~कृषा के. सी~
सुरज र अस्मिता एउटै स्कुलको एउटै क्लासमा पढ्ने क्लासमेट हुन। ऊनीहरु प्रत्येक दिन एक घण्टा हिडेर स्कुल पढ्न आउने र फर्किने गर्दथे। उनीहरू स्कुलको क्लासका साथी मात्र नभई आउदा जादा बाटोका पनि साथी थिए। उनीहरुको घर २०/२५ मिनेटको दुरीमा थियोे। त्यसो त तिनीहरू छिमेकी पनि हुन। सुरज पुराना परम्परा र सस्कारको निरंतरता दिने क्रममा जातिगत विभेद गर्नु हुँदैन भन्ने बिचार राख्थ्यो। त्यसो त सुरजका हजुरबुबा पुजा आजा गर्ने बाह्मण हुन। पुर्ख्यौली काम जजमानीलाई सुरजका बाबुले पनि निरंतरता दिएकै छन। छोरा सुरज जात भातमा विश्वास गर्दैन। जात छ भने महिला र पुरुष दुई जात छ। उच्च जात र निम्न जात छैन भन्ने सोच्थ्यो। आफू बाहुनको छोरा भए पनि क्लासका दलित साथीको खाजा खाने गर्दथ्यो। कहिलेकाही खाजा साटेर बाडेर पनि खान्थ्यो।
अस्मिता जातले तल्लो जात सुनार (कामी) को छोरी थिइन। उनका बुबाले पेशाले सुन चादिको काम अर्थात ब्यापार गर्ने काम गर्थे। जात सानो भए पनि आर्थिक हैसियत भने उच्च नै थियो। सुकिला मुकिला पहिरनमा सजिएर ब्यापार गर्थे। अस्मिता परम्परा बचाउनु पर्छ परम्परा पहिचान हुन भन्ने बिचार राख्थिन। बैचारिक मतभेद भए पनि एक अर्कामा प्रेम झाङ्गिदै थियो। उनीहरूलाई जातिगत आधारमा प्रेम सफल हुँदैन भन्ने ज्ञान् पनि थियो। तैपनि एक अर्कालाई माया गर्न भने छोडेका थिएनन्।
स्कुलको slc परिक्षाको अन्तिम दिनपछि उनीहरू पनि आफ्नो आफ्नो घरको काममा ब्यस्त भए। भेटघाट पातलिदै गयो। दिनहरू बित्दै गए। एकदिन सुरजले म्यासेज गरेर भेट्न बोलायो। अस्मिता भेट्न पुगिन। अस्मिताले सुरजको मुख रिसले रातो भएको देखेकी थिइन तर केही बोलिनन। सुरज आफै बोल्न सुरु गरे।
सुरज -“रिसाउदै हाम्रो भेट हुन छोडेपछि तिमीले मेरो माया पनि मारेउ है?”
अस्मिता – “नबुझे जस्तो गरि किन के भयो र?”
सुरज -“रिसाउदै के मलाई थाहा छैन भनेकी छौ?”
अस्मिता -“मैले तिमीले के भन्न खोजेका छौ बुझिन तिम्रो कुरा के हो स्पष्ट भन”
सुरज” मैले सबै कुरा बुझेको छु तिम्रो घरमा बिहेको कुरा चलेको छ तिमी मबाट टाढा हुन चाहान्छौ हो? सिधै भन न त तिमी जे सुकै गर मलाई तिम्रो मतलब छैन अनि माया पनि लाग्दैन भनेर।”
अस्मिता – “तिमीले थाहा पाएको कुरा साचो हो। मेरो बिहेको कुरा आएको थियो। आमा बाबाले अहिले सानै छ +२ सकेपछि बिहे गरिदिने भनेर कुरा सकाउनु भएको थियो तर तिमीले कसरी थाहा पायौं?”
सुरज- “तिमीले नभनेपनी हरेक कुराको जानकारी हुन्छ मलाई। कसरी थाहा पायौं कहिले थाहा पायौं यो बिषयमा बहस नगरौ भन अरु खबर के छ?”
अस्मिता – “ठिकै छ तिम्रो सुनाउ?”
सुरज -“मेरो पनि ठिक छ अब slc को रिजल्ट आएपछि पढ्न सङ्गै जानुपर्छ त्यो भन्दा पहिले हामीले गोप्य रूपमा बिहे गरौ भन्दै एकतर्फी निर्णय सुनायो।”
अस्मिता “तिमी के भनिरहेका छौ यहीं कुरा तिम्रो बाबा आमाले अनि मेरो आमा बाबाले थाहा पाउनु भयो भने के हुन्छ केहि सोचेका छौ?”
सुरज ” त्यसो भए तिमीलाई मेरो माया लाग्दैन”
अस्मिता “मैले माया लाग्दैन भनेकी छु र परिवारको विरुद्धमा कल्चरको विरुद्धमा गई हाम्रो सम्बन्ध टिकाउ होला त ?”
सुरज – “रिसाउदै प्रथा परम्परा हामी जस्तै मान्छेले बनाएका हुन। समय अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ। जहाँ सम्म परिवारको कुरा छ परिवारले बिस्तारै हामीलाई स्वीकार गर्छ। अब भन कि तिमीलाई मेरो माया लाग्दैन कि मेरो बिश्वास लाग्दैन?”
