~नेकी धनेन्द्र~
डुब्नै लागेको डाँडामाथिको जुनलाई सम्झेर उसको आँखाबाट आँशु तरुक्क चुइयो । आँशुको मुर्दापना देखेर सगरमाथा जस्तै सलक्क परेको नाकको डारी शोकमा डुब्यो । दश वर्षे जनयुद्धको बेला नेपाल आमाले पाएको दुखदायी पीडा भन्दा पनि बढ्दा देखिन्थ्यो उसको जिन्दगी । युद्धवीरको भाइ जोरले चिच्यायो ‘‘बुवा दाइको विदेश जाने भिस्सा आएछ, अब दाइले मलाई पढाउनु हुन्छ चिन्ता खलास ।’’ अल्लारे पारामा उसले बुवालाई एकाविहानै शुभ समाचार सुनायो । सूर्योदय भएको थिएन हुस्सु लागेर डाँडाहरु नव दुलही जस्तै घुम्टो भित्र सजिएका थिए । लाजको सीमा हट्ने दिन पनि आइसकेछ किन कि ऋतु परिवर्तन हुँदै थियो । ‘‘ओ हो ! २५ वटा बसन्त पो पार भएछन्, नेपालीले जम्मा सरदरमा ६० वटा बसन्त काटे पुगिहाल्छ ।’’ ‘अहिले सम्म केही गर्न सकिएन’ उ यस्तै कुरा मनमा केलाउँदै ओछ्यानबाट गहभरि आँशु बनाई निरिह भएर उठ्यो । त्यही कोठाको झ्यालबाट उसले आफूलाई निहालिरहेको सेताम्मे हिउँ परेको टाउँका देखेर लजाउँदै झटपट हाते रुमाले सर्लक्क आँसु पुछ्यो । दलालले फोन गरेर एका विहानै भिस्सा आइसकेको खबर गरेको थियो । त्यो कुरा साहेद युद्धवीरले जानकारी पाएको थिएन । उसका बाउआमा भर्खर जन्मेको बच्चालाई जस्तै अगाध माया बोकेर उसको सामुन्य गए, म्वाइ खाइदिउ कि जस्तो भयो, अंगालो भरि राखँौकी जस्तो भयो ।
उमेर छिप्पल भैसकेको बौद्धिक र आदर्शवान युद्धवीरको व्यक्तित्व देखि डराउँथे फलस्वरुप उनीहरुलाई भित्रै देखि पलाएको स्नेह प्रकट गर्न मुस्किल भयो । मनभरि बोकेको माया प्रकट गर्न नसके पनि उसकी आमाले रोष प्रकट गर्दै भनिन ‘‘वि.एड.सम्म त साहु ऋण गरेर मुस्किलले पढायौं त्यो भन्दा माथि कसरी पढाउने ? पछाडि भाइ बहिनी पनि पढ्दैछन् तेरा श्रीमति र छोरालाई पनि हेर्न प¥यो, बाउको जागिर भएपनि हुने हो, यस्तो बुढेसकालमा पनि हलो छुटेको छैन । अहिले सम्म तेरो पनि जागिरको ठेगान भएन । भर्खर एस.एल.सी र पलस टु पास भएकाहरु मच्चिएरै जागिर खान्छन्, नेताहरु पनि भोट माग्दा खेरि मात्र आश्वासन बाड्न हतार गर्छन्, चुनावपछि उनीहरुलाई भेट्न मात्र एक हप्ता भन्दा बढी पर्खिनु पर्छ, आफन्तहरुलाई मात्र जागिरको मेलो जुराउँछन्, अंग्रेजी विषय लिएर स्नातक पास गरेको यतिका वर्ष सम्म पनि कतै जागिरको सम्भावना देखिएन, यही भएको जग्गा थियो त्यही पनि बन्धगी दिएर यसरी विदेश जाने बाटो बनाइदिएको छौं । यसमै चित्त बुझाउनु पर्ने भयो । ’’ आँखाबाट ताल फुटाएर सागर जस्तै उर्लिइन ।
युद्धवीरको बाउले ‘तेरो भिस्सा आइसकेको छ अरे एकछिन फोन गरेर राम्ररी कुरा बुझ्नु है ।’ छोरालाई सम्झाउँदै भन्यो । भक्कानिएको मुटुलाई समाल्दै युद्धवीर चुपचाप बाहिर निस्क्यो । छेडाखोला र सिस्नेखोलाको दोभानमा जाल हान्दै गरेका मान्छे निहाले पछि कोठा भित्र पसेर सुन जस्तै बाकसमा राखिएको राहधानी झिकेर आफ्नो सानो मनि व्यागमा राख्यो । विवशता भित्रको अनौठो कौतुहलता र रहरले दलाललाई फोन गर्न थाल्यो । दुइदिन भित्र काठमाण्डौं पुग्नु पर्ने ताकेता रहेछ । उसले त्यत्ति कुरा बुझ्नसाथ फोन काट्यो । सिस्ने र