~मञ्जु काँचुली~
फागुनको बेहद शीतल र शान्त रात थियो त्यो । पोखरा शहरको माझ बस्तीको एउटा आधुनिक बङ्गलामा उसकी स्वास्नी च्यान्टी मगर्नी गहिरो निद्रामा मस्त निदाइरहेकी थिई ।
यो बङ्गला उसको लोग्नेको हवल्दार काका (उमेरमा ऊभन्दा निक्कै कान्छो) ले किनेको थियो । एक दिन काका ऊकहाँ आएको थियो । काकाले यहाँ आई बस्ने अनुमति दिँदा र आग्रह गर्दा उसकी स्वास्नी च्यान्टी खुशीले फट्याँङ्ग्रोझैं उफ्रेकी थिई । उसको काका बाईस तेईस वर्षको नौजवान थियो याने कि ऊभन्दा पन्ध्र वर्षले कान्छो अथवा भनौं च्यान्टीकै उमेरको । उसको काकाको शरीर गठिलो थियो । गहुँगोरो अनुहार, यौवनले भरपुर चम्किलो चेहरा, दुवै आँखामा खुशीको चमक, प्राय लुङ्गी र गन्जीको पहिरन थियो । त्यतिबेला च्यान्टी त्यस युवकको ठीक आमने सामने थिई । उसले आफ्नो हवल्दार लोग्नेतिर पुकार गर्दै भनेकी थिई हुन्छ भन्नुस्न भनेको । ‘काका युवकको चेहरामा कौतूहलको भाव फिँजियो, त्यसपछि ऊ च्यान्टीलाई छड्के नजरले हेर्दै मुस्कुराएको थियो । च्यान्टी फेरि तिनै शब्द दोहोराएर बोल्न खोजी, उसका ओठहरू मात्र चले तर शब्द निस्केन । काला परेलाले ढाकेका उसका आँखा जमिनतिर घोप्टिए । उसको चेहरामा लाजको हुरीले एक वेगको अबिर छ्यापिदियो । च्यान्टीको लोग्ने हवल्दारचाहिँ चुरोट पिउँदै र आफूले उडाएको धुवाँलाई हेर्दै थियो ।
च्यान्टीका चञ्चल गोडा अर्को कोठातिर कुदे । एकैछिनपछि त च्यान्टी अर्कै जस्तो भएर आइपुगी । कपाल कोरीबाटी नयाँ फुर्के धागो र कपालमा किलिप पनि । नयाँ सुन्तले धोती लगाएकी, सीप लगाएर मुजा पारेकी । च्यान्टीलाई त्यो अत्यन्तै सुहाएको देखियो । गएसाल दशैंमा उसको लोग्नेले उसलाई ल्याइदिएको त्यो धोती उसले मन पराएर, जतन गरेर राखेकी थिई ।
एकैछिनमा फ¥याकफुरुक्क गर्दागर्दै कति चाँडो भुटेको मासु चिउरा, अम्खोरामा पानी र एक बटुको घरमा बनाएको जाँड पनि ल्याएर लोग्नेको काका चाहिंको अगाडि राखिदिई र लोग्नेलाई उसका गाजलु आँखाले छड्के हेर्दै भन्दै गई, तपाईंलाई पनि लिएर आउँछु च्यान्टीले आफ्नो खुशी अनुहार र मुग्ध दृष्टिले आफ्ना नजर फेरि लोग्नेको काकातिर फिराई र हिंडी । च्यान्टी खुशी छे, त्यसैले उसको हवल्दार लोग्ने पनि खुशी छ । काका गइसकेपछि पनि च्यान्टीले एकान्तमा लोग्नेलाई फेरि त्यही कुरा दोहो¥याई “काकाकै घरमा गएर बस्नुपर्छ, यत्रो बहालको पैसा पनि जोगिन्छ” च्यान्टीको रङ्गढङ्ग लोग्नेले देखिरहेको थियो तर बहाल बच्ने कुराले भने उसलाई पूरा विश्वास जगायो । च्यान्टीका च्यान्टा हातहरू आफ्नो हातमा राख्दै उसले भन्यो “तैंले भनेको कुरा मैले आजसम्म के चाहिं नमानेको छु र ? तैंले जे भन्छेस् त्यही हुन्छ ।” च्यान्टीको चेहरामा कान्ति फि¥यो । त्यस चेहरालाई आफ्ना दुई हत्केलाले सम्हाल्दै लोग्नेले भन्यो “च्यान्टी, आज तँ कत्ति राम्री देखिएकी छेस् । कत्ति मायालु देखिएकी छेस् । भगवान्ले कसरी मलाई चित्त बुझ्ने गरी तँलाई बनाइदिएका रहेछन् । यी आँखा, यो नाक, यी गालाका पाटा, यी ओठ ! धन्य ईश्वर ! धन्यवाद छ तिमीलाई !”
