Category Archives: कविता

Nepali Poems

कविता : म तिम्रै हुँ

~शीतल शर्मा~ याद मेरो आयो भने धेरै तिम्लाई सतायो भने समझ म तिम्रै हुँ । तिमी धेरै खुशी हुँदा खुशी साट्न मन लाग्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : ईतिहासले तिमीलाई परिचय दिनेछ सिंहदरबार

~रमा दुलाल~ गगनचुम्बी पर्खाल भित्र सुरक्षा कवजको घेरा भित्र मेरो सिंहदरबार सुरक्षीत छ मेरो सिंहदरबार शीतल शान्त छ। तर, सिंहदरबार, तिमी दरबार मात्र होइनौं तिमीभित्र सिंह पनि त छ नि, तर, खै तिमी गर्जन सकेको ?

Posted in कविता | Tagged | Leave a comment

कविता : महाबुद्ध यसोधरा

~सिन्धु रिजाल~ लाउँला र खाँउला बैसालु उमेरकी मलाई चटक्क छोडेर ज्ञानको खोजीमा भौतारिने घोर अज्ञानी युवक, तिमीलाई धेरै पछि ज्ञान प्राप्त भई बुध्द भयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~बिमल गिरी~ समय एकनास नहुदो रहेछ अन्तर बिरोधहरुको भिडमा आज कताकता स्वाभिमानमा अचानक बिना बर्षा

Posted in कविता | Tagged | Leave a comment

कविता : सानो साथी

~डा. विष्णु सिम्खडा~ मेरो सानो साथी , समय को नियति नि रह्यो कस्तो। तिमी माथि बस्न गयो माया मेरो यस्तो।। तिम्रो हाँसो सुन्दाखेरी

Posted in कविता | Tagged | Leave a comment

कविता : म ध्रुब तारा

~दयाकृष्ण राई~ निल आर्मस्ट्रङ्ग तिमीले चन्द्रमाबाट पृथ्बीतिर फर्केर हेर्दा ग्यालिलियोले भनेको गोलो पृथ्बी च्याप्टो नभएर गोलो नै देखेका थियौ तिमी पछि जानेहरु सबैले गोलो नै देख्ने गर्छन रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंसा

~सुनील पुरी~ उसले प्रेम गर्यो । एकछिन पछि उसको मन बदलियो र बन्यो हत्यारा । हत्याराले न कसैलाई माया गर्यो न कसैलाई दया गर्यो न गर्यो आफैलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : उल्टो सुल्टो

~विक्रम सुब्बा~ म दुनियाँलाई मैले चाहेजस्तो बदल्नेछु  त्यसपछि म मेरो मुलुक बदल्नेछु  अनि म मेरो समाज बदल्नेछु  लगत्तै म मेरो घर बदल्नेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : रक्तरञ्जित फूलहरू

~सुमिना अभिलाषी~ चरम यातनामा चरम सन्तुष्टिको खोजी गरिरहेका , हृदय गुमाएका ए निर्दयी भीडहरू हो ! मान्छेभित्रै मानवता उदाङ्गै पारेका नङ्ग्न मानसिकताहरू हो ! सत्यलाई बहिस्कार गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : माैन पहाडकाे कथा

~हिमाेढ पहाडी~ हरेक बिहानीकाे सूर्याेदयसँगै जब म ब्युँझिन्छु खाल्डाेबाट दुर चिहाउँछु क्षितिज अङ्गालेर ऊ मुस्कुराइ रहन्छ र केवल मुस्कुराइ रहन्छ मलाई स्वाभिमान सिकाउने त्याे माैन पहाड ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे खप्पर र आस्थाहरुको मुटु

~देवेन्द्र खेरेस~ बुद्विमा राँको बालेर एकपल्ट खप्परमा विचारले झोस्दा उछिटिएका अटोमेटिक छिटाहरु हिजो आज र…॥ नसा-नसामा बगेर थेम्स नदी

