~प्रवीण पुमा~
रोहोमा र मुवाहाङले लिभिङटुगेदरमा बस्थ्यो । केही वर्षपछि मुवाहाङ बेखबर भयो । रोहोमाले मुवाहाङलाई खोज्यो, तर भेटिएन । रोहोमा एक्लै भइन । पछि रोहोमाले बच्चा जन्माइन् । रोहोमाले मुवाहाङसँगको नाता प्रमाणको लागि धेरै प्रयास गरिन् । तर सफल भइनन् । उनी बेसाहारा भइन् । तर मुवाहाङ फर्किएर आयो । रोहोमाले मुवाहाङलाई मार्नु खाज्यो तर छिमितमाले बचाइन् । पछि बुभ्mदा रोहोमा र मुवाहाङको बाउ एउटै भएको थाहा पाएपछि मुवाहाङ गायव भएको तथ्य खुल्यो । सबैजना अचम्मै भयो ।
पात्रहरु
१. रोहोमा : मुवाहाङको प्रेमीका
२. छिमीतमा : रोहोमाको साथी
३. मुवाहाङ : रोहोमाको प्रेमी
४. योङमा : रोहोमाको आमा
५. प्रिन्सिपल : कलेजको प्रिन्सिपल
६. पियन : कलेजको स्टाफ
७. याङमी : मुवाहाङको आमा
८. भ्mयाङगो : मुवाहाङको छुवा
९. नाकपमा : वकिल
१०. बच्चा : रोहोमा र मुवाहाङको बच्चा ।
दृश्य : पहिलो
स्थान : रोहोमाको कोठा
समय : साँझ
पात्रहरू : रोहोमा र मुवाहाङ
(रङ्गमञ्च अँध्यारो छ । रमाइलो संगीत बजिरहेको छ । प्रकाश विस्तारै उदय हुन्छ । कोठाभित्रको टेबलमाथि दियो बलिरहेको छ । टेबलको पछाडी ओछ्यान छ । ओछ¥यानको सिरानीपट्टि किताबको ¥याग र खुट्टपट्टि कपडाको ह्याङगरछ । ओछ्यानको सिरानीमाथि रोहोमा र मुवाहाङको संयुक्त फोटो छ । छायाचित्रमा महिला र पुरुष हाँसखेल गरिरहेका छन् ।)
मुवाहाङ :
(पाश्र्वमा) अहिले कस्तो छ
रोहोमा :
(पाश्र्वमा) गुड ।
मुवाहाङ :
(स्थान परिवर्तन गर्दै) अहिले ?
रोहोमा :
(पाश्र्वमा) गुड । अलिक फास्ट ।
मुवाहाङ :
(पाश्र्वमा) ओके । तर फास्ट गर्दा छिटै बल्स्ट हुन्छ नि । फेरि तिमीलाई पुग्दैन होला ।
रोहोमा :
(पाश्र्वमा) पुगिहाल्छ नि । (मुवाहाङलाई माथि सार्दै) छोरी मान्छेलाई भए पनि हुन्छ, नभए पनि हुन्छ ।
मुवाहाङ :
(पाश्र्वमा) हो र ?
रोहोमा :
(स्वीकारोक्तिमा टाउको हल्लाउँदै) अँ । तर, फास्ट गर्दा चाहिँ अलिक मिठो हुन्छ ।
मुवाहाङ :
(प्रश्न गर्दै) तर, गाह्रो होला नि ?
रोहोमा :
(पाश्र्वमा) हुँदैन । किन हुन्छ र ? धर्तिले जति प्रकृतिको भार थाम्छ, त्यो भन्दा धेरै पुरुषको भार महिलाले थाम्छ । धर्तिले कहिले भो भनेको छ र ?
मुवाहाङ :
(पाश्र्वमा) त्यो ता छैन ।
रोहोमा :
(पाश्र्वमा) हो, महिला पनि धर्ति जस्तै हो । त्यस्तो अवस्थामा पुरुषको जस्तो भार पनि महिलाले थाम्नु सक्छ ।
मुवाहाङ :
(पाश्र्वमा) होला, होला । (मच्चिदै) अहिले कस्तो छ ?
रोहोमा :
(पाश्र्वमा) अँहँ ऽऽऽ…सो गुड ऽऽऽ… फास्ट मुवाहाङ । फास्ट… फास्ट…(चिच्याउँदै) फास्ट ऽऽऽ…आइ ऽऽऽ… किल मी …किल मी….(चिच्याउँदै) किल मी ऽऽऽ…।
मुवाहाङ :
(लुगा मिलाउँदै) कस्तो भयो ?
रोहोमा :
(लुगा मिलाउँदै) बदमास ।
मुवाहाङ :
(बाहिर आउँदै) के को बदमास ?
रोहोमा :
(बाहिर आउँदै) किलर ।
मुवाहाङ :
(छाँया बाहिरआउँदै) के को किलर ?
रोहोमा :
फटाहा ।
मुवाहाङ :
के को फटाहा ? मैले के फटाएँ र ? फटाहा भनेको ?
रोहोमा :
जे फटाए पनि, फटाहा त हो नि ।
मुवाहाङ : कि…?
रोहोमा :
(मुवाहाङको मुख थुनी दिँदै) चुप, धेरै सोध्ने होइन । (किचनतिर जाँदै) काम बिगारेपछि पनि के के सोधी रहन्छ ।
मुवाहाङ :
सोध्नु मन लाग्छ नि त ।
रोहोमा :
ल ल । अब धेरै हल्ला गर्ने होइन । चुपचाप खाना खानु आउने ।
मुवाहाङ :
अँहँ, म त खान्न । तिमी खाऊ ।
रोहोमा :
म त खाइहाँल्छु नि । तिमी पनि आऊ न । अलिकति तातो खाऊ ।
मुवाहाङ :
अँहँ, नखाने म त ।
रोहोमा :
किन ?
मुवाहाङ :
खानु मन छैन । भुँडी अघा’को छ ।
रोहोमा :
(सङ्का गर्दै) के हो ताल ? आज पनि फुचीमाको नै खायौ कि क्या हो ?
मुवाहाङ :
(आक्रोशमा) बडता होइन है । मुख समालेर बोल्ने ।
रोहोमा :
किन ? रिस उठ्यो ?
मुवाहाङ :
उठ्दैन त ? धेरै प्यारप्यार बोल्ने होइन नि ।
रोहोमा :
रिस उठ्यो भने आप्mनै कुइना टोक्नु नि । रिस मरिहाल्छ नि । फुचीमासँग पल्किएर ठुलो कुरा गर्छ । सधैंं यस्तै ताल हो भने हडताल होला नि ।
मुवाहाङ :
(बेवास्ता गर्दै) हडताल गर कि, सडताल गर । मलाई के को टिकटिक ?
रोहोमा :
मेरो बारेमा तिमीलाई त कहाँ टिकटिक हुन्छ र ?
मुवाहाङ :
म नहुँदा अरुले नै चाँबी लाउछ होला नि ? त्यै भएर हडताल गर्नु खोजेको, होइन ?
रोहोमा :
(मुवाहाङको गालामा थप्पड हान्छ ।) के अरे ? मुखमा जे आयो, त्यै बोल्ने ?
मुवाहाङ :
(गाला दाम्दै) अनि के त नि ? सधैंं करकर गरिराख्या । हैन ? मलाई कति कँज्याको ?
रोहोमा :
(सम्झाउँदै) कँज्याको होइन, माया पो गरेको त ।
मुवाहाङ :
माया गर्नेले पनि मुठ्ठिभित्र राख्छ र ?
रोहोमा :
(सम्झाउँदै) त्यसो होइन, मुवाहाङ । बुझाइ मात्र फरक हो । म त तिमीलाई नै माया गर्छु । मलाई भन्दा धेरै तिमीलाई नै विश्वास गर्छु । सम्मान गर्छु । म त चाहान्छु कि, तिमी सधैंं मेरो आँखाको अगाडि आइरहेको । मेरो मुटुभित्र चलिरहिरहेको । मेरो जीवनभरि छाइरहेको । तर तिमी त अन्तै घोडा चडिहिंड्छौ । फेरि तिमी फुचीमासँग पनि पल्किएको छौ । मैले चाहेको भा तिमीलाई पहिला नै कस्टडीमा लगाइसक्थेँ । तर केही भनिनँ । केही गरिन पनि । तिमीलाई अप्ठ्यारोमा पार्नु मेरो उद्देश्य पनि होइन । तर अब यसरी हुँदैन । विवाह गर्नुपर्छ । सधैंं सँगै बस्दा समाजले पनि के भन्छ ? आफै सोच्नु त ?
मुवाहाङ :
(बेवास्ता गर्दै) के भन्छ र ? लिभिङटुगेदरमा सँगै बस्छ, भन्छ नि । अहिलेको जमनामा लिभिङटुगेदर बस्नु कुन ठुलो कुरा हो र ? लिभिङटुगेदरमा मलाई मात्र होइन, तिमीलाई पनि मज्जै होला नि ?
रोहोमा :
मज्जा मात्रै होइन, पीडा पनि भा’को छ । पहिला भर्जिन थिएँ । लिभिङटुगेदरमा मेरो भर्जिन तोड्यौ । भर्जिन तोड्दा असाय पीडा भयो । तर मेरो चिच्याहटले तिम्रो बैंसलाई छेक्नु सकेन । तिमी आफ्नो पुरुषत्व दबाउनुमा नै मज्जा लियौ । त्यसबेला मलाई कति पीडा भा’को थियो, त्यो तिमीलाई के थाहा ?
