Tag Archives: आचार्य प्रभा – Acharya Prabha

कविता : म भूल हुँ

~आचार्य प्रभा~ म भूल हुँ सुधारन सक्छौ पुरानो गल्बन्दिको धागो हुँ उधारेर नयाँ स्वरूप दिन सक्छौ …., कहाँ मैले भनेकी छु र ? म सदाबहार छु भनेर कहाँ मैले हठ गरेकी छु र ? म सदा सर्वदा जायज छु भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा नक्षत्र झरेछ साहित्यकाशबाट

~आचार्य प्रभा~ म स्तब्ध बनें त्यो शोकाकुल खबरले साहित्यिक नभबाट एउटा स्रष्टारुपी तारा खसेछ झापाली साहित्यकाशबाट , चम्की रहेका उज्ज्वल नक्षत्रलाई कसरी कालो बादलले आफ्नो कालरात्री घुम्टोमा लुकाएछ / म कामना गर्दछु वहाँको चिरशान्तीको

Posted in कविता | Tagged | Leave a comment

गजल : बास दिन्छौ कि ?

~आचार्य प्रभा~ तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ? बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ? तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ?

Posted in गजल | Tagged | Leave a comment

कथा : नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

~आचार्य प्रभा~ मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आमा कहाँ बिलायौ

~आचार्य प्रभा~ आमा तिम्रो मात्रित्वको परीभाषा कसरी म दिउ ? जब कि तिमीले त मलाई न्यानोपनको आभाष नै नदिइे छाडेर गयौ …. बात्सल्यताको महत्व नबुझाई बिलिन भयौ … म भने आमा ,आमा चिच्याइ रहें तिमी त कठोर् बनी

Posted in कविता | Tagged | Leave a comment

गजल : म आउन सकिन दाजु

~आचार्य प्रभा~ सम्झिरैछु भाइटिका, म आउन सकिन दाजु निधारमा भाइटिका लाउन सकिन दाजु । बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु सयपत्रिको मालामा ,मुस्काउन सकिन दाजु ।

Posted in गजल | Tagged | Leave a comment

कविता : देवकोटा तिमी प्रसाद हौ

~आचार्य प्रभा~ देवकोटा, तिम्रा अमानुषी श्रीजनाका किरणहरुले अझै जग्मगिएको छ साहित्य जगत तिम्रा अटल प्रेरणाहरुले बाँचेको छ नेपाली बाङ्मय अझ सहज, तिमी अपरिमेय छौ तिम्रा श्रीजना अमेय छन। हाँसी रहेछौ तिमी अटल सूर्य बनेर नेपाली साहित्यकाशमा , बाँची रहेछौ तिमी”मुना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिस्थापित हामी

~आचार्य प्रभा~ प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर कहिले कमजोर बनेर ढल्न खोज्छ कहिले अस्थिर बनेर रम्न खोज्छ किन हो कुन्नी ?आमाको मोहले मोहित भएर होला शायद … आफ्नै आमाको काखको सिरानी रोज्छ । रहर हो कि बाधयता ? रणभुल्लमा छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आसुँ बनेर

~आचार्य प्रभा~ आँखाबाट झर्यो याद आसुँ बनेर गएथ्यौ मलाई छाडि आउँछु भनेर …. पल,पल सम्झनाले सताइरैछ मलाई बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे ….

Posted in नेपाली गीत | Tagged | Leave a comment

झ्याउरे गजल : मन फुलाउ जिन्दगी

~आचार्य प्रभा~ नमान पीर हँसाउ मन फुलाउ जिन्दगी हाँसोले हेर पीडाले हैन खुलाउ जिब्दगी । एउटै छैन सबैको कथा अनौठो संसार खुशीले नाँच दु:खले हैन झुलाउ जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मीठो उच्छ्वास भर्दै

~आचार्य प्रभा~ मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप म्रीगत्रीष्णा बोकेर पुगेँ म पनि तिमी नजिक ………….. बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ………..

