कविता : सुशासनको चाहना

~डिल्लीराज आचार्य~

सुकिला मान्छेहरुको वस्ती बन्न सक्दछ जंहा
शानले जब बस्दछन् रमाउदै सम्बृद्धिका साथमा
सबैको जीवन फुल्ने बाटीका बन्दछ जुन पवन
नभई अभाव कंही कतै, सदा शान्ति र अमनचयन ।१।

त्यही हो सुशासन भूमि यही हो चाहना सबको
नलागेर कर्ममा त्यस खातिर बस्नै सक्दछ अब को ?
आउँ मिलेर लागौं सबजन, सुशासन कै चिन्तनमा
आउँ रमेर बसौं बनाई सुन्दर, प्रिय नेपाली भूतलमा ।२।

सृष्टिको सुन्दर बाटीका यो हिमऋृंखलाको काखमा
श्रमको पसिनाले सिञ्चन गर्न ज्यावल लिई हातहातमा
पिउदै झरनाको चिसो पानी उन्मुक्त भावनाका साथमा
आउँ सजाँउ लाली गुराँस चमेली चम्पा र जुइ माथ माथमा ।३।

अहा कति मनमोहक छ यो भूमिका जाति जनजातिको भेष
लोभिन्छन् परदेशीहरु देखी ऋृंगारिक यो अतूल्य माटोको देश
प्रकृतिको बरदान नै हो हेर यो सुकर्मको लागि सधै तल्तल
सुशासनमय सुकर्मले बनाउ श्रीबृद्धिकासाथ यसलाई झलमल ।४।

सुशासन कर्म हो सबको जो छौं राष्ट्रसेवाको कर्तब्य पथमा
सुशासन धर्म हो सबको यही नै मर्म छ हाम्रो सेवाकै शपथमा
नझुकी कर्तब्य पथमा कँही कतै राखेर सदा अटल उच्च शिर
आँउ जुटेर लागौं उत्साहित भई जागौं सुशासन कै खातिर । ५।

नर्बिसौं छैन अरु केही सुशासन मात्र एक लक्ष्य हो राष्ट्रसेवाको
यही हो सबको बर्तमान र भविष्य आफ्नो र आफन्ति सन्ततिको
सुशासन शासनको स्वरुप हैन यो त मानवताको रक्षक र सम्बर्धक हो
सुशासन बिना छैन कतै शान्ति, बिकास र श्रीबृद्धि मानव जीवनको ।६।

डिल्लीराज आचार्य
२०६९ बैशाखा १०, पोखरा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.