~विवश पोख्रेल~
उफ् । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद जीवनजस्तै ऊमाथिको सिलिङ पढ्खा । “हरे ! सबैधोक मलाई नै हुनुपर्ने” खिन्नतासँगै ऊ आफैंलाई प्रश्न गरिरहेकी छे । यसो सोच्दा हो पनि अब मलाई के चाहिँ हुन बाँकी छ र ! पित्ताशयमा पत्थरी, एपेन्डिस् । यसपल्ट फेरि थप अर्को अप्रेशन । त्यसमा पनि उच्चरक्तचाप र मधुमेहको रोगी । तर धन्य भगवान्, यसले अहिलेसम्मको अप्रेशनमा भने बाधा पुर्याएको छैन । रोगी शरीर साइकलको थोत्रो ट्यूब र जुटको बोराजस्तो भएको छ । यता टाल्यो, उता सियो । कहिले यता उध्रिन्छ, कहिले उता भ्वाङ पर्छ । कहिले यता दुख्छ, कहिले उता – सधैँको पन्तरोगी ।
करिब एक महिना अघिमात्र ऊ अप्रेशन गरेर गएकी हो यस अस्पतालबाट । त्यसो त यसभन्दा अघि पनि तीन-तीन अप्रेशन यही अस्पतालबाट भएको हो, पहिलो छोरो जन्मँदा, दोस्रो एपेन्डिस र तेस्रो पत्थरी झिक्दा र चौथो पाठेघर मिल्काउँदा । आज फेरि के भन्ने हो डाक्टरले, ऊ डराइरहेकी छे। हुन त यसअघि डाक्टरले भनेका शब्दले पनि ऊ डराएकी हो – ‘धेरैपल्ट चिरिसकियो तपाईंको शरीर फेरि … । अप्ठ्यारो केश छ, तर के गर्ने अप्ठ्यारो भए पनि गर्नै पर्छु, गड ब्लेश यु।” र अप्रेशनको सफलतापछि अस्पतालबाट डिस्चार्ज गर्न अघि शुभकामना दिएका हुन् उसलाई – “ल शुभकामना ! तपाईं फेरि आउन नपरोस् यो अस्पताल, साह्रै कष्ट भयो तपाईंलाई ।” तर भनेजस्तो कहाँ हुँदोरहेछ र | शुभचिन्तका शुभकामनाहरूले मात्र कहाँ थेग्न सक्दोरहेछ र हुनुपर्ने कुरालाई । आजै कृतिकालाई एम्बुलेन्सले अस्पतालको परिसरमा मिल्काएर गएको छ र थेच्चिएकी छे ऊ पूर्ववत् कोठामा । कोठाको दुर्गन्ध उही छ, आर्तनाद उही छन्, ओछ्यानहरू उही छन्, मात्र अनुहार फरक । जुन कोठा नियमित यात्रा गर्ने एउटा यात्रीको चिरपरिचित प्लेटफर्मजस्तो भएको छ, यात्रामा शैली उही सहयात्री फरक । “ल फेरि के भो तपाईलाई ?” उही डाक्टर, उही प्रश्न डाक्टरको उपस्थितिले ढक्क फुल्छ उसको मुटु ।
“त्यही त हो डाक्टरसाब ! गाउँको घर यहाँबाट गएपछि अलिअलि काम गरी फेरि … ।” उ बोल्न पर्दैन ऊ नजिक बसेको उसको लोग्ने बोल्छ।
“ल तपाईं एकछिन बाहिर बस्नुस् ।” डाक्टरको आदेशसँग बाहिरिन्छ ऊ ।
“ल कपडा माथि सार्नुस् ।” लजाउँदै कृतिका कपडा माथि सार्छै र खिन्न हुँदै सोच्छे मनमनै – “उफ् ! कति देखाउनु अशान्त देशका सैनिकहरूलाई ठाउँ-ठाउँमा झोला उधिनेर देखाएजस्तै पेटिकोट फर्काएर आफ्नो योनीपोखरी ।
“अहिले यहाँ बस्ने तपाईंको श्रीमान् ?” जाँच्ने उपक्रमसँगै प्रश्न तेर्सिन्छ डाक्टरको ।
“हजुर ।” स्वीकृतिमा टाउको हल्लाउँछे ऊ ।
“उहाँलाई बोलाउनुस् ।”
सत्र नं. बेडको रुङने मान्छे आउनु पर्यो ।” नर्स बोलाउँछे ।
“हजुर !” टाउको कन्याउँदै उसको लोग्ने आउँछ ।
“काम गरेर नै यस्तो भा’ हो त ?” डाक्टर हाँस्छिन्।
“हजुर ।” द्वैध अर्थ लाग्ने डाक्टरको प्रश्नले ऊ अलिक लजाउँछ र डराउँछ पनि ।
“साँच्चै नै हो त ?” मुसुक्क हाँस्छिन् डाक्टर ।
“…….।” अलिक हच्किन्छ लोग्ने ।
“हरे ! दुई महिना बोकालाई बाँध्न सक्नु भएन ? जाने बेलामा त्यत्रो भनेको लोग्नेमान्छेहरू दुई महिना सँगै नसुत्नुस् उल्टो सुन्नु भएछ । अब फेरि पाउनुस् दु:ख, फेरि टाँका लाउनु पर्ने भो तपाईंको घाउमा । पूरै उधार्नु भएछ । हामीलाई पनि ढाँट्नु हुन्छ तपाईहरू ।” डाक्टरको रीस उकालो चढ्छ।
स्थिर सालिक हुन्छ लोग्ने । उसको अनुहारको रङ्ग फेरिन्छ । छ गोरो मान्छे पहेँलो कालो नीलो हुन्छ । लाजले रातीपिरी हुन्छे कृतिका ।
“ऐया ! आत्था ! हरे यस्तो थाहा पाएको भए किन दिन्थेँ नि ! चिथोर्नु यी लोग्नेमान्छेहरूलाई ।” अर्को बेडमा प्रसवपीडाले छट्पटाइरहेकी एउटी महिला चिच्याइरहेकी छे कराइरहेकी छे । जसले आफूलाई यो स्थितिमा पुर्याउने लोग्नेलाई सरापिरहेकी छे ।
अँ नदिएर नै होला दश महिनामा नै अर्का जन्मिएको, ल नकराई सुत्नुस् सुई लगाईदिएको छ जाती हुन्छ ।” डाक्टर हाँस्छिन्।
“के गर्ने डाक्टरसाब ! न्वारानको दिन यसो नुहाइधुवाई गरेर कपालसपाल कोरेर बसेपछि यी लोग्नेमान्छेहरुलाई लाग्छ स्वास्नी तगडा भई र कोट्याउन आइपुग्छन्।” डाक्टरको जवाफमा नजिकै बिरामी कुरूवामा बसेकी अर्की महिलाले थप्छे। कोट्याउन मात्र आए त हुन्थ्यो , कपडा सुर्केर उक्लिन आइपुग्छन , कस्तो सुत्केरी पनि नगन्हाको ! “अर्की रूङालु अझै थप्छे ।
” बोकाहरूलाई कहाँ गनहाउँछ ।”
प्रसुति वार्ड रत्यौली वार्डमा परिणत हुन्छु । लोग्नेमान्छेका स्वभावबारे सबैलाई चित्त बुझेछ क्यार प्रसवपीडाले ऐया आत्था गर्नेहरू पनि पीडा बिर्सेर पेट समाएर हाँस्छन् ।
“सरी भाइ ! हाम्रो गफले भाइलाई मर्का पर्यो होला । हामीले भाइलाई भनेको होइन है लोग्नेमान्छेलाई भनेका । यस्तै हो यो सुत्केरी वार्ड, हामी आइमाईहरूकै हालीमुहाली । देखिहाल्नु भो कति पीडा हुँदोरहेछ आइमाईलाई ।” आफ्ना शब्दले कतै घोच्यो कि भनेर क्षमा माग्न्छन्, महिलाहरू ।
