शोधपत्र : मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन

~नीलकण्ठ पोखरेल~


मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय
रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समितिको
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र

शोधार्थी
नीलकण्ठ पोखरेल
रत्नराज्यलक्ष्मी क्याम्पस
प्रदर्शनीमार्ग, काठमाडौँ
२०६७


मन्तब्य

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्र्तगत रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली विषयका छात्र नीलकण्ठ पोखरेलले स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र मेरो निर्देशनमा तयार पार्नु भएको हो । निजले परिश्रम र लगनशीलतापूर्वक गरेको यस शोधबाट म सन्तुष्ट छु । यस शोधपत्रको मूल्याङ्कनका लागि रत्नराज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समिति समक्ष सिफारिस गर्दछु ।

शोधनिर्देशक
चिन्तामणि भट्टराई
रत्नराज्यलक्ष्मी क्याम्पस
प्रदर्शनीमार्ग, काठमाडौँ

रत्नराज्यलक्ष्मी क्याम्पस
प्रदर्शनीमार्ग, काठमाडौँ

स्वीकृतिपत्र

त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पस, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह नेपाली विषय द्वितीय वर्षका छात्र नीलकण्ठ पोखरेलद्वारा तयार पारिएको मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन विषयक शोधपत्र उक्त तहका निम्ति उपयुक्त देखिन आएकोले स्वीकृत गरिएको छ ।

चिन्तामणि भट्टराई सह–प्राध्यापक उप–प्राध्यापक
शोध निर्देशक तुलसीमान श्रेष्ठ ढाका प्रसाद धिमिरे
विभागीय प्रमुख बाह्य परीक्षक

मिति ः २०६७।११।०३

कृतज्ञताज्ञापन

मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि तयार गरिएको शोधपत्र हो । प्रस्तुत शोधपत्र रत्नराज्यलक्ष्मी क्याम्पसका गुरु चिन्तामणि भट्टराईज्यूको निर्देशनमा तयार पारिएको हो । शोधसामग्री सङ्कलन, विश्लेषण, भाषिक शुद्घीकरण लगायतका महŒवपूर्ण पक्षमा प्रेरणादायी मार्गनिर्देशन गर्नुहुने आदरणीय शोधनिर्देशक गुरुप्रति हार्दिक कृतज्ञताज्ञापन व्यक्त गर्दछु । शोधपत्र तयारीका क्रममा शोधप्रस्ताव स्वीकृत गरी आवश्यक व्यवस्था मिलाइदिनुहुने रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समितिका अध्यक्ष सहप्राध्यापक तुलसीमान श्रेष्ठप्रति हार्दिक कृतज्ञताज्ञापन व्यक्त गर्दछु ।

शोधपत्र तयारीका लागि अनुमति दिई प्रहरी पेसाका बाबजुद आत्मीयतापूर्वक समय उपलब्ध गराई आवश्यक सन्दर्भसामग्री समेत जुटाइदिनुहुने शोधनायक राजुबाबु श्रेष्ठ र वहाँको परिवारप्रति हार्दिक कृतज्ञताज्ञापन व्यक्त गर्दछु । सामग्री सङ्कलनका लागि सहयोग पु¥याई यथोचित सहयोग, सल्लाह सुझाव दिनुहुने रत्नराज्यलक्ष्मी क्याम्पसका नेपाली शिक्षण समितिका पूर्व अध्यक्ष सहप्राध्यापक हरिप्रसाद पराजुलीप्रति हार्दिक कृतज्ञताज्ञापन गर्दछु । यसैगरी प्रस्तुत शोधपत्र तयारीका क्रममा छिटो सम्पन्न गर्न आवश्यक सल्लाह र सुझाव समेत प्रदान गर्नुहुने रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह नेपाली शिक्षण समितिका सम्पूर्ण आदरणीय गुरुहरूप्रति हार्दिक कृतज्ञताज्ञापन गर्दछु । यसैगरी शोधपत्र तयारीका क्रममा आवश्यक सल्लाह दिनुहुने रत्नराज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेल, साहित्यकार मातृका पोखरेल, अन्नपूर्ण पोष्टका पत्रकार विमल बराल, तिर्थ श्रेष्ठ र ईश्वर पोखरेलप्रति पनि कृतज्ञ छु । अत्यन्त सावधानीपूर्वक टङ्कनकार्य गर्नुहुने भाई सुजन थापालाई धन्यवाद दिन चाहन्छु । रचनात्मक सल्लाह र सुझाव दिई सदैव साथ दिनुहुने सहृदयी मित्रहरूप्रति पनि हार्दिक कृतज्ञताज्ञापन गर्दछु । यस शोधपत्रलाई तयार पार्दा आवश्यक पुस्तकहरू र विभिन्न पत्रपत्रिकाहरू उपलब्ध गराइदिने त्रि.वि. केन्द्रीय पुस्तकालय र रत्नराज्यलक्ष्मी क्याम्पस पुस्तकालयप्रति म कृतज्ञ रहेको छु ।

अन्त्यमा यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समिति समक्ष प्रस्तुत गर्दछु ।

नीलकण्ठ पोखरेल
रत्नराज्यलक्ष्मी क्याम्पस
प्रदर्शनीमार्ग, काठमाडौँ

शब्दसङ्केत सूची

सङ्क्षेपीकृत रुप साङ्केतिक अर्थ
आ. आधुनिक
आइ.ए. इन्टरमिडियट्स इन आर्टस्
इ.सं. इस्वी सम्वत्
उप.प्रा. उपप्राध्यापक
एम.ए. मास्टर्स इन आर्टस्
छै.सं. छैंटौं संस्करण
ते.सं. तेस्रो संस्करण
दो.सं. दोस्रो संस्करण
ने. नेपाली
प्रा. प्राध्यापक
प्रा.डा. प्राध्यापक डाक्टर
प्रा.लि. प्राइभेट लिमिटेड
पृ. पृष्ठ
डा. डाक्टर
डि.एस.पि. डिस्ट्रिक सुपरिटेन्डेड अफ पुलिस
प्र.सं. पहिलो संस्करण
वि.एड. ब्याचलर अफ एजुकेशन
मा.वि. माध्यमिक विद्यालय
वि.सं. विक्रम सम्वत्
सम्पा. सम्पादन


विषयसूची

परिच्छेद एक ः शोधपरिचय

१.१ शोध शीर्षक १
१.२ शोध प्रयोजन १
१.३ विषय परिचय १
१.४ शोध समस्या÷समस्या कथन २
१.५ शोध कार्यका उद्देश्यहरू २
१.६ पूर्वकार्यको विवरण २
१.७ शोधकार्यको औचित्य ४
१.८ शोध कार्यको सीमाङ्कन ४
१.९ शोधविधि ५
१.१० शोधकार्यको रूपरेखा ५

परिच्छेद दुई ः राजुबाबु श्रेष्ठको संक्षिप्त जीवनी र कथा लेखनको सम्बन्ध

२.१ जीवनी र व्यक्तित्व ६
२.१.१ जन्म र जन्मस्थान ६
२.१.२ बाल्यकाल ६
२.१.३ शिक्षा ६
२.१.४ साहित्यिक प्रेरणा ७
२.१.५ साहित्यिक व्यक्तित्व ७
२.१.६ संलग्नता ८
२.१.७ पुरस्कार ८
२.१.८ समाजसेवा ८
२.१.९ भ्रमण ९
२.१.१० कृति ९

२.२ कथाको स्वरूप र परिभाषा ९
२.२.१ कथाको पृष्ठभूमि र स्वरूप ९
२.२.२ कथाको अर्थ र परिभाषा १०
२.२.२.१ पूर्वीय साहित्यमा कथा ११
२.२.२.२ पाश्चात्य साहित्यमा कथा १२
२.२.३ कथाकार राजुबाबु श्रेष्ठको जीवनी र कथा लेखनको सम्बन्ध १२
निष्कर्ष १४

परिच्छेद तीन ः कथाका सैद्धान्तिक तŒव एवं श्रेष्ठका कथाहरूको विश्लेषण

३.१ विषय प्रवेश १५

३.२ कथाका तŒवहरू १६
३.२.१ कथानक १७
३.२.२ पात्र र चरित्रचित्रण १७
३.२.३ परिवेश १७
३.२.४ भाषाशैली १८
३.२.५ दृष्टिविन्दु १८
३.२.६ उद्देश्य १८

३.३ आधुनिक नेपाली कथाको विकासमा श्रेष्ठका कथा १९

३.४ मारिनोसेलोको जून कथा सङग्रहको विश्लेषण २०
३.४.१ मारिनोसेलोको जून कथाको विश्लेषण २०
३.४.१.१ कथानक २० ३.४.१.२ पात्र र चरित्रचित्रण २१
३.४.१.३ परिवेश २१
३.४.१.४ दृष्टिविन्दु २१
३.४.१.५ भाषाशैली २२
३.४.१.६ उद्देश्य २२

३.४.२ पेमा भाउजू कथाको विश्लेषण २२
३.४.२.१ कथानक २२
३.४.२.२ पात्र र चरित्रचित्रण २३
३.४.२.३ परिवेश २३
३.४.२.४ दृष्टिविन्दु २४
३.४.२.५ भाषाशैली २४
३.४.२.६ उद्देश्य २४
३.४.३ कठै मेरो देश . . .. … .. .. .. कथाको विश्लेषण २५
३.४.३.१ कथानक २५
३.४.३.२ पात्र र चरित्रचित्रण २५ ३.४.३.३ परिवेश २६
३.४.३.४ दृष्टिविन्दु २६
३.४.३.५ भाषाशैली २६
३.४.३.६ उद्देश्य २६
३.४.४ मृत्युको जन्मदिन कथाको विश्लेषण २७
३.४.४.१ कथानक २७
३.४.४.२ पात्र र चरित्रचित्रण २८
३.४.४.३ परिवेश २८
३.४.४.४ दृष्टिविन्दु २८
३.४.४.५ भाषाशैली २८
३.४.४.६ उद्देश्य २८
३.४.५ गृहयुद्धको घाउ कथाको विश्लेषण २९
३.४.५.१ कथानक २९
३.४.५.२ पात्र र चरित्रचित्रण २९
३.४.५.३ परिवेश ३०
३.४.५.४ दृष्टिविन्दु ३०
३.४.५.५ भाषाशैली ३० ३.४.५.६ उद्देश्य ३१
३.४.६ अँध्यारो गन्तव्य कथाको विश्लेषण ३१
३.४.६.१ कथानक ३१
३.४.६.२ पात्र र चरित्रचित्रण ३२
३.४.६.३ परिवेश ३२
३.४.६.४ दृष्टिविन्दु ३२
३.४.६.५ भाषाशैली ३३
३.४.६.६ उद्देश्य ३३
३.४.७ प्रेमसर कथाको विश्लेषण ३३
३.४.७.१ कथानक ३३
३.४.७.२ पात्र र चरित्रचित्रण ३४
३.४.७.३ भाषाशैली ३५
३.४.७.४ परिवेश ३५
३.४.७.५ दृष्टिविन्दु ३५
३.४.७.६ उद्देश्य ३५
३.४.८ दसैँ कथाको विश्लेषण ३६
३.४.८.१ कथानक ३६
३.४.८.२ पात्र र चरित्रचित्रण ३७
३.४.८.३ परिवेश ३७
३.४.८.४ दृष्टिविन्दु ३७
३.४.८.५ भाषाशैली ३८
३.४.८.७ उद्देश्य ३८
३.४.९ मैँया साहेबको रूड्डु कथाको विश्लेषण ३८
३.४.९.१ कथानक ३८
३.४.९.२ पात्र र चरित्रचित्रण ३९
३.४.९.३ परिवेश ३९
३.४.९.४ दृष्टिविन्दु ४०
३.४.९.५ भाषाशैली ४०
३.४.९.६ उद्देश्य ४०
३.४.१० मेरी सान्या कथाको विश्लेषण ४१
३.४.१०.१ कथानक ४१
३.४.१०.२ पात्र र चरित्रचित्रण ४१
३.४.१०.३ परिवेश ४२
३.४.१०.४ दृष्टिविन्दु ४२
३.४.१०.५ भाषाशैली ४२
३.४.१०.६ उद्देश्य ४२
३.४.११ सुनन्दाको सम्मान कथाको विश्लेषण ४३
३.४.११.१ कथानक ४३
३.४.११.२ पात्र र चरित्रचित्रण ४४
३.४.११.३ परिवेश ४४
३.४.११.४ दृष्टिविन्दु ४४
३.४.११.५ भाषाशैली ४५
३.४.११.६ उद्देश्य ४५
३.४.१२ अतृप्तता कथाको विश्लेषण ४५
३.४.१२.१ कथानक ४५
३.४.१२.२ पात्र र चरित्रचित्रण ४६
३.४.१२.३ परिवेश ४६
३.४.१२.४ दृष्टिविन्दु ४७
३.४.१२.५ भाषाशैली ४७
३.४.१२.६ उद्देश्य ४७
३.४.१३ युद्धको एकरात कथाको विश्लेषण ४८
३.४.१३.१ कथानक ४८
३.४.१३.२ पात्र र चरित्रचित्रण ४८
३.४.१३.३ परिवेश ४९
३.४.१३.४ दृष्टिविन्दु ४९
३.४.१३.५ भाषाशैली ४९
३.४.१३.६ उद्देश्य ५०
३.४.१४ द्रास्कोबिच र समाधि कथाको विश्लेषण ५०
३.४.१४.१ कथानक ५० ३.४.१४.२ पात्र र चरित्रचित्रण ५१
३.४.१४.३ परिवेश ५१
३.४.१४.४ दृष्टिविन्दु ५१
३.४.१४.५ भाषाशैली ५२
३.४.१४.६ उद्देश्य ५२
३.४.१५ फरक बाटो कथाको विश्लेषण ५२
३.४.१५.१ कथानक ५२
३.४.१५.२ पात्र र चरित्रचित्रण ५३
३.४.१५.३ परिवेश ५३
३.४.१५.४ दृष्टिविन्दु ५४
३.४.१५.५ भाषाशैली ५४
३.४.१५.६ उद्देश्य ५४
निष्कर्ष ५५

परिच्छेद चार ः श्रेष्ठका कथागत प्रवृत्तिहरूको अध्ययन ५६

४.१ परिचय ५६
४.१.१ मावनीय प्रेम र पीडाको प्रस्तुति ५६
४.१.२ मानवतावादी भावनाको प्रस्तुति ५७
४.१.३ देश प्रेमको प्रस्तुति ५७
४.१.४ युद्धको सेरोफेरोको प्रस्तुति ५८ ४.१.५ विकृति र विसङ्गति प्रति आक्रोश ५९
४.१.६ विदेशी परिवेशको चित्रणका साथ कारूणिकताको प्रस्तुति ५९
४.१.७ सामाजिक यथार्थवादको प्रस्तुति ६०
४.१.८ प्रकृतिको सुन्दर प्रस्तुति ६१
४.१.९ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति ६२
निष्कर्ष ६२

परिच्छेद पाँच ः उपसंहार ६४

५.१ उपसंहार ६४
सन्दर्भग्रन्थसूची
परिशिष्ट


परिच्छेद एक
शोधपरिचय

१.१ शोध शीर्षक –
प्रस्तुत शोध पत्रको शीर्षक कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन रहेको छ ।

१.२ शोध प्रयोजन –
प्रस्तुत शोधकार्य त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रत्नराज्य लक्ष्मी क्याम्पस नेपाली विषय स्नातकोत्तर–तह द्वितीय वर्षको दसौं पत्रको प्रयोजनको निमित्त रहेको छ ।

१.३ विषय परिचय –
कथाकार राजुबाबु श्रेष्ठको जन्म वि.सं. २०२५ साल जेष्ठ २७ गते गोरखा जिल्लाको तीनधारेमा भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र शिक्षा शास्त्र अन्तर्गत स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । श्रेष्ठ २०५७ सालदेखि साहित्य क्षेत्रमा देखापरेका हुन् । कविता विधाबाट साहित्य यात्रा आरम्भ गरेका राजुबाबु श्रेष्ठका कृतिहरू निम्न छन् –
मनहरू कविता सङ्ग्रह (२०५७), देश दुखेको बेला कविता सङ्ग्रह (२०६१), प्रहरी र साहित्य खोज मूलक लेखन (२०६१), मारिनोसेलोको जून (२०६३) कथा सङ्ग्रह, पुस्तान्तर संयुक्त कथा सङ्ग्रह (२०६६), वचन (२०६६) गीत सङ्ग्रह र आयाम (२०६७) गीत सङ्ग्रह, मरुभूमिको मृत्यु मेला प्रकाशोन्मुख अवस्थामा रहेको कथा सङ्ग्रह हो । उनको लोकप्रिय र उत्कृष्ट विधा कथा नै रहेको छ।

मूल रूपमा कविता बोकेर साहित्य क्षेत्रमा देखा परेका राजुबाबु श्रेष्ठ अहिले सशक्त जीवनमुखी मानवीय संवेदनाले भरिएको मारिनोसेलोको जून (२०६३) कथा सङ्ग्रह बोकेर आएका छन् । पन्ध्र वटा सशक्त, सरस र अतिसंवेदनशील कथा बोकेर आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुणदोषलाई पाठक समक्ष प्रस्तुत गर्ने प्रयास श्रेष्ठले गरेका छन् । उनले मुलुकभित्रैका जनजातिमाझ विद्यमान सांस्कृतिक विकृति, विसङ्गतिहरूलाई केलाएका छन् । देश विदेशको भ्रमण र त्यहाँ भएका नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेशलाई कथाको आधारविन्दु बनाएका छन् । उनले राष्ट्रमा भएको घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृत्ति राष्ट्रप्रति घट्दै गएको सदासय–सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्र प्रेमजस्ता भावना श्रेष्ठका कथामा मुखरित भएका छन् । उनको कथा लेखनको बीजविन्दु उनीमा रहेको नेपाल आमाप्रतिको अगाध माया नै हो । विकसित मुलुकहरूका मानवीय व्यवहारबाट प्रभावित भएका कथाकार श्रेष्ठले धनी र गरिब बीचको खाल्डो, भ्रष्टाचार घुसखोरी जस्ता प्रवृत्तिमाथि कथाका माध्यमबाट तीव्र आक्रोश पोखेका छन् । श्रेष्ठले विभिन्न देशको भ्रमणका क्रममा इराक, क्रोसिया, बोस्निया र सर्बियाका बस्तीमा युद्घले सोत्तर बनाएका उजाड बस्ती अनि मृत्युले रजाइँ गरिरहेका बस्तीहरूमा सङ्गत गरेका छन् । त्यहाँ भएका गृहयुद्घले मानिसमा बढ्दै गएको जीवनप्रतिको निराशालाई कथाकारले कथाको स्रोत बनाएका छन् । श्रेष्ठ आफ्नो देशका जुन जुन ठाउँमा पुग्छन् त्यस ठाउँको सामाजिक परिवेश, आर्थिक अवस्था र राजनीतिक अवस्थालाई कथामा उतार्छन् । उनी जुन देशमा पुगेका छन् त्यस देशको जीवनशैली, मातृभूमिप्रतिको माया, प्रेममा बलिदान दिएका प्रसङ्गहरू उनले आफ्ना कथाहरूमा समावेश गरेका छन् । नेपाली साहित्यमा उदाएका यी कथा सर्जकले केन्द्रमा मानवीय भावना, प्रेम र प्रकृतिका सुपाच्य पक्षहरूलाई लेखन ठानेको प्रतीत हुन्छ । यसरी समसामयिक कथा जगतमा मारिनोसेलोको जून कथा सङ्ग्रह अत्यन्त लोकप्रिय र अतुलनीय रहेको छ ।

१.४ शोध समस्या÷समस्या कथन –
प्रस्तुत शोधपत्र मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन रहेकाले यस शोधकार्यका निम्नलिखित समस्या रहेका छन् ः
(क) राजुबाबु श्रेष्ठको जीवनी र कथा रचनाका बिच के कस्तो सम्बन्ध छ ?
(ख) सैद्धान्तिक दृष्टिले उनका कथाहरू के कस्ता छन् ?
(ग) उनका कथाका मुख्य प्रवृत्ति र विशेषताहरू के के हुन् ?

१.५ शोध कार्यका उद्देश्यहरू –
मथि उल्लेखित समस्याहरूको समाधान गर्नु नै यसको मूल उद्देश्य हो । उक्त समस्या समाधान गर्ने प्रस्तुत शोधकार्यका उद्देश्यहरू निम्न छन् ः
(क) राजुबाबु श्रेष्ठको सङ्क्षिप्त जीवनी र कथा रचनाका बिचको सम्बन्धलाई केलाउने ।
(ख) सैद्धान्तिक दृष्टिले उनका कथाहरूको विश्लेषण गर्ने ।
(ग) उनका कथाका मुख्य प्रवृत्ति र विशेषताहरू केलाउने ।

१.६ पूर्वकार्यको विवरण –
मारिनोसेलोको जून कथा सङ्ग्रहका बारेमा यस शोधकार्य पूर्व नै विभिन्न विद्वान्हरूले समीक्षा, समालोचना, टीका–टिप्पणी गरेको पाइन्छ तर उक्त कृतिमा केन्द्रित रहेर समष्टिगत अध्ययन भने भएको पाइँदैन । यस विषयलाई लिएर जे जस्ता समीक्षा, समालोचना, टीका टिप्पणी भएका छन् तिनलाई यहाँ कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ ।

(क) विवश बस्तीले साप्ताहिक पत्रिका सम्बोधन (२०६३) मा समीक्षात्मक लेख प्रकाशित गरेका छन् । उनले जीवन भोगाइका अनुभूतिहरूलाई आफ्नो लेखन शिल्पमा उतार्न रुचि राख्ने स्रष्टा हुन् भनी समालोचना गरेका छन् । मूलतः कथा साहित्यमा बेग्लै चिनारी र स्थान बनाउँदै गएका श्रेष्ठले मानवीय संवेदनाका जीवन्त झाँकीहरूलाई लेखनको स्रोत बनाएका छन् । हृदयको अनन्त गहिराइबाट उठेका भावनाहरूलाई टिपेर कथा रूप दिन सक्षम देखिएका छन् भन्ने सामान्य परिचयात्मक विवरण प्रस्तुत गरेका छन् तर उनको त्यस लेखमा कथाको पूर्ण अध्ययन भएको छैन ।

(ख) समीक्षकले पुनर्जागरण साप्ताहिक (२०६३ असोज ३ गते मंगलबार) मा प्रकाशित समालोचनात्मक लेखमा कवितामा आफ्नो सुस्पष्ट छवी बनाउँदा बनाउँदै कवि राजुबाबु श्रेष्ठ गहिरो संवेदनाको सम्भावनायुक्त कथाकारका रूपमा उदय भएका छन् भनी समीक्षा गरिएको छ । मारिनोसेलोको जून मा प्रायः कथाहरू विदेशी पृष्ठभूमिका रहेका छन् तर कथाहरूको विषय त्यसले उठाएका सन्दर्भहरू भने नेपाली परिवेशसँग पनि उत्तिकै सामञ्जस्य राख्दछन् भनी समीक्षा गरिएको छ । यस समालोचनात्मक लेखमा पनि उक्त कथा सङ्ग्रहका बारेमा निकै कम उल्लेख गरिएको छ ।

(ग) समीक्षकले तरुण साप्ताहिक (२०६३ असोज ९ गते मंगलबार) मा मारिनोसेलोको जून का युद्घ कथा शीर्षकको समालोचनात्मक लेख प्रकाशित भएको छ जसमा भनिएको छ ः कविता विधाबाट फाल हान्दै राजुबाबुले प्रेम, मानवीय संवेदना र पीडा ओकल्न कथा विधा रोजेका हुन् । मारिनोसेलोको जूनमा भूमिका लेखक रमेश विकल हुन् अथवा डा. ध्रुवचन्द्र गौतम दुवैले कथा सङ्ग्रहलाई प्रेम, पीडा र मानवीय संवेदनाको अभिव्यक्तिका रूपमा ग्रहण गरेका छन् भनी समीक्षा गरिएको छ । तर कथा सङ्ग्रहको समष्टि समीक्षा गरिएको पाइँदैन ।

(घ) राजकुमार बानियाँले (शनिबार ९ मंसिर २०६३) इन्द्रेणी राष्ट्रिय दैनिक पत्रिकामा युद्घको सेरोफेरो शीर्षकको समालोचनात्मक लेख प्रकाशित गरी एक दशक अघिसम्म नेपालमा युद्घ कथाको वर्चस्व थिएन र तिनलाई अलग दृष्टि दिने प्रयत्न पनि भएन । माओवादीको नेतृत्वमा सशस्त्र विद्रोह सुरु भएपछि यसलाई बेग्लै कोणबाट हेर्न थालिएको हो भनी समीक्षा गरिएको छ । उनले कथाकार राजुबाबु श्रेष्ठले आन्तरिक जातीयतामा अरू विभिन्न नामका मानव विद्वेषी द्वन्द्वमा पिल्सिएर विभाजित रहेका विभिन्न मुलुकका पात्र, घटना र परिवेशलाई नेपाली आख्यान साहित्यमा बलियो स्थान दिएको बताएका छन् । राजुबाबु श्रेष्ठ प्रेम र संवेदनाका कथा शिल्पी हुन् भनेका छन् । समग्रमा राजकुमारले शक्तिशाली कथाहरूमार्फत् नेपाली कथाको परम्परागत नक्सा श्रेष्ठले फेरिदिएका छन् भनी उल्लेख गरेका छन् । आख्यान साहित्यमा सार्थक खोजी गरेका छन् समालोचकले । यति भएर पनि समालोचक बानियाँले प्रस्तुत कथा सङ्ग्रहको कृतिपरक अध्ययन चाहिँ गरेका छैनन् ।

(ङ) फुलमान बलले (परिशिष्टाङ्क १ पुस २०६३) कान्तिपुर साप्ताहिकमा युद्घ र प्रेमका कथा शीर्षकमा लेख प्रकाशित गरी मुलुक द्वन्द्वको बाटोबाट गुज्रँदा उनी स्वयम्ले पनि लडाइँको मोर्चा समालेका थिए । बन्दुकहरू विभाजित थिए राज्य वा विद्रोहीको रूपमा तर त्यसले दिने दुखाइ भने सधैँ उस्तै रह्यो भनी व्यक्त गरेका छन् । उनको त्यस लेखमा कथाको पूर्ण अध्ययन चाँहि भएको छैन

(च) दीपक लोहनीले साहित्य÷विविध (माघ ९ मंगलबार) साप्ताहिकमा एउटा कविको कथा मारिनोसेलोको जून शीर्षकमा समीक्षात्मक लेख प्रकाशित गरी राजुबाबु श्रेष्ठको यस कथा सङ्ग्रहमा विशेष द्वन्द्व र त्यसबाट हैरान भएका मनहरूको चित्रण सजीव र सरल तरिकाबाट भएको उल्लेख गरेका छन् । उनको कथाकारिता न कतै समाचार बन्न पुगेको छ न कतै नारा भनी विश्लेषण गरेका छन् । उनले यी दुवै कुराबाट बचेर उनको यो कथा यात्राले कतै रमेश विकल र कतै महेश विक्रमको याद दिलाउँछ भनी समीक्षा गरेका छन् । तर पढ्दै र उनका कथाहरूमा डुब्दै जाँदा कथामा राजुबाबुको आलो कहीँ कतै नमेटिने रूप, रङ्ग, गन्ध आउँछ । यही नै राजुबाबु श्रेष्ठको अहम्ता हो भनी दीपक लोहनीले समीक्षा गरेका छन् । यति भएर पनि समालोचक लोहनीले प्रस्तुत कथा सङ्ग्रहको कृतिपरक अध्ययन चाहिँ गरेका छैनन् ।

(छ) केशव आचार्यले धरहरा टाइम्स साप्ताहिक (२०६३ चैत्र ८) मा मारिनोसेलोको जून भित्र समेटिएका कथाहरू शीर्षकमा मानवीय संवेदनाले भरिएका सामाजिक यथार्थमा टेकेर वर्तमान युगका मानवजातिले निम्त्याएका हत्या, जातीय युद्घ, संस्कृतिमा भएका विसङ्गतिहरू, माया, प्रेम र प्रणय तथा दानवीय प्रवृत्तिका राजनीतिज्ञहरूद्वारा रचिएका ताण्डव नृत्यहरू, देशको विनाशले निम्त्याएको विस्थापितहरूको पीडा, पशु प्रेममा आफूलाई समर्पित गर्ने मैयाँ साहेबको वासनाजन्य विकृतिलाई यस समीक्षात्मक लेखमा समीक्षा गरेका छन् । यति भएर पनि समालोचक आचार्यले प्रस्तुत कथा सङ्ग्रहको कृतिपरक अध्ययन चाहिँ गरेका छैनन् ।
कथाकार राजुबाबु श्रेष्ठको कथा मारिनोसेलोको जून (२०६३) मा धेरै समालोचनाका लेखहरूले विभिन्न कोणबाट समालोचना गर्ने काम भएको छ तर यही कृतिमा केन्द्रित रहेर कृतिपरक अध्ययन भने कसैबाट पनि नभएकाले प्रस्तुत कृति भित्रै रहेर यस कृतिको कृतिपरक अध्ययन गरिएको हो ।

१.७ शोधकार्यको औचित्य –
कथाकार राजुबाबुको कथाकारिताका बारेमा जिज्ञासु पाठक, साहित्यानुरागी तथा अनुसन्धान कर्ताका लागि तथ्यगत जानकारी प्रदान गरेर श्रेष्ठप्रति कृतज्ञता प्रस्तुत गर्नु नै यस शोधकार्यको औचित्य रहेको छ । उनको कथाकारिता र कथागत प्रवृत्ति केलाउनु, कथामा विद्यमान कमी कमजोरी केलाएर परिष्कृत कथा लेखनका लागि पृष्ठपोषण प्रदान गर्नु पनि यस शोधकार्यको औचित्य रहेको छ । विशेषतः राजुबाबु श्रेष्ठको कथाकारिता सम्बन्धी अध्ययन गर्न चाहने अनुसन्धातालाई सहयोग पुग्ने र श्रेष्ठको योगदान प्रस्तुत हुने हुनाले यो शोधकार्य औचित्यपूर्ण रहेको छ ।

१.८ शोधकार्यको सीमाङ्कन –
कथाकार राजुबाबु श्रेष्ठका कविता, कथा खोजमूलक लेख, गीत प्रकाशित छन् र लोकप्रिय पनि । तर यस शोधकार्यमा कविता, खोजमूलक लेख र गीतको अध्ययन गरिएको छैन । यस शोधकार्यमा मारिनोसेलोको जून नामक कथा सङ्ग्रहमा मात्र केन्द्रित रहेर त्यसको कृतिपरक अध्ययन गरिएको छ । यही नै यस शोधकार्यको सीमा हो ।

१.९ शोधविधि –
प्रस्तुत शोधविधिलाई व्यवस्थित र प्रभावकारी बनाई पूर्णता दिन मूलतः विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । प्रस्तुत शोधकार्यमा मूलतः सामग्री सङ्कलन पद्धतिको प्रयोग गरेर सामग्रीहरू सङ्कलन गरिएको छ । यस्तै पुस्तकालय पद्धतिको प्रयोग गरेर शोधविधि तयार पारिएको छ । आवश्यकताअनुसार शोधनायकसँग अन्तर्वार्ता गरी मौखिक प्रश्नोत्तरको आधारमा उपलब्ध जानकारी र उहाँको सहयोगलाई सामग्रीको रूपमा प्रयोग गरिएको छ । उक्त कृतिका सम्बन्धमा लेख, समीक्षा, प्रस्तुत गर्ने विभिन्न व्यक्तिहरूको पनि सहयोग लिइएको छ ।

१.१० शोधकार्यको रूपरेखा –
प्रस्तुत शोधकार्यको रूपरेखा निम्न बमोजिम रहेको छ ः
(क) परिच्छेद एक ः शोध परिचय ।
(ख) परिच्छेद दुई ः राजुबाबु श्रेष्ठको सङ्क्षिप्त जीवनी र कथा लेखनको सम्बन्ध ।
(ग) परिच्छेद तीन ः कथाका सैद्धान्तिक तŒव एवं श्रेष्ठका कथाहरूको विश्लेषण ।
(घ) परिच्छेद चार ः श्रेष्ठका कथागत प्रवृत्तिहरूको अध्ययन ।
(ङ) परिच्छेद पाँच ः उपसंहार ।


परिच्छेद–दुई
राजुबाबु श्रेष्ठको सङ्क्षिप्त जीवनी र कथालेखनको सम्बन्ध

२.१. जीवनी र व्यक्तित्व ः–
२.१.१ जन्म र जन्मस्थान ः–
कथाकार राजुबाबु श्रेष्ठको जन्म कला र संस्कृतिको राजधानी ऐतिहासिक नगरी गोरखा जिल्लाको तीनधारे भन्ने ठाउँमा पिता ईश्वरीप्रसाद श्रेष्ठ र माता ईश्वरीदेवी श्रेष्ठका कान्छा सन्तानको रूपमा वि.सं. २०२५ साल जेठ २७ गते भएको थियो (शोधनायकबाट प्राप्त जानकारी) ।

२.१.२ बाल्यकाल ः–
राजुबाबु श्रेष्ठको बल्यकाल कला र संस्कृतिको राजधानी गोरखा जिल्लाको आसपासको क्षेत्र तीनधारे भन्ने ठाउँमा बितेको थियो । गोरखा जिल्लाको आसपासको क्षेत्र स्वच्छ वातावरण, स्वतन्त्र जीवनशैली भएको ठाउँ हो । श्रेष्ठको बाल्यकाल त्यही वातावरणमा बितेको थियो । परिवारको कान्छो सन्तानको रूपमा जन्मिएका राजुबाबु श्रेष्ठ परिवारको र छरछिमेकको माया पाएर हुर्किएका थिए । श्रेष्ठको बाल्यकालीन शिक्षादीक्षा महेन्द्रज्योति नि.मा.वि. को प्राङ्गणमा सुरु भएको थियो । श्रेष्ठको बाल्यकालीन शिक्षा मध्यम खालको थियो (शोधनायक) । जब माध्यमिक कक्षामा पुगे तब उनले आफैंलाई पढ्नुपर्ने रहेछ भन्ने थाहा पाए । त्यसपछि उनी मेहनतका साथ पढेर प्रथम हुन थालेका थिए । यसरी राजुबाबु श्रेष्ठको बाल्यकाल गोरखा जिल्लाको आसपासको क्षेत्रमा बितेको थियो ।

२.१.३ शिक्षा ः–
राजुबाबु श्रेष्ठको शिक्षारम्भ अनौपचारिक रूपमा नभई औपचारिक रूपमा महेन्द्र ज्योति नि.मा.वि को प्राङ्गणबाट सुरु भएको थियो । उनले महेन्द्र मा.वि बाट वि. सं. २०४० सालमा प्रथम श्रेणीमा एस.एल.सी. पास गरेर गोरखा क्याम्पसमा भर्ना भई अध्ययन गर्न थाले । गोरखा क्याम्पसमा प्रवीणता प्रमाण पत्र तह पहिलो वर्षमै अध्ययनरत रहँदा उक्त क्याम्पसको वार्षिक पत्रिका नवकिरण पत्रिकामा वि.सं. २०४१ सालमा खोक्रोे टिम्बा कथा र वसन्तीको विवाह कविता एउटै अङ्कमा प्रकाशन गरेर साहित्य क्षेत्रमा हात हालेका हुन् । (शोधनायक) । गोरखा क्याम्पसमा प्रवेशिका परीक्षा पास गरी उच्च शिक्षाका लागि काठमाडौँ छिरेका श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट मानविकी संकाय अन्तर्गत इतिहास विषयमा स्नतकोत्तर तथा शिक्षा संकाय अन्तर्गत स्नाकोत्तरको डिग्री हाँसिल गरेका हुन् । विश्व विद्यालयको अध्ययन श्रेष्ठले सधँै प्रथम श्रेणीमा पूरा गरे (शोधनायक) । सधँै प्रथम श्रेणीमा उत्तीर्ण गरेका राजुबाबु श्रेष्ठलाई किन विज्ञान विषय पढ्नु भएन भनेर प्रश्न गर्दा ‘‘म खुला तथा स्वतन्त्र परिवेश मन पराउने मान्छे विज्ञान विषय पढ्दा सुगा रटाइ हुने भएकाले विज्ञान विषय पढिनँ’’ भने उनले । यसरी लेख रचना पढ्न पाइने र आफूलाई पनि रचना गर्न मनपर्ने भएकाले आफूले मानविकी विषय नै पढेको श्रेष्ठ बताउँछन् । श्रेष्ठको औपचारिक शिक्षा एम.ए. सम्म रहेको र नियमित स्वअध्ययनले साहित्यिक तथा गैरसाहित्यिक क्षेत्रमा उनले ज्ञानको फराकिलो क्षितिज बनाएका छन् ।