Posted in कविता | Tagged | Leave a comment

कविता : जुवेदा खातुन

~विमला तुम्खेवा~ सबै यसै भन्छन् छोरी भएर जन्मनु दक्षिणी हावाको तेज तुफान हो त्यसो हो भने हावालाई रोक्न सम्भव छ ? यसै भन्थिन् आमा मजस्तै अनपढ बन्न दिन्न यो छोरीलाई म हुर्किंदै गएँ सँगै आमाको सपना पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रम्फुको पाखामा

~टंक वनेम~ चौंरीको घण्टी कुहिरोको माझ कागको इसारा रम्फुको खोला सुसाउँदै बग्छ चल्दछ विरह ।

Posted in कविता | Tagged | Leave a comment

कविता : झ्याउँकिरीको गीत

~रुपिन्द्र प्रभावी ‘कटु’~ हृदयभरि उज्यालो आराधना बोकेर आँखाभरि कैदी भएका अपाच्य दृष्यावलोकनमा उद्वेलित झ्याउँकिरीहरु मरुभूमिको उँट बास्छन्– सपनामा पानी पिएको लैबरी गीत ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफन्त आवाज

~दीपा लिम्बु राई~ ऊ को हो? कम्ब्याट भित्र… हेल्मेटले अनुहार पुरिएको म ठम्याउन बन्दै सक्तिन । रगताम्य अनुहारमा लाठी बर्साईरहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : सय रुप्पेले बाँधेको साइमासा

~टंक वनेम~ अत्याधुनिक पप नगरीले आधुनिकताको फेरो हालेर नघुमाएको मन बुकी फूल र भेडीगोठको नागी कहाली लाग्दो कुहिरोमा हराएका भेडा डाक्ने लोक भाकाहरु बल्झि रहन्छ दाउरा काटेको टाक्कटुक्क

Posted in कविता | Tagged | Leave a comment

कविता : निदाउन छोडेको छु

~कुबेर काका~ १ झपक्क आँखा चिम्लिदा नेपाली जनताको काया फेर्न समान अस्तित्व कायम गर्न विधिको शासन कार्यान्वयन गर्न आर्थिक विचलन अन्त्य गर्ने हाम्रो कदमबाट भयभित भएर हामीलाई क्रुरता पूर्व हत्या ग¥यो हाम्रो यात्रा जारी छ भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : अहिल्यै के को वार्ता

~बबुल लामा~ डाँडा काँडाहरु नांगा भइसकेकै छैनन् न त पहिरोले गाँउ बस्तिहरु पुरै बगाएकै छ उल्लु, किन कराउँछस् डाँको छोडेर ज्ांगल अझै सकिएकै छैन, अहिल्यै के को बृक्षारोपण ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोही कोही आएको छैन ऐलेसम्म

~वीरभद्र कार्कीढोली~ आत्मीयताको अँगालो लिएर अँगाल्न अहँ! कोही कोही आएकै छोन। ऐलेसम्म प्रेमका एक थुङ्गा फूल! दिनु पनि कोही आएको छैन। जाड़ोले थर्थराइरहेका छ! जाडोले बजिरहेको दाँतको आवाज

Posted in कविता | Tagged | Leave a comment

कविता : नील आकाशको यो तारालाई

~भिमदर्शन रोका~ नील आकाशको यो तारालाई हेरिरहेछु म मेरो सहारालाई हेरिरहेकी होलिन् प्रियतम मेरो दूर प्रवासबाट यही तारालाई नील आकाशको यो तारालाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~भुवन सापकोटा~ मैले अभाबै अभाबमा जीएको मान्छे पनि देखेको छु आफ्नै स्वभाव मै जीएको मान्छे पनि देखेको छु । मैले आफ्नो सम्पतीको धाक लगाउने पनि देखेको छु रीस्ता अनि आफन्तमै आग लगाउने पनि देखेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घोर प्रतिक्रान्ति

~जीवनस्पर्शी~ साम्यवाद मेरो लागि थियो जिवनको अन्तिम लक्ष्य जसको नसाले म भुल्न सक्थे पृयसिका यादहरु लेनिनका क्रान्तिका सुत्रहरुसग साटी दिन्थे आमाका आसिर्बादहरु म भोक लाग्दा रमाउथे पड्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : यसबेला…

~सुभाष सोताङ~ सरकार! तिम्रो नरभक्षी शासनको कविता त लेख्छु-लेख्छु मँ सरकार! तिम्रो जंगलराजको कथा त लेख्छु-लेख्छु मँ तर यसबेला कवी मात्र होइन मलाई, मध्यान्हको चर्को रवि पनि हुनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : को छन् अज्ञानी?