अस्मिता – “सम्झाउदै नरिसाउन मेरो कुरा बुझेर नबुझेको जस्तो नगर म पढ्न जानको लागि चाजोपाजो मिलाउछु”
यति कुरा गरेर आफ्नो आफ्नो घरको बाटो लागे। अस्मिता घरमा पुगेर खाना खाई सधैंझै सुत्न गइ तर उसलाई अबेरसम्म निद्रा परेन। कोल्टे फेरिरही। बिहानीपख कति बेला आँखा लागेछ पत्तो पाइन। दिन बित्दै गए। पसल जाने ब्यापारमा बाबुलाई सघाउने। घरको काममा सघाउने गरि दिन बिताइ। अस्मिता आमासँग सुरजसङ्ग बिहे गर्ने र सहर गएर पढ्ने कुरा आमासँग डराइडराई बताई। आमाले सुरुमा तेरो दिमाग त ठिक ठाउँमा छ नि ? त दलितको छोरी उ बाहुनको छोरा ? तिमीहरुको यो सम्बन्ध कसैले पनि स्वीकार्न सक्दैनन्। जातमा बाहुन भए पनि आर्थिक अवस्था कस्तो छ तलाइ थाहा छ नि? भन्दै कराइन। आमा उस्ले मलाई माया गर्छ म पनि उसलाई माया गर्छु। यदि अर्कैसङ्ग बिहे गर्नु पर्यो भने म जिउँदै मरे जस्तै हुनेछु। सुरज जातभातको बिरोध गर्ने केटा हो। गरिब भए पनि एक दिन धन कमाउन सकिन्छ भनी आमालाई सम्झाई। छोरीको जितको अगाडि आमा झुक्न बाध्य भइन। बाबालाई भन्न सक्ने हिम्मत जुटाउन सकेनन् न आमा न छोरीले।
सुरज पनि खेतीबारीको काममा ब्यस्त भयो। धान रोप्ने काम सकेर शहर पढ्न जाने उसको रहर थियो। त्यसैले यो बर्षको धान रोपाइ बेलैमा सकाएको थियो सुरजको परिवारले। रिजल्ट आयो परिणाम राम्रो आयो। आवश्यक कागजात विद्यालयबाट निकाल्ने बेलासम्म कोदो रोपाई सकाउदा शहर पढ्न जाने दिन पनि आयो। उस्ले शहर जान केहि रकमको जोहो गर्यो। उस्ले अस्मितालाई म्यासेज गरि भेट्न बोलायो। भोलि बिहान राती नै तिमी तिम्रो घरबाट निस्क म पनि निस्किन्छु गाउँका मान्छे सुतेकै बेला यो गाउबाट टाढा पुग्नुपर्छ भन्दै सम्झायो। उनीहरू आफ्नो आफ्नो घर फर्किए।
सुरज घरको सहमतिमा निस्कियो। प्रेमिकालाई (लिएर) भगाएर जादैछु भनी कसैलाई भनेको थिएन। अस्मिताले आमालाई भनेकी थिइ। आमाले बाबाको विपक्षमा पैसा र आफ्ना केही गहना दिएर बिदा गरिन। उस्ले गहना लिन नमानेपछि आमाले दुख पर्दा बेचेर खर्च गर्न हुन्छ। “हुँदाको गहना नहुदाको खजाना भन्छ्न लैजा” भनेर दिइन राती नै घरबाट निस्केर सुरजलाई कुरेकी अस्मिता उज्यालो हुँदा बस चढेर सदरमुकाम पुगे। बिस्तारै राजधानीको बस चढेर जिन्दगीको यात्रा पनि सुरु गरे।
उनीहरु कोठा लिएर बस्ने कलेज जोइन गर्न लागे दिन बित्दै गए। गाउँ फलानोको छोरा र फलानोको छोरी (बाहुनको छोरा र कामीको छोरीले भागेर बिहे गरे रे) भन्ने हल्ला एक कान दुइकान मैदान हुँदै फैलियो। सुरजका बाबू (बाहुन) रुद्रप्रसादले छोरा सुरजलाई फोन गरेर सोधपुछ गरे। के तैले गुमाने कामीको छोरी भगाएको हो ? बाबुको प्रश्नले सुरज केही बोल्न सकेन बाबुले हकार्दै फेरि सोधे हो कि होइन जवाफ दे। बिस्तारै हो भन्ने जवाफ दियो। रिसले आगो हुँदै तलाई जातभात परम्पराको कुनै महत्त्व भएन कोहि नपाएर कामीको छोरी लगेर हिडिस। दुनियाँले के भन्लान् भने कुरा बिर्सिस। कराउँदै बाबुले त अब मेरो लागि मरिस। मेरो छोरा एक मात्र छ त्यो सुदिप मात्र हो तेरो लागि मेरो घरको ढोका सधैंको लागि बन्द बुझिस। नालायक भन्दै थर्काएर फोन काटे।
