कथा : कठपुतलीको मन

~कृषा के. सी~

म तिम्रो हरेक कुराहरुलाई मायालु नजरले एक प्रेमिकाको नजरले हेरे किनकी तिम्रो भनाइ सुन्दा र छोटो समयको व्यबहार हेर्दा तिम्रो हरेक ब्यहहारले मलाई प्रेमिका ठानेको छ। तिम्रो म प्रतिको व्यबहार सकारात्मक छ। अहिलेको जमानामा सहि गलत आफुले छुट्य्टाउने आफुले हो। तिमीले आफैले भन्थ्यौ आफ्नो जीवन को सहयात्री आफैले खोज्ने हो आफ्नो कुरा बुझ्ने सहयात्री खोज्नुपर्छ भनी अनि यो मेरो उमेर उस्तै हो कि मेरो सोचाइ म कतिबेला अन्योलमा पर्छु । उमेर अनि युवाबस्थाको चाहना हो प्रेम त्यही प्रेमको बिज रोपिएको छ मेरो जीवनमा तिम्रा ती प्रेमिल शब्दहरुमा लठ्ठिएर लहरिए म सायद त्यो बेलासम्म तिमी पनि मेरै वरिपरि थियोे जस्तो लाग्छ।

यदि चरीले जस्तै गुड छोडेर गएको भए त पक्कै पर्किएर आउँछौ भन्ने आशा गर्न सक्थे र फर्किन्थ्यौ पनि होला तिमी एकदिन फर्केर आउछौ भनेर आशाको त्यान्द्रोको सहारामा बस्थे होला तिमीले बल्दै गरेको थियो भने त्यो स्वभाबिक पनि हुन्थ्यो तर तिमीले बल्दै गरेको दियो निभाएर तेल सुकाएर गएका थियौ कसरी आशा गरु अनि भरोसा गरु? मलाई जिन्दगीबाट किनारा लगाएर पाइला मोड्यौ मेरो भन्नू के नै रह्यो र ?? अनि तिमीलाई बिर्सने मेरा हरेक योजना फेरि तहसनहस हुन्छ्न।

जब जब यादको छाल आउछ सुनामी आउँछ फेरि पनि बुनिएका कल्पना तहसनहस भै प्राण त्याग गर्छन्। तिम्रो यादबाट बाहिर निस्कन खोज्छु तर भुमरीमा फेरि फस्छु म
जब दिन ढल्दै जान्छ त्यो ढलेको दिनले मानिसलाई एक दिन बूढो बनाउछ बूढो बनाउछ अर्थात सहि के र गलत के भन्ने छुट्याउन मदत गर्दछ साथै समयले मान्छेलाई जिम्मेवार पनि बनाउछ सधैं बचपन मात्र कहाँ रहन्छ र समयले मान्छेलाई बचपन बाट युवा अवस्था त्यस्तै युवाबस्थाबाट मानिसलाई बुढ्यौली तिर लगिरहेको हुन्छ। त्यो स्वभाबिक पनि हो। मान्छेले चाहे पनि नचाहे पनि समय आफ्नै गतिमा कुदिरहेको हुन्छ।

