~इस्माली~
अचानक नेपथ्यबाट रोबिलो स्वरमा कोही करायो । तर बोलेको कुरो केही बुझिएन । चारैतिरबाट मलाई घेरेर मेरा वरिपरि बसेका उभिएका उनीहरू सावधान सतर्क मुद्रामा देखिए । उनीहरूमध्ये अधिकांशका अनुहारमा डरको हलुका छाया सलबलायो । किञ्चित डराएको भावभङ्गीसहित परस्परमा हेराहेर गरे उनीहरूले ।
सहसा मेरो मन प्रसन्न भयो । ‘यस्ता अरिङ्गालका गोलामा पनि मेरो तारणहार रै’ छ क्यारे । धन्य मेरो भाग्य !’ भन्दै मनमनै सह्राएँ आफैलाई र अपरिचित अन्जान उसलाई पनि । तर मेरो तारणहार अझै देखापरिसकेको थिएन, नेपथ्यमै थियो । आततायीहरूको भीडमा आँखा नचाउँदै–डुलाउँदै म मेरो तारणहारलाई खोजिरहें ।
अनायास मेरो वरिपरिको भीड एक ठाउँबाट खुकुलियो र त्यहाँ खाली ठाउँ बन्यो । अनि त्यही खाली ठाउँमा देखाप¥यो एउटा अजङ्गको प्राणी । उसको आङमा कम्मरभन्दा माथि लुगाको धरोसम्म पनि थिएन । तर कम्मरभन्दा मुनि कछाड वा लुङ्गीजस्तो लुगा थियो, त्यो पनि खस्रो घरबुना । कपाल लामालामा थिए कुम छुने तर देख्दा खस्रो–खस्रो र लट्टा पर्न लागेजस्तो देखिन्थ्यो । दुवै कानमा अचेलका पड्ढहरूले लगाउनेजस्ता ठूला फलामका मुन्द्री थिए र त्यसमा एउटा सानो घण्टी झुण्डेको थियो । हातमा बाला थिए, फलामका सादा बाला तर मोटा–मोटा । गोडामा पनि फलामकै कल्ली थियो हातको जस्तै मोटो । त्यहाँ भएका अरूको पनि पहिरन लगभग त्यस्तै थियो । आइमाई र पुरुषहरू पहिरनले मात्र छुट्ट्याउन सकिन्थ्यो किनभने आइमाईहरूले छातीमा नाइटोमाथिसम्म पटुका बाँधेका थिए । हुन त त्यत्रो हूलमा आइमाईहरूको सङ्ख्या नगण्य थियो । दुई कि तीन जना मात्रै ।
फिलिममा देखाइने नायकी शैलीमा ऊ देखा परेन । मेरा लागि त ऊ नायकनै थियो तर खलनायकी शैली पनि उसले धारण गरेन । हुन त खासमा ऊ खलनायक नै थियो । ज–जसले मलाई घेरिराखेका थिए तिनीहरू मेरालागि खलनायक थिए र ऊ तिनीहरूको नायक थियो । ऊ एकदम सहज ढङ्गले स्वजनझैं प्रस्तुत भयो । सहसा र म खुशीले आल्हादित भएँ । मलाई लाग्यो– यसका अनुचरहरूले मलाई बुझ्न गल्ती गरेका रहेछन् । यसका पारखी आँखाले तुरुन्तै मलाई ठम्याए र चिनिहाले । तर तुरुन्तै अर्को मनले भन्यो –‘यो सब यसको चाल हुनसक्छ, जालमा परेको शिकारलाई फकाउने, वशीभूत पार्ने चाल ।’
स्नेह दर्शाएझैं गरी अधरमा हाँसो खेलाउँदै आफ्ना बलिष्ट हातले उसले मेरा गाला सुम्सुम्यायो । मेरो गाला सुम्सुम्याउँदा उसको खस्रो हत्केलासँग मेरो सुकुमार गालाको कोमल छालाको घर्षणबाट ख्वार्र–ख्वार्र आवाज आयो । मलाई त आफ्नो गाला सिमेण्टीको भित्तामा दररिएजस्तो लाग्यो । ऊ नजिक पर्दा अरूको जिउ बाटझैं उसकोबाट पनि भरिया–ज्यामीहरूको नजिक पर्दाखेरि आउने पसिनाको अमिलो झैं गन्ध ह्वास्स मेरो नाकसम्म आयो । र सम्भवतः मेरो अनुहारमा नाक वरिपरिको छाला खुम्च्यो होला र गाला दररिएजस्तो लागेकोले निधारमा पनि मुजा प¥यो होला । उसले मेरो यो प्रतिक्रियात्मक व्यवहार तुरुन्तै चाल पायो क्यारे र आफ्ना खस्रा हत्केला हेरेर दुखेसो मानेजस्तो ग¥यो । उसका हात खस्रा मात्र हैनन्, गिर्खा गिर्खामा ठेला परेका थिए, नङ्ग्रा खियाउन पोख्त पौरखी हातझैं । उसले हकारेजस्तो गरी तिनीहरूसँग केही भन्यो, ‘भचकब‘’ मैले केही बुझिन तर तिनीहरूमध्ये तीन चारजना हत्तपत्त अगाडि सरे र हतार हतार मेरा बाँधिएका हात गोडाको बन्धन फुकाउन थाले । साङ्गलो फुकाइसकेपछि तिनीहरू त्यसका प्रत्येक हुकहरू फुस्काउन थाले र प्रत्येकले एक एकवटा मुन्द्री आफ्ना कानमा लगाए । अब सबको कानमा मुन्द्री झुण्डिरहेको थियो । मलाई तिनीहरूको यो तरिका मनप¥यो । किनकि तिनीहरूको कानको मुन्द्री त काम पर्दा साङ्गलो बन्ने रहेछ ।