छेडा खोलाको नबुझिने संगित खुब मजाले घन्कीरहेको थियो । उसले प्रमाण पत्रका चाङ्गलाई सुटकेसबाट झिकेर क्रोधित हुँदै बम पड्काझै झ्याइए बनाएर छरछिटेन पार्दै नागरिकतालाई कालो कम्मरमा भिड्ने मनि व्यागमा घुसा¥यो । अनुहार रातोपिरो बनाउँदै घरका सबै परिवारका फोटाहरु सानो एल्बममा कैद गरायो । उसका घरपरिवार र उसलाई समेत आज नै विदेश जान हिड्छु भन्ने लागेको थिएन तर पनि भिस्सा लगाए यता पैसाको जोहो भने गरिसकेका थिए, उही भात खाने गैरी खेत बन्धकी राखेर । उनीहरुको मनमा धान फलेको खेतबारी झै आँशा झुलेको थियो । उसको स्वास्थ्य परिक्षण र पासवर्ड बनाउँदा ५० हजार रुपैया लगानी भैसकेको थियो । उड्नका लागि मात्र उसलाई तिन लाख रुपैयाँ जुटाउनु परेको थियो । उसले आफ्ना आमा बुवा, भाई बहिनी र श्रीमतिलाई आज नै विदेश जान काठमाण्डौं पुग्नु पर्ने उद्र्धी आएको बतायो । उसको छोरा भर्खर दुइ वर्षको भएकाले तोते बोलि गथ्र्यो । यस्तो अवस्थामा अत्याधिक मायाले सताउने भएकोले युद्धवीरले छोरालाई सुम्सुम्याउँदै चुम्बनै चुम्बन दियो । उसले आफ्नी श्रीमतिलाई राम्रोसँग सिकाउनु अह्राउनु नगरेरै जान परेको भयाबह पीडालाई मनोदशा ठानेको थियो । गाउँ घर वरपरका वस्वजनहरु घरमा जम्मा भएका थिए । आज नै दशैं होला जस्तै गरि उसको निधारमा टिका लगाइदिने थुप्रै जम्मा भए । निधार भरि टीका र घाँटी भरि माला बनाएर उसलाई विदाई गर्न थालियो । वन, पाखा, हावाका झोक्का, सानो र सुन्दर गाउँको शान्त वातावरणले मन्द मुस्कान बाडिरहेको बेला उसले प्रकृतिसँग क्षमा माग्दै फेरि भेट्ने बाँचा सहित अगाडि बढ्यो । उ भन्दै थियो ‘यही माटोमा केही गर्ने रहर थियो मेरो पनि समयले मान्छेलाई जस्तो पनि बनाउन सक्दो रहेछ ।’
गाउँको मुनितिर छेडा र भेरिको तिरतिरै मुटु कलेजो बत्तालिने सडकको यात्रा गर्न थाल्यो । ठाउँ ठाउँमा त यात्रुहरुलाई झारेर मात्र गाडि अगाडि बढाउन थालियो । अचेत अवस्थामा उसले सिम्ता राकम पुगेको पत्तै पाएन । सबै बसबाट ओर्लिएर भर्खरै एथलेस्टिक गेम सुरु भएझै दौडको प्रतिस्पर्दा गरिरहेको देखेर झसङ्ग होस खुल्यो उसको पनि । १५ मिनेट पछि उ सल्लीबजार पुग्यो । भेरी नदिको व्रिज पुल बनाउन लागेको करिव १० वर्ष बढ्ता भएको उसलाई ज्ञान रहेछ । युद्धवीर यो देशका यस्तै भताभुङ्ग संरचना देखेर आजिद हुने गरेको पहिलो पटक भने होइन । उसको ठाउँमा पनि यसरी नै पैसा कुम्ल्याउने धेरै राजनीतिक दलका कार्यकर्ता र ठेक्केदारहरु जमना देखि चिनेको छ । संम्भव त उ विद्यार्थीकालमा धेरै पार्टी पंत्तिमा घुलमिल हुने मौका पाएको पनि महशुस गरिरहको छ कुनै पनि संगठनमा खुलेरै नलागेकोले सबैले उसलाई मेरै मान्छे हो भन्ने गर्नु अनौठो कुरा थिएन । उसलाई काम भिडाउदा मात्र सबैले आफ्नो सम्झन्थे अवसरहरु आएमा आआफ्ना आफन्तलाई अगाडि उभ्याउँथे । यसले गर्दा युद्धवीरको पारो तातेर आउँथ्यो कति ठाउँमा त आश्वासन समेत खाएर लाज पचाउँन बाध्य भयो ।
उसको सल्लीवाजरबाट ४ वजेको बसमा काठमाण्डौं तर्फ यात्रा शुरु भयो । लामो यात्राको क्रममा रिङ्गटा लाग्ने र बान्ता पनि हुन सक्ने डरले पेट चिसो बनाउँदै थियो ।
