~कृषा के. सी~
सामान्य परिवारमा जन्मिएको एक्लो छोरा म। त्यसो त म एक्लो होइन बहिनी पनि छ। हामी दाजु बहिनी हाम्रो बाल्यकाल हास खेल दुख सुखको बिच बित्यो। गाउँको स्कुलबाट +२ सकिएपछि उच्च शिक्षाको लागि काठमाडौ झरेको म पढाई सङगसङगै काम गर्नु मेरो बाध्यता थियो। बर्षदिन काम गरेर खान पुग्ने मेरो परिवारले काठमाडौमा बसीबसी पढाउन सक्ने हैसियत थिएन। जागीर पाए जिन्दगीमा नयाँ बिहानीको सुरु हुनेछ। जिन्दगी नै एउटा नयाँ मोड आउनेछ यस्तै सोचेथे। जागीरको खोजीमा भौतारिदा भौतारिदा बल्लतल्ल जागीर मिलेको थियो। अब जागीर मिल्यो पढ्न बस्न समस्या हुँदैन भन्ने सोचाइले रमाइरहेको थिए। खुशीले रातभरि निद्रा परेन। छट्पटीमा बिहानीको चिसो हावा चल्यो वरपरको घरमा भाले बासेको पनि सुनियो। उठे कलेज जाने तयारी गरे। खाजा बनाए खाए खुशी हुँदै कलेजको झोला बोकेर हिडे। समय समयमा टाइम हेरिरहे। कलेज सकियो त्यतैबाट अफिस तिर लागे। काम खोजेर काम गर्न थाले। +२ म्यानेजमेन्ट बाट सकेर बि.बि.एस पढ्दै गरेकोले जसोतसो फाइनान्समा काम मिलेको थियो। काम गर्न थाले। बिहान कलेज दिउँसो अफिस यत्तिकैमा दिनहरू बित्दै गए।
हरेक दिनको काम कुदाई, आदेश, आग्रहले तन मनको बोझ यस्तै कुराले मान्छेलाई जिन्दगीको ओरालोतिर घचेटेको हुन्छ।दौडधुपको बीचमा पनि दिन बितेका छन। दिनभरीको थकानलाई साझ ओछ्यानमा बिसाएर निदाउछु। म यहीँ क्रमलाई दोहोर्याउछु। मेरो कहानी जस्तै धेरैको कहानी हुन सक्छ वास्तविकता हुन सक्छ। शहरका हुने खानेहरु बोसो पगाल्न गाडीको आवाज गाढा हुनुभन्दा अगाडि कुद्छन। कोहि दिनभर काम गरेर खानाको जोहो गर्न दगुर्छन। कोहि अफिस कोहि चोकमा नाङ्लोमा सामान बेच्न कोही काधमा बोरियो बोकेर कोहि स्कुल कलेज पढ्न पठाउन सबै सबैले आफ्नो आफ्नो गन्तव्य पुग्न हतारिन्छन। म पनि हतार हतार एक गाँस खानको जोहो गर्न कुदिरहेको थिए त्यसैले त मलाई काठमाडौंको बसाइँ लम्ब्याउन मदत गर्दै थियो।
म काठमाडौ बसेको एक बर्ष पछि दशैमा घर फर्किए बहिनी पनि +२ सकेर रिजल्ट कुरिरहेकी थिइन। बहिनीको बिहेको कुरा चलेको आमाले चिठीमा बताउनु भएको थियो। म दशैमा घर फर्किएपछि कुरा टुंगोमा पुग्यो। केटा परिवार,कुलघरानको सबैकुरा मिलेको र ठिकै थियो। केटा अमेरिका बस्ने गर्थ्यो। बहिनीले नेपालमै बसेर पढ्न चाहे पनि पढाउने अनि श्रीमानसङ्ग अमेरिका जान चाहेपनि जान पाउने भन्ने कुरा भयो। बिहे दसैको टिकाको दिन नै फिक्स गरियो। बहिनी बिहेपछी घर गइन। घरमा आमा बुबालाई मात्र छोडेर दशैपछी काठमाडौ फर्किए। बिबाहपछी बहिनी पनि काठमाडौ मै बस्न थालिन। तिहारमा बहिनी काठमाडौमै भएकोले गाउँ जान परेन। अफिस कोठा गरेर दिन बिते कलेज सुरु भयो। बिहान कलेज दिउँसो अफिस यसै गरि दिन बितिरहेका थिए।
अफिसमा पनि कोहीले जब छोड्ने त कोहि नयाँ आउने गरिरहन्थे। अफिसमा एकजनाले काम छोडेकि थिइन। पोस्ट खाली भएको केहि दिनमा एकजना महिलाले नियुक्ति पाइन। पुरानो भएपनि म सामान्य कर्मचारी भएकोले हामी बीच खासै कुरा हुदैनथ्यो। कुनै साट्नुपर्ने चेक, कारोबार लगायतमा औपचारिकता बिषयमा मात्र कुरा हुन्थ्यो अरु खास कुरा हुदैनथ्यो कुरा पनि के हुनु र ? जाडो महिना त्यसमा पनि माघ महिना फाइनान्सको साधारणसभाको कार्यक्रम तय गरिएको थियो। म अफिस टाइममा अफिस पुगेको थिए। एलिना अफिसमै रहेछिन। मलाई अफिस देख्नासाथ किन यता तिमी ? मलाई म्यामले केही सामान उतै छुटेछन तिमी लिएर आउ भनी कल गर्नु भएकोले अनि तिमी? म पनि सामानको लागि नै आएको। हामी सामान निकाली एलिनाको स्कुटीमा फर्कियौ सामान पुर्याए एलिना म ड्रेस चेन्ज गरि आउछु। एक कुरा भनौं आज तिम्रो कोट पेन्ट खुब म्याचिङ भाछ। हेन्डसम देखिएका छौ म घरपुगेर ड्रेस चेन्ज गरेर आउछु भन्दै बाहिरिइन। म कार्यक्रमको तयारीमा लागे करिब पौने घण्टा पछि निलो सारीमा सजिएर एलिना क्रार्यक्रममा उपस्थित भइन म उनको त्यो खुलेको र आकर्षक पहिरन देखेर हेरेको हेर्यै भए। कार्यक्रम राती करिब ९ बजे सकियो खानपान गर्दा करिब १०:३० भएपछि मलाई कसरी कोठा पुग्नु मनमा डर लागेको थियोे। उनले मेरो मनको कुरा बुझिछन क्यारे के भो रुम कता हो म स्कुटीमा रुम पुर्याइदिउ? मलाई के खोज्छ्स काना आँखा भने जस्तो भएको थियोे त्यहीँ पनि मैले औपचारिकताको लागि पर्दैन पर्दैन। म ट्याक्सी लिएर जान्छु। तिमीले पुर्याउनु पर्दैन! तर एलिनाले ट्याक्सीलाई दिने पैसा मलाई दिदा हुन्छ म पुर्याइदिन्छु नि भनेपछि मैले हुन्न भन्न सकिन। हामी स्कुटीमा बालकोट स्थित कोठामा गयौं मैले कोठा जाउ भने तर उनीं अबेर भएको छ भन्दै धन्न एलिना कोठामा नगइ फर्किइ। कोठामा गएको भए अस्तब्यस्त सामान, लुगाफाटो,बिहानका जुठा भाडा देखेर के भन्लिन भन्ने कुराले बाटो भरी यहि कुरा सोच्दै थिए तै पनि जाउ कोठामा त भन्नू नै पर्ने थियो भने रात अबेर भएकोले कोठा नगइ फर्किइन मन खुशी भयो म कोठा गए उनी स्कुटी मोडेर खुला बाटोमा कुदिरहेको आवाज पर पुग्ने बेला सम्म सुने।
बिस्तारै हामी नजिक नजिक हुँदै गयौं। हाम्रो अफिस बिदाको दिन उनकै स्कुटीमा घुम्न जाने रुटिन जस्तै बन्यो। अफिस बिदा भएपछि कफीसप पुगी कफी पिउने सङगै गफगाफ हुन्थ्यो। कहिलेकाही एलिना रुममा जाने खाने बस्ने गरि कयौं दिन बित्थे। हामी नजानिदो पाराले मायामा फसिरहेको थियौ। एलिना पनि म तिमीलाई जुनि भरीलाई साथ दिन्छु भन्थी म पनि साथ दिन्छु सोच्थे। हामी स्वयम्भूको छेउमा रहेको बेञ्चीमा बसी रहेका थियौ। एलिना पश्चिमतिर अस्ताउदो सुर्यलाई देखाउदै बोलिरहेकी थिइ। माया प्रेम त्यो घाम जस्तै हो जो कहिल्यै अस्ताउदैन अस्ताए पनि पुन उदाउनको लागि मात्रै अस्ताउने छ। म तिम्रो लागि भन्दै मेरो कुम सिरानी बनाएर टाउको बिसाएकि थिइ। मैले उसैको कपाल सुमसुम्याउदै रोमाञ्चित भएको थिए। हामी अफिसमा मात्र होइन सङ्गै घुम्न जाने अनि धेरै जसो रुममा पनि सङ्गै हुन्थ्यौ। यताउता कोठामा बस्नेले हामीलाई श्रीमान श्रीमती सोच्थे। हामीले होइन भन्न पनि सक्दैन्थ्यौ। हामीसङ्गै थियौ उनीहरूको सवालको जवाफ दिनु आवश्यक हामीले ठानेनौ। हामी सङ्गै जिउने संगै मर्ने सपना सजायौ। करिब ३ बर्ष पछि मेरो ब्याचलर पनि सकियो। मार्टर जोइन गर्ने कि बिदेश जाने मैले निर्णय गर्न सकिरहेको थिइन। जे होस बिदेश जान्छु भन्ने सोचिरहेको थिए। बा आमालाई सुख दिने रहर पनि थियो तर के गर्ने निर्णय पुग्न सकिरहेको थिइन।