त्यसपछि उसले केही सोध्यो र प्रश्नसूचक मुद्रामा आफ्ना अनुचरहरू तिर हे¥यो । तर उसको सोधाइ प्रस्ट शब्दका पनि मेरो भाषा भण्डारमा कुनै अर्थ खुल्दैनथ्यो । उसको सोधाइसँगै त्यहाँ झुम्मिएकाहरू ‘के भन्ने ? कसो गर्ने ?’ को अन्यौलमा रहेझैं गरी एक–अर्काको अनुहारमा आफ्नो उस्तादको प्रश्नको जवाफ खोजिरहेझैं हेर्न थाले । त्यसपछि अपेक्षाकृत चर्को स्वरमा उसले एउटा शब्द उच्चारण ग¥यो । हुनत त्यो शब्दको अर्थ पनि खुलेन मेरा हकमा । त्यसैले सम्झन पनि सकिन । त्यसपछि आफ्नो कम्मरमा झुण्ड्याएको घण्टी बजायो उसले, त्यो पनि खास किसिमले । घण्टी बज्नासाथ त्यहाँ झुम्मिएकाहरू यताउता छरिए । एउटी आइमाई भने त्यहीं उभिइरही, झन् उसको निकटस्थ भएर । अनि तुरुन्तै तीनजना नयाँ मानिसहरू पनि देखापरे । यिनीहरूको पहिरन पनि उस्तै–उस्तै थियो तर यिनीहरूले लामा कपाललाई पट्टी बाँधेर सँगालेका थिए । तीनैजनाले उस्तै किसिमको पट्टी बाँधेका थिए र शिरको अग्र भागमा कल्कीजस्तो देखिने गरी मयूरको प्वाँख सिउरेका थिए । त्यसैले, मलाई लाग्यो, अघि झुम्मिएकाहरूको भन्दा यिनीहरूको दर्जा उपल्लो हुनुपर्छ । जिम्मेदारी पनि बढी थियो होला । मेरो तारणहारले चाहिँ झुप्पा प्वाँखकै कल्की लगाएको थियो । समातेर ल्याउनेहरूले मलाई यिनीहरूकै जिम्मा लगाएका थिए र यिनीहरूले मलाई बाँध्ने आदेश दिएका थिए । म अनुनय–विनय गर्दै क्षमा याचना गरिरहें तर उनीहरूको अस्पष्ट र नबुझिने टुक्राटाक्री शब्दहरू बोल्दै मलाई बाँध्न व्यस्त भएथे । मैले झट्ट ‘गुलिभर ट्राभल्स’को डाक्टर गुलिभर र लघुमानव लिलिपुटहरू सम्झेँ । हुनत न त मेरो तुलना डाक्टर गुलिभरसँग हुन सक्थ्यो । न त उनीहरू लिलिपुटजस्ता थिए । म भर्खर प्रवीणता प्रमाणपत्रतहमा अध्ययन गर्दै थिएँ र उनीहरूपनि मजस्तै कदकाठीका मानिसहरू थिए, फरक केवल बोलीचाली र पहिरनमा थियो । झट्ट हेर्दा उनीहरू अति दुर्गम भेगका मानिसहरूजस्ता देखिन्थे– अनपढ, अशिक्षित र भोकानाङ्गा । हाम्रा भाइबैनीहरूले पढ्ने स्कूलको किताब ‘सामाजिक शिक्षा’मा वर्णित आदिमानव जस्ता । हतारिँंदै आएका यिनीहरूको दृष्टि म माथि परेपछि म सम्भवतः मेरो शरीरको बन्धन खोलिएको देखेपछि होला, खुशीले फ¥याक–फुरुक्क हुँदै आएका यिनीहरूको अनुहारको भावभङ्गी हठात् फेरियो र केही हच्केजस्ता देखिए । प्राकृतिक तथा मानवीय स्रोतसाधनको समुचित वितरण र उपभोगको प्रणालीमा ती ठगिएका भए पनि तिनीहरूमा संस्कार, सभ्यता, सांगठनिक अनुशासनको सुनियन्त्रित एवं सङ्गतिपूर्ण पद्धति रहेछ भन्ने मलाई बोध भयो ।
उनीहरू त्यहाँ आइपुगेर अदवसाथ उस्तादका अगाडि उभिए । उस्तादले प्रश्नसूचक अभिनयसाथ उनीहरूतिर हे¥यो । प्रत्युत्तरमा जेठो झैं देखिनेले हातले शान लाउँदै सवाणी केही बयान ग¥यो । उसको अनुहारमा रोष झल्किन्थ्यो र कुटुँलाझैं गरी बेलाबखत कर्के नजरले मतिर हेथ्र्यो पनि र अरू दुईजना हाँ माहाँ मिलाउँदै उसको बोलीमा लोली मिलाउँथे । शायद उनीहरू मेरो अपराधको फेहरिस्त सुनाउँदैथे । त्यसो भन्दै गर्दा ऊ बेलाबखत हिजो मैले नै गरेझैं अभिनय पनि गर्दै थियो । त्यसैले मलाई लाग्यो –‘हिजोकै कारणले मलाई यिनले ल्याएका त होइनन् ?’ मेरो मनमा यो शड्ढा बलियो बन्दै गयो ।