मुवाहाङ :
थाहा छ नि । किन थाहा नहुनु ? थाहा भएर तिमीलाई तुरुन्तै हस्पिटल लगेको । उपचार गराएको । त्यो पनि तिमीलाई थाहै होला ।
रोहोमा :
थाहा छ नि । त्यै भएर अहिलेसम्म तिमीसँगै छु । तर तिमीसँग लिभिङटुगेदरमा बस्नु मेरो ठुलो भुल भयो । त्यस्को फाइदा तिमीले उठाइरह¥यौ । तिम्रो चाहनाअनुसार मलाई भोगिरह¥यौ । मेरो शरीरमाथि दाइँ गरिरह¥यौ । मेरो सुषुप्त यौनाङ्गलाई भत्काइरह¥यौ । मेरो प्रत्येक अङ्गहरुलाई तिम्रो यौनाभ्यास बनाइरह¥यौ । अभैm, पिरियोडको समयमा पनि छोडेनौ । मेरो इच्छा विपरीत बलत्कारै ग¥यौ । तैपनि मैले केही भनिन, सहेरै बसें ।
मुवाहाङ :
त्यसमा मेरो के दोष ? तिमी नै चुपचाप बस्यौ । हरेक कटमा उत्तिकै सहभागी भयौ । अनि तिमीलाई पीडा भा’को मैले कसरी थाहा पाउनु ? यसमा म मात्रै होइन, तिमी पनि दोषी छौं ।
रोहोमा :
त्यै त, मैले केही भनिनँ । केही पनि गरिनँ । तर अब यसरी हुँदैन । विवाह गर्नुपर्छ । छोरोछोरीको पनि भविष्य हेर्नु पर्छ । आमाबाउको नातिनातिना हेर्ने इच्छा पुरा गरिदिनुपर्छ । सामाजिक मूल्यमान्यतामा बस्नुपर्छ । मरेपछि पनि बाँचिरहने काम गर्नुपर्छ ।
मुवाहाङ :
ठिकै छ । उसो भए यही आउँदो जुलाइमा विवाह गरौँं, हुँदैन ?
रोहोमा :
भैहाल्छ नि । दुवैजनाको मनमिलेपछि जहिले गर्दा पनि हुन्छ । तर हामी त्यति चिनजान त छैनौ है ?
मुवाहाङ :
तिमी भारतको । म भुटानको । बसाइ नेपालको । त्योभन्दा कति चिन्नु ? एकअर्कामा विश्वास भए सबै आफन्त । सबै नजिकै । तिमी र मभन्दा नजिक नेपालमा हाम्रो को छ र ?
रोहोमा :
त्यो ता हो ।
मुवाहाङ :
अँ, साँच्ची ! तिम्रो पाछा के पो हो ?
रोहोमा :
किन ?
मुवाहाङ :
सुप्तुलुङमा भिœयाउँदा चाहिन्छ ।
रोहोमा :
ए ! मेरो पाछा थुम्राहोङ हो ।
मुवाहाङ :
सामेत ?
रोहोमा :
नामघुङमा ।
मुवाहाङ :
पुख्र्याैली घर ?
रोहोमा :
बर्मा ।
मुवाहाङ :
बर्मा कुन ठाउँ ?
रोहोमा :
मिचिना ।
मुवाहाङ :
मिचिना कुन ठाउँ ?
रोहोमा :
खै ? त्यो ता थाहा छैन । तर पापाको अनुसार सन् दोस्रो विश्वयुद्ध को लागि हाम्रो पुर्खाहरू नेपालबाट बर्मामा आउनु भयो । युद्धपछि हाम्रो पुर्खाहरू बर्मामै बस्नु भयो । त्यस मध्येको हाम्रो पापाखाल पनि एक हो । बर्मामा हाम्रो पापाको एउटा छोरा र देमा थियो । देमा सारै मापाको हुनुहुन्थ्यो । गोर्खे खुकुरीले संधैँ काट्नु खोज्नु हुनुहुथ्यो । तर देमाको अत्याचार पापाले सहनु सक्नु भएन । ज्यान जोगाउनुको लागि राती नै भागरे पापा दार्जिलिङमा जानु भयो । दार्जिलिङको कमानमा काम गर्नु भयो । काम गर्दागर्दै पापाको आमासँग विवाह भयो । विवाहपछि म जन्मिएँ । आमापापाले मलाई दिल्लीको आर्मी स्कुलमा पढाउनु भयो । मेरो उच्च शिक्षापछि गोर्खा आर्मीको विषयमा पिएचडी अनुसन्धानको लागि नेपाल आएँ । तिमीसँग भेट भयो । हाम्रो मन मिल्यो । अहिले हामीसँगै बसेको छौ । तर किन किन तिमीलाई भेटेपछि मेरै पुर्खालाई भेटेको जस्तो लागिरहेको छ ।
मुवाहाङ :
हो नि । मलाई पनि त्यस्तै लागिरहेको छ ।
रोहोमा :
त्यै त । अचम्मै भा’को छ । फेरि हाम्रो अनुहार पनि ठ्याक्कै मिल्छ ।
मुवाहाङ :
तर साइन्सको अनुसार एउटै जिन भा’को जीवहरूको शारीरिक बनौटदेखि अङ्गप्रव्याङ्गहरू सबै मिल्छ । हामी पनि एउटै जिनको मङ्गोलियन भएकोले हाम्रो अनुहारहरू पनि मिलेको होला नि ।
रोहोमा :
खै होला ता नि । (प्रतिप्रश्न गर्दै) अनि ? आप्mनो चाहिँ पुख्र्याैली घर कहाँ हो ?
मुवाहाङ :
मेरो पनि मिचिना नै हो । तिम्रै जस्तो मेरो पुर्खाहरू पनि दोस्रो विश्वयुद्धपछि मिचिना नै बस्नु भा’को । तर अहिले हामी भुटानको फुन्चिलिङमा बस्छौ । फुन्चिलिङमा छुवाहरूसँग आमा हुनुहुन्छ ।
रोहोमा :
अनि ? पापा चाहिँ ?
मुवाहाङ :
भासिनु भा’को ।
रोहोमा :
मिन्स ? मरेको ?
मुवाहाङ :
होइन ।
रोहोमा :
के भा’को त ?
मुवाहाङ : मुङलान भासिनु भा’को । म जिउन्दै टुहुरा भा’को । (रुँदै) पापा मुङलान जानु भएपछि आमाले पापाको साहारा पाउनु भएन । म पनि पापा विहीन भएँ । पापाको माया पनि पाइनँ । हामी साहारविहीन भयांै । हामीलाई धेरै दुःख भयो । जीवन जिउँनु धेरै गाहे भयो । दुःखमा सबैले हेप्यो । तर छुवाले हामीलाई धेरै सहयोग गर्नु भयो । छुवाकैमा हामी बस्यौ । छुवाकै घरमा हुर्किएँ पनि । (रुएर आँसु पुच्दै) छुवाको अनुसार आमाले पापालाई सधैं हेप्नु हुन्थ्यो । आमाको अत्याचार सहनु नसकेर पापा मुङलान भासिनु भयो । त्यो दिनदेखि पापा फर्किएर आउनु भा’को छैन । तर आमाले मलाई थिम्पुमा पढाउनु भयो । पढाइसकिएपछि भुटानी शरणार्थीको विषयमा पिएचडीको लागि नेपाल आएँ । तिमीसँग भेट भयो । मन मिल्यो । राम्रै भयो । (प्रति प्रश्न गर्दै) अँ ! साचै ! तिम्रो पापाको नाम ?
रोहोमा :
आम्वाबेन ।
मुवाहाङ :
(आश्चर्य) आम्वाबेन ?
रोहोमा :
हो ! आम्वाबेन । के मेरो पापालाई चिन्छौ ?
मुवाहाङ :
(आत्तालिएर) खै, देखेँ भने चिन्छु होला । पापाको फोटो छ ?
रोहोमा :
(समालिन्दै) छ, तर पापाको सामूहिक फोटो मात्रै ।
मुवाहाङ :
खै ? हेरौ त ?
रोहोमा :
(पर्सबाट फोटो निकालेर दिँदै) यी । यो मेरो पापा, देमा र दाजुको संयुक्त फोटो हो । अझैं पनि पापाले देमा र दाजुलाई मिस गरिरहनु हुन्छ । मेरो पापा कति ह¥यान्डसम हुनुहुन्छ है ?
मुवाहाङ :
(फोटो हेरेर) अँ, रैछ । (उठेर नबोली हिड्छ ।)
रोहोमा :
(मुवाहाडतिर हेर्दै) कस्तो पागल जस्तो ? कुरा गर्दागर्दै त्यतिकै उठेर हिँड्यो । खुस्क्यो कि, क्या हो ? (प्रकाश विस्तारै विलय भएर रोहोमाको अनुहारमा स्थिर हुन्छ ।)
दृश्य : दोस्रो
स्थान : रोहोमाको कोठा
समय : बिहान
पात्रहरू : रोहोमा र छिमीतमा
(रङगमञ्चमा प्रकाश विस्तारै प्रवेश हुन्छ । रोहोमा झोक्रिएर कुर्सीमा बसिरहेकी छिन् । रोहोमाले गिलासमा पानी पिउँछिन् । मोबाइल झिकेर नम्बर डायल गर्छिन् । तर लाग्दैन ।)
रोहोमा :
(तनावमा) ओ स्याट । (टेबलमा मोबाइल राखेर) यो मान्छे यत्रो दिन कहाँ गयो होला ? अझैं पनि घर आउँदैन । मोबाइल पनि अस्तिदेखि नै स्बिचअफ छ । यो मान्छेले कति सताउँछ ? हैन, यो मान्छे कति स्र्माट हुन्छ है ? मलाई त माटो धुलो जति पनि गन्दैन न त ? । म उसको श्रीमती नै त हैन नि ? किन यो मान्छेले कुरा बुझदैन ? अब यो मान्छेलाई कहाँ खोज्ने होला ? (घण्टी बजेपछि मोबाइल रिसिम गर्दै) हेल्लो । को बोल्नु भा’को ? मुवाहाङ हो ? ।
योङमा :
(पाश्र्वमा) होइन, होइन । म योङमा, दार्जिलिङबाट । चिन्नेनौ छोरी ?