२.१.४ साहित्यिक प्रेरणा ः–
कथाकार राजुबाबु श्रेष्ठ पेसाले प्रहरी सेवामा कार्यरत छन् । प्रहरी सेवामा कार्यरत रहेको अवस्थामा उनले देश विदेश घुम्ने मौका पाएका छन् । श्रेष्ठले त्यही अवस्थामा संसारभर नै गृहयुद्घले आक्रान्त बनाएको अवस्था र विदेशमा भएको घटना राम्ररी बुझ्ने अवसर पाएका थिए । यी गृहयुद्घ र घटनालाई नेपाली पाठक समक्ष पस्कन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो श्रेष्ठलाई । त्यसमा आफूले देखेको, भोगेको र अनुभव गरेको विषयलाई पस्कने एउटै मात्र माध्यम कथा आख्यानलाई बनाएको बताउँछन् राजुबाबु श्रेष्ठ । ‘‘मलाई सुरुमा मेरी आमा ईश्वरीदेवी श्रेष्ठले स्वाभिमानी, कर्मठ र निर्भीक बन्ने प्रेरणा दिनुभयो । त्यहीँबाट मलाई साहित्यक प्रेरणा मिल्यो,’’ राजुबाबु भन्छन् । मेरा कथाहरू पढेर मलाई कथालेखनमा प्रेरणा दिने व्यक्तिहरूमा साहित्यकार रमेश विकलको मुख्य भूमिका रहेको छ । मारिनेसेलोको जून कथा पढेर रमेश विकलले धन्यवाद दिँदै तिमी सधैँ कथा लेखेर बाँचिरहने छौ, तिमीलाई आशीर्वाद छ भनेपछि मलाई कथा लेख्न प्रेरणा मिल्यो (शोधनायक) । श्रेष्ठले प्रवेशिका पढ्दा अनिवार्य नेपाली पढेको र त्यसमा गुरु प्रसाद मैनालीका कथाहरू र भूपि शेरचन र गोपाल प्रसाद रिमालका कविताले आफूलाई साहित्य सिर्जना गर्ने प्रेरणा मिलेको हो भनेका छन् । त्यस्तै विदेशी साहित्यकारहरूमध्ये चेखवको साहित्यिक शैलीले साहित्य रचना गर्ने प्रेरणा मिलेको बताउँछन् राजुबाबु श्रेष्ठ । जब मैले कथा सङ्ग्रह तथा कविता सङ्ग्रह प्रकाशन गर्न थालेँ त्यसपछि विभिन्न किसिमका प्रतिक्रियाहरूद्वारा झन् मलाई साहित्यिक प्रेरणा मिल्यो (शोधनायक) ।
यसरी स्वदेशमा तथा विदेशमा विद्यमान विकृतिपूर्ण व्यवहारलाई नेपाली पाठकसमक्ष राख्न देशी तथा विदेशी साहित्यकारहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रेरणा मिलेको छ कथाकार राजुबाबु श्रेष्ठलाई ।

२.१.५. साहित्यिक व्यक्तित्व ः–
साहित्य समाजको ऐना हो, साहित्यले विचारलाई परिष्कृत गर्दछ । राजुबावु श्रेष्ठले कविता विधाबाट साहित्य आरम्भ गरेका हुन् । श्रेष्ठले २०६३ सालमा मारिनोसेलोको जून कथा सङ्ग्रह प्रकाशित गरेका छन् । साहित्यके गर्ने भन्दा कसका लागि वा कुन उद्देश्यका लागि गर्ने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ । साहित्य नामका लागि, लेख्नका लागि र केवल कलाका लागि मात्र होइन (शोधनायक) । जीवनमा जे देखे, जे भोगे, अनुभव गरे, त्यसैलाई उनले साहित्यको रूपमा अभिव्यक्त गरे, सम्पे्रषण गरे । श्रेष्ठ राष्ट्रिय स्तरका आख्यान विधाका लागि गुरु प्रसाद मैनाली, रमेश विकल र कविता विधाका लागि गोपाल प्रसाद रिमाल र भूपि शेरचनबाट प्रभावित छन् । साहित्यको यात्रा प्रारम्भिक कालमा गोरखा क्याम्पसबाट निस्कने नवकिरण पत्रिकामा जीवनमुखी आदर्शलाई कविता र कथाबाट प्रस्तुत गर्न प्रारम्भ गरेका हुन् राजुबावुले । उनले जीवनका विविध पक्षलाई कृतिका माध्यमबाट उजागर गरेका छन् । वर्तमान कालमा नेपाली साहित्यका कथा र कवितालाई साहित्यको सशक्त माध्यम बनाएका छन् । जनचेतनामूलक अभिव्यक्ति प्रस्तुत गर्ने माध्यम साहित्यलाई बनाएका छन् श्रेष्ठले । राजुबावु श्रेष्ठ प्रहरी मासिक पत्रिकाका सम्पादक, विभिन्न साहित्यिक प्रत्रिकाका सल्लाहकार रहँदै आएका छन् । श्रेष्ठले मनहरू कविता सङ्ग्रह (२०५७) र देश दुखेको बेला कविता सङ्ग्रह (२०६१) मारिनोसेलोको जून कथा सङ्ग्रह (२०६३) जस्ता कृतिहरूले नेपाली साहित्यलाई सजाएका छन् । हाल यिनै प्रेरणा र पुलिस पेसामा हुँदाका विभिन्न अनुसन्धान र देश विदेश भ्रमणका क्रममा बटुलेका अनुभवहरूलाई साहित्यिक अभिव्यक्ति प्रदान गरेका छन् ।

२.१.६. संलग्नता ः–
कथाकार राजुबाबु श्रेष्ठ प्रहरी सेवाका अलावा विभिन्न साहित्यिक तथा गैरसाहित्यिक क्षेत्रमा संलग्न रहेका छन् । उनका संलग्नताका क्षेत्रहरू निम्न देखिन्छन् ः
(क) नेपाल रेडक्रस– आजीवन सदस्य ।
(ख) साहित्यिक सङ्गम गोरखा– आजीवन सदस्य ।
(ग) आँधीखोला साहित्य सदन– आजीवन सदस्य ।
(घ) गोरखा साहित्यिक मञ्च काठमाडौँ– अध्यक्ष ।
(ङ) गोरखा समाज सेवा केन्द्र आजीवन– सदस्य
(च) दण्डपाणी अज्र्याल स्मृतिकोष काठमाडौँ– आजीवन सदस्य ।
(छ) प्रहरी द्वैमासिक पत्रिकाका प्रथम सम्पादक ( २०६०–२०६५) ।
(ज) रेडियो प्रहरी कार्यक्रमका निर्देशक, २०६२, २०६५ र २०६६, २०६७ ।

२.१.७ पुरस्कार –
कथाकार राजुबाबु श्रेष्ठले विभिन्न पुरस्कार पाएका छन्, जुन निम्न छन् ः
(क) दैवीप्रकोप उद्घार पदक, २०५१ साल ।
(ख) सनल महोत्सव पदक, २०५३ साल ।
(ग) परदेश सेवा पदक, २०५३, २०६६ साल ।
(घ) प्रहरी सेवा पदक, २०५७ साल ।
(ङ) गोरखा दक्षिणबाहु चौथो, २०६३ (शान्ति स्थापनामा योगदान पु¥याए बापत) ।

२.१.८ समाजसेवा ः–
कथाकार राजुबाबु श्रेष्ठ समाज सेवाका विभिन्न क्षेत्रमा संलग्न छन्, जुन निम्न छन् ः
(क) पूर्वामृत भवानी उच्च मा.वि. वालिङमा प्रहरी नागरिक छात्रवृत्ति अक्षय कोष स्थापना बीस हजार (गरिब तथा जेहेन्दार विद्यार्थीका लागि वार्षिक रूपमा स्थापित) ।
(ख) ईश्वरी स्मृति छात्रवृत्ति कोष गोरखा, २०५६ (गरिब विद्यार्थीका लागि स्थापित) ।
(ग) गोरखा सदरमुकामस्थित आफ्नो अंश भागमा परेको पाँच रोपनी सात आना जग्गा– समता शिक्षा जोरपाटी काठमाडौँको नाममा गोरखा समता स्कुल स्थापनार्थ दानपत्र (करिब ५० लाख रुपैयाँं बराबर) ।
(घ) सामाजिक अपराध विरुद्घ समन्वय समिति गठन गर्न भूमिका निर्वाह गरेको ।

२.१.९ भ्रमण ः–
कथाकार राजुबाबु श्रेष्ठले स्वदेशका भूभागका अतिरिक्त विभिन्न देशको भ्रमण गरेका छन् जुन निम्न छन् ः
अमेरिका, बेलायत, सुडान, युगान्डा, रुवान्डा, इजिप्ट, जोर्डन, बहराइन, इटली, भ्याटिकन सिटी, सर्बिया, क्रोसिया, स्लोभानिया, स्विट्जरल्यान्ड, भारत जस्ता र स्वदेशमा जागिरका क्रममा धेरै भू–भागको भ्रमण गरिसकेका छन् ।

२.१.१० कृति ः
कथाकार राजुबावु श्रेष्ठका विभिन्न कृति प्रकाशित भएका तथा प्रकाशोन्मुख अवस्थामा रहेका छन् जुन निम्न छन् ः
राजुबाबु श्रेष्ठका कृतिहरू ः
१. गजल ः तिम्रो रिसमा पनि प्रिय प्यार देखेँ
२. गीत ः वचन २०६६, आयाम २०६७
३. कविता ः विभिन्न पत्रपत्रिकामा फुटकर कविता,
मनहरू २०५७ कविता सङ्ग्रह, देश दुखेको बेला २०६३ कविता सङ्ग्रह, प्रहरी र साहित्य – प्रहरी मुखपत्र २०६३ ।
४. कथा ः मारिनोसेलोको जून २०६३ कथा सङ्ग्रह, पुस्तान्तर २०६६ सहलेखन र मरुभूमिको मृत्यु मेला प्रकाशोन्मुख अवस्थामा रहेको कथा सङ्ग्रह ।

२.२ कथाको स्वरूप र परिभाषा
२.२.१ कथाको पृष्ठभूमि र स्वरूप ः–
‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर बनेको कथा एक प्रकारको स्वतन्त्र साहित्यिक रचनालाई बुझाउन प्रयोग गरिने शब्द हो । नेपालीमा यसलाई अङ्ग्रेजी भाषाको सर्ट स्टोरी शब्दको अनुवादका रूपमा लिइन्छ । यसको शाब्दिक अर्थ गद्यमा लेखिने छोटो आख्यान भन्ने बुझिन्छ (बराल र एटम, २०६४ः४) । कथा हुनका लागि आधारभूत रूपमा भनिने कुरा र भन्ने व्यक्ति वा कथयिता आवश्यक ठानिन्छन् (श्रेष्ठ, २०६०ः६) ।
कथा पाश्चात्य साहित्यमा स्थापित र विकसित भएको आधुनिक विधा हो । समालोचकहरूका अनुसार कथालाई पृथक् र विशिष्ट विधाका रूपमा स्थापित गराउने श्रेय १९ औँ शताब्दीको पाश्चात्य साहित्यलाई नै छ (नेपाली साहित्य कोश, २०५५ः१६९) । ईशापूर्व २००० तिर नै इजिप्टमा अरबी भाषामा उपदेशात्मक कथात्मक रचनाको प्रचलन पञ्चतन्त्र (ईशापूर्व ५०० तिर) देखि नै भएको पाइन्छ तर अहिले कथाको जुन मूल्य, ढाँचा र स्वरूप छ त्यसको प्रारम्भ भने ईशाको उन्नाइसौँ शताब्दीको पूवाद्र्घमा मात्र भएको देखिन्छ (बराल र एटम, २०६४ः४) ।
कथाको पृष्ठभूमिको अध्ययनबाट कथाको स्वरूपको चिनारी यस प्रकार दिन सकिन्छ ः

(क) कथा छोटो रचना हो अर्थात् यो उपन्यासभन्दा कम वर्णनात्मक भएकाले सामान्यतया एकै बसाइमा पढिसकिन्छ ।

(ख) यो श्रोता, पाठकका लागि प्रभावोत्पादक एवम् भ्रम सिर्जना गर्न, निवारण गर्न सक्षम कल्पनाद्वारा सिर्जित घटनाको शृङ्खला हो ।

(ग) कथा सौन्दर्यको निश्चित मूल्य सिर्जना गर्ने आफैँमा पूर्ण साहित्यिक रचना हो ।

(घ) यसमा प्रभावान्विति नै मेरुदण्डको रूपमा रहेको हुन्छ ।

(ङ) कथा सुसङ्गत, अर्थयुक्त र स्वयम्मा पूर्ण हुन्छ । सार्थकता र सिङ्गोपन यसको खास विशेषता हो ।

२.२.२ कथाको अर्थ र परिभाषा ः–
गद्य भाषाको किस्सा तथा पात्रप्रधान वा कथात्मक निबन्धको समीकरणबाट वास्तवमा आधुनिक कथा विधाको जन्म भएको हो । त्यसपछि यसको विकास जुन गतिमा द्रुततर रूपमा हुँदै गयो, त्यसले सैद्घान्तिक अभिकल्प पूरै रूपायित भयो र आज यो अतिप्रिय तथा प्रभावकारी साहित्यिक रूप भएर विश्वभरि नै जगमगाएको छ । कथा कुनै शास्त्रीय नियम वा लक्षणहरूसित आबद्घ परम्परागत विधा नभई स्वतन्त्र र उन्मुक्त रूपले हुर्केको लचिलो गद्यविधा हो । यसर्थ निरन्तर गतिशील स्वरूप धारणा गरेको कथा गत्यात्मक कला भएको हुनाले कुनै एउटै मात्र परिभाषा भित्र सङ्कुचित रहेको पाइँदैन (श्रेष्ठ, २०६०ः६) ।
कथालाई चिनाउनका लागि पाश्चात्य र नेपाली साहित्यका समालोचक तथा कथाकारहरूले विभिन्न परिभाषा दिएका छन् ती परिभाषाहरू फरक सन्दर्भमा आएर पनि तिनले कथाका विशेषता बुझ्न सहयोग पु¥याउँछन्, जस्तै ः
बराल तथा एटमले कथाकार एडगर एलेन पोको विचारमा कथा एक बसाइमा पढिसकिने सानो आफैँमा पूर्ण कथात्मक रचना हो, जसको सिर्जना एकल प्रभाव गर्नका निम्ति गरिन्छ र त्यस प्रभावमा बाधा पार्ने कुराहरू हटाइएको हुन्छ भनी उल्लेख गरेका छन् ः (बराल र एटम, २०६४ः४)।

बराल तथा एटमले इन्कार्टा इन्साइक्लोपेडियामा कथाको परिभाषा यसरी गरिएको उल्लेख गरेका छन् ‘कथाको उद्देश्य एकल उत्तेजनात्मक प्रतिक्रिया उत्पन्न गरेर पाठकलाई रोमाञ्च प्रदान गर्नु हुन्छ (बराल र एटम, २०६४ः४) ।
‘कथा’ एउटा यस्तो रचना हो जसमा जीवनको कुनै एक अङ्ग वा कुनै एउटा मनोभावलाई प्रदर्शित गर्नु नै लेखकको उद्देश्य भएको हुन्छ । यो एउटा यस्तो रमणीय बगैंचा होइन जसमा थरिथरिका फुलबुट्टाहरू, बेलबुट्टा सजिएको हुन्छ तर यो एउटा यस्तो गमला हो जसमा एउटै मात्र बोटको माधुर्य समुन्नत रूपमा देखापर्दछ भन्ने प्रेमचन्दको विचारलाई कथाकार श्रेष्ठले उल्लेख गरेका छन् (श्रेष्ठ, २०६०ः७) ।
लक्ष्मीप्रसाद देवकोटाले ‘‘छोटो किस्सा एउटा सानो आँखीझ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ । थोरैमा मीठो र भरिलो हुनु यसको बानी हो । …यो पनि एउटा संसार हो र महान् संसार हो’’ भनेका छन् (देवकोटा, १९९९ः१२०) ।
बराल तथा एटमले कुनै एउटा पात्रको जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रीतिले लेख्नु नै कथा रचना हो भन्ने कथाकार मैनालीको विचारलाई उल्लेख गरेका छन् (बराल र एटम, २०६४ः४) ।
कथाका यिनै परिभाषाका आधारमा कथा पाठक वर्गमा एकल प्रभाव उत्पन्न गर्ने छोटो र आफैँमा पूर्ण गद्य आख्यान हो । निश्चित प्रकारको संरचनामा निबद्घ र सीमित आयतन भरिको समय र स्थानभित्र विस्तारित विचार वा भावाभिव्यञ्जक सङ्क्षिप्त आख्यानात्मक गद्य रूपलाई कथा भनिन्छ।

२.२.२.१ पूर्वीय साहित्यमा कथा ः–
पूर्वीय साहित्यमा कथा ज्यादै प्राचीन परम्पराको रूपमा रहेको छ । पूर्वमा ऋग्वेद, ब्राह्मण ग्रन्थ र उपनिषद्का साथै रामायण तथा महाभारतले कथाको प्राचीन परम्परा प्रस्तुत गर्दछन् (नेपाली साहित्य कोश, २०५५ः१७२) । पञ्चतन्त्र, हितोपदेश एवं गुणाढ्यको बृहत् कथालाई त कथाको भण्डार नै मानिएको छ । गुणाढ्यको यस कृतिले तदुपरान्त धेरै कथाकृतिहरू जन्माए । यसै सन्दर्भमा पूर्वीय कथा परम्परामा हामी बेताल–पञ्च विंशतिका, शुकसप्तति, सिंहासनद्वात्रिंशिका, आदि पाउछौँ (श्रेष्ठ र शर्मा, २०५९ः६९) ।
प्राचीन भारतीय संस्कृति नै नेपाली संस्कृतिको मूल स्रोत भएको हुँदा नेपालमा कथा परम्पराको चर्चा गर्दा वैदिक साहित्यमा पुग्न करै लाग्दछ । यहाँ बौद्घ जातककै कथाहरूको प्राबल्य छ । विभिन्न स्थानका लोक कथाहरू पनि यहाँ उत्तिकै प्रसिद्घ छन् (नेपाली साहित्य कोश, २०५५ः १७२) । नेपालको इतिहासका विभिन्न कालमा दैवी रहस्य सम्बन्धी कथाहरू प्रचलित रहेको पाइन्छ । किराती मुन्धुममा जीव र सृष्टि सम्बन्धी रोचक कथाहरू छन् (थापा, २०५०ः१५७) । नेपालमा विभिन्न समयमा संस्कृतिको नेवारी र मैथिली भाषामा परम्परागत शैलीका कथाहरू लेखिए । पछि शाहकाल प्रारम्भ भएपछि जब नेपाली भाषाले राष्ट्रभाषाको मान्यता अनौपचारिक रूपले भए पनि प्राप्त ग¥यो तब नेपाली भाषामा पनि कथा लेखनको परम्परा सुरु भयो तर अनुवादका रूपमा (श्रेष्ठ,२०६०ः१९) । यसको कारण के थियो भने त्यस बेलाको सांस्कृतिक संस्कार पूर्ण रूपले संस्कृत नै थियो ।
यसरी पूर्वीय साहित्यमा कथा ज्यादै प्राचीन परम्पराको रूपमा रहेको छ । प्राचीन भारतीय संस्कृति नै पूर्वीय साहित्यको संस्कृति भएको हुँदा यसको सम्बन्ध वैदिक साहित्यसम्म रहेको पाइन्छ।

२.२.२.२ पाश्चात्य साहित्यमा कथा ः–
पाश्चात्य साहित्यमा कथा परम्पराको सर्वप्राचीन लिखित रूप इजिप्टका दुई दाजुभाइलाई मानिएको छ, जसलाई इ.पू. ३०० देखि ४०० का बीचको मानिएको छ (श्रेष्ठ र शर्मा, २०५९ः६९) । त्यसपछि बाइबलको पुरानो सुसमाचारमा डानियल, जोनाहा र रुथका प्राचीन कथाहरू पाइन्छन् । यसै परम्पराको क्रमिक विकासमा १४ औँ शताब्दीको मध्यतिर इटालेली बोक्कासियोको डेकामेरा र चसरको केन्टरवरी टेल्स देखापरे (नेपाली साहित्य कोश, २०५५ः१७२) । जब १८औँ शताब्दीमा कथात्मक निबन्धको तीव्र विकास भयो त्यही पृष्ठभूमिमा १९ औं शताब्दीमा पश्चिममा साहित्यिक कलायुक्त आधुनिक कथाको जन्म भयो (श्रेष्ठ र शर्मा ः २०५९ः६९) । यसरी साहित्यिक विधाका रूपमा स्थापित हुनुका लागि कथाले कयौं वर्षको लामो समयसम्म पर्खनुप¥यो । १९ आंै शताब्दीमा कथामा कलात्मक अन्विति प्रविष्टि भएपछि र यसको शिल्पप्रति लेखकको चेतना अद्भुत भएपछि यसको प्रभावकारी शक्तिलाई विश्वसाहित्यले नै स्वागत ग¥यो ( नेपाली साहित्य कोश, २०५५ः१७२) । विक्रमको २० औँ शतादीको अन्तिम दशकतिर नेपाली कथामा जब त्यो पाश्चात्य प्रभाव प्रविष्ट भयो, करिब डेढ शताब्दीको लिखित परम्परापछि आधुनिकताले नेपाली कथालाई स्पर्श ग¥यो (श्रेष्ठ र शर्मा, २०५९ः६९) ।
यसरी इ.पू. ३०० देखि विक्रमको १९ औं शताब्दीसम्म आइपुग्दा पाश्चात्य कथामा विभिन्न मोड देखापरेका छन् र कलामुक्त आधुनिक कथाको जन्म भएको छ ।

२.२.३ कथाकार राजुबाबु श्रेष्ठको जीवनी र कथा लेखनको सम्बन्धः–
कथाकार राजुबाबु श्रेष्ठको जन्म गोरखा जिल्लाको तीनधारेमा वि.संंं. २०२५ साल जेठ २७ गते भएको थियो । पिता ईश्वरी प्रसाद श्रेष्ठ र माता ईश्वरी देवी श्रेष्ठको कान्छो सन्तानका रूपमा उनको जन्म भएको थियो । राजुबाबु श्रेष्ठका एकजना दाजु र तीनजना दिदीहरू छन् । सरकारी विद्यालयबाट साउँ अक्षर श्रीगणेश गरेका श्रेष्ठले त्यही विद्यालयबाट नै प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । उनले विज्ञान मोहलाई भन्दा सामाजिक तथा समाजशास्त्रको शिक्षालाई आफ्नो जीवनको लक्ष्य बनाएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एम.ए. इतिहासमा र शिक्षा संकायबाट बि.एड. सम्म उत्तीर्ण गरेका छन् ।
कर्मलाई अफ्नो भविष्य सम्झने कथाकार श्रेष्ठ २०४७ सालदेखि प्रहरी सेवामा कार्यरत छन् । सत्य सेवा सुरक्षणम्को मूल मन्त्रमा आबद्घ भई राष्ट्रसेवामा अहोरात्र लागिपरेका कथाकार श्रेष्ठले जीवनका भोगाइलाई आफ्ना कथाहरूमा प्रस्तुत गरेका छन् । उनले जीवनका तीता भोगाइ, सामाजिक विकृतिप्रति आक्रोश व्यक्त गरेका छन् । वि.सं. २०४० सालमा प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा लिने क्रम सँगसँगै प्रहरी सेवामा लागेका श्रेष्ठ भ्रमणका क्रममा अमेरिका, बेलायत, सुडान, युगान्डा, रुवान्डा, इजिप्ट, जोर्डन, बहराइन, इटली, भ्याटिकन सिटी, सर्बिया, क्रोसिया, स्लोभानिया, स्विट्जरल्यान्ड, भारत जस्ता देश र स्वदेशमा जागिरका क्रममा धेरै भूभागको भ्रमण गरिसकेका छन् ।
समाज सेवामा रमाउने राजुबाबु श्रेष्ठ आफूले पुरस्कार तथा सम्मानबाट प्राप्त गरेको रकमलाई शिक्षा पुरस्कारका निम्ति अर्पण गर्दै आएका छन् । आफूले अंशस्वरूप पाएको गोरखा जिल्ला सदरमुकामको ८७ आना जग्गा (करिब ५० लाख बराबर) समता शिक्षा निकेतन जोरपाटीलाई भवन निर्माणार्थ दान स्वरूप प्रदान गरी सबैले सुलभ शिक्षा पाऊन् भन्ने हेतु श्रेष्ठले राखेका छन् । राजुबाबु श्रेष्ठका परिवारमा एक श्रीमती अञ्जली श्रेष्ठ तथा एक छोरी ऋचा श्रेष्ठ तथा एक छोरा रिजनबाबु श्रेष्ठ रहेका छन् ।
कथाकार राजुबाबु श्रेष्ठको जीवनी र कथालेखनको घनिष्ट सम्बन्ध रहेको छ । श्रेष्ठ जीवनका अनुभूतिहरूलाई आफ्नो कथा शिल्पमा उतार्न रुचि राख्ने कथाकार हुन् । मूलतः कथा साहित्यमा बेग्लै चिनारी र स्थान बनाउँदै गएका श्रेष्ठले आफ्ना जीवन भोगाइका झाँकीहरूलाई कथालेखनको स्रोत बनाएका छन् । मारिनोसेलोको जून अर्थात् मारिनोसेलो एउटा तालको नाम हो जुन क्रोसियाली भूभागमा रहेको छ । उनका केही कथाहरू स्वदेशभित्रका र केही कथाहरू (बगदाद, क्रोसिया बोस्निया र हर्ज गोभिना आदि क्षेत्रका) विदेशी भूमिमा रहँदाका कथा व्यथाहरू बोलेका छन् । देश विदेशको भ्रमण र त्यहाँ भएका नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेशलाई कथाको आधारविन्दु बनाएका छन् । श्रेष्ठका कथाहरू यथार्थवादी छन् । उनले राष्ट्रमा भएको घुसघोरी मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृत्ति, राष्ट्रप्रति घट्दै गएको सदासय, सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्र प्रेमजस्ता भावना श्रेष्ठका कथामा मुखरित भएका छन् । श्रेष्ठ सामाजिक यथार्थवादमा टेकेर कथा लेख्ने कथाकार हुन् । कथाकार श्रेष्ठ जुन जुन ठाउँमा पुग्छन् त्यहाँ भएको विकृति र विसङ्गतिलाई आफ्नो कथामा उतार्न रुचाउँछन् । राजुबाबु श्रेष्ठको कथा लेखनको वीज बिन्दु बन्नुमा उनमा रहेको नेपाल आमाको अगाध माया नै हो । विकसित मुलुकहरूका मानवीय व्यवहारबाट प्रभावित भएका कथाकार श्रेष्ठ देशभक्ति मानवीय जीवन, धनी र गरिब बीचको खाल्डो, युद्घरहित समाजको अपेक्षा भ्रष्टाचार, घुसघोरी जस्ता प्रवृत्तिमाथि कथाका माध्यमबाट तीव्र आक्रोश पोख्छन् । श्रेष्ठले विभिन्न देशको भ्रमणका क्रममा इराक, क्रोसिया, सर्बिया र बोस्नियाका बस्तीमा युद्घले सोत्तर बनाएका उजाड बस्ती अनि मृत्युले रजाइँं गरिरहेका बस्तीहरूमा सङ्गत गरेका छन् । त्यहाँ भएका गृहयुद्घले मानिसमा बढ्दै गएको जीवनप्रतिको निराशालाई कथाकारले कथाको स्रोत बनाएका छन् ।
कथाकार राजुबाबु श्रेष्ठले जीवनका भोगाइहरूलाई सामाजिक यथार्थवादमा टेकेर कथाको सिर्जना गरेका छन् । कथाकार आफ्नो देशको जुन जुन ठाउँमा पुग्छन् त्यस ठाउँको सामाजिक परिवेश, आर्थिक अवस्था, राजनीतिक अवस्थालाई कथामा उतारेका छन् । कथाकार जुन देशमा पुग्छन् त्यस देशको जीवनशैली, मातृभूमिप्रतिको माया प्रेममा बलिदान दिएको प्रसङ्ग आफ्नो कथामा समावेश गर्छन् । यसरी राजुबाबु श्रेष्ठले जीवनमा आफूले देखेका, भोगेका, अनुभव गरेका घटनाहरूलाई कथामा उतारेकाले उनको जीवनीसँग कथालेखनको नजिकको सम्बन्ध छ ।

निष्कर्ष ः–
कथाकार राजुबाबुको जन्म गोरखा जिल्लाको तीनधारेमा वि.सं. २०२५ साल जेठ २७ गते भएको थियो । पिता ईश्वरीप्रसाद श्रेष्ठ र माता ईश्वरीदेवी श्रेष्ठको कान्छो सन्तानका रूपमा उनको जन्म भएको थियो । राजुबाबु श्रेष्ठका एकजना दाजु र तीनजना दिदी छन् । सरकारी विद्यालयबाट साउँ अक्षर श्रीगणेश गरेका श्रेष्ठले त्यही विद्यालयबाट नै प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । उनले त्रिभुवन विश्व विद्यालयबाट एम.ए. र इतिहासमा र शिक्षा सङ्कायबाट बि.एड. सम्म उत्तीर्ण गरेका छन् । साहित्य समाजको ऐना हो । वास्तवमा साहित्य के गर्ने भन्दा कसका लागि कुन उद्देश्यका लागि गर्ने भन्ने कुरा महŒवपूर्ण हुन्छ । साहित्य केवल नामका लागि वा केवल कलाका लागि मात्र होइन समाजका लागि रचिन्छ । राजुबाबु श्रेष्ठ एक कर्मठ, समाजसेवी, इमान्दार र राष्ट्रवादी व्यक्ति हुन् । उनले नेपाली साहित्यमा कविता, कथा र गीत जस्ता कृतिहरू पाठक सामु पस्किइसकेका छन् । राजुबाबु श्रेष्ठ जीवन भोगाइका अनुभूतिहरूलाई आफ्नो लेखन शिल्पमा उतार्न रुचि राख्ने स्रष्टा हुन् । कथाकारलाई समाजका कुरीति, अन्याय अत्याचार, मान्छेमा बढ्दै गएको व्यक्तिवादी सोच र भ्रष्ट मानसिकताप्रति घोर अपत्ति छ । मूलतः राजुबाबु श्रेष्ठ यथार्थवादी साहित्यकार हुन् । यथार्थलाई पुष्टि गर्न कथाकार श्रेष्ठका कथामा राष्ट्रवाद, विकृति, विसङ्गति भ्रष्टाचार आदिजस्ता प्रवृत्तिहरू जुर्मुराएका छन् । नेपाली साहित्यमा उदाएका यी कथा सर्जकले केन्द्रमा मानवीय भावना, प्रेम र प्रकृतिका सुपाच्य पक्षहरूलाई लेखन ठानेको प्रतीत हुन्छ ।


परिच्छेद – तीन
कथाका सैद्धान्तिक तŒव एवं श्रेष्ठका कथाहरूको विश्लेषण

३.१ विषय प्रवेश ः–
लगभग पौने दुई सय वर्षको नेपाली कथाको इतिहासमा देखिएका विभिन्न मोडहरूले यसको गतिशील चरित्रको परिचय दिन्छन् । इतिहास निर्माणका क्रममा नेपाली कथाले एकपछि अर्को गर्दै नवीन चेतनालाई आत्मसात गर्दै गएको पाइन्छ । सम्पूर्ण इतिहास मोटामोटी तीन कालमा विभाजित भए तापनि यी तीनै कालका बीच ऐतिहासिक श्रृङ्खला पाइन्छ ।
नेपाली कथाले प्रारम्भमा आफ्नै सांस्कृतिक स्रोतलाई पहिल्याउँदै बलियो परम्पराको स्थापना ग¥यो । विक्रमको २० औँ शताब्दीको पहिलो दशकमा राणा शासनको प्रारम्भले गर्दा नेपालको राजनीतिक वातावरण जब भिन्न भयो, नेपाली कथाको वस्तु तŒवमा पनि क्रमशः परिवर्तन आउन थाल्यो । सञ्चारको माध्यम पत्रिकासँग संलग्न भएपछि नेपाली कथाले समाज सापेक्ष अभिव्यञ्जनाका निमित्त जुन प्रयास ग¥यो त्यसैको पराकाष्ठामा आधुनिक कालमा प्रवेश ग¥यो ।
यथार्थवाद नै नेपाली कथामा आधुनिकताको विशिष्ट लक्षण थियो । आधुनिक काल सुरु भएदेखि प्रथम तीन दशकको यथार्थवादी युगमा युग र काल सापेक्ष स्थितिको प्रत्यक्ष प्रभाव नेपाली कथामा प¥यो । यस युगमा दुई महŒवपूर्ण राजनीतिक क्रान्ति हुनाको फलस्वरूप एकतन्त्री जहाँनिया राणाशासनदेखि लिएर बहुदलीय प्रजातान्त्रिक शासन र पञ्चायती प्रजातान्त्रिक पद्घतिसम्म यस युगमा देखा परे । यी ऐतिहासिक घटनाहरूले नेपाली समाज र बौद्घिक समुदायमा जुन प्रकारको प्रभाव पा¥यो त्यसको प्रतिबिम्ब यस युगका कथाहरूमा प¥यो । यस युगले नेपाली साहित्यलाई श्रेष्ठ र प्रतिभाशाली कथाहरू दियो ।
नवचेतनावादी युग नयाँ विषयवस्तु र कलाप्रतिको रुचिको परिणाम थियो । यस युगको कथा प्रवाह परम्परागत मूल्यको अतिक्रमणमा संलग्न भएको हुँदा निकै हदसम्म विद्रोही रूपको देखिन्छ । यस युगका कथाहरूको मुख्य उपलब्धि नै वस्तुको मानसिक वा आन्तरिक सूक्ष्मता तथा गहिराइमा पुग्नु हो ।
यसरी समकालीन नेपाली कथाले २०४० को दशकयता आफ्नै किसिमको प्रकृति र नियतिको फल भोगिरहेको छ जुन सकारात्मक तथा नकारात्मक दुवै छ । युगीन परिस्थितिले गर्दा हाल निराशाजनक स्थितिबाट आधुनिक नेपाली कथा गुज्रिरहेको भए पनि इतिहासको चक्र हो, सुदिन अवश्यै एक दिन फर्कने छ भन्ने कुरामा आशावादी हुने लक्षण देखिएको छ । यस प्रकार विकसित र उन्नत बनेको आधुनिक नेपाली कथामा के कस्ता संरचक तŒव अनिवार्य हुन्छन् तिनको चर्चा गर्नु पनि यहाँ युक्तिसङ्त हुन्छ ।

३.२ कथाका तŒवहरू ः–
कथाको परिभाषा बारे मतैक्य नभए जस्तै कथाका तŒवहरूको सम्बन्धमा पनि कथाकार र समालोचकहरूका बीच मतैक्य पाइँदैन । कथा तŒवहरूका बारेमा सर्वमान्य मान्यताको विकास नभए तापनि निश्चित संरचना, शैली, उद्देश्यका कारणले कथाका आधारभूत तŒवहरू निर्धारण गरिएका छन् । यस सम्बन्धमा दयाराम श्रेष्ठद्वारा सम्पादित नेपाली कथा भाग ४ कृतिमा कथावस्तु, पात्र र चरित्र चित्रण, संवाद वा कथोपकथन, देश, काल र परिस्थिति, भाषाशैली र उद्देश्यलाई कथातŒवका रूपमा उल्लेख गरिएको छ । कृष्ण हरि बराल र नेत्र एटमद्वारा लेखन तथा सम्पादन गरिएको नेपाली आख्यान र नाटक पुस्तकमा कथानक, चरित्र र चरित्र चित्रण, पर्यावरण, दृष्टि विन्दु, सारवस्तु, भाषा, प्रतीक र बिम्ब, गीत र लयलाई कथाका तŒवहरूका रूपमा उल्लेख गरिएको छ । कथा तŒवका सम्बन्धमा हरि प्रसाद शर्माले कथाको सिद्घान्त र विवेचना कृतिमा कथानक अथवा कथावस्तु, कथा पात्र र दृष्टिकोण, कथा परिवेश र गीत, संवाद वा कथोपकथन, कथाको उद्देश्य र शैली–रचनालाई कथाका तŒवहरू भनी प्रकाश पारेका छन् । ईश्वर बरालद्वारा सम्पादित झ्यालबाट कृतिमा कथानक, क्रियाकलाप, चरित्र, घटना, संघर्ष, परिवेश र कौतुहललाई कथातŒवका रूपमा चर्चा गरिएको छ । कथा तŒव विश्लेषण गर्ने क्रममा मोहनराज शर्माले कथाको विकास प्रक्रिया कृतिमा कथानक, चरित्र वा पात्र, परिवेश, विषयसूत्र, भाषा, शैली उद्देश्य र दृष्टि विन्दुलाई कथाका उपकरणहरू भनी उल्लेख गरेका छन् ।
कथा तŒवका बारेमा विभिन्न विद्वान् समालोचकहरूले प्रस्तुत गरेका अवधारणालाई अझ वैज्ञानिक र व्यवस्थापनका लागि दयाराम श्रेष्ठले नेपाली कथा भाग ४ कृतिमा नयाँ समालोचना अनुसार कथाको शरीर रचना अथवा रचनाविधानलाई संरचना र रूपविन्यास गरी दुई खण्डमा विभाजित गरेका छन् । संरचना अन्तर्गत कथामा पाइने मुख्य मुख्य घटकहरू कथा वस्तु, पात्र, दृष्टि विन्दु र सार वस्तु पर्दछन् । रूप विन्यास अन्तर्गत कथाका सूक्ष्म तŒवहरू पदविन्यास, बिम्ब विधान, व्यङ्ग्य, प्रतीक विधान, तुलना (उपमा, वाक्सन्दर्भ आदि) शीर्षक पर्दछन् (श्रेष्ठ, २०६०ः९) ।
यसरी नेपाली साहित्यका अन्वेषक एवम् प्राज्ञिक व्यक्तित्वहरूले उल्लेख गरेका विभिन्न कथा तŒवहरूका आधारमा मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन र विश्लेषण गरिएको छ । कथाहरूको विश्लेषणमा एकरूपता ल्याउन निम्नानुसार कथा तŒवका आधारमा कथालाई विश्लेषण गरिएको छ ः
१. कथानक
२. पात्र र चरित्र चित्रण
३. परिवेश
४. दृष्टिविन्दु
५. भाषाशैली
६. उद्देश्य
उल्लिखित कथा तŒवहरूलाई निम्नानुसार विस्तारमा उल्लेख गर्न सकिन्छ ः

