~चेतनारायण लामिछाने ‘जिज्ञासु’~
आहार भनेको सम्पूर्ण प्राणीहरूलाई जिउनका लागि नभइनहुने तŒव हो । आहारबाट नै प्राणीहरूले शक्ति वा कुनै पनि कार्य गर्ने क्षमता प्राप्त गर्दछन् । संसारमा विभिन्न प्राणीहरूका लागि विभिन्न प्रकारका आहार्य वस्तुको निर्माण भएको छ । एउटै वस्तु एउटा प्राणीका लागि अमृतसमान हुन्छ भने त्यही वस्तु अन्य प्राणीका लागि खान अशक्य÷अयोग्य पनि हुन्छ ।
विशेष गरी भोजन मनुष्यमात्रले साधना वा भगवद्भक्ति गरेर आफ्नो इष्ट प्राप्ति गर्ने कार्यमा होस् वा स्वस्थ रहने सम्बन्धमा होस् जुनसुकै विषयमा पनि भोजन नभइनहुने र अत्यन्त प्रभावकारी तŒव पनिे भएकाले विचारणीय विषय बन्न पुगेको छ ।
यसरी विचारणीय विषय रहेको भोजनका सम्बन्धमा कस्तो भोजन गर्ने र मनुष्यमात्रलाई भोजन गर्नका लागि के–के हुन्छ के–के हुँदैन ? भनेर आहारको विषयमा लोकमा र शास्त्रमा पनि विभिन्न मान्यताहरू रहेका छन् । ठ्याक्कै यी यी वस्तुहरू भोजन गर्ने, यी यी वस्तुहरू भोजन नगर्ने भनेर यकिन गर्न कठिन छ तापनि कस्ता प्रकारका वस्तुहरू भोजन गर्ने, भोजनले शारीरिक वा मानसिक रूपमा कस्तो प्रभाव पार्दछ र साधना गर्ने व्यक्तिले कस्तो प्रकारको भोजन गर्नु पर्दछ ? भन्ने विषयमा श्रीमद्भगवद्गीता, मनुस्मृति, उपनिषद्, पुराण आदि शास्त्रहरूमा बताइएका केही विवेचन प्रस्तुत गरिन्छ ।
कलौ अन्नगताः प्राणाः ।
कलियुगमा मनुष्यहरूको प्राण अन्नमा रहेको हुन्छ । त्यसैले मनुष्यलाई प्राण रक्षा गर्नका निमित्त अन्नको आवश्यकता पर्दछ ।
आहारशुद्धौ सŒवशुद्धिः सŒव शुद्धौ ध्रुवास्मृतिः स्मृतिलाभे सर्वग्रन्थिनां विप्रमोक्षः ।(छान्दोग्योपनिषद् ७ अ.२६ खण्ड)
अर्थात् शुद्ध आहारबाट अन्तस्करण शुद्ध हुन्छ, अन्तस्करणको शुद्धिबाट स्मरणशक्ति स्थिर हुन्छ । स्मरणशक्तिको स्थिरताले नै मनुष्य आफ्नो इष्टसिद्धि गर्न सक्षम हुन्छ । अतः साधनामा भोजनको महŒवपूर्ण स्थान रहन्छ भने धेरै प्रकारका रोगहरू आहारको असन्तुलनबाट नै उत्पन्न हुन्छन् र आहारको सन्तुलनबाट साम्य पनि हुन्छन् ।
श्रीमद्भगवद्गीतामा आहार विहार आदि क्रियाहरूलाई साŒिवक, राजसिक र तामसिक गरेर तीन प्रकारका बताइएको छ । त्यसअनुसार सŒवगुणबाट आत्मस्वरूपको यथार्थ साक्षात्कार गर्ने ज्ञान प्राप्त हुन्छ । रजोगुणबाट लोभ, काम, वासना, दुःख आदि उत्पन्न हुन्छन् । तमोगुणबाट आलस्य , मोह, अज्ञान आदि उत्पन्न हुन्छन् । अतः साŒिवक भोजनबाट पनि ज्ञानलाई बढाउने शक्ति प्राप्त हुने भएकाले सत् ज्ञान÷यथार्थ ज्ञान प्राप्त गर्न चाहनेले साŒिवक भोजन गर्नुपर्दछ ।
अन्नदोषो ज्ञानविरोधी । अर्थपञ्चक ।
अर्थात् दोषयुक्त अन्न ज्ञानको विरोधी हुन्छ ।
यसै गरी जात्याश्रयनिमित्तादुष्टादन्नात् कायशुद्धि । अन्नमा जातिदोष , आश्रयदोष , निमित्तदोष गरेर ३ प्रकारका दोष मानिएका छन् । जातिदूषित अन्नमा लसुन, प्याज, मुसुरो आदि पर्दछन् । जसले पतीत कार्य हत्या , हिंसा, सुरापान आदि नीच कर्म गर्दछ, त्यस्ताको अन्नलाई आश्रय दोषयुक्त मानिन्छ, एवं भोजनमा नङ, रौं, झिंगा आदि पर्नाले त्यो निमित्तदोषयुक्त हुन जान्छ । यी ३ प्रकारका दोषले रहित अन्नको सेवनबाट शरीर शुद्ध हुन्छ । शरीरशुद्धिपछि मात्र अन्तस्करणको शुद्धिको प्रसङ्ग आउँछ । त्यसैले पनि साŒिवक भोजनको निकै नै महŒवपूर्ण भूमिका रहेको छ ।