~तिर्थराज जोशी~ कहिल्यै बुजुर्गहरुको अगाडि निहुँरिए आशिष दिन्छन् बाबु ज्ञानी मान्छे बन्नु। ज्ञानी मान्छे……. को ज्ञानी छैनन्? अँझ उपयुक्त भनौँ? को छन् अज्ञानी? वास्तवमा संसारमा अज्ञानता भन्ने शब्द नै नहुनुपर्ने। किनकी यो नहुनुपर्ने शब्द

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेखा पन्त~ लाग्दैन आलिशान घर होस् घरमा काम गर्ने नोकर होस् न चाहन्छु सुविधामा घोडा हुन् गाडी हुन् सुरक्षामा अगाडि पछाडि हुन् !! कदापि छैन सोच कमाउँ मनग्य धन सम्पति जोडौं महंगा जमिनहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन रोएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको गुन्युको थाङना भित्र देखेको सपना

~दयाकृष्ण राई~ म आमाको गर्भबाट यस धर्तीमा पदार्पण गर्न बित्तिकै प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ जन्मनु बित्तिकै को हाँसेको छ हँ ? रुनु नै त जिन्दगी रहेछ । आमा तिमीले बुबु खाउ बुबु भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : च्यातिएका गरिबीका पुरानो बर्कोहरू

~राजबाबु श्रेष्ठ ‘सागर’~ म सोंचिरहेछु पुर्पुरोमा हात राखेर आगो निदाएको दिन के हुन्थ्यो होला ? शायद, उदधि क्षितिजमा उदय हुन्थ्यो होला अनि नदीमा आगो छलाङ्ग मार्दै कहिले कर्णाली त कहिले कोसीको बगर-बगर हप्दा उठाउँदै हिन्थ्यो होला हप्ता न दिए हनुमानले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबुक जीवन

~गणेश राई~ रातो रगतको आवरणभित्र सोझो सिपाहीका इमान्दार पङ्तीजस्तो लहर ठड्याइएको छ अक्षरहरुको पर्खाल प्लास्टर गरिएको छ चिल्ला शव्दहरुले भित्ता कोठाको बिचमा झुण्डाइएको छ रङगीन पासो सिपाही जिन्दगीको हुकुमी कारागारभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदेशबाट श्रीमतीलाई चिट्ठी

~डम्बर पौडेल~ समुन्द्रको छाल जस्तैः , तरंग भो मन बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ? छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ |

Posted in कविता | Tagged | Leave a comment

कविता : पैताला पुकार

~आर.बि. निश्चल~ पूजनीय ब्राह्मण देवता ! साष्टाङ्ग दण्डवत ! माफी चाहन्छु- धृष्टताको निम्ति अनि, दुस्साहसको निम्ति मनभरी गुम्सिएका अनन्त पीडा र अथाह व्यथाहरू दबाएरै राखिरहूँ भन्दा-भन्दै पनि शान्त महासागरमा अचानक ज्वार उठेझैँ मनको बाँध फुटाल्न खोज्दैछन् भावलहरीहरू ! र, सुनामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषार्थ

~सुमित्रा थापा कार्की~ यता एउटी आमाले छोरा जन्माईन महान बनिन् उता अर्कि आमाले छोरी जन्माईन अपमान बनिन् आखिर आमा नै बनिन् “महान, अपमान” यहि महान रअपमानको भरिलो कोखबाट जन्मियो “पुरुषार्थ ”

Posted in कविता | Tagged | Leave a comment