“छि कस्तो पात्तिएको” भन्दै लोग्नेको हातलाई झट्कारेर हटाउँदै च्यान्टी फेरि भान्छा कोठातिर दगुर्दै गई । एकै छिनमा फेरि आइपुगी शायद ऐना हेरेर । अनि लोग्नेलाई उत्सुकताले प्रश्न गरी, “साँच्चिकै राम्री देखिएकी छु त म आज ? किन होला ?” खितखिताउँदै फेरि कोठाबाट भागी र बरन्डामा उभिएर टाढा टाढा हेरिरही । लोग्नेले उसलाई हे¥यो तर उसका आँखाले परको केही खोजिरहेको थियो । केही दिनभित्रै उनीहरू डेरा सरे,( काकाको घरमा ।रात अझै गहिरो हुँदै गइरहेको थियो । पुलिसको नोकरी, रातको ड्युटी । उसको लोग्ने वाक्क भइसकेको थियो । बेलामा खान नपाइने । सुत्न पनि नपाइने । तर ऊ खुशी नै थियो च्यान्टी उसको घर भित्रिएदेखि ।
उसको काका त्यो जवान युवक च्यान्टीको पुरानो साथी रहेछ, बालककालदेखिकै । भतिजो (च्यान्टीको लोग्ने)भन्दा काका निक्कै कान्छो रहेछ । अहिले कान्छो ससुराको रूपमा पहिलोचोटि च्यान्टीले उसलाई चिनी । डेरा सरेकै दिन उसले एकान्तमा ठट्टा गरि पनि हाल्यो । “मैले म तिम्रो बाउ पो भनि ठानेको त्यो बूढोलाई झन्डै । भतिजोलाई नभेटेको पनि धेरै भयो । तिमी जत्री त छोरी छे उसकी । यस्ता बूढोसँग तिम्रो कसरी बिहे भयो ?”“आमाले दियो, भयो नि त्यसैले ।”“यस्तो बूढोलाई ?” ऊ खित्दा छोडेर हाँस्न थाल्यो ।त्यसैबखत च्यान्टीले त्यसलाई आँखा तरी, “त्यसरी हाँस्नु पर्छ त ? आफै तरुनी स्वास्नी ल्याउनु नि । भैहाल्यो नि । अर्कालाई त्यसरी किन खिसी गर्नु ?”“तिमी जस्ती पाए त सलाम ठोक्थें, पूजा गर्थें”“भो भो जिस्क्याउनु पर्दैन के अर्कालाई ।”“जिस्क्याएको होइन के, साँच्चिकै भनेको पो ।”“अहिले मेरो बूढो आयो भने सुन्ला के । अर्कालाई गाल पार्नलाई ।”“सुन्दैन के । गाल पर्दैन के ।”
“नमात्तिनुस् है । ऐले बूढोले देख्यो भने ।”“देख्दैन । बूढो छैन तिम्रो । ड्यूटीमा गाको होइन ? मलाई थाहा छैन र ?”“अस्तिको रातिमा ऊ गम्भीर भएर बोल्दै गई । उहाँ आउनुहोला भनिठानेकी थिएँ, आउनु भउन । हिजोको राति पटक्कै निद्रा लागेन । बिहानी पख निदाएछु कि कुन्नि ।”
उसले सुनिरह्यो र ऊ अलिकति भुइँतिर र निहुरियो तर केही बोलेन ।
