कथा : पानीको कुनै रंग हुदैन

~ध्रुव थापा~

समुन्द्र देखि धेरै टाडाबाट आएकोले होला अमेरिका आएदेखिनै समुद्रको छालले जीवनलाई लोभ्याउने गरेको छ। उसले समुन्द्रको रंग निलो हुन्छ भनेको सुनेक थियो। तर यहाँ आएर हेर्दा कहिले निलो कहिले कालो देखि लालिमा युक्त रातो र पएलो सम्म देख्दा उ छक्क परेर हेर्थ्यो। कस्तो अचम्म हो यो प्रकृतिको लिला ? एकै ठाउँबाट एकै ठाउमा विभिन्न समय र कालमा हेर्दा किन एस्तो देखिन्छ ? धेरै दिनको गहिरो सोचपछी एक दिन उसले एउटा निस्कर्ष निकाल्यो कि समुन्द्र भनेको त पानी न हो जसको कुनै रङ हुदैन। उसले बल्ल बुझ्यो पानीको जसरि आकार हुदैन, त्यस्तै समुन्द्रको पानी पनि आकासको रंगबाट प्रभावित हुन सक्छ। बल्ल उसले बुझ्न थाल्योकि पानी समय, मौसम र वातावरणबाट परिबर्तन हुन् सक्छ , समय र परिस्थिति संगै यसको रुप , आकार र रंगपनि बदलिदो रहेछ। किनकी पानीको कुनै रंग हुदैन, जसरि पानीको कुनै आकार हुदैन ।

उ अमेरिका आए देखिनै यहि प्रशान्त महासागरको किनारमा बसेर घर परिवार साथि संगी हुदै कहिले गाउ बस्ति र देशकै बारेमा चिन्तन गर्ने गर्छ। यहाँ बसेर अरुकेही गर्न नसकेपनि चिन्तन त अवस्य गर्न सकिन्छ नि… यहि सोच्दै गर्दा अचनाक मौसम परिवर्तन भएर आयो त्यो सुन्दर निलो समुन्द्र एक्कासी कालो मैलो र डरलाग्दो रुप धारण गर्यो, एसो आकासतिर हेरेको त आकसमा कालो बादलले ढाकेर तुफान पो आउन लागेछ। उ हतार हतार आफ्नो गाडी भएतिर लम्कियो। तर उसको मन अशान्त भएको थियो यो बदलिएको मौसम देख्दा।

उसलाई छेवैको कफी पसलमा पसेर एक कप कफी संगै ठुलो झ्याल नेरको कुर्शीमा बसेर समुन्द्रको यो बद्लदो रुपलाई नियाल्नमन लाग्यो अचानक उसको दिमागमा एउटा कुरा खेल्न थाल्यो , विचरा त्यो पानीको के दोष उ पहिले पनी त्यस्तै थियो र अहिले पनि त्यस्तै छ। मात्र परिवर्तन भएको छ त वातावरण। यो वातारण भनौ या जलवायु परिवतनले कस्तो प्रभाव पर्दो रहेछ सृस्टिको हरेक बस्तुमा।

अचानक पानी त उसलाई जनता जस्तो पो लाग्न थाल्यो,कसरि जनता हरेक देशको बदलिदो वातारणमा कसरि रुप परिवर्तन गर्छ ? त्यसै गरि विश्वको हरेक क्रान्ति , नारा जुलुस र भेलाले नया रुप लिन्छ। एकै क्षणमा देसमा राजनैतिक परिवर्तन ल्याउन देखि दंगा, हिंसा र क्रान्तिमा समेत जनताको प्रत्यक्ष हस्तक्षेप हुदा मात्र कुनै पनी राजनीति सफल भएको छ भने त्यसरीनै धार्मिक सामाजिक देखि बिकाशका धेरै परिवर्तनमा पनी जनताकै प्रत्यक्ष सहभागिता भएको हुन्छ। जनता तिनै हुन् जो दान दक्षिणा , होम गर्ने देखि हत्या, हिंसा गर्ने सम्म। तर उसले कुन बेला के गर्छ त्यो त्यस समय, परिस्थिति र वातावरणले प्रमुख भूमिका निर्वाह गरिरहेको हुन्छ। फरक एति मात्र हो जनतालाई कसरि? कसले ? कुन रुपमा प्रयोग गरिरहेको छ ? त्यसमा भर पर्छ। जसरि पानीले जीवन दान देखि जीवन र बिश्वकै बिनास सम्म गर्न सक्छ तर दोष पानीको होइन त्यसलाई प्रभावित पार्ने वातारणको हो , त्यसको प्रकृति र परिस्थितिको हो …. । उ दार्शनिक झैँ एकलाई पानीको बारेमा के के सोच्न थाल्छ।

अचानक उसलाई सेलाई सकेको चिसो कफिको चुस्कीमा पनी पानिदेख्छ … होइनउसले त्यहाँ जनता देख्छ। …… यदि यो पानीमा कफिको साटो बिष हालेको भए ? कोहि पनी मर्न सक्थ्यो तब केपानीको दोष हो त ? यानिकी जनताको ? जनता त उही हो जसले जसरी प्रयोग गर्छ त्यहि रुपमा प्रस्तुत हुन्छन। हिज मुर्दाबाद को नारा लाउनेपनि उही जनता हो र आज जयजय कारको नारा लाउनेपनि ! मात्र फरक हो त जनतालाई चलाउनेहरु !

देशमापनि अहिले कालो बादल लागेको छ , त्यसैले होला सकारात्मक भन्दा नकारात्मक कुराले हामीलाई सजिलै प्रभावित गर्छ। नेता देखि कार्यकर्ता सम्म जनतालाई नचाएर आफ्नो झोला भरिरहेका छन्। र गुञ्जिन बाध्य बनेको छ एउटा गीत “लुट कान्छा लुट गीत। .”

कहिले यो देशबाट कालो बादल हटेर हिरा झैँ चम्कने त्यो स्वेत हिमाल देखिने छ ? कहिले सुर्योको प्रकाशमा दुषित विकिरणको साटो जीवन दान दिने स्वक्ष्य र मनोरम वातावरण टल्कने छ ? कहिले त्यो ज्योति हरेक घरको ढोकाबाट छिरे र स्वर्गिक आनन्द दिनेछ?

नेपालको राजनीतिमा बिद्यार्थी काल देखिनै परिवर्तनको सपना देख्ने जीवन, समय र परिस्थितले बाध्य भएर बिदेस पलायन हुन् परेको त्यो दिन सोच्छ। सायद हाम्रो पार्टीले आफ्नो सिद्दान्तमा अडिग भएर देस र जनताको बहलोको लागि काम गरेको भए के म जस्ता लाखौ जनता बिदेसिन बाध्य हुन् पर्थ्यो ? पार्टीले चाहेको जस्तो कार्य पार्टीका नेताले गरिदिए पुग्छ बाकि त् जनता आफैले देस बनाउने हुन्। तर त्यस्तो हुदैन ! यो कुरा कसले जनतालाई सुनाउने ? देसको नेतालाई बस एउटा बिन्ति छ कदापी जनतालाई गुमराह नगराई दिनुहोला। किनकि जनता भनेको पानी हो। यसले कुनैपनि रुप धारण गर्न सक्छ र के के बिनास ल्याउन सक्छ त्यो समय समयमा नेपालको राजनीतिले देखाएकै छ। कतै तिमीले पिउदै गरेको पानीको ग्लासबाट कत्रिना र सुनामी एकै साथ नआवोस र यसको भयानक रुप परिवर्तन भएको हेर्न न परोस … समयमै होस् सम्हालौ ………..अचानक उ त जोड जोडले कराउनथाल्छ। कफी सपका मानिसहरुलेउसलाई सोध्नथाल्छन ” आर यु ओके? तर अह उ यो भन्न सक्दैन कि , ” यस आई एम ओके” !

-क्यालिफोर्निया, अमेरिका

(स्रोत : कथाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.