Category Archives: नेपाली काव्य

Poetry

गजल : रातमा आकाशमा जून हुन्छ

~डा. टीकाराम भण्डारी~ रातमा आकाशमा जून हुन्छ यस्तोमा धर्तीलाई गुन हुन्छ कतै महल छ कतै झुपडी ढुङ्गा कुट्नेको ढुङ्गा सुन हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर

~आचार्य प्रभा~ बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर । जीवन सँगिनीको बिछोड त असह्य भो त्यसैले हिक्का छाड्यौ अश्रुधारा खसाएर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी नेपाली

~होमनाथ सुवेदी~ नेपाल भित्र बाहिरै विश्वका सारा नेपाली पहिचान दिगो राख्न जुटौं हे! हामी नेपाली । पश्चिम पुगी युएस्ए पूर्वमा पुगी जापान चन्द्रसूर्यको सारैमा गाउँछौं हामी नेपाली ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा | बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा रगतको खोलले धर्ती नै डुबाउने भो आमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा | राम कृष्ण जन्म दिने यिनै मेरी आमा पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा |

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~नन्दलाल आचार्य~ दुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~ नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो, पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो । नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो! हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चन्द्रमा…… मेरो मंगल ग्रह

~सुदर्शन गौतम~ २१औँ शताब्दी, युग परिबर्तन को शताब्दी मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन आर्थिक परिबर्तन – लुट राजनैतिक परिबर्तन – फुट न्यायिक परिबर्तन – छुुट जनसाँखिक परिबर्तन – शुट देशमा अनेक परिबर्तनका संकेत

Posted in कविता | Tagged | Leave a comment

गजल : म वारी तिमी

~सुदर्शन गौतम~ म वारी तिमी सधै पारी मेरो फिर्ती तिम्रो चैं सवारी म एक्लो तिम्रो पछि धेरेै छ्न म नितान्त व्यक्तिगत, तिमी सरकारी

Posted in गजल | Tagged | Leave a comment

कविता : मुर्दा हुँ या जिउँदो

~चन्द्र राइ ‘आकाश’~ म ढुङ्गा भएको छु सकेसम्म र भनेसम्म सस्तोमा किनिएको छु न रुन सकेको छु न हाँस्न सकेको छु मुर्दा हुँ या जीउँदो चौबाटोमा याँकिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देह सेलाई

~चन्द्र राइ ‘आकाश’~ कसलाई श्रद्धा गरें पत्थरलाई फूल चढाइ ख्वै मैले के पाएँ आत्मा यो बलि चढाइ । ख्वै मैले के मागे आफैला ई नाङ्गंो बनाइ केवल पाएँ एउटै नाम आफूलाई पागल बनाइ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनचरी

~चन्द्र राइ ‘आकाश’~ पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मुर्ती हुँ

~चन्द्र राइ ‘आकाश’~ कानले नसुन्ने आँखाले नदेख्ने केवल स्तम्भ झैं उभिएको म मूर्ति हुँ । मेरा कानले सुन्ने ओठका हाँसो अभिशाप हुन् मेरा आँखा अगाडि नाच्ने मारुनी प्रतिरोध हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनको सितलतामा

~चन्द्र राइ ‘आकाश’~ जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ । जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बुकी र बिनायो

~चन्द्र राइ ‘आकाश’~ प्रभातको सूर्यौदयमा बुकी मुस्कुराउँथ्यो पाखा र चौरभरि सेताम्मे मधुमासको सन्ध्यामा बिनायो गाउँथ्यो चखेवा र भञ्याङ्गमा माधुर्य । बुकी, सगरमाथादेखि माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो बुकी बिनायोको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समिर

~चन्द्र राइ ‘आकाश’~ किन कुन्नी आज मन्द अनि शीतल । कहीँ गुलावी, कहीँ केसरी कहीँ वावरी, कहीँ चुवारीको सुगन्ध छर्छु भन्ने समीर यात्राहरुमा सुस्ताए आकाश कुहिरोले छोपिए प्रभात किरण को प्रतिक्षामा मौन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~चन्द्र राइ ‘आकाश’~ पिए मात अवश्य लाग्छ नपिई पनि यहाँ मात लाग्छ नशा र विष नपिउनेलाई मान्छे किन पिउन लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~चन्द्र राइ ‘आकाश’~ हामी सारा नेपालीलाई लाग्नु खुशी लागेको छ स्पन्दनभरि, आशाको छाल छल्किएको छ ओहो ! पुनः देशमा शान्ती छाएको छ बुद्ध अब हामी माझ आएको छ गाउँदेखि शहरसम्म ओठहरूमा मुस्कान पलाएको छ ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : कहाँ रुएँको हुँ र