छोरीले गरिब बाहुनको छोरासङ्ग बिहे गरेको थाहा पाएपछि अस्मिताको बाबुले छोरी भाग्नमा तेरो हात छ यो सब तेरो कारण भएको हो भन्दै आमालाई कराउन थाले। जे भएपनि छोरीले भागेर बिहे गरिसके पछि कराउनु झगडा गर्नुको न कुनै विकल्प थियोे न त औचित्य नै। कलेज जाने फर्किने पढ्ने मै दिन बित्न थाले। सुरज दिनभर जागिर पाइन्छ कि भन्दै भौतारिन थाल्यो। जागीर पाइने सम्भावना नदेखेपछी दुबै निराश थिए।
पत्रीकामा अन्तरजातीय बिबाह गरेकालाई सरकारले प्रोत्साहन स्वरुप एक लाख रुपिया दिएको तस्बिर सहित समाचार छापिएको देखेपछि सुरजको मनमा पनि आशा पलायो। उस्ले अस्मितासङ्ग सल्लाह गर्यो बिहे दर्ता गर्ने अनि एक लाख लिने सपना देख्यो त्यसको लागि उनीहरू आवश्यक कागजात बोकेर जिल्ला सदरमुकाम फर्किए। त्यहाँको जिल्ला प्रसासनले पारिवारिक सहमतिमा बिहे गरेको प्रमाण पेस गर्नु त्यसपछि मात्र अन्तरजातीय बिबाहको पैसा पाइन्छ। भन्ने सुनाएपछी उनीहरुको त्यो प्रयास पनि खेर गयो। उनीहरु गाउँ फर्किन सकेनन् पुन राजधानी फर्किए। दिन बित्दै गयो।
उनीहरुले कक्षा ११ को परिक्षा पनि दिए। घरबाट लिएको पैसाले पनि साथ छोड्न थाल्यो।
अस्मितालाई आमाले दिएको तिलहरी पनि बेचिसकेका थिए। अब बाकी मात्र कानमा लगाउने झुम्का थिए। सुरजले कपडा पसलमा सेल्स बोएको रूपमा काम पायो। बिहान कलेज दिउँसो काम गर्थ्यो।दिन बित्दै गए १२ को परिक्षा पनि नजिकै आउन लाग्यो। परिक्षा दिए। अब काठमाडौमा केहि नगरी बस्न सकिदैन म गाउँ गएर पासपोर्ट बनाएर आउछु। बिदेश ट्राई गर्छु भन्न थाल्यो।
अस्मिता-“के तिम्रो बाबाले घरमा जान दिनुहोला त ?”
सुरज- ” जे भए पनि म उहाँको छोरा हो। रोइ कराई गरेर भए पनि सिफारिस लिएर आउछु”
अस्मिता -” मैले त तिमीलाई समाजको विरुद्धमा जानू हुदैन भनेकै थिए तिमीले मानेनौ। अहिले घर आफन्त नै बिरानो बने। जे होस घरमा जान्छौं भने म रोक्न त सक्दिन तिमीले परिवारको विरुद्धमा निर्णय लिदा उहाँहरु रिसाउनु भएको छ कराउनु भयो भने मुख नफर्काउ।” भन्दै सम्झाइ। अर्कोदिन सुरज पासपोर्ट बनाउन आफ्नो जन्मथलो सिन्धुली हिड्यो। श्रीमतीलाई कोठामा छोडेर उ हिड्यो। छिटै पासपोर्ट बनाएर फर्किने बहानामा। मनमा बाबा आमाले के गर्लान के भन्लान कि भन्ने डर पालेर। जे भए पनि बाउ आमा भनेका बाबू आमा हुन भन्दै घर पुग्यो। छोरालाई देख्नासाथ “त घर भित्र नपस कमिनी लगेर जाने घर आउने आट कसरी गरिस भन्दै बाबुले कटाक्ष गरे।” घरभित्र पस्न दिइएन। गोठमा बस खाना आमाले त्यतै ल्याउछे। उ अगाडि बढ्न सकेन त्यहीँ बसिरह्यो। राती खाना ल्याएर आएकी आमाले हाल खबर सोधिन। बुहारीलाई कस्तो छ? पहिलो पटक अस्मिताले बुहारीको सम्बोधन पाई। ठिकै छ काठमाडौ छे। तपाईं हजुरामा बन्दै हुनुहुन्छ। आमा म अब बिदेश जान्छु। पासपोर्ट बनाउन आएको सिफारिस गराई दिनु है। बाबासङ्ग कुरा गर्नु म जतिसक्दो छिटो काठमाडौ फर्किन चाहान्छु। उ खाना खाएर गोठमा सुत्यो। घरभित्र पस्नबाट बन्चित गरिदा उसले बल्ल पहिलो पटक गल्ती गरेको महशुस गर्यो। रातभर निदाउन सकेन।