अघिल्लो पटक पासवर्ड र भिस्साका लागि काठमाण्डौं जाँदा ठाउँठाउँ बान्ता भएर बडो मुस्किलले यता उता गरेको थियो । मनी ब्यागलाई कपडा हालेको झोलामा घुसाउँदै भेरी नदिको निलाम्मे अनुहारलाई एकत्रित भएर निहालि रह्यो । कच्ची सडकमा बसको झ्याक्क झुक्कलाई जित्न नसकेर कति कति बेला टाउँकोमा टुडुल्नाहरु पनि उठ्ने गरेका थिए । सिट भेरी नदीतिर परेकाले वारीपारीका रमाइला र उराँठिला पाखा पखेरा र नदीका प्रत्येक चाललाई आफ्नो मनोरञ्जनको साधन बनाउँदै थियो युद्धवीर । भेरी नदिको मुखबाट चिसो स्वास आइरहेकाले उसलाई चरम आनन्द आइरहेको थियो तसर्थ उ भुसुक्क निदाएछ । रातभरिको यात्रा पछि विहान उ काठमाण्डौं पुग्यो । दलाललाई फोन गरेर आइपुगेको जानकारी गरायो । उनीहरुले आफ्नो अफिसमा आउन आग्रह गरे । हलुङ्गो एकजोड कपाड हालेको झोला सहित गह्रौ परिस्थिति बोकेर उनीहरुको कार्यालयमा पुग्यो । उसलाई आइपुगेको नदेखेर क्या ठिस मान्छे रहेछ यार अहिले सम्म पनि आएन चुरोटको मुल्टोसँगै उनीहरुको ध्वनी युद्धवीरको कानमा ठोक्किएर बाहिरी सकेको थियो । युद्धवीरले लजाउलान भनेर बाहिर खुट्टा जोरसँग भुइमा ठोकेर हत्तेरी धन्न पल्टेको भन्दै उनीहरुको ध्यान आफूतिर खिच्यो । ओ हो ! तपाइकै कुरा गरेर बसका थियौं आयु त लामै छ कि क्या हो, चुरोट सल्काउँदै रातो कपाल आकाशतिर ठड्याएको गहुगोरो मान्छेले कुर्सिबाट उठेर युद्धवीरलाई स्वागत ग¥यो । अरु दुइजना चुपचाप बसेका छन् शान्तवातावरणलाई चुरोटको धुवाले उद्यम मच्चाइरहेको थियो ।
युद्धवीरलाई जाड, रक्सि, चुरोट, सुर्ति, श्यामबहार र तास देखेपछि मनमा क्रान्तिको ज्वाला दन्किन्थ्यो तर आफ्नो कामका लागि मौन बसेर रिसलाई थाम्यो । त्यसमा पनि बेलाबेला भित्रैदेखि ज्वालामुखि विष्फोट हुने डर थियो झन त उसले सल्काएको चुरोट युद्धवीरलाई दिन थाल्यो ‘होइन सर मलाई रुघा खोकी लागेको छ’ भनेर पञ्छायो । युद्धवीरले कार्यालय राम्ररी चिहायो आफ्नो कोठा भन्दा पनि हजार गुण अव्यवस्थित देख्यो उसलाई मनको बाघले झम्टन थाल्यो । रेडियो र पत्रपत्रिकाबाट बुझेको थियो ‘‘काठमाण्डौंमा दलालहरुले पैसा धुतेर कयौं मान्छेको भविष्य डामाडोल पारेको ।’’ उसको भिस्सा आइसकेकोले मनको बाघको झम्टाइलाई टार्दै उनीहरुसँग लामै कुरा ग¥यो । पुसमाघको रात जस्तो बसाइ पछि बल्ल थाहा भयो उनीहरु दुई जना पनि विदेश उड्नको लागि आएका रहेछन् । तिनै जनाले एकै ठाउँमा काम गर्नु पर्ने जयसिंह गुप्ता (रातो कपाल आकाशतिर ठड्याएको गहुगोरो यही म्यान पावर कम्पनीको दलाल) ले बतायो । ‘भोलि ४ वजे तपाइहरुको फलाइट हुने भएको छ, क्यास आज नै जम्मा गर्नु पर्छ’ जयसिंह गुप्ताले फेरी अर्को चुरोट सल्काउँदै भन्यो ।
