लघुकथा : घोडा

~युवराज मैनाली~

भन्नेले धेरै भनेर गए । जाने गएपछि भनेको कुरा मान्न उनीहरूलाई अप्ठ्यारो प¥यो । पाँचै दाजुभाइको सल्लाह भयो –गुठी होइन ट्रस्ट राखौँ । त्यो थातीलाई काठी राखौँ, लगाम नराखौँ । चढ्ने चढोस् तर नहिँडोस् । लड्ने लडोस् तर नमरोस् । सबैभन्दा विज्ञ जेठाको कुरा सुनेर सबै सहमत भए । त्यो घोडा आज पनि जीवितै छ ।

घोडामा काठी छ तर लगाम छैन, त्यसैले जो कोही त्यसमा चढ्ने आँट गर्दै गर्दैन । आँट गर्ने मान्छे पनि घोडा उफ्रेपछि लड्छ, घाइते बन्छ, अस्पताल पुर्‍याइन्छ तर लगाम कसैले हाल्न सकेको छैन, हाल्ने कोही माइकालाल पैदा भएकै छैन ।

(स्रोत : बिआरटी नेपाल डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.