अर्को दिन बिहानै बाबुले त यहाँ आउनुको सबै कुरा थाहा पाए। दिउँसो सिफारिस बनाउन गा.बि.स.जाने एकोहोरो निर्णय सुनाएर गाउतिर निस्किए। घरभित्र पस्न अनुमति भने थिएन। यताउता गरि बिहान गयो। दिउँसो पासपोर्टको सिफारिस लिएर काठमाडौबाट पासपोर्ट लिने भनी हिड्न खोजेको थिए तर ढिलो भएकोले घरमा नै बसे। बाबाले केही बोल्नु भएन। आमाले के खाएका छौ आलाकाचा छौ जे गर्नु गरिहाल्यो राम्रोसङ्ग बस्नु । तेरो कारण बाबाको इज्जत गुमेको पक्कै हो। यो कुरा तलाई पनि राम्रोसँग थाहा छ समाजमा ठाडो शिर पारेर हिंड्न् सकेका छैनौ। यताउता गर्दापनि त्यसको छोराले कामीको छोरी बिहे गरेको छ भनी नानथरी सुनाउछन्। कोहि आफ्नै कुरा गरेको भएपनि हाम्रै कुरा गरे जस्तो लाग्छ भनेर गुनासो सुनाउनु भएको थियो। बेलुकी खाना खाएर सुते। मध्य रात सम्म निद्रा परेन छट्पटी भयो। आमाले आफुसङ्ग सुखदुःख गरेर जम्मा गरेको पैसा दिनु भएको थियोे। बिहान उज्यालो नहुदै काठमाडौको लागि बस चढेर घरबाट फर्किएको थिए समयसङ्गै सबै कुरा सामान्य बनाउनेछु भन्ने आफैसङ्ग बाचा गरेर।
घर पुगेर फर्केपछि उस्को मुहारमा ग्रहण लागेको जस्तो बनेको थियो। घरमा भित्र पनि जान दिनु भएन। बाबा खासै बोल्नु भएन भन्दै गुनासो गर्थ्यो। अस्मिता बिस्तारै ठिक हुन्छ। गल्ती त हाम्रो पनि हो नि भन्दै सम्झाउथी। अर्कोदिन परराष्ट्र मन्त्रालयमा पासपोर्टको लागि सिफारिस बुझायो। उ राम्रो मेनपावर कम्पनी खोज्न र बुझ्न थाल्यो। भिसाको लागि एप्लाई गर्यो। यसैबीचमा असारमा अस्मिताले छोरीलाई जन्म दिई। सुरज अस्मिता आमाबाबु बने। खर्चको लागि सुरजले पसलको काम गरिरहेको थियोे। दिन बित्दै गए अस्मिता सुत्केरीबाट तङ्गृएर उठी। सुरजको पनि भिसा लाग्यो।
विदेश जान भिसा लाग्यो मेन पावरलाई बुझाउने पैसा थिएन। अस्मिता आमालाई फोन गरि र सहयोग मागी आमाले बाबाको विपक्षमा भन्दै खर्च पठाइदिइन। सुरज
दशै लगत्तै दुबईको लागि उड्ने भयो। दुबैजना थोरै खुशी धेरै दुखी थिए । सुरज अस्मितालाई काठमाडौमा छोडेर जाँदै थियो। बिरानो ठाउँमा 3-4 महिनाकी सानी छोरिको जिम्मेवारी एक्लैलाइ छोड्दा दुखी भने पक्कै पनि थियो। उस्ले घरमा लगी छोड्न पनि सकेन। अन्तत उ प्रत्येक महिना खर्च पठाउने बाचा गरेर यतै बस्ने ब्यबस्था मिलाएर बिदेशीयो। गाउको छिमेकी दाजु र सुरज एउटै मेनपावर कम्पनीबाट एउटै कम्पनीको काम गर्ने गरी काठमाडौबाट दुबईको लागि उडेका हुन।
बिदेश पुगेपछि कुराकानीको माध्यम बनेको थियो फेसबुक। फेसबुकमा कुरा हुन्थ्यो। सुरजको कमाई ठिकै थियो। सुरज अस्मितालाई माइती गएर बस म खर्च पठाउछु भन्न प्रत्येक पटक छुटाउदैनथ्यो। अस्मिता पनि कुरा ठिकै हो भनी माइतीघरमा जाने निर्णय गरि।कोठाका सामान बेचेर नबिक्ने काम नलाग्ने फ्याकेर आफ्ना सामानको पोको बनाएर बर्सौपछी अब त सबै कुरा ठिक हुन्छ होला भन्ने झिनो आसा सङ्गै छोरी लिएर अस्मिता माइत गइ। छोरी देख्नासाथ यो यहाँ किन आएकी यसलाई पठाइदे भन्दै बाउले आमालाई कराए।तर बाबुआमाको मन त्यति कठोर पनि कहाँ हुन्छ र आफ्नै सन्तानलाइ अलग गराउन सकुन त्यो पनि समस्याका बेलामा। रिसमा जे जे भनेपनी बिस्तारै बाबाको मन सङ्गै सबै कुरा सहज हुन लाग्यो। बाबुले पनि छोरी नातिनीलाई माया गर्न लागे।