‘‘काम पनि राम्रो पाउनु भएको छ तलब पनि यो तिन लाख जाबो त तिन महिना मै कमाउन सक्नु हुन्छ । तलब मात्र चोख्खो नेपालको ७० हजार छ । वटी गर्ने हो भने पैसाको त धुइरै छुटाएर ल्याउन सकिन्छ । अझ अरु म्यान पावर कम्पनीहरुले त भिस्सा लाउँदा नै रकम पुरै असुल गर्छन हाम्रोमा त्यो छैन् भिस्सा आएर उड्ने फिक्स भैसकेपछि मात्र पुरै रकम असुली गछौं ।’’ उनीहरुलाई मोटिभेसन गर्दै जानकारी गरायो । यस अघि महिनौ बसेर पचास हजार सकाएर गएको युद्धवीर जयसिंह गुप्ताले फेरि उही कुरा दोहो¥याइ रहेकोले ध्यान दिएर सुनेको थिएन । युद्धवीर बरु साँघुरो कोठामा चुरोटको धुँवा र श्यामबहार थुकेको गन्धले कतिखेर बाहिर निस्कन सकिएला भनेर सोच्न थाल्यो । अरु भन्न बाँकी रहेको कुरा सम्झदै जयसिंह गुप्ताले भन्यो ‘‘हेर्नुस खास त्यो देश जानलाई आठ लाख रुपैया लाग्छ, पछि कम्पनीले पाँचलाख रुपैया उतै तपाइहरुको तलबबाट किस्तामा कटाउँछ ।’’ खास यही कुराले युद्धवीरमा कम्पनीले ठग्दैन भन्ने आत्मा विश्वास पलाएको थियो । तसर्थ ढुक्क साथ उसले यत्रो पढी लेखि पनि विदेश जाने मनसाय बनाएको हो । युद्धवीरले झोलाबाट पैसा झिक्नु पूर्व उसको आँखा अगाडि त्यही गैरी खेत आयो । उ सोच्न बाध्य भयो ‘‘मेरो घरपरिवार के खाएर बाँच्लान मेरो कमाइको ठेगान नहुन्जेल ?’’ अर्को मनले भन्यो ‘हुन त मासिक रुपमा दश हजार घरमा पठाएर बाँकी साठी हजार चोखो बचाए पनि गैरी खेत उकास्न गाह्रो नहोला । पाँच, छ महिना भित्रै सबै ऋण चुक्ता गर्न सकिन्छ होला ।’ एकाग्र भएर मनोबादमा व्यस्त भएपछि अरु दुइजनाको पैसा गन्दै गरेको दलालको आँख र ओठमा युद्धवीरको नजर अडियो । कुनै स्वर्गकी अप्सरासँग सहवासको पूर्व सन्ध्यामा लोलाएका जस्तै नैन र हिमालले विहानीपख घुम्टो खोल्दाको क्षण जस्तो उसको ओठमा मुस्कान भेट्यो । अब युद्धवीरको पैसा बुझाउने पालो पनि आयो उसले कम्पित जिउलाई नियन्त्रण गर्दै अकाशतिर ठड्याएको रातो कपालको ढ्वाङमा तिनलाख रुपैयाको आँठो छिरायो । पैसा गनेर सकेपछि उनीहरु सबैलाई आवश्यक प्रमाण दिएर पठायो ।
काठमाण्डौंको समान्य होटलको बसाई भारी मात्रमा लोडसेडिङ्ग हुने ठाउँ, बागमतिको नमिठो गन्ध चारैतिर फैलिएको हुन्छ तै पनि विलासी जिन्दगीका लागि यो नै स्वर्ग रहेछ । युद्धवीर होटलको कोठामा पुगेपछि अनेकौ सोचाइको मत्थरको विचमा ठिङ्ग उभियो । खाना खाने समय भएकाले उसलाई वेटरले बोलायो । उ झस्किदै ‘ओ हो ! राति भैसकेछ है ल ! ल ! खाना पस्कदै गर म आइहाले’ कपालमा जुम्रा सगसग गरे जस्तो गरि हातका औलाहरुले टाउँको कन्याउँदै भन्यो । विदेश उसको लागि नर्ग हो या स्वर्ग हो ? मान्छे मरेपछि मात्र स्वर्ग र नर्गको अनुभूति गर्न सक्छ । त्यो भन्दा कम चासो र हुटहुटी थिएन युद्धवीरलाई । उता घरपरिवारसँग विछोडिदा पीडा र स्नेहले वर्षायाममा दर्किएको जमिन जस्तै गरि छाति दर्किरहेको थियो । खाना खाएर आयो अनि ओछ्यानमा पल्टिेर निदाउने प्रयास ग¥यो । रातिको एक वजे सम्म पनि उ निदाउन सकेन । रातिको दुइ बजेदेखि विहान आठ बजेसम्म निदाएछ । काठमाण्डौंको बाहिरी वातावरण कोलाहलमय थियो उ ब्यूझियो । उसले आफ्नो गाउँको नबुझिने सिस्ने र छेडा खोलाको संगीत काठमाण्डौमा सुन्न पाएन । फेरि उसको मानसपटलमा विभिन्न तर्क वितर्क सहितका विचारहरुले ओहोर दोहोर गर्न थाले । बुरुस र मञ्जन झोलाबाट झिकेर दाँत माझ्दै अतेजबाथरुम भित्र पस्यो । विहानको नित्यकर्म सकेर अतेज बाथरुबाट बेडरुममा प्रवेश गरि जीउमा भएको पानी ट्वालले पुच्दै थियो वेटर चिया