च्यान्टीमा के कस्तो आकर्षण छ कुन्नि । जिन्दगीभर साथै रहनु बाँच्नु पर्ने सजायँको बन्धनमा कसिएर बाँधियो उसको हवल्दार लोग्ने । त्यसैको कारणले गर्दा कहिले मन मग्नको हाँसो त कहिले रुन्चे हाँसो उसको । उसले गाउँ सदरमुकाम, सहर र भव्य सहरका थुप्रै सुकुमारी, कलिला र अधबैंसे ओठहरूमा मजाले म्वाइँ खायो, प्यारले चुम्यो र लभले किस ग¥यो । सम्झँदा पनि उसलाई आफ्नो भावुक हृदयबाट दिलदार हाँसोको फोहोरा छुट्न थाल्छ । प्रत्यक्ष आफू अगाडिको जुनसुकै भित्तामा र गाउँको, सहरको, ठूलो सहरको (कोठाको, अफिसको बाथरुमको, रेस्टुराँको, होटेलको कुनै गोप्य लजको) आफूले भोगेका ती ओठहरू उसको अगाडि चित्रित हुन्छन्( शायद रियलिस्टिक, एब्स्टूाक्ट र क्युबिस्टिक आर्टका आकार र रङ्गहरूमा । चिम्सा आँखामुनिका पीपलपाते ओठहरू, लाम्चिला आँखामुनिका मोटा ओठहरू, भ्यागुते आँखामुनिका चारपाटे ओठहरू र बाटुला आँखामुनिका बाटुलै ओठहरू । ती कुवा, नदी र समुद्रका पानीमा टोलाउने ओठहरू । क्रमशः ती काला, खैरा र नीला तृषित आँखामुनिका भावभंगी ओठहरू । आ(आफ्नै विशेषता बोकेका आकार र बान्कीका बिर्सनै नसकिने ती ओठहरू । न साँचो कुरा बोल्न मिल्ने न सधैंभरि देख्न मिल्ने । तर जिन्दगीका विभिन्न मोडहरूमा बान्की ल्याउने ती विविध ओठहरू । ती ओठहरूले उसलाई झ्याम्म छोपेर बीचबाट च्यान्टीको सुन्तले ओठ फेरि उदायो । बिचित्र छ जिन्दगी, ऊ आफै छक्क पर्न थाल्यो ।
उल्लेखित ती सबै ओठहरूलाई माथ गर्न सक्ने सामथ्र्य भएको एक जोर ओठ छ उसको साथमा आफ्ना जोर जुँघे ओठका अलावा । जुनसुकै घडी वा पलमा आफूले चाहे जति चाहे अनुसारको भोग गर्न मिल्ने । ती हुन् च्यान्टीका, बाटुला ओठहरू( आहा ! कस्ता बान्की परेका । कतिपटक च्यान्टीका ती ओठहरू ढुङ्गा र काँडा भएर ऊमाथि बर्से, करौंती भएर ऊमाथि तेर्सिए तर ओठको सामथ्र्य र हैसियत जहिले पनि फूल हुनुको अलावा क्याक्टस्को काँडा कहिले हुनै सक्दैन । उसले यो तथ्य राम्ररी बुझेको छ । उसको आफ्नो छोटो जवानीको यो नै एउटा लामो अनुभव भएको छ । आक्रमण त पुरुषले गर्न सक्छ । आँखाले, ओठले, औंलाहरूले हातले । श्लील भएर अश्लील भएर । नारीले सक्दिन । कदापि सक्दिन । उसको निजी विचारमा उसलाई यस्तै लाग्यो । च्यान्टीको ¥याले ओठको जादुगरी चास्नीमा उसले आफ्ना तीलचामले जुँघे ओठहरू कैयौंपटक निर्घातसँग चुर्लुम्म डुबाएको छ । बेलाबखतमा च्यान्टीले तीलचामले चुच्चे जुँघा उसको दाहिने चोर औंलाले खेलाउँदै भन्ने गर्छे (“तिम्रो यो जुँघामा के त्यस्तो मोहनी छ कुन्नि, यही जुँघाले मलाई यहाँसम्म तिम्रोसाथ ल्याइ पु¥याएको त हो नि । आमाले मलाई सोध्दा मैले बिहेको मञ्जुरी दिएँ । यो जुँघा देख्दा पहिले पहिले मलाई कत्ति डर पनि लाग्ने गथ्र्यो, अब त माया मात्रै लाग्ने गर्छ ।” च्यान्टीको बोलीको चास्नीमा मोहकता, लचकता, स्वाभाविकता, कारुणिकता, सरलता, सरसता र रोमान्टिक धाराका सबै विशेषताका मसला पर्ने गर्छन् । मुख्य कारण यही हो उसले जुँघा तिखा¥यो, सफाचट पारेन । ऊ च्यान्टीलाई मसली (स्पाइस् गर्ल) भन्ने गर्छ ।
उसको जुँघासँग खेलिरहँदा उसले च्यान्टीलाई एक दिन एउटा प्रश्न ग¥यो, “च्यान्टी तँलाई सबभन्दा राम्रो मेरो के लाग्छ हँ ? नढाँटी भन्ने गर् न मलाई ।” ऊ हाँसेर लोग्नेलाई गिज्याउँदै मबाट परतिर भाग्दै गई र टाढैबाट बोली “तिम्रो उमेर । अनि बानीव्यहोरा । … हैन हैन ब्यारे, तिम्रो जुँघा ।” ऊ त्यतिबेला लाजले र हल्का रिसले रात्तिंदै तात्तियो । फेरि तुरुन्तै सामसुम भैहाल्यो । “च्यान्टी सोझी हे बिचरा । केटाकेटी बुद्धिकी हे बरा ।”
उसको लोग्ने हवल्दार पूरा पहिरनसहित हातमा डन्डी लिएर ड्युटीको लागि घरबाट निस्किसकेको थियो । च्यान्टी आधा ढाड झ्यालबाट बाहिर खसाल्दै ऊतिर हेरेर चिच्याउँदै थिई । “रातको ड्युटी सिद्धिएन भनेको ?” लोग्नेले पछाडि फर्केर उसलाई छोटो उत्तर दियो । “आजको एक रात छ ।” त्यो सुनेपछि ऊ फुत्त भित्र पसी ।अहिले च्यान्टीको लोग्ने हवल्दार आफ्नै स्वास्नीले हत्या गरेको अभियोगमा थुनामा छ । ऊ आफ्नो अन्तर्रात्माको यथार्थ नाटक भोगिरहेछ । ऊ आफ्नै मानसिक अल्झनमा छ ।
च्यान्टी उसको अन्तरात्माभित्र पसी ऊ अब रहेन । मानसिक रूपमा च्यान्टीमै परिणत भयो । ऊ च्यान्टी भएर भावभङ्गी प्रदर्शन गर्न लाग्यो । च्यान्टी भएर बोल्न लाग्यो । च्यान्टी भएर सोच्न लाग्यो । उसको सम्पूर्ण आन्तरिक अस्तित्व च्यान्टीसँग साँटियो । उसका सबै बोलीहरू च्यान्टीका बोली मात्र भए, उसको आफ्नो भएन । केवल च्यान्टीको अस्मिता मन मस्तिष्कमा बोकेर उसले सबै व्यवहारको निर्वाह गर्न थाल्यो । जेलभित्र ऊ आफैंलाई चिट्ठी लेख्ने गथ्र्यो च्यान्टी भएर च्यान्टीकै भाखामा । जेलभित्र टुक्रुक्क बस्थ्यो, कम्मलले उसका घुँडा ढाकेको हुन्थ्यो । कलम र कापीमा तल्लीन हुन्थ्यो ऊ ?