घरमा आउने जाने पाहुना छरछिमेकीले छोरीको घर कहाँ के कस्तो प्रश्न उठाउन थाले। हाम्रो जस्तो समाजमा बिहे भएर छोरी भैसकेको छोरी माइत बस्दा गाउले छर छिमेकले कुरा काट्नु कुनै नौलो कुरा थिएन। जस्ले जे भनेपनी अस्मिता अनि उनको माइतीलाई सुन्नुको कुनै विकल्प थिएन। एकदिन गोपाल (अस्मिता) को बाबू गाउलेले कुरा काट्न लागे घर भित्र नभित्र्याए पनि अलिकति बस्ने ठाउँ दिए त खाने खर्च ज्वाइले पठाउथे नपुगे हामिले सहयोग गर्न हुन्थ्यो कुरा काट्नेको मुख त थुनिन्थ्यो भन्दै रुद्रप्रसादको घर जाने कुरा गर्ने सल्लाह गर्यो र अर्को दिन बिहानै गयो। उस्ले छोरीलाई यतै कतै बाँस सम्म दिनु गाउलेहरुले कुरा काटे अब त हजुरहरुकी नातिनी पनि ठुली भैसकेकी छे। अलिकति सहयोग म पनि गरुला। कुरा भुइँमा खस्न नपाउदै छोरोले जुन दिन तेरो (कामीको) छोरी लगेर हिड्यो त्यसैदिन देखि मरेको थियो। मेरो लागि छोरा त आफ्नो लाग्दैन भने त्यो कमीनीलाई घरमा ल्याउछु भन्ने लाग्छ तलाइ भनेर तथानाम गाली गरे। मनमा आशा बोकेर पुगेका गोपाल (कामी) निन्याउरो मुख लिएर फर्किए।
अस्मिता तिमीले बिहे पुर्व भनेका हरेक कुराहरू सम्झन्छु। तिमी ठिक रहेछौं र म गलत रहेछु बुझिरहेको छु । माया मात्र सबथोक हो भन्ने मेरो बुझाइ गलत रहेछ। जात भात मान्दिन भनेपनी एक्कासी परिवर्तन हुन सक्दैन रहेछन्। बाबू आमा परिवारबाट टाढा बनेर जीवन बिताउदाको पिडा तिमीले पनि बुझेकी छौँ र मैले पनि राम्रोसँग महशुस गरेको छु। पछिल्लो पटक म आफ्नै घरमा जादा घर भित्र पस्न नपाउदाको पीडा, गोठमा सुत्दाको पीडा कुन डिक्सनेरीका शब्दले बताउन सक्ला र ? आजभोलि म धेरै तनाबमा छु। म किन घर आइरहेको छैन के जवाफ दिउ। यहीँ कुरा सोच्दासोच्दै म धेरै दिक्क भैसकेको छु। बुबा आमाको विरुद्धमा गइ निर्णय लिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै रहेछ।
बिद्रोह भन्ने त्यो उमेरको कच्चापन रहेछ तर तिमि मलाई कायर डरपोक नझम्झनु।अब यहाँ भन्दा आइलाग्ने कठिनाई दुख झेल्ने सामर्थ्य म मा हराइसकेको छ। मेरो एक निर्णयले जिन्दगीभर दुख दिनेछ भन्ने लागेको थिएन। जिन्दगीको यात्रा झनपछी झन कठिन होला भन्ने जस्तो पनि लागेको थिएन। यो बाताबरण अपरिक्क उमेरमा लिएको ठूलो निर्णय को कारणले होला सायद आजकल मलाइ यस्तै लाग्छ ।अझै पनि बिग्रेको केहि छैन न त त्यति ढिलो नै भएको छ तिमी आफ्नो तरिकाले जिन्दगी बिताउन सक्छौ। सक्छौ भने मलाई माफ गरिदेउ।
यसरी अचानक उसको नाममा अएको चिट्ठी दोहोराई तेहेराई पढी। उसलाई टेकेको जमिन भासिएको जस्तो लाग्यो। एकपटक होइन पटकपटक बिगत सम्झी। परिवार र समाजका नकारात्मक कुराको बिद्रोह गर्ने हिम्मत गर्ने सुरजलाई सम्झी। हिजो त्यो कलिलो उमेरमा बिद्रोही स्वभावको मान्छेको स्वभाव र अहिले परिपक्क हुँदै जादा चिठी लेख्ने कायर सुरजलाई सम्झी के उहीँ ब्यक्ति हो त तुलना गर्न खोजि। आकाश खसेर थिचेको जस्तो लाग्यो। हिजो हात समाई तिमी बिना मेरो जिन्दगी आधा हुन्छ भन्नेले आज तिमी आफ्नो बाटो गर भनेर बोल्न सक्यो होला भन्ने अनेक तर्क बितर्क गर्न लागि रिंगटा चल्यो। चिट्ठी च्यात्न पनि सकिन पट्याएर खल्तीमा राखी।