रोहोमा :
ए, आमा हो ?
योङमा :
(पाश्र्वमा) हो, हो । म तिम्रै आमा हो ।
रोहोमा :
ए । सेवान्ने आमा ।
याङमा :
(पाश्र्वमा) सेवान्ने, सेवान्ने । सुन त रोहोमा ।
रोहोमा :
सुन्दै छु, आमा ।
योङमा :
(पाश्र्वमा) तिम्रो लागि ज्वाई हेरिदिएको छौ हो । केटा हेन्डसम छ हो । अङ्ग्रेजीमा पिएचडी गरेको छ हो । गर्भमेण्ट जागिरे छ हो । केटा विद्वान छ हो । सबैले उसलाई सम्मान गर्छ हो । यो केटा तिम्रो पापाको साथीको छोरा हो । मनपराएर भयो भने तिमीहरूको जोडी बाँधिदिने हो । त्यसैले जसरी भए पनि यो आउँदो साकेलामा घर आउनु हो ।
रोहोमा :
तर यो साकेलामा नै त आउनु सक्दिनँ होला, आमा ।
योङमा :
(पाश्र्वमा) ए हो ।
रोहोमा :
हजुर ।
योङमा :
त्यसो भए हाम्रो प्रस्ताव तिमीलाई मन परेन हो ?
रोहोमा :
त्यस्तो हैन आमा । तपाईंंहरूको प्रस्ताव राम्रै छ हो । तर अहिले मेरो कलेजमा छुट्टी मिल्दैन हो । मेरो पिएचडीको अनुसन्धान पनि सकिएको छैन हो । फेरि तत्कालै मेरो विवाह गर्ने मुड नै छैन हो ।
योङमा :
(पाश्र्वमा) कोन्त है । तिम्रो विचार हो । हामी त के भन्छौ र हो ? तिम्रै भलाइको लागि हामीले भनेको हो । तिम्रो भविष्यको लागि ज्वाई हेरिदिएको छ हो । तिम्रो भविष्य तिमीले नै बनाउने हो । तिम्रो विवाह गर्ने मुड नै छैन भने हामीले कर लाउने कुरा भएन हो । तर पछि पछुताउनु चाहिँ पाइँदैन नि हो ।
रोहोमा :
पछुताउदिन आमा । म पनि पढेकै छु हो । धेरै कुरा बुभ्mछु हो ।
योङमा :
(पाश्र्वमा) कोन्त है, कोन्त । पढेको मान्छे मात्रै भनेर हुँदैन हो । सहरमा त विवाह नै नगरी केटाकेटीसँगै बस्छ हो । कोही हेल्पीङ हेण्ड भन्छ हो । कोही लिभिङटुगेदर भन्छ हो । खोइ आजकाल त के–के हो ? के–के ? आजकालको कुरा, म त राम्रो कुरै बुझदिन । तिमी पनि आपैm होस पु¥याउ हो । परदेशको ठाउँमा, चिनेजानेको हुँदैन हो । एक्लै छौ हो । गार्जेन पनि छैन हो । हामीले देख्दैनौ हो । जोसमा होस हुँदैन हो । उमेरमा सेक्सले छेक्दैन हो । आपैm जोगिनु है । फेरि फसिएला नि हो ।
रोहोमा :
हुन्छ आमा, मेरो बारेमा केही चिन्ता लिनु पर्दैन । म सबै ठिकै छु । बरु, आमा अहिले हतार छ । कलेज जानु ढिलो हुनुलाग्यो हो । फोन राख्नु ल । पछि घरमै आएर बात मारौला ।
योङमा :
(पाश्र्वमा) ल ल ! अनि पिरियोड कस्तो छ ?
रोहोमा :
रेगुलर नै छ ।
योङमा :
(पाश्र्वमा) पहिला जस्तो पेट दुख्छ कि, दुख्दैन ?
रोहोमा :
दुख्छ नि, किन नदुख्नु ?
योङमा :
(पाश्र्वमा) ए, ल ल ! आफ्नो हेल्थको पनि केयर गर्नु हो ।
रोहोमा :
हुन्छ, आमा । बाई । (फोन राखेर) सुड्डी । पेट दुख्छ कि, दुख्दैन भनेर मेरो रिलेसन पो बुज्दोरैछ । मैले पनि मज्जाले ढाँटे हो । बरु सिधैं रिलेसनमा छ कि, छैन भनेर सोध्नु नि ! नथापाउने तरिकाले चेक पो गर्दोरैछ । तर, वास्तवमा मैले गल्ती चाहिँ गरिरहेकै छु । गोप्य रूपमा भए पनि मुवाहाङसँग रेगुलर रिलेसनमा नै छु । मुवाहाङसँग जवानीको रस खाइरहेकै छु । जवानीको पानी पनि प्mयाकी रहेकै छु । तर विवाह गरेको छैन । त्यै पनि रिलेसनको सबै टेस्टहरु लिइरहेकै छु । प्रत्येक आईटमहरू चाखिरहेकै छु । प्राचीन टुँडालको आइटमभन्दा धेरै आइटमहरुको अनुभव गरिरहेकै छु । कयौं महिलाहरू फुलटेस्ट नै नचाखी मर्छ । तर त्यस मामिलामा म चाहिँ भाग्यमानी नै छु । मुवाहाङसँगको रिलेसनमा पूर्ण सन्तुष्टी नै छु । तर सधैं यो खुसी रहिरहन्छ र ? कतै यो खुसीहरूमा पीडा त छैन ? (आकाशतिर हेर्दै) कस्तो डर पो लागेर आउँछ ।
छिमीतमा :
(प्रवेश गर्दै) के हो ताल ? मोबाइल त व्यस्त छ नि ?
रोहोमा :
अँ, आमासँग कुरा गर्दै थिए ।
छिमीतमा :
ए हो । अनि के भन्नु भयो त, आमाले ?
रोहोमा :
के भन्नु हुन्छ र ? मेरो लागि केटा हेर्नु भा’कोरैछ । त्यो केटासँग विवाह गर्नुको लागि बोलाउनु हुँदै थियो ।
छिमीतमा :
अनि, के भन्यौ त ?
रोहोमा :
के भन्नु र ? पछि घर आएर कुरा गरौँला भने नि । अनि तिम्रो के छ ?
छिमीतमा :
झकास छ ।
रोहोमा :
कस्तो झकास ?
छिमीतमा :
त्यैत हो नि, ब्याइफ्रेन्डसँग । आज पनि खत्त्रा दियो । कस्तो किलै गाड्छ यार । बेहोसै बनाउँछ ।
रोहोमा :
तर तिमीहरूको परिवार छ, हैन ?
छिमीतमा :
छ नि । किन नहुन ? उसको जापानमा, मेरो बर्मामा ।
रोहोमा :
तैपनि कसरी यस्तो हुन्छ त ?
छिमीतमा :
भइहाँल्छ नि । जहाँ इच्छा, त्यहाँँ उपाय । घरमा भा’कोले यहाँँ काम दिँदैन, सम्झनाले मात्रै तिर्खा मेटिन्दैन । भोक लागेको बेला ढुङ्गा खानु भएन, माटो खानु भएन । खाने बानी परेकोलाई खानै पर्छ नि । त्यसैले भेट्यो कि, रेट्यो । तर हामीमा अन्डरस्टान्डिङ छ । एकले अर्काको परिवारलाई बचाउँछौ । खाँदा पनि चोरी खाने हो, खुल्ला होइन ।
रोहोमा :
छ¥या ! कस्तो छाडा कुरा गरेको ।
छिमीतमा :
के को छाडा ? सेक्स सबैलाई चाहिन्छ । यो प्रकृतिकै नियम हो । सेक्सलाई कसैले खुलेर गर्छ, कसैले लुकेर, फरक यति मात्रै हो । आवश्यकता अनुसार सेक्सलाई प्रयोग गर्ने नै हो । तर व्यवस्थित तरिकाले, जेपीटी होइन । सहमतिमा सेक्स गर्दा के बिग्रिन्छ र ? च्यातिने होइन, भाँचिने होइन । मनमिलेपछि गरिखाने हो । जवानीको चाहनालाई किन कुण्ठित पार्नु ? आखेरी, उमेरमा सबैलाई सेक्स चाहिन्छ, बुढेसकाल भएपछि सेक्सको के काम ?
रोहोमा :
छ¥या ! यो मान्छे त कस्तो हो ? इत्रिन्छ पो ?
छिमीतमा :
इत्रेको होइन । साँच्चो कुरा गरेको । साँच्चो कुरालाई किन ठाँट्नु ? वास्तविकता जे हो, त्यही भनेको । व्यर्थैमा ढाँटेर किन आडम्बरी बन्नु ? यस्तो कुरा कसैलाई मन पर्छ, कसैलाई पर्दैन । नभा’को कुरा गरिन्दैन, भा’को कुरा छोडिन्दैन । सिधा मान्छेको ठाडो कुरा । रिसाए रिसाउ, खुसाए खुसाउ । रिसाए दुइचार दिन बोल्दैनौ, त्यति त हो ।
रोहोमा :
छ¥या ! यो मान्छे त कस्तो लाजै पचेको ? हाँकाहाक्की नै पो रिलेसनको कुरा गर्छ ।
छिमीतमा :
के को लाज ? रिलेसनचाहिँ लुकिलुकी राख्ने ? यस विषयमा खुल्नुचाहिँ लजाउने ?
रोहोमा :
अनि के त ? कोहोलो लाउँदै हिँड्नु त ?