ल्याएर आयो । उसलाई चिया खासै नरुच्ने भएपनि ल्याएको के फिर्ता गरौं भनेर थोरै चाख्यो मात्र । अघिल्लो दिन भेट भएका एउटै कम्पनीमा जान लागेका साथीहरुको फोन नम्बर टिपेर ल्याएको रहेछ । सानो स्पाइरल डायरी मनी व्यागबाट झिकेर मोबाइलमा उनीहरुको नम्बर चढायो । फेरि विहानको खाना खाने समय भैसकेछ वेटरले बोलायो, घडि हेर्दा साढे दश पो भएछ । खाना खाएर कोठामा आएर आधा घण्टा रेस्ट ग¥यो । झ्यालबाट बाहिर काठमाण्डौंका महलहरुमा नजर ठोक्काउदै मन भित्र सन्ताप बटुलेर बाहिर फ्याक्न सकेन । उसको मोबाइलमा भर्खर अगाडि रजिस्टार भएका मोबाइल नम्बरका मालिक हर्कराज र विर्खप्रसादलाई युद्धवीरले फोन लगायो । फोनमा उतै विमान स्थलमातिर भेट गर्ने कुरा गरे । उ आफू बसेको होटलको विल तिरेर नयाँ वसपार्कबाट बस चढेर विमान स्थलतिर लाग्यो । ब्याइलर कुखुरा लादेर लैजादै गरेको जस्तो वसमा उ पनि ब्वाइलरको एक हिस्सा थामेर विमान स्थल पुग्यो । हर्कराज र विर्खप्रसाद अगाडि नै पुगिसकेका रहेछन् । चार बज्न लागिसकेको हुँदा उनीहरु सबै प्लेन भएतिर गेटबाट भित्र छिर्न थाले । हर्कराज र विर्खराजका आफन्त त्यहासम्म पु¥याउन आएका रहेछन् विदाइका हात हल्लाउँदै शुभयात्राका सुभाषिला शब्दहरु ओइ¥याउँदै थिए ।
युद्धवीर मौन देखिन्थ्यो, त्यस्तै गम्भिर मुद्रामा पनि । किन कि उसलाई साथ र समर्थन दिने अघि पछि कोही थिएनन् । त्यसैले उ यति धेरै पढेर पनि विदेशको ढोका घचघच्याउन पुगेको हो । यसरी विदेशिदा पनि दुई पाइला कसैले सहयोग गरेनन् खेत बन्धकी राखेर हिड्नु प¥यो । उनीहरुका त आफन्त काठमाण्डौं नै पुगेछन् । उ त्यही वातावरणको प्रभावले निरास भएको प्रष्ट बुझिन्थ्यो । उनीहरुका आफन्त बाहिरबाट प्लेन भित्र नजाउन्जे एकहोरो विदाइ गर्दै थिए । प्लेन भित्र प्रवेश गरिसकेपछि उनीहरुका आफन्त आफ्नो गणतव्यतिर लागे । प्लेन यात्राको पहिलो पटक अनुभव गर्दै रहेछ युद्धवीर । केही समयपछि प्लेन उड्न थाल्यो उसको कौतुहलताको छिनोफानो गर्दै । उसलाई कुनै उडिरहेको चराको पखेटा माथि बसिरहेको जस्तो महशुस भैरहेको थियो । चक्लेट बाड्दै आएकी एयर हेस्टज गर्ल देखेर उसलाई आफ्नी श्रीमतिको यादले घनीभूत बनायो । उसको मनमा चक्लेट बाड्दै गरेकी गर्लका स्याउ जस्ता गाला कटक्कै पारि टोकौ कि जस्तो भयो । ह्या छि ! कस्तो गलत कुरा सोचेको आफ्नो मनलाई एकत्रित पार्दै चक्लेट मुखमा हाल्यो । समुन्द्रको माथिमाथि प्लेनमा बसेको युद्धवीर मुनितिर निलाम्य गंगा देखेर आङ्ग जिरिङ्ग बनाउथ्यो । लगभग तिस पैतिस घण्टा पछि उनीहरु लेवानको शहरमा पुगे । त्यहा उनीहरुलाई लिन कम्पनीका मान्छे आइपुगेका रहेछन् । काठमाण्डौं भन्दा कयौं गुणा विकासित मुलुकमा पुगेपछि ‘हो रैछ स्वर्ग भनेको स्वगै’ ‘‘भाग्यमा यस्तो ठाउँ हेर्न लेखेको रहेछ किन पाउथे नेपालमा जागिर त्यही भएर म जस्ता स्वालम्बि नेपालीहरु जम्मै विदेश पस्दा रहेछन् । हाम्रो देशमा त जम्मै क्षमता नभएका हरि लट्ठकहरु मात्र देश चलाउने खुटिन्छन् अनि विकास कसरी सम्भव हुन्छ ।’’ उसले कम्पनीको गाडिमा चढ्नु अघि चिउडोमा हात राखेर यही सोच्दै थियो । उ त्यहाको भाषा नबुझे पनि अंग्रेजी भाषा भने सरसर्ती बोल्न र बुझ्न सक्थ्यो ।
