कविता: अखण्डित समय र राष्ट्रीय एकता

~शरद् छेत्री~

समय भनेको परिपक्वता पनि हो
असाध्यको प्रवल छ जो, –
राष्ट्रको सुद्दृड़ संघटनमा समयको
प्रभावछ औधी प्रचण्डको ।
देशद्रोही ! तब के पो नाप्ने छौ तब उठाएर हतियार
हुनेछैन है समय, कुनै पनि पो, आक्रमणमा स्थिर !
मातृभूमि प्रति प्रगाड़ प्रेम चाणक्यमा, समयले तब जागृत गर्दा पनि,
वतनलाई स्वतन्त्र पार्ने द्दृढ़ लगनमा, गान्धी नेहरू पटेल प्रभृति कति,
हजारौं लाखौ संग्रामीजन-आन्दोलनमा, सर्वस्व त्यागी अग्रसर बन्दा पनि
समयको चाल थियो नित्य-निर्भय – अविचलित – अखण्डित,
जून अनुशीलनमा स्वतन्त्रता संग्राम थियो एकाग्र प्रगतिशील,
उफ! एक्कास्सी तर, कताबाट पलायो यस्तो अमिल्दों-नमिठो?
बसुर राग,बिच्छिन्नतावादको, भॉच्दै गति सत्-समयको ।
इतिहासको विरुवा रोप्नेहरुले त, सुतेका अरुलाई पनि जगाएर,
परिसके समय अतिप्रजननशील, देश प्रेम रसले मलिलों सकारेर ।
अफ़शोच! तर मूर्ख अबूझहरु चाँहि नचिनेर ॠद्धि-सिद्धि
समयको हातमा चाबुक देखेझैं बन्दै हतभागी,
केवल विसंगत चालमा भाग्दै रहे संधै जथाभावी
खुशियालीको नाममा भ्रमको स्वार्थ- सामल बोकेल केही !
यसै पुण्यभूमिको आँगन-आंगनमा खुशियाली रमाइलो
मूल प्रवाह भयो, प्राण प्राणमा गुन्जित नित्य जोश-गानको,
प्रभो! यही नै त हो, उत्कृष्ट राष्ट्र भारत हाम्रो,
संगठनमा नै जहाँ समय छ निरन्तर रमाएको!
जहाँ सुहाएको छ, अनेक भाषा अनेक भेष
अनेकौं आस्था छ, अनेकको तर यही एक्कै देश
तब यस पवित्र स्थलमा, विभ्रान्त साथी!
कुन कुन चापमा बोक्यौ हतियारहरु यसरी?
कुन कुन भाईको, घातको ताकमा, भागेको मनपरि?

– दार्जीलिङ

साभार: डूवर्स परिक्रमा फाइलबाट
( स्व॰ शरद छेत्रीज्युको असामयिक निधन प्रति गहिरो शोक प्रकट गर्दै सश्रद्धांजलि अर्पण गर्दछु। गत: केही महिना अघि डूवर्स परिक्रमामा प्रकाशन हेतु पठाईएको उहाँको रचना, केही कारणवश पत्रिका प्रकाशन हुन नसकेकोमा खेद प्रकट गर्दै अनलाइन पत्रिका दलसिंगतारा मार्फत प्रकाशित गरिरहेको छु। सम्पादक )

(स्रोत : Dalsingtara)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.