छिमीतमा :
कोहोलो त किन लाउनु प¥यो र ? तर सेक्सको बारेमा एक आपसमा खुल्नुचाहिँ प¥यो । यस विषयमा बहस हुनुप¥यो । सेक्सलाई पहरा बनाउनु भएन । सहमतिमा रिलेसन राख्नु अपराध त होइन नि ! यो त माया पो गरेको त । भावना पो साटेको त । विश्वास पो गरेको त । निकता पो भा’को त । जवानी पो साटेको त । यौवन पो साटेको त । उमङग पो साटेको त । सेक्स प्रकृतिकै नियम हो । त्यैपनि किन सेक्सलाई अवहेलन गरिन्छ ? किन सेक्सलाई समाजिक बहिष्कार गरिन्छ ? किन सेक्सलाई बन्दकोठाभित्र मात्रै सीमित राखिन्छ ? किन महिलालाई मात्र सेक्सको दोषी बनाइन्छ ? के महिला सेक्स साधन मात्रै हो त ? के महिला बच्चा उत्पादनको फ्याकट्री मात्रै हो त ? किन महिलालाई दबाएर राखिन्छ ? किन महिलालाई निर्णायक नेतृत्वमा पु¥याइँदैन ? किन महिलापुरुष बिचको खाँडल झन खनिन्दैछ ? किन महिलालाई सेक्सको भौतिक साधन मात्रै बनाइन्दैछ ? यस्तो कयौंँ प्रश्नहरुको उत्तरहरु आउनु पर्छ । यस्तै समाज रहिरहने हो भने विकृतिको दलदलमा समाज झन फस्ने निश्चित छ ।
रोहोमा :
यो कस्तो मान्छे रैछ ? मेरो समस्याको समाधान पो गर्नु सघाउँछ कि, भनेर बोलाको त । उसको भाषण पो सुनाउँछ ।
छिमीतमा :
यो भाषण होइन, शिक्षा हो । अभिशाप होइन, विश्वास हो । समस्या होइन, समाधान हो । सबैको विचार सुन । मनन गर । आत्मा विश्वास बढाऊ । तिम्रो समस्यालाई सामान्य लेउ । यसलाई पहरा नबनाऊ । यो तिम्रो मात्रै समस्या होइन, यो भूमण्डलीय समस्या हो । त्यसैले चिन्ता नलिऊ । जे नहुनु थियो, त्यो भयो । जे भयो, भइसक्यो । त्यसबाट पाठ सिकेर अगाडि बड । समस्याको समाधान अवश्य हुन्छ । किन व्याथैमा चिन्ता लिन्छौ ?
छिमीतमा :
हुनु ता हो । तर मुवाहाङ नहँुदा गाहे भा’को छ । उसलाई धेरै खोजी सकें । तर भेटिएको छैन । आँधो भएर विश्वास गर्दा सारै दुःख पाइयो । ना मर्नु, ना बाच्नु भैयो ?
छिमीतमा :
छ्या, कस्तो मर्ने कुरा गरेको ? मान्छेले सुन्दा पनि के भन्छ ? मर्ने कुरा त कायरले पो गर्छ त ।
रोहोमा :
त्यो ता हो नि । तर सारै टेनसन भा’को छ । के गरौँ ? के ?
छिमीतमा :
के गर्नु त, जोसमा होस गुमाएपछि ? अलीअली त टेन्सन भैहाल्छ नि । तर आत्तिनु पर्दैन । मन बलियो पार । विस्तारै सबै समस्याहरु ठिक हुन्छ । (प्रशङ्ग बदल्दै) अनि ? तिम्रो पिरियोड ठिक छ ?
रोहोमा :
अँहँ, छैन ।
छिमीतमा :
कहिलेदेखि ?
रोहोमा :
चार महिना भयो ।
छिमीतमा :
यो कुरा मुवाहाङलाई थाहा छ त ?
रोहोमा :
छैन ।
छिमीतमा :
किन नभनेको ?
रोहोमा :
भन्नै पाइन । पिरियोड रोकिनुभन्दा अगाडि नै मुवाहाङ गायव भयो ।
छिमीतमा :
त्यै त समस्या । काम गरुन्जेल मज्जा भयो, वास्ता भएन । काम बिग्रियो, प¥यो फसाद । सुरुमै कन्ट्रासेप्mटी प्रयोग गरेको भा लन्ठै साप हुन्थ्यो । कि कन्ट्रासेप्mटीको ज्ञान नै छैन ?
रोहोमा :
छ नि, किन नहुनु ? तर ज्ञान हुँदाहुँदै पनि फसिए । अहिले आपत प¥यो । फेरि, रेगुलर रिलेसनमा यसको युजमा समस्या हुँदोरैछ । सैद्धान्तिक ज्ञान भएपनि ब्यावहारिक भइन्दैन रैछ ।
छिमीतमा :
के गर्ने त अब ?
रोहोमा :
त्यै त । के गर्ने ? गर्ने ? आफै कन्फियुजमा छु ।
छिमीतमा :
अब, बेलामा बुद्धी पुग्दैन । अहिले व्यर्थैमा झमेला । कि एर्वोसन गर्ने ?
रोहोमा :
अँहँ, हुँदैन ।
छिमीतमा :
किन ?
रोहोमा :
पाप हुन्छ ।
छिमीतमा :
पाप न साप । आधुनिक जमानामा पनि पाप र धर्मको कुरा गर्ने हो ? समयअनुसार पो चल्नु पर्छ त । धर्ममा होइन, कर्ममा विश्वास गर्नुपर्छ । भाग्यमा होइन, परिश्रममा विश्वास गर्नुपर्छ । भाग्यमै विश्वास गर्ने भए किन पढिराखेको त ? भगवानलाई जप्दै बस्नु नि । भावनाले होइन, दिमागले काम गर, दिमागले ।
रोहोमा :
तर यो भ्रुणको के दोष ?
छिमीतमा :
त्यै भन्दै बस्यौ भने झन् लफडामा पर्छाै । अनि भुत्रो खान्छौ ।
रोहोमा :
के गर्नु त ?
छिमीतमा :
भोलि नै कलेज जाउँ । इक्ज्यामको कपीहरू पनि बुझाउ । कलेजमा मुवाहाङ आउँदै छ कि छैन ? त्यो पनि बुझ । म पनि उसको बारेमा बुझ्छ । यो भूमण्डलीकरणले संसार सानो छ । त्यो मुवाहाङ कहाँ पो जान्छ र ? पत्ता लागि हाल्छ नि । चिन्ता लिनु पर्दैन ।
रोहोमा :
हुन्छ ।
छिमीतमा :
ल, अहिले म गए । अफिस जानु छ । ढिलो भैसक्यो । (जादै) बाई ।
रोहोमा :
बाई । (छिमीतमा गएतिर हेर्दै) आज आप्mनो बुद्धीले आफै दुःख पाएँ । (प्रकाश विस्तारै विलय भएर रोहोमाको अनुहारमा स्थिर हुन्छ ।)
दृश्य : तेस्रो
स्थान : प्रिन्सिपलको अफिस
समय : दिउँसो
पात्रहरू : रोहोमा, प्रिन्सिपल र पियन
(प्रकाश विस्तारै प्रवेश हुन्छ । प्रिन्सिपलले टेबलमा केही लेखिरहेकी छिन् । पाश्र्वमा विद्यार्थीहरुका हल्लाहरु आइरहेका छन् । रोहोमा सोफामा बसिरहेकी छिन् ।)
प्रिन्सिपल : (लेख्नु छोडेर) अनि भन्नुहोस्, के छ तपाईंंको खबर ?
रोहोमा : त्यस्तो केही छैन म्याडम । (ब्यागबाट कपी निकालर दिँदै) यो विद्यार्थीहरुको इक्ज्यामको कपीहरू । हतार हतार जाँची सकेर ल्याको ।
प्रिन्सिपल : थ्याङक यु । त्यही टेबलमाथि राखिदिनुहोस् । भरै हेर्छु । (प्रसँग बदल्दै) अनि अरु के छ ?
रोहोमा : अरु त त्यस्तो केही छैन । तर अलिकति लोन चाहिएको थियो । कलेजबाट लोन मिल्छ कि, भनेर आ’को, म्याडम ।
प्रिन्सिपल : खै । लोनको बारेमा त म केही भन्नु सक्दिन । यो प्रशासनको कुरा हो । प्रशासनमा नै कुरा गर्नुहोस् न । कतै मिल्छ कि ? तर मैले बुझेअनुसार नमिल्न पनि सक्छ । तैपनि ट्राइ गर्नुहोस् ।
रोहोमा : किन म्याडम ?
प्रिन्सिपल : यो कलेजको नियमअनुसार नियमीत स्टाफहरूलाई मात्र लोनको व्यवस्था छ ।
रोहोमा : म पनि त यै कलेजको स्टाफ हँु नि । (प्रश्न गर्दै) के मैले लोन पाउँदिनँ र ? नियम त सबैलाई बराबर लागु हुनु पर्ने हो । कि म विदेशी भनेर ?
प्रिन्सिपल : त्यस्तो होइन, रोहोमा जी । यस कलेजमा स्वदेशी वा विदेशी भनेर छुटाइन्दैन । सेवा र सुविधा पनि समान हुन्छ । लिङ्ग भेद पनि गरिन्दैन । जाति भेद पनि गरिन्दैन । रङ्ग भेद पनि गरिन्दैन । सबैलाई सम्मान व्यवहार गरिन्छ । तर, यस कलेजमा शिक्षाको गुणस्तरमा मापन गरिन्छ । कामकर्तव्यमा मापन गरिन्छ । अनुशासनमा मापन गरिन्छ । यो माथिको कुनै एउटा विषयमा चुक्ने बित्तिकै यस कलेजमा टिक्नु गाह्रो छ । त्यसैले तपाईंंको केसमा बोल्नु अलिक उप्ठा¥यारो छ ।
रोहोमा : (आश्र्चायमा) मतलब ! के म यस कलेजको नियमीत स्टाफ होइन र ? कि म निष्कासित भैसके ?
