~ममता मृगतृष्णा~
दुवै मिली चुडाँइदिए तिनैलाई जोड्ने पूल थिएँ
काँडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएँ ।
भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो
उपहार नी फाल्छ कोही, धत् म त भूल थिएँ।
पाएँ आज आफैलाई रेटि काटी फालिएको
उन्कै पेटमा हिजो सम्म, म कति प्रफुल्ल थिएँ।
गरिन बिन्ती बचाऊ भन्दै यस्ता निर्लज सामु
तिन्लाई के’था म त तिन्कै प्रेमको मूल थिएँ।
सोच्दैछु म आज यहाँ जे भयो ठिकै भयो
बाँचे पनि म किट्टी आँखाकै धूल थिएँ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार गरिएको । )