३.२.१. कथानक ः–
कथामा पाइने घटनाहरूको तार्किक र रहस्यपूर्ण शृङ्खलालाई कथानक भनिन्छ । कथाको क्रिया, घटना र विस्तार कथानकले नै गर्छ । कार्य र कारण प्रस्ट्याउने कथा वस्तु नै सारमा कथानक हो (बराल र एटम, २०६४ः७) । कथाकारले कल्पना, तर्क, बुद्घिको प्रयोग गरी कथानकलाई कौतुहल पूर्ण बनाएको हुन्छ । कथानकलाई कथा संरचनाको सबभन्दा स्थूल र सबल तŒव मानिन्छ शर्मा, २०५९ः६२) । अरस्तु लगायतका प्राचीन साहित्य चिन्तकहरूले कथानकलाई सर्वोपरि ठान्दै आख्यानात्मक रचनाको प्रथम रचना र आत्मा नै मानेका छन् (श्रेष्ठ, २०५८ः१९) । अरस्तुले कथानक एकान्वितिपूर्ण हुनुपर्छ भनेका छन् । तथापि आधुनिक कथाकारहरूले कथानकलाई गौण मानेका छन् (श्रेष्ठ, २०५८ः१९०) । इतिहास, यथार्थ, मिथक, रागात्मक सौन्दर्य र स्वैरकल्पनालाई कथानकको स्रोत मानिन्छ (बराल र एटम, २०६४ः७) । कथानक आदि, मध्य र अन्त्यको रैखिक ढाँचा तथा वर्तमानबाट अतीततिर फर्किएको वृत्ताकारीय ढाँचामा तयार पारिन्छ । कथानककै आधारमा चरित्र, घटना, परिवेश आदिको चयन एवम् विस्तार गरी कथा तयार गरिन्छ ।

३.२.२ पात्र र चरित्र चित्रण ः–
कथामा प्रयुक्त व्यक्तिलाई नै पात्र वा चरित्र भनिन्छ । पात्रलाई मानवीय, मानवेतर भूमिकाका आधारमा प्रमुख, सहायक र गौण, सामाजिक मर्यादाका सन्दर्भमा अनुकूल र प्रतिकूल, प्रतिनिधित्वको आधारमा वर्गीय र व्यक्तिगत, गतिका आधारमा गतिशील र गतिहीन सामाजिकताका आधारमा यथार्थ र आदर्श पात्रका रूपमा वर्गीकरण गर्न सकिन्छ (बराल र एटम, २०६४ः९) । त्यसै गरी पात्रलाई लैङ्गिक आधारमा पुलिङ्गी र स्त्री लिङ्गी, आसन्नताको आधारमा मञ्चीय पात्र र नेपथ्य पात्र, आबद्धताका आधारमा बद्ध र मुक्त पात्रका रूपमा पनि चरित्रलाई केलाउन सकिन्छ (शर्मा, २०५८ः२८) । कथाकारको प्रवृत्ति अनुसार पात्रको सङ्ख्या निर्धारण हुन्छ । प्रायशः बहिर्मुखी कथाकारका कथामा केही बढी चरित्र र अन्तर्मुखी कथाकारका कथामा न्यूनातिन्यून चरित्र रहन्छन् (बराल, २०५३ः५३) । कथाकारको वैचारिक दृष्टिकोण र उद्देश्य, कथानक र घटनावली अनुसार पात्रको चित्रण नै चरित्र चित्रण हो । चरित्र चित्रणले पात्रको चरित्र र चारित्रिक विशेषतालाई निर्धारित गर्छ । चरित्र चित्रणका लागि कथाकारले चरित्रको सिधै वा प्रत्यक्ष वर्णन गर्ने सङ्क्षेप वा वर्णनात्मक पद्धति र संवादका माध्यमबाट अप्रत्यक्ष रूपले चरित्रलाई चिनाउने दृश्यात्मक वा नाटकीय पद्धतिको प्रयोग गर्छ । दृश्यात्मक पद्धतिको प्रयोगले कथाको कलात्मक महŒव बढ्छ र त्यसलाई वास्तविक धरातल प्रदान गर्छ ।

३.३.३ परिवेश ः–
कथामा आउने घटना र चरित्रलाई उपयुक्त किसिमको पृष्ठभूमि प्रदान गर्ने दृश्य, देश, काल, परिस्थिति नै परिवेश हो (बराल र एटम, २०६४ः९) । परिवेशका माध्यमबाट देश, काल, परिस्थितिको यथार्थ चित्रण गर्न सकिन्छ । सामाजिक आचारविचार, सांस्कृतिक विशेषता र राजनीतिक गतिविधिको तत्कालीन युगको वास्तविक झाँकी परिवेशका रूपमा प्रस्तुत गर्न सकिन्छ (शर्मा, २०५९ः७७) । विकट र दुर्गम स्थान, अति पिछडिएका जनजाति आदिका विशिष्ट पात्रहरू, तिनको दिनचर्या, संवाद आदिमा आञ्चलिकताको प्रभाव कथाको परिवेशमा उल्लेख गरिन्छ । देश, काल, परिस्थितिको जीवन्त चित्रण, पाठकमा दुःख, हर्ष, क्रोध, घृणा, ईष्र्या आदि भावनाको प्रकटीकरण र तिनको परितृप्तिपूर्ण वातावरणलाई पनि परिवेशका रूपमा उल्लेख गर्न सकिन्छ । परिवेशलाई महत्वका साथ समेट्ने काम यथार्थवादी कथाकारहरूले अधिक गर्छन् । यथार्थवादी कथामा परिवेशलाई हुबहु र जीवन्त चित्रण अत्यावश्यक रहेकाले यथार्थवादी कथाकारको झुकाउ परिवेशअङ्कनप्रति रहन्छ र अन्य प्रकृतिका कथामा पनि यो उपेक्षित रहँदैन ।

३.२.४ भाषाशैली ः–
कथा भाषाका माध्यमबाट भाव र विचार सम्पे्रषण गरिने विधा हो । कथाको स्तरीयता विषय, पात्र, चरित्र, संवाद, कथानक, उद्देश्यले मात्र निर्धारण गर्दैन । यी सबैको समुच्च मापन आधार भाषा हो । गद्य शैलीमा लेखिने कथामा अन्य विधामा भन्दा सरल, सहज, सुललित भाषा शैलीको प्रयोग गरिन्छ । भाषा साहित्यको सर्वोपरि आवश्यकता हो । यसर्थ परिवर्तनशील भाषालाई समय सापेक्ष मानक भाषाका रूपमा कथामा सशक्त रूपमा प्रयोग गरिन्छ । कथामा कथाकारले गरेको वर्णन र पात्रले बोलेको संवादका माध्यमबाट भाषाको प्रयोग गरिन्छ । कथामा प्रयुक्त पात्रको स्तर र चरित्रअनुसार भाषिक भेद पनि पाइन्छ । भाषालाई कथाकारले आफ्नो प्रवृत्ति र रुचि अनुरूप शैलीमा प्रस्तुत गर्छ । शैली रचनाकारको अभिव्यक्ति हो (शर्मा २०५८ः३९) । यसरी कथाकारको वास्तविक परिचय भाषाशैलीले नै निक्र्योल गर्दछ । रूपविन्यास, बिम्ब, प्रतीक, अलङ्कार सबै तŒवलाई भाषा शैलीले नै समेट्ने देखिन्छ ।

३.२.५ दृष्टि विन्दु ः–
कथामा कथयिताले कथा वाचनका लागि प्रयोग गर्ने ठाउँ वा माध्यम नै दृष्टि विन्दु हो (बराल र एटम, २०६४ः१०) । कथयिताले कथाको उठान, विस्तार र अन्त्यका लागि कथाभित्रको कुनै पात्रका रूपमा आफूलाई समाहित गरेर वा कथाकार स्वयम् प्रत्यक्षदर्शी वर्णनकर्ताका रूपमा दृष्टि विन्दुको प्रयोग गरिन्छ । दृष्टि विन्दुका माध्यमबाट कथाकारले आफ्नो विचार र उद्देश्य पाठक वर्ग समक्ष पु¥याउँदछ । यसर्थ कथाकार र पाठक वर्ग बीचको सम्बन्ध सूत्र नै दृष्टि विन्दु हो । पात्रका मन भित्र डुबुल्की लगाई कथाकारले प्रयोग गर्ने दृष्टि विन्दुमै निर्भर रहने भएकाले यसलाई कथाको श्रेष्ठता वा उत्कृष्टताको मापक भनिन्छ (श्रेष्ठ, २०६०ः११) । कथामा मूलतः कथयिता कथाभन्दा बाहिर रहेर अरूका बारेमा टिप्पणी वा चित्रण गर्ने बाह्य वा तृतीय पुरुष दृष्टि विन्दु पद्घति र कथयिता आफैँ कथाको पात्र बनेर आन्तरिक वा प्रथम पुरुष दृष्टि विन्दु पद्घतिको प्रयोग गरिन्छ ।

३.२.६ उद्देश्य ः–
कथाकारले निश्चित उद्देश्य वा प्रयोजनले कथा रचना गर्दछ । पूर्वीय तथा पाश्चात्य साहित्यमा उद्देश्यलाई अधिक महŒव दिइएको छ । सम्पूर्ण कथाको केन्द्रीय रूपमा रहेको लेखकीय अभिप्रायलाई वहन गर्ने मूलभूत तŒव उद्देश्य हो । यस तŒवले कथाको स्वरूपलाई एकान्विति प्रदान गर्दछ । कथा विषयवस्तु र उद्देश्यका बीच केही समानता रहेजस्तो देखिए पनि बरु उद्देश्य विषय वस्तु बन्न सक्छ तर कथा वस्तु भने कदापि उद्देश्य बन्न सक्दैन (शर्मा, २०५८ः८४) । पूर्वीय साहित्यमा प्रीति, आनन्द, रसानुभूति, धर्म, अर्थ, मोक्ष, काम, देवस्तुति, धनार्जन, कीर्ति, यश आदिलाई पायोजनका रूपमा उल्लेख गरिएको छ । पाश्चात्य साहित्यिक चिन्तकहरूले आनन्द, नीतिशिक्षा, मनोरञ्जन, कौतुहल, हास्य, समस्याचित्रण, जीवनदर्शनको प्रकटीकरण, लोकहित आदिलाई प्रयोजन मानेका छन् (शर्मा, २०५८ः४२) । उद्देश्यलाई यथार्थवादी कथाकारहरूले विशेष महŒव दिएका छन् । अझ समाजवादी यथार्थवादी कथाकारहरूले आफ्नो वैचारिक सम्प्रेषणको उद्देश्यतिर केन्द्रित हुँदा कथाको कलात्मक महŒवलाई समेत गौण बनाएका छन् । उद्देश्यविनाको साहित्यिक रचना सिँगारिएको लासजस्तो अर्थहीन हुने मान्यता समाजवादी यथार्थवादी साहित्यकारहरूको रहेको छ ।

३.३ आधुनिक नेपाली कथाको विकासमा श्रेष्ठका कथा ः–
आधुनिक नेपाली कथाकोे प्रारम्भ गुरु प्रसाद मैनालीको नासो (१९९२ः शारदा) कथाबाट भएको मानिन्छ । शारदा पत्रिकाको प्रकाशनसँगै प्रारम्भ भएको आधुनिक नेपाली कथा पाश्चात्य सैद्घान्तिक मान्यता अनुरूपको संरचनामा तयार हुन थाल्यो । गुरु प्रसाद मैनालीले आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाको प्रवत्र्तन गरे । उनीपछि विश्वेश्वरप्रसाद कोइराला चन्द्रवदन (१९९२ ः शारदा) कथा लिएर यौन मनोवैज्ञानिक कथाकारका रूपमा देखा परे । यसरी आधुनिक नेपाली कथा यथार्थवादी कथा प्रवृत्ति लिएर देखापर्छ (बराल र एटम , २०६४ः२०) ।
आधुनिक नेपाली कथाको हालसम्मको विकास क्रमलाई साहित्यिक समालोचकहरूले विभिन्न किसिमले वर्गीकरण गरेका छन् । दयाराम श्रेष्ठले नेपाली कथा भाग–४ पुस्तकमा वि.सं. २०२० देखि हालसम्मलाई नवचेतनावाद भनी उल्लेख गरेका छन् । दयाराम श्रेष्ठ र मोहनराज शर्माले नेपाली साहित्यको सङ्क्षिप्त इतिहास कृतिमा यथार्थवादी युग (१९९२–२०१९), नवचेतनावादी युग (२०२०–२०३९), समकालीन धारा ( २०४०– हालसम्म) भनी वर्गीकरण गरेका छन् । ईश्वर बरालको झ्यालबाट कृतिमा पहिलो उत्थान ः विकास काल (१९९१–१९९४) दोस्रो उत्थान ः विकास काल (१९९५–२००३) तेस्रो उत्थान ः नव जागरण काल (२००४–२००७) भनी विभाजन गरिएको छ । समालोचक हरिप्रसाद शर्माको कथाको सिद्घान्त र विवेचन कृतिमा यथार्थवादी कथा धारा (१९९२–२०१९) नवचेतनावादी कथाधारा (२०२०–२०३५, २०३९) र समकालीन कथाधारा (२०३६–२०४० पछि हालसम्म) भनी प्रकाश पारिएको छ । कृष्णहरि बराल र नेत्र एटमद्वारा लेखन तथा सम्पादन गरिएको नेपाली आख्यान र नाटक कृतिका अनुसार यथार्थवादी युग (१९९२–२०१९), प्रयोगवादी युग (२०२०–२०३५), समकालीन युग (२०३६–हालसम्म) आधुनिक कथाका प्रमुख मोडहरू हुन् । यथार्थवादी युगलाई पनि सामाजिक यथार्थवादी धारा, मनोवैज्ञानिक यथार्थवादी धारा र प्रगतिवादी धारा गरी तीन चरणमा उपवर्गीकरण गरिएको छ ।
कथाकार राजुबाबु श्रेष्ठ आधुनिक नेपाली कथाको समकालीन युगमा यथार्थवादी कथाकार हुन् । विभिन्न दुःखी र नारीप्रति बढी प्रेम–सहानुभूति राख्ने कथाकार आधुनिकता र नवीनतामा पनि संवेदनशील देखिन्छन् । उनको आफ्नो गाउँ, सहर र देशको मात्र नभएर विदेशी पृष्ठभूमिका कथाहरू पनि उत्तिकै सुन्दर पाइन्छन् । यथार्थवादी साहित्यिक मान्यतालाई आत्मसात गर्ने राजुबाबु श्रेष्ठका कथाहरूले आधुनिक नेपाली कथाको विकासमा अशान्ति, युद्घ, द्वन्द्व, गरिबी, प्रेमको आदर्श तथा मानवीय संवेदनाका पक्षहरूमा योगदान पु¥याएका छन् । श्रेष्ठका कथाहरू संस्कृति र चरित्रको विविधताले प्रभावकारी रहेका छन् ।
कथाकार राजुबाबु श्रेष्ठको कथा मारिनोसेलोको जून (२०६३) कथा सङ्ग्रहमा १५ वटा कथा रहेका छन् । धेरै कथामा युद्घको परिणति र मानवीय संवेदनाको सूक्ष्म विश्लेषण छ । कथामा राष्ट्रियता, प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान भएका छन् । कथामा प्रेमलाई ओझेल पारेर राष्ट्रियताको जित देखाउनु नौलो प्रयोग हो । राष्ट्रियता बलियो बनाउनलाई कथाकारले धेरै मेहनत गरेका छन् । मेरो देशका लागि मैले मेरो प्रेमको बली चढाउने निधो गरेको छु, बिन्ती क्रिस मलाई क्षमा गर ! (मृत्युको जन्म दिन ः १९) । कथाकार स्वयम्ले देखेका, भोगेका मानवीय संवेदनाले भरिएका सामाजिक यथार्थमा टेकेर वर्तमान युगका मानव जातिले निम्त्याएका हत्या, हिंसा, जातीय युद्घ, संस्कृतिमा भएका विसङ्गतिहरू, माया प्रेम र प्रणय, दानवीय प्रवृत्तिका राजनीतिज्ञहरूद्वारा रचिएका ताण्डव नृत्यहरू, देशको विनाशले निम्त्याएका विस्थापितहरूको पीडा, राजनीतिक दुर्गन्धका कारण निम्तिएको गृहयुद्घको दृश्य पनि जस्ताको त्यस्तै रूपमा कथामा चित्रण गरेका छन्।
यसरी समग्रमा कथाहरू मिठासपूर्ण, ओजनदार, सरल र सरस छन् । सामाजिक परिवेश भित्र छिरेर मानवीय पीडा, अन्याय, अत्याचार, जातीय युद्घ, हत्या, हिंसा आदिका बारेमा कथाकारले कथाहरूमा भाव व्यक्त गरेका छन् । कथाहरूको यथार्थ चित्रण सचेत र गम्भीर रूपमा प्रस्तुत गर्न कथाकार सफल भएका छन् । पात्रहरूको चरित्र चित्रणमा, कथाको सुरुवात र समापनमा, संवादमा विशेष ध्यान दिएको पाइन्छ । यिनै कारणहरूले गर्दा आधुनिक नेपाली कथाको विकासमा राजुबाबु श्रेष्ठका कथाले महŒवपूर्ण भूमिका खेलेका छन् ।

३.४ मारिनोसेलोको जून कथा सङ्ग्रहको विश्लेषण ः–
परिचय ः मारिनोसेलोको जून कथा सङ्ग्रहमा पन्ध्रवटा कथा रहेका छन् । अघिल्लो परिच्छेदमा उल्लेख भएअनुसार कथा सिद्धान्तका कथानक, पात्र र चरित्र चित्रण, परिवेश, दृष्टि विन्दु, भाषाशैली र उद्देश्यका आधारमा उक्त सङ्ग्रहका कथाहरूको निम्नानुसार विश्लेषण गरिएको छ ः

३.४.१ मारिनोसेलोको जून कथाको विश्लेषण ः–
३.४.१.१ कथानक
कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून कथा विदेशी पृष्ठभूमिमा लेखिएको कथा हो । यस कथामा प्राकृतिक सौन्दर्यभित्र युद्घ त्रासदीले निम्त्याउने सङ्कटको यथार्थपरक चित्रण गरिएको छ । यस कथामा गृहयुद्घको मारमा परेर आफ्नो राष्ट्रसँग विभाजित हुन पुगेका प्रेमी–प्रेमिकाको व्यथा प्रस्तुत गरिएको छ । यसको कथानक यस्तो छ– दारियो क्रोसियन जातिको हो भने नादा सर्बियन जातिकी हुन् । नादा र दारियो बीचमा प्रेम चल्छ । क्रोसिया र सर्बियाको युद्घको समयमा क्रोसियाले सर्बियाको केही भूभाग कब्जा गरेपछि नादा शरणार्थीको रूपमा देश छोडेर बिदेसिनु पर्ने हुन्छ । यो दारियोलाई मन पर्दैन । आफ्नो प्रेमिकालाई आफूबाट छुटेर हिँडेको उसलाई मन पर्दैन । नादालाई पनि आफ्नो देश र प्रेमी दारियोलाई छोडेर बिदेसिन पटक्कै मन पर्दैन । सर्बियनहरूलाई संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका निलो झन्डावाला गाडीहरू बाहिर लैजान तयार रहेका हुन्छन् । मान्छेहरू गाडी चढ्न अघि बढ्छन् । गाडीहरूको हर्न लाग्छ, दारियो नादालाई अँगालोमा बेस्सरी कस्छन् । गाडीहरू हिँड्न तयार हुन्छन् । अन्तमा नादालाई मारिनोसेलोमा गई म जून को प्रतिज्ञा गर्नेछु । तिमी पनि सावाब्रिज पारिबाट जून हेर्नु जून हेरेर जून मै भेटौँला भन्दै बस गुड्छ र कथाको अन्त हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको पाइन्छ ।

३.४.१.२ पात्र र चरित्र चित्रण
मारिनोसेलोको जून छोटो आयामको र थोरै पात्र प्रयोग भएको कथा हो । कथाको प्रतिनिधि पात्र दारियो र नादा हुन् । उनीहरू यस कथाका अनुकूल पात्र हुन् । उनीहरूकै केन्द्रीयतामा यो कथा अघि बढेको छ । दारियो र नादा असल प्रेमी–प्रेमिका हुन् । दारियोले क्रोसियाली पात्रको चित्रण गरेको छ भने नादाले सर्बियाली पात्रको चित्रण गरेकी छन् । गृह युद्घको मारमा परेर विभाजित हुन पुगेको आफ्नो राष्ट्रसँगै आफ्नो नियति पनि गाँसिएर छुट्टिन विवश भएका प्रेमीप्रेमिकाको प्रतिनिधि पात्रको चरित्र दारियो र नादाले प्रस्तुत गरेका छन् । कथामा ‘म’ पात्र, घरबेटी टाटा, नादाका आमा, बहिनी, क्रोसियाली आर्मी यु.एन. का कर्मचारी सहायक पात्रहरू हुन् भने नगरपालिकामा लागेको भिड, शान्ति सेना, नादाका छिमेकी गौण पात्र हुन् ।

३.४.१.३ परिवेश
मारिनोसेलोको जून कथा विदेशी पृष्ठभूमिको हो । त्यसैले यसको परिवेश पनि विदेशी मुलुकको रहेको छ । यो कथा सहरी परिवेशको चित्रणमा केन्द्रित रहेको छ । यस कथाले क्रोसिया र सर्बिया बिचको गृहयुद्घ कालीन समयको घटना क्रमलाई चित्रण गरेको छ । यसमा स्थानका हिसाबले क्रोसियाली भूभाग र सर्बिया रहेको छ । ग्राबानिचाको सडक, नादाको घर, नगर पालिकाको कार्यालय, कफीको बोट, ग्राबानिचाको सडकमा गाडीहरूको लाम, ‘म’ पात्रको कोठा, कफी बार, डिस्को, मारिनोसेलोको किनार, सावाब्रिज जस्ता परिवेशलाई लिएर कथाले गति लिएको छ ।

३.४.१.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता वा उत्कृष्टताको मापक हो । कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाइ हो (श्रेष्ठ, २०६०ः११) । राजुबाबु श्रेष्ठद्वारा रचित मारिनोसेलोको जून कथामा कथाकारले तृतीय पुरुष दृष्टि विन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा नादा र दारियोको वृत्तान्तबाट कथाको उठान गरिएको छ । मेरो कोठा नादाको घर नजिकै हुनाले…………… भनी प्रथम पुरुष दृष्टि विन्दुको पनि प्रयोग गरिएको छ ।

३.४.१.५ भाषाशैली
कथाकार राजुबाबु श्रेष्ठका प्रस्तुतिमा सरलता छ जुन कथाको विशेषताकै रूपमा रहेको छ । श्रेष्ठको मारिनोसेलोको जून कथाको भाषाशैली बोधगम्य, सरल र रुचिकर रहेको छ । कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा ग्राबानिचा, कुना, मारिनोसेलो, टाटा, नेदेब्रो, सवाब्रिज जस्ता क्रोएसियाली र सर्बियाली भाषाका आगन्तुक शब्दको प्रयोग गरी कथालाई रोचक बनाइएको छ । कथाको शीर्षक मारिनोसेलोको जून प्रतीकात्मक रहेको छ ।

३.४.१.६ उद्देश्य
कथालेखनका पछाडि अवश्य पनि कथाकारका भावगत र कलागत कामना वा इच्छाहरू रहेका हुन्छन् । मानव शरीरमा आत्माको अवस्थिति जस्तै कथामा कथाकारको कथ्य अर्थात् भावको अवस्थिति रहन्छ (शर्मा, २०५८ः८३) । कथा कला र मानव जीवनको साझा सम्पत्ति हो । यसमा मान्छेलाई मान्छेका रूपमा देखाइनु पर्दछ । तर यसो गर्दा कलात्मक मूल्य र मान्यतालाई वर्जनीय ठान्नु हँुदैन । मारिनोसेलोको जून कथामा युद्घका विभाजित मानिसहरूको मनोदशा र प्रेम प्रणयलाई नायक दारियो र नायिका नादाका माध्यमबाट देखाउन खोजिएको छ । प्राकृतिक सौन्दर्यभित्र युद्घ त्रासदीले निम्त्याउने सङ्कटको यथार्थपरक चित्रण गरी विश्व रङ्गमञ्चका सर्बिया र क्रोसिया जस्ता युद्घपिपासु मुलुकका रक्त पिपासु निर्देशकहरूद्वारा रचिएका अनेकन गृहयुद्घको मारमा परेर विभाजित हुन पुगेको नियतिसँगै आफ्नो नियति पनि गाँसिएर छुट्टिन विवश भएका प्रेमी–प्रेमिकाको व्यथा प्रस्तुत गर्नु मारिनोसेलोको जून कथाको उद्देश्य रहेको छ । युद्घका विभाजित मानिसहरूको मनोदशा र प्रेमप्रणयलाई नायक दारियो र नायिका नादाका माध्यमबाट प्रस्तुत गर्नु कथाको मूल उद्देश्य रहेको छ ।

३.४.२ पेमा भाउजू कथाको विश्लेषण
३.४.२.१ कथानक
कथाकार राजुबाबु श्रेष्ठको पेमा भाउजू कथा समाजको यथार्थ घटना हो । यो कथा नेपालको मध्यमाञ्चल क्षेत्रको उच्च पहाडी भेगतिर बसोबास गर्ने तामाङ समुदायको सामाजिक परम्परामा आधारित छ । एकाघरका दाजुभाइले एउटै श्रीमती राख्ने परम्परालाई यस कथाले प्रस्तुत गरेको छ । यस कथाले मुलुक भित्रैका जनजाति माझ विद्यमान सांस्कृतिक पक्षका विकृति विसङ्गतिहरू केलाएको छ । यस कथाको कथानक यस्तो छ ः
छितेन बेलुकाको खाना खाई आफू सुत्ने खोपीतिर लाग्छ । थकाइको कारण छितेन तुरुन्तै निदाउँछ । मस्त निद्रामा परेको छितेनलाई जब चिसा हातहरू आफ्ना अङ्ग प्रत्यङ्गमा सलबलाएको महसुस हुन्छ तब ऊ ब्युँझन्छ । आफ्नी भाउजूले आफूलाई अङ्गालो हाली आफूसँग सुत्न आग्रह गरी साँहिलालाई पनि तेरै उमेरबाट सुताउन थालेको अब तँ पनि यता उता मन नडुला भन्छिन् । उसले त्यस रात आफू बिरामी भएको भन्दै भाउजूलाई बल्ल बल्ल खोपीबाट बाहिर पठाउँछ । यस्तो सबै दाजुभाइले एउटै भाउजूलाई राख्ने परम्परा छितेनलाई मन पर्दैन । आमा सरहकी भाउजूलाई श्रीमती भन्न छितेनलाई राम्रो लाग्दैन । छितेन ङिमालाई मन पराउँछ । तर ङिमालाई भगाएर लाने उसको आँट छैन । छितेन मनमा अनेक तर्कनाहरू खेलाउँदै अँध्यारैमा भेडी गोठतिर लाग्छ । ङिमा र छितेनको भेडी गोठ एकै ठाउँमा हुन्छ । छितेन ङिमासित बिताएका मिठामिठा क्षणहरूलाई सम्झन्छ अनि भाउजूले गरेको आग्रहलाई सम्झन्छ । ङिमाप्रतिको आकर्षणले भाउजूप्रति उसको दूरी झन् बढ्दै जान्छ । ङिमा पनि दिनभर भेडा चराउन छितेनसँगै हुन्छिन् । छितेनले ङिमालाई मन पराउँछ । ङिमा पनि छितेनलाई उत्तिकै मन पराउँछे तर समाजको परम्परालाई तोड्न भने दुवै सक्दैनन् । ङिमा छितेनले आफूलाई सानसँग उठाएर लैजाओस् भन्ने चाहन्छिन् । उसको मनमा विभिन्न तर्कनाहरू खेल्छन्, भाउजूको आग्रहलाई सम्झन्छ । छितेनले सामाजिक मान्यतालाई तोड्दै ङिमालाई बिहे गरी भाग्ने निर्णय गरी अँध्यारै ङिमाको घर पुग्छ । ङिमालाई छितेनप्रति असाध्यै दया लागेर आउँछ । उसले आँसु पुस्छ, ङिमाको आँसु पुछिदिन्छ । ङिमा यी सबै कुरा बिर्सी, अब हाम्रो जीवन अगाडि छ भन्दै ङिमाको हात समातेर ओरालो झर्छ र कथाको अन्त हुन्छ । यसरी आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.२.२ पात्र र चरित्र चित्रण
पेमा भाउजू छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको मूल पात्र छितेन र ङिमा हुन् । छितेन यस कथाको प्रतिकूल पात्र हो भने ङिमा अनुकूल पात्र हुन् । छितेन र ङिमाकै केन्द्रीयतामा यो कथा अघि बढेको छ । कास्की जिल्लाको उच्च भेगतिर बसोबास गर्ने तामाङ समुदायको चरित्र छितेन र ङिमाले गरेका छन् । एकै घरका दाजुभाइले एउटै श्रीमती राख्नुपर्ने परम्पराको प्रतिनिधि पात्रको चरित्र छितेनले प्रस्तुत गरेको छ भने एउटा महिला एकै घरका दाजुभाइसँग विवाह गरेर बस्नुपर्ने परम्पराको प्रतिनिधि पात्रको चरित्र ङिमाले गरेकी छिन् । तामाङ समुदायको परम्परागत भाउजू ब्यहोर्ने मान्यता विरुद्ध गई आफैंले मनपराएको व्यक्तिसँग बिहे गर्ने आधुनिक चलनको प्रतिनिधि पात्रको चित्रण पनि छितेन र ङिमाले गरेका छन् । छितेन र ङिमाको चरित्र उच्च पहाडी भेगतिर भेडा चराउने पात्रको रूपमा रहेको छ । यस कथाको पेमा भाउजू सहायक पात्र हुन् । पेमा भाउजू अनुकूल पात्र हुन् । पेमा भाउजू तामाङ समुदायको एउटै घरका दाजुभाइसँग श्रीमती भएर बस्ने परम्पराको प्रतिनिधि पात्रको रूपमा चरित्र रहेको छ । परम्परागत मान्यतालाई बचाइ राख्ने, पात्रको चित्रण पेमा भाउजूले गरेकी छन् । साइला, डुन्डु, ग्यालजेन, मुखिया, छिरिङ, जिमी गौण पात्र हुन् ।

३.४.२.३ परिवेश
प्रस्तुत कथा पेमा भाउजूको परिवेश नेपालको पश्चिमाञ्चल क्षेत्र कास्की जिल्लाको उच्च पहाडी भेगतिर बसोबास गर्ने छुनुप गाउँका तामाङ समुदायको रहेको छ । यो कथा विकट पहाडी क्षेत्रको चित्रणमा केन्द्रित छ । यसमा स्थानका हिसाबले कास्की जिल्लाको छुनुप गाउँ रहेको छ । छुनुप गाउँलाई केन्द्रबिन्दु बनाएर त्यसैको सेरोफेरोमा यस कथाको परिवेश रहेको छ ।

३.४.२.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता वा उत्कृष्टताको मापक हो । कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाइ हो । राजुबाबु श्रेष्ठद्वारा रचित पेमा भाउजू कथामा कथाकारले तृतीय पुरुष दृष्टि विन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा छितेन र पेमा भाउजू तथा छितेन र ङिमाको वृत्तान्तबाट कथाको उठान गरिएको छ ।

३.४.२.५ भाषा शैली
कथाकार राजुबाबु श्रेष्ठको प्रस्तुतिमा सरलता छ जून कथाको विशेषताकै रूपमा रहेको छ । श्रेष्ठको कथाको भाषाशैली बोधगम्य, सरल र रुचिकर रहेको छ । पेमा भाउजू कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग भएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । पेमा भाउजू कथामा स्थानीय तामाङ समुदायका ढोँग्वा, पुङ जस्ता आगन्तुक शब्दहरूको प्रयोग गरी कथालाई रोचक बनाइएको छ । कथाको शीर्षक पेमा भाउजू सोझो रहेको छ ।

३.४.२.६ उद्देश्य
कथा लेखनका पछाडि अवश्य पनि कथाकारका भावगत र कलागत कामना वा इच्छा रहेका हुन्छन् । मानव शरीरमा आत्माको अवस्थिति जस्तै कथामा कथाकारको कथ्य अर्थात् भावको अवस्थिति रहन्छ (शर्मा, २०५८ः८३) । कथा कला र मानवजीवनको साझा सम्पत्ति हो । यसमा मान्छेलाई मान्छेका रूपमा देखाइनु पर्दछ । तर यसो गर्दा कलात्मक मूल्य र मान्यतालाई वर्जनीय ठान्नु हुँदैन । पेमा भाउजू कथामा मुलुकभित्रैका जनजाति माझ विद्यमान साँंस्कृतिक पक्षका विकृति विसङ्गतिहरूलाई देखाउन खोजिएको छ । पेमा भाउजू कास्की जिल्लाको उच्च पहाडी भेगतिर बसोबास गर्ने तामाङ समुदायको यथार्थ घटना हो र त्यही यर्थात् घटनालाई कथाको माध्यमबाट प्रस्तुत गर्नु यसको उद्देश्य रहेको छ । एकै घरका दाजुभाइले एउटै श्रीमती राख्ने परम्परालाई यस कथाले देखाउन खोजेको छ । कास्की जिल्लाको उच्च पहाडी भेगतिर बसोबास गर्ने तामाङ समुदायको विकृति र विसङ्तिको रूपमा रहेको भाउजू व्यहोर्ने सामाजिक परम्परालाई कथाको माध्यमबाट देखाउन खोज्नु यसको मूल उद्देश्य रहेको छ । अहिलेको समाजका छितेन र ङिमा जस्ता युवा युवतीले सामाजिक विकृतिको रूपमा रहेको एउटैै घरका दाजुभाइसँग बिहे गर्नुपर्ने परम्परालाई लत्याउँदै आफूखुसी मनपराएको मान्छेसँग विवाह गर्न थालेको कुरालाई देखाउनु यसको उद्देश्य रहेको छ ।

३.४.३ कठै मेरो देश… कथाको विश्लेषण
३.४.३.१ कथानक
कठै … मेरो देश कथाले आज आफ्नै देशको जून दुर्दशा भइरहेछ, त्यसकोे र त्यसको मूलमा धमिरो झैँ रहेर प्रत्यक्ष परोक्ष भूमिका खेल्ने दुष्ट प्रवृत्तिको संवाहकलाई पनि निर्वस्त्र तुल्याउने चेष्टा गरेको छ । यस कथाले जनभक्त जस्ता नेताले कसरी देशलाई दुर्दशामा फसाइ रहेका छन् भनी देखाउन खोजेको छ । अहिलेका मन्त्रीहरू अनपढ–बज्रस्वाँठ रहेका र इमानदार व्यक्तिहरू सधैँ पछि परेको तथ्य यस कथाको जनभक्त र कौशलको माध्यमबाट देखाउन खोजिएको छ । यस कथाको कथानक यस्तो छ –
म कौशललाई बिहानै जनभक्तको फोन आउँछ । फोनमा जनभक्तले आफू मन्त्री भएको र आफूलाई भेट्न कौशललाई आग्रह गर्छ । सुरुमा जनभक्त जस्तो फटाहा व्यक्तिलाई भेट्न उसलाई मन लाग्दैन । पछि बोलाइसकेपछि उसकै घरमा कौशल पुग्दा जनभक्तका विरोधीहरू हातमा फूल लिएर जनभक्तलाई भेट्न लाइनमा बसेको देख्दा कौशललाई अचम्म लाग्छ । जनभक्तले कौशललाई भित्र आउन आग्रह गरेपछि ऊ जनभक्तको कोठामा जान्छ । जनभक्तले उसलाई आफ्नो निजी सहायक भएर काम गर्न आग्रह गर्छ । सुरुमा कौशललाई जनभक्तको निजी सहायक भएर काम गर्न मन लागेको थिएन तर पछि विभिन्न योजनाहरू बनाउन आग्रह गरेपछि ऊ निजी सहायक भएर काम गर्न तयार हुन्छ । जनभक्तले सुरुकै दिन कौशललाई लिएर मन्त्रालय जान्छ । मन्त्रालयमा कर्मचारीहरूलाई आफू पुराना मन्त्री जस्तो नभएको र आफूलाई पुरानो ढर्रा मन नपर्ने कुरा बताउँदै कर्मचारीलाई थर्काउँछ । अफिस बिदा भएपछि सम्पूर्ण फायल अध्ययन गरी विभिन्न योजना बनाउन भनी कौशलले जनभक्तलाई भन्छ । जनभक्त भने आफूलाई आज सुमित्राले खाना खान बोलाएको भन्दै तँ पनि हिँड् दुई चार पेग पिउलास् भन्दै जनभक्त कार्यकक्षबाट बाहिरिन्छ । कौशल आफ्नो देशको बारेमा सोच्दै किन यस्ता बज्रस्वाँठहरू मात्र देशको कुर्सीमा आइरहन्छन् भनी आफ्नो देशको आफूलाई औधी माया लागेर आएको छ भनी कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.३.२ पात्र र चरित्रचित्रण
कठै … मेरो देश छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको मूलपात्र जनभक्त शर्मा र कौशल हुन् । कौशल यस कथाको अनुकूल पात्र हो भने जनभक्त प्रतिकूल पात्र हो । कौशलले देशका इमानदार, सच्चा, पढेलेखेका नागरिकको चित्रण गरेको छ भने जनभक्तले भ्रष्ट जनप्रतिनिधि तथा मन्त्रीको प्रतिनिधि पात्रको रूपमा चरित्र चित्रण गरेको छ । आज आफ्नै देशको जुन दुर्दशा भइरहेछ त्यसको र त्यसको मूलमा धमिरोझैँ रहेर प्रत्यक्ष परोक्ष भूमिका खेल्ने दुष्ट प्रवृत्तिको चित्रण प्रतिनिधि पात्रको रूपमा जनभक्तले गरेको छ । स्वच्छ प्रवृत्ति भएका पढेलेखेका व्यक्तिहरू सधैं पेट पाल्ने समस्यामा रहेको राज्यको महŒवपूर्ण ठाउँमा पुग्न भ्रष्ट मन्त्रीहरूको गुलाम गरी आफू पनि भ्रष्ट हुनुपर्ने बाध्यता कौशलको चरित्रले प्रस्तुत गरेको छ । कथामा सुमित्रा, मन्त्रालयका कर्मचारी, सहायक पात्रहरू हुन् भने पशुपति देवकोटा, शिव प्रसाद, प्रहरी गौण पात्र हुन् ।

