~प्रभात थापा~
खोजेकै त हो मुक्तिको मार्ग
अस्तित्व र चिन्हारीको मांग
सड़कको भित्ताभरी
दौरा सुरुवाल र चौबन्दीभरी
घरको धुरीभरी, छाँगोभरी अनि कह्रेसोंभरी
आँखाभरी र निंद्राभरी,
भोकभरी, तिर्खाभरी,
छात्तीभरी, मनभरी
जुलूस र सड़कजामको कान्लाभरी
तर खै त चोखों मन
सोझो विचार
र
नि:स्वार्थ भावना
भएर मात्र कहाँ हूँदो रहेछ र?
बोल्नेको पीठो बिक्छ
नबोल्नेको चामल पनि बिक्दैन
भन्ने चरितार्थ भो
के हामी वलिको बोको
कहाँ चूक भो?
पराश्रयी भएर पो हो कि…..!
कसले बुझिदिने हाम्रो भोक
हाम्रो शोक र चोट??
प्रभात थापा, दलसिंहपाडा (2012/09/28/)
(स्रोत : Dalsingtara)