~नवराज न्यौपाने~
हाँस्दै खेल्दै रम्दै रम्दै लौ है म त फेरी आएँ,
गयो भयो अब सकियो भन्नेहरू बिच
बिज खुसिको छर्दै आएँ
जे पर्ला पर्ला बिजयको बिगुल आज फुक्दै आएँ।
यो म घमण्ड चाहिँ कहिले गर्दैन,
थाहा छ उसलाई सधैँका लागि
त्यो तिमी तपाईं-कोही पनि त रहँदैन ।
जानी जानी ढिलपिल ढिलपिल
जिन्दगीको भारी भर्दै आएँ,
जति सकिन्छ त्यति जता भ्याइन्छ त्यता
जहाँ जहाँ पुग्छु म, मैले जाने भोगे जति
जिन्दगी के हो बुझ्दै बाँच्दै बुझाउँदै आएँ,
पटक पटक मृत्युले थापेको पासो फुस्काउँदै आएँ।
कविता कथा मुक्तक सायरी गजल के के मिल्छ त्यही,
मेरो जितको गित बजाउँदै आएँ
म त जति सिक्छु त्यति सुनाउँदै आएँ।
तिमी मान नमान जे सुकै ठान
मृत्युलाई नजिकबाट देखेको मान्छे म
सास अनि आश बिचको तान्डव नृत्य नाचेको मान्छे म,
आफ्नै चिता चर चरी च्याती उठेको मान्छे म।
म सँग सुन्छौ भने तिमी
म जस्तै कैयौँ बिरामीको,
हाम्रो चिन्ता र चिताको ब्याख्या छ,
सबै रोगीको मनमा लागेको रोग माथिको ब्यथा छ।
रोगले ग्रसित बिरामी अनि कुरुवाको पीडा जुन अथाह छ,
जो मसँग यहाँ नेर बसेको छ।
यस्तै यस्तै दुख अनि पिर लिई एउटा मित्र बोलेेको छ
मनको बह उसले यसरी पोखेेको छ,
डाँडाका थुम्काहरूमा समथर फाँटहरूमा
हिमचुली पहाडहरुमा ध्यान देऊ
सरकार, ए! मेरो सरकार
झिना मसिना झारपातले
सुस्वाथ्य आथामा औषधि
बोट बिरूवाले शिक्षा माग्दै छन्।
लामा फर्स्ट एड गरी छोडिएका बाटाहरु
खैरो धुलाम्मे बाटाहरूले गन्तव्य खोज्दै छन्।
तिमी हुँइकिने हवाई जहाजबाट हेर कुनै दिन
औंसीको रातमा हरेक छतमा जीत कस्को हुन्छ ?
अँध्यारोको कि उज्यालोको ?
अब त बुझ कुरा पूरा बुझ
सरकार, ए! मेरो सरकार
मोतीबिन्दु भएका गाउँले प्रकाश माग्दै छन्।
लेक बेसी उकालो ओरालो गर
वन जङ्गल घाँस दाउरा गर
खेतीपाती बाउसे दाईँ गर
सीतको थोपा जस्तै चिसो
तिर्खाएका पसिनाहरूले
आँत भिज्ने कञ्चन पानी माग्दै छन्।
प्याक् प्याक् मुख सुकाउँदै
प्याट् प्याट् चप्पल पड्काउँदै
वन जङ्गल पहाड छिचोल्दै
गर्दन छिनाली रगत निचोर्दै
सत्तामा सुत्केरी सरी सुती सरकार
ए!मेरो सरकार
के देख्यौ त सपनीमा सरकार?
बिकास निदाउँदै छन्!
अझै पनि यसमै अड्केका छौँ हामी
शिक्षा शान्ति स्वास्थ्य
बत्ती बिजुली अनि बाटो,
वर्षौँ देखि त्यही टाउको
राज गर्या छन् ,मोज छ है!
पक्कै पनि भन्छन् होला यिनले
नेपाली जनता बेपत्तै लाटो ।
उदाहरण दिन म अन्त जान्न
उदाहरण म मेरै दिन्छु
ब्लड क्यान्सरको बिरामी म
बिदेशमा निःशुल्क उपचार गर्दा गर्दै
बाध्यता र कारण बस आफ्नै देश फर्कदै
चन्दा उठाएर भर्ना भएँ अस्पताल
लाखौँ खर्च गर्दै आइया आइया भन्दै ,
ताल परे तिमीले त उडाइदिन्छौ मलाई
फोकटको उपचार छोडेर किन आको ?
प्रतिउत्तरमा प्रश्न गर्दै।
सरकार,ए! मेरो सरकार
पर्याप्त रुपमा पूर्वाधार खै?
भन्याँ बेला औषधि पाको,खै?
बोनम्यारो प्रत्यारोपण गर्ने प्रविधि खै,
ठाउँ खै,बराबर चिकित्सकहरु खै ?
निशुःल्कको त कुरै पर जाओस्
पैसा तिरेर सन्तान बचाउँछु भन्दा पनि
हिजो मात्रै एउटा बाले छोरोको लाश जलाएर आए,
सकेनन् बचाउन कत्ति सीप लाउँदा पनि।
के छ खै?
बिरामीको मात्रै घुइँचो छ,
पालो कुर्दा कुर्दै मृत्युको त्रास छ,
अनुदानमा आएको एक दुईवटा अस्पताल छ।
सरकार,ए! मेरो सरकार
अब त पाइला सार
गर्देउन जनताको उद्धार
सही जनशक्तिको खाँचो छ
तिमीले चाहे सबै तिम्रो हातमा छ।
हर ओदामा हर पक्षमा
क्षेत्र क्षेत्रमा गाउँ गाउँमा शहर शहरमा
बिकासको साँचो तिम्रो साथमा छ।
ताल्चा लागेका उन्नतिका ढोका
खोल्नु छ,खिइएका जति तोड्नु छ
नयाँ यात्रा गर्नु छ
विशवमै विशेष अब्बल राष्ट्र बन्नु छ।
म त यसै मरेर जाउँला
मैले केही नदेखुँला
सरकार,ए! मेरो सरकार
तर भावी पुस्ताले गर्वका साथ भन्नेछ
आहा! मेरो देश साँच्चै स्वर्ग भन्दा ठूलो छ।
त्यो मित्र यति कहँदै जलेर गयो
उसको सपना साथी भन्दै मेरो हातमा सजाएर गयो।
कतै ठाउँ छैन भर्ना हुनलाई
कस्तो होला यो कतै रगत मिलेन फेर्नलाई,
कतै फेरेको टिकेन टर्नलाई
नितीको नियम जबरजस्ती बद्लिन्न चाहेर बदल्नलाई,
मुटु कलेजो फोक्सो बरु फेरौला फेरी बाँच्नलाई
रगतको ब्यथा खत्रा छ मित्र
कोरेर हेर मेरा शब्दको चित्र त्यो मनभित्र ।
रोग त रोगै होनी साथि कसरी सम्झाउँ म तिमलाई
त्यगीदेऊ आजैबाट त्यो फोहोरी दुर्वेशनको लतलाई,
त्यो तिम्रो रगत बिग्रे
भोलि मिल्दैन आफ्नैे बाबा आमालाई दिनलाई ।
दस गाउँ डुल्छौ तिमी दस भित्ता शिर ठोक्छौ
सक्दैनौ चाहेर बचाउन पराय या कुनै आफन्तलाई ।
सोचे जस्तो हुँदैन जीवन जहिले
जिउन गाह्रो भयो भने कहिले
हिम्मत हार्न हुँदैन मन दरो गर तहिले
सोच्ने गर कल्पना गर कस्तो होला धड्कन रोकिँदा पहिले।
भन्ने गर्छन् बुढापाकाहरु
कुकुरका पनि त दिन आउँछन्,
मेरा दिन आएनन् नि सरकार, ए! मेरो सरकार
हरे! तिमी
फुस्रा माटाका डल्ला पनि त फुल्छन्
झुसिलकिरा पुतली बनी बगैँचामा डुल्छन्।
मेरो खेल्ने मेरो फुल्ने समय पर्देशमै सकियो सरकार,
ए! मेरो सरकार
हेर ती लहलह झुलेका बालाहरु
तिमीले हिँडेका बाटाहरु
तिखा मसिना ती भुत्ते काँडाहरू
रित्तै छन् मैले पकाएर खाने भाँडाहरु ।
सरकार,ए!मेरो सरकार
नुन हाले डल्लो पर्छन् ढाडिएका जुकाहरु
सिँढी बनाउने गर ती असफलताका चुकहरु
साहास अनि सत्कर्मिताले पुर्ने प्रयास गर जिन्दगीका गर्तहरु,
सरकार,ए! मेरो सरकार
ब्यर्थ भएछन् कि के हो निलाकाश मुनिका तिम्रा बर्तहरु
सुस्त सुस्त लुप्त हुँदैछन् नेपाली हुनुको अर्थहरु
खै त मेरा ल्याप्चे बराबरका सर्तहरु।
(स्रोत : कविको फेसबूकबाट सभार)