~डिल्लीराज आचार्य~
बत्ती आएन
न तातो पानीले नुहाउन पाइयो
न कम्प्युटर चलाउन पाइयो
धत् ! कस्तोवेला राजधानी आइयो ।१।
बत्ती थियो तर गयो
सबै काम ठप्प भयो
न्यायका उपभोक्ताहरु रन्कीन थाले
असक्षमताका पित्ले माँखांहरु
आप्mनै नाक अगाडि भन्किन थाले
राजधानी त यस्तो पो रहेछ
बीस वर्षपछि राजधानी आएपछि चालपाइयो
धत् ! कस्तोवेला राजधानी आईयो ।२।
नचाहिएको रातमा बत्ती आउंछ
बिहानीको कठ्यांग्रीदो समयमा
चिसो सिरेटोले मुख बाउंछ
चांहिदा बिजुली बत्ती छैन
चाहिदा प्रयोग गर्नेगरी
तारमा राखौं भनेपनि
जम्मा गरेर राख्न पाईदैन
भर्टर वा इनभर्टर के हो ?
राजधानीको अड्डामा त्यो पनि छैन
न मैनबत्तीले कम्प्युटर चल्दछ
न मैनबत्तीले ओभन बल्दछ
ख्बै चुपाचाप कसरी बसूं
अन्धकार छाइसक्यो
बत्ती बिनाको राजधानी
यस्तै यस्तै हुदो रहेछ चाल पाइयो
धत् ! कस्तोवेला राजधानी आइयो ।३।
बधाई रे ! यस्तोको आगमन पनि
नयांपन रे ! यस्तो अध्यारोपन पनि
खित्का छोडेर हाँसौं लाग्दछ
फेरि भित्रीमनमा
जस्तो भएपनि
आप्mनै त हो भनेर ठिट पनि जाग्दछ
बुझदै जांदा त
सबैखाले बिकृतिको केन्द्र पो रहेछ राजधानी
एक महिनाकै बसाईमा चाल पाइयो
धत् ! आउनै नहुने जस्तो रहेछ राजधानी
यस्तोवेला, बेकारमा पो राजधानी आइयो ।४।
डिल्लीराज आचार्य
पुस २०६५ , पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)