उसको आरोप सुनिसकेपछि उस्तादले एकछिनसम्म मलाई क्वार्क्वार्ती हेरिरह्यो र उनीहरू पनि मलाई घुर्न थालेझैं गरी हेरिरहेँ । उनीहरूको यो व्यवहार देखेपछि मेरो शड्ढा झन्झन् बलवान् बन्दै गयो । अनि मेरो अन्तस्करणमा क्रमशः डर पनि पस्न थाल्यो । हिजो मङ्गलबारका घटनाहरू मेरा मन मस्तिष्कमा फनफनी घुम्न थाले ।
हिजो साउनको कृष्णपक्षको चतुर्दशी तिथि थियो । हामी अर्थात् म, डिकेन, वेखा र पञ्चनारान बिहान सबेरै सान्चाकहाँ जम्मा भयौं र टोलका भुरा केटाकेटीहरूलाई पनि जम्मा पा¥यौं अनि दुई–तीनवटा टोली बनाएर चौबाटोहरूमा तैनाथ ग¥यौं–जगात माग्न । हामी पाँचजना चाहिँ मोटो डोरी लिएर बस्यौं–दुईनम्बर रोडमा, बिहानैदेखि हामी ठूला थियौ त्यसैले हामीलाई हिक्न सक्ने अरूको आँट हम्मेसी हुँदैनथ्यो । बरु हामीबाटै दबिएर बस्थे । सान्चालाई त देख्नासाथ सितिमितिको त सातोपुत्लै उड्थ्यो । इलाकाभरिमै सान्चा भनेपछि थर्कमान हुन्थे दादाहरूसमेत । अझ वल्लोपल्लो टोलमा ठिटाहरूको दलमा गड्बड भयो भने पनि सुलह सहयोगका लागि हार–गुहार माग्न सान्चाकैं आउँथे ठिटाहरू । सान्चा दादा भए पनि बेकाइदाको दादागिरीचाहिं गर्दैनथ्यो । अरूले होचो–अर्घेलो गरेको पनि देखिसहँदैनथ्यो । उसको अर्को विशेषता के थियो भने ऊ अरू दादाहरूझैं भाडामा दादागिरी गर्दैनथ्यो । पीडित भनिएको कुनै पक्षको पीडा उसको ब्रह्मले जायज ठह¥यायो भने ऊ स्वयंसेवकको रूपमा खटिदिन्थ्यो र त्यसपछि राम–रमाइलो गर्न सयपचास दिँदा पनि ऊ आफैं हात थाप्दैनथ्यो । चेला चाटीलाई अघि सारिदिन्थ्यो तर ऊ आफैं भने कुनै किसिमको लेनदेख वा मोलतोल गर्दैनथ्यो । न त अरूले त्यसो गरेको मन पराउँथ्यो । तर गठेमङ्गलको कुरो बेग्लै हुन्थ्यो ।
गठेमङ्गलको कार्यक्रम ऊ आफैं बनाउँथ्यो । सातादिन अगाडिदेखि अन्य सबै कार्यक्रमहरू रद्द गरेर ऊ गठेमङ्गलको योजना बनाउँथ्यो । जगात बटुल्ने टोली बनाउँथ्यो, जगात बटुल्ने ठाउँ निर्धारण गथ्र्यो । बाटो छेक्ने डोरीको बन्दोबस्त गथ्र्यो । दाउरा माग्न जाने घरहरूको लेखा बनाउँथ्यो । धुनी जगाउने ठाउँ तोक्थ्यो, अनि खाजा खान्गी बनाउने खाने ठाउँको प्रबन्ध पनि आफैं गथ्र्यो । हुन त घण्टासुरको चाड अरूअरू केटाहरू पनि मनाउँथे तर यत्तिको चिन्ता, चासो र जाँगर अरूले चलाउँदैनथे । त्यसैले पनि हामीहरू उसँगै अनि गठेमङ्गल सिद्धिएकै भोलिपल्टदेखि ऊ आजाजुजेको वार्षिकीको दिन गन्न थाल्थ्यो र भन्थ्यो ‘अब ठ्याम्मै वर्ष दिन छ हगि गठेमङ्गल आउन ।’
यसपालि हामी दुई नम्बर रोडमा बसेका थियौं बिहानैदेखि । बिहान त्यताबाट ओहरदोहर गर्ने केही साइकल, मोटरसाइकलहरूले त दुई–तीन रुपियाँ त दिए । एउटा साइकलवालाचाहिँ हामीलाई छल्ने किसिमले बेग्गिदै आएथ्यो । बरा हामीले तन्काएको डोरीमा अल्झिएर लड्यो, अनि त झोक्किँदै हामीतिर आयो, झगडा गर्ने सुरले । सान्चा हाम्रो बगालबाट छाती तन्काउँदै निस्क्यो र सोध्यो, “ओ मिस्टर, जगात छलेर भाग्न लाज लाग्दैन ?”
उसको सोधाइले साइकलवाला अवाक भयो र मुन्टो लर्काउँदै साइकल डो¥याएर लुरुलुरु बाटो लाग्यो । ‘यल्ले त साइतै बिगा¥यो ।’ बेखाले टिप्पणी ग¥यो । हुन पनि त्यसपछि त्यो बाटोमा खासै सवारी साधनहरू आएनन् पनि । पोहोर साल हामीले त्यै ठाउँमा पाँचसयभन्दा बढी उठाएका थियौं । यसपालि भने दुईसय पुग्न पनि धौ धौ थियो । अर्थशास्त्रको विद्यार्थी डिकेन ‘यसपालि आर्थिक मन्दी छ’ भन्दै थियो । मध्यान्हतिर बल्लतल्ल एउटा बजाज टेम्पु अर्थात् मिटरवाला टेम्पु आएथ्यो । त्यसले या त हामीले तानेको डोरी देखेन या जगात छल्ने सुरले टेम्पु हुइँक्याउन खोज्यो तर डोरीमा अल्झ्यो र टेम्पु पर्लक्कै पल्ट्यो । टेम्पुमा एउटी प्रौढा कम वृद्धा रहिछन्, दुब्ली–पातली । टेम्पु पल्टिँदा नराम्ररी चोट लागेछ । अस्पताल कुदायौं, इमर्जेन्सीमा लग्यौं । कुरो बुझ्दा ‘उनको पृष्ठकरङ भाँचियो कि !’ भन्ने शड्ढा गर्दै थियो डाक्टरले । त्यसैले हामी उनलाई इमर्जेन्सीमा छोडेर भाग्यौं । त्यसपछि त्यो दिन हामीले जगात माग्न छोड्यौं र ढिलो पनि भइसकेकोले हामी गठेमङ्गलको जुलुसको तरखरमा लाग्यौं । अरू टोलीहरूलाई पनि एकै ठाउँमा भेला गरायौं– तीन नम्बर रोडको चोकमा, किनकि पहिलेको ठाउँमा पुलिस आउन सक्थ्यो ।
हामीले त्यसपछि हरियो नरकटको त्रिखुट्टी बनायौं र त्यसमा छ्वालीको मुर्कुट्टा पनि आसिन गरायौं । मुर्कुट्टाको शिरमा बेलायती फेल्ट ह्याट पनि लाइदियौं । छेउछाउमा झ्यासझुस पनि थप्यौं र त्यहींको चोकमा ठड्यायौं– प्रदर्शनीका लागि सान्चाले घण्टासुरको पुतला ठड्यायो त्यसमाथि र त्यसको कानमा सानो फलामे घण्टी झुण्ड्याइदियो । त्यतिञ्जेलसम्म टोलमा केटाकेटीहरू पनि ठूलो सङ्ख्यामा एकत्रित भइसकेका थिए । उनीहरूले आ–आफ्नो खेलौना पुतलीहरू घण्टाकर्णको प्रतिकृतिमा झुण्ड्याए–ठाउँठाउँमा । साथीहरूले मलाई हालालुलु बनाउने भनेर हाँडीको मोसो दलेर विरुप बनाएर बिगारेर सिंगारे । ढिकिचाँको घरको करेसामा राखेको च्यूरा कुट्ने धान भुट्ने फुटेको कालो हाँडी ल्याएर शिरमा टोपी लाइदिए । करेलाको लहरोको त्यान्द्रोको चश्मा लाइदिए । झुत्रो चट्टीको ओभरकोट र घाँटीमा स्कूले केटाहरूको थोत्रो व्यागको झुण्ड्याउनीको टाईको सुर्किनी कसिदिए । एउटा खुट्टामा थोत्रो कन्भास जुत्ता र अर्को खुट्टामा थोत्रो चप्पल घुसारिदिए । पिठ्यूँ र छातीमा घण्टाकर्णको कार्टुन चित्र टाँसिदिए । एकछिनपछि पञ्चनारान र बेखाले एउटा ठेलागाडा ल्याइपु¥याए–गुडाउँदै । त्यही ठेलामा नरकटको लिङ्गनाकृत आकृति सरक्क उकालियो । मलाई पनि त्यही ठेलामा उभ्याए र मेरो हातमा एउटा सिलबरे पत्रु कटौरा थमाइदिए । दर्शकहरूलाई हँसाउने र रमितालुहरूलाई आमोद प्रमोद गराउने उद्देश्यले विभिन्न नखरा र हाउभाउ लाउँदै म व्यङ्ग्यात्मक अभिनयहरू गर्नथालेँ र हाम्रो जुलुस अघि बढ्न थाल्यो– जगात माग्न । मेरा, अघिपछि, दायाँबायाँ अरूहरू ‘आजाजुजे–हा हा ’ गर्दै थपडी बजाउँदै जुलुस बनेर हिँडेका थिए– टोल परिक्रमा गर्न । झमक्क साँझ पर्दा नपर्दै परिक्रमा गरिसकिएको थियो र हामी टोलको पुछारतिरको चौरमा भेला भयौ । त्यहाँ एकछिन विश्राम गरेपछि पूजा आजाको सुरसार भयो । सान्चाले वडो दत्तचित्त भएर एकाग्र मनले पूजाआजा ग¥यो । ध्वाँके भालेको बलि पनि दिइयो । सबलाई फलामको औँठी र प्रसाद बाँड्यो । मैले त दही–चिउरा पनि खाएँ टन्न । केटाकेटीले पहिलेदेखि सजाइराखेका आ–आफ्ना पुतलीहरू घण्टासुरको प्रतिकृतिमा छुवाउँदै ‘मेरो पुतलीलाई राक्षस, भूतप्रेत पिशाचको आँखा नलागोस्’ भन्दै आरोग्य कामना इच्छाउँदै फिर्ता लिए र पुराना भइसकेका पुतलीहरू कोही कोहीले घण्टाकर्णलाई नै चढाइदिए । हामीहरूले औंठी लायौं– खुशी हुँदै । यो औंठी लाएपछि वर्षभरि भूतप्रेतबाट रक्षा हुन्छ भन्ने हाम्रो अटल विश्वास थियो । त्यतिमात्र हैन, हाम्रो घरघरको मूलद्वारको दैलाको ठेलामा फलामका किला वा त्रिखुट्टी ठोक्ने चलन थियो । त्यसो गर्दा घरमा भूत प्रेत र पिशाचको बास हुँदैन भन्ने हाम्रो सनातन विश्वास थियो । पूजाआजाको काम सकिएर प्रसाद वितरण भइसकेपछि नरकटको लिङ्गोलाई लात्तीले हानेर मैले ढालें र घण्टाकर्णलाई मृत घोषित गरियो । त्यसपछि त्यो चोकबाट घिसार्दै घण्टाकर्णलाई सेलाउनका लागि ढलमतीतिर लगें । अरूहरू मलामी बनेर नाय खिं बजाउनेहरूका पछिपछि लागेँ । खोलामा पुगेपछि छ्वालीको चिराक हातमा लिएर मैले घण्टासुरको परिक्रमा गरें– तीनपटक र त्यसपछि दागबत्ती दिएँ । सुकेका दाउरा ह्वार्र बल्न थालिहाल्यो । केहीबेरसम्म हामी गठेमङ्गलको चिताको आगो तापेर बस्यौं । अैला र सम्मेवजीको बन्दोबस्त गरेकै थियो सान्चाले । फर्केर हामी पहिलेकै चौरमा आयौं र रमाइलो गर्दै खान थाल्यौं– सम्मेवजी, छोइला, कचिला र अैला ।
घर फर्किदा निकै ढिलो भइसकेको थियो । गफ र रमाइलोको सुरमा अलि बढी पिइएछ क्यारे । राम्रै लागिसकेको रै’ छ । त्यसैले मेरो खुट्टा पनि अलिअलि ठेगानमा थिएन । घरको मूलढोका बन्द भइसकेको थियो । ढोका खोलाउनका लागि ढ्याक–ढ्याक पारेको र घरका मान्छेलाई बोलाएकोसम्म थाहा छ । त्यसपछि अरू केही थाहा छैन । होश आउँदा म त यी आततायीहरूको घेरामा परेको रहेछु ।
ऊ अझ पनि मलाई एकतमासले हेरिहेको थियो । उसको हेराइले गर्दा म झन्झन् डराउनथालें । अब त मलाई शड्ढा र डर पो लाग्न थाल्यो । उसलाई त मैले तारणहार ठानेर ढुक्क भएको थिएँ, तर तर ऊ त‘! त के अघिको व्यवहार उसको एउटा चाल मात्र हो त ? यदि त्यसै हो भने त ‘ ! अब मलाई यिनीहरूले खत्तम पार्ने भए । म झन्झन् डराएँ र कालोनीलो हुँदै गएँ । म डराउँदै गएको उसले चाल पाएछ क्यारे, अधरमा हलुका हाँसो खेलाउँदै केही भन्यो, ‘‘।’
मैले न त उसको शब्द टिप्न सकें र न त त्यसको केही आशय नै बुझें । त्यसैले पहिलेकै झैं भावभङ्गिमा मेरो अनुहारमा विम्बित भइरह्यो तर ऊ भने आफ्नो सोधाइको जवाफ सुन्न जिज्ञासु भई हेरिरहेथ्यो । ‘यो आपतबाट छुट्कारा पाउन केही संवाद त हुनैप¥यो । यसको कुरो भलै म नबुझौं, मेरो कुरो पो यसले बुझ्छ कि’ भन्ने सोचेर मैले इशाराले र बोलीले पनि भनें, “मैले तपाईंको बोली बुझिनँ ।”
मेरो सोचले काम गरेछ क्यारे । समस्याको भेउ पाएझैं गरी उसले मुन्टो हल्लायो र फिसिक्क हाँस्यो । त्यसपछि मेरा वरिपरि उभिइरहेका आफ्ना अनुचरहरूलाई उसले सड्ढेत गर्दै केही अह्रायो र उनीहरू चारैदिशातिर दौडादौड गर्दै कुदे । त्यसपछि ऊ मुसुमुसु हाँस्दै मुन्टो हल्लाउँदै हेरिरह्यो । अनि टाउको हल्लाउँदै घण्टीको सुमधुर ध्वनिको तालमा केही तन्त्रमन्त्र जपेझैं गर्न लाग्यो । एकैछिनपछि चारैदिशाबाट उसका अनुचरहरू रम्य मुद्रामा पुलकित हुँदै नाचगान गर्दै मेरा वरिपरि झुम्मिए । त्यसपछि ऊ पनि पलेंटी कसेर ठीक मेरो सम्मुख बस्यो र मलाई पनि त्यसैगरी बस्न लगायो । अनि उसले आफ्ना दुबै हातका चोर औंला र माझी औंलालाई अंग्रेजी ‘भी’ आकारमा फट्याएर चिम्टा जस्तो बनायो र मेरा आँखा नजिक ल्याउँदै पर लाँदै गर्न लाग्यो–महामूर्ख कालिदासको झैं । मलाई त लाग्यो । कतै कालिदासले पनि यसैको प्रविधिको नक्कल ग¥या त थिएनन ? केहीबेरसम्म यसरी गरिरहँदा मैले आफूभित्र एककिसिमको तरङ्गको कम्पन अनुभव गरें । मभित्रको डर बिस्तारै हट्दै गएजस्तो लाग्न थाल्यो । मलाई अब उनीहरूको हाउभाउ र क्रियाकलाप पनि राम्रो लाग्न थाल्यो । मेरो अनुहारमा कान्ति छरिएको भान पनि हुन थाल्यो मलाई । मेरो अनुहारको प्रतिपलको परिवर्तनसँगै उसको अनुहारमा पनि खुशी छचल्किंदो थियो । अकस्मात उसले बलिरहेको कप्टेरा आफ्नो मुखमा हुलेर मुख ट्याप्प बन्द ग¥यो र क्षणभरमै मुख खोल्यो । आश्चर्य ! कप्टेरा त बलिरहेकै थियो ! यो त विज्ञानलाई समेत चुनौती भयो । तीनछक्क त म पहिल्यैदेखि छँदै थिएँ, अब चारछक्क, पाँचछक्क पर्दै थिएँ । त्यसपछि उसले बलिरहेको त्यो कप्टेरो आँ गर्ने सड्ढेतसाथ मेरो मुखमा हुलेर फुत्त झिकिहाल्यो । त्यसपछि त्यो कप्टेरो रम्यनृत्यमा मग्न एउटा अनुचरलाई दियो । अनि उसले दुई औंले चिम्टा फेरि मेरा आँखातिर लक्षित गर्दै दुई तीनपटक वरपर गरिरह्यो । तदोपरान्त उसले एउटा शब्द उच्चारण ग¥यो । मैले त्यो शब्द दोहो¥याएँ । फेरि उसले अर्को शब्द उच्चारण ग¥यो । मैले फेरि त्यही दोहो¥याएँ । यसरी उसले केही शब्दहरू भन्दै गयो र म दोहो¥याउँदै गएँ । त्यसपछि उसले एउटा प्रश्न सोध्यो । उसले सिकाएकै शब्दहरूबाट मैले शायद उत्तर दिएछु । ऊ एकदम खुशी देखियो । सम्भवतः यो खुशी मसँग संवाद कायम गर्न उसले सफलता प्राप्त गरेको खुशी हुनुपर्छ । त्यसपछि उसले मेरो परिचय माग्यो । मैले आफ्नो परिचय दिएँ । त्यसपछि उसले मेरो हिजोको दिनचर्या बतायो र हामीले अस्पताल पु¥याएको वृद्धाको ढाड भाँचिएको कुरो पनि ग¥यो र हामीले तिनलाई अस्पतालमा छोडेर भागेकोमा चित्त दुखाउँदै रिसायो । एकाएक ऊ गम्भीर बन्यो र भावनामा कतै हराएजस्तो देखियो । केही क्षणपछि उसले मुख खोल्यो र शायद आफ्नो जीवनकथा सुनाउन थाल्यो । अब म उसका कुराहरू एकदम राम्ररी बुझ्दै थिएँ । ऊ घण्टासुर रहेछ– काममा विश्वास गर्ने कर्मवादी, बसिखाने धनीलाई भन्दा गरिखाने गरिबलाई माया गर्ने, मन पराउने, शरीरले उत्सर्जन गर्ने त्याज्य पदार्थजस्तो रङ्गको धातु सुनलाई भन्दा माटोको रङ्गसँग मिल्ने फलामलाई मन पराउने, निर्धन एवं परिश्रमी किसानको हितैषी, मान्छेलाई आफूप्रति एकोहोरो र भिरु बनाउने ईश्वरलाई ऊ साह्रै घृणा गर्दथ्यो र भन्थ्यो, ‘ईश्वरले मान्छेलाई अफिमले झैं लठ्याएर अल्छी र एकोहोरो विवेकको बनाएको छ ।” ऊ फगत श्रममा विश्वास गथ्र्यो र काममा कजिन्थ्यो । गरीब दुःखीहरूलाई भूतप्रेत, बोक्सी, पिशाचजस्ता दुष्तत्वबाट रक्षा गथ्र्यो । उसका खस्रा हातमा परेका ठेलाहरू यसका जीवन्त साक्षी थिए । ऊ फलामका ज्यावलहरू लिएर माटोसँग खेल्थ्यो । चाहेको भए उसले प्रशस्त धन सम्पति आर्जन गर्न सक्थ्यो तर आफ्नो सुख सुविधा र ऐश आरामका लागि उसले कहिल्यै सोचेन । रातोदिन अथक् परिश्रम गरेर पनि ऊ भोकै–प्यासै पाटीमा रात बिताउँथ्यो, कसैले स्नेह गरेर केही दिए खान्थ्यो नत्र भोकै सुत्थ्यो । उसले आफ्नो सम्पूर्ण जीवन गरिब, निर्धा, निमुखा किसानहरूका हितका खातिर अर्पण ग¥यो । त्यसैले ईश्वर र तिनका दूत सामन्तहरूसँग उसले जहिल्यै पनि वैरी साध्नु परिरह्यो । ‘त्यसैले तिनले मेरा विरुद्ध अनेक अनर्गल प्रचार गरिरहे पनि अरूहरू पनि तिनकै लहैलहैमा लागे । ती सामन्तहरूले दुवैथरीसँग मिल्ने भ्यागुताजस्ता अवसरवादी तत्वहरू मार्फत षडयन्त्रमूलक तरिकाले मेरो इहलीला समाप्त पार्न खोजे । तर हामी श्रम र पौरखमा बाँच्नेहरूसँग तिनको के जोर चल्थ्यो र ! म त उम्किहालें’ भन्दै उसले सुस्केरा काढ्दै लामो सास फे¥यो ।
“तिमी त्यस्तो असल काममा असल उद्देश्यले उत्प्रेरित भएर लागेको मान्छे, कसरी समाप्त हुन लाग्यौ त ? तिम्रो जमात त झन्झन् ठूलो हुँदै जानु पथ्र्यो !” मैले जिज्ञासा जाहेर गरें ।
“तिमीले एकदम जायज कुरो सोध्यौ । यसो हुनुका दुईटा कारणहरू छन्– एउटा आन्तरिक र अर्को बाह्य । पहिलोमा हामीसँग लगनशीलता, कर्मशीलता, मेहनतीपना त्यागी र परोपकारी भावना त भयो तर हाम्रो जनसङ्ख्या बढाउन हामी भित्रै सृष्टिको स्रोत चाहिन्थ्यो त्यसको अभाव रह्यो । सृष्टिका स्रोत भनेका धरणीहरू हुन् । हाम्रो जमातमा तिनको अभाव रह्यो । सामन्तीहरूको नाइके गुरु भनिने ईश्वरले ती सबलाई एकोहो¥याएर आफ्नोपट्टि पा¥यो । अर्को कारण हो– मानुष जाति । हामीले आफ्नो ठानेको मानुष जाति आफ्नै बैरीहरूको लहैलहैमा लाग्यो । हामी तिनका हितैषी हौं भन्ने कुरो तिनले बुझ्नसकेनन् र हामीले पनि बुझाउन सकेनौं कि !” उसले पश्चातापपूर्ण स्वरमा भन्यो ।
“अरू पनि कमजोरी होलान् नि ?” मैले थप जिज्ञासा राखें, “जस्तो कि तिमीहरू अघोरीजस्तो फोहोरी थियौ । तिमीहरूको व्यवहार असभ्य राक्षसहरू जस्तो हुन्थ्यो । तिमीहरूले हामी दुःखी गरिबका कल्याणखातिर लडिरहेछौं भन्ने कुरो बुझाउने कोसिस गरेनौ होला ‘ ।”
“यी कुराहरू पनि सत्य हुन् । हामीले व्यक्तिगत आर्जनलाई कहिल्यै प्राथमिकता दिएनौं । जे जति ग¥यौं धरतीकै दुःखी गरिब र पीडित जनका लागि ग¥यौं । तर पनि तिनले हामीलाई चिन्न सकेनन् । अचेल काष्ठमण्डप नगरीका मानिसहरू मेरो खुब उछित्तो काढ्छन् रे । तिमी पनि तिनै मध्येको रै’छौ ‘ ।” भन्दै ऊ मेरो अनुहारमा एकदम बेग्लै किसिमले हेर्न थाल्यो । अनायास उसको अनुहारमा शिवको रौद्ररूप देखें मैले ।
“हैन, हैन । मबाट जे भयो त्यो अज्ञानतावश भयो । मलाई क्षमा गर्देऊ‘ अब मबाट त्यस्तो गल्ती हुने छैन ‘” भन्दै साष्टाङ्ग प्रणाम गर्ने मुद्रामा मैले उसको गोडामा छाँद हालें ।
उसले मलाई बडो सहज ढङ्गले माफी गर्दियो क्यार, दुवै हातले मलाई साष्टाङ्ग प्रणामको अवस्थाबाट उठाउँदै भन्यो, “ल भैगो, उठ । तिमी अन्जानमै त्यस्तोमा लागेछौ । अब आइन्दा त्यसो नगर्नु । मेरा गुन बखान्ने कदरदारहरू पनि थुप्रै छन् काष्ठमण्डपमा तिनका आत्मामा म सधैं अमर छु । अचेल ‘वाई टु के’कै युगमा पनि ‘आई ओ के’को युगका हामीलाई बिर्सेका छैनन् तिनले । हिंड, अब केहीबेर रमाइलो गरौं, नाचगान गरेर, त्यो सहस्राब्दीको सम्झना र यो सहस्राब्दीको जीवनको शुभकामनामा ।” ऊ मलाई बोकेर खुशीले उफ्रन नाच्न थाल्यो ।” अब म त्यसो गर्दिन, आजाजुजे–हाइ ! हाइ !!” भन्दै म पनि नाचगानमा सामेल भएँ । नाच्दानाच्दै कुन सड्को म लडेंछु । उनीहरू मलाई उठाउन खोज्दारहेछन् । तर म भने उठ्न सक्दो रहेनछु र खाली छटपटाउँदो रहेछु । एक्कासि म बेहोशजस्तो भएछु । उनीहरूमध्ये एउटाले सुकेको लौकाको बोक्राको कमण्डलुमा पानी ल्याएर ख्वाउन खोज्यो । त्यो कमण्डलु साह्रै फोहर र देख्दै घिनलाग्दो भएकोले दिङमिङ लागेर मैले त्यो पानी पिउन मानिन । उनीहरूले कर गरेर जबर्जस्ती ख्वाउन खोज्दा सबै पानी मेरो जिउमा पोखियो र चिसो लागेर म हत्तपत्त उठें । हेर्छु त अगाडि आमा पो उभिइरहनु भएको थियो र मलाई हपार्दै हुनुहुन्थ्यो, “के रूप बनाएको यस्तो, छिः ! छिः !! एकछिन घराँ बास छैन, दिनभरि कता–कहाँ रल्लियो, कुकुर्नीको मुत धोक्यो बेस्सरी, ज्यानको यस्तो दुर्गति !”
म त ‘वाइओके’को युगबाट ‘वाइटुके’को कालखण्डमा फाल हालिसकेंछु ।
– पुष्पनगर, काठमाडौं
(स्रोत : मधुपर्क मङ्सिर २०५७ अङ्क ३३ :: No. 7 November – December, 2000)