त्यस्तो ब्यक्ति जोसङ्ग पुरै जिन्दगी बिताउने सोचेकी थिइ बिस्तारै आमा बाबुले पनि गल्तीलाई माफी गरेकै थिए यस्तो बेलामा उस्को पाइला मोड्ने निर्णयले हैरान बनि। त्यस्तो मान्छेले एक्कासी यस्तो पत्र लेख्ला भनेर सोचेकी पनि थिइन। उसका सुनौलो सपना सिसा सरी टुटेर चकनाचुर भए। उ अन्धकारमा डुबी। सायद उसको जिबनको लागि बनेको उज्यालो यत्तिकैमा सकिएछ क्यारे यस्तै सोची । “मरेर जानेले भन्दा छोडेर जानेले रुवाउछन” भन्ने उखान बारबार सम्झी। उजाड उजाड मरुभूमि जस्तो मेरो जीवन अब तिम्रो मायाले सिचाइ गर्नु छ भनेर बिदेसिएको पनि सम्झी। फेरि चिठी पनि सम्झी। उ सरासर स्कुले साथी रोजलिनको घर पुगि।
रोजलिन के छ खबर? कतै चिरपरिचित आवाज रोजलिनको कानमा गुन्जियो। म अलि बेर हेरेर ए अस्मिता तिमी पो। धेरै बर्षमा पो देखियौ त? के छ खबर आज कताबाट म एकैसाथ प्रश्न गरे। अफिस हिड्न तयार बनेर निस्किन आटेकी म स्कुलको साथी देखेपछि रोकिएर कुराकानी गर्यौ। उस्ले ठिकै छ भनी तिम्रो अनुहारले त त्यस्तो देखाउदै न त अस्मिता? उस्ले केही अप्ठ्यारो मान्दै त्यस्तो केही होइन।
ममीले हामीलाई चिया बनाई दिनुभयो। हामी चिया पिउदै कुरा अगाडि बढायौ।
रोजलिन (म)- “हामी बचपन देखीका साथी तिमीलाई देखेर म बुझ्न सक्छु तिमी केहि तनावमा छौं । भन मबाट हुन सक्ने सहयोग म गर्छु फेरि दुख बाड्यो भने घट्छ भन्छन।”
अस्मिता -” तिमीलाई थाहा छ्दैछ सुरज र मैले भागेर बिबाह गरेको दुई बर्ष जति काठमाडौमा बस्यौ। पढ्यौ पनि छोरी पनि जन्मि सुरजको सामान्य कामले खर्च चलाउन गार्हो भयो। उ बिदेश गयो। केही महिनापछि म पनि माइती फर्किए। बाबा एक दुइपटक सुरजको घर छोरीलाई छुट्टै भए पनि तपाईंकोमा बास सम्म बस्न दिनु भन्न जानुभएको हो। जातको कारण उसको परिवारमा हामीलाई घर भित्र्याइएन अनि बस्न पनि दिइएन। सुरज कहिलेकाहीँ sms गर्ने फोन गर्ने गर्थ्यो दिन बित्दै गए। सङ्गै गएका दाजु तीन बर्षमा बिदामा आएर फेरि फर्किए। पाँच बर्ष पछि फेरि हिजो राती घर आएछ्न सङ्गै फर्किन्छु भनेको सुरज आएन तर उस्ले लेखेको चिट्ठी आएको छ लिएर आएको।”
म – ” के भनिएको छ त चिट्ठीमा ?”
अस्मिता – “आखाभरी आँसु लिएर चिठी मलाई दिई।”
मैले सरसर्ती चिठी पढे।
हामी तिनैजना सङ्गै पढेका साथी थियौ। उस्ले +१२ पछि पढाइ अगाडि बढाउन सकिन। मैले पढाइ पूरा गरि सञ्चार माध्यममा संम्लग्न भइ कार्य गर्न लागेको उसलाई थाहा थियो। मेरो जीवन यो मोडमा पुगेको छ। के तिमी मेरो कहानी वास्तविकता बुझेर केही गर्न सक्छौ? सक्छौ भने सहयोग गर भन्दै मसङ्ग गुनासो पोखि। कुनै विकल्प नदेखेकी अस्मिता सञ्चार माध्यम समस्या समाधान गरिदिने न्यायलय सम्झेर म कहाँ आइ। मैले तिम्रो परिवारिक मिलनको लागि सहयोग गर्छु मन दोधार नगर यसै पनी तिमी मेरो बच्चाबेला देखिको साथि।