Posted in कविता | Tagged | Leave a comment

कविता : “अन्तिम कोशेली”गिरिजालाई

~आचार्य प्रभा~ एउटा हस्ती अनी राजनीतिक धरोहरको समापन ……. आखिर पेवा न हो मृत्‍यु कहाँ रोक्न र छेक्न सक्थ्यो र? सम्बेदना र मायाका पर्खालहरुले त्यसैले उ निभेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : बिभत्स दिवास्वप्न

~आचार्य प्रभा~ उफ ! कस्तो बिभत्स सपना देखेँ सपना कहाली लाग्दो थियो यस्तो थियो त्यो सपना म सगरमाथाको शिरमा उभिएर “आमा” “आमा”…….. चिच्याइ रहेकी थिएँ अनायस हावाको झोँक्का आएर मलाई चिसो स्पर्ष दियो, अनी मलाई कानमा शब्दहरुको

Posted in कविता | Tagged | Leave a comment

कविता : निरीह कैदी

~आचार्य प्रभा~ मायाको कठ्घरामा थुनियौ कि या त आकर्षणको नेलले बाँधियौ ? मैले त देख्न थालेँ तिमीलाई एउटा निरीह कैदी, जो मेरो आँखामा सदा कैद भयौ न त म तिमीलाई मायाको चोरीको अभियोगमा माफि दिन नै सक्छु, न त तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : प्यास बढ्यो हेर

~आचार्य प्रभा~ तिम्रो आगमनले मनको प्यास बढ्यो हेर तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर । अन्जान र खाली थियो मनको सँघार मेरो आशाको सुन्दर महल कस्तोगरी ठड्यो हेर ।

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेम झुटो भनि

~आचार्य प्रभा~ भन्नेहरु भन्दै गरुन प्रेम झुटो भनि सोंच्नेहरु सोँच्दै गरुन माया खोटो भनि …………../ देखाउँन सकौँ हामी प्रेम अमर छ भनि बताउँन सकौं हामी माया अजर छ भनि ……………./

Posted in गजल | Tagged | Leave a comment

कविता : आस्था र अनास्थाभित्र मान्छे

~आचार्य प्रभा~ मूर्ती पुजेर मान्छेलाई घ्रीणित ब्यवहार गर्नु मानवियता हैन जस्तो लाग्छ त र…… बाध्यता, जब मान्छेहरु नै मूर्ती भन्दा अन्धो र कठोर बन्छन भने अनी…. मान्छेहरु नै अचल बनेर पापको भागीदार बन्छन भने अर्को बिकल्प नै के रह्यो र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो मायालाई तिरष्कार

~आचार्य प्रभा~ म छु बिश्वस्त गरेनौ शायद ,मेरो मायालाई तिरष्कार अनी सोंच्दैछु फेरि यो पनि,गर्ने छैनौ मनबाट बहिष्कार । तिम्रो माया जिउने आधार भयो,अनी आश्वासन जीवन जित भयौ तिमी यसै मेरो,अनी भयौ जितको पुरस्कार ।

Posted in गजल | Tagged | Leave a comment

कविता : उडाइ लग्यो सानो संसारको छानो

~आचार्य प्रभा~ रहेन अस्तित्व तिम्रो अब खै!तिम्रो रूपको महत्व अनी खै तिम्रो मीठो अभिनयको औचित्य ? सब छताछुल्ल भए तिम्रा भावनाहरु , अनी धमिला बागमतीमा अनुवाद भयो तिम्रो त्यो निस्कलंक कुमारीत्व ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म परदेशिनुको आशय

~आचार्य प्रभा~ करुण चित्कार मनमा लिएर आँशुका थोपाहरुलाई मुटुको घडामा समेट्दै बन्धकी हाँसो उकास्न म परदेशिएको मान्छे । बिवसता मेरो नजिक थियो त्यो क्षण , अनी पीडा आफन्त थियो त्यो पल, शायद समस्याले जकडिएको

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो सामू

~आचार्य प्रभा~ नझार्नु थियो आँशुको सागर मैले, झारें तिम्रो सामू मेरा मनका सारा ब्यथाहरु पनि ,सारें तिम्रो सामू / दुखको सागरमा पौडीरहेथें, पाएँ तिम्रो न्यानो हात आँशुको नदी पार गर्दै, आफुलाई तारें तिम्रो सामू /