जसरी ग्राह्य खेतीको रक्षाको निमित्त अग्राह्य काँढे झार आदिको ज्ञानको पनि आवश्यकता पर्दछ, त्यसै गरी ग्राह्य सात्त्विक पदार्थको ज्ञानका लागि अग्राह्य राजसिक, तामसिक पदार्थको पनि ज्ञान आवश्यक भएकाले संक्षेपमा राजसिक तामसिक पदार्थको ज्ञानको पनि उल्लेख गरिन्छ । पीरो, अमीलो, चर्को , अत्यन्त तातो शरीरमा गरम बनाउने खालका खाद्यान्नहरू राजसिक अन्तर्गत पर्दछन् । जसबाट केवल दुःख, शोक, रोग उत्पन्न हुन्छ । यसै गरी धेरै समयसम्म राखेका, रसहीन, दुर्गन्धित, बासी, जूठो, अमेध्य (यज्ञमा प्रयोग नहुने) यस्तो प्रकारको भोजनले तमोगुणको वृद्धि गराउँदछ÷तमोगुणी व्यक्तिलाई यस्तो भोजन प्रिय लाग्दछ । अतः तŒव ज्ञान प्राप्त गर्न चाहनेले यी राजसिक र तामसिक आहारलाई त्यागेर केवल साŒिवक भोजनको मात्र आहार गर्नुपर्दछ ।
मनुष्यले सधैं साŒिवक आहारको नै सेवन गर्नुपर्दछ किनकि प्राकृतिक नियमअनुसार मनुष्यको भोजन अन्न फलफूल साग—सव्जी आदि हो । जसद्वारा शारीरिक निरोगिता, दीर्घायू, स्मरणशक्तिको विकास हुन्छ । साŒिवक भोजन के हो त ? कस्तो भोजनलाई साŒिवक भोजन भन्ने त भन्ने विषयमा श्रीमद्भगवद्गीतामा राम्रो संकेत गरिएको छ ः—
आयुः सŒवबलारोग्य सुखप्रीतिविवर्धना ।
रस्याः स्निग्धाः स्थिराः हृद्याः आहारः साŒिवकप्रियाः ।।
अर्थात् जुन भोजनबाट आयु, बुद्धि, बल, आरोग्य र सुख प्रीति बढ्दछ, अनि जुन भोजन रसदार, चिल्लो, स्थिर र जुन भोजन हेर्दा खेरी नै मन प्रसन्न हुन्छ त्यस्तो प्रकारको भोजन सात्विक प्रवृत्ति भएका व्यक्तिहरूका लागि प्रिय हुन्छ ।
अब १ रस्याः २. स्निग्धा ३. स्थिराः ४. हृद्याः मा कुन कुन खाद्य वस्तु पर्दछन् ? भन्ने कुरामा विचार गर्नु नितान्त आवश्यक छ । किनकि नत्र आफ्नो इच्छाअनुसार व्याख्या गरेर त्यसको सही तरिकाबाट प्रयोग नगर्नाले उपर्युक्त लाभबाट वञ्चित भएर रोग शोक आदिबाट छुटकारा पाउन सकिंदैन ।
१. रस्याः ताजा फलफूल तथा सागसब्जीहरू स्याउ, सुन्तला, आँप , काँक्रो , खरभुजा, आदि । जसबाट पर्याप्तमात्रामा प्राकृतिक रस प्राप्त हुन्छ ।
२. स्निग्धाः दुध , दही , मख्खन, तील, नरियल, छोकडा, बदाम आदि पदार्थहरू । जसमा चिल्लो मात्रा हुन्छ ।
३. स्थिराः जुन भोजन गरेपछि तत्कालै भोक लागिहाल्दैन त्यस्ता खाद्यपदार्थहरुलाई स्थिर भनिन्छ । जस्तै ः– अन्न – चामल, गहूँ , चना, जौ आदि । यी अन्नहरू धेरै दिनसम्म राख्न सकिन्छ , चाँडै बिग्रिंदैन त्यसैले यसलाई स्थिर भनिन्छ ।
४. हृद्याः जुन खाद्यपदार्थ अत्यन्त सफा सुग्घर छ, जसलाई देख्दाबित्तिकै मन प्रसन्न भएर खाने रुचि उत्पन्न हुन्छ । त्यस्ता पदार्थलाई हृद्या भन्न सकिन्छ ।
अहिलेको समयमा सबैले खान पानको विषयमा केवल सर—सफाइलाई मात्र महŒव दिन्छन् । सामग्रीको गुण अवगुण, शुद्धता, तयार गर्ने विधि एवं प्रयोगको सम्बन्धमा कुनै महŒव दिइँदैन । जुन जिभ्रोलाई स्वादिष्ट छ, खानपान पनि एउटा फेशनजस्तो बनाई त्यसैलाई महत्त्व दिएर साŒिवक भोजनमा विशेष ध्यान नदिनाले आयु , बल, स्वास्थ्य, बुद्धि आदि कुराहरू क्षीण हुँदै गइरहेको देखिन्छ भने स्वभाव पनि राजसिक अझ भनौँ तामसिक भएर हत्या, हिंसा, दुराचार आदिजस्ता अनैतिक कार्यहरूको वृद्धि भइरहेको छ ।
अतः भोजन केवल स्वास्थ्यसँग मात्र सम्बन्धित नभएर मानिसको सम्पूर्ण व्यवहार, देशको शान्ति सुरक्षा, व्यवस्था, शिक्षा, सभ्यता, अनुशासन आदि सम्पूर्ण विषयसँग प्रत्यक्ष सरोकार रहेको विषय भएकाले जिम्मेवार सम्पूर्ण व्यक्तिले यसको विषयमा गहन विचार गरी घर, परिवार, समाज र देशमा साŒिवक भोजनको वातावरण निर्माण गर्नतर्फ ध्यान दिनु नितान्त आवश्यक देखिन्छ ।