानवता मासिएको घाऊमा अकल्पनीय अपशकुन् सल्किएको यो क्षण सलाम, ख्याति तिमीलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै

~भिम बहादुर थापा~ मानव महासागरभित्र मान्छेहरुकै भीडमा एक्लै मात्रै एक्लै बाँचिरहे झैं लाग्छ निरश झैं लाग्छ सुनसान झैं लाग्छ। खै, एकत्रित गर्छु सम्हाल्छु, समेट्छु मिलाउँछु मिल्ने सम्म र, सिलाउँछु पनि।

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिव्यक्ति

~भिम बहादुर थापा~ आमाको मुख हेर्ने दिन यो आईदिंदा बसन्ती बासना बिगतले छाईदिंदा, यो दूर थलोमा त्यो भुल्न सकिन विशाल बाटोमा म डुल्न सकिन। **

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल-२

~भिम बहादुर थापा~ बसन्त बहारमा कलाभरी फूल आकर्षक फूल मोहनी फूल रातो फूल, सेतो फूल पहेंलो फूल, बैजनी फूल निलो फूल, कलेजी फूल सप्तरङ्गी फूल, नौरङ्गी फूल रङ्गीबिरङ्गी फूल बहुरङ्गी फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : फूल

~भिम बहादुर थापा~ फक्रेको वैंश भरिलो सुवास मदमस्त यौवन जिउभरी बसन्त आहा! अतुलनीय ए फूल, सहज नतमस्तक म त तिम्रो नजिकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बलेको आगो

~भिम बहादुर थापा~ असामान्य अलिक अपत्यारिलो तर, अनायास उसको सानो प्रगतिमा सामान्य पदारोहणमा केही नौलो? केही नयाँ? ब्यग्र आँखा अघि-

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्तित्व

~भिम बहादुर थापा~ हजारान् यात्री थरीथरी मान्छेहरु बहुरङ्गी सपनाको तीर्थस्थल घनघोर व्यस्तता अविराम कोलाहल, उफ् हराभरा, चम्किलो

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य

~भिम बहादुर थापा~ थाहा छैन तर, किन नहुनु थाहा छ एकदम थाहा छ, यो मध्यानीमा त्यो मध्यरातमा एक्लो सिर्फ एक्लो म घोत्लिइरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्छ को सहिद?

~भिम बहादुर थापा~ उन्मत्त सुर हराएको विवेकशुन्य मानव परिसर, दण्डहीनता फुल्दैको बद्नामी निरीह नाम-राज्य, अघिल्तिर आँखै अगाडी समूह-समूहमा गुट-उपगुटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कट्टुसका स्याउला

~भिम बहादुर थापा~ त्यो हाम्रो ठाउँको त्यो रनबनको त्यो परिवेशको समग्र त्यो भूमिको कोही किन गराओस् पुनर्ताजगी मलाई? अघोर अभिन्न जस्तै प्रकृतिको साथी प्रकृतिको प्रसंशक, म आफै प्रमाण म आफै साक्षी म आफै भुक्तभोगी कोही, खै

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~भिम बहादुर थापा~ भेलको अनगिन्ती झापड खाए नि बर्षाको बहुलठ्ठी भोगे नि मेरो बैखोलोले मेरो मुरली खोलोले कहिल्यै बदलाव सोचेन कहिल्यै बेईमानी गरेन म त तिनकै चिसो पानीले पोषिएको मान्छे शितल छादनमुनि

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~ बदलिन्छ घडी, बदलिईरहन्छ पला तर, साक्षात्कारमा तिनै सञ्चो-बिसन्चोका कुरा कहिले दु:ख र सुखका कुरा कहिले मिलन र विछोडका कुरा कहिले काँढाघारीका कुरा कहिले फूलबारीका कुरा एकैछिन मनलाई शान्त्वना दिने कुरा।

Posted in कविता | Tagged | Leave a comment

कविता : समकालीन वाणी

~भिम बहादुर थापा~ के के न धमाका मच्चाउला जस्तो आकाशका तारा खसाउला जस्तो परिवर्तनका फाट्टफुट्ट झिल्का पँजाउने नाउँमा बस्तीकै अमर शान झैं, गजक्क, गुराँस फुल्ने थुम्कामा डोजरले थुतुनो बजारे पनि चारहाते कच्ची सडक झुपडीका बलेनीसम्मै उतारे पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना गर्ने कुरा

~भिम बहादुर थापा~ महत्वका छेऊनेर बहन्छु सम्भावना भएकैलाई म भन्छु नयाँ वर्ष प्रत्येक नयाँ पलमा यो बोली देव-वाणी होस् यो कामना शाश्वत, जादुमयी पुगोस्

Posted in कविता | Tagged | Leave a comment

गजल : डर मलाई ‘कुरो’ को भो

~भिम बहादुर थापा~ भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो ** पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो

Posted in गजल | Tagged | Leave a comment

गजल : कपट कै रजाईं भो

~भिम बहादुर थापा~ सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो ** सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो

Posted in गजल | Tagged | Leave a comment

गजल : आज मुहार हेर्न आएँ

~भिम बहादुर थापा~ तिम्रो गुणगान सुन्दा धेरै, आज मुहार हेर्न आएँ धोको मेट्ने माया रोज्दा, खानु गोता फेर्न पाएँ ** मैले सोच्ने सुख मात्रै, के हुन्थ्यो र जिन्दगी यो नौजालभित्र लड्दै बढ्दै, तिम्रो बखान केर्न आएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : यो वर्ष नि घर्केर गो

~भिम बहादुर थापा~ सप्रेला केही गम्दागम्दै, यो वर्ष नि घर्केर गो सालभरी सम्भावना, फुल्नै नपाई फर्केर गो ** अभागीमै दर्ता भा’को, छ कि क्या हो मेरो देश त खुल्ला, फुल्ला भन्दाभन्दै, लाउने दिन लर्केर गो

Posted in गजल | Tagged | Leave a comment

गजल : हावासरी डुल्दैछु म

~भिम बहादुर थापा~ बोली तिम्रो बिझ्दा आज, हावासरी डुल्दैछु म अजम्बरी भन्ने माया, दु:खभरी भुल्दैछु म ** बाध्यता यो लेख्नु पर्यो, यथार्थता खोज्छु भन्दा निष्ठुरी त्यो भुल्न छायाँ, घुम्तीभरी घुल्दैछु म

Posted in गजल | Tagged | Leave a comment

गजल : आफै भेट्न आऊँ कि कसो

~भिम बहादुर थापा~ वास्ता तिमीले गरिनौ खै, आफै भेट्न आऊँ कि कसो व्यस्तता यो थाँती राखी, एउटा पाईला धाऊँ कि कसो ** साता मात्र हुन्थ्यो कहाँ, महिनौं भईगो पर्खी आ’को शुन्यता यो चिरीवरी, एउटा माया लाऊँ कि कसो

Posted in गजल | Tagged | Leave a comment

गजल : भित्र ब्याथा थुन्छ्यौ के थाहा

~भिम बहादुर थापा~ हँसिलो त्यो मुहारसित, भित्र ब्याथा थुन्छ्यौ के थाहा भेट्दा मुस्कान ओठभरी, निदमा एक्लै रुन्छ्यौ के थाहा ** कहिले गाउँमा, कहिले बेसी, मौका सर्दै टर्दै आयो सौहार्दता बाहिर छरी, दिलमा कालो बुन्छ्यौ के थाहा

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रै छायाँ लुकेर गो

~भिम बहादुर थापा~ संझनाको डिलमा खुनी, तिम्रै छायाँ लुकेर गो रञ्जनाको राग थुनी, थुप्रै आँसु सुकेर गो ** अचाक्ली यो पीरको पिरो, रसादीले मेट्ला के र प्रतिक्षाको पाल मुनि, थुप्रै वाचा झुकेर गो

Posted in गजल | Tagged | Leave a comment

गजल : शत्रु आज ठान्यौ किन

~भिम बहादुर थापा~ तिम्रै फेरमा फुल्थें सँधै, शत्रु आज ठान्यौ किन भावनामा भिजी आ’को दिलमा ढुङ्गा हान्यौ किन ** बुझ्झकीको बहाना त्यो, आँखै अघि अल्झियो कि खै विश्वासभित्र बल्दो माया, विवादभित्र तान्यौ किन

Posted in गजल | Tagged | Leave a comment

गजल : के बुझिन

~भिम बहादुर थापा~ कोसँग, खोल्यौ के बुझिन बैंशमा पोल्यौ के बुझिन ** सार्थें कि सपनी तिमीलाई घमण्ड घोल्यौ के बुझिन

Posted in गजल | Tagged | Leave a comment

गजल : खान्छौ कति मेरो देशलाई

~भिम बहादुर थापा~ मखलेलमा मेवा जस्तो खान्छौ कति मेरो देशलाई तिम्रै बाऊको पेवा जस्तो ठान्छौ कति मेरो देशलाई ** आशै-आश बक्रबास भो कानून छैन वशमा कतै सन्की तालमा सुर्किनीले बान्छौ कति मेरो देशलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : दिलैभरी कपी आएँ

~भिम बहादुर थापा~ चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ ** अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ

Posted in गजल | Tagged | Leave a comment

गजल : पारे दिउँसै यीनले राती

~भिम बहादुर थापा~ ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती ** लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती

Posted in गजल | Tagged | Leave a comment

गजल : विवश लाज ढाक्दो छ मेरो देश

~भिम बहादुर थापा~ दिन् दुगुना रात् चौगुना, विवश लाज ढाक्दो छ मेरो देश विश्वास् मरेर जन् माथि, भगवान् भाक्दो छ मेरो देश ** कलङ्क कैयन् भरेर, आमाको छाती चर्काएपछि अचाक्ली व्याथा बोकेर, भत्भती पाक्दो छ मेरो देश

Posted in गजल | Tagged | Leave a comment

गजल : गरेको देखिनौ

~भिम बहादुर थापा~ विशाल त्यो गरेको देखिनौ तिम्लाई म मरेको देखिनौ ** के को रीस पाल्यौ ए भैरवी वाचा यहाँ झरेको देखिनौ

Posted in गजल | Tagged | Leave a comment

गजल : बोलेरै याँ खायौ जेठा

~भिम बहादुर थापा~ दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा ** गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा

Posted in गजल | Tagged | Leave a comment