कम्पनीका मान्छे पनि अंग्रेजी भाषाबाट नै कुराकानी गर्थे । यतिखेर घरको यादले त्यति साह्रै पोल्न सकेको थिएन किन भने अब उसलाई पक्का पक्कि भैसक्यो कि यहाँ पाँच वर्ष मात्र बसेर कमाइ गरियो भने पनि पैसा टन्नै जम्मा गर्न सकिन्छ । प्लेन माथि माथिबाट हेर्दा चिटिक्कै बसुलाले ताछेर बनाए झै शहरको व्यवस्थापन देख्दा नै चकित भएको थियो । समुन्द्र छेउछाउमा पाने जहाजबाट यात्रु चढाउने र झार्ने बनाइएका रमाइला दृश्य देखेर उ सपनामा हिडिरहेको जस्तो ठान्थ्यो । सानासाना कारहरु मात्र धेरै जसो सडकमा देखेर बच्चा बच्चीका खेलौना हुन कि भन्ने मुढता पनि उसमा देखा पथ्र्यो । गगनचुम्बी महल देखेर किताबमा बनाइएका चित्र हुन कि जस्तो ठान्न थाल्यो । आफ्नो देशमा खोलानाल र पानीले गाउँघर बगाएर विचल्ली बनाएको भोग्दै आएको युद्धवीर यतिखेर महलहरुको विचमा सडक जस्तो पानीको नहर बनाएर त्यसैमा सिप हिडाएर घरघर पुग्न सकिने र त्यो भन्दा माथि केवुलकार सरसर गुडेको देखेर आश्चार्य चकित भयो । एकातिर बस्ती एकातिर खेतीपाती मात्र देख्दा यहाँबाट फर्केर आफ्नो गाउँलाई पनि यसरी नै व्यवस्थापन गर्नु पर्ला भन्ने मनमनै योजना बनायो । उनीहरु तिनै जना नभन्दै एउटै कम्पनीमा परे छन् । जयसिंह गुप्तालाई ‘‘प्रभु राम्रो ठाउँमा पु¥याइदिएकोमा धन्यबाद !’’ नियमित फोन गरेर यसै भन्ने गर्थे उनीहरु । उनीहरुका घरपरिवारलाई पनि काममा लागिसकेको तिनैजनाले जानकारी गराइसकेका थिए । हर्कराज र विर्खप्रसाद खासै लेखापढी नभएकाले उनीहरु नत अंग्रेजी बोल्न सक्थे झन त यो ठाउँको कहिलै नसुनेको भाषा कसरी बुझुन त्यो कम्पनीका मान्छेले इशरा गरेर काम गर्न आदेश दिन्थे ।
युद्धवीरलाई यस्तो ताल देखेर अलि अलि रिस अलि अलि दया लागेर आउँथ्यो । उनीहरु घरबाट आएको करिब एक महिना पुग्न थालेछ । नेपाली महिना र गते डिजिटल घडिमा सेभ गरेको रहेछ घडिको एकछेउको किला दवाउँदै युद्धवीरले आफ्ना साथीहरुलाई ‘हामी आएको भोलि एक महिना पुग्छ’ भन्यो । हर्कराज र विर्खप्रसाद फलामका सामानहरु स्टोरमा राख्नका लागि बामे सर्दै गरेको बच्चाले झै मुस्किलले ओसार्दै थिए । युद्धवीरले उनीहरु जोतिएको तस्वीर आफ्नो जीउमा पनि देख्यो र झल्यास्स भयो । उसले नजिकै एउटा प्वालबाट कमिलाहरु प्वाख लगाएर उडिरहेको दृश्य देख्यो । हिजो सम्म ती कमिलाहरु उनीहरु भन्दा पनि लगनशिल भएर काममा व्यस्त देखिन्थे आज उनीहरुको पखेटा पलाएर खुल्ला आकाशमा चरी जस्तै उड्न थाले यो चमत्कार देखेर युद्धवीरले भन्यो ‘‘ओ हो ! गजबको प्रगति भएछ । हिजो सम्म कमिलाहरुलाई आफू भन्दा परिश्रमि र दुखारी सम्झन्थे ।’’