हामी पनि आलाकाचा थियौ कलेज पढ्ने बेलामा भेटिएका साथी समय चक्रसङ्गै प्रेमी प्रेमीका भयो तिम्रो हरेक कुरा सहज लाग्थ्यो बुझेका छौ र बुझाउन कोशिश गर्थ्यौ खुशी लाग्थ्यो हामी एक अर्काको लागि आवश्यक छौ र हुनेछौं जस्तो लाग्थ्यो। मलाई पनि जिम्मेवारीको कुरा सिकाउथ्यौ। अब सहरीया र अरुको भरमा बस्नु हुदैन आफै केही गर्नुपर्छ सम्झाउथ्यौ मलाई केही काम गर बिदेश जाउ आफ्नो करियर बनाउ सल्लाह सुझाव दिन्थ्यो जे होस मायामा भ्रमको खेतीलाई पनि बडो सिद्द्तले गरेका थियौ। मलाई त लठ्याएका थियौ
म तिमीलाई यहि भन्छु । म त तिम्रो हजारौं सवाल अनि जवाफ होस भन्ने चाहान्थे यदि त्यसो नभए पनि तिम्रा हजार सवालको जवाफ दिइरहु जस्तो लाग्थ्यो। स्पस्टिकरण दिएर सम्बन्ध सुधार्न चाहान्थे तर तिमीले मेरा ती इच्छाहरुलाई पैतालाले कुल्चेर हिड्यौ । अब स्पस्टिकरणको सवालै भएन मैले सुनेको स्पस्टिकरण त्यो ठाउँमा दिनु पर्छ जहाँ सुन्नको लागि मान्छेको कान, मन र दिमाग खुल्ला होस। म तिम्रो हरेक सवालमा स्पष्टीकरण दिन तयार थिए। तिम्रो भ्रमलाई दुर गर्ने कोशिशमा थिए तर तिमीले त मलाई पहिले देखि नै गलत छ भनेर मनमनै साबित गरिसकेको रहेछौ। तिमी आफ्नो नजराना बदलिसकेका रहेछौ हर सम्भवका प्रयास गरि मलाई गलत साबित गरिसकेको रहेछौ। यस्तो अवस्थामा मैले तिमीलाई स्पष्टीकरण दिनु भनेको आफुले आफुलाई आफ्नै नजरमा गिराउनु मात्र हो त्यसैले म प्रतिक्रिया बिहिन छु शव्द छन जुन लेखिएको छैनन् आवाज छन बोलिएको छैनन। तिमी जुन दिन मनको भ्रमणबाट बाहिर आउछौ नि त्यो दिन माफी माग्ने समय पनि रहनेछैन।आफ्नो घमण्डबाट बाहिर निकाल्ने प्रयास गर होइन भने तिम्रो घमण्डले तिमीलाई एकदिन यसरी घुडा टेकाउनेछ त्यसको अनुमान सम्म तिमीले गरेका छैनौ। तिमीलाई आफ्नो कामको आफैलाई पछुतो हुनेछ अफसोच त्यो दिन धेरै ढिलो भैसकेको हुनेछ।अरुको नराम्रो होइन आफ्नो भलाइमा ध्यान देउ।

समयले हामीलाई एक अर्का बिना नै बाच्न अभ्यास्त बनाइसकेको छ अझ भनौ उ अभ्यस्त छ म कोशिश गरिएको छु
घाम उदाउछ उहीँ आफ्नो चक्रमा अस्ताउछ दिन उदाउछ आज छुटिएको दिन पनि धेरै भयो आज फेरि नयाँ दिन एक्लो दिन उ बिना पनि जिन्दगीले नयाँ दिन पाए जस्तो लाग्छ दिन आफ्नै गतिमा ढल्छ फेरि सम्झन्छु आज पनि तिम्रो यादमै दिन ढल्यो। समय आफ्नो लयमा छ घाउ उदाउछ मन पोल्छ दिन ढल्छ रात हुन्छ जुन उदाउछ कहिले चकमन्न अध्यारो पनि सोच्छु यो अँध्यारो रात पनि बिल्कुलै मेरा सपना जस्तो धमिलो छ।

मैले मनमा सजाएका अनगिन्ती सपनाहरु मात्र सपना भैदिए बिपना बन्न सायद परिस्थिति मिलेन।खै त्यस्तै आभास हुन्छ मलाई। जसरी रातमा परेको शितको थोपा बिहानीको कामको किरणसङ्गै बिलाएर गए त्यस्तै मेरा रहरहरुले आशातित उचाइ पाएनन पालुवा फेरेनन मात्र शिशिरमा रुखहरु नाङ्गिन्छ्न जसरी त्यसरीनै उजाडिएर गए।सपना धुवा सरी उडेर गए ..