~मनु लोहोरुङ राई~ दुखेर मुटु, कहाँ रुएँको हुँ र ? सरणमा पाउ,कहाँ छोएँको हुँ र ? मिलनमा थोरै दाग लागेर केवल

Posted in रुबाई | Tagged | Leave a comment

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ १. जेल गएर मर्छु अब म पनि देशकै लागि |

Posted in सेन्र्यू | Tagged | Leave a comment

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ एक अध्याँरो वस्तीका असंख्या बासिन्दाहरु हो, मै जस्तो थुप्रै प्रतिनिधी हो, दीनहरुको भोकको निमित्त रातहरुसंग उज्यालो माग्नू ! मान्छे हुनुको कर्तव्य- जिम्मेवारी=समातामूल चेत सम्भावको अमूर्त चिन्तन- नरक कुण्डबाट मुक्ति मार्ग खोज्न

Posted in कविता | Tagged | Leave a comment

गेडी : अधुरो

~मनु लोहोरुङ राई~ छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर छिया छिया मुटु भो, आमालाई सम्झेर भा’छु, अधुरो मेरो लागि दिनै मधुरो मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : देश सम्झेर

~मनु लोहोरुङ राई~ सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म बिपनीमा उठेर, उन्कै गीत लेख्छु म देश सम्झेर, पानी जस्तै आँशु गो’खेर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : कस्ती भईन् होला नि

~मनु लोहोरुङ राई~ छोडी आएँ मायालु,कस्ती भईन् होला नि रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि बल्झेर दुख्छ छाती एतै अल्झेर

Posted in गेडी | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ आमा ! म आज तिमीसंग एउटा कुरा मन खोलेर भन्छु कि इज्जतको रिहाई माँग्छु | तिम्रो छाती चिथोर्ने तिम्रै छोराहरुसंग म घोर विरोध जनाउँछु | धेरै संघर्ष गर्दै आएँ र फेरि गरिरहन्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ सोल्टी ! यो मनको खोपीमा कुन सम्साँझ देखि आरती जगायौ ? थाहै भएन | खै कुन बिहान देखि हो ? प्रेमिलो सूर्य उदाएछौ मेरै हृदयको श्रीअन्तु डाँडामा- रातो गुलाफ बोकेर अनुरागका चिमल थुंगाहरु यै सिक्रे रुखको थाप्लोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुमेरु, तिम्रो नाम

~समाश्री राउत~ हृदयमा जब भुल्काहरु उठछन् यसमा संचारित तरंगहरु मधुरता लिएर अधरभरि फिंजिइदिन्छन् अपरिमीत मायाको सागरका लहरहरुमा लहराउँदै माथि उठेर आउँछ एक नाम तिम्रो नाम शिशिरको कोपभाजनमा परेर नाङ्गिएका रुखमा बसन्त बनेर फैलिएसरी अतुलनिय तरंग मिठास बनेर मनलाई काउकुती लगाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सिपाहीको स्वास्नी

~समाश्री राउत~ बाहिरी परतमा बसन्त पालुवा लागेका फूल फुलेका यौवन लहलहाउँदो तर संगिना केलाएर हेर त मेरो बसन्तको पतझड पक्ष आँखा दृष्य देख्छ दुविधा देख्दैन आँखा भाव देख्छ भावना देख्दैन परिधान भित्रको कोढ ऊ आए पनि चहर्याउँछ ऊ गए पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मृत्यु

~ ऋचा शर्मा तिवारी~ आज राती सपनामा मेरो जीवनको मृत्यु भएको म देख्दै छु । न कात्रो छ लाश छोप्न न कोहि छ वरिपरि कस्तो वेवारिसे मृत्यु लाग्यो यो एउटा अभावको मृत्यु हो न कि मेरो शरिरको ।

Posted in कविता | Tagged | Leave a comment

शिव शर्मा चञ्चलका दुई मुक्तकहरु

~शिव शर्मा चञ्चल~ १, कसैलाई कसैको हात मन पर्छ त,कसैलाई कसैको वात मन पर्छ ज-जसलाई जे-जे मन परोस् तर, मलाई त, मायालुकै साथ मनपर्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : मागे जति सबै दिए, खाली भए म

~मिजास तेम्बे~ मागे जति सबै दिए, खाली भए म । कस्ले गर्यो बेइमान् यहाँ, जाली भए म । कुरा गर्छन् सबै साथी उन्नतीका, दर्शक माझ फगत यौटा, ताली भए म ।

Posted in गजल | Tagged | Leave a comment