Tag Archives: भक्तराज न्यौपाने – Bhaktaraj Neupane

कविता : लेखाइ र समर्पण

~भक्तराज न्यौपाने~ भावका नङ्ग्राहरूले चिथोरेर रगतपिच्छे हुन्छन् अन्तरहरू अनुभूतिका सुइराहरूले भावुकता खोप्छन् कम्पायमान हुँदै अवचेतना

Posted in कविता | Tagged | Leave a comment

कविता : अतिथिको जङ्गलमा

~भक्तराज न्यौपाने~ हराउँदा अतीतको जङ्गलमा फुत्त निस्कियो सम्झनाको घाइते डमरू । हेर्दाहेर्दै घुर्रघुर्र गर्दै पु-यायो पूर्वजिन्दगीको ओडारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : साथीहरूसँग…

~भक्तराज न्यौपाने~ गाउँ त एकदम निस्तब्ध छ रित्तो घरमा भोटेताल्जा झुन्ड्याएर कहाँ हराए पचासी नाघेका घरमूलीहरू ? रौनकको रौरव हराएर एकलास चकमन्नताले छोपेको छ घुप्लुक्क उत्तानो लडेको छ मतान

Posted in कविता | Tagged | Leave a comment

कविता : म जस्तै अरू

~भक्तराज न्यौपाने~ म जस्तै आलाकाँचा रहेछन् खारिन बाँकी रहेछन् अनुभवहरू मेरा कर्तव्यहरू मसँगै जन्मिएछन् दुःखहरू मसँग अभावमा हुर्किछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ

~भक्तराज न्यौपाने~ हाम्रो सिम्पाने गाउँबाट सीधा उत्तरमा पर्छ– काठमान्डू। काठमान्डूबाट जब फर्कन्छन् जम्बरे, अम्बरेहरु शहर गाउँ घुम्न आए झै लाग्छ थरी–थरीका मोबाइल, बिस्कुट, चाउचाउ केटाकेटीका लागि रंगचंगी लुगा

Posted in कविता | Tagged | Leave a comment

कविता : चिबे

~भक्तराज न्यौपाने~ स्वतन्त्र नीलो आकाशको मन्द पवनमा निःसङ्कोच उडिरहन्छ चिबे को सक्छ रोक्न विचरणको यात्रा को सक्छ च्यात्न आकाशको सौन्दर्य ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खोजी

~भक्तराज न्यौपाने~ सुरु भएको छ, अनेकतामा एकताको खोजी एकतामा अनेकताको अन्वेषण, हामीहरू कैदमुक्त भएका छौं हामीहरू उन्मुक्तिको गीत गाउँदै गुलजार समयको विशाल पटाङ्गिनीमा भेला भएका छौं । हाम्रा मनहरू स्वतन्त्रताले पुलकित छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अमिलो समय

~भक्तराज न्यौपाने~ घर–घर नै खाली छ गाउँमा प्रत्येक घरमा एकोहोरो कराइरहेछ सुनसान माध्याह्न पट्यारलाग्दो चकमन्नता आँटीमा बसेको छ टुक्रुक्क । नियास्रो मजेत्रोसँगै चिम्सा आँखामा बूढीआमाहरू हेरिरहेछन् युगको तमासा हातको हातै बोलेको छ साहिलो छोरो

Posted in कविता | Tagged | Leave a comment

कविता : बखतबहादुर र देश

~भक्तराज न्यौपाने~ बखतबहादुर निद्रामा बरबराउादै किन सम्झन्छ बरोबर यो टाढा दूरदेशमा बसेर देशको नाम ? बिर्सन चाहेर बिर्सन नसकेको मनको एउटा कुनाभरि पसारिएको यो देश र गाउाका यादहरु किन झिकेर मिल्काउन सक्दैन हा ! बखतबहादुर ।

Posted in कविता | Tagged | Leave a comment