३.४.३.३ परिवेश
प्रस्तुत कथा कठै… मेरो देश काठमाडांैको सेरोफेरोमा रहेको छ । यो कथा कौशल र जनभक्तको एक दिनको घटना क्रममा आधारित छ । काठमाडौं जिल्ला मन्त्रीको घर र सिंहदरबारलाई यसले मूल परिवेश बनाएको छ । जनभक्त मन्त्री भएपछि जनभक्तको विरोध गर्दै हिँड्ने व्यक्तिहरू जनभक्तलाई बधाई दिन सबैभन्दा अघि पुगेको परिवेशलाई यस कथाले देखाएको छ । पढेलेखेका व्यक्तिहरू राज्यका महŒवपूर्ण ठाउँमा पुग्न नसकेको फटाहा व्यक्तिहरू मात्र राज्यका महŒवपूर्ण ठाउँमा पुगेको परिवेशलाई कथाले देखाएको छ । साँघुरो परिवेश, सामान्य घटनाबाट राज्यका नीति बनाउने ठाउँमा प्राज्ञिक व्यक्तिहरू पुग्नु पर्ने परिवेशलाई कथाले समेटेको छ ।

३.४.३.४ दृष्टि विन्दु
कठै …. मेरो देशको घटना म पात्रको रूपमा लेखक आफँैले भोगेको भोगाइ हो । लेखक आफैँले प्राज्ञिक व्यक्तिहरू महŒवपूर्ण ठाउँमा पुग्न नसकेको भ्रष्ट, चरित्रहीन व्यक्तिहरू मात्र महŒवपूर्ण ठाउँमा पुगेको कथाको प्रत्यक्षदर्शी द्रष्टा हुन् । कथामा म पात्र प्रयोग गरी प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । प्रथम पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा कौशलले भोगेको कुराबाट कथाको उठान गरिएको छ । प्रथम पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा कौशलले भोगेको कुराबाट कथाको उठान गरिएको छ । कथालाई रोचक, सान्दर्भिक र कौतुहलपूर्ण बनाउने पात्र अनुकूल संवादलाई प्रस्ट्याउने क्रममा प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ ।

३.४.३.५ भाषाशैली
कठै… मेरो देश कथा बौद्घिक पात्रहरू भएको तर सरल कथा हो । कथामा क्लिष्ट, दुरूह र दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पाइँदैन । यस कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगन अवस्थाको चित्रण संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषा शैलीको प्रयोग गरिएको छ । कथामा आगन्तुक शब्दहरू, उखान–टुक्का निपात प्रयोग धेरै भएको पाइँदैन । पात्रको स्तर र परिवेश अनुसार सामान्य आदर र उच्च आदरको प्रयोगले कथाभित्र सामान्य आदरगत विभेद देखिन्छ । कथाको शीर्षक कठै… मेरो देश अभिधात्मक रहेको छ ।

३.४.३.६ उद्देश्य
कठै … मेरो देश कथा स्रष्टाले के विषयमा लेख्ने भन्दा पनि कसका लागि र कुन उद्देश्यले लेख्ने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ भन्ने मान्यता राख्ने कथाकार राजुबाबु श्रेष्ठको जनमुखी साहित्यकै दृष्टान्त हो । आज आफ्नै देशको जून दुर्दशा भइरहेछ, त्यसको मूलमा धमिरोझैं रहेर प्रत्यक्ष परोक्ष भूमिका खेल्ने दुष्ट प्रवृत्तिको संवाहकलाई पनि निर्वस्त्र तुल्याउने चेष्टा गर्नु यसको मूल उद्देश्य रहेको छ । यस कथाले जनभक्तजस्ता नेताले कसरी देशलाई दुर्दशामा फसाइरहेका छन् भनी देखाउन खोजेको छ । अहिलेका नेताले राष्ट्र र राष्ट्रियतालाई महŒव नदिएको र यस्ता नेतालाई राष्ट्रबाट नाङ्गेझार बनाउनुपर्छ भन्ने सन्देश दिनु यस कथाको उद्देश्य रहेको छ । अहिलेका पढेलेखेका प्राज्ञिक व्यक्तिहरू राज्यका योजना बनाउने ठाउँमा नपुग्नु, उनीहरूलाई खान, लाउनकै समस्या हुनु, चरित्रहीन व्यक्तिहरू राज्यको उच्च तहमा पुगेर राष्ट्रलाई बर्बाद गरिरहेका छन् भन्ने सन्देश दिने लेखकीय उद्देश्यको परिपूर्ति प्रस्तुत कथाले गरेको छ ।

३.४.४ मृत्युको जन्म दिन कथाको विश्लेषण
३.४.४.१ कथानक ः–
कथाकार राजुबाबु श्रेष्ठको मृत्युको जन्म दिन कथा विदेशी पृष्ठभूमिमा लेखिएको कथा हो । यस कथामा राष्ट्रप्रति अगाध आस्था भएकी इराकी युवतीको जीवन बलिदानीलाई मार्मिक ढङ्गले उतारिएको छ । इराकमा नुरा नामक पात्रले आफूले पढेको स्कुलमा अमेरिकीहरूको क्याम्पले नमिठो आभास भएको, आफूले सबैभन्दा पहिले कुरान पढेको स्कुलमा अहिले अमेरिकीहरूले मिसाइल दाग्ने गरेको कुरा नुरा पात्रको माध्यमबाट देखाउन खोजिएको छ । प्रेमको उदाहरणस्वरूप आफ्नो मातृभूमिका लागि कसैले आफ्नो प्रेमिका साथै आफ्नो आत्मबलिदान पनि गर्न सक्छ भन्ने कुरा कथाकी नायिका इराकी युवती नुराको माध्यमबाट कथामा देखाउन खोजिएको छ । यस कथाको माध्यमबाट आफ्नो प्रेमी भन्दा आफ्नो राष्ट्रप्रतिको जिम्मेवारी ठूलो हुन्छ भन्ने कुरा देखाइएको छ । यस कथाको कथानक यस्तो छ –
नुरा अमेरिकी सेनाको क्याम्पतिर जान्छिन् । नुराको प्रेमी क्रिसको जन्म दिन भएकाले जन्म दिनको शुभकामना दिन उनी क्याम्पतिर जान्छिन् । साँझ पर्न निकै बाँकी भएको हुँदा उनी नजिकैको रेस्टुराँमा बस्छिन् । त्यहाँ उनले क्रिससँग बिताएका मिठा मिठा क्षण सम्झिन्छिन् । नुराका प्रेमी क्रिसको जन्म दिन क्रिसमसको दिन भएकाले सबै तिर हर्सोल्लासपूर्ण वातावरण देखिन्थ्यो । नुराले रेस्टुराँको माथिल्लो तल्लाबाट पहिलो पल्ट बग्दादलाई हेर्छिन् । जताततै बमले उडाएका घरहरू मात्र देखिन्छन् । नुरालाई आज देशको धेरै माया लागेर आउँछ । उनलाई प्रेमभन्दा राष्ट्रको धेरै माया लागेर आउँछ । साँझ पर्न लागेपछि नुरा क्याम्पतिर लाग्छिन् । क्रिस गेटमै उनलाई पर्खेर बसिरहेको हुन्छ । नुरा क्रिसलाई जन्म दिनको शुभकामना दिँदै क्रिससँग डिनर हलमा जान्छिन् । स्टेजको टेबुलमा ठूलो वर्थ डे केक हुन्छ जहाँ ठूला अक्षरमा क्रिस लेखिएको हुन्छ । क्रिस र नुरा नाच्न थाल्छन् तर नुरालाई त्यो झिलिमिली राम्रो लाग्दैन । उनले क्रिससँग आज मलाई प्रेमभन्दा पनि मेरो माटोले मसँग बलिदान मागिरहेछ । त्यसैले मेरो देशका लागि मेरो प्रेमको बली चढाउने निधो गरेकी छु भन्दै क्रिसलाई बलियोसँग अँगालोेमा बाँध्छिन् । एक्कासी नुरा र क्रिसको अँगालोबाट ठूलो बिस्फोटको आवाज निस्कन्छ । पार्टीमा हाहाकार माच्चिन्छ । एकै छिनपछि बग्दादमा एक आत्मघाती महिलाको आक्रमणमा परी तेह्र अमेरिकी सैनिकको मृत्यु भएको समाचार आउँछ र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाकोे काथानक ढाँचा रैखिक रहेको छ ।

३.४.४.२ पात्र र चरित्रचित्रण
यस मृत्युको जन्म दिन कथाको केन्द्रीय पात्र नुरा र क्रिस हुन् । यो कथा थोरै पात्र भएको र छोटो आयाम भएको कथा हो । नुरा यस कथाको प्रतिकूल पात्र हुन् भने क्रिस अनुकूल पात्र हो । उनीहरूकै केन्द्रीयतामा यो कथा अघि बढेको छ । नुरा र क्रिस असल प्रेमीप्रेमिका हुन् । नुराले इराकी पात्रको चित्रण गरेकी छन् भने क्रिसले अमेरिकी पात्रको चरित्र चित्रण गरेको छ । नुरा असल प्रेमिका तथा राष्ट्रप्रेमी पात्रको रूपमा रहेकी छन् । नुरा प्रेम भन्दा राष्ट्रका लागि आफ्नो बली दिन तयार पात्रको रूपमा उनको चरित्र रहेको छ । इराकमा आक्रमण गर्ने अमेरिकी सेनाको प्रतिनिधि पात्रको चित्रण क्रिसले गरेको छ । क्रिसको चरित्र इमानदार प्रेमीको रूपमा चित्रण भएको छ ।

३.४.४.३ परिवेश
मृत्युको जन्म दिन कथा विदेशी पृष्ठभूमिको कथा हो । त्यसैले यसको परिवेशको हिसाबले बग्दादको सेरोफेरो रहेको छ । यो कथासहरी परिवेशमा केन्द्रित छ । यस कथाले अमेरिकाले इराकमाथि गरेको आक्रमणकालीन समय पछिको घटनाक्रमलाई परिवेश बनाएको छ । यसमा स्थान हिसाबले बग्दाद र बग्दाद वरिपरिको क्षेत्र रहेको छ । अमेरिकाले इराकमाथि आक्रमण गरेपछि बमले ध्वस्त भएको बग्दादलाई यस कथाले परिवेश बनाएको छ ।

३.४.४.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता वा उत्कृष्टताको मापक हो । कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाइ हो । (श्रेष्ठ,२०६०ः११) । राजुबाबु श्रेष्ठद्वारा रचित मृत्युको जन्म दिन कथामा कथाकारले तृतीय पुरुष दृष्टि विन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा नुराको वृत्तान्तबाट कथाको उठान गरिएको छ । कथामा थोरै पात्रको प्रयोग गरी, पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ ।

३.४.४.५ भाषा शैली
सामान्यतः यो कथाको भाषा शैली पनि राजुबाबु श्रेष्ठका अन्य कथाहरू जस्तै सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म सरल र छोटा वाक्यको प्रयोग गरिएको छ । यो कथा विदेशी भूमिमा लेखिएको हो । यस मृत्युको जन्म दिन कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा क्लिष्ट र दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पाइँदैन । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषा शैलीको प्रयोग गरिएको छ । कथामा आगन्तुक शब्दहरू, उखान टुक्का, निपातको धेरै प्रयोग भएको पाइँदैन । कथाको शीर्षक मृत्युको जन्म दिन प्रतीकात्मक रहेको छ ।

३.४.४.६ उद्देश्य
यस मृत्युको जन्म दिन कथामा आफ्नो राष्ट्रप्रति अगाध आस्था भएकी इराकी युवतीको जीवन बलिदानीलाई देखाउनु यसको उद्देश्य रहेको छ । राष्ट्रप्रेमको उदाहण स्वरूप आफ्नो मातृभूमिका लागि कसैले आफ्नो आत्म बलिदान पनि गर्न सक्छ भन्ने कुरा मृत्युको जन्म दिन कथाकी नायिका इराकी युवती नुराको माध्यमबाट देखाउनु यस कथाको मूल उद्देश्य रहेको छ । यस कथामा आफ्नो प्रेमीभन्दा राष्ट्र ठूलो हुन्छ, राष्ट्रको धेरै माया हुन्छ भनी देखाउन खोजिएको छ । इराकमा अमेरिकीहरूले प्रजातन्त्रको नाममा इराकीहरूमाथि शासन गर्नु मृत्युदण्ड दिनु निकै दयनीय कुरा हो भनी कथाको माध्यमबाट देखाउनु यसको मूल उद्देश्य रहेको छ । यस कथाले देश र देशको माटो संसारको सबैभन्दा प्यारो हुन्छ भनी देखाउन खोजेको छ ।

३.४.५ गृहयुद्घको घाउ कथाको विश्लेषण
३.४.५.१ कथानक
गृहयुद्घको घाउ कथा हाम्रो देशको यर्थात् पीडा बोकेको विदेशी कथा हो । यसले आफ्नै दाजुभाइसँगको युद्घ एकदमै मार्मिक र पीडादायक हुन्छ भन्ने सन्देश दिएको छ । कथाकारले यसमा युरोपेली सभ्यताभन्दा आफ्नै देशको संस्कृति र परम्परा उच्च देखाउने प्रयास गरेका छन् । यस गृहयुद्घको घाउ कथाको कथानक यस्तो छ ः–
म पात्र स्थानीय दोभासे सेबेँका स्टेपानोबिच र डच मित्र हेनरी युद्घ पीडितहरूलाई सहायता गर्न क्राग्वे पुग्छन् । यी घरहरू एकै रातको युद्घले ध्वस्त भएको दोभासे महिलाले म पात्र र हेनरीलाई बताउँछिन् । जाडोको समय भएको हुँदा हिउँ परिरहेको हुन्छ । म पात्रलाई हिउँ परेको निकै रमाइलो लाग्छ । यिनै युद्घ पीडितहरूको खोजी गर्दै जाँदा हामीहरू ब्राङ्काको घरमा पुग्छौँ । ब्राङ्काको उमेर ७०÷७५ वर्षको हुन्छ । एकै रातको युद्घमा उनका पति र छोरा मारिएका हुन्छन् । दुई दिनदेखि उनले पानी पनि खान पाएकी हुन्नन् । हतारहतार म पात्रले जुस र पाउरोटी खुवाउँछ । ब्राङ्काको अवस्था देखेर म पात्रले आफ्नी आमालाई सम्झिन्छ । उसले सधैँ भेटी ब्राङ्कालाई जुस र पाउरोटी पु¥याउँछ । सधैँ म पात्रलाई उनको सम्झना आइरहन्छ । सगरमाथामा जन्मेका नेपालीहरू बहादुर मात्र हुन्छन् भनेकी थिएँ तर यिनीहरूको छाती पनि विशाल हुँदो रहेछ भनी ब्राङ्का म पात्रलाई भन्छिन् । गृहयुद्घको कारणले धेरै मान्छे मारिनुका साथै विस्थापित भएका हुन्छन् । जाडो हटेर गर्मी मौसम सुरु भएको हुन्छ । म पात्रलाई आफ्नो देश फर्किने बेला भएको हुन्छ । सबै साथीहरूसँग बिदाबारी भई अन्तिम चोटी ब्राङ्कालाई भेट्न जान्छ । ब्राङ्का सधँै म पात्रलाई स्वागत गर्न गेटमै बसेकी हुन्थिन् तर यस दिन गेटमा नदेखेपछि म पात्रलाई डर लाग्छ । भित्र गएर हेर्दा उनलाई सकुशल देखेपछि म पात्र ढुक्क हुन्छ । म पात्रले बिदा माग्न आएको भनेपछि ब्राङ्का धेरै रुन्छिन् । म पात्रले दुई महिनालाई पुग्ने जुस र पाउरोेटी उनलाई ल्याइ दिएको हुन्छ । म पात्र हिँडेपछि मलाई भेट्न कोही आउँदैन भन्दै आँसु झार्छिन् ब्राङ्का । अन्तिम पटक ब्राङ्कासँग बिदा मागी म पात्र गाडी चढेर हिन्छ । म पात्र तल घुम्तीमा पुगेपछि गाडी रोकी ब्राङ्कालाई अन्तिम पटक हात हल्लाउँछ । ब्राङ्का पनि दुवै हात हल्लाइरहेकी देखिन्छिन् र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.५.२ पात्र र चरित्र चित्रण
गृह युद्घको घाउ छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको प्रतिनिधि पात्र म पात्र र ब्राङ्का हुन् । म पात्रले शान्ति सेनाको रूपमा काम गर्ने नेपालीको चित्रण गरेको छ
भने ब्राङ्काको गृहयुद्घमा मारमा परेर विस्थापित भएका सर्बियनहरूको प्रतिनिधि पात्रको रूपमा चित्रण रहेको छ । गृहयुद्घको मारमा परेर मारिएका आफन्तसँगै आफ्नो नियति पनि गाँसिएर विस्तापित हुनुपरेको चरित्र ब्राङ्काको रहेको छ । यस कथाको म पात्र सहयोगी, चरित्रवान् रहेको छ । म पात्रले सम्पूर्ण नेपालीको सहयोगी पात्रको चरित्र प्रस्तुत गरेको छ । एउटी बुढीआमा युद्घका कारण भोकभोकै बसेको व्यथा र एउटा छोराको भूमिकामा म पात्रको चरित्र चित्रण रहेको छ । यस कथाका दोभासे सेब्रेँका स्टेपानोबीच र हेनरी सहायक पात्र हुन् । उनीहरूको भूमिका कथामा देखिँदैन ।

३.३.५.३ परिवेश
गृह युद्घको घाउ विदेशी पृष्ठभूमिको कथा हो । त्यसैले यसको परिवेश पनि विदेशी मुलुकको रहेको छ । यो कथा सहरी परिवेशको चित्रणमा आधारित छ । यस कथाले सर्बियाको गृह युद्घकालीन समयको घटनाक्रमलाई आफ्नो कथाको परिवेश बनाएको छ । यसमा स्थानका हिसाबले क्राग्वे, ब्राङ्काको घर, बस स्टेसन रहेको छ । एउटा राष्ट्रको लागि गृहयुद्घभन्दा ठूलो पीडा अर्को नहुने, सर्बिया, बोस्निया जस्ता राष्ट्रका गृहयुद्घको परिवेशलाई यस कथामा देखाइएको छ । यस कथाले क्राग्वेमा गृहयुद्घले निम्त्याएको विनाशलाई आफ्नो परिवेश बनाउँदै आफ्नो मान्छेहरूसँगको युद्घमा हार्नेहरू त त्यसै हार्ने भई हाले, जित्नेहरू पनि हार्दा रहेछन् भन्दै कथाले युरोपेली गृहयुद्घको परिवेशलाई अघि सारेको छ ।

३.४.५.४ दृष्टि विन्दु
कथाकार राजुबाबु श्रेष्ठद्वारा रचित गृह युद्घको घाउ स्वयम् कथाकारले भोगेको कथा हो । यो कथा हाम्रै देशको यथार्थ पीडा बोकेको विदेशी कथा हो । कथामा म पात्रको प्रयोग गरी प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । प्रथम पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा प्रयोग गरी म पात्रले क्राग्वेमा शान्ति सेनामा काम गर्दा भोगेका कुराबाट कथाको उठान गरिएको छ । यसमा म पात्रले ब्राङ्कालाई गरेको सहयोग ब्राङ्काले म पात्रप्रति गरेको सहानुभूति प्रथम पुरुष दृष्टि विन्दुको रहेको छ ।

३.४.५.५ भाषा शैली
कथाकार राजुबाबु श्रेष्ठको प्रस्तुतिमा सरलता छ जुन कथाको विशेषताकै रूपमा रहेको छ । श्रेष्ठको गृह युद्घको घाउ, कथाको भाषाशैली बोधगम्य सरल, र रुचिकर रहेको छ । कथामा सरल तथा मिठासपूर्ण गद्यभाषाको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषा शैलीको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषा शैलीको प्रयोग कतै पाइँदैन । यो कथा विदेशी पृष्ठिभूमिमा लेखिएको हुँदा उखान, टुक्का र निपातको धेरै प्रयोग भएको पाइँदैन । कथामा सर्बियन भाषाका दोबरदान, का कोस्ती, या दोब्रो, या स्तो दोब्रोजस्ता शब्दहरू प्रयोग गरी कथालाई रोचक तथा मिठासपूर्ण बनाइएको छ । कथाको शीर्षक गृह युद्घको घाउ अभिधात्मक रहेको छ ।

३.४.५.६ उद्देश्य
एउटा राष्ट्रका लागि गृह युद्घभन्दा ठुलो पीडा अर्को नहुने कुरा गृह युद्घको घाउ कथाले देखाएको छ । गृह युद्घको घाउ कथा हाम्रै देशको यथार्थ पीडा बोकेको विदेशी कथा हो । यस कथाले आफ्नै दाजुभाइसँगको युद्घ एकदमै मार्मिक र पीडादायक हुन्छ भन्ने देखाउनु यसको मूल उद्देश्य रहेको छ । यस कथाको माध्यमबाट युरोपेली सभ्यताभन्दा आफ्नै देशको संस्कृति र परम्परा उच्च हुन्छ भनी देखाउन खोजिएको छ । आफ्नै देशका दाजुभाइ बिचको युद्घ निकै भयानक, मार्मिक र पीडादायक हुँदो रहेछ भनी देखाउनु यस कथाको मुख्य उद्देश्य रहेको छ । युरोप जस्तो सभ्य मुलुकमा गृहयुद्घका कारण मानिसहरू कसरी शरणार्थी भइरहेका छन् भनी यस कथाले देखाएको छ।

३.४.६ अँध्यारो गन्तव्य कथाको विश्लेषण
३.४.६.१ कथानक
अँध्यारो गन्तव्य कथामा आफ्नै देश आतङ्कवाद राज्य आतङ्क र जङ्गल आतङ्क दुवैखाले आतङ्कको चपेटामा परेर आफ्नो जन्मस्थलबाटै विस्थापित हुन पुगेका वीरमान र मनसरी जस्ता अनेक पात्रहरूको ज्वलन्त उदाहरण प्रस्तुत गरिएको छ । यो कथा कल्पनाभन्दा देशको धरातलीय यथार्थसँग नजिक भएर प्रस्तुत गरिएको छ । वीरमानले एउटी छोरी माओवादीले जबरजस्ती लगेर गुमाएका छन् र अर्को छोरो लैजाने उर्दीका बिच आफ्नो जन्मभूमि छाडेर विस्थापित हुनुपर्ने कठोर बाध्यतालाई कथाको माध्यमबाट देखाउन खोजिएको छ । यस कथाको कथानक यस्तो छ ः
वीरमानको छातीमा टाउको राखेर मनसरी रुन्छे । आधा रात बितिसकेको हुन्छ । वीरमानले मनसरीको रुवाइमा आँसु झारेर समर्थन गर्न उचित सम्झदैन । वीरमानले माघे सङ्क्रान्तिमा खोलापारि लाग्ने मेला बाहेक केही देखेको हुँदैन । उसको अगाडि आफ्नो ठाउँको मायाभन्दा जीवन रक्षाको प्रश्न ठूलो हुन्छ । मनसरी उज्यालो हुन नपाउँदै मटेला कटिसक्नु पर्छ भन्छे । वीरमान बिँडीको धँुवासँगै कल्पनामा रुमल्लिन्छ । अघिल्लो दिन बिहान जनसेनाका कमान्डरले देशको मुक्तिका लागि लड्न वीरमानसँग छोरो मागेका थिए । वीरमानले छोरी जनसेनाले पहिला नै लगेका हुन्छन्, पछि क्रान्तिमा सहिद भई भन्ने खबर पठाउँछन् । वीरमानले फेरि पनि क्रान्तिमा पठाउनुभन्दा गाउँ छोडेर रातारात हिँड्ने निर्णय गर्छ । मनसरी र वीरमान मध्य रातमा घरबाट बाहिर निस्कन्छन् । मनसरीले आफ्ना गोरुलाई हेर्छे र आँसु खसाल्छे, वीरमान उसको पछिपछि हुन्छ । मनसरीले गोरुलाई फुकाइदिन्छे, बाख्रापाठा फुकाइदिन्छे र घर वरिपरिका रूख बिरुवा सबैलाई उनीहरूले हेर्छन् । फेरि घरभित्र पसी छोराछोरीलाई लिई अज्ञात गन्तव्यतिर लाग्छन् । उनीहरू बस चढेर केही कोस हुइँकिएपछि बसको भाडा तिर्न नसकेपछि भाडा माग्नेले महेन्द्र राजमार्गमा उनीहरूलाई झारि दिन्छ । उनीहरू त्यही राजमार्गको एउटा होटलमा काम खोजी भाँडा माझ्ने काम गर्छन् । राति सपनामा जङ्गली सेनाले उसलाई लखेट्छन् । ऊ सबै सन्तानलाई बचाउन सफल हुन्छ तर झुप्रोमा फेरि आक्रमण हुन्छ र बन्दुकधारीले मनसरी र छोराछोरीमाथि गोली चलाउँछन् । वीरमान त्यो भयानक सपनाबाट ब्यँुझन्छ । ऊ जहाँ सुतेको हुन्छ त्यहीँ उसका सन्तान सखाप हुन्छन् । ऊ जोडले चिच्याउँछ, चिच्याहटसँगै झुप्रोबाट लगातार गोली चलेको आवाज सुनिन्छ र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.६.२ पात्र र चरित्र चित्रण
अँध्यारो गन्तव्य छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाका प्रतिनिधि पात्र मनसरी र वीरमान हुन् । उनीहरूको केन्द्रीयतामा यो कथा अघि बढेको छ । वीरमान र मनसरी श्रीमान्् श्रीमती हुन् । वीरमान र मनसरीको चरित्र यस कथामा माओवादी जन आन्दोलनमा विस्थापित हुन पुगेका पात्रहरूको रूपमा रहेको छ । देश राज्य आतङ्क र जङ्गल आतङ्क दुवै खाले आतङ्कको चपेटामा परेर आफ्नो जन्मथलोबाटै विस्थापित हुन पुगेका सम्पूर्ण विस्थापितहरूको चरित्र चित्रण वीरमान र मनसरीले गरेका छन् । वीरमानको सोझो, इमानदार गरिब पात्रको रूपमा चरित्र रहेको छ भने गाउँघरमा छोराछोरी हुर्काउने, जाँतोढिकी गर्ने सोझी गरिब पात्रको रूपमा मनसरीको चरित्रचित्रण रहेको छ । उनीहरूको चरित्र यस कथामा गाउँघरमा जीविकोपार्जन गरी निर्वाह गर्ने किसान परिवारको रहेको छ ।

३.४.६.३ परिवेश
अँध्यारो गन्तव्य कथा विपन्न वर्गीय किसान परिवारको परिवेशमा केन्द्रित रहेको छ । यस कथाले माओवादी जनआन्दोलनको सेरोफेरोलाई परिवेश बनाएको छ । वीरमान र मनसरी जस्ता विपन्न वर्गका मान्छे कसरी राज्य र विद्रोहीतर्पmको कारणबाट विस्थापित हुनु परेको यथार्थ पक्षलाई यस कथाले मूल परिवेश बनाएको छ । यसमा ग्रामीण स्थलको जनजीवन देखाइएको छ । समय भने वि.सं. २०५२ सालपछिको माओवादी जनआन्दोलनकालीन अवस्थाको चित्रण गरिएको छ । सामान्य किसान वीरमान र मनसरीको माध्यमबाट समाजमा माओवादी जनआन्दोनपछि भोग्नु परेका अन्याय, अत्याचार, थिचोमिचो, शोषण, धम्की, हत्या जस्ता अवस्थाको अनुकूल र प्रतिकूल अवस्थालाई मूल परिवेश बनाइएको छ । स्थानका हिसाबले यस कथाले वीरमानको घर, गाउँ, गोठ वरिपरिको बोट बिरुवा, भेरीको तिर, ढुङ्गे धारा, महेन्द्र राजमार्ग, होटल आदिलाई परिवेश बनाएको छ ।

३.४.६.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता र उत्कृष्टताको मापक हो । कथाकार हुनुको दायित्व केवल सतही घटनाको क्रम बाँधिदिँदैमा पूरा हुन सक्दैन । पात्रको निजी मानसिक, बौद्धिक अवस्थालाई ध्यानमा राखी कुनै क्षण विशेषमा त्यस पात्रले अनुभूत गर्ने कुरा मनका प्रतिक्रिया, विचार क्षमताको सीमा आदि कथामा पात्रको माध्यमबाट व्यक्त गर्ने क्षमता कथाकारमा भएको हुनुपर्छ । त्यसैले कथात्मक दृष्टि विन्दु भनेको पात्रको मन भित्रको डुबुल्की लगाइ हो (श्रेष्ठ, २०६०ः११) । राजुबाबु श्रेष्ठद्वारा रचित अँध्यारो गन्तव्य कथामा कथाकारले तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा मनसरी र वीरमानका संवादबाट कथाको उठान गरिएको छ । कथाको मूल पात्र मनसरी र वीरमान हुन् । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ ।

३.४.६.५ भाषा शैली
अँध्यारो गन्तव्य कथाको भाषा ज्यादै सरल, सुबोध र प्रभावकारी छ । कथामा थोरै पात्रको प्रयोग गरिएको छ । वर्णनात्मक शैलीका अतिरिक्त संस्मरणात्मक शैलीमा पनि कथावस्तु उनिएको छ । पश्चिमाञ्चलमा घटेको सत्य घटनामा आधारित यो कथा २०५२ सालपछि माओवादी जन आन्दोलनकालीन अवस्थाको कथा हो । यस कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथाको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । यस कथामा ठेट नेपाली शब्दको प्रयोग गरिएको छ, जस्तै– सिरुपाते खुकुरी पटुकाको फेरमा मजाले घुसा¥यो, एक पटक घरलाई धित मरुन्जेल हे¥यो, उसले आमाबाबुको काख सम्झ्यो, बाल्यकालको साथ सम्झ्यो, यसै घर र गराहरूमा बिताएका पलहरू सम्झ्यो, उसले कम्मरको खुकुरी दापबाट झिकी भुइँमा कोप्यो र एक मुठ्ठी माटो निकाली रुमालमा पोको पारी खल्तीमा हाल्यो । कथा विस्थापितहरूको पीडामा आधारित भएकाले यसमा धेरै उखान, टुक्का, निपात पाइँदैन । कथाको शीर्षक अँध्यारो गन्तव्य प्रतीकात्मक रहेको छ ।

३.४.६.६ उद्देश्य
कथा लेखनका पछाडि अवश्य पनि कथाकारका भावगत कलागत कामना वा इच्छाहरू रहेका हुन्छन् । मानव शरीरमा आत्माको अवस्थिति जस्तै कथामा कथाकारको कथ्य अथवा भावको अवस्थिति रहन्छ (शर्मा, २०५८ः८३) अँध्यारो गन्तव्य कथामा आफ्नै देश आतङ्कवाद राज्य आतङ्क वा जङ्गल आतङ्क दुवै खाले आतङ्कको चपेटामा परेर आफ्नो जन्मथलोबाटै विस्थापित हुनपुगेका वीरमान र मनसरी जस्ता पात्रहरूको ज्वलन्त उदाहरण प्रस्तुत गर्नु यस कथाको मूल उद्देश्य रहेको छ । यस कथामा कोरा कल्पनाभन्दा देशको धरातलीय यथार्थसँग नजिक भएर प्रस्तुत गरिएको छ । वीरमान र मनसरीले एउटा छोरी माओवादीले जबर्जस्ती लगेर गुमाएका छन् भने अर्को छोरो लैजाने उर्दीका बीच आफ्नो जन्मभूमि छोडेर विस्थापित हुनुपर्ने कठोर बाध्यतालाई कथाको माध्यमबाट देखाउन खोजिएको छ । यो कथामा द्वन्द्वको भयावहतालाई केलाइएको छ । सशस्त्र द्वन्द्वका कारण गाउँबाट विस्थापित भएर सहर झरेका वीरमानको पाँच जनाको परिवार बाटोको एउटा होटलमा दोहोरो भीडन्तका क्रममा मारिन्छन् । द्वन्द्वले कोरेको यही दुःखद रेखा अङ्कित गर्नु यस कथाको मूल उद्देश्य रहेको छ ।

३.४.७ प्रेम सर कथाको विश्लेषण
३.४.७.१ कथानक
प्रेम सर कथामा प्रेम सर (एक जना शिक्षक) को पीडा यस प्रकृतिको (सामूहिक) पीडाभन्दा अलि बेग्लै छ, नितान्त व्यक्तिकेन्द्रित पीडा । तर व्यक्ति पनि हाम्रै समाजको एउटा अभिन्न अङ्ग भएकाले प्रेम सरको अन्तरमा चल्ने उचित–अनुचित, नैतिक–अनैतिक प्रवृत्तिका बिचको सङ्घर्ष, द्वन्द्वलाई सामाजिकताको परिधिबाट बिल्कुलै अलग गरेर हेर्न पनि मिल्दैन र त्यो एउटा सामाजिक परिपाटीप्रति प्रश्न जन्माउने कथा बन्न गएको छ । प्रेम सर कथाको कथानक यस्तो छ ः
भोटाहिटीको अति व्यस्त बजारमा ‘म’ प्रति लक्षित गर्दै एक जना महिलाले नमस्ते प्रेम सर भन्छे । ‘म’ पात्रलाई सुरुमा चिन्न निकै गाह्रो पर्छ तर पछि उनको हर्षित मुहारले सुस्मिता हुन् भनी चिन्दछु । भोटाहिटीको व्यस्त बाटोमा गफ गर्न गाह्रो भएकाले ‘म’ पात्र र सुस्मिता नजिकैको मिठाई पसलमा चिया खान पस्यौँ । सुस्मितासँग सानो बच्चा भएकाले यो सुस्मिताको छोरो होला भन्ने लख काट्दै सुस्मिताको छोरोलाई लड्डु मगाइदिन्छु र हामीलाई दुई कप चियाको अर्डर दिन्छु । ‘म’ पात्र चियाको सुर्कोसँगै समय धेरै बितिसकेको अनुभव गर्छ । ‘म’ पात्रलाई सुस्मिताको घरमा धेरै माया गरेका हुन्थे । श्रावण महिनाको अन्तिम शनिबार सुस्मिता रुझ्दै मलाई भेट्न आएकी थिइन् । ‘म’ पात्रले उसलाई तौलिया ओढाइदिएको हुन्छ । सुस्मिताले ‘म’ पात्रलाई सर तपाईँ मलाई माया गर्नुहुन्छ भनेर सोधेकी थिइन् । सुस्मिता मेरो विद्यार्थी थिइन्, म उनको शिक्षक थिएँ । ‘म’ पात्रले त्यसको कुनै जवाफ दिन सकेको थिएन । उनले आँसु झार्दै सर मैले तपाईंलाई आफ्नो मनमा राखिसकेँ । अब यहाँ कोही बस्नै सक्दैन भन्दै अरूसँग विवाह भए त्यो सम्झौता मात्र हुनेछ भनेर रुँदै कोठाबाट हिँडेकी थिइन् । भोलिपल्ट पँधेरामा पँधेर्नीहरूले सुस्मिताको टीकाटाला काठमाडाँैको केटासँग गरेको कुराले म पात्रलाई नरमाइलो लागेको हुन्छ । ‘म’ पात्रले भोलिपल्टै हेडसरलाई राजीनामा दिई काठमाडाँै आएको हुन्छ । सुस्मिताले सर चिया सेलायो भनेपछि ‘म’ पाात्र झस्कन्छ । त्यसपछि हामी जमलतिर लाग्छौँ । जमलमा सुस्मिता र उनको छोरालाई माइक्रोबसमा चढाई बिदा गर्छु । माइक्रोबस चल्न लागेको बेलामा मेरो बुबा त्यही अङ्कल हो मम्मी ? भनेर छोराले सुस्मितालाई सोध्दा ‘म’ पात्र भयभीत हुन्छ । सुस्मिताको श्रीमान्् के भएछन्, किन उनलाई छोडिदिएछन् जस्ता प्रश्नले ‘म’ पात्र अन्योलमा पर्छ । फेरि सुस्मितालाई भेट्ने लालसा ‘म’ पात्रलाई बढ्छ । न फोन न ठेगाना ‘म’ पात्रसँग केही हुँदैन । काठमाडौँका हरेक गल्लीहरूमा सुस्मितालाई नियाल्न खोज्छ तर भेटिइनन् अनि ‘म’ पात्रलाई सुस्मिताको समवेदना झनै बढ्दै जान्छ र कथा अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.७.२ पात्र र चरित्र चित्रण
प्रेम सर कथा छोटो आयामको कथा हो । यस कथामा एकदमै थोरै पात्रको प्रयोग गरिएको छ । कथाको प्रतिनिधि पात्र प्रेम सर र सुस्मिता हुन् । उनीहरू यस कथाका अनुकूल पात्रहरू हुन् । प्रेम सर एक जना पढेलेखेको, जागिरे पात्रको रूपमा रहेको छ भने सुस्मिताको श्रीमान्बिनाको बच्चा हुर्काउनु पर्ने महिलाको चित्रण रहेको छ । दुवैले असफल प्रेमको चरित्र प्रस्तुत गरेका छन् । शिक्षक र छात्राबीच रहेको प्रेमलाई विवाहमा परिणत हुन नसकेको चरित्रचित्रण प्रेम सर र सुस्मिताको रहेको छ । आपूmले मन पराएको केटासँग विवाह गर्न नपाउने परम्पराको प्रतिनिधि पात्रको रूपमा सुस्मिताको चरित्र रहेको छ । विवाहपछि श्रीमान्ले छोडे पनि आफ्नो बच्चाको हेरचाह गर्दै बिहे नगरी बस्नु पर्ने नेपाली महिलाको चरित्र सुस्मिताको रहेको छ । प्रेम सर पढेलेखेको पात्र भए पनि ऊ पीडाले निकै छटपटाएको व्यक्ति हो । यस कथामा सुस्मिताका छोरा दण्डपाणि सहायक पात्र हुन् भने भोेटाहिटीमा ओहोरदोहोर गर्ने मान्छे, होटलमा काम गर्ने केटो, पँधेर्नीहरू गौण पात्र हुन् ।