म सुरजलाई सम्झाउने बुझाउने कोशिश गर्छु। यदि उसले मेरो कुरा मानेन भने पनि तिमीले जिन्दगीलाई मायाको चार दिवारबाट बाहिर निस्किएर पनि हेर्न सक्नुपर्छ। मायाको बन्धन भन्दा बाहिर पनि सिङ्गो संसार छ। संसार विशाल छ अहिले तिमी माया माया भन्ने तिर मात्र पनि नसोच हुन त जीवन का धेरै उतारचढाव तिमीले भोगेकी छौ मिलनको आनन्द भोगेकी छौ र आज बियोगको पीडा तिमीले महशुस गरिरहेकी छौ। ती गलत छन भन्न खोजेकी होइन सुरज भन्दा बाहिर पनि दुनियाँ छ त्यसलाई तिमीले चिहाउन सक्नुपर्छ। तिमीले त बिहेपछी पनि परिवारको साथ पाइनौ त्यो कठिन परिस्थिति पार गरेको अनुभव पनि छ। ति सबै कुरालाई जिन्दगीको उच्च मनोबलका साथ उर्जा बनाउ। मनलाई कहिल्यै कमजोर नबनाउ। जिन्दगीका चुनौतीहरुसङ्ग सिङगौरी खेलेर नै जीवन सफल हुन्छ भन्ने बिर्सिनु हुँदैन। सुरजले साथ छोड्यो भने मेरो जहाज डुब्छ मेरो भबिष्य अन्धकार हुन्छ मैले यो संसार छोड्नुपर्छ भन्ने सोचिरहेकि छौं भनेपनी त्यो सबैभन्दा गलत कुरा हो। तिमी मात्र होइन तिम्रो छोरी पनि छ उसको भविष्य के होला त्यो बारेमा सोचेकी छौ? तिम्रो गल्तीलाई स्वीकार गरि साथ दिने बाबुआमा धेरैले पाउदैनन् जो तिमीले पाएकी छौ त्यसमा गर्व गर।
जिन्दगीका धेरै युद्ध जितेकी तिमी यो पनि सहजै जित्ने छौ। भरोसा राख सब ठिक हुनेछ। भन्दै मैले सम्झाए। उ बुझे जस्तै गरि। आमाले खाना पाकेको छ खाएर जाउ भन्नू भयो। खाना खाएर अस्मिता घरतिर लागि म अफिस तर्फ। जादाजादै मैले सुरजको फेसबुक आइडी के छ र नम्बर कति हो मागे।
आमाले के भएछ ज्वाइँ किन न आउनु भएको रे के भन्छ साथीले सोध्दा अस्मिता झसङ्ग भइ। उस्को बिदा मिलेन रे दुई तीन महिना पछि आउछु भनेको रहेछ। छोरीलाई केही सामान र केहि पैसा पठाएको रहेछ लिएर आए। सधैंझै दैनिकी सम्हालेर खाना बनाइ खाना खाए। मानौ केही भएकै छैन जस्तो गरी।
सुत्ने बेला भयो। उ भाइको कोठामा पसी। भाइ एकछिन ल्यापटप चाहिएको थियो भनी मागेर नेट खोलेर फेसबुकमा सुरजलाई उस्को पत्रको जवाफ एकएक गरि दिई। हिजो तिम्रो हिम्मतलाई मैले साथ दिएकि थिए। हिजो परिवारको कल्चर भन्दा बाहिर गएर बिबाह गर्दा दिगो हुँदैन भन्दा तिमी बिना अपुरो छु परिवारले बिस्तारै स्वीकार गर्छ भन्दै हात समाएको त्यो पल कसरी बिर्सियौ? तिम्रो सुख दुखमा साथ दिदै तिमीसङ्ग बिताएको त्यो समय कसरी बिर्सियौ? हिजो कोठामा खान बस्नको समस्या हुँदा आमाले दिएको गरगहना तथा पैसाको त्यो सहयोग कसरी बिर्सियौ? समय आफ्नै गतिमा चलिरह्यो। तिमी बिदेशीएर आर्थिक स्थिति परिवर्तन आएपछि गैर जिम्मेवार बन्न मिल्छ? तिम्रो माया के यहीँ दिन देखाउनको लागि हो त? म मात्र छैन छोरी पनि छ छोरी प्रती गैरजिम्मेवार बन्दै जे गर भन्न कसरी सक्छौ? तिमी यसरी गैरजिम्मेवार बन्दा म मा के बितेको छ तिमीले महशुस गर्न समेत सक्दैनौं। कता कता यस्तो पनि लाग्छ तिम्रो यो कठोर निर्णय भन्दा त सुरु देखि बिरोध गर्ने तिम्रो परिवार सय गुणा उत्तम जस्तो लाग्छ।
जिन्दगीमा कहिले पनि खुशी पाउन सकिन। एकबारको जिन्दगीमा लाखौं हरफ दुखहरुको झेल्नु रहेछ। मलाई कुनै कुराले सुखानुभुती दिन सकेनन। आनन्दले स्वास फेर्न सकिन। तिमीले पनि अन्तत साथ छोड्ने कुरा गर्यो। के गर्ने के नगर्ने छुट्याउन सकिन। कल्पना बाहिरको कुरा जसलाई भोग्नुपर्छ त्यो कति पिडादायी होला त्यसको हेक्का तिमीलाई होस पनि कसरी ?