जेल निरीक्षणमा आएको एउटा पत्रकारले बाहिर गार्डलाई प्रश्न ग¥यो । “भर्खरै यो मानिसलाई खाना ल्याएर दिने को हो नि यसको ?”
गार्डले जवाफ दियो “काका रे यसको ।”
पत्रकार(“आफ्नै काका ?”
गार्ड( “आफ्नै रे ।”
पत्रकार (“त्यो लेखिरहेको कापी लिन सकिन्छ होला ?”
गार्ड(“अनुमति छैन ।”
पत्रकारले एउटा हरियो नोट गार्डको खल्तीभित्र खुसुक्क हालिदियो र जेलभित्रको त्यस मान्छेलाई उसले लेखिरहेको कापी दिनको लागि इसारा ग¥यो । उसले पनि अत्यन्त आज्ञाकारी भएर उक्त लेखेको कापी बिस्तारै ल्याएर पत्रकारलाई खुरुक्क दियो र उही पूर्व आसनमा टुक्रुक्क बस्यो ।
एक वर्षको जेल जीवनपछि त ऊ पूरै नारीवादी बनेर । च्यान्टीको भाखामा यसरी चिट्ठी पो लेख्न थालेछ । त्यो एउटा स्वतः आत्मप्रवाह भएछ । पत्तो नपाई ऊ नै अब च्यान्टी बनेछ ।
त्यस कापीमा लेखिएको केटी पर्सिपल्टको एउटा साप्ताहिकमा निस्कियो । शीर्षक थियो “बन्द ओठभित्रको मूक बोली” र यसमा उसले लेखेको चिट्ठी यस प्रकारको थियो –
“च्यान्टी म तँ भएर आफूलाई यो चिट्ठी लेख्दैछु । यो चिठीको सबै भाखा तेरै भाखा हो । यसलाई तँ अवश्य पढ् है ? बाँचुन्जेल मैले तँलाई बुझ्न सकिनँ तर अहिले म तैं भएर तेरो भावना लेख्दैछु । यो मेरो अन्तप्र्रवाह भन्नु मैले तँलाई बुझ्न खोज्नु हो है । यसलाई तैंले पढि दे हैं । सम्झी कि यो तेरो चिट्ठी हो, तैंले मलाई लेखेकी । के तँ आफ्नो चिट्ठी पनि पढ्दिनस् त ? पढ्छेस् हगि तँ ? पढ है ?”
“मायालु मेरो जुँघे बूढो, म अहिले तिमीलाई सत्य कुरा लेख्दैछु । शायद तिमीलाई यो तीतो लाग्ला तिम्रो जुँघासँगको मेरो जीवन भयो, र कर्तव्य भयो भन्दैमा जिन्दगीभरिनै के मैले तिम्रै जुँघामा पीङ खेलेर र सुरेली खेलेर बिताउनु भन्ने छ ? के तिम्रो जिन्दगी पनि म एउटी नारीसित मात्र थियो ? तिम्रा पनि त अरू थिए नि । मैले चाहेको घडीमा मेरो इच्छाअनुसार कुनै परपुरुषसँग मित्रता वा मनोरञ्जन गर्नु के मेरो व्यक्तिगत स्वतन्त्रता होइन ?तिमी मसित रुष्ट छौ किन कि मैले तिम्रा काका याने कि तिम्रो अर्थमा एक पर पुरुषसँग शारीरिक सम्बन्ध राखें मैले तिम्रो सन्तान जन्माइदिने मेसिनको भूमिका खेल्न सकिन । तर बुझ्यौ ? म तिम्रो बीजको सन्तान जन्माउँ वा कुनै पर पुरुषको, यो मेरो व्यक्तिगत कुरा हो, त्यसमा तिम्रो केको हस्तक्षेप ? तिमी कहीं कतै कसैको गर्भबाट बच्चा जन्माउने स्वतन्त्रताको चयन गर्न सक्छौ भने म त झन् किन नसकुँ ?