प्रिन्सिपल : निष्कासित नै त होइन । तर तपाईंं र मुवाहाड सरको केसमा बोल्नु अलिक जटिल छ । तपाईंंहरूको इन्टररिलेसनको बारेमा कलेजभरि नेगेटिभ हल्ला छ । त्यो हल्लाले कलेजलाई गाह्रो भा’को छ । विद्यार्थी र स्टाफहरूलाई सम्झाई रहेको छौ । तर कैयौं नसोचिएको प्रश्नहरू तेर्सिन्छ । त्यस्को स्पष्टीकरण दिँदादिँदा कलेजलाई पनि दिक्क भइसकेको छ । तपाईंंहरूको इन्टररिलेसन तपाईंंहरूकै पर्सनल विषय हो । त्यस विषयमा कलेजको भन्नु केही छैन । यस विषयमा तपाईंंहरूलाई पहिला पनि सम्झाएकै थिएँ । तर मेरो सुझावलाई मान्नु भएन । त्यसैले आज सबैलाई समस्या भा’को छ । हुनु त पहिला पनि तपाईंंहरूको विषयमा भित्रभित्रै ठुलो बहस नभा’को होइन, भाकै थियो । तर तपाईंंंहरुको लिभिङटुगेदरको विषय व्यक्तिगत स्वतन्त्रताको विषय थियो । ‘यस विषयमा हस्तक्षेप गर्नु हुँदैन । बरु उसको कार्य क्षमतामा चाहिँ मूल्याङ्कन गरौँं’ भनेर कलेजमा अड्डी कसेँ । तर व्यवस्थापनले मानेन । यस विषयमा कुनै निर्णय पनि भएन । तर मलाईसमेत लिभिङटुगेदरको आरोप लाग्यो । मेरो चरित्रमाथि आँैला उठाइयो । मेरो कार्यक्षमतामा नै प्रश्न उठाइयो । मेरो कार्य सम्पादनमा पनि प्रभाव पारियो । त्यसैले कुनै पनि विषयमा स्टेन्ड लिनु छोडेको छु ।
रोहोमा : तर, जायज कुरामा त स्ट्याड लिनुपर्छ भनेर तपाईंंले नै सिकाउनु भा’को होइन र ?
प्रिन्सिपल : हो । मैलै नै सिकाएको हुँ । तर धेरै कुरा त्यो सिचुएसनमा पनि भरपर्दाेरैछ । एउटै विषयमा सबै सिचुएसन ठिक हुँदैन रै’छ । सिचुएसन अनुसार एउटै विषयको फरक–फरक महत्व हुँदोरै’छ । चोर्ने कलाको महत्व चोरलाई मात्रै हुँदोरै’छ । नचोर्नेलाई हँुदैन रै’छ । मतलव म जागिरे हुँ, मालिक होइन । जागिरे भएपछि मालिक जस्तो होइन, जागिरे जस्तै गर्नु पर्ने रै’छ । तपाईंंको केसमा पनि त्यही नियम लागु हुन्छ । त्यसैले व्यवस्थापनले जे निर्णय लिन्छ, त्यही गर्नु थालेको छु । आज बोर्डको मिटिङ छ । तपाईंंहरूको विषयमा पनि छलफल हुँदैछ । के निर्णय हुन्छ, थाहा छैन । त्यसैले बोर्डको निर्णय आउनु अगाडि नै तपाईंंले स्वेच्छिक रुपमा राजीनामा दिएर स–सम्मान बिदा लिँदा राम्रो होला ।
रोहोमा : राजीनामा ?
प्रिन्सिपल : हो, राजीनामा ।
रोहोमा : किन राजीनामा दिने ?
प्रिन्सिपल : मैले अघि नै भनि हाले नि । बोर्डको निर्णय तपाईंंहरूको विपक्षामा पनि आउन सक्छ । तर, मुवाहाड सरले मे ५ तारिकमा नै स्वेच्छिक रुपमा राजीनामा दिएर बिदा लिइसक्नु भा’को छ । त्यसैले उहाँलाई बोर्डको निर्णयले केही असर पर्दैन । तर तपाईंं त आजको मितिसम्म आधिकारिक रूपमा यस कलेजकै स्टाफ हुनुहुन्छ । त्यसैले बोर्डको निर्णय तपाईंंको हित विपरीत भएमा त्यसले तपाईंंलाई असर पार्नु सक्छ ।
रोहोमा : तर, म्याडम ?
प्रिन्सिपल : माफ गर्नुहोला । मेरो मुख अलिक छुच्चा छ । अरुले जस्तो घिउ दल्नु जान्दिनँ । त्यसैले तपाईंंको चित्त दुखाएँ होला । तर चित्त नदुखाउनु होस् । मैले त सम्भावित दुर्घटनाबाट तपाईंंलाई पहिलाझैं बचाउनु खोजेको मात्रै हुँ । त्यसमा मेरो कुनै स्वार्थ छैन । बाँकी कुरा तपाईंंको स्वविवेकले आफै निर्णय लिनु होला ।
पियन : (प्रवेश गर्दै) मे आई कम इन, प्रिन्सिपल म्याम ?
प्रिन्सिपल : यस । कम ईन ।
पियन : (चिठी दिँदै) म्याम, यो चिठी ।
प्रिन्सिपल : लल । त्यही टेबलमा राख ।
पियन : हस, म्याम । (टेबलमाथि चिठी राखेर जान्छ । प्रिन्सिपलले चिठी खोलेर हेर्छिन।)
प्रिन्सिपल : (लामो सास तानेर) रोहोमा जी, मैले अघि नै भनेको थिए नि, बोर्डको निर्णयको बारेमा । जे भनेको थिएँ, त्यही भयो । बोर्डको निर्णयअनुसार तपाईंंलगायत केही स्टाफहरूलाई बर्खास्त गरिएको छ ।
रोहोमा : (अचम्म हुँदै) ओ ! स्याट् ।
प्रिन्सिपल : (खामभित्र पत्र लगाएर दिँदै) माफ गर्नुहोला । मैले तपाईंंको पदलाई जोगाउनु सकिनँ । यी लिनुहोस्, तपाईंंको बर्खास्ती पत्र ।
रोहोमा : (पत्र लिँदै) तर, म्याडम ?
प्रिन्सिपल : यो बोर्डको निर्णय हो, यसमा मेरो केही चल्दैन ।
रोहोमा : (आक्रोशमा) ओ ! स्याट् । (प्रिन्सिपललाई हेरेर बाहिरिन्छिन् । प्रकाश विस्तारै विलय हुन्छ ।)
दृश्य : चौथो
स्थान : रोहोमाको कोठा
समय : दिउँसो
पात्रहरू : रोहोमा र छिमीतमा
(प्रकाश विस्तारै उज्यालो हुन्छ । रोहोमा कुर्सीमा झोक्रिरहेकी छिन । रोहोमाको आगाडि टेबल छ । टेबलमाथि दियो बलिरहेको छ । छिमीतमाको प्रवेश हुन्छ ।)
रोहोमा : केही पत्ता लाग्यो ?
छिमीतमा : (थकित भएर बस्दै) अँहँ, छैन । सबैलाई सोधेँ । तर कसैले पनि थाहा पाएन । बरु मलाई नै पो मुवाहाडको ग्रल्फ्रेन्ड सम्झियो । तर मैले सबैकुरा बताएपछि उनीहरू कनभिन्स भयो । उनीहरूले पनि मुवाहाङलाई खोज्नु सघाउने भा’को छ । तर उसलाई पत्ता लगाउनै गाह्रो भयो । अब के गर्ने ?
रोहोमा : त्यै त ! के गर्ने ? के ? म आफै दोधारमा छु । मैले पनि चिनेजानेकोहरूमा खोजीसकें । तर पत्ता लागेन । मुवाहाङको साथीहरूलाई सोधेको, उनीहरूले पनि थाहा पाएन । बरु उल्टै मलाई पो मुवाहाङको बारेमा सोध्छ । अचम्मै भयो । कति सारो निष्ठुरी ! मलाई रुवाएर गयो । फर्किएर पनि आएन । कि कसैले मा¥यो कि, क्या हो ?
छिमीतमा : के भन्छ यो ? कसले मार्छ र ? मारे त थाहा भै हाल्छ नि !
रोहोमा : के विश्वास ? समय खराब छ । कसैले मारेर नालीमा फाल्नु पनि सक्छ । व्यार्थैमा मलाई पो जिउँदै मा¥यो । अब, यो समाजमा कुन मुख देखाएर हिडूँ ?
छिमीतमा : कुन मुख देखाउनु र ? जुन मुख छ, त्यै नि ! नभा’को मुख कहाँबाट ल्याउनु ? त्यसमा चिन्त्ता गर्ने कुरै छैन नि । कि क्युट गर्ने ?
रोहोमा : चुप लाग । जे पायो, त्यै नबोल ।
छिमीतमा : अब के गर्ने त ? मुवाहाङलाई पनि भेटिन्दैन । कि सिगंल मदर हुने ?
रोहोमा : (आक्रोशमा) अँहँ, हुँदैन ।
छिमीतमा : आखेरी के हुन्छ त ? सरोगेट मदर त छ भने सिङ्गल मदर हुँदा के बिक्रिन्छ र ?