३.४.७.३ भाषाशैली
सामान्यतः प्रेम सर कथाको भाषाशैली पनि राजुबाबु श्रेष्ठका अन्य कथाहरू जस्तै सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म सरल र छोटा वाक्यको प्रयोग गरिएको छ । यो कथा काठमाडाँै वरिपरिकै पृष्ठभूमिमा लेखिएको छ । यस कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पनि पाइँदैन । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । यस कथामा उखान, टुक्का, निपात, आगन्तुक, तत्सम, तद्भव शब्दको प्रयोग अत्यधिक गरिएको छैन । यस कथाको शीर्षक प्रेम सर अभिधात्मक रहेको छ।

३.४.७.४ परिवेश
प्रेम सर कथा काठमाडौँ वरिपरिको परिवेशमा आधारित छ । यस कथाले शिक्षक र छात्राबीच भएको असफल प्रेमलाई परिवेश बनाएको छ । प्रेम सर र सुस्मिता एक अर्कालाई मन पराउँदा मन पराउँदै पनि छुट्टिन विवश भएको घटनालाई कथामा चित्रण गरिएको छ । यस कथाले सहरिया जीवनशैलीको परिवेश झल्काउँछ । आपूmले मन पराएको व्यक्तिसँग विवाह गर्न नपाउने प्रतिकूल परम्परागत परिवेशको चित्रण कथामा रहेको छ । यस कथाले काठमाडौैँ वरिपरिको क्षेत्र आरूबारी गाउँ, मिठाई पसल, मेरो कोठा, जमल र काठमाडौँका विभिन्न गल्लीलाई परिवेश बनाएको छ ।

३.४.७.५ दृष्टि विन्दु
कथाकार राजुबाबु श्रेष्ठद्वारा रचित प्रेम सर कथामा प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरी लेखिएको छ । कथामा म पात्रको प्रयोग गरी प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । ‘म’ पात्रले सुस्मितासँग गरेको कुरालाई वर्णनात्मक शैलीमा प्रस्तुत गरिएको छ । उनको र मेरो वार्तालापमा केन्द्रित भएकाले कथा प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । ‘म’ र उनको वार्तालापको माध्यमबाट ‘म’ पात्र गाउँमा शिक्षक रहँदा सुस्मिता, उनको परिवार र गाउँको घटनाक्रमलाई प्रथम पुरुष दृष्टि विन्दुमा प्रस्तुत गरेका छन् । कथामा आन्तरिक दृष्टि विन्दुको समुचित संयोजन रहेको छ ।

३.४.७.६ उद्देश्य
प्रेम सर कथा एउटा शिक्षक र छात्राबीचको असफल प्रेम कहानी बोक्ने कथा हो । त्यही असफल प्रेम कहानीलाई प्रस्तुत गर्नु कथाको मूल उद्देश्य रहेको छ । शिक्षक र छात्राबीच अङ्कुराएको प्रेम विवाहमा परिणत हुनै लाग्दा छात्राको अर्कै केटासँग विवाह भएको कुरा कथामा देखाइएको छ । ‘प्रेम सर’ कथाका प्रेम सरको पीडा सामूहिक प्रकृतिको पीडाभन्दा बेग्लै किसिमको पीडा रहेको छ, नितान्त व्यक्ति केन्द्रित पीडा । तर व्यक्ति पनि हाम्रै समाजको एउटा अभिन्न अङ्ग भएकाले प्रेम सरको अन्तरमा चल्ने उचित–अनुचित, नैतिक–अनैतिक प्रवित्तिका बीचको संघर्ष, द्वन्द्वलाई सामाजिकताको परिधिबाट बिल्कुलै अलग गरेर हेर्न पनि हेर्न नहुने र त्यो एउटा सामाजिक परिपाटीप्रति प्रश्न जन्माउने कथा देखाइनु प्रेम सर कथाको मूल उद्देश्य रहेको छ । असफल प्रेमलाई देखाउनु कथाको उद्देश्य रहेको छ ।

३.४.८ दसैँ कथाको विश्लेषण
३.४.८.१ कथानक
हाम्रो समाजको अत्यन्त ठूलो र धार्मिक सांस्कृतिक महŒव बोकेको पवित्र र उल्लासमय, सुखद चाड दसैँले पनि भागिन्ते पुनजस्ता देशका बहुसङ्ख्यक जनताको घरबारै लुटेर कहिल्यै नपुरिने घाउ दिन्छ भन्ने कुराको ज्वलन्त दृष्टान्त प्रस्तुत गरेको छ । दसैँ कथाले ‘आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई’ भन्ने उखानलाई चरितार्थ गरेको छ । भागिन्ते पुनजस्ता व्यक्तिहरू कसरी आर्थिक अभावको कारण जिउन विवश छन् भनी दसैँ कथाको माध्यमबाट देखाउन खोजिएको छ । दसैँ कथाको कथानक यस्तो छ ः
नजिकै आएको दसैँले भागिन्ते पुनलाई निद्रा लाग्दैन । पोहोर सालको दसैँको ऋण तिर्न उसले सकेको हुँदैन । उसका छोराछोरीले उसलाई यसपालि दसैँमा पेटभरी चामलको भात र ठूलो खसी काटेर खाने भनेका हुँन्छन् । छोराछोरीको प्रस्तावको अगाडि लाचार टाउको हल्लाएको हुन्छ उसले । ठूली छोरीलाई पोहोरदेखि एक जोर कपडा किनिदिन सकेको हुँदैन उसले । बिहानै बजारतिर ऋण खोज्न जानुपर्ला, पोहोर साल लिएको ऋण अहिलेसम्म तिर्न सकेको छैन भन्दै हरेस खान्छ भागिन्ते पुनले । यो दसैँमा जुठो सूतक परे पनि हुने भनेर माइला दाइले आपूmसँग भनेको कुरा सम्झिन्छ । भाले बासेको आवाजसँगै उठ्छ र बिँडी सल्काएर तान्न थाल्छ । बिँडीको धुँवासँगै केही बेर सबै कुरा बिर्सन्छ उसले । अँगेनाको डिलमा लस्कर लागेर सुतेका आफ्ना परिवारलाई हेर्छ । उसकी श्रीमती शकुन्तलाको फाटेको कपडा हेर्छ र शकुन्तलालाई भित्र्याएको सम्झन्छ । अहिलेसम्म शकुन्तलाई एक जोर राम्रो कपडा हालिदिन नसकेको सम्झन्छ । पहिला उनी साह्रै राम्री भएको सम्झन्छ । गीत गाएको भरमा उसले शकुन्तलालाई ल्याएको सम्झन्छ । शकुन्तला पनि गीत गाउन धेरै सिपालु थिइन्, उनको जवाफ फर्काउन जो कोहीले सक्दैनथे । ऊ टुकीको उज्यालोमा छोराछोरी र श्रीमतीलाई हेरी नतमस्तक हुन्छ । रनेका बा रातभर सुत्नु भएन कि कसो भनेर शकुन्तलाले सोधेपछि ऊ झस्कन्छ र एक्कासि आँसु खसाल्छ । शकुन्तलालाई मेलापात र घाँसदाउराबाट मुक्ति दिलाउन नसकेको कुरा भन्छ । शकुन्तलाले तपाईंको माया पाए सबै थोक स्वर्गै छ भन्छे । उसले शकुन्तलालाई यसपालि दसैँ मज्जाले मनाउने भन्दै घरको लालपुर्जा लिएर साहुकहाँ जान्छ । साहुले पनि लालपुर्जा राखेर उसले भने जति सबै सामान दिन्छ । उसले आफ्नी श्रीमती, छोराछोरी र आपूmलाई चाहिने सामान लिन्छ र कागजमा सहीछाप गरिदिन्छ । आफ्ना पितापुर्खाले पाएको सर्वस्व राखेर यसपालिको दसैँ किन्छ र खसी डोहो¥याउँदै घरतर्पm लाग्छ र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.८.२ पात्र र चरित्र चित्रण
दसैँ कथा छोटो आयामको कथा हो । यस कथाका पात्रहरू अरू कथाका भन्दा अलि धेरै रहेका छन् तर भागिन्ते पुन र शकुन्तलाकै केन्द्रीयतामा कथा अघि बढेको छ । अरू पात्रको भूमिका कथामा खासै रहेको छैन । कथालाई गति दिन डिठ्ठा बा, कान्छा साहु, माइला दाइ, सानो हजुरबा जस्ता पात्रको प्रयोग गरिएको छ । डिठ्ठा बा र कान्छा साहुले सामन्ती व्यापारी वर्गको चरित्र प्रस्तुत गरेका छन् भने माइला दाइ र सानो हजुरबाको कथामा साधारण किसान वर्गको चरित्र रहेको छ । ठूलो चाड दसैँले बहुसङ्ख्यक जनताको घरबारै लुटेर कहिल्यै नपुरिने घाउ दिन्छ भन्ने सम्पूर्ण गरिब नेपालीको चरित्र भागिन्ते पुनको रहेको छ । गाउँघरमा जीविकोपार्जन गरी दुई छाक टार्ने गरिब वर्गलाई चाडबाड मनाउन साहुकहाँ जग्गा जमिन धितो राख्नु पर्ने कुराको ज्वलन्त दृष्टान्त भागिन्ते पुन र शकुन्तलाको चरित्रले प्रस्तुत गरेको छ । यस कथामा सधैँ दुःखलाई श्रीमान्को खुसीमा बिर्सने सम्पूर्ण गरिब, दुःखी महिलाको चरित्र शकुन्तलाको रहेको छ । भागिन्ते पुन र शकुन्तला यस कथाका अनुकूल पात्र हुन् ।

३.४.८.३ परिवेश
दसैँ कथा विपन्न वर्गीय किसान परिवारको परिवेशमा केन्द्रित रहेको छ । यस कथाले नेपालीहरूको सबैभन्दा ठूलो संस्कृतिको रूपमा रहेको चाड दसैँले बहुसंख्यक गरिब नेपालीको घरबारै लुटेर कसरी लैजान्छ भन्ने परिवेशलाई आधार बनाएको छ । भागिन्ते पुनले दसैँ मनाउने क्रममा उसको घरै साहुकहाँ बन्धकी राखी ऋण लिएको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । आपूmले चाहेको खान लाउन नपाउने विपन्न वर्गीय भागिन्ते पुनको माध्यमबाट सम्पूर्ण विपन्न वर्गको स्थितिलाई कथाले प्रस्तुत गर्दै समाजमा सामन्त व्यापारीहरूले झुक्याएर भागिन्ते पुनजस्ता बहुसङ्ख्यक नेपालीहरूलाई घरबारविहीन बनाइरहेको परिवेशलाई यस कथाले देखाएको छ । यस कथाले स्थानका हिसाबले भागिन्ते पुनको घर, अँगेना, अँगेनामाथिको टाँड, काला पहाड, कान्छा साहुको पसललाई परिवेश बनाएको छ ।

३.४.८.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता वा उत्कृष्टताको मापक हो । कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाइ हो (श्रेष्ठ,२०६०ः११) । कथाकार राजुबाबु श्रेष्ठद्वारा रचित दसैँ कथामा तृतीय पुरुष दृष्टि विन्दुको प्रयोग भएको छ । यस कथामा भागिन्ते पुनको मानसिक स्थितिलाई तृतीय पुरुष दृष्टि विन्दुको माध्यमबाट केलाइएको छ । तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा भागिन्ते पुनको मानसिक विचारबाट कथाको उठान गरिएको छ । कथामा भागिन्ते पुन र उसकी श्रीमती शकुन्तलाको मानसिक उतारचढावलाई प्रस्तुत गरिएको छ । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ ।

३.४.८.५ भाषाशैली
दसैँ कथाको भाषाशैली ज्यादै सरल, सुबोध र प्रभावकारी छ । वर्णनात्मक शैलीका अतिरिक्त संस्मरणात्मक शैलीमा पनि कथावस्तु उनिएको छ । यो कथा मध्य पश्चिमाञ्चल क्षेत्रका विपन्न वर्गीय परिवारमा केन्द्रित रहेको कथा हो । यस कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पाइँदैन । साधारण जनजीवनमा प्रयोग हुने शब्दको प्रयोग कथामा गरिएको छ । यस कथामा आर्थिक समस्याले ग्रसित परिवारको कथा भएकाले उखान, टुक्का, निपातको धेरै प्रयोग गरिएको छैन । कथामा आगन्तुक शब्दको खासै प्रयोग भएको छैन । कथाको शीर्षक दसैँ अभिधात्मक रहेको छ ।

३.४.८.६ उद्देश्य
हाम्रै समाजको अत्यन्त ठूलो र धार्मिक, सांस्कृतिक महŒव बोकेको पवित्र र उल्लासमय, सुखद चाड दसैँले पनि भागिन्ते पुनजस्ता देशका बहुसंख्यक जनताको घरवारै लुटेर कहिल्यै नपुरिने घाउ दिन्छ भन्ने कुराको ज्वलन्त दृष्टान्त प्रस्तुत गर्नु दसैँ कथाको मूल उद्देश्य रहेको छ । विपन्न वर्गका भागिन्ते पुनजस्ता बहुसंख्यक नेपालीलाई दसैँले घरबार विहीन बनाउँछ भन्ने सन्देश दिनु कथाको उद्देश्य रहेको छ । यस कथाले “आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई” भन्ने उखान चरितार्थ गरेको छ । गरिब नेपालीहरूले चाडबाड मनाउन घर जग्गा बन्धकी राख्नु पर्ने बाध्यतालाई यस कथाले प्रस्तुत गरेको छ । आपूmले चाहेजस्तो गरी खानलाउन नपाउने विपन्न वर्गीय भागिन्तेको माध्यमबाट सम्पूर्ण विपन्न वर्गको स्थितिलाई कथाले प्रस्तुत गर्दै समाजमा सामन्त व्यापारीहरूले झुक्याएर भागिन्ते पुनजस्ता बहुसङ्ख्यक नेपालीहरूलाई घरबारविहीन बनाइरहेको कटु यथार्थलाई प्रस्तुत गर्न कथाको मूल उद्देश्य रहेको छ ः

३.४.९ मैयाँ साहेबको रुड्डु कथाको विश्लेषण
३.४.९.१ कथानक
मैयाँ साहेबको रुड्डु हाम्रै समाजका अभिजात वर्गकी विलासप्रिय युवती मैयाँ साहेबको माध्यमबाट त्यस समाजका विलास, वासनाजन्य विकृतिलाई प्रतिनिधित्व गर्ने कथा हो । यो मूक पशुको मूक अभिव्यक्तिद्वारा त्यस वर्गद्वारा आफ्नो विलासी प्यासको परितृप्तिका लागि पशुहरूलाई ‘पशु प्रेम’ को आडम्बरमा दिइने व्यथा र पीडाको कथा बनेको छ मैयाँ साहेबको रुड्डु । कथाको कथानक यस्तो छ ः
रुड्डुलाई पहिलोचोटि सबैतिर देखिने गरी छतमा बाँधिएको हुन्छ । उसले बिहानैदेखि मैयाँ साहेबलाई देख्न पाएको हुँदैन । अरू दिन मैयाँ साहेब सँगसँगै उसले पनि ब्रेकफास्ट पाउँथ्यो, त्यो आज ब्रेक लागेको हुन्छ । मैयाँ साहेबको बिहे भएकाले पाहुनाहरूलाई टोकिदिन्छ भनेर उसलाई कोही नपुग्ने ठाउँमा छतमा बाँधिएको हुन्छ । जङ्गविक्रम बाबुसाहेबको घर आज झिलिमिली सिङ्गारिएको हुन्छ । रुड्डु माथि बसेर हेरिरहन्छ । रुड्डुले मैयाँ साहेबसँग बिताएका दिनहरू सम्झन्छ । मैयाँ साहेबले एक टुक्रा बिस्कुट आफ्नो मुखमा नहाली आफू खान्नथिन् त्यो सम्झन्छ । मैयाँ साहेबले नै रुड्डुलाई ल्याएकी थिइन् । छतको माथि बसेर हेर्नु बाहेक केही हुँदैन उसको । घरका नोकरचाकरले कहिल्यै उसलाई मन पराउँदैनथे । कसैका छोरीबेटी नभन्ने, रण्डीबाजी गर्ने बाबुसाहेबका छोरासँग आफ्नो कहिल्यै तुलना हुन नसकेको कुरा सम्झन्छ । अब उसलाई माया गर्ने कोही हुने छैनन् र उसले भोकभोकै बस्नुपर्र्नेछ । उसको हरेक खुसी मेयाँसाहेबको हाँसोमा थियो । उसले मायाले धेरैपटक मैयाँसाहेको गाला चाटेको थियो । उसलाई मेैयाँसाहेबले अङ्गालोमा कसेर आफ्ने तुष्टि मेटाएकी थिइन् तर आज मैयाँ साहेबले उसलाई एकपटक पनि फर्केर हेरिनन् । आखिर मैयाँ साहेब पनि एउटा मान्छे नै त हुन् । तिनै जङ्गविक्रम बाबुसाहेबकै रगत छ भन्दै माया र विश्वाशको आशा गर्नु हुँदैनथ्यो भन्ने लाग्छ उसलाई । मैयाँ साहेबलाई अन्माएर लाँदा धेरै रोएकी हुन्छिन्, रुड्डुलई नमिठो लागेको हुन्छ । मैयाँ साहेबको सम्झनाले रुड्डु भुक्न थाल्छ, अलापविलाप गर्छ । घरका नोकरचाकरले यस्तो कुकुरलाई घरमा राख्नु हुँदैन, घरमा अलच्छिन लाग्छ, गोली ठोक्नु पर्छ भनेर मालिकलाई जाहेर गर्छन् । यी मान्छेसँग एकै छिन पनि बस्न मन लाग्दैन उसलाई । ऊ झन कराई कराई भुक्न थाल्छ । उसको भुकाइले जङ्गविक्रमको पारो तात्छ र नोकरलाई लगेर एउटा सुई दिई उतै पुरपार गर्ने आदेश दिन्छ र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.९.२ पात्र र चरित्रचित्रण
मैयाँ साहेबको रुड्डु कथा छोटो आयामको कथा हो । कथाको केन्द्रीय पात्र मानवेतर प्राणी रुड्डु हो । रुड्डुको चित्रण यस कथामा धनीमानी विलासी जीवन व्यतीत गर्ने मान्छले घरमा पालेर राखेको कुकुरको चरित्र रहेको छ । उसकै अन्तर्मनमा चल्ने सम्झनाले कथाको गति लिएको छ । पशुहरूलाई कसरी विलासी जीवन जिउने मान्छेले आफ्नो वासनाको साधन बनाएर अन्तमा मार्छन् भन्ने ज्वलन्त दृष्टान्त केन्द्रीय पात्रको रूपमा सम्पूर्ण कुकुरहरूको चरित्र रुड्डुको रहेको छ । यस कथामा मैयाँ साहेब सहायक पात्र हुन् । हाम्रै समाजको अभिजात वर्गको विलासप्रिय युवतीको केन्द्रीय पात्रको रूपमा मैयाँ साहेबको चरित्र रहेको छ । त्यस वर्गद्वारा आफ्नो विलासी प्यासको परितृप्तिका लागि पशुहरूलाई पशु प्रेमको माध्यम बनाउने पात्रको चरित्रचित्रण मैयाँ साहेबको रहेको छ । यस कथाका जङ्गविक्रम, बाबुसाहेब र सानामालिकको चरित्र यस कथामा सामन्ती, रण्डीबाज गर्ने कुपात्रको चरित्र रहेको छ भने सन्तबहादुर, विस्ने, हर्के, दिले, राम सिंह र कुन्दनको चरित्र कथामा नोकरचाकरको रहेको छ ।

३.४.९.३ परिवेश
मैयाँ साहेबको रुड्डु कथा समाजका अभिजात वर्गका वासनाजन्य विकृतिलाई कथाले परिवेश बनाएको छ । यस कथाले जङ्गविक्रमको घरको सेरोफेरोमा कथा केन्द्रित रहेको छ । पशुहरूलाई कसरी विलासी जीवन जिउनेहरूले आफ्नो वासनाको साधन बनाउँछन् भन्ने यथार्थ परिवेश कथाको रहेको छ । मैयाँ साहेबको विवाहको घटनाक्रमलाई कथाले प्रस्तत गर्दै रुड्डुले विगतमा मैयाँ साहेबसँग बिताएको सम्झना कथाको परिवेश रहेको छ । यस कथाले मूक पशुको मूक अभिव्यक्तिद्वारा त्यस वर्गद्वारा आफ्नो विलासी प्यासको परितृप्तिका लागि पशुहरूलाई पशुप्रेमको आडम्बरमा दिइने घटनाक्रमलाई मूल परिवेश बनाएको छ । स्थानका हिसाबले जङ्गविक्रमको घर, मूल गेट, कम्पाउण्ड, घरको छत कथाको परिवेश रहेको छ ।

३.४.९.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता र उत्कृष्टताको मापक हो । कथाकार हुनुको दायित्व केवल सतही घटनाको क्रम बाँधी दिँदैमा पूरा हुन सक्दैन । पात्रको निजी मानसिक, बौद्धिक अवस्थालाई ध्यानमा राखी कुनै क्षणविशेषमा त्यस पात्रले अनुभूत गर्ने कुरा मनका प्रतिक्रिया, विचारक्षमताको सीमा आदि कथामा पात्रको माध्यमबाट व्यक्त गर्ने क्षमता कथाकारमा भएको हुनु पर्दछ । त्यसैले कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाइ हो (श्रेष्ठ,२०६०;११) । कथाकार राजुबाबु श्रेष्ठद्वारा रचित मैयाँ साहेबको रुड्डु कथामा कथाकारले तृतीय पुरुष दष्टिविन्दुको प्रयोग गरेका छन् । मानवेतर प्राणी रुड्डुको माध्यमबाट कथामा तृतीय पुरुष दृष्टि विन्दु प्रयोग भएको छ । रुड्डुको अन्तर्मनमा चल्ने सम्झनाको वर्णनात्मक शैलीमा कथाको उठान गरिएको छ । कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ ।

३.४.९.५ भाषाशैली
कथाकार राजुबाबु श्रेष्ठको प्रस्तुतिमा सरलता छ जुन कथाको विशेषताकै रूपमा रहेको छ । श्रेष्ठको मैयाँ साहेबको रुड्डु कथाको भाषाशैली बोधगम्य, सरल र रुचिकर रहेको छ । कथामा सरल तथा मिठापूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । यस कथामा ठेट नेपाली शब्दको प्रयोग गरिएको छ । यो कथामा मूक पशुको मूक अभिव्यक्ति भएकाले कथामा उखान, टुक्का, निपात आदि धेरै प्रयोग भएको छैन । कथाको शीर्षक मैयाँ साहेबको रुड्डु प्रतीकात्मक रहेको छ ।

३.४.९.६ उद्देश्य
पशुहरूलाई कसरी विलासी जीवन जिउनेहरूले वासनाको साधन बनाउँछन् भन्ने दृष्टान्त पस्तुत गर्नु कथाको मूल उद्देश्य रहेको छ । मैयाँ साहेबको रुड्डु कथा हाम्रै समाजका अभिजात वर्गकी विलासप्रिय युवती मैयाँ साहेबको माध्यमबाट त्यस समाजका विलास वासनाजन्य विकृतिलाई कथाले प्रस्तुत गरको छ । त्यो मुक पशुको मुक अभिव्यक्तिद्वारा त्यस वर्गद्वारा आफ्नो विलासी प्यासको परितृप्तिका लागि पशुहरूलाई पशुप्रेमको आडम्बरमा दिइने व्यथा प्रस्तुत गर्नु कथाको मुख्य उद्देश्य रहेको छ । दुष्ट प्रवृत्ति भएका सामन्तहरूले अर्काको छोरीचेलीलाई वासनाको साधन बनाई अन्तमा पैसाको आडम्वरमा अरूलाई जिम्मा लगाउने कटु यथार्थलाई कथाले प्रस्तुत गरेको छ । सानामालिक जस्ता रण्डीबाजी गर्ने मान्छेभन्दा पशुहरू नै माथि हुन्छन् भन्ने दृष्टान्त कथाले प्रस्तुत गरेको छ ।

३.४.१० मेरी सान्या कथाको विश्लेषण
३.४.१०.१ कथानक
मेरी सान्या कथा विदेशी पृष्ठभूमिको कथा हो । क्रोसिया र सर्वियामा चलेको गृहयुद्घ, विभाजन युद्घको पृष्ठभूमिमा रचिएको अत्यन्त मार्मिक, संवेदनशील कथा हो । यो कथा हाम्रो आफ्नै मुलुक, यहाँका जनता, हत्या, हिंसा, मारकाट, लुट र बलात्कारको पीडा सहँदा सहँदै अब त्यस्ता कुराले पटक्कै नछुने स्थितिमा पुगिसकेका हाम्रो संवेदनालई पनि गृहयुद्घ, विभाजन युद्घले जर्जर भएर त्यसबाट मुक्तिका लागि सङ्घर्ष गरिरहेका त्यहाँका सर्वसाधारण जनताको माध्यमबाट देखाइएको छ । यस कथाले एउटा राष्ट्रको लागि गृहयुद्घभन्दा ठूलो अर्को पीडा नहुने कुराको सन्देश दिएको छ । मेरी सान्या कथाको कथानक यस्तो छ ः
यु.एन.मिसन सकी नेपाल जाने बेला भएकाले ‘म’ पात्रलाई जाग्रेव एयरपोर्ट सुनसान लागेको हुन्छ । प्लेन उड्न अभैm दुई घण्टा बाँकी रहेको छ । एयरपोर्टमा आवतजावत गर्ने व्यक्तिहरूको भीडबाट सान्याले मप्रति हात उठाउँदै नमस्ते नेपाली साथी भन्छे । नजिकैको कफी सपमा कफी पिउँदै मैले सान्याको मलिन अनुहार नियालेको हुन्छु । ‘म’ पात्र एकदमै कठोर परिस्थितिको सामना गरीरहेको हुन्छ । सुरूका दिनहरूमा सान्याले देखाएको मप्रतिको सद्भावनाका पानाहरू ‘म’ पात्र सम्झिन्छ । सुरूका दिनहरूमा उनले मलाई दारूवार घुमाउन लगेकी हुन्छिन् । क्रोसियन भू–भाग भए पनि सान्या सर्वियन थिइन् । सान्या एकदमै सुन्दर हुन्छिन् । उनले ‘म’ पात्रलाई उसको ब्वाइफ्रेण्ड सुन्दरतादेखि क्रेजी भएर आपूmलाई मन पराएको बताएकी हुन्छिन् । ‘म’ पात्रलाई धेरैपटक तिम्रो गर्लफ्रेण्ड छैन भनेर सोधेकी हुन्छिन्, म नभएको लाचारी व्यक्त गर्दथे । उनको ‘आफ्नै धर्म,संस्कृति र परम्परा हुन्छ, मेरो आफ्नै किसिमको हुन्छ । सान्या आफ्ना प्रत्येक घटना मलाई सुनाएकी हुन्थिन् । ब्वाइफ्रेण्डसँग राम्रो सम्बन्ध नभएको बताएकी हुन्छिन् । सराजेवोको सर्वियन बस्तीहरूमा नेटोले बम खसालेको हुन्छ । म पात्रलाई एक दिन हाम्रो परिवार पनि मारिन्छ र गायब हुन्छ भनी सान्याले भनेकी हुन्छिन् । उनले युद्घको वातावरणबाट दिक्क भएर सुन्दर देश नेपाल जाने इच्छा व्यक्त गरेकी हुन्छिन् । सान्याको अनुहारमा उर्लिरहेका वेदनाका छालहरू म मूकदर्शक बनी हेरिरहेको हुन्छु । प्लेनतर्पm जाने उद्घोषण हुन्छ । ‘म’ पात्रले सान्याको लागि केही शब्द दिन सक्दैन । केही छिनपछि प्लेनले जमिन छाड्छ । तल एयरपोर्टको वारमा उभिएर सान्या हात हल्लाइ रहेकी हुन्छिन् र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.१०.२ पात्र र चरित्रचित्रण
मेरी सान्या कथा छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको प्रतिनिधि पात्र ‘म’ पात्र र सान्या हुन् । उनीहरूकै केन्द्रीयतामा रहेर यो कथा अगाडि बढेको छ । ‘म’ पात्रले यु.एन. मिसनको रूपमा काम गर्ने नेपालीको चरित्र प्रस्तुत गरेको छ भने सान्याले गृहयुद्घको चपेटामा परेर विस्थापित हुनु पर्ने सर्वियनहरूको प्रतिनिधि पात्रको रूपमा चित्रण रहेको छ । गृहयुद्घको मारमा परेर मारिएका विभिन्न जातिहरूसँगै आफ्नो नियति पनि गाँसिएर विस्थापित हुनु पर्ने वा मारिनु पर्ने यथार्थलाई सान्याको चरित्रले देखाएको छ । यस कथाको ‘म’ पात्र शान्ति सेनाको रूपमा काम गर्ने सच्चरित्र, इमान्दार पात्रको रूपमा उसको चरित्रचित्रण रहेको छ ।

३.४.१०.३ परिवेश
मेरी सान्या विदेशी पृष्ठभूमिको कथा हो । त्यसैले यसको परिवेश पनि विदेशी मुलक रहेको छ । यो कथा सहरी परिवेशको चित्रणमा केन्द्रित रहेको छ । यस कथाले सर्विया र क्रोसियाको गृहयुद्घकालीन समयको घटनाक्रमलाई आफ्नो कथाको परिवेश बनाएको छ । यसमा स्थानका हिसाबले क्रोसिया, जाग्रेव एअरपोर्ट, कफी सप, सान्याको घर, दारूबार, सराजेवोको सर्वियन बस्ती रहेको छ । एउटा राष्ट्रको लागि गृहयुद्घभन्दा ठूलो अर्को पीडा नहुने सर्विया, क्रोसिया जस्ता राष्ट्रका गृहयुद्घको परिवेश कथामा रहेको छ । यस कथामा क्रोसियामा सर्वियन बस्तीमा नेटो सेनाले गरेको विनाशलाई आफ्नो परिवेश बनाउँदै आफ्नो मान्छेहरूसँगको युद्घमा हार्नेहरू त त्यसै हार्ने भई हाले जित्नेहरू पनि हार्दा रहेछन् भन्ने कथाले युरोपीय गृहयुद्घको परिवेशलाई अघि सारेको छ ।

३.४.१०.४ दृष्टि विन्दु
मेरी सान्या कथा स्वयम् कथाकारले भोगेको घटना हो । यो कथा हाम्रै देशको यथार्थ पीडा बोकेको विदेशी कथा हो । कथामा म पात्रको प्रयोग गरी प्रथम पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । प्रथम पुरुष दृष्टि विन्दुको वर्णनात्मक तथा संस्मरणात्मक शैलीको प्रयोग गरी म पात्रले क्रोशियामा यु.एन. मिशनको रूपमा काम गर्दा भोगेको कुराबाट कथाको उढान गरिएको छ । सान्या र म पात्र बीचको माया, ममता एवं म पात्रप्रति सान्याको सहयोगका क्रियाकलापहरू म पात्रकै माध्यमबाट अर्थात् प्रथम पुरुषीय शैलीबाट प्रस्तुत भएकाले यस कथाको दृष्टि विन्दु आन्तरिक वा प्रथम पुरुषीय छ ।

३.४.१०.५ भाषाशैली
सामान्यतः यो कथाको भाषाशैली पनि राजुबावु श्रेष्ठका अन्य कथाहरू जस्तै सरल, सहज, सुललित र सुबोध नै छ । मेरी सान्या कथामा सरल र छोटा वाक्यको प्रयोग गरिएको छ । यस कथाको भाषाशैली बोधगम्य, सरल र रूचिकर रहेको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषााशैलीको प्रयोग कतै पाइँदैन । यो कथा विदेशी पृष्ठभूमिमा लेखिएको हुँदा उखान–टुक्का निपातको प्रयोग धेरै भएको पाइँदैन । कथाको शीर्षक मेरी सान्या अभिधात्मक रहेको छ ।

३.४.१०.६ उद्देश्य
एउटा राष्ट्रका लागि गृहयुद्घभन्दा ठुलो पीडा अर्को नहुने कुरा मेरी सान्या कथाले देखाएको छ । यस कथामा युरोपियन सभ्यताभन्दा आफ्नै देशको संस्कृति र परम्परा उच्च हुन्छ भनी देखाउन खोजिएको छ । आफ्नै देशका दाजुभाइ बिचको युद्घ निकै भयानक, मार्मिक र पीडादायक हुँदो रहेछ भनी देखाउनु यस कथाको मुख्य उद्देश्य रहेको छ । गृहयुद्घको मारमा परेर मारिएका विभिन्न जातिहरूसँगै आफ्नै नियति पनि गाँसिएर विस्थापित हुनुपर्ने वा मारिनुपर्ने यथार्थलाई सान्याको माध्यमबाट देखाउनु कथाको मूल उद्देश्य रहेको छ । राजनीतिक महŒवाकांक्षा, जातीय महŒवाकांक्षा सत्ताको अनन्त प्यासले धर्तीको माटोलाई विभाजित गर्न, टुक्राउन खोजे पनि मानिसको मन, उसको भावनालाई विभाजित गर्न सक्तैन टुक्राउन सक्तैन भन्ने दृष्टान्त प्रस्तुत गर्दछ । गृहयुद्घको मारमा बस्नुभन्दा बरू नेपालजस्ता गरिब राष्ट्रमा बस्नु राम्रो हुने सान्याको माध्यमबाट प्रस्तुत गरिएको छ ।