के मेरो आफ्नो शरीरको मामलाप्रति पनि मेरो पूर्ण अधिकार छैन ? के म तिम्रो दासी हुँ ? तिम्रो अनाज खाएर तिमीले भने बमोजिम चल्ने म तिम्री पाल्तु कुकुर्नी हुँ ? के म तिम्रो चार पर्खालभित्रको झ्यालखानामा कैद पारिएकी तिमी पाल्तु एकलौटी वेश्या हुँ ? शताब्दिऔंदेखि मेरो अस्मिता खोस्ने तिमी को हौ ? मेरो स्वतन्त्र नारी अस्तित्व र मन मनस्थितिलाई तिम्रो धर्मको प्रपञ्च र राजनीतिको अङ्कुशले कुँजो बनाएर आघात पा¥यौ । यस्तो गर्ने तिमी को हौं ? तिमीले यो अधिकार कहाँबाट पायौं ? देखावटी स्वतन्त्रताको नाममा, धर्मको नाममा र राजनीतिको नाममा तिमी जस्ताले म जस्तालाई निरीह बनाएर शोषण गरेका छौं बलात्कार गरेका छौ, हत्या गरेका छौं । म मेरो जीवित र जागरूक आवाज सुन्न चाहन्छु । कहाँ छ त्यो मेरो मौलिक र अलौकिक आवाज ? मलाई तिम्रो समाज, कानुन र संस्कृतिको प्रपञ्ची रङ्गले पालिस लगाउनु पर्दैन । म मेरै मौलिक कान्तिको चमकमा उज्यालिन चाहन्छु ।
मैले सन्तान जन्माउने, नजन्माउने, कतिवटा जन्माउने र कसबाट जन्माउने भन्ने कुरा मेरो आफ्नो निजी निर्णयको विषय हो । यसमा तिम्रो हस्तक्षेप हुन पाउँदैन । तिम्रो शरीरको प्रकृति र व्यवहारमा मैले कहिले चासो देखाएकी छु ? कहिले हस्तक्षेप गरेको छु ? मेरो शरीरमाथि तिम्रो त्यति नै अधिकार हुन्छ जति म तिमीलाई दिन चाहन्छु म त केवल तिम्रो मित्र मात्र हुन चाहन्छु तटस्थ सहृदयी सहयागी भित्र तर तिमी मेरो शरीरमाथि साम्राज्यवादी उपनिवेश खडा गरेर पूर्ण निरङ्कुश शासन जमाउन चाहन्छौ । यो तिम्रो अनाधिकार चेष्टा हो । यदि संसारमा स्वतन्त्रता स्थापना गर्नु छ भने मेरो (नारी) शरीरलाई इज्जत गर्न सिक र तिम्रो भूमिमा स्वतन्त्रताको सुरुवात मेरै शरीरलाई स्वतन्त्रता प्रदान गरेर गर तर यो कुरा राम्ररी बुझ कि मेरो शरीर तिम्रो उपनिवेश होइन, कदापि होइन, हुँदै होइन ।
मेरो तिमीलाई प्रेम नभएको भए शायद म तिमीलाई यो पत्र लेख्ने पनि थिइनँ । मैले मेरो जिन्दगीमा प्रेमपत्र भन्ने चिज लेखेको वा देखेको छैन । मेरो पहिलो र आखिरी प्रेम पत्र यही हो तिमीलाई । यसलाई तिमीले जतनले राखे है ? मायाले व्यवहारमा परिणत गरे है ? तिमीले हत्या गरेकी च्यान्टी तिम्रो, सुखी जीवन र भविष्यको कामना यिनै भावनाबाट गर्न चाहन्छे । बिदा ! बिदा !
एक अपराधीकी मृत (हत्याबाट) स्वास्नी च्यान्टी, यमलोक
(स्रोत : मधुपर्क पौष २०५९ अङ्क 35 :: No. 08 December 2002 – January 2003. )