रोहोमा : (छिमीतमाको गाला चड्काउँदै) छिमीतमा । मुख समालेर बोल । मुखमा जे आयो, त्यै नबोल । म कुनै हालतमा पनि मेरो भ्रुण हत्या गर्नु सक्दिनँ । म मेरो बच्चालाई जन्मदिएरै छोड्छु । (रुँदै) मलाई सहयोग गर, छिमीतमा । मलाई सहयोग गर ।
छिमीतमा : (आक्रोशमा) मैले के गर्नु त ? काम आफै विर्गाछस् । अहिले रुएरके पाउँछस् ? यसो गरौँभन्दा पनि होइन, उसो गरौँभन्दा पनि होइन । एउटा न एउटा उपाय त निकाल्नु प¥यो नि ? (सम्झाउँदै) अब हामीसँग दुइवटा मात्रै उपाय छ ।
रोहोमा : के उपाय ? भन ।
छिमीतमा : एर्बोसन गर्ने वा मुवाहाङको परिवारलाई कन्भिन्स गरेर उसको परिवारलाई मुवाहाङको बच्चा जिम्मा दिने । जोसमा होस पु¥याउँदैन, मलाई समेत टेनसन दिन्छ । काम बिगार्नु पहिला नै होस् पु¥याउनु पर्दैन ? त्यत्रो कन्ट्रासेफटीको के काम ? आप्mनो सुरक्षा आफै गर्नु पर्दैन ? अरुको भरपरेर हुन्छ ? पढेको मान्छे अरे, सढेको बुद्धी । यो परदेशको ठाउँ हो, हामीलाई कस्ले सहयोग गर्छ ? आफै कमाएर बाँच्नु पर्ने हुन्छ । अब मेरो काममा हिडौ कि ? तिम्रो काममा हिडौं ? तिमी आपैm भन त ?
रोहोमा : (आक्रोशमा) गल्ती भयो भन्दै छु त ? कति एउटै कुरा दोहा¥याई राखेको ? (रुँदै) मेरो गल्ती भयो, गल्ती भयो ।
छिमीतमा : (रोहोमालाई उठाउँदै) नरोउ । उठ । किन रुन्छौ ? यो सामन्य समस्या हो । यस्तो समस्या सबैलाई पर्छ । यसलाई समयमा नै व्यवस्थित गर्नुपर्छ । विस्तारै सबै कुरा ठिक हुन्छ । मन बलियो पार । आत्मा बल बढाऊ । जे नहुनु थियो, त्यो भैसक्यो । जे भयो, सकियो । किन आत्तिन्छौं ? आत्तिएर समस्या टड्छ ? बरु भन, मुवाहाङको ठेगाना थाहा छ ?
रोहोमा : छ ।
छिमीतमा : कहाँ हो ?
रोहोमा : फुन्चिलिङमा ।
छिमीतमा : फोन नम्बर ?
रोहोमा : ९७५१७७५३०९३
छिमीतमा : (डायरीमा टिप्दै) पख । म ठेगाना टिप्दै छु । (डायरी झोलामा लाउँदै) ल, ठिक छ । तिमी कपडाहरू मिलाउँदै गर । म अफिसमा बिदा मिलाएर आउँछु । भोलि नै भुटान जानु पर्छ । मुवाहाङ उसको घरमा गा’को हुनु सक्छ । अहिले म गए । (बाहिरिदै) बाई ।
रोहोमा : (खुसी हुँदै) ल ल ! बाई । (छिमीतमा गएतिर हेरिरहन्छ । प्रकाश विस्तारै रोहोमाको अनुहारमा स्थिर हुन्छ ।)
दृश्य : पाँचौ
स्थान : याङमीको बगैंचा
समय : बिहान
पात्रहरू : रोहोमा, छिमीतमा, याङमी र झ्याङ्गो
(प्रकाश विस्तारै उज्यालो हुन्छ । याङमीले बगैँचाको फुलमा पानी लगाइरहेकी छन् । फुलहरू ढकमक्क फुलेका छन् ।)
याङमी : (फुल खेलाउँदै एकोहोरिएर) आ ऽऽऽ…नि लै लै । यो पूmलहरु पनि कहिले फुल्छ, कहिले ओइलिन्छ । फुल्दा सुन्दर देखिन्छ, ओइलाउँदा मलिन । यो जीवन पनि फुल जस्तै रै’छ । जवानीमा सुन्दर, जोवन ढल्केपछि कुरूप । त्यस्तै भयो मेरो जीवन पनि । जोवनीमा कति राम्रो थिएँ । जोवन ढल्केछ । कुरूप भएछु । जवानीमा बल थियो । जोस थियो । जाँगर थियो । उत्साह थियो । उमङ्ग थियो । सुन्दरता थियो । तर अहिले ओइलिएको पूmलभैm फिक्का छु । अब त मसँग अतीतको सम्झना मात्रै बाँकी छ । त्यो जोवनमा धेरै साइबाहरुसँग उमङ्ग साँटे । बैंस साँटे । जोवानी साँटे । जोवानीले मात्तिएको थिएँ । उमङगले पात्तिएको थिएँ । बर्मामा हुँदा धेरैको मन दुखाएँ । धेरैको चित्त दुखाएँ । त्यो बैंसले क्यौंको जीवन पीडामा बित्यो । क्यौंको उमङगमा । तैपनि जवानीमा मुवाहाङपाले कति धेरै माया गथ्र्याे । कति धेरै विश्वास गथ्र्याे । कति धेरै केयर गथ्र्याे । तर मैले मुवाहाङपालाई धोका दिएर ठुलो घात गरँे । (एकोहोरिएर) अहिले मुवाहाङपा कहाँ छ होला ? के गर्दैछ होला ? कस्तो भयो होला ? एक पल्ट हेर्नु पाए पनि हुन्थ्यो । एक पल्ट बोल्नु पाए पनि हुन्थ्यो । एकपल्ट भेटनु पाए पनि हुन्थ्यो ? तर अब त उसले मलाई चिन्दैन पनि होला । चिने पनि भेट्दैनहोला । भेटे पनि बोल्दैन होला । मैले उसलाई खुकुरीले किन काट्नु खोजेको होला ? के म साँच्ची कै मूर्ख नै थिए ? कि मेरो पुर्खाहरुले जस्तै हातमा खुकुरी लिएर ‘आयो गोर्खाली’ भन्दै थिएँ ? यो प्रश्नको जवाफ अझैं पनि मसँग छैन । कतै मेरो सुसुप्त मष्तिषमा गोर्खालीको वीरताको रगत गाडिएको ता थिएन ? तर मैले मुवाहाङपालाई जुन व्यवहार गरँे, त्यो गल्ती गरेँ । त्यै कारण मेरो पारिवारिक सम्बन्धमा भुइचालो आयो । पीडाले जीवन भरियो । भावनामा तिकतता आयो । बिछोडले जीवन भरियो । यस्तो बिछोडको घटना कसैलाई पनि नपरोस् । यो मेरो तितो सत्य हो । अहिले पश्चाताप लाग्छ । तर पश्चाताप गर्नु धेरै ढिलो भइसक्यो । सायद, त्यसैले होला, मुवाहाङ पनि उस्कै पापा जस्तो मबाट टाढा हुँदैछ । अब त यो मुवाहाङले पनि उसको पापाले जस्तै खबरै गर्नु छोड्यो । यो बुढेसकालको साहारा नै मुवाहाङ थियो, ऊ पनि पलायन हुँदैछ । म एक्लो हुँदैछु । बुढो रुखझैं खङग्रङ सुक्दैछु । कहिले ढल्ने हो, म आपैmलाई थाहा छैन ।
भ्mयाङगो : (तोङवा दिँदै) नाना, यी तोङवा ।
याङमी : (बेवास्ता गर्दै) भो, खान्न । उतै लैजाऊ ।
भ्mयाङगो : खाऊ न । यसले शरीरलाई तताउँछ ।
याङमी : (बेवास्ता गर्दै) शरीर तताएर के गर्नु, मन नै चिसो भएपछि ? जसले खान्छ, उसैलाई देऊ ।
भ्mयाङगो : नखाएर के खान्छौ ? भात पनि खाँदैनौ । तोङवा पनि खाँदैनौ । भोकभोकै कति दिनसम्म बस्छौं ?
याङमी : जति दिन बाँच्छु, त्यति दिन बस्छु ।
भ्mयाङगो : त्यसो भनेर कहाँ हुन्छ र ? तिम्रो शरीर पनि पहिलाभन्दा शिथिल भइसक्यो । अरु नखाए पनि तोङवा त खाऊ । तोङवामा घ्यु ला’को छु । घ्युले तागत दिन्छ । विमार ठिक हुन्छ ।
याङमी : म नै भएपछि शरीरको के काम ? शरीर त मासुको डल्ला हो । मृत्युपछि विलाएर जान्छ ।
भ्mयाङगो : त्यसो भा भकुन्डो खेल ।
याङमी : केलाई ?
भ्mयाङगो : मासुको डल्लालाई । फेरि त्यसै विलाएर जान्छ ।
याङमी : (आक्रोशमा) बेकुप ! के कुरा गर्दैछौं ?
भ्mयाङगो : के चाहिँ गर्नु त ? राम्रो कुरा गर्दा त टेर्नु पनि प¥यो नि ! तिम्रो शरीर नै नरहे तिमी कसरी हुन्छौ ? त्यसैले पहिला शरीरलाई तन्दुरुस्त पार । त्यसपछि जे–जेलाई सम्झनु पर्ने हो, त्यै–त्यैलाई सम्झ ।
याङमी : तँलाई के थाहा ? बिछोडको पीडा कस्तो हुन्छ भने र ? (एकोहोरिन्दै) अहिले मुवाहाङपा पनि मेरो साथैमा भा’को भा कति रमाइलो हुन्थ्यो होला ?