समयले हामीलाई एक अर्का बिना नै बाच्न अभ्यास्त बनाइसकेको छ अझ भनौ उ अभ्यस्त छ म कोशिश मात्र गरिएको छु लाग्छ सफल हुने त संभावना देख्दिन तर लहरिदैछु बिस्तारै । यहि कोशिशमा जिन्दगी बिताउनु छ तिमीलाई जस्तो सजिलै बिर्सने आदत म मा भैदिए मेरो पनि जिन्दगी जिन्दगी जस्तै बन्थ्यो होला तर बिडम्बना त्यसो हुन सकेन।

तिमिबिनाको यो जिन्दगी मैले कसरी बिताए र कसरी बित्छ म आफै बयान गर्न सक्दिन। जब तिमी टाढा भयौ म आफुलाई अर्धचेत जस्तै बनाए। आफैले आफैलाई नियन्त्रणमा राख्न सकिन। दिमागले पनि केही काम गरेको जस्तो लाग्थेन। सम्हालिन सक्छु होला जस्तै लाग्दैनथ्यो। लाग्थ्यो तिमी बिना मैले सुर्य उदाएको देख्ने छैन बिहानीमा चराको चिरबिर आवाज सुन्ने छैन। आफुले आफैलाई अन्धकारमा बन्द गर्दैमा दिनमा सुर्य उदाउने र साझमा सुर्य डुब्ने प्रक्रिया कहाँ रोकिन्थ्यो र दिन उसै गरि उदायो आफ्नो चक्रमा पुग्यो डाडामा अनि डुब्यो। बिहानीले खुशी दिन सकेको थिएन झन घाम अस्ताएको चिहाउदा के खुशी मिल्थ्यो र कौसीमा बसेर घाम डुबेको देख्छु अनि सोच्छु तिमी बिना पनि आज अर्को घाम डुब्यो अर्थात आज अर्को दिन ढल्यो।

घाम उदाउछ उहीँ आफ्नो चक्रमा अस्ताउछ दिन उदाउछ आज छुटिएको दिन पनि धेरै भयो आज फेरि नयाँ दिन एक्लो दिन उ बिना पनि जिन्दगीले नयाँ दिन पाए जस्तो लाग्छ दिन आफ्नै गतिमा ढल्छ फेरि सम्झन्छु आज पनि तिम्रो यादमै दिन ढल्यो। समय आफ्नो लयमा छ घाउ उदाउछ मन पोल्छ दिन ढल्छ रात हुन्छ जुन उदाउछ कहिले चकमन्न अध्यारो पनि सोच्छु यो अँध्यारो रात पनि बिल्कुलै मेरा सपना जस्तो धमिलो छ।

तिमीलाई भुल्ने मेरो हरेक कोशिश खेरा गहिरहेका छन आँखा आशुमा डुबेका छन तर बिडम्बना यो कस्लाइ सुनाउ तिमीलाई सुनाउ भन्छु तिमी मबाट टाढा भयो लेखेर देखाउ तिमीले छाडेको आबेगमा आफैले त्यो बाटो पनि बन्द गरे हुन त बाटो मात्र राखेर पनि के नै अर्थ थियोे र तिमी जो पहिला जस्तो थिएनौ। तिमी पुरै परिवर्तन भैसकेका जो छौ।

टुटिसकेको बिश्वासलाई तिम्रो कुनै शब्दहरुले केही बिश्वास गर्न बाध्य गराएका थियौ। पुन तिमीतिर मोडिएको थियो मन। पहिला पनि तिमी आफ्नो जिन्दगीको निर्णय जो मसङग पनि संबंधित थियो तर मलाई सोधेनौ तिमी बिदेश जाँदै रहेछौ मलाई एकपटक भन्न जरुरी सम्झेनौ बिस्तारै बिस्तारै घाउमा खाटा बसेका थिए पुन sms गरि झस्कायौ फेरि नजिक भयो। समयसङगै तिमीलाई पहिला जस्तै र अझ बढी अहिले तिमी नेपाल आएको रहेछौ धन्न जानकारी गरायौ कल गर्न नम्बर उपलब्ध गरायौ तर मेरो लागि फोन गर्ने समय मिलेन मैले कल गर्दा रिसिभ गर्ने र बोल्ने समय मिलेन मैले यसलाई स्वभाबिक नै माने किनकि ममा तिमीमा जस्तो छल थिएन सोझोपना थियो मलाई तिमिमा बिश्वास थियो तर तिमीले मेरो बिश्वास मेरो भरोसामा आगो लगाइदियो तिमीले मेरो बिश्वासमा मात्र होइन सोझोपनको पनि फाइदा लियौ।

तिमीलाई सधै डर थियोे म सहरको परे आफू गाउको परे भन्ने म शधै भन्ने गर्थे मलाई उकाली ओराली गर्न घाँस दाउरा गर्न आउँछ डोको बोक्न आउँछ लिपपोत जानेको छु मलाई गाउँ मन पर्छ तर हिजो बुझेको जस्तो गर्थ्यौ आज तिम्रो हैसियत सहरमा घर किन्ने गाडी किन्ने पुगेको छ त्यसैले तिम्रो इच्छा अनि चाहाना परिवर्तन भएको छ हो मैले सुनेको धनले मान्छेको चाहाना फरक बनाउछ रे होला त्यस्तै भएको त्यसैले तिमी समय अनि कमाएको धनले तिमीलाई पुर्ण त परिवर्तन गरायो। भन्थौ तिमीले मास्टर्स गर्दा पनि खुशी लागेको छ आफुले नै मास्टर्स गरेको जस्तै भन्थौ मन आफुले पढेकोमा खुशी कम र तिमीले पढ्न नपाएकोमा दुख लाग्थ्यो। किनकि तिमीमा मेरो एकोहोरो प्रेम थियोे त्यो पनि घनिष्ठ।

तिमीले आफ्नो मन कहिले खोल्न चाहेनौ मैले कोशिश गरे तर फोर्स गर्न सकिन मेरो कारण तिमी कुनै समस्या पर्छौ भने म त्यसलाई खोतल्न कसरी सक्छु। तिमी बिदेश गयौ आयौ मलाई मात्र जानकारी भयो न कुरा भयो न भेटघाट नै। तिमीले कुनै शब्द बोलेर केही भनेको भए चित्त बुझ्थ्यो होला। तिमी केही नबोली केही नभनी टाढा भयो भएको के थियो म बुझ्न सकेको छैन तिम्रो मौनताले मलाई ज्यान मार्न काफी भयो भन्छन ज्यान मार्न ठुलो ठुलो हतियार चाहिएला तर यो मन पार्न कसैको मौनता नै काफी हुन्छ रे मलाई त्यस्तै लागेको छ।

तिमी टाढिए पछि मेरो जिन्दगीको गाडी यस्तो ठाउँमा गएर रोकिएको छकि टायर पनि पन्चर इन्जिन जाम अनि पेट्रोल पनि सकिए छ न त नजिकमा पेट्रोल पम्म छ न त धकेलेरै त्यो गन्तव्य भेट्याउन सक्छु तर पनि चल्न लाचार छु बिबश छु। यात्रा थियो कतै छुटेको जस्तो छ गन्तव्य टाढा टाढा भएको छ। म अभागी बनेरै भए पनि त्यो तारा बन्नुछ जुन तिम्रो खुशीको लागि आफुलाई पटक पटक झर्नु किन नपरोस म तिम्रो खुसीमा ग्रहण बनेर कहिले देखा पर्ने छैन। तिमी त मेरो खुशीको एकमात्र रोजाइ थियौ छौ र रहनेछौ।

नियमित चल्ने समयचक्रलाइ पनि के दोष लगाउ खै! मलाई यता चोटको धारिलो घाउ लाग्दा तिमीलाई भने खुशी दिएको छ समयसङग गुनासो छैन मलाई गुनासो आफ्नै रोजाइमा आफ्नै चाहानामा छ ।आफुले आफैलाई खोज्छु बिगतमा अनि नियाल्छु बर्तमानमा पहिलेको जिद्दी र हासी खुशी म किन शान्त भए किन कमजोर भए पहिलेको म कता हराए??
हिजो तिम्रो माया लाग्थ्यो आज तिम्रो दया लागेर आउँछ।

मृत्यु स्वतस्वयत सत्य,अन्तिम सत्य पनि हो। जीवनको क्षति मृत्यु हो तर त्यही ठुलो क्षति पनि होइन जति स्वास लिदै गर्दा पनि आफू पल पल मरेर बाचिन्छ त्यही भने पक्कै होइन। मृत्यु भन्दा भयानक मृत्यु त पलपल मरेर बाच्नु पर्दा हुन्छ। मृत्युले एक चोट दिन्छ पल पल मरेर बाच्नु पर्दा हजारौं पिडा हुन्छ। तन मनलाई अचानो जस्तै बनाई प्रहार गर्छ । मन भरी पिडाको भारी बोकेर पनि ओटमा मुस्कान छर्दाको पीडा मैले भन्दा बढी कस्ले बुझ्न सक्छ र मेरा कयौं दिनहरु देखावटी मुस्कान छरेर बितेका छन।

फाटेको बादलका टुक्रा हेर्दैछु। लाग्छ सधैको भन्दा फरक गरि भएको उज्यालो। मलाई आकाश बर्सिएको मन पर्छ म पनि आकाश जस्तै बर्सिनमा साथ दिन्छु रुन्छु मनमा रहेका पिडा दर्द पखाल्ने कोशिश गर्छु। बर्सिएको आकाश मुनि आफू बर्सिदा कसैले देख्दैन कसैले सवाल गर्दैन निथुर्क्क भिजेर रुन्छु लुगामा लागेको फोहोर भए पानीले बगाएर लैजान्थ्यो होला पीडा मैला मनमा थियो आशुले पनि बगाउन सकेन।

जसरी मेरो मन रोएको छ त्यसरी नै आकाश पनि रोएको हो कि जस्तो लाग्छ आकाश रुदा वायुमण्डलका धुलो धुवा उडिरहेको पात पतिङगर उचित स्थान पाउँछन् वातावरण शान्त र सफा देखिन्छ म रुन्छु आँसु बगाउछु आँखा सुन्निन्छन तर मनको पीडा ज्यु का तिउ भै घोचिरहन्छन बिजिरहन्छन पिलिरहन्छ्न बस पोलिरहन्छन …

केही लेख्छु मन हल्का भएको महशुस हुन्छ। तिमी प्रतिको व्यबहार दया माया स्नेह प्रेम उस्तै छ जस्तो हिजो थियोे आज पनि छ रहनेछ म रहदा सम्म उस्तै पाउनेछौ हिजो तिमीले माया दोहोरो भएको रटान लगाउथ्यौ आज त्यो एकोहोरो मात्र भएको छ । तिमी आफैंले गरेका कुराहरूमा पटक पटक चुक्यौ सायद यसमा तिम्रो बाध्यता थियो कि रहर बुझ्नै सकिन मैले।हिजो मेरो लागि आफै जीवन साथी खोज्छु जोसङ्ग बोल्छु जो सङ्ग मनका कुरा खोल्छु उसैलाई अपनाउछु भन्थ्यो। तर त्यो माया थियोे कि माया गरेको जस्तै गरी मायाको नाटक मात्र थियो मैले बुझ्न सकिन। यहि छुट्टाउन नसक्दा पछुतो भएको छ। पछुतो पनि के भन्नू र खै हिजो तिमीलाई माया गर्दा पनि रमाएकि थिए आज तिमी साथमा छैनौ तर पनि यादमा रमाइरहेकी छु। हिजो साथ दिने तिमी थियौ आज पुरापुर तिम्रो यादहरु छ्न ।

तिमीलाई सुध्रिन्छौ कि भनी मौका दिएकै हो अब तिमी जतिसुकै उचाइ चुमेर मेरो सामु आउ तिमीलाई म स्वीकार गर्न सक्दिन अह म त्यो कल्पना सम्म गर्न सक्दिन। तिमी छुट्यौ सधैंको लागि छुट्यौ तर त्यस्तै याद कहिले छुटेन बिगतमा ताजै छ बर्तमानमा बाकी रहनेछ स्वास रहदासम्म।

म उसको माया पाउन मरि मेट्थे उस्को मन अर्कै रहेछ। जस्ले जे भन्यो मान्नु पर्ने रहेछ। आफ्नो लागि आफ्नो निर्णय होइन रहेछ त्यो मात्र भनाइमा रहेछ। कठै कठपुतलीको मन अन्तै रहेछ। मलाई भने हिजो तिम्रो माया पाउनको लागि तिमीसङ्ग समयसङ्ग सम्झौता गरे आज ठिक बिपरित भैदियो मैले तिमीलाई बिर्सन हजारौं सम्झौता गर्नु परेको छ।मलाई मात्र एकै प्रस्न खड्किरहेको छ तिमीलाई के तिमी खुशी छौ ??

कृषा के. सी
कोटेश्वर,काठमाडौ
January 08, 2020

(स्रोत : लेखकको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.