उनीहरुलाई दलालले राम्रो काम छ भनेर पठाएको थियो तर फलाम खानीमा पो पठाएछ । ‘यस्तै फलाम खानीमा काम गर्ने कयौं मान्छे अपाङ्ग भएका थिए । कयौले अकालमै ज्यान गुमाएका थिए ।’ ‘बाहिरबाट हेर्दा अचम्मको चमत्कार देखिने यो शहरमा कामदारहरुका लागि भने गाइगोठ सरह नै रहेछ ।’ ‘‘जुन काम भन्यो त्यही गर्नु पर्ने जहा भन्यो त्यही पल्टिनु पर्ने भेडाबाख्राहरु जस्तै भएर बाँच्नु रैछ एउटा अधिकृत बराबरको हैसियत भएको मान्छे, समयले कस्तो ठाउँमा पु¥याएछ,’’ युद्धवीरलाई कहिले काही यस्तै कुरा सम्झेर खुब रिस उठेर आउँथ्यो । तै पनि गैरी खेतले बेलाबेला झस्काउँदा चुपचाप करतुत सहेर बस्थ्यो । एक महिना उसलाई एक वर्ष भन्दा बढ्ता लाग्न थाल्यो । एक महिनाको समय अबधिमा तिनै जनाले आआफ्नो पारिवारिक परिचय पनि एकअर्का विच आदान प्रदान गरिसकेका थिए । हर्कराज युद्धवीर भन्दा एक वर्ष कान्छो थियो हर्कराज भन्दा विर्खप्रसाद दुइ वर्ष कान्छो रहेछ । हर्कराज भर्खर विहे गर्न साथ यता आएको रहेछ, विर्खराज भने अविवाहित । गाउँघरका अलि खानदानकै मान्छे रहेछन । उनीहरुलाई साहु ऋण गरेर विदेश आउनु परेको रहेनछ । अर्को दिन पुनः उही ठाउँमा काम गर्न जाँदा युद्धवीरका आँखा कमिलाहरु भुइमा पोखिएका ठाउँतिर मोडिए । शवयात्रा गरिरहेका अन्य कमिलाहरुलाई नियाल्दै भन्यो ‘‘मेहनतले धेरै दिन बाँच्न सिकाएको थियो एकै दिन प्वाख आएर आकाशको जुन छुन्छु भनेर उडेका कमिलाहरु सबै खातिए छन् ।’’ उसले ती कमिलाहरुको जिन्दगी मान्छेसँग दाँजेर हे¥यो कुनै फरक लागेन ।
मान्छे पनि धेरै मात्तिए पछि उभो हुन सक्दैन यस्तै सोचविचारमा चुर्लुम्म डुबेर सामान ओसार्न विर्सिएछ । प्रहरी गेटमा आएर उभिएका रहेछन् । युद्धवीरले प्रहरी आएको देखेर उनीहरु जस्तै आफ्नो काममा तल्लीन भयो । प्रहरीले उक्त कम्पनीका पुरै कामदारको भिस्सा चेक गर्न थाल्यो । युद्धवीर, हर्कराज र विर्खप्रसादसँग भिस्सा पासमै भएकाले स्वतन्त्र रुपमा बसे । प्रहरीले चेक गरिरहेको भए पनि वास्तै नगरि पालो नआउन्जेल आफ्नै काममा व्यस्त रहे । कतिलाई पक्राउ ग¥यो उनीहरुलाई मतलब भएन । ‘‘गलत बाटो भएर आउने पक्राउ पर्छ के ठूलो कुरा भयो !’’ युद्धवीर आफ्ना ती दुइ साथीसँग यस्तै आदर्श छाट्दै फलामको एक कुइन्टलको भारी उचाल्दै थियो । प्रहरी चेक गर्न आएको संकेत पाएपछि भारीलाई थाति राख्दै आफूसँग भएको भिस्सा देखायो । प्रहरीले उसलाई दुइचार जना भएको लाइनमा बसाल्यो । क्रमशः उसका दुइटै साथीलाई त्यही लाइनमा पठायो । युद्धवीर आफूसँग प्रमाण भएकोले छुट्टै लाइनमा बसालेको भन्दै गर्भ गर्न थाल्यो । चेक गरेर सबैजना भ्याइएछन् । फिल्मको पर्दामा आए झै उसका अगाडि प्रहरी आएर हत्कडि लगाउन थाल्यो । उसका आँखा प्रचण्ड घामबाट निश्पट्ट अन्धकारमा पुगेझै तिरमिराए । रिसले मुरमुरिएर आगोको लप्का जस्तै आँशुका थोपा तप्कायो । उसका साथी र उ लगायत छ जना नेपाली कामदार इलेगल पाइएको सुचना त्यहाबाट प्रहरीले कार्यालयमा जानकारी गराइ रहेको थियो । उसको मुटुको धड्कन रोकिएला जस्तो भयो । उसकोअगाडि त्यो दुइ वर्षको छोरा,श्रीमति, भाइ, बहिनी र डाँडा माथिका जुन उनै बुवा आमाको अनि बन्धकी राखेको गैरीखेतको छाया झल्कियो असैया पिडा हुन थाल्यो त्यतिबेला प्रहरीले दिएको यातना र कुटाइ पनि फिक्का लाग्न थाल्यो युद्धवीरलाई । ती नरपिसाच र दानव प्रहरीहरुलाई धेरैकुरा बुझायो स्पष्टिकरण दियो तर उनीहरुको रौ पनि हल्लीएन । अन्तत उनीहरु सबैलाई कारागारमा छिराइयो । प्रहरीको कुटाइबाट जीउ सुनिएर मोटाए जस्तो उसले साथीहरुलाई हेरेर थाहा पायो । दिशा पिसाब बन्द हुनेगरि कुटाइ खाएपछि उनीहरुले अन्न कसरी खान सक्थे भोकभोकै त्यसै जेलको चिसो छिडिमा रात व्यथित गरे ।