भ्mयाङगो : त्यो त हो । तर मान्छे नै बेखबर छ । चिन्ता लिएर हुन्छ ? खोज्नु पर्दैन ? अपुताली हुन्छ, अनि थाहा हुन्छ ।
याङमी : नकरा । अलक्षिणा । अशुद्ध नबोल । मेरो छोरा छ । म किन अपताली हुने ? बरु भोलि नै नेपाल जा । मुवाहाङलाई खोजेर ल्याइज ।
भ्mयाङगो : ल्याउनु त ल्याउने । तर कसरी ल्याउने, भान्जानै बेखबर भएपछि ? (गेटको घण्टी बज्छ ।)
याङमी : को हो ? (गेटतिर इसारा गर्दै) ऊ मुवाहाङ आयो कि क्या हो ? गेट खोल्देउ त, भ्mयाङगो ।
भ्mयाङगो : (गेटतिर जाँदै) एकछिन पख है । म आऊ ।
याङमी : (अचम्म पर्दै) यो के अचम्म ? सपना हो कि, बिपना हो ? भ्mयाङगोले समेत थर्काउनु थाल्यो त ? (भ्mयाङगो, रोहोमा र छिमीतमाको प्रवेश हुन्छ ।) को हो, यो नानीहरू ?
भ्mयाङगो : भान्जाको साथीहरू अरे । अघि बिहानै फोनमा लोकेसन माग्नु भा’को थियो । मैले घरको लोकेसन देको । तिमीलाई त नभनी पो रै’छु ।
छिमीतमा : (अभिवादन गर्दै) सेवान्ने देमा ।
रोहोमा : (अभिवादन गर्दै) सेवान्ने देमा
याङमी : (अभिवादन फर्काउँदै) सेवान्ने, सेवान्ने । अनि यो नानीहरुचाहिँ कता को हो ?
छिमीतमा : मेरो बर्मा ।
रोहोमा : मेरो चाहिँ इण्डीया ।
याङमी : (छिमीतमातिर इङ्गिद गर्दै) बर्मा कहाँ हो ?
छिमीतमा : मिचिना ।
याङमी : ए ! दोस्रो विश्वयुद्धमा नेपालबाट गा’को ?
छिमीतमा : जीउ देमा ।
याङमी : (रोहोमातिर हेर्दै) अनि यो नानीको इन्डिया कुन ठाऊ ?
रोहोमा : दार्जीलिङ ।
याङमी : ए ! अनि मुवाहाङसँग चाहिँ कसरी चिनजान भयो त ?
रोहोमा : एक्चुअली हामी नेपालमा मुवाहाङसँग एउटै कलेजमा काम गर्छाै । त्यही कलेजमा नै चिनजान पनि भा’को ।
भ्mयाङगो : (कफी ल्याउँदै) यो नानीहरूलाई कति केरकार पारेको ।
याङमी : पार्नु त पर्छ नि । किन आ’को सोध्नु परेन ?
भ्mयाङगो : (कफी दिँदै) नानीहरू, यी कफी खाऊ । यो भुटानी कफी हो । राम्रो छ । स्वास्थ्यलाई पनि राम्रो गर्छ ।
रोहोमा : आलाडने छुवा ।
छिमीतमा : आलाडने छुवा ।
रोहोमा : (कफी खाँदै) सोध्नु भयो, राम्रै भयो । हामी पनि केही कुरा भन्नै आ’को थियौ, देमा ।
याङमी : के कुरा ? भनन् ।
नाथुम : (अप्ठारो मान्दै) एकचुअली…
याङमी : भन भन । अप्ठ्यारो मान्नु पर्दैन । खुलेरैभन्दा हुन्छ ।
छिमीतमा : (रोहोमातिर संकेत गर्दै) ओइ रोहोमा, तँ भन ।
रोहोमा : (कुरा अगाडि बढाउँदै) एकचुअली कुरा के हो, भने देमा । हामी पढाइको लागि काठमाडौंमा बस्थ्यौ । तर काठमाडौंमा धेरै महङ्गी छ । घरबाट लगेको पैशाले पढाइ धान्नु गाह्रो भयो । त्यसैले काठमाडौंको एउटा प्राइभेट कलेजमा अङ्ग्रेजी विषय पढाउनु थालँे । त्यो कलेजमा मुवाहाङले पनि पढाउँथ्यो । मुवाहाङसँग त्यही कलेजमा चिनजान भयो । उसको र मेरो मन मिल्यो । केही महिनापछि महगी छल्नुसँगै बस्यौ । हामीले एकअर्कालाई मन परापर पनि ग¥यौ । सँग बाँच्ने, सँगै मर्ने वाचा पनि ग¥यौ । त्यसबिचमा हाम्रो रेगुलर रिलेसन भयो । म प्रेगनेन्ट भए । तर अचनक मुवाहाङ गायव भयो । उसलाई धेरै खोज्यौ । तर भेटेनौ । त्यसैले मुवाहाङ यहाँ आ’को छ कि, भनेर तपाईंंहरूको घरमा आ’को ।
याङमी : ए ! त्यसो भा मुवाहाङलाई खोज्नु आ’को ?
रोहोमा : हजुर ।
याङमी : (हर्कार्दै) तिमीहरू यहाँँबाट गइहाँल । भइहाँल भनेको ।
रोहोमा : तर, देमा ?
याङमी : (हर्कार्दै) तिमीहरू यहाँँबाट गइहाँल । खुरुक्कै गइहाँल । नत्र ।
रोहोमा : (आक्रोशमा) नत्र के ? हामी जादैनौ ? (आप्mनो पेटतिर संकेत गर्दै) यो मुवाहाङको गर्भ हो । मुवाहाङले नै मलाई प्रेगनेण्ट बनाएको हो । मुवाहाङले यो गर्भको जिम्मा लिनै पर्छ । त्यसको लागि तपाईंले मुवाहाङलाई खोजेर ल्याउनु पर्छ । नत्र यहाँबाट म जादै जान्न ? के गर्नु हुन्छ ? के ?
याङमी : ए ! जिम्मा लिनु पर्ने ? तँहरू बेबारीसे प्रेगनेन्ट हुन्छस् । अनि मेरो छोराले त्यसको जिम्मा लिनु पर्ने ?
रोहोमा : (आक्रोशमा) देमा । मुख समालेर बोल्नुहोस् । मुख छ भन्दैमा जे पायो, त्यै नबोल्नुहोस् । यो मुवाहाङको गर्भ हो । यो गर्भको जिम्मा उसले लिनुपर्छ । नत्र म यहाँँबाट जाँदै जान्न ।
याङमी : तँहरू यहाँँबाट खुरुक्कै गइहाँल । जसले पेट बोकायो, उसैलाई खोज् । कोसँग पेट बोक्छस्, त्यसको जिम्मा मैले लिनु पर्ने ? कि मैले तँलाई पेट बोका’को थिए ? (रोहोमा अकमकिन्छिन् ।) तँहरू यहाँबाट गइहाँल । एक सेकेन्ड पनि बस्नु पाउँदैनस् ।
रोहोमा : ठिक छ । म जान्छु । तर, याद गर्नुहोस् । मेरो पेटको बच्चालाई उसको अधिकार दिलाएरै छोड्छु । त्यसको लागि म अहिले नै अदालत जान्छु ।
याङमी : जाजा, जा । जहाँ जान्छस, जा । सक्छस भने अधिकार दे । वेबारिसे बच्चालाई अधिकार दिनु पनि राम्रै कुरा हो ।
रोहोमा : (आक्रोशमा) दिन्छु, दिन्छु । (ब्याग बोकेर) हिँड छिमीतमा, जाऊ । (रोहोमा र छिमीतमा जान्छन् ।)
भ्mयाङगो : (याङमीको छेउमा गएर) नाना । किन त्यसो भनेको ? भान्जाकै गर्भ हो भने त ठिकै छ नि ।
याङमी : चुप लाग । तँ कुरै नबुझी प्यच्चै नबोल । मुवाहाङकै गर्भ हो भने कस्ले नस्वीकार्ने भनेको छ र ? स्वीकार्ने नै हो नि ! तर भन्ने पनि तरिका हुन्छ नि ! जसले पायो, त्यसले ‘मुवाहाङको गर्भ हो’ भन्दै आयो भने सबै स्वीकार्ने ? मुवाहाङको गर्भ भा’को प्रमाणित गरोस् न, स्वीकारी हालिन्छ नि ! म पनि त अबुझ होइन, मान्छे नै हँु नि ! (प्रकाश विस्तारै विलय भएर याङमीको अनुहारमा स्थिर हुन्छ ।)
दृश्य : छैटौ
स्थान : रोहोमाको कोठा
समय : बेलुका
पात्रहरू : रोहोमा, छिमीतमा, नाकपमा, मुवाहाङ, बच्चा ।
(प्रकाश विस्तारै प्रवेश हुन्छ । रोहोमाको कोठामा विभिन्न प्रकारका सामानहरू छन् । त्यो सामानहरुलाई छिमीतमाले मिलाई रहेकी हुन्छिन् । बच्चा च्यापेर नाकपमासँग रोहोमाको प्रवेश हुन्छ ।)
छिमीतमा : केस के भयो ?
नाकपमा : दर्ता भएन ।
छिमीतमा : किन ? के भयो र ?
नाकपमा : प्रमाण पुगेन । प्रमाणको लागि डिएनए परीक्षण खोज्यो । तर हामीसँग डिएनए परिक्षण थिएन । प्रमाणमा हामी कमजोरी भयौ । लिभिङटुगेदरको आधारमा मात्रै मुद्वा दर्ता भएन ।
छिमीतमा : अनि यो बच्चा र बच्चाको आमा नै बलियो प्रमाण होइन र ?
नाकपमा : बच्चा मानवीय प्रमाण हो । उसले सामाजिक मान्यता पनि पाएको छैन । सामाजिक मान्यता नै नपाई कानुनी मान्यता पाउने कुरै पनि भएन । अदालतले हरेक मुद्वाको तथ्यगत प्रमाण खोज्छ । मानवीय प्रमाणले मात्रै कानुनी मान्यता पाउँदैन । फेरि, यहाँँको कानुनले विदेशी नागरिकहरूको लागि प्रस्ट बोलेको छैन । त्यसैले मुद्वा दर्तामा जटिलता आयो ।
छिमीतमा : तपाईंं त ख्याति प्राप्त कानुनविद । अन्तर्राष्ट्रिय कानुनमा पनि तपाईंंको राम्रो दख्खल छ । सबै मानवीय गुणहरूको तथ्य प्रमाणहरू हुँदैन । त्यसैले रोहोमाको बच्चा नै बलियो प्रमाण थिएन र ?
