~युवराज मैनाली~
वर्गीय उत्थानका लामा लामा कुरा भए । जातीय स्वाभिमानका अनेकन् कुर्लाइहरू छरिए । हरिमान त झन् अगुवा त्यसमाथि प्रत्येक कुरामा प्रतिकृया जनाइ हाल्ने र सक्रियतापूर्वकको उनको आनीबानीले उनलाई नेता नै बनाइदिएको थियो । झन् त्यतिखेर जनआन्दोलन लगत्तै सपनाका फुलौराहरू वर्षाइएपछि सोझा सिधाका त भुइँमा खुट्टा नभइराख्या बेला ती बुझक्कड, लाल बुझक्कडहरूको त कुरै भएन ।
स्वायत्तताको बेल उता पाक्दै थियो । यता घरघरका छोराछोरीहरूको स्वायत्तता यति चढिसकेको थियो कि त्यो चढाइ हेर्न कोही कसैलाई फुर्सदै भएन । समतामूलक समाजरूपी जग उनीहरूबाट यति द¥हो रूपमा बस्न पुग्यो कि स्वयम् हरिमानकी छोरी टिल्ल पर्दै ग्याङ् फाइटमा परेर प्रहरी घेरामा परिसकेपछि मात्र हेक्का भयो – उत्थानले फुटाउन नसकिने ढलानको रूप लिई सकेको रहेछ ।
(स्रोत : बिआरटी नेपाल डट कम)