३.४.११ सुनन्दाको सम्मान कथाको विश्लेषण
३.४.११.१ कथानक
सुनन्दाको सम्मान कथा राजनीतिक विकृतिको गन्ध बोकेको कथा हो । यस कथाले पाठकलाई निकै उद्वेलित तुल्याइदिन्छ । समाजकै विकृति र विसंगतिको चिरफार छ यस कथामा । सुनन्दा जस्ता राजनीतिक विकृति बोकेको व्यक्तिहरूले पैसाको बलमा भ्रष्ट मानसिकता बोकेको व्यक्तिहरूलाई सम्मान गर्दै हिँड्छन् भन्ने देखाउनु यस कथाको आशय हो । सुनन्दाको सम्मान कथाको कथानक यस्तो छ ।
महिला नेतृ सुनन्दाले भव्य समारोहमा मुक्ति प्रसादलाई दोसल्ला ओढाएर सम्मान गर्छिन् । सुनन्दाले आफ्नो २५ वर्ष सम्मको नारी स्वतन्त्रता जागरण र समाज सेवाको यात्रामा दिएकोले मुक्ति प्रसादलाई सम्मान गरिन् । सबै वर्गहरूले मुक्तकण्ठले मुक्ति प्रसादको सम्मान गर्छन् । नारी पुरुषको दास होइन, छोराछोरी बराबरी हुन् नेपाली नारीहरूलाई मुक्ति दिलाउने अभियान चलाउनु पर्छ भन्ने उनले भाषण गर्छन् । यो सम्मान मुक्तिनाथकी छोरी निरूलाई मनपर्दैन । सम्मान पाउने व्यक्ति सम्मान पाउनको लागि योग्य हुनुपर्छ भन्दै आफ्नो बावुले पाएको सम्मानमा उनी साह्रै दुःखी हुन्छिन् । उनलाई भाइप्रति गर्ने विश्वास, मायामोह र आफूप्रतिको पक्षपात पूर्ण व्यवहार उनले थाहा पाए देखि अहिले सम्म कायम रहेको छ । उनि सरासर घर गइ कोठामा रहेको आमाको फोटो अंकमाल गर्दै तप्प आँसु झार्छिन् । आमासँगको विछोड पीडाको आगो बनेर दन्क्यो उनको छातीमा जुन सुनन्दा कुमारीले नारकीय बनायो तपाइँको जीवन र आत्महत्या गर्नुभयो त्यसैले आज तपाईको क्रुर र शोषक पतिलाई महिलाको हकमा काम गरे बापत सम्मान गरे सुनन्दा कुमारीहरूले भन्दै निरू रून्छिन् । उनले आमाले जस्तो बुबाको अत्याचार आफू नसहने कुरा बताउँछिन् । बुवाले तपाईप्रति प्रयोग गरेका वचनहरू मेरा कानमा गुञ्जिरहन्छन् भनी आमाप्रति श्रद्धासुमन प्रकट गर्छिन् । कहिल्यै काम नलाग्ने ढुङ्गालाई पनि देवता मानेर आजीवन पुजिरहन सक्ने आमाको विश्वासप्रति नतमस्तक हुन्छिन् निरू । आमालाई क्षमा गर्नुहोला भन्दै आफू छिट्टै गाउँकै सन्त दमाईसँग विवाह गर्ने योजना वताउँछे । आफू विवाहपछि हरेक बुवाको कार्यक्रममा उपस्थित हुने र हाम्रो विवाहको उदाहरण दिन चाहन्छु भन्छे । बुवाको अभिनन्दनमा आफूलाई हाँस्न कत्ति गाह्रो भएको थियो त्यसको अनुभव बुबालाई गराउनुछ भन्छे । बुबाले प्रत्येक पलपल मर्नु पर्नेछ मेरो कारण । निरूको आँसुले फोटोको सिसा पूरै भिजेको हुन्छ । निरूको आँसुको बाढी अविरल उर्लिरहेकै हुन्छ र कथाको अन्त्य हुन्छ । यसरी आदि मध्य र अन्त्यको शृङ्खलामा संरचित कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.११.२ पात्र र चरित्र चित्रण
सुनन्दाको सम्मान छोटो आयामको कथा हो र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको प्रमुख पात्र निरू हुन् । निरूको केन्द्रीयतामा कथाले गति लिएको छ । निरूको यस कथामा छोरा र छोरी बिचको भेदभावको कारण आफ्नै बावुबाट अपहेलित हुनुपरेको चरित्र प्रस्तुत छ । समाजमा प्रगतिशील विचारधारा राख्ने युवतीको रूपमा निरूको चरित्र रहेको छ । आफ्नो जातभन्दा तल्लो जातको केटासँग विहे गरी समाजमा नयाँ सन्देश दिन खोज्ने चरित्र रहेको छ उनको । समाजमा विकृति फैलाउने आफ्नै बावु, सुनन्दा जस्ताको भण्डाफोर गर्ने मनसाय रहेको पात्राको रूपमा उनको चरित्र रहेको छ । यस कथाका सुनन्दा र मुक्ति प्रसाद समाजका प्रतिकूल पात्र हुन् । महिला हकहितको कुरा गरेर महिला माथि अन्याय, अत्याचार गर्ने कुपात्रको चरित्र उनीहरूको रहेको छ । महिला माथि अन्याय गर्ने व्यक्तिलाई महिलाको हकहितको बारेमा काम गरेको भन्दै सम्मान गर्दै हिंड्ने महिला नेतृ सुनन्दाको चरित्र रहेको छ । आफ्नै श्रीमतीलाई अत्याचार गरेर आत्महत्या गर्न विवश पार्ने, छोरीलाई छोराको भन्दा तल्लो दर्जामा राख्ने र बाहिर–बाहिर महिलाको हकहितको कुरा गरेर सम्मान लिँदै हिड्ने पात्रको रूपमा मुक्ति प्रसादको चरित्र रहेको छ ।

३.४.११.३ परिवेश
सुनन्दाको सम्मान कथा राजनीतिक विकृतिको परिवेशमा रहेको छ । यस कथाले समाजमा भ्रष्ट व्यक्तिहरूले राजनीतिक सम्मान पाउँछन् र उनीहरूकै बोलबाला रहन्छ भनी देखाउन खोजेको छ । आफ्नै श्रीमतीलाई दमन गरेर आत्महत्या गर्न बाध्यपार्ने व्यक्तिले नै महिला हकहितको काम गरे बापत सम्मान पाएको घटनाक्रमलाई कथाले परिवेश बनाएको छ । महिला हकहितको काम गर्ने महिला नेतृहरूले महिलामाथि नै दमन, हिंसा गर्ने परिपाटी रहेको यर्थाथ घटनालाई कथाले प्रस्तुत गरेको छ । अहिले महिलाहरूको हकहित र न्यायको पक्षमा वकालत गर्दै हिँड्नेहरू नै महिलामाथि दमन गरिरहेका छन् र त्यस्ता महिलावादीहरूले समाजमा विकृति फैलाइरहेका छन् भनि यथार्थ परिवेश कथामा प्रस्तुत गरिएको छ । स्थानका हिसाबले यस कथाले अभिनन्दन स्थल, मञ्च, घर, घरको कोठालाई परिवेश बनाएको छ ।

३.४.११.४ दृष्टि विन्दु
राजुबावु श्रेष्ठद्धारा रचित सुनन्दाको सम्मान कथामा तृतीय पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा सुनन्दाको सम्मानबाट कथाको उठान गरिएको छ । निरूको मानसिक उद्रवेलित तथा संस्मरणात्मक शैलीको कथामा प्रयोग भएको छ । कथामा थोरै पात्रको प्रयोग गरी पात्रको आन्तिरिक जीवनको चिनारी दिदैँ तृतीय पुरुष वाह्य दृष्टि विन्दुको प्रयोग भएको छ । पात्रको मनभित्रको डुबुल्की लगाइएको रूपमा सर्वदर्शी दृष्टि विन्दुको प्रयोग यस कथामा गरिएको छ ।

३.४.११.५ भाषाशैली
सुनन्दाको सम्मान कथाको भाषाशैली सामान्य र सरल नै छ । कथाका लागि अत्यावश्यक कौतूहलले कथानकको विकाससँगै भाषालाई पनि सरल र सुबोध नै बनाएको छ । कथामा सकेसम्म सरल र छोटा वाक्यको प्रयोग भएको छ । यस कथामा सरल तथा मिठो गद्यभाषाको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पनि पाइदैँन । कथामा घटनाको विस्तार पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । यस कथामा “छोरीको जन्म हारेको कर्म” भन्ने उखानलाई चरितार्थ गरिएको छ । आइमाई भएर बड्ता बोल्छेस्, भाइको दाँजो गरेर पाउँछे त्यल्ले, के खोज्छेस् तँ जस्ता अनादरार्थी शब्दको प्रयोग भएको छ । कथाको शीर्षक सुनन्दाको सम्मान प्रतीकात्मक रहेको छ ।

३.४.११.६ उद्देश्य
सुनन्दाको सम्मान राजनीतिक विकृतिको गन्ध बोकेको कथा हो । महिला हकहितको काम गर्ने महिला नेतृहरूले महिलामाथि नै दमन, हत्या, हिंसा गर्ने परिपाटी रहेको यथार्थ पक्ष प्रस्तुत गर्नु कथाको मुल उद्देश्य रहेको छ । सुनन्दा जस्ता राजनीतिक विकृति बोकेका व्यक्तिहरूले पैसाको बलमा भ्रष्ट मानसिकता बोकेका र भ्रष्ट काम गर्दै आएका व्यक्तिहरूलाई सम्मान गर्दै हिड्छन् भन्ने सन्देश दिनु कथाको मुल आशय हो । कथामा समाजमा भ्रष्ट व्यक्तिहरूले राजनीतिक सम्मान पाउँछन् र उनीहरूकै बोलवाला रहन्छ भनी देखाउन खोजिएको छ । आफ्नो जातभन्दा तल्लो जातको केटोसँग विहे गरी समाजमा नयाँ सन्देश दिन प्रगतिशील विचारधारा निरूको माध्यमबाट प्रस्तुत गरिएको छ । राजनीतिक विकृतिको गन्ध बोकेको व्यक्तिहरूले महिला हकहितको कुरा गरेर महिलामाथि अन्याय, अत्याचार गरिरहेको दृष्टान्त प्रस्तुत गर्नु कथाको मूल उद्देश्य रहेको छ ।

३.४.१२ अतृप्तता कथाको विश्लेषण
३.४.१२.१ कथानक
समकालीन अवस्था र युगीन पक्षका मसिना दृश्यहरू अतृप्तता कथामा रहेका छन् । आफूले सोचेजस्तो नहुने र मान्छे आफ्नो स्वार्थ अनुकूल हिँड्ने प्रवृत्ति कथामा रहेको छ । मान्छे अधिकृत भए पनि सम्पत्ति टन्नै कमाए पनि उसको मानसिकता सधैँ अतृप्त हुन्छ भनी कथामा देखाउन खोजिएको छ । अतृप्तता कथाको कथानक यस्तो छ ः
अधिकृत भएपछि ऊ आफ्नै गाडीमा चढेर पहिलोचोटि गाउँ जादैँछ । उसलाई आज आफ्नै गाडीमा गाँउ आउनुमा अर्कै मज्जा रहेको छ । पृथ्वी राजमार्गमा ड्राइभरले उसको गाडी अगाडि बढाइरहेको हुन्छ । काठमाडौं आउँदा सधैँ बसमा कोचिएर आउनुपथ्र्यो उसले । अभावै अभावको कुण्डमा उसको बुवाआमाको मृत्यु भएको थियो । उसलाई अगाडिको घटेको झझल्को आउँछ उसलाई । ऊ अफिसबाट घरतर्फ फर्कदैँ गर्दा सुन्धारामा प्रेमासँग भेट भएको थियो । उसले प्रेमालाई आफ्नै गाडीमा राखेर महाराजगञ्ज तिर लागेको थियो । उसले प्रेमालाई किन बिहे नगरेको भनेर सोध्छ, प्रेमाले उसलाई जीवनमा मैलै एकजनालाई मात्र मन पराएँ भन्दै उपट्टि इङ्गित गर्छे महाराजगञ्ज पुगेपछि प्रेमा उसँग बिदा भै सरासर बाटो लाग्छिन् । ड्राइभरको बोलिले ऊ झस्कन्छ । अब केही बेरमै घर पुगिन्छ र प्रेमालाई अझै भेट्ने योजना बनाउँछ उसले । विगतमा प्रेमा र आफूसँगै पढेको र प्रेमा र उसँग कहिल्यै नबोलेको कुरा सम्झन्छ । ड्राइभरलाई गाडी रोक्न लगाउँदै उ आफुले पढेको स्कुल भित्र पस्छ र स्कुल वरिपरि घुम्छ । उसले स्कुलमा बिताएका रमाइला क्षणहरूलाई सम्झन्छ । उसको केटाहरूभन्दा केटीहरू बढी साथी भएको सम्झन्छ । ऊ सरासर आफ्नो घर आउँछ । घरमा उसको स्वागतको लागि कोही हुदैँन । पहिला–पहिला आमा पँधेरासम्म लिन आइपुग्थिन् उसलाई । उसलाई घरभित्र पस्न मन लाग्दैन । ऊ आतुर आतुर प्रेमालाई भेट्न उनको घरतर्फ लाग्छ । प्रेमाका बुवा कपडा पसलमा बसिरहेका हुन्छन् । प्रेमाका बुवाले प्रेमाको विवाह भैसकेको र विवाहमा उसलाई बोलाउन नसकेकोमा दुःख व्यक्त गर्छन् । उसको सपनाहरूमा आगो दन्किरहेको हुन्छ तर उसले अनुहारमा असफल हाँसो हाँस्ने प्रयत्न गर्छ । उसले म तिमीलाई सधैँ प्रेम गरिरहेको हुन्छु भन्दै कहिल्यै नबोल्ने, मेरी हुन नसकेकी निष्ठुरी प्रेमा भन्दै कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको, शृङ्खलामा संरचित कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.१२.२ पात्र र चरित्र चित्रण
अतृप्तता छोटो आयामको कथा हो । कथामा थोरै पात्रको प्रयोग भएको छ । कथाको मूल पात्र ऊ र प्रेमा हुन् । तर ऊ पात्रकै केन्द्रीयतामा कथाले गति लिएको छ । यस कथाको ऊ अनुकूल पात्र हुन् । यस कथाले सरकारी सेवामा काम गर्ने अधिकृतको मानसिक उतार चढावलाई प्रस्तुत गरेको छ । सरकारी सेवामा काम गरेर प्रेममा असफल भएको सम्पूर्ण अधिकृतहरूको केन्द्रीय चरित्रको रूपमा ऊ पात्रको चरित्र चित्रण रहेको छ । प्रेमा यस कथाकी प्रमुख महिला पात्र हो । उनी यस कथाको अनुकुल पात्र हुन् । प्रेमाका यस कथामा आफूले मनपराएको केटासँग विवाह नगरी अभिभावकले हेरेको केटासँग विवाह गर्नुपर्ने सम्पूर्ण नेपाली युवायुवतीहरूको केन्द्रीय पात्रको रूपमा उनको चरित्र रहेको छ । यस कथामा कर्ण, सलिना, सरस्वती, माया, मञ्जु, कुमारी, अमृता र प्रेमाका बावु हरि, कृष्ण, ज्ञानेन्द्र गौण पात्रहरू हुन् ।

३.४.१२.३ परिवेश
अतृप्तता कथामा साम दाम हुँदाहुँदै पनि मान्छेमा केही न केही अतृप्तता रहन्छ भन्ने परिवेश केन्द्रित रहेको छ । आफूले चाहेजस्तो नहुँदा मान्छेलाई पद र प्रतिष्ठाले पनि सुख मिल्दैन भन्दै अहिले पनि अभिभावकहरूले हेरेको व्यक्तिसँग मात्रै विवाह गर्नुपर्ने परिवेश कथामा प्रस्तुत रहेको छ । ऊ पात्र र प्रेमा बिच एक अर्कालाई मन पराएर भए पनि विवाह हुन नसकेको घटना क्रमलाई कथाले परिवेश बनाएको छ । त्यसै गरी माओवादी जनआन्दोलनकालीन समयमा गाउँमा बस्न साधारण जनतालाई गाह्रो भएको परिस्थितिलाई पनि कथाले परिवेश बनाएको छ । स्थानका हिसाबले पृथ्वी राजमार्ग मुग्लिङ्ग, मस्र्याङ्गदी पुल वरिपरिको क्षेत्र, स्कुलm उसको घर, प्रेमाको घरलाई यस कथाले परिवेश बनाएको छ ।

३.४.१२.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता र उत्कृष्टताको मापक हो । कथाकार हुनको दायित्व केवल सतही घटनाको क्रम बाँधी दिदैँमा पूरा हुन सक्दैन । पात्रको निजी मानसिक, बौद्धिक अवस्थालाई ध्यानमा राखी कुनै क्षण विशेषमा त्यस पात्रले अनुभूत गर्ने कुरा मनका प्रतिक्रिया विचार क्षमताको सीमा आदि कथामा पात्रको माध्यमबाट व्यक्त गर्ने क्षमता कथाकारमा भएको हुनुपर्छ । त्यसैले कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुवुल्की लगाइ हो । (श्रेष्ट, २०६०ः१०) अतृप्तता कथामा ऊ पात्रको माध्यमबाट तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ । कथाकारले सिमीत पात्रहरू ऊ, प्रेमा आदिको भावना, प्रतिक्रिया, विचार समाविष्ट गर्दै पात्रहरूको आन्तरिक जीवनको चिनारी दिदैँ तृतीय पुरुष बाह्य सर्वदर्शी दृष्टि विन्दुको प्रयोग गरेको छन् । लेखकले आफ्नो लेखकीय वैचारिक पक्षलाई प्रस्ट्याउने प्रयासमा बढी कसरत गरेको देखिन्छ ।

३.४.१२.५ भाषाशैली
अतृप्तता कथाको भाषाशैली सरल र सहज छ । लेखकीय प्रवृत्ति अनुसार छोटा र सरल वाक्यहरूको अधिक प्रयोग गरिएको छ । पात्र अनुकूल बौद्धिक र तार्किक भाषाको प्रयोग पनि देखिन्छ । यस कथामा काठमाडौं र गोरखाको जीवनशैली प्रस्तुत गरिएको छ । यस कथामा सरल तथा मिठासपूर्ण गद्यभाषाको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषाशैलीको प्रयोग भएको छैन । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा ठेट नेपाली शब्दहरूको प्रयोग भएको छ । कथाको शीर्षक अतृप्तता प्रतीकात्मक रहेको छ ।

३.४.१२.६ उद्देश्य
स्रष्टाले के विषयमा लेख्ने भन्दा पनि कसका लागि र कुन उद्देश्यले लेख्ने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ भन्ने मान्यता राख्ने कथाकार राजुबावु श्रेष्ठको अतृप्तता कथा समसामयिक यथार्थवादकै दृष्टान्त हो । सरकारी प्रशासनमा पद र पैसा कमाएकाहरू जीवनमा कतै न कतैबाट अतृप्त भै रहेका हुन्छन् भन्ने देखाउनु कथाको मुख्य उद्देश्य रहेको छ । ऊ पात्र र प्रेमा बिच एक अर्कालाई मन पराउँदा पराउँदै विवाह हुन नसकेको घटना कथामा प्रस्तुत गरिएको छ । आफूले चाहेजस्तो नहुँदा मान्छेलाई पद, प्रतिष्ठा र पैसाले पनि सुख मिल्दैन भन्दै अहिले पनि आजका युवा युवतीले अभिभावकले हेरेको व्यक्तिसँग मात्रै विवाह गर्नुपर्ने परम्परागत स्थिति प्रस्तुत गर्नु कथाको मूल उद्देश्य रहेको छ ।

३.४.१३ युद्घको एक रात कथाको विश्लेषण
३.४.१३.१ कथानक
युद्घको एक रात गृह युद्घको चपेटा परेर पीडा भोग्ने सिपाहीको पीडाको कथा व्यथा भएको छ । युद्धग्रस्त अवस्थामा रहेको नेपाल र द्वन्द्वले थला परेको समाजलाई कथामा प्रस्तुत गरिएको छ । कथामा राष्ट्रियता, प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान गरिएको छ । कथाको कथानक यस्तो छ ः
रातको समय हुन्छ । जुन टहटह लागिरहेको हुन्छ । म पात्रलाई रोसी खोलाको सुसाइ अविच्छिन्न पश्चिमतिरबाट आइरहेको थियो । म भारी मन लिएर ब्यारेक माथि छानाबाट चारैतिर हेरिरहेको थिए । आज रातभर खतरा छ सबै स्टेन्डवाई बस्नु भन्ने जिल्लाबाट खबर हुन्छ । तल कोठामा सबै प्रहरी साथीहरू गफ गरिरहेका थिए । पासाङ भने क्यानभासमा चित्र हेरिरहेको थियो । रात छिपिदैँ जान्छ । एक नम्बर पोष्टको सिधा अगाडि झाडीमा मुभमेन्ट देखियो भन्दै प्रहरीले मलाई खबर गर्छ । सबैको ध्यान झाडीतर्फ जान्छ । हामी सतर्क रहन्छौ तर झाडीबाट फुत्त भैँसी निस्कन्छ । म प्रहरी साथीहरू गफ गरिरहेको सुन्छु । कसैको अहिले सम्म श्रीमतीलाई एकजोर कपडा सम्म हालिदिन सकेको हुदैँन, कसैको पैसा नपठाइ दिए बूढाबूढी बावुआमा भोकभोकै पर्नेछन्, बरू म¥यो भने त लाख त पाउँछन् जस्ता दुःखका कुरा प्रहरी जवानहरू गरीरहेका हुन्छन् । हैन तल्ला तहका गरिब निमुखालाई मारेर कस्तो क्रान्ति गरेका यिनले भन्छ एउटा जवानले यी सम्पूर्ण वार्तालापहरू मेरो कानमा ठक्कर खान्छन् प्रहरी जवानहरू हतियार न राम्रो छ न पर्याप्त छ भनै एक आपसमा कुराकानी गरीरहेका हुन्छन् । एकै छिनमै महाभारतको पर्वतमा जून छि¥यो र सबैतिर फेरि अन्धकार छाउँछ । बिहानीको पखको सङ्केत भएको म अनुभव गर्छु । डाँडामा सानो लाइट बलेको देखिन्छ । वरिपरिका कुकुरहरू बेस्सरी भुक्न थाल्छन् । एकै छिनमा चारैतिरबाट गोलीका पर्रा छुट्न थाल्छन् । प्रतिकारमा हामीले पनि गोली चलाउँछौँ । एउटा बिद्रोहिले आत्मसमर्पण गर्न माइकबाट आग्रह गर्छ । हाम्रो जवाफ नआएकोले फेरि अन्धाधुन्ध आक्रमण हुन्छ । हाम्रो जवान साथीहरू चिच्याउँछन् बिद्रोहीहरूको पनि ऐया मरे नि भन्ने शब्द सुनिन्छ । बिहानी पख हुन लागेकाले विद्रोहीहरूले गोली चलाउन छोड्छन् । राम बहादुर, पासाङ, सूर्य बहादुर जवान मारिन्छन् । वरपरका मान्छेहरू जम्मा हुन्छन् र आज प्रहरीले खुब लड्यो भन्दै एक आपसमा गफ गर्छन् । जिल्लाबाट डी.एस.पी. आई तपाईले तक्मा पाउनु हुनेछ भन्दै मलाई धन्यवाद दिन्छन् । मलाई त्यो तक्माको कुनै मतलब हुँदैन । मर्ने बेलामा राम बहादुृर, पासाङ र सूर्य बहादुरले हाम्रो परिवारको ख्याल गरिदिनुस् भनेको सम्झिन्छु । भित्ताको तस्विर झिकेर हेर्छु र सबै रोइरहेका थिए र कथाको अन्त्य हुन्छ । यसरी आदि मध्य र अन्त्यको श्रृङ्खलामा संरचित कथाको कथानक ढाँचा रैखिक रहेको छ ।

३.४.१३.२ पात्र र चरित्र चित्रण
युद्घको एक रात छोटो आयामको कथा हो र थोरै पात्रको प्रयोग भएको कथा हो । म पात्रकै केन्द्रीयतामा कथाले गति लिएको छ । यो कथा यथार्थवादी कथा हो । यो कथा स्वयम् लेखक राजुबावु श्रेष्ठले भोगेको कथा हो । म पात्र अनुकूल पात्र हो । गृहयुद्घको चपेटामा परेर पीडा भोग्ने सिपाहीको चरित्र म पात्रको रहेको छ । माओवादी सशस्त्र जनआन्दोलनको समयमा म पात्रको नेतृत्वमा रहेकोे प्रहरी चौकी माथि आक्रमण हुन्छ र मेरो नेतृत्वमा प्रहरीले लड्दाको अवस्थालाई सम्पूर्ण प्रहरीको केन्द्रीय पात्रको रूपमा म पात्रको चरित्र रहेको छ । तक्मा पाउनुभन्दा आफूसँगै लडेर मारिएका सिपाहीप्रति बढी सहानुभूति रहेको रूपमा म पात्रको चरित्रचित्रण रहेको छ । इमान्दार, राष्ट्रसेवक र आफूभन्दा तल्लो तहका कर्मचारी प्रति बढी जिम्मेवार देख्नु सु–पात्रको चरित्रचित्रण म पात्रको रहेको छ । यसैगरी पासाङ्ग, सूर्य बहादुर, सुस बहादुर, कटुवाल राम बहादुर यस कथाका सहायक पात्रहरू हुन् । यिनीहरूले तल्लो वर्गका प्रहरी जवानहरूको प्रतिनिधि पात्रको रूपमा चरित्र प्रस्तुत गरेका हुन् । थोरै तलब खाएर परिवार पाल्नुपर्ने यथार्थ पक्षको चरित्रचिरण यिनीहरूले गरेका छन् । डी.एस.पी. गाउँ घरका मान्छे गौण पात्र हुन् । डी.एस.पी. यस कथामा प्रहरीहरूको जिल्लाको हाकिमको रूपमा चरित्र रहेको छ ।

३.४.१३.३ परिवेश
युद्घको एक रात कथाले पूर्वी नेपालको रोसीखोला नजिकै रहेको एक प्रहरीचौकीलाई परिवेश बनाएको छ । यस कथाले माओवादी सशस्त्र जनआन्दोलनलाई परिवेश बनाउँदै गृहयुद्घको चपेटामा परेर पीडा भोग्ने सिपाहीको पीडाको घटनाक्रमलाई कथाले प्रस्तुत गरेको छ । माओवादी सशस्त्र आन्दोलनकालीन समयमा हत्या, हिंशा, मारकाट, लुट र बलत्कारको पीडा सहदा सहदा अव त्यसबाट मुक्तिका लागि संघर्ष गरिरहेका संवेदनशील जनताको गहिरो संवेदनशीलतालाई कथाको माध्यमबाट दृष्टान्त प्रस्तुत गरिएको छ । राजनीतिक महŒवाकांक्षा, सत्ताको अनन्त प्यास, गृहयुद्घ, जातीय युद्घले धर्तीको माटोलाई विभाजित गर्न टुक्राउन खोजे पनि मानिसको मन उसको आशालाई विभाजित गर्न सक्क्तैन भन्ने परिवेशलाई कथाले प्रस्तुत गरेको छ ।

३.४.१३.४ दृष्टि विन्दु
कथाकार राजुबावु श्रेष्ठद्धारा रचित युद्घको एक रात कथामा प्रथम पुरुष दुष्टिविन्दुको प्रयोग गरिएको छ । म पात्रको प्रहरी सेवामा रहँदाको घटनाक्रमलाई वर्णनात्मक शैलीमा कथामा प्रस्तुत गरिएको छ । म पात्रको प्रहरी सेवामा रहँदा माओवादी विद्रोहीसँग आफ्नो नेतृत्वमा रहेको प्रहरीले लडेको घटनालाई कथानकका रूपमा चित्रण गरिएको छ । यो घटना प्रधान कथा हो । स्वयम् कथाकारले भोगेको कथा भएकोले र म पात्रकै केन्द्रीयतामा कथाले गति लिएको हुँदा परिधीय आन्तरिक दृष्टि विन्दुको समुचित प्रयोग गरिएको छ ।

३.४.१३.५ भाषाशैली
युद्घको एक रात कथाको भाषाशैली सरल र सहज छ । लेखकीय प्रवृत्ति अनुसार छोटा र सरल वाक्यहरूको अधिक प्रयोग गरिएको छ । पात्र अनुकूल बौद्धिक र तार्किक भाषाको प्रयोग पनि देखिन्छ । स्रष्टाले आफूले दुख भोगेको घटनालाई पाठकले बुझ्ने गरी सरल भाषा शैलीमा आफ्नो लेखकीय उद्देश्य पूरा हुने गरी लेख्नुपर्छ भन्ने सैद्धान्तिक तथ्यलाई लेखकले आत्मसात गरेका छन् । यो कथा अत्यन्तै सरल भाषाशैलीमा लेखिएको कथा हो । प्रकृतिको शब्द चित्रण, घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा सरल तथा मिठासपूर्ण गद्यभाषाको प्रयोग गरिएको छ । यस कथामा टिलपिल, टुकी, क्यानभास, पर्वत, नक्सा, तस्विर जस्ता बिम्बको प्रयोग गरिएको छ । कथामा ठेट नेपाली शब्दको प्रयोग गरिएको छ । कथाको शीर्षक युद्घको एक रात अभिधात्मक रहेको छ ।

३.४.१३.६ उद्देश्य
युद्घको एक रात गृहयुद्घको चपेटामा परेर पीडा बोक्ने सिपाहीको पीडाको कथा भएको छ । यस कथाले आफ्नै दाजुभाइसँगको युद्घ एकदमै मार्मिक र पीडादायक हुन्छ भन्ने सन्देश दिएको छ । हाम्रो मुलुक आज आतंक, गृहयुद्घको पीडाले रन्थनिदा रन्थनिदैँ संवेदनशून्य मुढो, नपुङ्सक बनिसकेको छ । जनता हत्या, हिंसा, मारकाट, लुटपाट र बलात्कारको पीडा सहँदा सहँदा अब त्यसबाट मुक्तिका लागि संघर्ष गरिरहेका संवेलनशील जनताको गहिरो संवेदनशीलतालाई कथाको माध्यमबाट प्रस्तुत गर्न कथाको मूल उद्देश्य रहेको छ । दशांैं वर्षदेखि हाम्रो मुलुकमा हत्या, हिंसा, लुट र बलात्कारका यति असङ्ख्य घटनाहरू भएका छन् । तिनमा हाम्रो संवेदना जगाउन सक्ने, हाम्रो नपुंसक निद्रा बिउँझाउन सक्ने शक्ति नै विलुप्त भैसकेको छ । हामी मानिस नरहेर एउटा ढुङ्गो, एउटा मुढो भइसकेका छौं । त्यसैले केही दशक अघिसम्म एउटा फट्याङ्ग्रो मर्दा वा एउटा व्याधाले गुलेलीले सानो चरो मर्दा कहालिने हाम्रो मुटु भटाभट आँखासामु मान्छेको लास गिर्दा, रगतको खोलो बग्दा पनि किञ्चित हल्लिँदैन भन्ने दृष्टान्त प्रस्तुत गर्नु कथाको मुख्य उद्देश्य रहेको छ ।

३.४.१४ द्रास्को बिच र समाधि कथाको विश्लेषण
३.४.१४.१ कथानक
दास्को बिच र समाधि विदेशी पृष्ठभूमिमा लेखिएको कथा हो । यस कथाले स्पियन जीवनशैलीको सफल चित्रण गरेको छ । कथाकारले यसमा युरोपियन सभ्यताभन्दा आफ्नै देशको संस्कृति र परम्परा उच्च देखाउने प्रयास गरेका छन् । सुन्दर यौवन बाँचेर कुरूप मृत्यु मर्न विवश युरोपका बूढापाकाहरूको दयनीय अवस्थालाई कथाले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । यस कथाको कथानक यस्तो छ–
द्रास्कोबिच अन्नाको चिहानमा घोप्टो परेर निकैबेर रून्छ । उसको श्रीमतीको मृत्यु भएको १० वर्ष भएछ । उसले मुखबाट आवाज निकाल्दै अन्नासँग विताएका रमाइला दिनहरूलाई सम्झन्छ र आफ्नो अहिलेको अवस्थाको भावविह्वल हुँदै वर्णन गर्छ । ऊ अहिले दारूवार सेन्टरमा रक्सी पियर दिन बिताउने गर्छ, द्रास्कोबिच रोएको मैले यो भन्दा अघि कहिल्यै देखेको हुँदैन । ऊ जीवनप्रति नै उदास भएको छ । उसको अगाडि बसेर म मेरो बृद्ध बुवा आमालाई सम्झन्छु । विपन्न भए पनि बुहारीले पकाएको खान पाएका छन्, छोराछोरीसँगै छन्, द्रास्कोबिच भन्दा भाग्यमानी सम्झन्छु मेरो बुवा आमालाई । द्रास्कोबिचसँग पुस्ता पुग्ने सम्पत्ति छ, महल छ, गाडी छ तर पनि ऊ सुखी र खुसी हुँदैन । उसका छोराछोरी साथमा हुदैनन् । हुन त युरोपियन समाज नै त्यस्तै छ । हिजो उसले पनि आफू वालिग भएपछि अन्नालाई लिएर उसले बावु आमालाई छोडेर हिडेको थियो । आज उसलाई पनि उसका छोराछोरीले छोडेर हिडेका छन् । म पात्रसँग उसको सेन्टर बारमा पहिलोपल्ट भेट भएको हुन्छ । म उसको घरमा बेलाबेलामा गैरहन्छु र ऊ निकै खुशी हुन्छ । द्रास्कोबिच मलाई तिम्रा बा–आमा कति खुसी रहेछन्, तिमीलाई कति माया रहेछ आमा बाबा प्रति भन्दै यहाँका छोराछोरी बूढापाकाका कुरा सुन्दैनन्, उनीहरूको जीवननै डिस्को र बारमा गई पिउने खाने हो भनी मलाई सुनाउँछ । ऊ आफ्नो लाश उठाउने मान्छे नहुने भन्दै मरेपछि प्यारी अन्नासँग बस्न चाहान्छु भन्छ । म आफ्नो कोठामा बसेर द्रास्कोबिचलाई सम्झिरहन्छु । द्रास्कोबिचको स्वर मेरो कानमा गुञ्जी रहन्छ यो सहरमा मेरो लाश उठाउने कोही हुने छैनन् र कथाको अन्त्य हुन्छ । यसरी आदि, मध्य र अन्त्यको श्रृङ्खलामा संरचित यस कथाको कथानक रैखिक रहेको छ ।

३.४.१४.२ पात्र र चरित्रचित्रण
द्रास्कोबिच र समाधि छोटो आयामको कथा हो र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको शीर्ष पात्र द्रास्कोबिच र म स्वयम् लेखक हुन् । द्रास्कोबिचको यस कथामा युरोपियन समाजमा बूढो भएपछिको अवस्थाको चरित्र रहेको छ । सुन्दर यौवन बाँचेर कुरूप मृत्यु मर्न विवश युरोपका बूढापाकाहरूको चरित्र चित्रण द्रास्कोविच रहेको छ । उसको युरोपियन जीवनशैलीको सफल चित्रण गरेको छ । युरोपियन समाजमा सुन्दर यौवन हुन्जेल सबै हुने तर बूढो भएपछि कोही पनि नहुने कटु यथार्थलाई सम्पूर्ण युरोपियन बूढापाकाहरूको केन्द्रीय प्रतिनिधि पात्रको रूपमा द्रास्कोबिचको चरित्र चित्रण रहेको छ । यस कथाको म पात्र अनुकूल पात्र रहेको छ । म पात्रको नेपालप्रति माया भएको आफ्नै देशको परम्परा र संस्कृति मन पराउने चरित्र रहेको छ । युरोपियन विकसित मुलुकमा बसे पनि आफ्नो राष्ट्र र परिवार सम्झिरहने म पात्रको चरित्र रहेको छ । अन्ना यस कथाकी सहायक पात्र हुन् । उनको मृत्यु भैसकेको पात्रको रूपमा चरित्र रहेको छ । द्रास्कोबिचका छोराछोरी सन्डेमार्केटमा भेटिएका बूढापाकाहरू गौण पात्रहरू हुन् ।

३.४.१४.३ परिवेश
यस कथाको परिवेश पूर्णतया युरोपियन समाजको रहेको छ । द्रास्कोबिच र समाधि कथाले सुन्दर यौवन बाँचेर कुरूप मृत्यु मर्न विवश युरोपमा बूढापाकाहरूको व्यथालाई मूल परिवेश बनाएको छ । अहिलेको विकसितकालीन समयमा युरोपमा बूढापाकाहरूको समस्या बढिरहेको यथार्थलाई कथाले प्रस्तुत गरेको छ । द्रास्कोबिच सम्पन्न भए पनि उमेर ढल्किदैँ जाँदा उसँग छोराछोरी पनि उसँग भेट्न नआउने र अन्त्यमा उसको लाश उठाउने मान्छे पनि नहुने यथार्थलाई कथाले देखाएको छ । कथाले युरोपियन समाज विकसित भए पनि त्यस राष्ट्रका बूढापाकाहरूलाई राज्यले केही दिन नसकेको र राज्यले केही व्यवस्था नगरे यो समस्या झन् विकराल हुने परिस्थतिलाई कथाले परिवेश बनाएको छ ।

३.४.१४.४ दृष्टि विन्दु
द्रास्कोबिच र समाधि कथामा बाह्य दृष्टि विन्दुको र आन्तरिक दुवै दृष्टि विन्दुको प्रयोग गरिएको छ । द्रास्कोबिच अर्थात् ऊ पात्रको माध्यमबाट तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ भने म पात्रको सँगसँगै प्रयोगले प्रथमपुरुष आन्तरिक दृष्टि विन्दुको प्रयोग गरिएको छ । यो कथा घटना प्रधान कथा हो । अन्य कथामा जस्तै यस कथमा पनि पात्र र घटनाका सबै कुरालाई कथाकारले आफैँले देखेजस्तो र भोगेजस्तो वर्णन गर्दै आफ्नो नियन्त्रणमा लिएर आन्तरिक दृष्टि विन्दुको प्रयोग गरेका छन् ।

३.४.१४.५ भाषाशैली
सरल र सुबोध भाषाशैली रूचाउने कथाकार राजुबावु श्रेष्ठले द्रास्कोबिच र समाधि कथामा पनि सरल, सहज, सबोध र सुललित भाषाशैलीको प्रयोग गरेका छन् । कथामा घटनाको विस्तार पात्रको मनोगत अवस्थाको चित्रण संवादको प्रस्तुतिमा सरल सहज भाषाशैलीको प्रयोग गरिएको छ । कथामा क्लिष्ट, दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पाइँदैन । कथाको घटनाक्रमलाई कथयिताले स्तरीय र तार्किक भाषाशैलीको प्रयोग गरेका छन् । सम्पन्नता मात्र मानिसको साहारा बन्न सक्दो रहेनछ, उसको सम्पन्नताले खोइ त उसको बूढेसकाललाई सहारा दिन सकेको, उसको देशको वैभवले खै त उसलाई मायाको ओत दिन सकेको यो सहरमा मेरो लाश उठाउने मान्छे कोही हुने छैन जस्ता तार्किक शब्दको प्रयोग गरिएको छ । कथामा जिउनु नै पिउनु भएको छ जस्तो उखानको प्रयोग भएको छ । कथाको शीर्षक द्रास्कोबिच र समाधि अभिधात्मक रहेको छ ।

३.४.१४.६ उद्देश्य
द्रास्कोबिच र समाधि श्रेष्ठले के विषयमा लेख्ने भन्दा पनि कसका लागि र कुन उद्देश्यले लेख्ने भन्ने कुरा बढी महŒवपुर्ण हुन्छ भन्ने मान्यता राख्ने कथाकार राजुबावुु श्रेष्ठको यथार्थवादी साहित्य कै दृष्टान्त हो । यस कथाले युरोपियन जीवनशैलीको सफल चित्रण गरेको छ । सुन्दर यौवन बाँचेर कुरूप मृत्यु मर्न विवश युरोपका बूढापाकाहरूको दयनीय अवस्थालाई देखाउनु यस कथाको मुख्य उद्देश्य रहेको छ । कथाकारले युरोपियन सभ्यता भन्दा आफ्नै देशको संस्कृति र परम्परा उच्च देखाउने प्रयास गरेका छन् । देशको वैभवले मान्छेलाई सहारा दिन सक्दैन उसलाई मान्छेकै सहारा चाहिन्छ भन्ने दृष्टान्त कथाको माध्यमबाट प्रस्तुत गरिएको छ । अहिलेको विकसित राष्ट्र युरोपमा बूढापाकाहरूको समस्या बढिरहेको, उनीहरूले कुरूप जीवन बाँच्न वाध्य भएको समयमा राज्यले त्यसलाई तुरून्त सम्बोधन नगरे झन् बूढाबूढीहरू जीउँदै मर्न विवश हुनुपर्ने दृष्टान्त प्रस्तुत गर्नु कथाको मुख्य उद्देश्य रहेको छ ।

३.४.१५ फरक बाटो कथाको विश्लेषण
३.४.१५.१ कथानक
फरक बाटो कथाले कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी, कमिसनतन्त्रका सामु इमान्दार कर्मचारीले भोग्नुपर्ने नियति पुष्टि गरिएको छ । यस कथामा सामाजिक विसङ्गति र विकृतिप्रति खोइरो खनिएको छ । यस देशको राज्य संचालन परिपाटीमा भ्रष्टाचारहरूद्धारा इमान्दार राष्ट्रसेवकको कसरी खिल्ली उडाइन्छ र उसलाई कसरी मानसिक पीडा दिइन्छ भन्ने कुराको ज्वलन्त दृष्टान्त प्रस्तुत गरेको छ । कथाको कथानक यस्तो छ –
प्रियाले सिंहदरबारतिर जाँदै गरेको सुकुमारलाई अधिकृत पनि पैदलै भन्छिन् । प्रश्नले फिस्स हाँसेर उसले टा¥यो । प्रियाले म गाडीमा अफिससम्म पु¥यादिन्छु भन्छे । ठीकै छ हतार छैन भन्ने जवाफ उसले दिन्छ । उसलाई धेरै पटक यस्ता शब्द उनले प्रयोग गरेकी हुन्छिन् । प्रियाको व्यवहारले ऊ कहिल्यै विचलित हुदैँन, अझ भनौं ऊ प्रियाको कहिल्यै विरोधी भएन । उसको मनमा प्रियाकै कुरा खेलिरहन्छ । प्रिया आफूभन्दा सम्पन्न, राम्री पढेकी भएकोले त आफूले विवाह अस्वीकार गरेको सम्झन्छ । अधिकृत हुँदैमा कसरी गाडी चढ्ने कि भ्रष्टचारै गर्नुप¥यो । अधिकृतको तलबले परिवार पाल्न हुने कुरा सम्झन्छ । प्रियाले उसलाई कहिल्यै इमान्दारी नबेच्नु भनेकी थिइन र उसले अहिलेसम्म इमान्दारी पनि बेचेको हँुदैन । क्याम्पस जीवनमा एउटा निकट र अविस्मरणी सहयोगी प्रियालाई पाएको थियो उसले । अब त अधिकृत भयौ, आफ्नो स्वाभिमान कहिल्यै नबेच, सुविधाका लागि सम्झौता कहिल्यै नगर भनेर सबैभन्दा पहिला प्रियाले उसलाई भनेकी थिइन् । उसले गाउँ गई पवित्रासँग विवाह गरेर आउँछ । बिहे गरेर फर्केपछि पहिलोपल्ट उसले प्रियालाई न्युरोडमा भेटेको हुन्छ । उनले आँखाबाट अविरल आँसु खसाली रहिन्, उनको आँसु रोकिँदँ रोकिँदैन । प्रियाको यस अवस्थाले ऊ छाँगाबाट खसेजस्तो हुन्छ । ऊ आफ्नो अपराध बोध गर्न माफी माग्न प्रियाको घर पुग्छ तर त्यहाँ गाडी र मान्छे कोही देख्दैन । गेट पालेले प्रियालाई नेपाल बस्न मन नलागेर अब अमेरिका बस्नुहुन्छ अरे, साहेब हजुरहरू सबै एयरपोर्ट छाड्न जानु भएको छ भन्ने खबर दिन्छ । मेरो जीवन रहेसम्म इमानदार र स्वाभिमानी भई बाँच्नेछु सुविधाको लागि कसैसँग सम्झौता गर्ने छैन, प्रिया मलाई माफ गर भन्दै उसले घर अगाडिको बाटो हे¥यो, जुन बाटो ऊ आएको थियो र कथाको अन्त्य हुन्छ ।

३.४.१५.२ पात्र र चरित्र चित्रण
फरक बाटो कथा छोटो आयामको कथा हो । यस कथामा थोरै पात्रको प्रयोग गरिएको छ । कथाको प्रतिनिधि पात्र सुकुमार र प्रिया हुन् । सुकुमारले एउटा अधिकृतको पीडाबोधको चरित्र प्रस्तुत गरेको छ । प्रिया यस कथाकी मुख्य महिला पात्र हुन् । प्रियाले कुलीन परिवारको छोरीको चरित्र अङ्गालेकी छ । यस कथामा कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी, कमिसनतन्त्रका सामु इमान्दार कर्मचारीले भोग्नुपर्ने नियति, सम्पूर्ण इमानदार कर्मचारीको प्रतिनिधि पात्रको रूपमा सुकुमारको चरित्र रहेको छ । यो कथाले कर्मचारीतन्त्रमा रहेको भ्रष्टचारलाई नाङ्गेझार पारेको छ । अधिकृत भएर पनि परिवार पाल्न धौ धौ भएको र पैसाको लागि आफ्नो स्वाभिमान कहिल्यै नबेच्ने इमानदार कर्मचारीको रूपमा सुकुमारको चरित्र रहेको छ । प्रिया सुरूमा अनुकूल पात्र भए पनि पछि प्रतिकूल पात्र बनेकी छन् । सुरूमा पैसाको लागि आफ्नो इमान कहिल्यै नबेच भन्ने प्रिया पछि भ्रष्टाचारको लागि उक्साउने प्रतिकूल पात्रको रूपमा उनको चरित्र रहेको छ । आफ्नो उद्देश्य पूरा नभएपछि विदेसिने पात्रको चरित्र प्रियाको रहेको छ । यस कथाको पवित्रा सहायक पात्र हुन् भने गेटपाले, साहेब हजुर गौण पात्र हुन् ।

३.४.१५.३ परिवेश
फरक बाटो कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी, कमिसनतन्त्रका सामु इमानदार कर्मचारीले भोग्नुुपर्ने नियतिलाई कथाले परिवेश बनाएको छ । यो कथा काठमाडौंको सेरोफेरोमा केन्द्रित रहेको छ । यस कथाले सहरिया जीवनशैलीको चित्रण गरेको छ । कथाले सिंहदरबार, दरबारमार्ग, न्युरोड, सुकुमारको कोठा, प्रियाको घर, एयरपोर्टलाई परिवेश बनाएको छ । यस कथाले कर्मचारीतन्त्रमा रहेको घुसखोरीको प्रवृत्तिलाई नाङ्गेझार पारेको छ । राज्य संचालन परिपाटीमा इमानदार राष्ट्रसेवकको कसरी खिल्ली उडाइन्छ, उसलाई कसरी मानसिक पीडा दिइन्छ भन्ने दृष्टान्तलाई कथाले परिवेश बनाएको छ ।

३.४.१५.४ दृष्टि विन्दु
दृष्टि विन्दु कथाको श्रेष्ठता वा उत्कृष्टताको मापक हो । कथात्मक दृष्टि विन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाइ हो (श्रेष्ठ, २०६०ः१०) । कथाकार राजुबावु श्रेष्ठद्वारा रचित फरक बाटो कथामा वाह्य तृतीय पुरुष दृष्टि विन्दुको प्रयोग गरिएको छ । तृतीय पुरुष दृष्टि विन्दुको वर्णनात्मक शैलीमा सुकुमार र प्रियाको वृतान्तबाट कथाको उठान गरिएको छ । थोरै पात्रको प्रयोग भएको हुँदा स्वभाविक रूपमा थोरै संवाद रहेको पाइन्छ । कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिदैँ तृतीय पुरुष बाह्य दृष्टि विन्दुको प्रयोग गरिएको छ ।

३.४.१५.५ भाषाशैली
कथाकार राजुबावु श्रेष्ठको प्रस्तुतिमा सरलता छ जुन कथाको विशेषताकै रूपमा रहेको छ । श्रेष्ठको फरक बाटो कथाको भाषाशैली बोधगम्य सरल र रूचिकर रहेको छ । कथामा घटनाको विस्तार पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा क्लिष्ट दुर्बोध्य भाषाशैलीको प्रयोग कतै पाइँदैन । कथामा सरल तथा मिठासपूर्ण गद्यभाषाको प्रयोग गरिएको छ । कथामा ठेट नेपाली शब्दको प्रयोग गरिएको छ । कथाको घटनाक्रमलाई कथयिताले स्तरीय र तार्किक बनाउन स्वाभिमान कहिल्यै नबेच, सुविधाको लागि सम्झौता नगर, मैले तिम्रो सम्पन्नतासँग लोभिएर सम्झौता गर्न डराएँ, आफ्नो पसिनाको कमाइ खोजँे, तिम्रो बावुको सम्पत्तिमा आफ्नो स्वाभिमान गुम्ने डर देखेँ, त्यसैले तिम्रो अगाडि पर्न डराएँ जस्ता शब्दको प्रयोग गरिएको छ । कथामा उखान टुक्काको खासै प्रयोग गरिएको छैन । कथाको शीर्षक फरक बाटो प्रतीकात्मक रहेको छ ।

३.४.१५.६ उद्देश्य
फरक बाटो स्रष्टाले के विषयमा लेख्ने भन्दा पनि कसका लागि र कुन उद्देश्यले लेख्ने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ भन्ने मान्यता राख्ने कथाकार राजुबावु श्रेष्ठको यथार्थवादी साहित्यकै दृष्टान्त हो । यस कथाले कर्मचारीतन्त्रमा रहेको भ्रष्टचारी प्रवृत्तिलाई नाङ्गोझार गरेको छ । कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी, कमिसतन्त्रका सामु इमानदार कर्मचारीले भोग्नुपर्ने नियतिलाई प्रस्तुत गर्नु कथाको उद्देश्य रहेको छ । देशको राज्य संचालन परिपाटीमा भ्रष्टहरूद्वारा इमानदार राष्ट्रसेवकको कसरी खिल्ली उडाइन्छ र उसलाई कसरी मानसिक पीडा दिइन्छ भन्ने कुराको ज्वलन्त दृष्टान्त बनेर कर्मचारीतन्त्र व्यवस्थाको संचालन पद्धतिलाई नाङ्गोझार पार्नु कथाको मुख्य उद्देश्य रहेको छ । यस कथामा सामाजिक विकृति र विसङ्गतिप्रति खोइरो खनिएको छ । यस कथामा कथाकारले समाजका विभिन्न पक्षहरूमा घुसेर रहेका गुण–दोषलाई पाठक समक्ष प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

निष्कर्ष ः
राजुबाबु श्रेष्ठ नेपाली साहित्यको बहुविधामा कलम चलाउने स्रष्टा हुन् । मारिनोसेलोको जून (२०६३) उनको पहिलो कथा सङ्ग्रह हो । १५ वटा कथाहरू समावेश गरी लेखिएको यस सङ्ग्रहका कथाहरूमा केही देश भित्रकै केही देश बाहिरका कथाहरू रहेका छन् । धेरै जसो कथाहरूमा प्रेमको विभिन्न किसिमको चित्रण पाइन्छ । अन्य विषयका कथाका तुलनामा प्रेमका कथाहरूमा कथाकारले बढी सफलता पाएका छन् । आफ्नै देश भित्रका कथाहरूमा काथाकारले समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुण दोषलाई पाठक समक्ष प्रस्तुत गरेका छन् । विदेशी भूमिमा लेखिएका कथाहरूमा क्रोसिया, सर्विया, वोस्निया, इराक लगायतका राष्ट्रमा चलेका गृहयुद्घ, विभाजन युद्घको पृष्ठभूमिमा रचिएका अत्यन्त मार्मिक संवेदनशील कथाहरू छन् । कथामा क्रोसियन तथा सर्बियन भाषाका आगन्तुक शब्द र सरल भाषाशैलीले मारिनोसेलोको जून कथा सङ्ग्रहलाई विशिष्ट बनाएको छ । केही कथाहरूमा नेपाली चित्र दुरूस्त उतारिएको छ । विकसित मुलुकहरूका मानवीय व्यवहारबाट प्रभावित भएका श्रेष्ठ देशभक्ति, मानवीय जीवन, धनी र गरिब बीचको खाल्डो, युद्घ रहित समाजको अपेक्षा, भ्रष्टाचार, घुसखोरी जस्ता प्रवृत्तिमाथि कथाका माध्यमबाट तीव्र आक्रोश पोखेका छन् । कथा साहित्यिक अभिव्यक्तिको सबैभन्दा सरल र प्रभावकारी माध्यम हो भन्ने धारण राख्ने कथाकार श्रेष्ठले आफ्ना सबै कथामा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरेका छन् । सबै कथाहरू शिल्प र शैलीको नबीनतम प्रयोग र प्रस्तुतिका हिसाबले स्मरणीय रहेका छन् । उनका कथाहरूले आधुनिक जीवनशैलीमा भित्रिएको आडम्बरी र घट्दो मानवीय चरित्रमाथि मर्मस्पर्शी तबरले गहिरो प्रहार गरेका छन् । कथाहरूमा ठेट नेपाली शब्दहरूको प्रयोग गरी कथालाई रोचक तथा प्रभावकारी बनाइएको छ । कथाहरूमा तत्सम्, तत्भव शब्दको प्रयोग धेरै नभएकोले कथाहरू सरल छन् जटिल छैनन् । कथाहरूमा उखान टुक्का, निपातको कम प्रयोगले कथाहरू सरल छन् । कथावस्तु र शीर्षक बीच सोझो सम्बन्ध रहेको छ । केही कथाहरूको शीर्षक प्रतीकात्मक भए पनि कथावस्तु बुझ्न कुनै कठिनाइ पर्दैन । विभिन्न १५ वटा कथाहरू मार्फत् राजुबाबुले राष्ट्रिय भूगोल मात्र हैन, अन्तर्राष्ट्रिय परिस्थितिका अन्तरवस्तु मिहिनरूपमा केलाउने प्रयास गरेका छन् । यो कथाकृति वास्तवमै समाजको सजीव तस्विर भएर प्रस्तुत भएको छ ।


परिच्छेद चार
कथाकार राजुबाबु श्रेष्ठका कथागत प्रवृत्तिको अध्ययन

४.१ परिचय
कथाकार राजुबाबु श्रेष्ठ (वि.सं.२०२५) युद्घ कथाकारको रूपमा उदाएका छन् । उनको कथा सङ्ग्रह मारिनोसेलोको जून (२०६३) भित्र १५ वटा कथाहरू रहेका छन् । कथाहरू स्वदेश भित्रका र बाहिरी देशका (इराक, क्रोसिया, सर्विया र वोस्निया) रहेका छन् । मूलतः मारिनोसेलोको जून , युद्घजन्य कष्ट, आतंक त्रासदीको कथा संगालो हो । प्रायः कथाहरू विदेशी पृष्ठभूमिका रहेका छन् । तर कथाहरूको विषय त्यसले उठाएका सन्दर्भहरू भने नेपाली परिवेशसँग पनि उत्तिकै सामञ्जस्य राख्दछन् । केही कथाहरूमा नेपाली समाजको चित्र दुरूस्त उतारिएको छ । सामाजिक, सांस्कृतिक विकृति, भ्रष्टाचार जस्ता पक्षहरू कथामा रहेका छन् । मूलत राजुबाबु श्रेष्ठ यथार्थवादी कथाकार हुन् । उनका कथामा यथार्थवादभित्रका मानवतावाद, देशप्रेम, प्रकृति चित्रण जस्ता पक्षहरू जुर्मुराएका छन् । मारिनोसेलोको जून कथा सङ्ग्रह भित्र विभिन्न पक्षहरू रहेकाले उनको कथा सङ्ग्रह मारिनोसेलोको जून को अध्ययन विश्लेषण पछि श्रेष्ठका कथागत प्रवृत्तिहरू निम्नलिखित रूपमा निक्र्योल गर्न सकिन्छ ।

४.१.१ मानवीय प्रेम र पीडाको प्रस्तुति
मारिनोसेलोको जून राजुबाबु श्रेष्ठको पहिलो कथा सङ्ग्रह भए पनि उनी नेपाली साहित्य जगत्मा ख्याति प्राप्त साहित्यकारका रूपमा परिचित रहेका छन् । यस सङ्ग्रहका कथाहरू पढ्दा उनमा एक सफल कथाकारको सम्भावना स्पष्ट देखिएको छ । सही मूल्याङ्कन गर्दा अधिकांश कथाहरू राम्रा छन् । मार्मिकक र समस्यामूलक छन् । उनले समाजका केही अमिल्दा कुराको चित्रण पनि कुशलतापूर्वक गरेका छन् ।
धेरै जसो कथाहरूमा अन्य वा बाह्य पृष्ठभूमिमा भएका प्रेमको विभिन्न किसिमको चित्रण पाइन्छ । अन्य विषयका कथाका तुलनामा प्रेमका कथाहरूमा कथाकारले बढी सफलता पाएका छन् । प्रेम, मानवीय भावना चरित्रको प्रस्तुति राम्रो छ । मृत्युको जन्मदिन, गृहयुद्घको घाउ, मारिनोसेलोको जून , द्रास्कोबिच र समाधि कथाहरूले प्रेम र मानवताको गीत सुरमा गाइरहेका छन्, प्रभावकारी रूपमा । यिनमा मानवीय पीडाको बोध पनि छ । कथामा प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान गरिएको छ । अशान्ति, युद्घ, द्वन्द्व, गरिबी, प्रेमको आदर्श तथा मानवीय संवेदनाका कथाहरू सङ्कलित मारिनोसेलोको जून मा प्रायः कथाहरू विदेशी पृष्ठभूमिका छन् । तर कथाहरूको विषय त्यसले उठाएका सन्दर्भहरू भने नेपाली परिवेशसँग पनि उत्तिकै सामञ्जस्य राख्छन् । यसरी श्रेष्ठका यस कथा सङ्ग्रहमा भएका कथाहरूमा धेरैजसो मानवीयप्रेम र पीडाको प्रस्तुति रहेको पाइन्छ ।

४.१.२ मानवतावादी भावनाको प्रस्तुति
कविता लेखनबाट कथातिर हात हालेका राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून (२०६३) सङ्ग्रहका कथामा युद्घपीडित अनेक मानवीय वा मानवतावादी पक्षहरू उजागर भएका छन् । मानवतावादी संवेदनाले भरिएका, सामाजिक यर्थाथमा टेकेर वर्तमान युगका मानवजातिले निम्त्याएका हत्या, हिंसा, जातीय युद्घ, संस्कृतिमा भएका विसंगतिहरू, माया–प्रेम र प्रणय, दानवीय प्रवृत्तिको निम्त्याएका विस्थापितहरूको पीडा कथामा समेटिएको छ । आज हाम्रो देश संवेदनहीन भइसकेको छ । हामीलाई आज कुनै पनि किसिमका घटना, समाचार वा दृश्यले छुन छाडेको छ । हाम्रो सामु एउटा नारीको अस्मिता लुटिन्छ, उज्यालैमा व्यस्त बजारको माझ सयौं आँखाको सामु एउटा मानिस कुनै व्यक्ति अथवा समूहको गोलीले भुटिन्छ, खुकुरीले काटिन्छ, एउटा बालक वा बालिकाको अपहरण हुन्छ, एउटी नारी, एउटी युवतीको बलात्कार हुन्छ तर हाम्रो मस्तिष्क आन्दोलित हुँदैन, हाम्रो मुटुमा संवेदना जाग्दैन, मानौं केही नहुनुपर्ने कुरा भएकै छैन, कुनै देख्नै नसकिने कुरा देखिएकै छैन भन्दै मानवतावादी भावनाको टड्कारो आवाज प्रस्तुत गरेका छन् श्रेष्ठले । हामी मानिस नरहेर ढुङ्गो, एउटा मूढो भइसकेका छौं । त्यसैले केही दशक अघिसम्म एउटा फट्याङ्ग्रो मार्दा वा एउटा व्याधाले गुलेलीले सानो चरो मार्दा कहाल्लिने हाम्रो मुटु भटाभट आँखा सामु मान्छेको लाश गिर्दा, रगतको खोला बग्दा पनि किञ्चित हल्लिदैन । किनभने प्राणीको कष्ट, पीडामाथि संवेद्य हुने मान्छेको मुटु चाहिन्छ, आज हामीभित्रको मानवीय मुटु मरिसकेको छ । त्यसैले आफ्नो बाहेक अरू कसैको पनि पीडा, व्यथा र वेदनाले हाम्रो संवेदनालाई उकास्न सक्तैन ।
यसरी हामी समाजमा बढ्दो अराजक, हिंसा, हत्या, बलात्कार र लुटका प्रवृत्तिले गर्दा मानवतावाद नै हराइसकेको अवस्थामा छौँ । यसैले हामीमा मानिसको मुटु मरेर हिंस्रक पशुको दाह्रा पलाउन थालेको छ । अब हामीमा मरिसकेको मानवतावादी भावना जगाउनका लागि बाँकी छ भने त्यो साहित्य कला नै हो र त्यसका सम्वाहक कलाकर्मी र साहित्यकर्मी नै हुन सक्छन् भन्दै आफ्ना कथाका माध्यमबाट मानवतावादी भावनाको टङ्कारो खाँचो श्रेष्ठले औँल्याएका छन् ।

४.१.३ देशप्रेमको प्रस्तुति
कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून (२०६३) कथा सङ्ग्रहमा १५ वटा कथाहरू रहेका छन् । धेरै कथामा युद्घको परिणति र मानवीय संवेदनाको सूक्ष्म विश्लेषण गरिएको छ । कथामा राष्ट्रियता, प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान भएका छन् । कथामा प्रेमलाई ओझेल पारेर राष्ट्रियताको जीत देखाउनु नौलो प्रयोग हो । स्वदेशका तथा विदेशका कथामा श्रेष्ठले देशप्रेमलाई महŒव दिएका छन् । मेरो देशको लागि मैले मेरो प्रेमको बली चढाउने निधो गरेको छु, बिन्ती क्रिस मलाई माफ गर (मृत्युको जन्मदिन÷२९) । देशप्रेमलाई पुट दिन कथाकारले अभौतिक प्रेममा जोड दिएका छन् । विदेशी भूमिमा लेखिएका कथाहरूले त्यस्तै सङ्केत गरेका छन् । भौतिक प्रेममा त्याग र समर्पण छैन । दारियो । म तिमीलाई सवैभन्दा बढी माया गर्छु तर पनि तिम्रो यहाँ बस्ने अनुरोध स्विकार्न सक्दिन । मलाई क्षमा गर ल मारिनोसेलोको जून, ३ । यसरी कथाकारले प्रेमलाई ओझेल पारेर देश प्रेमलाई महŒव दिएका छन् । कठै………मेरो देश कथाले आज आफ्नै देशको जुन दुर्दशा भइरहेछ, त्यसको मूलमा धमिराझैँ रहेर प्रत्यक्ष परोक्ष भूमिका खेल्ने दुष्ट प्रवृत्तिको संवाहकलाई पनि निर्वस्त्र तुल्याउने चेष्टा गरेको छ । मेरो आँखामा मेरो देशको निरिहपन र अँध्यारो भविष्य नाँचिरहेछ । कठै……………मेरो देश । मलाई मेरो देशको औधी माया लागेर आएको छ ।
(कठै……………मेरो देश, २१) । मारिनोसेलोको जून सङ्ग्रहमा संग्रहित विदेशी पृष्ठभूमिमा लेखिएका कथाहरू मारिनोसेलोको जून , मृत्युको जन्मदिन, गृहयुद्घको घाउ, मेरी सान्या, द्रास्कोचिब र समाधि, क्रोसिया र सर्बिया अनि इराकी भूमिमा चलेका गृहयुद्घ, विभाजन युद्घको पृष्ठभूमिमा रचिएका अत्यन्त मार्मिक संवेदनशील कथाहरू छन् । यी सम्पूर्ण कथाहरूमा कथाकारले प्रेम, पीडा, हत्या जस्ता पक्षहरूलाई ओझेलमा पारेर राष्ट्रियता तथा देशप्रेमको भावनालाई प्राथमिकता दिएका छन् । स्वदेश भित्रकै कथाहरूमा कठै……………मेरो देश, युद्घको एकरात, फरक बाटो, सुनन्दाको सम्मान कथाहरू मार्फत् सामाजिक, राजनीतिक प्रशासनिक, आर्थिक विसंगतिहरूको उल्लेख गर्दै देशप्रेमको तथा राष्ट्रियताको वकालत गरिएको छ । अशान्ति, युद्घ, द्वन्द्व, गरिबी, प्रेमको आदर्श तथा मानवीय संवेदनाका पक्षहरूसँगसँगै कथाकारले देशप्रेमको पक्षलाई निकै उजागर गरेका छन् ।

४.१.४ युद्घको सेरोफेरोको प्रस्तुति
कथाकार राजुबाबु श्रेष्ठ युद्घको कथाकार को नयाँ भूमिकामा उदाएका छन् मारिनोसेलोको जून मार्फत् स्वदेशी र विदेशी परिवेशका १५ वटा फुटकर कथा समेटिएको मारिनोसेलोको जून खासमा युद्घजन्य कष्ट, आतंक र त्रासदीको कथा संगालो हो । एक दशक अघिसम्म नेपालमा युद्घ कथाको वर्चस्व थिएन । तिनलाई अलग दृष्टि दिने प्रयत्न पनि भएन । माओवादीको नेतृत्वमा सशस्त्र विद्रोह सुरू भएपछि यसलाई बेग्लै कोणबाट हेर्न थालिएको हो । कथाकार राजुबाबु श्रेष्ठले आन्तरिक जातीय या अरू विभिन्न नामका मानवताविद्वेषी द्वन्द्वमा पिल्सिएर विभाजित मनस्थितिमा रहेका विभिन्न मुलुकका घटना र परिवेशलाई नेपाली आख्यान साहित्यमा बलियो प्रवेश दिएका छन् । मारिनोसेलोको जून , मृत्युको जन्मदिन, गृहयुद्घको घाउ, मेरी सान्या, द्रास्कोबिच र समाधि विदेशी पृष्ठभूमिका कथाहरू हुन् । क्रोसिया–सर्विया, अमेरिका, इराक, बोस्निया र हर्जगोभिना विभाजनका कथा सायद नेपाली भाषामा लेखिएका थिएनन् । यी कथाले पाठकहरूलाई प्रशस्तै संवेदनशील बनाउँछन् । अप्रिय नियति भोगिरहेका पात्रहरूको विचलित अवस्थाले उद्वेलित गरिदिन्छ । पात्रहरू राष्ट्रियताका नाममा प्रेमको कठोर बलिदान गर्न पछि पर्दैनन् । त्यस्तै अन्धकार गन्तब्य र युद्घको एकरात कथाचाँहि नेपालकै सशस्त्र युद्घका आला तस्विर हुन् । मुलुक शान्ति प्रक्रियामा रहे पनि यी कथाहरू असान्दर्भिक भएका छैनन् । बरू अतीतलाई आत्मनिष्ठ समीक्षा गर्ने सामग्री बनेका छन् । कथाकार नजानिदो तबरले शान्ति, अहिंसा, सत्याग्रह जस्ता उदार शैलीका तर्कहरू चाँही गरिरहेका छन् । मुलुक द्वन्द्वको बाटोबाट गुज्रदाँ उनी स्वयम्ले पनि लडाइँको मोर्चा बेहोरेका थिए । बन्दुकहरू विभाजित थिए राज्य वा विद्रोहीको रूपमा । तर त्यसले दिने दुखाइ भने सधैँ उस्तै रह्यो । पेसाले प्रहरी सेवामा संलग्न डिएसपी राजुबाबुले कथा मार्फत् बन्दुकबाट निस्कने तिनै सार्वभौम पीडा खोतल्ने प्रयास गरेका छन् जहाँ युद्घले खोसेका प्रेम, सपना र जिजीविषाका करूण सन्दर्भहरू भेटिन्छन् आक्रमण सन्त्रास बीच चौकीमा बितेका चिसा रातहरू, इराक, क्रोसिया, सर्विया र वोस्निया अनि मृत्युले रजाइ गरिरहेका बस्तीमा कथाकारले संगत गरेका विभिन्न आत्माहरूले कथालाई शक्तिशाली बनाएका छन् ।
विभिन्न १५ वटा कथाहरू मार्फत राजुबाबुले राष्ट्रिय भूगोल मात्र होइन, अन्तर्राष्ट्रिय परिस्थितिका अन्तरवस्तु मिहिनरूपमा केलाउने प्रयास गरेका छन् । अधिकांश कथाहरूका मूल पात्रहरूले सशस्त्र द्वन्द्वको पीडा अभिव्यक्त गर्दछ । सम्पूर्ण कथाहरू स्वदेशी तथा विदेशी युद्घको सेरोफेरोमा रहेका छन् ।

४.१.५ विकृति र विसङ्गतिप्रति आक्रोश
कथाकार राजुबाबु श्रेष्ठले सामाजिक, राजनीतिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक पक्षहरूमा भएको विकृतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । कथाकारले सामाजिक विसङ्गति र विकृतिप्रति खोइरो खनेका छन् । प्रेमा भाउजू, मैयाँ साहेबको रुड्डु लगायत कथामा समाजको चित्र दुरूस्त उतारिएको छ । कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी, कमिसनतन्त्रका सामु इमानदार कर्मचारीले भोग्नुपर्ने नियति पुष्टि गरिएको छ । देशमा हत्या, हिंसाका कारण गरिब जनताले भोग्नुपर्ने समस्यालाई कथामा उतारिएको छ । अँध्यारो गन्तव्य कथामा आफ्नै देश आतंकवाद यथार्थ राज्यआतंक र जङ्गल आतंक दुबै खाले आतंकको चपेटामा परेको संकेत छ । आफ्नो जन्मथलो बाटै विस्थापित हुन पुगेका वीरमान र मनसरी जस्ता पात्रका माध्यमबाट राजनीतिक विकृति र विसङ्गतिप्रति आक्रोश व्यक्त गरिएको छ । कथाकारले सामाजिक विकृतिको रूपमा रहेको पश्चिम नेपालको उच्च पहाडी भेगतिर बसोवास गर्ने तामाङ समुदायको भाउजू व्यहोर्ने सामाजिक परम्परालाई पेमा भाउजू कथाको माध्यमबाट देखाइएको छ । कथामा मुलुक भित्रैका जनजातिमाझ विद्यमान सांस्कृतिक पक्षका विकृति विसङ्गतिहरूलाई केलाइएको छ ।
समाजमा भ्रष्ट व्यक्तिहरूले राजनीतिक सम्मान पाउँछन् र उनीहरूकै बोलबाला रहन्छ भन्दै राजनीतिक विसङ्गतिको चित्रण सुनन्दाको सम्मान कथामा देखाउन खोजिएको छ । यसमा राजनीतिक विकृतिको गन्ध बोकेका व्यक्तिहरूले महिला हकहितको कुरा गरेर महिलामाथि अन्याय, अत्याचार गरिरहेको दृष्टान्त प्रस्तुत गरिएको छ । सामाजिक तथा सांस्कृतिक विकृतिको रूपमा रहेको हाम्रो समाजको अत्यन्त ठूलो र धार्मिक सांस्कृतिक महत्व बोकेको पवित्र र उल्लासमय सुखद चाड दसैंले पनि भागिन्ते पुन जस्ता देशका बहुसङ्ख्यक अकिन्चना जनताको घरबारै लुटेर कहिल्यै नपुरिने घाउ दिन्छ भन्दै त्यस्ता सांस्कृतिक विकृतिका रूपमा रहेका चाडहरूलाई समय सापेक्ष रूपमा लिनुपर्छ भनिएको छ । यसैगरी सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक तथा सांस्कृतिक पक्षमा लुकेर बसेका विकृति र विसङ्गतिहरूलाई हटाउनुपर्ने दृष्टान्त कथाकारले प्रस्तुत गरेका छन्।

४.१.६ विदेशी परिवेशको चित्रणका साथ कारूणिकताको प्रस्तुति
कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून (२०६३) मूलतः विदेशी परिवेशमा लेखिएको कथा सङ्ग्रह हो । प्रेमा भाउजू, कठै मेरो देश, प्रेम सर, मैयाँ साहेबको रुड्डु, सुनन्दाको सम्मान, युद्घको एकरात, फरकबाटो देश भित्रकै पृष्ठभूमि र यसै माटोमा जन्मे बढे हुर्केर त्यसैका गन्ध बोकेका पात्रहरूको कथा व्यथाको धरातलमा रचिएका कथा हुन् । यी बाहेक अरू सवै कथा युद्घ, पीडित विदेशी युद्घभूमिमा आधारित अत्यन्त मार्मिक तथा कारूणिक छन् । यसमा परेका यस्ता विदेशी पृष्ठभूमिमा रचिएका कथाहरू आफ्नै भूमिको परिवेशमा आफ्नै (नेपाली) समाजबाट लिइएका पात्रहरूका कथा व्यथाभन्दा बढी सशक्त, बढी मार्मिक र बढी संवेदनशील तथा कारूणिक रहेका छन् । इराक, क्रोसिया, सर्विया र बोस्नियाका बस्तीमा युद्घले सोत्तर बनाइएका उजाड बस्ती, अनि मृत्युले रजाइँ गरिरहेको बस्तीमा गृह युद्घका कारण विस्थापित हुनुपर्नेको कारूणिकताको चित्रण कथामा गरिएको छ । मारिनोसेलोको जून , मृत्युको जन्मदिन, गृहयुद्घको घाउ, मेरी सान्या, द्रास्कोबिच र समाधि क्रोसिया र सर्विया अनि इराकी भूमिमा चलेको गृहयुद्घ र विभाजन युद्घको पृष्ठभूमिमा रचिएका अत्यन्त मार्मिक, संवेदनशील कथाहरू हुन् । मारिनोसेलोको जून कथामा बोस्निया, हर्जगोभिनाका विभाजनकारी गृहयुद्घले क्रोसिया र सर्वियामा विभाजन गराउँदा एक अर्कासँग छुट्टिएर जान विवश तुल्याइएका दुई प्रेमीको कारूणिकतालाई देखाइएको छ । मृत्युको जन्मदिन कथामा अमेरिकनहरूले इराकमाथि गरेको आक्रमणको कारण विस्थापितहरूको कारूणिक क्रन्दन कथामा प्रस्तुत गरिएको छ । देशको विनाशले निम्त्याएका विस्थापितहरूको पीडा, मानवीय संवेदनाले भरिएका प्रसङ्गहरू कथामा प्रस्तुत छन् । सामाजिक यथार्थमा टेकेर वर्तमान युगका संस्कृतिमा भएका विसङ्गतिहरूद्धारा माया, प्रेम र प्रणय, दानवीय प्रवृत्तिका राजनीतिज्ञहरूद्धारा रचिएका ताण्डव नृत्यहरू, देशको विनाशले निम्त्याएका विस्थापितहरूको पीडा कारूणिक रूपमा कथामा देखाइएको छ । गृहयुद्घको घाउ कथा हाम्रै देशको यथार्थ पीडा बोकेको विदेशी कथा हो । यसले आफ्नै दाजुभाइसँगको युद्घ एकदमै मार्मिक र पीडादायक हुँदोरहेछ भन्दै विस्थापितहरूको जीवन मरणलाई कथामा देखाएको छ । यसरी विदेशी भूमिमा लेखिएका सम्पूर्ण कथाहरू कारूणिक छन् । सामाजिक परिवेश भित्र छिरेर मानवीय पीडा, अन्याय, अत्याचार, जातीय युद्घ, हत्या, हिंसा, गृहयुद्घ आदिका कारण विस्थापित हुन पुगेकाहरूको कारूणिक क्रन्दन कथामा रहेको छ । कथाहरूको यथार्थ चित्रण कथाकारले सचेत रूपमा गरेका छन् । युद्घमा मारिएका सम्पूर्ण आफन्तहरूको पीडा कथामा पोखिएको छ । यसरी विदेशी परिवेश चित्रणका साथ कारूणिककताको प्रस्तुति श्रेष्ठका कथाको प्रमुख प्रवृत्ति बनेको छ ।

४.१.७ सामाजिक यथार्थवादको प्रस्तुति
कथाकार राजुबाबु श्रेष्ठ आधुनिक नेपाली कथाको समकालीन युगका यथार्थवादी कथाकार हुन् । यथार्थलाई पुष्टि गर्न कथाकार श्रेष्ठका कथाहरूमा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टाचार जस्ता प्रवृत्तिहरू जुर्मुराएका छन् । श्रेष्ठले जीवनका भोगाइहरूलाई सामाजिक यथार्थवादमा टेकेर कथाहरूको सृजना गरेका छन् । कथाकार आफ्नो देशको जुन जुन ठाउँमा पुग्छन् त्यस ठाउँको सामाजिक परिवेश, आर्थिक अवस्था, राजनीतिक अवस्थालाई कथामा उतार्दछन् । कथाकार जुन देशमा पुगेका छन् त्यस देशको जीवनशैली, मातृभूमि प्रतिको माया, प्रेममा बलिदान दिएको प्रसङ्ग कथामा उनले समावेश गरेका छन् । यसरी कथाकार राजुबाबु श्रेष्ठले जीवनमा आफूल देखेको भोगेको र अनुभव गरेको घटनााहरूलाई कथामा उतारेकाले उनी यथार्थवादी कथाकार हुन् । श्रेष्ठले जीवन भोगाइका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । मारिनोसेलोको जून कथा सङ्ग्रह भित्रका कथाहरूमा स्वेदश भित्रका र विदेशी भूमिमा रहँदाको कथा व्यथाहरू बोलेका छन् । उनले राष्ट्रमा भएको घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृत्ति जस्ता यथार्थ पक्षलाई जस्ताको तस्तै कथामा उतारेका छन् । श्रेष्ठ सामाजिक यथार्थमा टेकेर कथा लेख्ने कथाकार हुन् । विकसित मुलुकहरूका मानवीय व्यवहारबाट प्रभावित भएका कथाकार श्रेष्ठ देशभक्ति, मानवीय जीवन, धनी र गरिब बीचको खाल्डो युद्घ रहित समाजको अपेक्षा, भ्रष्टाचार, घुसखोरी जस्ता प्रवृत्तिमाथि कथाका माध्यमबाट तीव्र आक्रोश पोख्छन् । विभिन्न देशको भ्रमणका क्रममा इराक, क्रोसिया, सर्विया र बोस्नियाका बस्तीमा युद्घले सोत्तर बनाएका उजाड बस्ती अनि मृत्युले रजाइँ गरिरहेका बस्तीहरूमा कथाकारले सङ्गत गरेका छन् । त्यहाँ भएका गृहयुद्घले मानिसमा बढ्दै गएको जीवनप्रतिको निराशालाई कथाकारले जस्ताको तस्तैै कथामा प्रस्तुत गरेका छन् । यसरी राजुबाबु श्रेष्ठले जीवनमा आफूले देखेको, भोगेको अनुभव गरेका घटनाहरूलाई जस्ताको तस्तै कथामा उतारेकाले उनी सामाजिक यथार्थवादी कथाकार हुन पुगेका छन् । मुलुकभित्रैका जनजाति माझ विद्यमान सांस्कृतिक पक्षका विकृति विसङ्गतिहरूलाई जस्ताको तस्तै रूपमा केलाएका छन् । कथाकारले सामाजिक, धार्मिक, सांस्कृतिक विकृतिहरूलाई कथामा केलाएका छन् । श्रेष्ठले विदेशी भूमिमा लेखिएका कथाहरूले प्राकृतिक सौन्दर्यताभित्र युद्घ त्रासदीले निम्त्याउने संकटको यथार्थपरक चित्रण गरेका छन् । उनका कथा सामाजिक विकृति र विसङ्गतिप्रति खोइरो खन्न पछि परेका छैनन् । पेमा भाउजू, मैयाँ साहेबको रुड्डु लगायत कथामा समाजको चित्र दुरूस्त उतारिएको छ । फरक बाटो कथामा कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी, कमिसनतन्त्रलाई समय सापेक्ष रूपमा चित्रण गरिएको छ । अन्धकार गन्तव्य कथामा कथाकारले सामाजिक विषयवस्तुलाई स्थानीय लवज र परिवेशमा ढालेका छन् । यसरी कथाकार राजुबाबु श्रेष्ठ यथार्थवादी भित्र सामाजिक यथार्थवादी कथाकार हुन पुगेका छन् । श्रेष्ठले जीवन भोगाइका क्रममा आफूले देखेका, सुनेका र भोगेका कुराहरूलाई सामाजिक यथार्थमा ढालेर कथाहरूको सृजना गरेका छन् ।

४.१.८ प्रकृतिको चित्रणको सुन्दर प्रस्तुति ः
राजुबाबु श्रेष्ठको बाल्यकाल कला र संस्कृतिको राजधानी गोरखा जिल्लामा बितेको थियो । स्वच्छ वातावरण र स्वतन्त्र जीवनशैलीमा हुर्केका श्रेष्ठले मारिनोसेलोको जून (२०६३) कथा सङ्ग्रहमा प्रकृतिको चित्रण सुन्दर ढङ्गले गरेका छन् । श्रेष्ठले जीवनका भोगाइलाई आफ्ना कथामा प्रस्तुत गर्ने क्रममा त्यस ठाउँको प्रकृतिको चित्रण पनि कथामा गरेका छन् । कथाकार जुन देशमा जान्छन्, त्यस देशको प्राकृतिक भूबनोट पनि उनले कथामा उतारेका छन् । श्रेष्ठले विभिन्न देशको भ्रमणका क्रममा इराक, क्रोसिया, सर्विया र बोस्नियाका प्रकृतिको चित्रण आफ्ना कथामा गरेका छन् । श्रेष्ठको कथा मारिनोसेलोको जून क्रोसियन भू–भागमा अवस्थित एउटा सुन्दर ताल हो । त्यही तालको नाउँबाट कथा सङ्ग्रहको शीर्षक राखिएको छ । कथामा युरोपियन प्रकृतिको चित्रण दुरूस्त उतारिएको छ । पेमा भाउजू कथामा पश्चिम नेपालको कास्की जिल्लाको उच्च पहाडी भेगको प्रकृतिको चित्रण उतारिएको छ । युद्घको एकरात कथामा रोसीखोलाको आसपासको सुन्दर प्रकृतिको चित्रण गरिएको छ । कठै……मेरो देश कथाले जाडो समयको काठमाडौंको सेरोफेरोलाई उतारेको छ । अँध्यारो गन्तव्य कथामा पहाडी भेगको एउटा गाउँको प्रकृति चित्रण गरिएको छ । द्रास्कोबिच र समाधि कथाले युरोपियन प्रकृति र जीवनशैली एक साथ प्रस्तुत गरेको छ । दसैं कथाले हाम्रै संस्कृति र गाउँठाउँको प्रकृतिको चित्रण गरेको छ । मेरी सान्या कथामा युरोपियन युवती सान्याले शान्त र सुन्दर देश नेपाल आउन मन गरेको प्रसङ्गले नेपालको सुन्दर प्रकृति प्रति प्रेम पाइन्छ । अतृप्तता कथामा पृथ्वीराजमार्ग वरिपरिको र गोरखा जिल्ला आसपासको क्षेत्रको प्रकृतिको चित्रण पाइन्छ । यसरी कथाकार राजुबाबु श्रेष्ठ प्रकृतिप्रेमी कथाकार हुन् । उनले जीवनका भोगाइलाई कथामा प्रस्तुत गरेका छन् । आफू जहाँ जान्छन् त्यहाँको प्राकृतिक भू–बनोट जस्ताको तस्तै रूपमा कथामा उतार्न सफल रहेका छन् । उनले विदेशी परिवेशमा लेखिएका कथा हुन् वा आफ्नै देशमा लेखिएका कथा हुन् प्रकृतिको सुन्दर चित्रण गरेका छन् ।

४.१.९ सरल, सजह, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति ः–
कथाकार राजुबाबु श्रेष्ठ सरल भाषाशैलीको प्रयोग गर्ने कथाकार हुन् । कथा साहित्यिक अभिव्यक्तिको सबैभन्दा सरल र प्रभावकारी माध्यम हो भन्ने धारणा राख्ने कथाकार श्रेष्ठले आफ्ना सबै कथामा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरेका छन् । सबै कथाहरू शिल्प र शैलीको नवीनतम, प्रयोग र प्रस्तुतिका हिसाबले स्मरणीय रहेका छन् । उनका सबै कथाहरूले आधुनिक जीवनशैलीमा भित्रिएको आडम्बरी र घट्दो मानवीय चरित्रमाथि मर्मस्पर्शी तबरले गहिरो प्रहार गरेका छन् । पेमा भाउजू, कठै मेरो देश, प्रेम सर, मैयाँ साहेबको रुड्डु, सुनन्दाको सम्मान, युद्घको एकरात, फरकबाटो, अँध्यारो गन्तव्य, दसैं कथामा ठेट नेपाली शब्दको प्रयोग गरी कथालाई रोचक तथा प्रभावकारी बनाइएको छ । मारिनोसेलोको जून , गृहयुद्घको घाउ कथालाई आगन्तुक शब्दको प्रयोग गरी रोचक बनाइएको छ । कथामा तत्भव, तत्सम शब्द कम भएकाले कथाहरू सरल छन्, जटिल छैनन् । उखान–टुक्का निपात शब्दको कम प्रयोगले कथाहरू जटिल छैनन् । मारिनोसेलोको जून , अँध्यारो गन्तव्य, मैयाँ साहेबको रुड्डु, मृत्युको जन्मदिन कथाहरूको शीर्षक प्रतीकात्मक भए पनि जटिल छैनन् बरू प्रभावकारी रूपमा कथाहरूले मानवीय प्रेमको गीत गाइरहेका छन् । कथाहरू पढ्दै जाँदा शीर्षक र कथावस्तु बुझ्न कुनै कठिनाइ पर्दैन, त्यसैले कथाहरूको शीर्षक प्रतीकात्मक भए पनि कथा पढिसक्दा छर्लङ्ग बुझिन्छ र कथा सरल जस्तो लाग्छ । पेमा भाउजू, कठै मेरो देश, प्रेम सर, मैयाँ साहेबको रुड्डु, सुनन्दाको सम्मान, युद्घको एकरात, फरकबाटा, अँध्यारो गन्तव्य, दसैं , अतृप्तता, द्रास्कोबिच र समाधि, फरक बाटो कथाको शीर्षक र कथावस्तुबीच सोझो साम्य सम्बन्ध रहेको हुनाले बुझ्न कुनै कठिनाइ छैन ।
यसरी कथाकार राजुबाबु श्रेष्ठका सबै कथाहरू सरल, सहज र सुबोध रहेका छन् । कथाहरूमा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा पात्रको मनोगत अवस्थाको चित्रण र संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ ।

निष्कर्ष
यसरी मानवीय संवेदनाले ओतप्रोत कथाकार श्रेष्ठ आफ्नो पिँढी र समकालीनमाझ बेग्लै परिचय स्थापित गर्न अग्रसर देखिन्छन् । पहिलो सङ्ग्रहमा नै यस्ता कुँदिएका, माझिएका र भिन्न स्वादका कथा प्रस्तुत गर्न सक्नु कथाकार श्रेष्ठ आफ्नो लेखनमा परिपक्क हुनु हो । कथामा मानवीय पीडाको बोध पनि छ । कथामा प्रेम र पीडाको विषयवस्तु एकैसाथ उठान गरिएको छ । उनले जीवन भोगाइका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । कथाहरूमा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टाचार जस्ता प्रवृत्तिहरू जुर्मुराएका छन् । श्रेष्ठले हामी समाजमा बढ्दो अराजक, हिंसा, हत्या, बलात्कार र लुटका प्रवृत्तिले गर्दा मानवतावाद नै हराइसकेको अवस्थामा छौं । अब हामीमा हराइसकेका मानवतावादी भावना जगाउनका लागि बाँकी छ भने त्यो साहित्य कला नै हो र त्यसका संवाहक कलाकर्मी र साहित्यकर्मी नै हुन सक्दछन् भनी श्रेष्ठले औल्याएका छन् । कथामा प्रेमलाई ओझेल पारेर राष्ट्रियताको जीत देखाउनु नौलो प्रयोग हो । स्वेदशका तथा विदेशका कथामा श्रेष्ठले देशप्रेमलाई महŒव दिएका छन् । श्रेष्ठले आन्तरिक जातीय या अरू विभिन्न नामका मानवताविद्वेषी द्वन्द्वमा पिल्सिएर बिभाजित मनस्थितिमा रहेका विभिन्न मुलुकका घटना र परिवेशलाई नेपाली आख्यान साहित्यमा बलियो प्रवेश दिएका छन् । उनले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक तथा प्रशासनिक पक्षहरूमा भएको विकृतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । इराक, क्रोसिया, बोस्निया र सर्वियाका बस्तीमा युद्घले सोत्तर बनाइएका उजाड बस्ती, अनि मृत्युले रजाइँ गरिरहेको बस्तीमा गृहयुद्घका कारण विस्थापित हुनुपर्नेको कारूणिकताको चित्रण कथामा गरिएको छ । उनले जीवनका भोगाइलाई आफ्ना कथामा प्रस्तुत गर्ने क्रममा त्यस ठाउँको प्रकृतिको चित्रण पनि सुन्दर ढङ्गले प्रयोग गरेका छन् । कथाहरूमा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । सबै कथाहरू सरल, सहज र सुबोध रहेका छन् ।


परिच्छेद पाँच
उपसंहार

५.१ उपसंहार ः
मूल रूपमा कविता बोकेर साहित्य क्षेत्रमा देखापरेका राजुबाबु श्रेष्ठ अहिले सशक्त जीवनमुखी र मानवीय संवेदनाले भरिएको मारिनोसेलोको जून (२०६३) कथा सङ्ग्रह बोकेर आएका छन् । पन्ध्र वटा सशक्त, सरस र अति संवेदनशील कथा बोकेर अस्तित्वमा आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा यो कृति संवेदनहीन जमातका रूपमा हेरिने प्रहरी अथवा सुरक्षाकर्मी वर्गका एकजना अधिकृतको मुटुको मसीबाट निःसृत साहित्य कृति हो भनेर विश्वास गर्न गाह्रो पर्छ । तर यो यथार्थ हो । उनी राज्यका कर्मचारी जमातका प्रहरी वर्गका युवा हुन् र उनले यसै समूहको प्रकाशन फाँटमा कार्यरत रही प्रहरी द्वैमासिकका सम्पादक भई काम गरी सकेका छन् । मारिनोसेलो एउटा तालको नाम हो । त्यो क्रोसियन भू–भागमा अवस्थित एउटा सुन्दर ताल हो । यसैको पृष्टिभूमिमा सृजना भएको यो एउटा मार्मिक कथाको शीर्षक बन्न पुगेको छ । कर्मलाई आफ्नो भविष्य सम्झने कथाकार श्रेष्ठ वि.सं. २०४७ सालदेखि प्रहरी सेवामा कार्यरत छन् । सत्य–सेवा–सुरक्षणम् जस्ता मूल मन्त्रमा आबद्ध भै राष्ट्र सेवामा अहोरात्र लागि परेका कथाकार श्रेष्ठले जीवनका भोगाइहरूलाई आफ्ना कथाहरूमा प्रस्तुत गरेका छन् । जीवनका तीता भोगाइ, सामाजिक विकृतिप्रति उनले आक्रोश व्यक्त गरेका छन् । देश विदेशको भम्रण र त्यहाँ भएका नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेशलाई कथाको आधारविन्दु बनाएका छन् श्रेष्ठले । उनले राष्ट्रमा भएको घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृत्ति, राष्ट्रपति घट्दै गएको सदासय सौन्दर्य, प्राकृतिक भू–बनोट र राष्ट्रप्रेम जस्ता विविध भावना श्रेष्ठका कथामा मुखरित भएका छन् । विभिन्न देशको भ्रमणको क्रममा इराक, क्रोसिया, सर्विया र बोस्नियाका बस्तीमा युद्घले सोत्तर बनाएका उजाड बस्ती अनि मृत्युले रजाइँ गरिरहेका बस्तीहरूमा कथाकारले सङ्गत गरेका छन् । त्यहाँ भएका गृहयुद्घले मानिसमा बढ्दै गएको जीवनप्रतिको निराशालाई कथाकारले कथाको स्रोत बनाएका छन् । सङ्ख्यात्मक पक्षलाई भन्दा गुणात्मक एवं वैचारिक पक्षलाई महŒव दिएर उनले कथा, कविता, गीतमा योगदान पु¥याएका छन् । यसरी कथाकार राजुबाबु श्रेष्ठको मारिनोसेलोको जून कथा सङ्ग्रहको कृतिपरक अध्ययन विषयक शोधपत्र तयार गर्ने क्रममा यो कथा सङ्ग्रह छनोट गरिएको हो ।
यस शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय खण्ड र दोस्रो परिच्छेदमा राजुबाबु श्रेष्ठको सङ्क्षिप्त जीवनी र कथा लेखनको सम्बन्ध समेटिएको छ । यसै परिच्छेदमा राजुबाबु श्रेष्ठको जन्म र जन्मस्थान, बाल्यकाल, शिक्षा, साहित्यिक प्रेरणा, साहित्यिक व्यक्तित्व, संलग्नता, कथाको स्वरूप र परिभाषाबारे आंशिक रूपमा प्रकाश पारिएको छ । तेस्रो परिच्छेदमा कथाको सैद्घान्तिक तŒव एवंम् श्रेष्ठका कथाहरूको विश्लेषण गरिएको छ । विश्लेषणमा एकरूपता ल्याउन संरचना, कथानक, पात्र र चरित्रचित्रण, परिवेश, दृष्टि विन्दु, भाषाशैली र उद्देश्यलाई कथातŒव निर्धारण गरी विश्लेषण गरिएको छ । चौथो परिच्छेदमा मारिनोसेलोको जून कथा सङ्ग्रहका कथाको प्रवृत्तिगत विशेषताको विश्लेषण गरिएको छ । कथाहरूको अध्ययनबाट मानवीय प्रेम र पीडाको प्रस्तुति, सामाजिक यथार्थवादको प्रस्तुति, मानवतावादी भावनाको प्रस्तुति, देश प्रेमको प्रस्तुति, युद्घको सेरोफेरोको प्रस्तुति, विकृति र विसङ्गतिप्रति आक्रोश, विदेशी परिवेशको चित्रणका साथ कारूणिकताको प्रस्तुति, प्रकृतिको चित्रण, सरल सहज सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुतिलाई कथागत प्रवृत्ति निर्धारण गरी विश्लेषण गरिएको छ ।
राजुबाबु श्रेष्ठ नेपाली साहित्यको बहुविधामा कलम चलाउने स्रष्टा हुन् । मारिनोसेलोको जून (२०६३) उनको पहिलो कथा सङ्ग्रह हो । १५ वटा कथाहरू समावेश गरी लेखिएको यस सङ्ग्रहका कथाहरूमा केही देश भित्रकै र केही देश बाहिरका कथाहरू रहेका छन् । धेरै जसो कथाहरूमा प्रेमका विभिन्न किसिमको चित्रण पाइन्छ । अन्य विषयका कथाका तुलनामा प्रेमका कथाहरूमा कथाकारले बढी सफलता पाएका छन् । आफ्नै देश भित्रका कथाहरूमा कथाकारले समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुण दोषलाई पाठक समक्ष प्रस्तुत गर्ने प्रयास गरेका छन् । देशभित्रकै पृष्ठभूमि र यसै माटोमा जन्मे, हुर्के, बढेर यसैको गन्ध बोकेका पात्रहरूको कथा व्यथाको धरातलमा रचिएका छन् कथाहरू । पेमा भाउजू कथामा मुलुकभित्रैका जनजाति माझ विद्यमान सांस्कृतिक पक्षका विकृति विसङ्गतिहरूलाई केलाइएको छ । कठै मेरो देश कथाले आज आफ्नै देशको जून दुर्दशा भइरहेछ, त्यसको मूलमा धमिराझैँ प्रत्यक्ष परोक्ष भूमिका खेल्ने दुष्ट प्रवृत्तिका सम्वाहकहरूलाई पनि निर्वस्त्र तुल्याउने चेष्टा गरेको छ । अँध्यारो गन्तव्य कथा आफ्नै देश आतंकवाद, राज्यआतंक र जङ्गल आतंक दुबै खाले आतंकको चपेटामा परेर आफ्नो जन्मथलोबाटै विस्थापित हुन पुगेका वीरमान र मनसरी जस्ता अनेक पात्रहरूको पीडा बोकेर जन्मिएको कथा बनेको छ । मैयाँ साहेबको रुड्डु कथा भने हाम्रै समाजको अभिजात वर्गकी विलासप्रिय युवती मैयाँ साहेबको माध्यमबाट त्यस समाजका विलास वासनाजन्य विकृतिलाई प्रतिनिधित्व गर्ने कथा बनेको छ । अतृप्तता कथामा सरकारी प्रशासनमा पद र पैसा कमाएकाहरु जीवनमा कतै न कतैबाट अतृप्त भइरहेका हुन्छन् भन्ने दृष्टान्त प्रस्तुत गरिएको छ । यस सङ्ग्रहभित्र आफ्नै मुलुक र आफ्नै जातीय समाजको पृष्ठभूमिमा रचिएका अरू कथा पनि छन् । सुनन्दाको सम्मान राजनीतिक विकृतिको गन्ध बोकेको कथा बनेको छ । गृहयुद्घको एकरात गृहयुद्घको चपेटामा परेर पीडा भोग्ने सिपाहीको कथा बनेको छ । दसैँ कथाले हाम्रो समाजको अत्यन्त ठूलो र धार्मिक सांस्कृतिक महŒव बोकेको पवित्र र उल्लासमय चाड दसैँले गरिब जनताको घरबारै लुटेर लैजान्छ भन्ने विकृतिको दृष्टान्त प्रस्तुत गरेको छ । फरक बाटो कथाले कर्मचारीतन्त्रमा हाबी रहेको घुसखोरी पद्घतिलाई नाङ्गेझार पारेको छ । यी बाहेक अरू सबै कथा युद्घपीडित विदेशी भूमिका अत्यन्त मार्मिक छन् ।
मारिनोसेलोको जून कथामा गृहयुद्धको मारमा परेर असीम पीडा भोग्नुपरेका निरीह मानवका अनेक उदाहरणहरू छन् । युद्धको घाउ कथा हाम्रै देशको यथार्थ पीडा बोकेको विदेशी कथा हो । यस कथाले आफ्नै दाजुभाइसँगको युद्ध एकदमै मार्मिक र पीडादायक हुन्छ भन्ने सन्देश दिएको छ । द्रास्कोबिच र समाधि कथाले युरोपियन जीवनशैलीको सफल चित्रण गरेको छ । यसमा युरोपियन सभ्यताभन्दा आफ्नै देशको संस्कृति र परम्परा उच्च रहेको देखाइएको छ । मृत्युको जन्मदिन कथाले कसैले आफ्नो मातृभूमिका लागि आफ्नो प्रेमिकाका साथै आफ्नै आत्म बलिदान पनि गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । मेरी सान्या कथाले युरोपमा चलेको गृहयुद्धको कारण मानिसमा बढ्दै गएको जीवनप्रतिको निराशालाई देखाएको छ । यी क्रोसिया, सर्विया, बोस्निया, हर्जगोभिना अनि इराकी भूमिमा चलेका गृहयुद्ध, विभाजन युद्धको पृष्ठभूमिमा रचिएका अत्यन्त मार्मिक, संवेदनशील कथाहरू हुन् ।
काठमाडौं उपत्यका, मध्यपश्चिमाञ्चल र कर्णाली क्षेत्रका पूर्वी पहाडी रोसीखोलाको वरिपरिको क्षेत्र महेन्द्र राजमार्ग हुँदै गोरखा जिल्ला सम्मका ग्रामीण तथा सहरी परिवेशलाई कथाले सवल रूपमा प्रस्तुत गरेको छ । यसमा क्रोसिया, सर्विया, बोस्निया, इराक लगायतका राष्ट्रमा चलेका गृहयुद्ध, विभाजन युद्धको पृष्ठभूमिमा रचिएका अत्यन्त मार्मिक संवेदनशील कथाहरू छन् । कथामा क्रोसियन तथा सर्वियन भाषाका आगन्तुक शब्द र सरल भाषाशैलीले मारिनोसेलोको जून कथा सङ्ग्रहलाई विशिष्ट बनाएको छ । युरोपियन जीवनशैली र त्यहाँ भएका गृहयुद्धका कारण भोग्नुपरेको असीम पीडा अनि हाम्रै समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुण दोषलाई आख्यानात्मक तŒवभित्र घोलेर पृथक एवम् विशिष्ट कथा रचना गर्नमा कथाकार राजुबाबु श्रेष्ठ प्रवीण देखिन्छन् । विविध विषय र मानवजीवनका विविध सामाजिक पक्षलाई जीवन भोगाइका क्रममा कथाकारले समेटेका छन् । यसरी समग्रमा राजुबाबु श्रेष्ठका कथाहरू जातीय गृहयुद्ध, भ्रष्टाचार, गरिबी, राजनीतिक दुर्गन्ध, सांस्कृतिक विकृति, सामाजिक शोषण, शासकीय कुकृत्य, कुव्यवस्थालाई उदाङ्गो पार्न सफल रहेका छन् । राजुबाबु श्रेष्ठका प्रस्तुतिमा सरलता छ, जून कथाको विशेषताकै रूपमा रहेको छ । प्रायः सबै कथा बोधगम्य, सरल, रूचिकर रूपमा प्रस्तुत भएका छन् । कथाहरूले मानवीय प्रेम र पीडासँग सरोकार राखेका छन्, जून आज विश्वकै सरोकारको विषय बन्न पुगेको छ । यसरी राजुबाबु श्रेष्ठ आधुनिक नेपाली कथा जगत्मा समसामयिक कथा क्षेत्रमा देखा परेको सामाजिक यथार्थवादी कथा धारामा उदाएका एवं उत्कृष्ट नवोदित कथाकारका रूपमा देखा परेका छन् । सामाजिक यथार्थवादी कथाकारहरूको जमातमा आफ्नै किसिमको मौलिकताका साथ कथा लेख्ने कथाकारका रूपमा श्रेष्ठले आफूलाई स्थापित गरेका छन् । यसबाट सामाजिक यथार्थवादी धारामा महŒवपूर्ण योगदान दिने उत्कृष्ट कथाकारका रूपमा श्रेष्ठको स्थान आधुनिक नेपाली कथा फाँटमा रहेको पुष्टि हुन्छ ।


परिशिष्ट
शोधनायक राजुबाबु श्रेष्ठसँगको अन्तर्वार्ता ः

प्र. तपाइँको जन्म कहाँ र कहिले भएको थियो ?
– मेरो जन्म गोरखा जिल्लाको तीनधारे भन्ने ठाउँमा वि.सं. २०२५ साल जेष्ठ २७ गते भएको थियो ।
प्र. तपाइँको बाल्यकाल कहाँ र कसरी बितेको थियो ?
– मेरो बाल्यकाल गोरखा जिल्लाको तीनधारेमै बितेको थियो । म कान्छो सन्तान भएकाले परिवार र छरछिमेकको माया पाएर हुर्केको थिएँ । मेरो बाल्यकालीन शिक्षादीक्षा गोरखामा नै अनौपचारिक रूपमा नभई औपचारिक रूपमा महेन्द्रज्योति नि.मा.वि. को प्राङ्गणबाट सुरू भएको थियो र मेरो बाल्यकाल आफ्ना सहपाठी साथिहरूसँग रमाउँदै गोरखाको तीनधारेमै बितेको थियो ।

प्र. तपाइँलाई साहित्यमा तथा कथा लेखनमा कोबाट प्रेरणा मिल्यो ?
– मलाई सुरुमा मेरी आमा ईश्वरीदेवी श्रेष्ठले स्वाभिमानी, कर्मठ र निर्भीक बन्ने प्रेरणा दिनुभयो । त्यहाँबाट मलाई साहित्यिक प्रेरणा मिल्यो । मेरा कथाहरु पढेर मलाई कथा लेखनमा प्रेरणा दिने व्यक्तिहरुमा साहित्यकार रमेश विकलज्यूको मुख्य भूमिका रहेको छ । मारिनोसेलोको जून कथा पढेर रमेश विकलले धन्यवाद दिदैँ तिमी सधैँ कथा लेखेर बाँचिरहने छौ, तिमीलाई आशीर्वाद छ भने पछि मलाई कथा लेख्न प्रेरणा मिल्यो । प्रवेशिकामा पढ्दा अनिवार्य नेपाली पढेको र त्यसमा समाविष्ट गुरुप्रसाद मैनालीका कथाहरु एवम् भूपि शेरचन र गोपाल प्रसाद रिमालका कविताहरुले गर्दा मलाई साहित्य सृजना गर्न प्रेरणा मिल्यो ।

प्र. तपाइँको प्रहरी पेशालाई साहित्यिक व्यक्तिच्वले ओझेलमा पारेजस्तो लाग्छ कि लाग्दैन ?
– मलाई त त्यस्तो लाग्दैन । नामको भोको व्यक्तिले मात्र आफ्नो परिचयलाई सबथोक ठान्छ । प्रहरी र साहित्य देश र जनताको सेवाका लागि हुन् । आफू बाँचेको समाजको यथार्थ चित्रण, सामाजिक जागरण साहित्यमा अभिब्यक्त हुन्छ । शोषित, पीडित, गरिब निमुखा जनताको सेवा, राष्ट्र र राष्ट्रियता सर्वोपरी ठान्ने व्यक्तित्व र विधागत परिचयमा रुमलिनुहुन्न ।

प्र. आफूलाई कस्तो कथाकारका रुपमा चिनाउनुहुन्छ ?
– यो त पाठक, समीक्षकले गर्ने समलोचनाको विषय हो । म मेरो जीवन भोगाइका क्रममा मान्छेहरुको पीर, व्यथा, सामाजिक विकृतिको बारेमा कथाहरु लेख्ने भएकाले सम्भवतः अरुले पनि त्यसरी नै मूल्याङ्कन गरेका छन् कि जस्तो लाग्छ ।

प्र. अहिले कुनै कृति प्रकाशित हुने वाला छ ?
– मेरो मरुभूमिको मृत्यु मेला प्रकाशोन्मुख अवस्थामा रहेको कथासङ्ग्रह हो । यो छिट्टै बजारमा आउँदै छ ।
प्र. मारिनोसेलोको जून कथासङ्ग्रहमा नवीन कथाहरु प्रकाशित हुनुका प्रमुख कारण के – के हुन् ?
– म पेसाले प्रहरी हुँ । प्रहरी पेसामा रहँदा विभिन्न देश–विदेश घुम्ने मौका पाएको छु । जागिरको क्रममा आफ्नै देशको विभिन्न ठाउँमा पुग्ने क्रममा अशान्ति, युद्व, द्वन्द्व, गरिबी, भ्रष्टाचार, सामाजिक विकृति, संस्कृतिमा आएको विकृति कथाहरुमा उल्लेख गरेको छु । मेरा केही कथाहरुमा वगदाद, क्रोसिया, सर्विया र हर्जगोभिनाका विदेशी भूमिमा रहँदाका कथा ब्यथाहरु बोलेका छन् । मैले विभिन्न देशका भ्रमणको क्रममा त्यहाँ भएका गृहयुद्व, जातीययुद्व, नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेश, विस्थापितहरुको पीडालाई कथामा प्रस्तुत गरेकोले यस कथासङ्ग्रहमा नवीन कथाहरु रहेका छन् ।

प्र. साहित्यका अन्य विधाभन्दा कथाका पृथक्ता र विशेषता के – के हुन् ?
– साहित्यका अन्य विधाभन्दा कथा सजिलो तर प्रभावकारी विधा हो । काब्य बढी बिम्वात्मक, प्रतीकात्मक, आलङ्कारिक हुने भएकाले सामान्य पाठकका लागि कठिन हुन्छ । नाटकमा पनि सीमितता हुने भएकाले गद्य विधाको कथा बढी लोकप्रिय पनि भएको छ । विषयवस्तु, पात्र, संवाद, परिवेश प्रस्तुतिले कथालाई सजिलै बुझ्न सकिन्छ ।

प्र. तपाइँका कथाका प्रवृत्तिगत विशेषताहरु के – के हुन् ?
– यो त समालोचनाको विषय हो । मैले जीवन भोगाइको क्रममा आफूले देखेका, भोगेका र अनुभव गरेका घटनाहरुलाई कथामा उतारेको छु । मैले देश भित्रकै होस् वा बाहिरका होस् राष्ट्रमा भएका घुसखोरी, मानवीय द्वेष, हत्या, हिंसा, विकृति जस्ता पक्षलाई कथामा उतारेको छु । त्यसैले मैले देखेका, भोगेका र अनुभव गरेका घटनाहरुलाई कथामा उतारेकाले सामाजिक यथार्थवादी कथाकार हुँ जस्तो लाग्छ । कथामा मैले प्रकृतिको चित्रण, देशप्रेम, युद्धको चित्रण, विदेशी परिवेशको चित्रण र सरल भाषाशैलीको प्रयोग गरेकाले कथाका प्रवृत्तिगत विशेषता यिनै हुन् जस्तो लाग्छ ।

प्र. तपाइँका कथाहरूका मूलभूत शक्ति र सीमाहरु के – के हुन् ?
– प्रायः सबै कथाहरू सामाजिक यथार्थमा उनिएका छन् । समाजलाई हेर्ने दृष्टिकोण, वैचारिक दृढता, उद्देश्यगत सुस्पष्टता नै मेरा कथाका मूलभूत शक्ति र सीमाहरु हुन् ।

मिति ः २०६७ माघ २२ गते शनिबार
शोधनायकको बैठक कोठा


सन्दर्भग्रन्थ सूची

अघिकारी, बाबुराम (२०६१) समालोचना सिद्धान्त र नेपाली समालोचना, काठमाडौँ ः भुँडीपुराण ।

आचार्य, केशव (२०६३), धरहरा टाइम्स, साप्ताहिक पत्रिका काठमाडौँ ः धरहरा प्रकाशन ।

उपाध्याय, केशवप्रसाद (२०५९), साहित्य प्रकाश, (छैं.सं.), ललितपुर ः साझा प्रकाशन ।

कोइराला, कुलप्रसाद (२०६६), गोरखा र गोरखाली स्रष्टाहरु, (प्र.सं.) काठमाडौँ ः दीपकीरण प्रिन्टिङ्ग एण्ड टे«डर्स ।

गैरे, ईश्वरी प्रसाद र कृष्ण प्रसाद आचार्य, (२०६३), नेपाली साहित्यको इतिहाँस तथा पाश्चात्य साहित्यको रुपरेखा, (दो.सं.) काठमाडौँ ः क्षितिजा प्रकाशन ।

गौतम, ध्रुवचन्द्र, (२०६३), मानवीय प्रेम र पीडाको कथा, मारिनोसेलोको जून कथाको भूमिका काठमाडौँ ः वगर फाउन्डेसन नेपाल ।

थापा, अशोक र रमेश पौडेल, (२०६३), पाश्चात्य समालोचना सिद्धान्त र नेपाली समालोचना, काठमाडौँ ः पाठ्य सामग्री पसल ।

थापा, हिमांशु, (२०५०), साहित्य परिचय, ललितपुर ः साझा प्रकाशन ।

बराल, कृष्णहरि र नेत्र एटम, (२०६४), नेपाली आख्यान र नाटक, काठमाडौँ ः अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन ।

बराल, ईश्वर, (सम्पा.), (२०५३), झ्यालबाट, (छैं.सं.), ललितपुर ःसाझा प्रकाशन ।

विलक, रमेश, (२०६२), मानवीय सम्वेदनाका कथाहरु, मारिनोसेलोको जून कथाको भूमिका, आरुबारी ः वगर फाउन्डेसन नेपाल ।

शमार्, मोहनराज, (२०५८), कथाको विकास प्रक्रिया, (तें.सं.), ललितपुर ः साझा प्रकाशन ।

शर्मा, हरिप्रसाद, (२०५९), कथाको सिद्धान्त र बिवेचन, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

श्रेष्ठ, दयाराम, (२०५९), नेपाली साहित्यको सङ्क्षिप्त इतिहाँस, (छैं.सं.), ललितपुर ःसाझा प्रकाशन ।

श्रेष्ठ, दयाराम, (२०६०), नेपाली कथा भाग ४, (दो.सं.), ललितपुर ःसाझा प्रकाशन ।

श्रेष्ठ, दयाराम, र मोहनराज शर्मा, (२०५९), नेपाली साहित्यको संक्षिप्त इतिहाँस, (छैं.सं.), ललितपुर ःसाझा प्रकाशन ।
२०५५ नेपाली साहित्यकोष, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (सम्पा.), काठमाडौँ ।

पत्रिका सूची
बानिया, राजकुमार, (२०६३), इन्द्रेणी, राजधानी राष्ट्रिय दैनिक काठमाडौँ ः उत्सर्ग प्रकाशन ।

बल, फुलमान, (२०६३), कान्तिपुर, परिशिष्टाङ्क साप्ताहिक पत्रिका, काठमाडौँ ः कान्तिपुर पब्लिकेशन
(प्रा.लि.) ।

लोहनी, दीपक, (२०६३), साहित्य÷विविध, साप्ताहिक पत्रिका, काठमाडौँ ः गुराँस प्रकाशन (प्रा.लि.) ।

वस्ती, विवश, (२०६३), सम्बोधन, साप्ताहिक पत्रिका, काठमाडौँ ः जुहि प्रकाशन ।

(२०६३), पुनर्जागरण, साप्ताहिक पत्रिका, काठमाडौँ ।

(२०६३), तरुण, साप्ताहिक पत्रिका, काठमाडौँ ः साससके प्रकाशन ।

This entry was posted in शोधपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.