एकाङ्की : परिचय : संवेदनाहीन युगको

~किशन थापा “अधीर”~

समय ः अहिले
स्थान ः यही(एउटा व्यक्तिलाई बीचको कुर्सीमा बसाइएको छ । त्यसका वरिपरि चारवटा कुर्सीमा नेताहरू बसेका छन् । अर्को एउटा कुर्सी खाली छ ।)

नेता – १ ः (बीचको कुर्सीमा बसेको व्यक्तिलाई सड्ढेत गर्दै) को हो यो मान्छे ?

नेता – २ ः को हो भन्ने कुरा यसै जान्न सकिएन । अब यसका लक्षणहरू पत्ता लगाउने हो कि बरु‘ अनि जान्न सकिएला, यो को हो ।

नेता – ३ ः तर लक्षण पनि पत्ता लगाउने कसरी, केही उपाय फेला परेन ।

नेता – ४ ः केही उपाय फेला परेन ??

नेता– १ ः सबभन्दा राम्रो कुरा, त्यसैलाई सोधौं न, को हो ?

नेता– ३ ः (दिक्क मान्दै) कस्तो हो तपाईं त ‘ मैले अघि नै सोधिसकें । कुन्नि कुन समस्या परेर हो कि केलाई हो, दौडेर मकहाँ प्रार्थना गर्न आएको थियो ‘ मेरो अघि आइपुगेपछि बोल्नै सकेन ।

नेता – १ ः के भएछ त्यसो भए ?

नेता – २ ः (पूरै बेफिक्रीका साथ) कुन्नि ।

नेता – १ ः नेताज्यूको अघि आइपुग्ने बित्तिकै यसरी बोली बन्द हुनु हाम्रो मुलुकको राजनीतिका लागि कम राम्रो लक्षण हो र ?

नेता – ३ ः कसरी ?

नेता – १ ः यस मुलुकमा यो भएन – त्यो पुगेन भनेर झ्याउँझ्याउँ गर्न आउनेहरू प्रशस्त छन् । यति छन्, बरु हाम्रो देशको असली जनसङ्ख्या गनेर सकिएला, तर तिनीहरू कहिल्यै सकिंदैनन् । ‘ ती सबै झ्याउँझ्याउँ सुन्नलाई वा सुनेर पूरा गरिदिनलाई हामी राजनीतिमा लागेका हौं र ? ‘ अनि आफ्नै झ्याउँझ्याउँको अगाडि मान्छेहरू जतिसुकै वीर किन नहोऊन्, जतिसुकै जोस्सिएर हाम्रो अघि किन नआऊन्, आउनेबित्तिकै बोली बन्द भएपछि त ‘ खेलै खत्तम भइहाल्यो नि । (हाँस्छ)

नेता– २ ः मुख समालेर कुरा गर्नुस्‘ (बीचको कुर्सीमा बसेको व्यक्तितिर आँखाले सड्ढेत गर्दै) जो पायो उसैको अगाडि यसो भन्नुहुन्छ ?

नेता– १ ः कान भएका बहिराहरूको मुलुकमा हामीले जतिसुकै चिच्याई–चिच्याई यस्तो कुरा गरे पनि कसैले सुन्दैन । धन्ना मान्नुपर्दैन ।

नेता– ४ ः (जिस्काएझैं गरेर) हें‘ हें‘हें उल्टा भयो, उल्टा भयो । यहाँके मान्छेहरू त हामीलाई पो बहिरा भनिलिन्छ त । (पान झिकेर मुखमा कोच्छ ।)

नेता– १ ः त्यसो भए ठीकै छ नि । यस देशमा राजनीतिभन्दा अरू ठूलो कुनै उद्योग–धन्धा छैन, यसभन्दा अर्को कुनै राम्रो नीति छैन‘ भने यसैको प्रभाव जताततै पर्नु त स्वाभाविक हो नि (हाँसो)

नेता – ३ ः हरे ! कुरा कता पुगिरहेछ ।

नेता– ४ः (नेता– ३ लाई हेर्दै) अँ‘ कतै तपाईंले यो मान्छेको अगाडि मीठो त बोलिलिनु भएन ?‘ हाम्रो यस देशमा जितना विषेही भइलिए पनि नेताले मुस्कान लिएर हेरिलियो भने पुच्छर लुकाउँदै गोडा चाट्न आइपुगिहाल्छ ।

नेता– ३ ः खासै त केही भनिनँ । तपाईंहरूकै सेवा गर्न हामीले चुनाउ जितेका हौँ, भन्नोस् के प¥यो ? मैले भ्याएसम्म सेवा पु¥याउँछु । यति मात्र भनेको के थिएँ‘

नेता– ४ ः बस् ‘ भइहाल्यो काम तमाम ।

नेता– १ ः कसरी आएछ त तपाईंको मुखबाट हाम्रो देशका कुनै पनि नेताले सपनामा पनि नसोच्ने वाक्य ?‘ तपाईंले मात्र यस्तो बोलिदिनु भएछ कि बिचरा ‘

नेता– २ ः बिचरा सपनाको प्रदेशमा घुस्न पुगेछ ।

नेता – ३ः त्यसो भए जगाऔं न त ।

नेता– २ ः (आश्चर्य) जगाऔं ?

नेता– ४ ः (आश्चर्य) जगाइलिऊँ ??

नेता – १ ः (आश्चर्य) जगाऔं ???

नेता– ३ ः हो, जगाऔं ।

नेता– १ ः यो के भन्दै हुनुहुन्छ तपाईं ? होस् ठेगानमा त छ ?

नेता– ३ ः हैन, के भनिदिएँ र मैले ?

नेता – १ ः यस्तो सुतेकालाई जगाउने काम त आन्दोलनताका पो गरिन्छ । अब त ‘ आन्दोलन सकिएर यस्तो मोजमजा चलिरहेको बेला यस्तो शब्द नै सार्वजनिक अपराध ठहरिन्छ ।

नेता– ३ ः (अप्ठेरो मान्दै) यतिसम्म त हुनु भएन है ? ‘ हामीले मोज गर्न पाइरहेकै छौं, फेरि अर्को चुनाउलाई पनि त हेर्न प¥यो ?

नेता– २ ः अर्को चुनाउ आउनै कति बाँकी छ ‘ हरे नेताज्यू त ! फेरि हाम्रो देशमा एकपटक चुनाउ जितेपछि पुस्तौंसम्म पुग्ने मोज गोजीमा कोचिहाल्ने मौका पाएकै छौं भने‘ तपाईं– हामीलाई केको सुर्ता ?

नेता– ३ ः (मुख बिगार्दै) यस्तो त ज्यादै नराम्रो भयो । ‘ अलिकति नुनको पनि त सोझो गर्नुपर्छ नि ।

नेता– ४ ः यस देशमा आफ्नै नमक उत्पादन भइलिए पो ‘ फिर जताबाट नमक आउँछ, उसको सीदा कसले गरिलिएको छैन हँ ? यहाँके सब पार्टीवार्टीले नई बात के गरिदिएको छ त ?

नेता – १ ः के जे मन लाग्यो, त्यही बोलिरहेको ? सुन्ला, तिम्रा बाजेहरूले ‘ । (एकछिन मौनता)

नेता– ३ ः (सम्झँदै) के त्यसोभए यो मान्छे आन्दोलन अघिजस्तै सुतिरहेको हो त ?

नेता– ४ः आ‘ उस बात त कहाँ हुन्छ ? (फेरि पान मुखमा हाल्छ ।)

नेता– ३ ः नभए के हो त ?

नेता– १ ः अहिलेको वर्तमान सपना हो कि विपना हो, छुट्टाउन आफैंभित्र रुमलिरहेको होला ।

नेता– ३ ः अर्थात् हामीजस्ता नेता सपनामा मात्र पाइन्छ भनेर ?

नेता – १ ः हैन, हामीले जनतालाई सपना बाँडिरहेका छौं कि ‘ के हो भनेर ।’

नेता– ३ ः अनि विपना ‘ ?

नेता– १ ः हिजो र आजमा के फरक छ भनेर ‘ ।

नेता– २ ः त्यस्तो त के होला र ‘ (हाँस्दै) बरु आन्दोलनअघि देखेको सपनामा कतै गडबड त थिएन ‘ भनेर होला ।

नेता– ४ ः आ‘ आन्दोलनअघिको सपनाके सम्बन्धमे सोचिलिन यह मान्छे इधरकै हो र ?

नेता– १ ः तर जहाँको भए पनि मान्छेहरूले के के सपना देखे, के के सोचे भनेर खोजनीति गर्न हामी राजनीतिमा लागेका हौं र ?

नेता– ४ ः तब तो अपना कार्यकर्ताहरूलाई मारेर आफू मात्र उतना रकम गम्म हसुरिलिनु भयो ।

नेता– १ ः (झोक्किंदै) मा¥या छैन हाम्ले आफ्ना कार्यकर्तालाई बुझ्नु भो ? यसो ‘ ल्वाङ सुकेमल हात पार्न पाइने ठाउँमा राखिदिएकै छौं । बरु तपाईंले पो आफ्नो कार्यकर्ताको स्वास्नीलाई पनि ‘ छाड्न मान्नु भएन । आहो‘हाम्लाई मात्र थाहा छैन ?

नेता–४ ः (हातले विशेष सड्ढेत गर्दै) अनि आफूले दुसरेके पत्नीको अड्ढमाल गर्नकौन गइलिएको थियो ?

नेता– २ ः हेर्नोस्, यस्ता नितान्त व्यक्तिगत कुरा किन नि यहाँ ? तपाईंहरू दुवै जनाका यस्ता बहादुरी हामी कसैबाट पनि लुकेको त छैन ।

नेता – १ ः (जङ्गिदै) नकराउनुस् तपाईं‘ तपाईं आफू मात्र चोखो भन्ठान्नुहुन्छ ? हाम्रो पार्टी अध्यक्षको छोरीसित मिलेर कैयौं जिल्लाका चेलीबेटीलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने तपाईं पनि हैन ? अनि एकान्तमा पारेर उनको नोकर्नीको समेत आरती गर्ने को, हामी थियौं ?

नेता– ३ ः हाम्रो अध्यक्षकी छोरी आफैं अन्तर्राष्ट्रिय मुद्रा धमाधम कमाइरहेकी छिन् भने‘ अरू के कुरा गर्नु ? बरु यो मान्छे को हो, त्यो कुरा गरौं न ।

नेता– ५ ः (हातमा स्कचको बोतल र गिलासका साथ प्रवेश गर्दै) यो मान्छे त्यही हो जोहरू बढे भने हाम्रो राजनीति मजाले चल्छ यहाँ ।

बाँकी सबै नेता ः (नमस्ते गर्दै) हो र नेताज्यू ?

नेता– ५ ः (खाली कुर्सीमा बस्छ) कति सोझा छन् बिचरा‘ मुख भएर पनि मुखको काम गर्दैन ।

नेता– १ ः तब त अघिदेखि चूपको चूपै छ ।

नेता– ५ ः यस्तो चूप लागेर बस्ने त उहाँ बिचराहरूको पूख्र्यौली चिनारी नै हो ।

नेता– ३ ः पुख्र्यौली चिनारी ?

नेता– ५ ः अँ । (गिलासमा स्कच भर्दै) कहिलेकाहीं केही बोल्छन् कि हेरुँ न त भनेर बेस्सरी महङ्गी बढाइदिएर हेरेको‘ तैपनि चूप । (स्कचको चुस्की लिंदै) बिचरा धेरै असल छन्‘ धारा, बिजुली, चोरडाँकाजस्तै कुराको असुविधा भए पनि एक वचन फर्काएर नबोल्नेहरू त असल नै हुन् । यसमा कुनै दुईमत हुनु हुँदैन । अझ असलपन त्यतिबेला देखिन्छ, जतिबेला जस्तै जे भए पनि ठूलो उत्साहका साथ हामीलाई भोट दिइदिन्छन्‘ बडा आनन्द छ ! (गिलास रित्याउँछ ।) तिमेरु त भर्खरभर्खर राजनीतिमा आएकाले पो ‘ लक्षण नचिनेको ।

नेता– २ ः यसै भएर पो हो कि क्या ?

नेता– ३ ः के यसै भएर ?

नेता– २ ः के हुनु नि ? यसै भएर होला, हाम्रै पालामा विश्वबैंकले ऋण तिराउन ¥याख¥याख्ती गरिरहेको । हामी नवप्रवेशी राजनीतिज्ञ‘ कहाँबाट जान्नु लक्षणसक्षण‘ तब विश्वबैंकले पनि चौका दाउ हानिहाल्यो ।

नेता– ५ ः झन् केको चिन्ता ? (फेरि गिलास भर्दै) यो त झन् काम देखाउने राम्रो मौका हो नि । ऋण र अनुदान जताबाट आएको हो, उतै फर्काएर आफ्नो खातामा थन्काउने खेल त हाम्रा गुरु नेताज्यूकै पालादेखि चलिआएकै कुरा हो । अब त्यस्ता ऋण तिर्न हामी किन टाउको फुटाउने हँ ‘ ? यतिका जनताका टाउका छँदै छन् नि ‘ लगाइदिने ढुक्कले धारा– बिजुलीको फेटा‘ ! (हाँसो)

नेता– २ ः साँच्चै, विश्वबैंक त छक्कै परिरहेको छ रे नि त ‘ यस देशको गरीबी घट्दै नघटेको देखेर ।

नेता– ५ ः घट्न पनि हुँदैन । घट्यो भने त एड कहाँबाट भित्याउने ? गरिबीलाई जालो बनाएर टङ्ग्याइरहनुपर्छ, एडहरू फुत्रुक् फुत्रुक् नखसे हमीले कहाँबाट मोज गर्ने नि ?

नेता– १ ः तर यी सब प्रसङ्गबाट पनि यो कदापि प्रष्ट हुँदैन, यो मान्छे को हो ?

नेता– ५ ः(अचम्मिंदै) ल‘ अझै चिनिएन ?

नेता– ३ ः कसरी चिन्नु. अझसम्म एकथोपा बोली झरेकै छैन ।

नेता– ५ ः त्यसै भएर त चिनिन्छ भनेको नि ‘ ।

नेता– ४ ः त्यसै भएर त ‘ ?

नेता– ५ ः अँ । आफ्नै आँखाअगाडि जेसुकै भए पनि एकथोपा बोली नझार्ने भएकोले नै (बीचको व्यक्तिलाई देखाउँदै) यिनलाई चिनिन्छ त ।

नेता– १ ः हैन नेताज्यू, चूप लागेर बस्ने व्यक्तिलाई कसरी चिनिन्छ ?

नेता– ५ ः संसारको अर्को कुन कुनामा यस्तो चूप लाग्ने मान्छे पाइन्छ, भन ?

नेता– ४ ः संसारमे पाइलिन्न ??

नेता– ५ ः नभए यसको विशेषता जाँच गरौं न त । ल, तिमी यसको कान निमोठिदेऊ । (नेता– २ ले व्यक्तिको कान निमोठिदिन्छ । व्यक्तिबाट कुनै प्रतिक्रिया हुँदैन । निहुरिरहन्छ ।)

अनि तिमी यसको कपाल भुत्लाइदेऊ ।

(नेता– ३ ले भुत्लाइदिन्छ । व्यक्ति फेरि पनि चूप रहन्छ ।)

तिमीचाहिं यसको गाला चड्काइदेऊ ।

(नेता– १ ले व्यक्तिको गालामा चड्कन हान्छ । व्यक्ति चुइँक्क पनि नगरी चूपचाप निहुरिरहन्छ ।)

ल हेर, म के गर्छु‘ (भन्दै नेता– ५ ले छिर्की लगाएर व्यक्तिलाई लडाइदिन्छ । व्यक्ति भुइँमै चूपचाप बसिरहन्छ ।)

ल तिमी यसलाई घोडा चढ ।

(नेता – ४ आफ्नो धोती अलि माथिसम्म सारेर व्यक्तिमाथि घोडा चढ्छ र लगाम समातेझैं व्यक्तिलाई भुत्लाउन थाल्छ । व्यक्ति केही नबोली घोडा चढ्न दिइरहन्छ ।)

बाँकी सबै नेताहरू ः हैन, कस्तो जीव हो यो ? साँच्चै को हो ?

नेता– ५ ः ल‘ चिनेनौ तिमेरुले ? (मुस्कानका साथ) यही हो‘ यही त हो नेपाली भनेको ।

(बाँकी नेताहरू अनौठो पारामा व्यक्तिलाई हेरिरहन्छन् ।)

(पर्दा)

(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.