नाकपमा : थियो । तर हामीसँग मानवीय प्रमाण मात्रै भयो । कानुनी प्रमाण छैन । कानुनी प्रमाणको लागि हामीले कि मुवाहाङलाई अदालतमा उभ्याउनु सक्नु प¥यो, कि यो बच्चामा मुवाहाङको भ्रुण भा’को डिएनए प्रमाण जुटाउ प¥यो । यो दुवै कार्य कठिन छ । त्यसको लागि धेरै खर्च लाग्छ ।
रोहोमा : ठिक छ । खर्चको लागि चिन्ता नगर्नुहोस् । म खर्च जुटाउँछु । तपाईंंले कानुनी प्रक्रियालाई अगाडि बढाउनु होस् । कानुनी प्रमाणको लागि डिएनए परिक्षण पनि गराँै । मुवाहाङलाई पनि खोजौँ । त्यसको लागि प्रहरीको सहयोग पनि लिऔँ । यो दुवै काम सँगसँगै गरौँ । खर्च भए होस, केही छैन । तर मेरो बच्चालाई कानुनी अधिकारी दिलाएरै छोड्छु । तपाईंं अहिले नै कानुनी प्रमाणहरू जुटाउनु थाल्नुहोस् ।
नाकपमा : हुन्छ । म अहिले नै कानुनी प्रमाणहरू जुटाउनु थाल्छु । अहिले म गए पनि । (जाँदै) बाई ।
नाकपमा : बाई । (सुनाखरीफुल र बच्चाको कपडाहरू हातमा लिएर मुवाहाङको प्रवेश हुन्छ । सबै जना छक्क पर्छन् ।)
छिमीतमा : (अचम्मित हुँदै) मुवाहाङ, तिमी ? तिमी कहाँ गा’को थियौ ? रोहोमा प्रेगनेन्ट छ । त्यै पनि किन यत्रो समय गायव भा’को ? कि रोहोमाको माया नै लागेन हो ? किन तिमी यसरी निष्ठुरी भा’को ?
मुवाहाङ : (आक्रोशमा) हो, हो । म निष्ठुरी भाकै हो । तर मैले घर छोड्दा रोहोमा प्रेगनेन्ट थिएन । त्यसैले रोहोमा र मेरो भलाइकै लागि म निष्ठुरी भाकै हुँ । म गायव भाकै हुँ । म हराएकै हुँ । (रुँर्दै) तर जतिजति म हराएँ, उतीउती रोहोमाको नजिक भएँ । जतिजति रोहोमालाई भुल्नु खोजेँ, उतीउती रोहोमाको मायामा पागलै भएँ । तर जब रोहोमा प्रेगनेन्ट भा’को थाहा पाए, तब मैले मेरो रगतलाई भुल्नै सकिनँ । त्यसैले फर्किएर आएँ ।
रोहोमा : (खुकुरीले काट्नु छोप्दै) धोकेबाज । तँ यहाँँबाट गइहाँल ।
छिमीतमा : (रोहोमालाई छेक्दै) ए ऽऽऽ… ए ऽऽऽ…। यो खुकुरी राख् । यसले काट्छ ।
रोहोमा : (बल गर्दै) छोड् । काटे काटोस । तर आज यसलाई दुईटुक्रा नपारी छोड्दिन ।
छिमीतमा : ए …ए । (खुकुरी खोस्छ ।) यो के गरेको ? पागल भयौ ?
रोहोमा : (आक्रोशमा) हो, हो । म पागलै भए । यो पापीले मलाई पागलै बनायो ।
छिमीतमा : (हर्कार्दै) रोहोमा । यसरी आवेशमा आएर हुँदैन । आवेशमा आएर समस्या हल हुन्छ ?
रोहोमा : (आक्रोशमा) नभए नहोस् । यो धोकेबाजले मलाई धोका दियो । (मुवाहाङलाई संकेत गर्दै) तँ यहाँँबाट गइहाँल । त यहाँँबाट गइहाँल भनेको । तँलाई यहाँ बस्ने एक सेकेन्ड पनि अधिकार छैन । तँ यहाँँबाट निस्किहाल । तैले मेरो जवानी लुटिस् । तैले मेरो भर्जिन लुटिस् । तैले मेरो इज्वत लुटिस् । तैले मेरो जीवन लुटिस् । तैले मेरो खुसी लुटिस् । तैले मेरो आशा लुटिस् । तैले मेरो भरोसा लुटिस् । तैले मेरो इच्छा लुटिस् । तैले मेरो आकांक्षा लुटिस् । तैले मेरो शरीर लुटिस् । तैले मेरो सर्वस्व लुटिस् । तँलाई नछिनाइ छोड्दिन । तँ धोकेबाज हो, धोकेबाज ।
मुवाहाङ : (आक्रोशमा) हो…हो…हो । म धोकेबाज नै हो । मैले तिमीलाई धोका दिएकै हो । तर धोका दिनु मेरो रहर होइन, बाध्यता हो ।
रोहोमा : के बाध्यता ?
मुवाहाङ : त्योभन्दा धेरै नसोध ।
रोहोमा : किन ?
मुवाहाङ : (आक्रोशमा) अघि नै भनि सके नि । यस्ले दुवैलाई राम्रो गर्दैन भनेर ।
रोहोमा : नराम्रो थियो त किन भन्यौ ?
मुवाहाङ : त्यो भन्नु बाध्य थिएँ ।
रोहोमा : के बाध्यता ?
मुवाहाङ : सुन् ।
रोहोमा : भन् ।
मुवाहाङ : जुनदिन हामी बिच अन्तिम रिलेसन भयो, त्यो जीवनकै पीडादायी रिलेसन थियो ।
रोहोमा : तर मेरो लागि त त्यो रिलेसन जीवनकै आनन्ददायी थियो ।
मुवाहाङ : तिमीलाई सत्य कुरा थाहा नभएर हो । तर त्यो रिलेसन जीवनकै अकल्पनीय थियो ।
रोहोमा : किन ?
मुवाहाङ : त्यो रिलेसन बुढाबुढीको थिएन ।
रोहोमा : कसको थियो त ?
मुवाहाङ : माइतीचेलीको ।
रोहोमा : माइतीचेलीको ?
मुवाहाङ : (आक्रोशमा) हो, हो । माइतीचेलीको ।
रोहोमा : कसरी थाहा पायौ ?
मुवाहाङ : त्यसदिन तिम्रो सामेत के भनेको थियौ ?
रोहोमा : नामधुङमा ।
मुवाहाङ : अनि पापाको नाम ?
रोहोमा : आम्वाबेन ।
मुवाहाङ : (खोजीबाट फोटो निकालेर देखाउँदै) तिमीले यै फोटो देखाको थियौ होइन ?
रोहोमा : (फोटो लिदै) हो, यै फोटो हो । यो मेरो पापा, दाजु र देमाको संयुक्त फोटो हो ।
मुवाहाङ : त्यो फोटोको पापा तिम्रो मात्रै होइन, मेरो पनि हो । (रुँदै) म त्यही अभागी छोरा हँु, जसको पापालाई आमाले गोर्खे खुकुरीको धारचखाएको थियो । म त्यही अभागी माइती हँु, जसले आप्mनै चेलीसँग रिलेसन राख्यो । म अभागी प्रेमिका हँु, जसले आप्mनै बैनीसँग रिलेसन राखेकोे छ । अब उसलाई चेली भन्नौ कि, प्रेमिका ? म अभागी बाउ हँु, जसले आप्mनै बैनीको कोखबाट छोरी जन्मायो । अब उसलाई भान्जी भनौ कि, छोरी ? म आफै दोधारमा छु । (रुँदै) म संसारकै अभागी मान्छे हँु, जस्को सुन्दर सपना सिसा फुटेझैं चकनाँचुर भएर फुट्यो । (झोलाबाट आम्बावेनसँगको फोटोहरू निकालेर देखाउँदैँ) नपत्ताएर यी हेर, मेरो बाल्यकालको फोटोहरू ।
रोहोमा :(फोटोहरू हेरेर थाप्लामा हात राखेर) ओ, माइ गड कस्तो सुम्निमा–पारुहाङको जस्तै माइतीचेली बिचको रिलेसन ?
मुवाहाङ : हो, त्यही माइतीचेली बिचको रिलेसन । त्यसैले त्यो दु्रर्घटनाबाट बच्नुको लागि तिमीबाट म टाढा भा’को थिएँ । मेरो अनुपस्थितिमा तिमीलाई धेरै तनाव भयो । धेरै कष्ट भयो । पीडा भयो । तर, म टाढा हुनुभन्दा पहिला नै तिमी प्रेगनेन्ट भएछौ । त्यो थाहा पाएपछि म फर्किएँ । मेरो रगतलाई हेर्नु आएँ । त्यसैले म टाढीनु मेरो रहर होइन, बाध्यता थियो । तर यो कहाली लाग्दो घटनाबाट हामी बच्नु सकेनौँ । अब बाँकी जीवन कसरी अगाडि बड्ने हो ? म आपैmलाई थाहा छैन । (बच्चालाई हातमा लिएर दर्शकहरुतिर हेर्दै) कतै तपाईंहरुलाई थाहा छ कि ? (प्रकाश विस्तारै विलाएर बच्चाको अनुहारमा स्थिर हुन्छ ।)
Email:sumnimatheatre@gmali.com
लेखन मिति : इ. स. २०१२ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )