~दिलमान राई ‘चोट’~
”रूख”
जरा गाडी उभेको रूख भन्दा ठुलो अरु छैन
हाँगा बाँडी उभेको रूख भन्दा ठूलो अरु छैन
किन पलाउँछ पलायन घाउँघरको मायाबाट
हाँगा बाँडी उभेको रूख भन्दा ठूलो अरु छैन
यहाँसम्म कि जूनमा गएर पाइला अजमाउ
जरा गाडी उभेको सुख भन्दा ठुलो अरु छैन
खुशीको पलमा पनि कहिले आँसु झर्ने गर्छ
ए दाइ! दुरत्वको दुख भन्दा ठूलो अरु छैन.
दिलमान राई ‘चोट’
यवतमाल, महाराष्ट्र ,भारत
(स्रोत : Dalsingtara)