Posted in गजल | Tagged | Leave a comment

गजल : मार्दो रैछ यहाँ

~आचार्य प्रभा~ नखाएको बिषले पनि मार्दो रैछ यहाँ षड्यन्त्रको जालमा पनि पार्दो रैछ यहाँ। जिन्दगीलाई जितै जितमा राख्छु भन्नेले जानी जानी बाजी पनि हार्दो रैछ यहाँ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : निर्देशक हो मन

~आचार्य प्रभा~ बहकिन सक्छ मन कतै छट्पटिमा आत्तिएर टुक्रिन सक्छ मन कँही पीडामा बल्झिएर, हो, मन यस्तै छ कोमल बन्छ कहिले नचांहिदो तर्कमा बिनासित्तिमा, कठोर बन्छ कहिले डुबेर स्वार्थको अभिप्शामा चुर्लुम्म

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठो आश रैछ

~आचार्य प्रभा~ जिन्दगी कहिल्यै नमेटिने मीठो आश रैछ निराशामै अल्झिदिने जिउँदो लाश रैछ । जस्तो चल्छ,चल्दै जान्छ भोग्नै पर्छ आखिर पीडा,ब्यथा बिर्सिएमा जीवन आहा!खास रैछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मात्तिएको मन पर्छ

~आचार्य प्रभा~ कहिलेकँहि नशाले तिमी , मात्तिएको मन पर्छ नशाको झोंकमा मसँग, तात्तिएको मन पर्छ । मन हो बहलाउन,जे सुकै गर तिम्रो खुशी नशाले छाडेपछी फेरि,आत्तिएको मन पर्छ ।

Posted in गजल | Tagged | 4 Comments

आचार्य प्रभाका सात सेन्र्यूहरु

~आचार्य प्रभा~ रित्तो छ थाल अघाएको छ पेट तिखा शब्दले । आधा शरिर झुल्कन्छ आकाशमा कर्तब्य सम्झी ।

Posted in सेन्र्यू | Tagged | Leave a comment

कविता : कठै ! यो बर्तमान

~आचार्य प्रभा~ अक्सर म बर्तमानसँग सोध्ने गर्छु आखिर यो संघर्ष,यो लडाईं केका लागि त ? कहिले मन थाक्छ लखतरानसँग कहिले मस्तिष्क थाक्छ हैरानसँग फेरी पनि आउछन समस्याहरु बिभिन्न रूप अवधारण गरी अनी आश्वासनको मल्हम पोँतिन्छन

Posted in कविता | Tagged | 1 Comment

गजल : मनको प्यास बढ्यो हेर

~आचार्य प्रभा~ तिम्रो आगमनले मनको प्यास बढ्यो हेर तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर । अन्जान र खाली थियो मनको सँघार मेरो आकासको सुन्दर महल कस्तो गरी ठड्यो हेर ।

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पाठ

~आचार्य प्रभा~ महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो । एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ? दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!!

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : के तीज छोरीचेलीलाई मात्र आउँछ ?

~आचार्य प्रभा~ तीज नजिकै आएकोले मिना माइेती आउने खबरले उस्की आमा बडो हर्षित र बेचैन थिइेन्,छोरीको प्रतिक्षामा । निक्कै चुस्तीफुर्तीकोसाथ घरमा अर्‍हाइेकराइे गरिरहेकी थिइेन् । यता बुहारीपनि धेरै बर्षपछी माइेती जान पाउने खुशीमा हर्षित हुँदै आफ्नो तयारीमा लागेकी थिइे । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : छोरीको कोशेली

~आचार्य प्रभा~ उस्ले बडो आनन्द र गर्वको साथ भन्दैथियो ।”मेरी छोरी एयरहोस्टेज हुँदा त मैले ब्ल्याक लेबल र रेड लेबल त कत्ती खाएँ,खाएँ । बिदेश जाँदै पिछे ल्याइेदिने । जे होस् व्हिस्की र ब्राण्डी त धित मरुन्जेल नेपालमा हुँदा नै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अग्रिम उपहार

~आचार्य प्रभा~ आज रेजिनाको बेबी सावर । सबै साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment