~कृषा के. सी~
कथा सबैको हुन्छ
भोगाइ आफ्ना आफ्नै
ब्यथा सबैको हुन्छ
कोहि बोल्छ भन्छ सुनाउँछ
कोहि चुपचाप रहन्छ!!
म भन्छु आफ्नै कथा
सपना सजाएको
आरती गर्छु जीवनको
साम्राज्यमा रमाएको
परिवर्तनै परिपर्तनको!!
कयौँ भोटाहरु च्यातिएर गए
कयौँ हन्डर भित्र हराइयो
तर मनले सजाएका
आशाका त्यान्द्रोहरुले
जीवनलाई उर्जावान बनाई रह्यो!!
साचो झुटोको सफाई पनि दिनु पर्दैन
कसैले सपनाको हत्यारा भनी कारागार लैजादैन
मलाई भाग्यले ठगेको एक बिवश कमारो भन्न
मलाई लेख्न लाज मान्नु पर्दैन!!
पलपलमा म टुटेको छु
क्षणक्षणमा म रोएको छु!!
सपनालाई आँसुले बगाउदै
यहाँ म स्वयमलाई ढाट्न सक्दिन
छल्न सक्दिन ठग्न त झनै सक्दिन!!
म हाँस्छु त केवल आफैलाई गिज्याएर!!
सारा सपनाहरु बकमफुसे रहेछन्
आफैलाई भुल्याउने खेल रहेछन्
मनले सजाएका गुलाफका फुलेथे
खुशीका झिल्का निमेष भरमै हराए
फुल ओइलाए खुशीको दिप निभ्यो
रङ्गहिन गुलाफ सुक्दै झर्दै गए
सपना आँखाबाट बगिरहेछन बस बगिरहेछन!!
थाकिसकेका पैतालालाई गति दिदै
लडेको महल उठाउन खोज्छु
सारा दुख भुलेर नाच्न खोज्दै
कुनै दन्तेकथाको कथा जस्तै लाग्ने आफ्नै जीवन गाथालाई नयाँ मोडमा टुङ्ग्याउनु छ
हारको माला लगाउनु आदत भयो
सम्झन्छु केहि थान कर्तव्य निभाउनु छ
फेरि पनि म बाहिर एउटा संसार छ!!
यति चाडै झुक्नु हुँदैन हार्नु हुँदैन सकिनु हुँदैन
जो मैले चिहाउनु छ
रुन पुग्यो अब हास्नु छ
मैले बाहिर निस्कनु छ
तिब्र गतिमा जिन्दगी हाक्नु छ
एकपटक त जीवनमा खित्का छोडेर हाँस्नु छ!!
असफलताका हजार ज्वाला पिएरै पनि
एकपटक हारेर पनि मैले पुन जीवन देखेकी छु
चेसका गोटी बाहेक अरु केहि रहेनछन्
केहिरहेनछन्।
समयको आरोह रअवरोह झेल्दै
आज म एउटा विद्यालयको संचालक
बनेको छु
सफल कहलिएके छु
तर मेरो आफ्नै पिडा छ,
आफ्नै व्यथा छ
विसाल परिवारको जिम्मेवारी छ
तर पनि म आत्तिएको छैन्
कतिपनि मात्तिएको छैन्
किनभने
मैले सुन्दर सपना दखेको छु
एउटा जीवन देखेको छु।
कृषा के. सी
कोटेश्वर,काठमाडौ
December 22, 2020
(स्रोत : लेखकको ब्लगबाट सभार)