बिदेशीएको पाँच बर्षमा तिमीमा धेरै परिवर्तन आएछ। तिम्रो यहीँ परिवर्तनले मेरो जिन्दगीमा यस्तो सुन्यता आउला भन्ने जस्तो लागेको थिएन। हुन त भावनाको नापतौल गर्न मेरो मन कुनै प्रयोगशाला पनि थिएन। तर तिमी पटक पटक मेरो भाबनाको परिक्षण गर्यौ । बिहे पुर्बको मेरो जीवन र तिमिसङ्ग बिहे गरेपछी परिस्थिति सम्झिदा पनि उदेक लागेर आउँछ। तिम्रो परिवारले मेरो बाबासङ्ग गरेको व्यबहारले भन्दा तिमीले बाटो मोड्न गरेको निर्णयबाट मन छियाछिया भएको छ। थाहा छैन यो sms तिमीले कहिले र कतिबेला हेर्छौ सायद त्यतिबेला सम्म म हुन्छु वा हुदिन। म प्रती त तिमी जिम्मेवार बनेनौ ठिकै छ तर छोरीको भविस्य अध्यारो र मेरो जस्तो नबनाइदिनु ।
तिम्री अस्मिता
उस्ले सुरजलाई अन्तिम पटक म्यासेज लेखी र अफ भएर कोठामा गइ धेरैबेर बिगत सम्झिइ आफुलाई सम्झिइ छोरिको भबिस्य कल्पना गरि। छोरीलाई अङ्गाल्दै धेरैबेर हेरी ढोका खोलेर बाहिर निस्केकी अस्मिता बिहान उज्यालो हुँदा कोठामा थिइन। खोजी गर्दा नजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिइ। उस्को त्यो कलकलाउदो जवानी त्यही रुखजस्तो निर्जीव बनेको शरीरलाई हावाले यताउता नचाइरहेको थियो। उस्को मृत शरीरलाई न्यानो घामले स्पर्श गरिरहेको थियोे।
मैले मबाट हुन्सक्ने प्रयास गरिरहेकी थिए। सुरजलाई एक दुई कल फोन गरे तर रिसिभ भएन। फेसबुकमा म्यासेज छोडे रिप्लाई आयो कुरा भयो सम्झाए गल्ती भयो फोन गरि सरि भन्छु भन्दै थियो। नाइट डिउटी छ। अहिले डिउटी जान लागेको तयार हुँदैछु। मैले अस्मितालाई फोन गर अस्मिता चिन्ता र तनाबमा छिन भने तर उस्ले अहिले मलाई डिउटी जान ढिलो हुन लाग्यो। म भोलि अवस्य फोन गर्छु भन्न भ्यायो। तिमीले त्यो बेलामा बिद्रोह गरेका थियौ जुन बेला मानिसहरुले जातको विरुद्धमा सोच्न सक्दैनथे। अहिले अवस्थामा परिवर्तन आएको छु दुई परिवारको बिमती एक परिवारमा झरेको छ त्यो सकारात्मक हो। छोरी , श्रीमती छन तिनीहरू प्रती तिमीले सकारात्मक भुमिका खेल्नु पर्छ भन्दै सम्झाए। म तिमीहरुको अन्तरजातीय बिबाह र संघर्षको कुरा भोलीको रेडियो कार्यक्रममा प्रस्तुत गर्दैछु के अनुमती छ उस्ले अनुमति दियो तर नाम फरक राखेर है भन्दै थियो मैले सहमति जनाए। मैले पुन उनीहरूको मिलन होस भन्दै रातभरि रेडियो कार्यक्रमको लागि अस्मिता र सुरजको प्रेरणादायी कथाको रूपमा प्रस्तुत गर्न तयार गरे। बिहानको आठ बजेको समाचार पछि कार्यक्रमको लागि स्टुडियोमा पुगे। कार्यक्रम सुरुवातको धुन बजिरहेको थियो। प्राबिधिक भाइले केही इशारा गर्दै थिए तर बुझ्न सकिन। मैले सुरुमा एक गित त्यसपछि आजको कार्यक्रमको सुरुवात भन्दै गित बजाउन अनुरोध गरे। प्राबिधिक भाइले कफीमा लेखेर तपाईंले आज जसलाई फिचराइज गर्नु भएको छ उनले आत्माहत्या गरिन रे प्रहरी पुगेको छन रे। म हतार हतार आज मेरो कार्यक्रम अबधिभर गित बजाउनु म निस्किन्छु भन्दै बाहिरीए। हतार हतार स्कुटी स्टाट गरि घटना घटेको ठाउँ पुगे। मान्छेले घेरिएको अनि बिचमा प्रहरी मुचुल्का उठाउदै सोधपुछ गर्दै गरिरहेका देखे।
मलाई रुन मन लाग्न थाल्यो तर आँसु बगिरहेको थिएन, चिच्याउन मन लाग्यो तर घाँटी बन्द भएको थियो। मुखमा थुकको छिटो सम्म नभएको जस्तो भयो। म मुख खोल्न सकिन। आँखा बन्द गर्छु अध्यारो देख्छु। आँखा खोल्छु र पनि अध्यारो देख्छु। उकुसमुकुस बढ्न थाल्यो, छट्पटी बढ्न थाल्यो आँखा वरिपरि उस्को मलिन चेहरा नाच्न थाल्यो। म त्यहाँबाट भाग्न चाहान्थे तर खुट्टा जमिनमा भासिएको अनुभव भएको थियो। उसको दर्हो बनेको शरीर देख्दा मेरो उसको समस्या सुल्झाउने प्रयास खेर गएका थिए।
अस्मिता हिजो म सङ्ग केहि आशा बोकेर आएकी थिए। मैले उसलाई सम्झाए। उ केही बुझेको जस्तो गरि फर्किएकी थिए। सुरजलाई पनि जानकारी दिई समस्या सुल्झाउन भनेकी थिए। मैले यो सोचिन कि उस्ले समस्या समाधानको गलत पाटो आत्महत्यालाई रोज्छे। मैले उसको परिवारलाई अस्मिताको ख्याल गर्नु है तनावमा छ भनेको भए सायद उसले त्यो बाटो रोज्दिन थिइ कि? आफुले त्यो बेलैमा सोच्न नसकेकोमा पश्चातापको भुमरीमा हेलिन्छु । नजानिदो गल्ती महसुस गरिरहेछ यो मन।
कृषा के. सी
कोटेश्वर,काठमाडौ
May 13, 2020
(स्रोत : लेखकको ब्लगबाट सभार)