रेडियो नेपालबाट विहान सात बजेको समाचारमा इलेगल नेपाली कामदार लेवानमा समातिए उनीहरुलाई आजिवन कारागार राखिने त्यहाको सरकारले निर्णय गरेको खबर प्रसारण भैरहेको थियो । युद्धवीरका घरपरिवारले युद्धवीर जोशी नाम प्रसारण हुनासाथ रेडियो हत्तपत्त बन्द गरे । युद्धवीरको बाउ समाचार सुन्दा सुन्दै भुइमा लतरक्क ढल्यो उसलाई अस्पताल लिनका लागि स्ट्रेचर र मान्छे बोलाउन युद्धवीरको भाइ गाउँमा दौडियो घरमा पुग्दा उसको बाउ कहिलै नब्यूझने गरि निदाएछ । पार्थीक शरिरलाई त्यही कान्छो छोराले दहन ग¥यो । उसको आजिवन काराबास हुने भएपछि गैरी खेत र उसको बाउ सदाका लागि छुट्टिएर गए । अब उसकी आमालाई सहनै नसकिने गरि माथिबाट आकाशले थिच्न थाल्यो तलबाट जमिन फाट्न थाल्यो । आजिवन काराबास भनेको उसकी श्रीमतिलाई थाहा रैनछ उ आफ्नो लोग्ने एकदिन घर फर्किन्छ भन्ने आशमा प्रतिपल तड्पीदै बाँचिरहेकी थिइ ।
एकदिन उसका संगीहरुले उसको लोग्नेको बारेमा सोधे युद्धवीरको श्रीमतिले भनी ‘आजीवन काराबास हालेको छ कहिले फर्किनु हुन्छ खै ?’ ‘जति ऋण भएपनि उहाँ फर्केपछि सन्तोषसँग रुखो निख्लो गास खाएरै भएपनि बाँच्ने रहर हो ।’ उसकी संगीहरुले भने ‘आजीवन काराबास परेको मान्छे पनि कै फर्किने सम्भावना हुन्छ र ?’ उनीहरुले भनेको शब्द उसको मुटुमा गएर पड्कियो । तब उ पागल जस्तै भएर उनीहरुसँग पनि नबोलेर सरासर घरतिर मेघ गर्जे झै डाको छोडेर रुदै गई । घरमा पुगेपछि कसैलाई देखिन त्यो सानो बच्चाको पनि याद आएन, विष सेवन गरेर मरि । अर्को रुवाबासी र पिडा थपियो तिनै कपाल सेताम्मे भएकी बुढी आमा माथि । युद्धवीरको बच्चा सानै थियो, भाइ र बहिनी मध्ये भाइ क्याम्पस बहिनी स्कुल पढ्थी । घरायसी बन्धनले पति , सम्पति र छोरा बुहारी गुमाएको भन्दा ज्यादा दुःखहरु झेल्नु पर्ने भो युद्धवीरको आमालाई । युद्धवीरलाई जेल चलान गरिसकेपछि मोबाइल पनि लुटिएको थियो तसर्थ घरतिरको दुःखद समाचार उसको कानमा कहिलै पर्न पाएन । बरु उ मेरो यस्तो हालत घरपरिवार र समाज कसैले पनि थाहा नपाइदिए राम्रै हुनेथियो भन्ने सोचिरहेको छ ।
आफ्नो घरपरिवारको पिडाको अनन्त रस्वादन गर्न पाएन उसले । आफूले गल्ति नै नगरेकोले उ जेल भित्र पनि ज्यादै क्रुद्ध भएर भित्तामा टाउको ठोक्थ्यो । त्यो दलाललाई यदि भेटाएको भए उसको मासु काँचै खान पनि पछि हट्ने थिएन । वि.एड. गरेको मान्छे नेपालमा जागिर नपाएर विदेश आउँदा पनि विना गल्तिको आजीवन काराबासको सजाए भोग्नु जतिको पिडा र अन्याय अरु के हुन सक्थ्यो र ? उ गोला भत्किएको अरिगाल झै जेलभित्रकै मान्छेलाई पनि आक्रमण गर्ला जस्तो देखिन्थ्यो । एकदिन बाहिर पानी परिरहेको थियो झ्यालबाट उक्त वातावरणलाई निहालीरह्यो । पानीको फोका उठ्दै फुट्दै गरेको दृश्य उसको नजरमा पर्न गयो । उसले त्यही पानीको फोकामा आफ्नो जिन्दगीलाई भेट्यो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)