एकदिन कोठामा बसिरहेको बेला एलिना आइन। खाना खायौं। अब त तिम्रो ब्याचलर पनि सकियो। मास्टर्स गर्छौ कि अरु केहि गर्ने के सोचेका छौ? मैले यसबारेमा निर्णय गर्न सकेको छैन। तिमी नै भन त एलिना मैले के गर्दा ठिक होला?जवाफमा एलिना तिमीलाई जे ठिक लाग्छ त्यहीँ गर म त भन्छु पढ भोलि पास भएर पनि पढ्न पाइन भन्ने पछुतो होला भन्दै प्रतिक्रिया दिइन। मलाई घरमा बिहे गर भनिरहेका छन तिमीसङग यहि कुरा गर्न आएकी थिए।दुई बर्ष त मैले हुन्छ हुन्छ भन्दै टारे अब मैले टार्न सक्दिन। तिमी हिड मेरो घरमा कुरा गर। म तिमीलाई कुनै हालतमा गुमाउन चाहान्न सुभाष! म पढ्ने कि बिदेश जाने के गरौं भनी सोचिरहेको बेला एलिनाले बिहेको कुरा गरि म झसङ्ग भए! एलिना हामी बिहे गरौं। म आफुले कमाइ बचाएको ३/४ लाख लाख बचत छ मेरो बिहेमा दाइजो नदिनु भनेको छु दाजु ड्याडीले मलाई ३/४ लाख एफ डि गरिदिनुहुन्छ रे त्यती भएपछि हामी यतै बस्न सक्छौ। तिम्रो आमा बुबालाई पनि यतै बोलाउला नी हुन्न? मैले तत्काल केही भन्न सकिन। एलिना के तिम्रो घरमा मलाई ज्वाइको रूपमा स्वीकार गर्नुहोला त? उसले तिम्रो बारेमा ममीलाई सुनाएकी छु। मेरो खुशीमा मेरो परिवार तगारो बन्न सक्दैन सुभाष। ओके एलिना म एकहप्ता भित्र तिम्रो घरमा आएर बिहेको कुरा गर्छुनी। दिनभरि एलिना मसङ्गै रुममा बसेर साझमा घर फर्किइ।
मलाई पढ्ने कि बिदेश जाने भनी डिसिजन गर्न नसकेको बेला एलिनाले बिहेको कुरा पनि जोडी। म के गरौं के नगरौं भन्ने झन दोधारमा परे। एकमनले एलिनाले भनेको ठिकै त हो जस्तो पनि लाग्यो अर्को मनले सोचे। बा आमाको इच्छा विपरीत नेवारकि छोरी बिहे गरे भने के भन्नुहोला? एक्लो छोरा बा आमाले भनेको नमान्दा मन दुख्छ कि? एलिनाको कुरा सम्झे सब कुरा प्राक्टिकल्ली पोसिवल चिज हुदैनन्। मायाले मात्र खान दिदैन। कहिकतै लगनशीलता र मेहनतले माथी पुर्याउला तर सबै मेहनेतीहरु माथी पुगेको पनि देखेको छैन। उस्को फेमिली स्टाटस यता मेरो फेमिली स्टाटस,उस्को लिभिङ स्टाइल मेरो लिभिङ स्टाइल, उस्को हैसियत र मेरो हैसियत कहिकतै मिल्दैन म्याच गर्दैन। के गर्ने होला सोचिरहन्थे। मेरो आमा बुबा अझै पनि खेती किसानी गर्नुहुन्छ। बिहानै उठेर भैसीको भकारो सोहोर्ने पानी दिने कुडो दिने घाँस काट्ने म पनि त्यसरी नै हुर्किएको। असार साउनमा रोप्ने अनि मङ्सिरमा भित्र्याउने काम गर्नु हुन्छ बर्ष भरीको मिहिनेत खान ठिक्क हुन्छ। एलिना यो सब गर्न सक्दिन। मेरो बा आमालाई सघाउन नसक्ने श्रीमती म बिहे गर्न सक्दिन? यो कुरा उसलाई सम्झाएरै टाढिन्छु जस्तो पनि लाग्यो तर उसले नमाने के गर्ने? मेरो यो कुरा सुनेपछि उसको मनमा ठेस पुर्याउन सक्छ कतै उसले केही गरिहाली भने म के गर्ने भन्ने पनि सङगै सम्झिन्थे।
बिहान बेलुका मोस्टराइजरले मालिस गरेको त्यो कोमल हातले गोबर कसरी छुन लगाउनु। मेकअपमा सजिएको शरीरमा घासको भारी कसरी बोक्न लगाउनु। घामले शरीर देख्दा त छाला बिगृन्छ कि भनेर घाममा ननिस्किने उसलाई दिनभरी धान रोप्न अनि काट्न कसरी लगाउने, अन्डा बोयल गर्न जानेकी उ कुडो बनाउन जान्दिन, गुन्द्रुक ढिडो खान जान्दिन। उसले मैले बिताउएको जीवन कल्पिन बुझ्न सक्दिन र मेरो भबिष्य त्यतै रोमलिन सक्छ तर उ त्यस्तो जीवन जिउन जान्दिन।
म के गर्ने निर्णयमा पुग्न सकेको थिइनँ। एकातिर उस्लाइ छोड्ने कुरा दिमागमा आउना साथ मेरो दिमाग त के पृथ्वी नै बिपरित दिशामा घुम्थ्यो। म उसलाई सन्सारका कुनै पनि बहुमुल्य चिजसङ्ग साट्न चाहदिनथे यता मेरो अगाडि बाबूआमाको बर्षौ देखिको सपनालाई नजर अन्दाज गर्न पनि सक्ने हिम्मत पनि थिएन। अर्को मनले सोच्थे उस्ले मलाई र मेरो मायालाई पैसामा किन्न खोजिरहेको छे यस्तै लाग्यो। के गरौ के नगरौं भन्ने दिमागी लडाइमा अन्तत उसलाई छोड्ने निर्णय गरे। कलेजको ट्रान्क्युब निकाले उसलाई तिम्रो घरमा आउछु आउछु भन्दै टारिरहे सबै कुराको बन्दोबस्त मिलेपछि कोठाको बिक्री हुने सामान बेचे नहुने सामान साथीलाई जिम्मा लगाएर एलिनालाई केही नबताइ म घर बागलुङ फर्किए।
उस्ले मलाई चिनेजानेका मेरो साथीहरूसङ्ग सोधखोज गरेको कुरा साथीहरू सुनाउथे। म आफै लुकेर हिडेको थिए। म बेखबर रहन खोजेको थिए। मैले उसलाई भेट्न खोजिन पनि। हामी बिच आजभोलि एक शब्द पनि कुरा हुँदैन। यस्तैमा बर्सौ बितेछ।
पार्टीको माहोल बिचमा बहिनी (सरुलाई) सरु (इशाराले देखाउदै) त्यो महिलालाई कतै चिनेको जस्तो पनि लाग्यो? को हुन? ए उहाँ हामी अमेरिको (न्युयोर्क) मा बिगत बीस बाईस वर्ष देखि सङ्गै एउटै ठाउँमा बस्छौ। कहिलेकाही डिनर लन्च मिलेर गर्छौ। सहयोगी हुनुहुन्छ म दिदी भन्छु। ए ए अनि बिबाहित कि अविवाहित मैले सोधे अविवाहित हुनुहुन्छ पहिला कसैसँग रिलेसनमा थिए त्यो रिलेसन सफल हुन सकेन त्यसपछि मायाबाट बिश्वास उड्यो बिहे गर्न मन लागेन। अमेरिका आएपछि काम काम भन्न तिर लागियो त्यतातिर ध्यान नै गएन भन्नुहुन्थ्यो। किन र दाजु केही काम थियो? कि चिन्नु भएको थियो? किन सोध्नु भएको? मैले होइन यत्तिकै कतै चिनेको, कतै देखेको अनुहार जस्तो लागेर मात्र… भनी टारे। मनले यो निश्चय गर्यो त्यो महिला पक्कै पनि एलिना हुन।
बिहेको पार्टी चलिरहेकै थियो। मनमा बेचैनि झनझन बढिरह्यो। कसरी बोल्यौ जस्तो पनि लाग्यो। म उनीसँग बोल्ने एक मौका कुरिरहेको थिए। एकछिन पछि उनी भित्र पस्दै गरेको देखे। नजर जुध्यो मेरो आँखा झुके। उनी भित्र आइन सरुसङ्ग केही कुरा गरिन सायद बिदा माग्न आकि थिइन क्यारे आपसमा कुरा गरिरहेका थिए।म अलिअलि गर्दै नजिकै जाँदै थिए। डान्स गर्नु अझै पार्टी सकिएको छैन सरुले भनेको आवाज कानमा ठोकिन आइपुग्यो। यत्तिकैमा एलिना बाहिर निस्किन। म नजानिदो पाराले पछि लागे। पार्टी प्यालेसको बाहिर गार्डेनमा उभिएर फोन गरेको जस्तो लाग्यो। उनी रुखको छेउमा लाइटमा उभिएकी थिइन म त्यहाँ पुगे। एलिना के छ खबर? को तपाईं मैले त चिनिन नि ? मलाई म को भनी चिनाउन कताकता डर लाग्यो। तैपनि आट गरे। म सुभाष तिम्रो पुरानो साथी। मेरो कोहि सुभाष नामको साथी थिएनन। म तपाईंलाई चिन्दिन पनि उनी भित्र फर्कन खोजिन। म हतार हतार हात समाए। उनले हात हटाउदै भनिन म हतारमा छु। एलिना तिमी चिनेर पनि नचिनेको बाहाना गर्दैछौ! एलिना चिनेर पनि के गर्नु त? बिना मतलबको कुरा गरेर टाइम लस नगर भन के भन्नू छ।
म – “के यतै बसेर कुरा गर्न मिल्दैन?”
एलिना – “तिमी मसङ्ग के कुरा गर्न चाहन्छौ? बिगतको कुरा हो भने नगर म बिगत पछाडि छोडेर धेरै अगाडि आइसके लाग्छ तिमीले पनि त्यसै गरेका छौ।”
म – “उसो भए मसङ्ग कुरा गर्न चाहादिनौ”
एलिना -“हो म तिमीसङ्ग कुरा गर्ने मुडमा छैन।”
म -“किन?”
एलिना- “सवाल धेरै भएन र के भनी सवाल गर्छौ?”
म- “ओके उसो भए जाउ।”
एलिना- “भन किन रोक्दै थियौ कुरा सुनेरै जाउला नि।”
म : “अनायासै एलिना तिमीले बिहे गर्यौ? बोलिसकेपछी पछुतो लाग्यो र पनि बोलिसकेको थिए।”
एलिना – “तिमीले यो प्रश्न नगरिदिएको भए यो बिहे पार्टीको कति मज्जा लिने थिए होला?”
म : “मेरो यो प्रश्नले उसलाई निकै पीडित बनायो उ गम्भीर देखिइ फेरि वातावरणमा मौनता छायो। त्यतिबेला मैले उसको जीवनसङ्ग सम्बन्धित प्रश्न गर्नु हुदैनथ्यो। लामो समयपछि उसङ्ग मौकाले भेट भएको थियो मेरो एक प्रश्नले उ बिचलित देखिइ। मेरो एक निर्णयले उसले बिहे नगरेकोमा पछुतो लाग्यो।”
एलिना : “तिमीले बुझ्न खोज्यौ र मलाई बुझाउन कर लाग्यो। तिमी त मसङ्ग भेट्न पनि चाहादैनथ्यौ। अहिले मेरो बिगत र वर्तमान बुझ्न खोजेको छौ र मैले तिमीलाई मेरो जीवन भविष्यको खाका (दर्शन) को बारेमा सुनाएकी थिए जुनबेला हामी नजिक थियौ। तिमी मेरो कुरामा सहमत हुन सकेनौं। मैले तिम्रो कुरामा सहमति जनाउथे कि तिमी आफुले आफ्नो न तर्क राख्यौ न सोधपुछ नै गर्यौ। अहिले ती सबै कुराको अन्त्य भैसकेको छ। कुरा गरेर फाइदा पनि छैन। मरेको मुर्दा सम्झेर हाम्रो सहकार्य र सहमतिलाई गाडिसकेका छौं। जुन शुत्रमा हामी बाधिएका थियौ। तिमीले गरेको टिप्पणीले तिमीले तिमि प्रतिको बचेकुचेको माया र बिश्वास पनि गुमायौ। तिमीले मेरो बिबाह बिनाको जीवन पनि कति सुखद छ भन्ने बिर्सियौ हुन त बुझ्न सक्ने र बुझाउन सक्ने क्षमताको अभाव थियोे नै। तिमीले मायाबाट संसार चलेको कुरा बिर्सियौ। मायामा सबै कुरा जायज हुने कुरा बुझेर पनि निर्णय गर्न सक्ने हिम्मत जुटाएनौ।”
“बाबू आमाले छोराछोरीको खुशी चाहन्छन त्यो कुरा तिमीले बुझेनौ। जिन्दगीको सान्चै मुल्यांकन गर्ने हो भने तिमी भन्दा म धेरै खुशी छु सुभाष। म धेरै टिप्पणी गर्न त चाहादिन तिमीलाई तिम्रै जीवन प्रती बितृणा उत्पन्न हुन सक्छ। हामी एक अर्काप्रती मानवीय सहानुभूति राख्न सक्छौ त्यो भन्दा बढी आशा राख्नु बेकारको कुरा हुनेछ।
तिमीले आफ्नो जीवनलाई जसरी बिताउन चाहान्छौ जसरी खुशी रहन चाहान्छौ त्यसरी नै बाच कुनै दिन जीवनको सल्लाह र समिक्षा गरौंला। एक अर्काको जीवनका निजी कुरा नगरेकै बेश होला यसले आफैलाई निराशा दिलाउन सक्छ।”
यति बोलेपछी उ हलतिर पस्न खोजी उस्ले म प्रतिको बितृष्णा एकै स्वासमा पोखी मैले त्यो रुखमा बलिरहेका बत्तीको स्वीच अफ गरेर छायामा उभियौ। यो बीचमा मेरो मोबाइलमा दुई तीन कल फोन आएको थियोे एलिना तिम्रो फोन बजेको छ रिसिभ गर श्रीमतीको होला। म होइन भन्दै उस्को कुरा सुनिरहेको थिए। अनि अहिले आएको त तिमी ?
एलिना -“कुनैबेला तिम्रो माया, स्नेहको ससाना कुराले पनि मेरो मन जिथ्यो। तिम्रो लागि केहिदिनको मात्र प्रिय् रहेछु। तिमीले आफ्नो स्वार्थ पूरा गरि गल्लिको कुकुर सरह बेवास्ता गर्यौ र अनायासै सम्पर्क बिहिन भएपछि तिमीलाई खोज्न सक्ने हर प्रयास गरे तर हरेक प्रयास नकाम भइरहेका थिए। भेट्न सक्ने बाटो बन्द भएपछि म मेरो भबिश्य र भाग्य यत्तिकै रहेछ सोचे। दिन र रातको मेसो पाउदिनथे। बिवशता र बाध्यताको निलो आकाश पुरै छोपिएको थियोे। म आफैमा निशासिन्थे। आफ्नो कालको ढोका आफैंले खोल्न सकिन। आफ्नै बुद्धिले भस्म हुने मन थियोे तर खै कसरी सम्हालिए। त्यसबेला मलाई एकान्तको जरुरत थियोे। साहसको पनि जरुरत थियो।”
म – “उसले मिठो शब्दमा बिगत र हाम्रो मायाको कुरा गरिरहेकी थि मलाई सुन्न मज्जा लागेको थियो। कताकता पछुतो पनि लागेको थियो।”
एलिना -“एकपटक परिवारको कुरालाई बेवास्ता गर्दै तिमीसङ्ग बिहे गर्ने निर्णयमा पुगेकी थिए। तिमी टाढिएपछी मेरो हाल के भयो होला एकपटक सम्झ त सुभाष त्यो तिमीले सोच्नै सक्दैनौं किनकी तिमीले त मलाई माया गरेकै थिएनौं। नाटक गरेका थियौ र त अनायसै टाढियौ। तिमीलाई मेरो हालत र अवस्थाको माया लाग्ने कुरै भएन। अझै तेरो बुद्धि खुलेन यस्तै भने तेरो भबिश्य सकिन्छ भन्ने परिवारको आग्रहमा म बिदेसिन बाध्य भए तर भबिस्य बनाउन भन्दा पनि तिमीलाई भुल्नु मेरो एक मात्र उद्देश्य थियो। परिवारको कुरा लत्याउन सक्ने म मा हिम्मत थिएन। घरमा एक दुई बर्ष बिदेश बसेर आउदा बिर्सिन्छे बिहे गरिदिने भन्नुहुन्थ्यो। मलाई माया बिहे भन्ने चिजबाट भरोसा उडेको थियो। दिन बित्दै गए केही राहत मिल्यो तर तिम्रो याद भुलाउन सकिन।”
एलिना बोलिरहेकी थिए। मलाई खोज्दै श्रीमती पार्टी हलबाट बाहिर निस्किएको मैले फ्याट्ट देखे एलिनाले पनि हेरी। जाउ तिमी तिम्रो श्रीमती तिमीलाई खोजिरहेकी छिन। हामीले यसरी गफ गरेको कारण तिमीलाई अर्को समस्या होस म चाहादिन। मैले शाहस गरेर तिमीलाई कन्ट्याक्ट् गर्ने नम्बर वा केही दिन मिल्छ भने देउ। उसले बोली तिमीले नै ब्लक गरेको मेरो फेसबुक आइडी हो ब्लक खोलेर sms फोन कुराकानी गर्न सक्छौ। उ फटाफट हलतिर छिरी लुसुक्क पनि उ गरतिरै गए।
केहिबेरमा पार्टी सकियो। सरु घरमै बस्न भनिरहेकी थिइ। पछि आउछौ अहिले अरु पनि छन हामी जान्छौं उसले स्वीकृति जनाई। एलिना आफ्नो कार लिएर आएकी थिई। कार स्टार्ट गरि गन्तव्यतिर लागि हामी पनि घर फर्कियौ। अबेर भैसकेको थियौ सुत्यौ तर निद्रा परेन छट्पटीमै उज्यालो भयो। दैनिकी चल्न लाग्यो। दिन बित्दै गए। श्रीमती माइती गएकी थिइन। छोरा अफिस गएको थियोे। छोरी कलेज गएकी थिइन। एलिनासङ्ग भेटेको धेरै दिनपछि फेसबुक खोले ब्लक लिस्ट चेक गरे एलिनाको हासीरहेको तस्बिरले मलाई हेरिरहेको थियो। अनब्लक गरे। हिम्मत जुटाएर फोन गरे संयोग भन्नुपर्छ फोन उठ्यो।
हेलो एलिना के गर्दैछौ जवाफमा बसिरहेको छु। तिमी ? म पनि बसिरहेको।
एलिना – “श्रीमतीलाई कता पठायौ र फोन गरिरहेका छौ?”
म – “यतै छन” कतै पठाउनु पर्छ र फोन गर्न”
एलिना – “अब त अनुमती लिएर बोल्नुपर्छ होला नी त्यसैले हाहा …
म – एलिना तिमीलाई एउटा कुरा सोधौ?
एलिना – कस्तो कुरा सोध न फोन गरेको त्यसैको लागि त होला नी सोध न एउटा मात्र किन नि मनमा लागेको सबै सोध म फुर्सदमा छु”
म- उ हल्का हासी अनुमती पाएपछि मैले कुरा अगाडि बढाए अस्ति साच्ची तिमीले कोहि खोज्दै आउँदा तिमीले तिम्रो श्रीमती आइन तिमी जाउ कसरी भनेको के तिमीले चिनेकी थियौं र ?
एलिना – “सरुले चिनाएकी थिइन उतै हुँदा फेसबुक मार्फत । तिमीले मेरो फेसबुक आइडी खोजी खोजी ब्लक गरेका रहेछौं। त्यताबाट हेरौ भने “
म – “अनि सरुलाई कसरी चिनेकी?
एलिना – “हामी बस्ने वल्लो पल्लो अपार्टमेन्ट हो नेपाली नेपाली हुँदा आत्मीयता बढ्यो। अफिस जादा आउदा भेट हुन्थ्यो हामी नजीक भयौ सरुको सानो छोरा जन्मिदा मैले पनि सघाएकी थिए।”
म – “मलाई सरुको दाजु भन्ने कसरी चिन्यौ त?”
एलिना – “एकपटक तिहाइमा सरुले मलाई खाना खान इन्भाइट गरेकी थिइन गफगाफ भयो एक्लो छोरी हुनु नपरोस आज भाइ तिहाइ उता दाजुको निधार खाली छ यता मेरो हात खाली भनिरहेकी थिइन। दाजुको फोटो पनि देखाइन त्यहीँबाट चिनेको।”
म- “प्रसङ्ग बदल्दै कसरी बितेको छन त दिनहरु?”
एलिना – “अहिलेका दिन कि बिगतका ! कुन सुन्न चाहान्छौ सुभास”
म- “दुबै सुनाउन !”
एलिना- “मैले सोचको हरेक बाटो निराशाको गन्तव्यमा गएर टुंगिन्थ्यो। चिच्याउनु खोज्थे आवाज आउदैन्थ्यो तर एक्लो भएर यात्रा गर्नुमा के शान्ति मिल्थ्यो र ! तर यात्रा गर्नैपर्ने थियो। एक्लो यात्रामा कल्पनाले पिरोल्दो रहेछ। यो यात्रामा साथ दिने नुनिलो आँसु हुदोरहेछ। अन्धकारले भरिएको निस्तो र खल्लो लाग्दो रहेछ जीवन। आशाको त्यान्द्रोमा कति दिन बाच्न सकिन्छ र? तर मैले हिम्मत हारिन।”
म तिम्रो मायाको साहारामा त्यो छानो आकाश जान कोशिश गरिरहेकि थिए। यहाँ हरेक कुरा दिवार बनेर बसेको पछि पत्तो पाए। जसलाई आफ्नो ठान्थे उ नै पराई रहेछ,बिरोधि रहेछ। काहीं मानिसले रोकावट गरे त काहीं प्रकृति नै बाधक बनेर उभियो। असम्भवलाई विकल्प दिएर सम्भावनाका केही थान सपनाहरुसङग बाचिरहेकी छु। बाच्नुको रहरले जीवन दिएको छ मर्नु बारे सोच्न लागे पनि अत्यास लाग्छ। समस्या नभएको त कहाँ हो र तर म जीवनलाई कुनै सिमा रेखामा प्रतिबन्धित गर्न सकेकी छैन। तिमीप्रतिको आशा बिस्तारै भित्राभित्रै मर्दै गैरहेको थियो। खडेरीमा कुनै पोखरीको पानी सुक्दै जादा माछा छटपट्याए जस्तै छट्पटी रहेकी थिए तर पनि यो निस्ठुरी मन कहिलेकाही अटेरी गर्छ सम्झनामा रुमलिन खोज्छ। समय आखिर बितिरहेछ बित्नेछ यसैगरी तिम्रो याद साइड लगाई अघि बढ्ने अठोट गरे। आखिर चाहेर पनि तिमी भेटिने जो थिएनौं तिमी हराएका थिएनौं जानीजानी लुकेको थियौ।
मलाई तिमी प्रति वितृष्णा जाग्यो। म मात्र तिमीलाई खोजिरहेको रहेछु तिमी त अर्कै संसारमा हराइरहेका रहेछौं। तनमा,मनमा,बाटोमा जताततै काडा बिच्छाउनेहरु भएपछि मानसिकता आफसे आफ कमजोर हुदो रहेछ। मेरो मस्तिष्कमा तिमी प्रतिको मेरो भबिष्यको धमिलो चित्र देखिन लाग्यो। आफुले जित्न नसक्ने सङ्ग सिँगौरी खेल्न जानू मुर्खता हो यस्तै लाग्यो। एकोहोरो माया किन गरे होला जस्तो पनि लाग्यो? जीवनमा कतिपय कुराहरूमा थाहा नभई आएका ब्यबधानहरु समयसङगै आफैं टुट्दै पनि जान्छन सोच राखेर हिडे। तिमी यसरी मसङ्ग ठोकिन आइपुग्छौ कल्पना पनि गरेकी थिइन। यतिका बर्ष पछि यसरी मेरो अगाडि तिमी भेटिदा मलाई सपना जस्तै लागिरहेछ। सपनाहरू उमेर सङगै बुढा हुनुपर्ने तर खै किन हुँदा रहेनछन। मलाई उस्तै उहीँ पुरानो दिन जस्तो लागिरहेको छ। पृथ्वी गोलो छ एक दिन भेट हुन्छ भन्थे म पनि त्यहीँ एकदिन कुरिरहेकी थिए। त्यो दिन पार्टीको त्यो दिन होला मैले कल्पनासम्म गरेकी थिइन। तिमी एकाएक टाढिएपछी ममा यादहरुले मौन जुलुस गरेका थिए। बाच्नुपर्छ र भेट हुन्छ भन्ने निश्कर्ष जुलुसले दिन्थे मलाई । मैले तिमीलाई पबित्र मनले माया गरेकी थिए। तिमीले मसङ्ग माया गरेको थियौ वा मायाको नाटक थियो त थाहा भएन तर मेरो लागि त्यो साच्चिकै रमाइलो र सुनौलो पल थियो। के तिमिमा म प्रति माया थियोे त?”
जुन कुरा देख्न नपरे हुन्थ्यो त्यहीँ कुरा देख्नुपर्ने जुन कुरा सोच्नु नपरे हुन्थ्यो त्यहीँ कुरा सोच्नु पर्ने भयो। भन त्यो पल म मा के बित्यो होला? यो मन भित्रभित्रै जलिरहेको गलिरहेको थियो मक्कि पनि सकेको थियोे। जे जस्तो भए पनि म उदास देखिइन निराश देखिइन चुपचाप सहे यसरी सहनु कति कठिन छ जीवनमा जस्ले भोगेको छ उस्ले मात्र बुझेको छ। तिमीले त्यस बारेमा सोच्न पनि सक्दैनौं। कहिलेकाही त यस्तो पनि सोच्ने गर्थे। एकाएक देखा पर्ने विबशताहरुमा रोमलिनु पर्ने बाध्यताले गर्दा त मान्छेहरु साधु सन्त हुन्छन् होला। जीवनमा आइपर्ने र सहनुपर्ने अनगिन्ती अनिवार्यताहरु देख्दा त यस्तो लाग्छ बिवशताका धेरै प्रकार मध्येको एक मैले भोगेकि हु र छु। हुन त मेरो उमेर पनि कती भएको छ र! त्यति ठुला ठुला अनुभवहरुको दाबी गर्ने उमेर पनि होइन तर अहिले म दाबीका साथ भन्न सक्छु मैले धेरै कुराको अनुभव गरेकी रहेछु। सुरुमा मैले एउटा पाको बुढो मान्छेले जस्तो सोच्नु हुदैन जस्तो लाग्थ्यो बुढ्यौलीका लागि अझै धेरै बर्षहरु बाकी छन जस्तो लाग्थ्यो।
“यति बोलिसके पछि उ रोकिए मलाई उसको बिबाहकै बारेमा बुझ्न मन लाग्यो बिबाह किन गरिनौ अझै गर्दा पनि हुन्छ नि?”
एलिना- “तिमीसङ्ग छुटिएपछी तिमीलाई देखाउनकै लागि भए पनि कुनै ह्यान्डसम केटालाई अाँखा लगाउ बिहे गरौ जस्तो लाग्थ्यो परिवारले पनि केटा खोजेर बिहे गरिदिन्छु भन्थे फेरि सोचे कसैलाई देखाउन यो सब किन गर्नुपर्यो। कहिलेकाही बिहे गर्ने कुरा अाँखा अगाडी घुमिरहन्थ्यो तर अहिले सोच्छु बुढी भैसकेकी छु यसको लागि उमेर धेरै अगाडि बढी सक्यो। जीवनको एउटा खुट्किलो चढिसकेकी छु जे भोगिरहेकी छु सायद त्यहीँ लेखिएको थियो मेरो भाग्यमा त्यसैले त म एक वृद्ध मानिसले गर्ने अनुभव गरिरहेको छु। सुभाष तिमीले बुझ्दैनौ। मन पानीको फोका जस्तै हुदो रहेछ। सानो चोटले पनि टुट्दो रहेछ फुट्दो रहेछ। तिमी छुटिएपछी जिन्दगीमा कोहि नआओस मेरो यहीँ चाहानाले दिमागमा डेरा जमायो मैले आफ्नो निर्णयमा अडिग बनेर हिड्ने निर्णय गरे।”
उसले यति भन्दा म झसङ्ग भए। म सधैं सम्बन्धबाट टाढा रहन चाहान्थे। सुनेको थिए सम्बन्धले रहरहरु खोसेर लैजान्छन। मेरो अगाडि बाबू आमाका केहि रहरहरु थिए त केही दायरा पनि। सम्बन्धहिनता नै सुखको कारण हो यस्तै सोचेर म सम्बन्धबाट टाढिएको थिए। म पुन सम्बन्धमा बाधिए। उस्का सवाललाई मैले महशुस गरेको थिए तर उत्तर दिन सक्ने सामर्थ्य म मा बाकी थिएन। म चुपचाप एलिनाको कुराहरू सुनिरहेका थिए।
सुभाष तिमीले मेरो कुरा त सुनिरहेका छौ नि!!
म – उस्ले मेरो नाम लिएपछि म बिस्तारै बोल्न लागे। भने
भेटघाट भएपछि खुशी र दु:ख दुबै लाग्यो। खुशी यस अर्थमा कि बर्सौपछी हाम्रो भेट भएको छ। देख्न पाउने कुरा सम्भव भएको छ, दुःख यस अर्थमा कि तिमीले जीवनमा बिहे गर्नुपर्छ भन्ने कुरालाई नै भुलिछौ। तिमी सचेत र शिक्षित नारीले कुनै एक कुरालाई सम्झिएर जिन्दगीमा त्यहीँ कुरालाई लिएर सम्झौता गरिछौ त्यसो गर्नु हुदैनथ्यो। मेरो कुरा बिचमा रोकेर उ बोली
एलिना – तिम्रै शब्दमा जवाफ दिदा खुशी र दुख दुबै लाग्यो। खुशी यस अर्थमा कि आफू टाढिए पछिको मेरो जीवनको हिस्ट्री निकालेछौ बिहे नगरेको बुझेछौ र दुख यस अर्थमा मेरो जीवनको मालिक पनि मै र नोकर पनि मै हु। तिमीले यसो गरेको भए हुन्थ्यो र त्यसो गरेको भए हुन्थ्यो भनेकोमा दुख लाग्यो “उ अगाडि थप्दै गइ। हामीबीच लामो समय कुराकानी भयो अमेरिकी फर्किनु अघि एकपटक भेट है! फेरि कुरा गर्ने, एक बाचा सहित हामी छुटियौ। मन अलिकति हल्का भयो। यद्यपि समयमा उसलाई अङ्गाल्ने हिम्मत जुटाउन सकिन मेरै कारण उसको वैवाहिक जीवनमा पुर्ण बिराम लाग्यो भन्नेमा ग्लानी छदै थियो।
एलिनासङ्गको कुराकानी गरेपछि धेरै दिन कुराकानी गर्ने समय मिलेन। आफ्ना आफ्नै ब्यस्तताले होला। उस्ले कहिँले फोन गरिन sms गरिन। मैले पनि फुर्सद पाएको थिएन। दिनहरु बित्दै गए। एकदिन सपनामा एलिना मेरो हात समाई रोइराहेको देखे ब्युझिएपछी निदाउन सकिन। सोचे भोलीतिर म्यासेज गरेर भेट्न बोलाउनु पर्ला भन्दै मनमनै कुरा गुनिरहे छट्पटी भयो निद्रा लागेन। बिहान भयो। खाना खाएर सबै आफ्नो आफ्नो काममा लागे। फेसबुक खोलेर एलिनाको प्रोफाइल चिहाए। उ त अमेरिका फर्किसकेकी रहेछ फेरि म्यासेज तिर आएर हेर उसङ्ग मे ५ मा कुराकानी भएको पाँच दिनपछि अर्थात मे १० मा उ अमेरिका फर्केकी रहेछ त्यति लामो फोनमा कुराकानी हुँदा पनि किन नबताएकी होली जस्तो लाग्यो। फेरि आफ्नै विगतको याद आयो त्यसैको बदला लिएकी होला भन्ने सम्झेर चित्त बुझाए। मन शान्त हुन सकेन म्यासेज टाइप गर्न औंला किबोर्डमा दौडिन थाले…
एलिना तिमीबाट टाढिएपछी मैले बिदेश जान पासपोर्ट बनाउने मन लिएर घरमा पुगेको थिए। बिहेको लागि बा आमाले दबाब दिनुभयो। बिदेश गएपनि सघाउन बुहारी हुन्छे बिहे गर भन्नुभयो मैले बिहे गरे। बिहेको एकदुई सालपछि बिदेश पनि गए। निकै वर्ष बिदेश बसेपछि आर्थिक हैसियतमा सुधार आयो। म सामान्य गाउँलेको छोरा डेरामा बसेर पढेको मान्छे गाउको जग्गा जमिन र मेरो कमाइले काठमाडौमा जग्गा किने घर बनाए। मेरो दैनिकी अपग्रेट भयो मलाई खुशी पनि लाग्छ र दुख पनि लाग्छ तिम्रो मायालाई मैले चिन्न सकिन। तिमीले भेटमा र फोनमा बोलेको शब्द शब्दलाई केलाएर महशुस गरेको छु। म तिमीसङ्ग भेटेर गल्तीको माफी मागेर प्रायश्चित गर्न चाहान्थे।
एलिना २४/२५ वर्षको अन्तरालमा तिमीसङग भेट हुँदा निकै खुशी भएको थिए। तिमीसङ्ग कुराकानी हुँदा मन हल्का भएको थियोे। मैले विगतमा गरेको गल्तीमा तिमिसङ्ग भेटेर माफी माग्ने योजना बनाएको थिए। अल्लारे उमेरले गरेको गलत निर्णयले तिमीमा परेको असरको बारेमा माफी माग्न चाहान्थे। हिजो के गरे के होला भन्ने सोच्न सक्ने ताकत ममा थिएन। अहिले बुझेको छु र तिमीलाई तिमी बताएर मन हल्का गराउन चाहान्थे गल्तीको प्रायश्चित गर्न चाहान्थे तर तिमीले नबताइ अमेरिका पुगिछौ त्यो चाहना पूरा हुन सकेन। तिमीले मलाई भुल्न सकेकी रहेनछौ मैले पनि तिमीलाई भेटेपछि तिम्रो कुरा सुनेपछि तिमीलाई पुन चाहन लागेको छु। हुन त एकपटक टुटेको तिम्रो म प्रतिको बिश्वासले तिमीलाई मेरो बिश्वास नलाग्न सक्छ। मैले वास्तविक कुरा गरिरहेको छु एलिना हिजो मसङ्ग केही थिएन बा आमासँग मागेर चल्नुपर्ने अवस्था थियो त्यसैले उहाँहरुको विरुद्धमा जान सकिन। अहिले समय परिस्थिति बदलिँएको छ मैले चाहेको गर्न कसैले रोक्न सक्दैन। तिमी मेरो जीवनमा आउन चाहन्छौ भने म सबथोक छोडेर तिमीलाई अंगाल्न तयार छु के तिमी तयार छौ? एलिना मलाई जबाफ देउ म तिम्रो जवाफ कुरिरहेको छु तिम्रो सुभाष!!
म्यासेन्जरमा आँखा कुदाउदै थिए सुभाषको Sms आएको देखे। पुरानो sms देखि सबै sms दोहोर्याएर पढे। त्यो भेट अनि कुराकानी सम्झे ती सबै सबैले मलाई आफ्नै जिवनका पन्ना पल्ट्याएर हेर भने जस्तै लाग्यो। मनको त्यहीँ निर्देशन म मेरो बिगत, उसको मायामा चुर्लुम्म डुबेको पल, फाइनान्सको जागीर उनी र म भेट्ने ठाउँ मायामा कुरा साघुरो गल्तीको उनको छिडीको कोठा बास्तममै प्रिय् थिए। सम्झे समयसङ्गैको तिम्रो परिवर्तित रुप र व्यबहार सम्झे मेरो टुक्रिएको मन त्यो पल त्यो क्षण सम्झे फेरी सम्झे तिनै प्रिय् चिज गुमनाम हुँदा त म त्यो आफ्नो घर सानो परिवेशबाट उछिट्टिनु परेको पल सम्झे मेरो कारण परिवार चिन्तित बनेको त्यो पल सम्झे अनि सम्झे यो त सब तकदिरको खेल हो। यति लामो समयपछि भेट हुँदा पनि किन पुरानै सुभाष जस्तो गर्यौ मैले बुझ्न सकिन। मलाई पुन तिम्रो माया लाग्न लाग्यो। यो पनि डर लाग्न लाग्यो मेरो कारण तिम्रो बसिबसाउको जिन्दगीमामा बिगार्न मन लागेन। तिम्रो फर्किनु पुर्व मलाई भेट अर्थात हामी भेटौ भन्ने तिम्रो प्रस्ताव स्वीकार्न सकिन मलाई माफ गर। फर्किनु पुर्व सरुको घरमा पुगेर भेटघाट गरि फर्किएकी हु। म अहिले यो म्यासेज लेख्दै गर्दा कर्म थलो पुगिसकेकी छु। तिमीसङ्ग नजिकै भएर पनि भेटेर पनि मेरा धेरै कुरा थिए जो तिमीलाई बताउन चाहान्थे तर बताउन सकेकिन मेरो भावना शव्द मार्फत ब्यक्त गरिरहेकी छु। सुभाष ध्यान दिएर पढ्नु अनि डिलेट गरिदिनु।
सुभाष तिमी हुरी बनेर आयौं र हरायौ। मैले पछ्याउँने कोशिश पनि गरिन र सकिन पनि। जीवनको बाटो र पाटो छुटिएपछि जीवनभर पछ्याए पनि फाइदा छैन सम्भव पनि छैन। धागो चुटेको चङ्गा जस्तै मन उडिरह्यो। मधुरो मायाको मियो नै ढल्यो। समय परिवर्तन भयो र धेरै अगाडि पुग्यो। बाध्यताको बतासले बतासिदै तिमी कता पुग्यौं म कता पुगे। समय परिस्थितिसङ्ग डोरिनु त मान्छेको बाध्यता रहेछ यस्तै भनी मनलाई सम्झाउछु। संघर्ष गरे स्थापित बन्ने र नभए हराउनुपर्ने हुँदोरहेछ।मनको पीडा आँसुले पखाल्न कहाँ सक्दो रहेछ र !
कुनै दिन तिम्रो काधमा टाउको बिसाउदै दुख बिसाउथे बिन्ती बिसाउथे त्यो दिनको ती दृश्य आँखामा घुमिरहन्छ। आकाशै थर्किने गरि चिच्याउन मन लाग्छ। भतभती पोलिरहने पोल्ने भित्री ताप भन्दा सिस्नो घारीमा लडिबुडी गर्दै झमझम हुँन मन लाग्ने रहेछ। त्यो पिडामा भित्रि जलन भगाउन मन लाग्दो रछ। भित्रभित्रै रुनु भन्दा एकान्त रुख मुनि बसी पेटभरी रुन्थे। फेरि अगाडि बढे। कोहिले आफैले आफैलाई सोध्थे त किन मौन! जवाफमा तिमी जो थिएनौ कसरी मुस्काउनु आफै जवाफ दिन्थे।
समयले कि केही गर कि मर भन्ने चुनौती दिएको जस्तो लाग्थ्यो। म हारे भनी जीवनबाट भनेर भाग्न पनि सक्दिनथे चुनौती नै नलिएर हार्नु पनि कसरी यस्तै सोच्थे आफैबाट हारेर विकल्पमा के त मृत्यु ! अह म यो बारेमा सोच्न पनि सक्दिनथे मर्नु आफैलाई अन्याय गर्नु हो बाचे पो केही देख्न पाइन्छ भन्ने याद आयो फेरि सम्झे एकदिन बाचे नौलाख देखिन्छ भन्छन किन मर्नु भन्ने सोचेपछी शाहस मिल्यो।
म सपनामा पनि ओरालै ओरालो झरेको मात्र देख्थे। म झसङ्ग हुन्थे ब्युझदा रातको 12 बजेको हुदैन्थ्यो। समय पनि धिमे गतिमा हिडिरहन्थ्यो। बिहान हुँदासम्म आँखा लगाएर निदाउन सक्दिनथे। भौगोलिक दुरीमा तिमी टाढा भएका थियौ। मनबाट टाढा धेरै टाढा भएका थियौ। मेरो मनको तगारो काटेर जान सकेनौ।
तिम्रो याद सधैं हतार हतारमा आउँथे आउछन पनि तर जाने आट गर्दैनन्। तिमी हिजो मलाई सङ्गै जिउने मर्ने बाचा दिन्थ्यौ कसम दिन्थ्यौ म आशाले पुलक्कित बनेर तिम्रो काधमा शिर बिसाउथे आफ्ना पिर बिसाउथे। हिजो तिमी र म एकान्तमा घण्टौ गफ गरि बिताउथ्यौ त्यो समय पनि बितेर गयो। आज हामी तिम्रो कायरताको कारणले, भौगोलिक दुरीले निकै टाढा छौ त्यो भन्दा टाढा त हामी मनको दुरीले छौ तर पनि मेरो मन एकोहोरो तिमी तिरै पुग्छ! म तिमीलाई बिर्सिन सक्दिन! याद राख तिम्रो खुशीमा तगारो बनेर उभिनेपनी छैन! समयले यस्तो कठोर प्रहार गर्यो तिमी एक किनारा म अर्को किनारा बन्न बाध्य!भैयो। जब म कतै हिड्छु तिम्रो नाम सुनेपनी म एकछिन टक्क उभिरहन्छु! तिम्रो नामसङ्ग पनि माया लाग्ने आदत परेको थियो।
मनको दुखेसाहरु मनभित्रै गुम्सिएका थिए र छन पनि । अब्यक्त आकाङ्क्षा थाती हुनु स्वाभाविक पनि हो। तिमी धेरै टाढा पुगिसकेका थियौ तर मन यो कुरा स्वीकार्न तयार न थियोे न छ नै तर यति लामो समय एक्लै बिताएको बिर्सिन पनि सक्दिन। कतिबेला यस्तो लाग्छ तिम्रै साथमा बसेर सुख दुख सुनाइरहेको महशुस गर्न र गराउन चाहान्थे तर परिणाम थप पिडाको लस्कर बाहेक केहि निस्कदैन। आशाको महल खडा हुन्छ तर छिनमै ध्वस्त हुन्छ। अब तिमी धेरै अगाडि बढिसक्यौ। तिम्रो बसिबसाउको जिन्दगी उजाड बनाउन सक्दिन।
बिपनामा ना सहि सपनामा मेरो सपनाको सहरमा तिम्रो हात समाउदै समुद्र किनारको बाटो हिडिरहेकी थिए। खुब रमाउदै थिए ब्युझिदा सिरानी भिजेको थियो। मनको सागरमा डुबेको डुङ्गालाई जति खियाए पनि किनारा मिल्दैन न त किनारा भेटिने कुनै संकेत देखिन्छ। सम्हालिन खोजेपनि धौ धौ भैरहेको छ। तिमीलाई पनि मलाई जस्तै केही याद आउँछ कि आउदैन कुन्नि !
जीवनमा कुनै पल तिम्रो साथ नहुदा गोली लागेको मृग जस्तै भएकी थिए स्वास त फेरिरहेकी थिए तर मलाई असंख्य पीडा भएको थियो। बर्सौपछी नसोचेको त्यो भेट अप्रत्याशित लाग्यो, शरीरमा लुगलुग कम्पन छुट्यो। त्यो कम्पन रिसको थियो कि मायाको मैले छुट्याउन सकिन। बोल्न खोजे घाटीमा थुक सुक्यो नजानिदो कम्पनले शरिरलाई हल्याइरह्यो। जिन्दगी एक युद्ध मैदान रहेछ भलै त्यहाँ बम बारुद नहोलान तर तिखा बचनबाण भाला जस्तै मुटु छेड्न आउछन। मायारुपी जिन्दगीको यहि युद्ध नै हारे। जिन्दगीमा धेरै अन्धकार हुलिएको थोरै उज्यालो मात्र बाकी छ। तिमीप्रतिको माया आज पनि उस्तै छ।
भावनाको पिङमा हुइकिदै संघर्ष गर्न मन लाग्यो।
मेरो जीवन पथका पानाहरुमा म एक्लै छैन, त्यसो त समाजको कुनै पनि ब्यक्ति एक्लो उभिन सक्दैन। यहाँ सम्मकी आफुलाई एक्लो अनुभुती गर्न पनि अरु कसैको कल्पना गर्नै पर्ने हुदोरहेछ। मैले तिमीलाई सम्झिदा मात्र आफुलाई एक्लो सम्झिन्छु। जीवनका हरेक तृप्त क्षणहरुमा वा भनौ पिडामय रिक्त क्षणहरुमा मैले मेरो भावनाहरु माथी बन्चरो चलाउने मान्छेहरु पनि भेटे र घाउमा मलम लगाउने मान्छेहरु पनि भेटे। दुखमा साथ दिने हौसला दिने पनि भेटिए बल्ल खाइस भन्नेको कमी भएन। तिमीसङ्ग छुटिनु रहर थिएन बाध्यता थियो। अब कुन बाटो तय गर्नु के गर्नु अलमल्लमा परे। जीवन राम्रोसँग हिडाउन नसकेपनि दोर्याउनु त पर्छ नै। जीवन खोज्नुपर्छ। जीवन खोज्ने प्रक्रियाले मेरो जीवन अलि सहज बनाउन मदत गर्यो अझ भनौं कयापलट गरिदियो।
मेरो जीवन यात्रामा अक्सर दोबाटोको रूपमा देखा पर्यो। कि बिहे गर्नु कि बिदेशीनु एक छनोट गर्नु थियो।
भुसको आगो जस्तो पिडाको आगो मेरो मनमा सल्किरहेको थियो। हासो खुशी पीडा रोदन जे भोग्नुपरेको भएतापनि भोगे। हरेक पाइलाले परिक्षा लियो। सकिनसकी संघर्ष गरे। जीवनको एउटा रङ्गमन्च त्यतै छुट्यो। जिन्दगी एक्कै नासको कहाँ हुँदो रहेछ र! मलाई तिनै मेरो भोगाइ नै प्रिय् छन। बर्सौपछी तिमीसङ्ग भेट भयो। समय त बितेको थियो। समयले मान्छेको अतीत बिर्साउदो रहेनछ बरु बल्झाउदो रहेछ। जीवन बाच्दै जानू बाच्दै जानू जबसम्म मरिदैन तबसम्म बाच्नु न रहेछ। न कोहि बुझ्ने सम्वाद गर्न, न कुनै सहानुभूति दिने कोहि। मलाई आफू र आफ्नो अस्तित्व प्रती नै शंका लाग्न थालेको थियो। अरुका प्रेम कथा सुन्न मन लाग्दैन्थ्यो। आफ्नो जीवनबाट भाग्न पनि सक्दिन्थे। रसहिन र रुखो समयको हिर्काइ सहनुको विकल्प छैन। थिएन म मा।
पछिल्लो दिनहरूमा मेरो हालत यति दयनीय भएको थियो कि … त्यो समय मलाई आफैमा टिक्न समस्या भएको थियोे। मेरो जीवनमा अनेकौं घटनाहरु घटे शायद त्यसले मलाई चिन्ने अवसर प्राप्त भयो भन्दा फरक नपर्ला। आफ्नो स्वइच्छाले बाटो तय तिमीले गर्यौ खुशी पनि थियौं होला पछ्याउँदै हिड्नेहरु पनि हजार थिए होलान्। म दुखी थिए लड्दा पनि हात दिने भेटिएनन दुखको घुट्को आफैले पिए।
मान्छेको अस्तित्व र पानीको अस्तित्व उस्तै लाग्छ। पानी आकाशबाट थोपा थोपा बर्सिन्छ। त्यहीँ पानी घर गल्लि खोला खहरे नदि हुँदै समुद्रमा गएर मिसिन्छ। कतै घामबाट सेकिन्छ कतै बरफ बनेर जम्छ। पानी पुन के बन्ने भन्नेमा स्थान परिस्थिति विशेषले भुमिका खेल्छ।बास्पिकरणको प्रक्रिया सुरु हुन्छ बादल बन्छ पुन उहीँ प्रक्रिया दोहोरिन्छ। जसरी पानीले एकपछि अर्को प्रक्रियामा जादा अस्तित्व मेटाउछ त्यसरी नै मान्छेले पनि नयाँ अस्तित्व खडा गर्न पुरानो मेट्नुपर्ने रहेछ। पुरानो मेट्ने र नयाँ अस्तित्व निर्माण गर्ने गोलचक्रमा घुमिरहेको छु तिमी पनि त्यस्तै चक्ररमा छौ। हरेक चिजमा नयाँ अस्तित्व देख्छ र खोज्छ मान्छे हामी पनि। पीडा चोट हन्डर ठक्कर उकाली ओराली आरोह अबरोहको घुम्ती पार गर्दै सिक्दै लहरिदै हराउदै रमाउदै हिड्ने मान्छेको अस्तित्व एकदिन सदाको लागि हराएर जान्छ।
तिम्रो याद पोको पारेर मन बाधेकी हु। साथमा तिम्रो याद पोको पारी नेपाल छोडेकी हु। बाध्यता पनि त्यस्तै थियो त्यतिबेला म मा। हामी बिचको दुरी निकै फराकिलो बनिसकेको थियो। म अस्तित्व बनाउन बिदेशीए। कहिल्यै नदेखेको तर कल्पनाको प्रिय् सहर!! त्यो सहरको लागि म नयाँ अनुहारको थिए चोक गल्ती सडक घर सबै मेरो लागि अपरिचित थिए। मानिसहरू हतारहतारमा गन्तव्य नापिरहेका थिए। कर्म गर्ने फराकिलो ठाउँ बोल्ने कोहि न कोहि। प्रेमका मधुरो मधुरो डोबहरुलाई मनमै लुकाएर आगामी कदम चाल्नु थियोे। भावनाको मनसुन बटुलेर म आफ्नो कर्म गर्न लागे।
मान्छेले गर्न नसक्ने केही रहेनछ। जस्तो पनि लाग्यो। आफुमा समस्या आए पार लगाउन सक्ने रहेछु भन्ने आत्मबिश्वास बढेको छ। समस्या सङ्ग पैठेजोरी खेल्ने आदत बस्यो। काम गर्दैगर्दा कुनै दिन घाम उदाएको अस्ताएको थाहा हुँदैन। कामसङ्गै जिन्दगी चलेको छ।
तिम्रो सम्झनालाई एक एक गरि समेटेर छटपटीलाई मनमै दबाएर अस्तब्यस्त बन्दै गरेको मेरो दैनिकीलाई बटुलेर भबिष्यप्रती मुर्छित कल्पनाहरुलाई पुन ब्युझाएर रहरहरुलाई पखेटा बनाएर अनिदा रातहरुलाई शाहस बनाएर भिजेको सिरानीसङ्ग पुन नभिजाउने बाचा गरेर आफुले सम्हालिने बाचा मनमनै गरी जीवन सम्हाल्ने आट गरी अगाडी बढे। आज तिम्रो अघि जो उपस्थित छु।
जैविक प्रक्रियाको हिसाबले भन्ने हो भने मान्छेको मृत्यु पनि सामान्य कुरा हो। मर्न देखि कहिले डर लागेन। सामान्य जति रुखको एउटा पात झर्नु जस्तै हो भने पनि मान्छेहरुमा त्यसरी चल्दैन रहेछ। हामीसङ्ग मन छ, भावना छ, सम्बेदना छ, कोमल हृदय पनि छ। सबैलाई सम्हालेर अगाडि बढ्नुपर्छ भन्ने ज्ञान पनि छ। तब त मान्छे हौ हामी!! बोटविरुवा भन्दा फरक!! आजभोलि मन भावना सम्बेदना हृदय बिकाउ भएका छन तिमी पनि बिकेका हौ कतै तर म मा तिमी प्रतिको चाहानाको डसाइले अझैसम्म पनि डस्न छोडेको छैन। उमेरले म पुरानी भएकी छु याद पुरानो भएको छैन! सुभाष
सन्सारमा बाच्नुसङग डराउनेहरु नै मृत्युको मुखमा पुग्छन। काल नआई कसैले मानिसलाई मार्न सक्दैन। हिजो बिछोड पचाउदा पनि मृत्युको मुखमा पुगिन भने अहिले त समय बदलियो म मर्न सक्दिन नै तर कालोको सेतोसङग, काडाको फूलसङग, उज्यालोको अध्यारोसङग,उकालोको ओरालोसङग,बहादुरको कायरासङग, ठुलोको सानोसङग,सुखको दुखसङग,
जितको हारसङग,मिलनको बिछोडसङग,जीवनको मृत्युसङग हरेक सिक्काको दुई वटा पाटा हुन्छन्।
हरेकका दुई पाटा भएजस्तै तिमी र म पनि दुई पाटा बन्न पुग्यौ। एउटै पाटो छ भन्नू अज्ञान हो। हिजो समय चिप्ले किरा जस्तै हिडेको थियो थाहै नपाई डाडै काटेको पत्तो नहुने रहेछ। त्यही समयले म मा केही बैचारिक परिपक्वता ल्यायो। जसले मृत्यु मात्र देख्छ कल्पिन्छ उ मृत्युसङ्ग डराइरहन्छ मृत्यु आउनु भन्दा अगाडि नै हजार पटक मर्छ। त्यसैगरी मैले जिवनमा तिमी मात्र देखे र त हजार पटक मरे! आफैदेखि। म तिमीसङ्ग अहिलेको यो अवस्थामा चाहेर पनि नजिक हुन सक्दिन। म सामाजका सम्बन्धका यी अदृश्य साङ्लाहरु चुडेर भाग्न पनि सक्दिन। माया थियोे भने म किन तिम्रो जिन्दगीमा आउन सकिन? सधै तिमीलाई देख्न आतुर यी आँखा ले तिमीलाई पाए मेरो बर्शौको प्रतीक्षा पूरा भयो तर यो समय ढिलो आइदियो तिमी ढिलो भयो।
आफ्नो भोगाइ पनि समेट्न सकियो भने रामायण जस्तै बिशाल र ठूलो बनाउन सकिने गरि अनुभव सङगालेछ।
सुभाष तिमीलाई भन्न सुनाउन अझै धेरै बाकी थिए। जब तिमीलाई म्यासेज गर्न थाले जति शब्द मेरो दिमागमा आए ती सबै लेखेकी छु। कति धेरै म्यासेज गरेकी रहेछ भनेर हतास नहौ सम्भवत यो म्यासेज अन्तिम म्यासेज हो। जसरी तिमी बिगतमा गुमनाम थियौ त्यसरी नै अब म गुमनाम बनेर रहनेछु। तिमीप्रती मेरो माया उस्तै रहनेछ।
यो दिलमा संग्रहित यादलाई यस्तो दोकान खोली लिलामी गर्न पाए पनि मन कति हल्का हुने थियो होला है बस यहि सोच्छु एकातिर तिम्रो घर बिग्रीने यता मलाई अतित बल्झिने अब म यो भनिरहेकि छु कि अब हाम्रो भेट कहिल्यै नहोस्।
यात्राको थालनी जति सुखद छ त्यसको अन्त्य त्यति नै दु:खद छ। त्यहाँबाट तिमीले मलाई देख्नुमा जति आनन्द होला यहाँबाट मैले देख्नुमा पीडा छ। हेर त यहाँ म बर्सौदेखी पहाड छै स्थिर खडा छु। सारा आफन्तसङगको सम्पर्क टुटेर अहिले म एउटा स्तम्भ बनेको छु एक्लो बनेको छु। कृपया तिमीले बुझ्ने कोशिश गर!! दुख पाउँदा साथ माग्न आयौं जब पोल्टामा खुशी आयो नबोली टाढा भयौं। मेरा मायालाई लिलामी गरेर तिमी अर्कैको जिन्दगीमा डेरा सार्यौ। तिमीलाई त खुशी लागेको होला चाहे जस्तै हुँदा। सुख दुख बाढेर बाच्ने साथी पाएकी छु मैले पनि ! जे लेखिएको छ त्यो भोग्नुपर्छ। रुनु छ अब एक्ला एक्लै हास्नु पनि छ एक्लाएक्लै।
बिछोड प्रारम्भमा एउटा आलो घाँउ हो। जतिजति समय बित्दै जान्छ क्रमश:यो पाक्दै र थाक्दै जान्छ। दुखको अनुभुती पनि बिस्तारै बोधो हुँदै जान्छ। देख्नासाथ सम्झिनासाथ हुने दुखाइ बिस्तारै मर्दै जादो रहेछ। अनन्त पिडा, दुखका सम्भावनाहरु पनि यस्तै हुन भन्ने आत्मास्वीकारमा सकिदा रहेछ्न। मलाई लाग्छ जीवन क्रमागत अनुभवहरुको एउटा शृङ्खलाबद्ध पुस्तक हो त्यसैमा हरेक ब्यक्ति आफ्ना विगत लेख्छन्। मैले पनि बिगत लेखेकी छु जे भोगेकी छु त्यो लेखेकी छु। तिमी खुसी हुनु सुभाष …
एलिनाको लामो म्यासेज हेरेपछि मेरा आँखा भरिएका थिए। अतीत आँखामा नाचिरहेको थियो। शरीर भुकम्पले कापेको जस्तो कापिरहेको थियो। मन हाम्रो माया र टाढिनुका कारण केलाउउदै थियो,लेखाजोखा पनि गरिरहेको छ। म कहाँनेर चुके जस्को कारण सजाय भोगिरहेको छु सम्झिदै छु। आफ्नो कमजोरी एकाएक टाढा हुनु हो तर अहिले किनको उत्तर खोजेर केहि उपलब्धि हुने त होइन जे भयो त्यो भैसकेको छ न त त्यसलाई बदल्न सकिन्छ न त फर्काउन नै! सायद यस्तो बिचार म मा उतारचढाव मानसिक अवस्था र ब्यस्तता र उस्को कुराले उब्जिएको होला सोचेर म ब्यस्त दुनियाँबाट टाढा रहन खोज्दैछु त्यसको चाजोपाजो मिलाएर तिमीसङ्ग भेटेर कुरा गर्ने माफी माग्ने योजना बनाएको थिए तर सम्भव भएन। तिमीलाई भेटेपछि पुन भेट्ने रहर पलाएको थियो तिम्रो म्यासेज हेरेपछि त्यो रहर मनमै हरायो। म सोचेको थिए तिमीसङ्ग एक भेट त होस जुन भेटमा मनका कुरा खोलेर माफी माग्न सकौ तर संयोग भनौं कि दुर्भाग्य तिमीसङग भेट त भयो तर अपुरो भेट। सायद यहीं थियोे समयको खेल! यहीं थियो मेरो कर्मको सजाय !!
कृषा के. सी
कोटेश्वर,काठमाडौ
August 06, 2020
(स्रोत : लेखकको ब्लगबाट सभार)