निर्लज्ज हुँदै ङिच्च हाँस्छ कृतिकाको लोग्ने ।
” ल एकछिन बस्दै गर, म बाहिर पुगेर आउँछु।” र डाक्टर, नर्स कोठाबाट निस्किसकेपछि बस्न नसकेर लजाँउदै बाहिर निस्कन्छ ऊ ।
फेरि पूर्वस्मृतिमा आउँछन् कृतिकाका आँखामा अस्पताल आउनुको घटना ।
“मैया ! आज चाहिँ उद्घाटन गरौँ है ।” अनुनयसहितको लोग्नेको टीठलागदो अनुहार ।
“नाई हुँदैन , घाउ जाती भएको छैन ….दुख्दैन कि क्या हो ? प्रतिवाद गरिरहेकी छे ऊ ” हैन बिस्तारै … ।” पुन: आग्रह गर्दैछ उसको लोग्ने ।
“खै, तपाईंले त मार्नु हुन्छ क्यार ! पन्ध-पन्धवटा टाँका लाएको छ । अप्रेशन गरेको एक महिना पनि भएको छैन । चल्दा-चट्पटाउँदा पनि दुख्छ ।” झन्डै-झन्डै रुने स्थितिमा छे कृतिका ।
“बरोधराजले त बाईस दिनमा नै उद्घाटन गरेको थियो रे त !” लोग्ने नजिर पेस गर्छ।
“नचाहिने कुरो ! अमृताले तीन महिनासम्म लोग्नेलाई छुन दिएकी थिइन रे” कृतिका अर्को दृष्टान्त दिन्छे ।
“नपुंसक थियो होला अनि छोएन नि !” लोग्ने जिस्काउँछ ।
“अँ, नपुंसक भएर होला तीन-तीनवटा छोराछोरी कोरलेकी ।” कृतिका अमूताको बूढामाथि लागेको नपुंसकताको आरोपको खण्डन गर्छे ।
“तीनवटै छोराछोरी उसैको हो भन्ने के विश्वास ? अमृतालाई सोध्नुपर्छ । ऊ हाँस्छ ।
“तपाईँ जानुभएको थियो भने त हो नि र एउटाको अनुहार त तपाईसँगै मिल्छ ।” उसलाई जिस्काउँदै कृतिका पनि हाँस्छे ।
“यसैगरी उद्घाटन गृन पाइएन भने बेर लाइँदैन ।” लोग्ने टाउको कन्याउँछ ।
“त्यती सजिलो छ ? ” कृतिका आँखा तर्छे
“कृति ! साँच्चै भनेको यो माछोको बिजोक भो । यसको जात नै कुणडमा रमाउने हो । शीतल कुणडबाट टाढिएर यो माछाे धेरैदिन बाँच्न सक्दैन प्लिज……।”
लोग्ने आफ्नो तन्तुरोको प्रतीकात्मक अर्थ माछोसँग लाउँदै पुन: अनुनय गर्छ । उसको एउटा हातमा उसले भनेको माछो छ, अर्को हात उसले खोजेको कुणडको डिलमा छ । उसले भत्काइसकेको छ कुण्डको बारबेरा । माछो कुण्डमा पस्न आतुर छ । माछोले फुट्याइ गर्ला कि भन्ने भयले कृतिकाले पनि आफ्नो कुण्डमा हत्केलाको ताल्चा मारेकी छे। “प्लिज … ।” फेरि टाृको कन्उाउँछ ऊ ।
“फेरि तपाईंले अस्पताल पुर्याउने पार्नु हुन्छु क्यार ! बेइज्जत…! ल छिराउनुस तपाईको माछो ।” रिसले उदाङग पारिदिन्छे ऊ आफ्नो कुण्ड । उसको लोग्ने खुसी हुँदै आफूले हातमा समाइरहेको उन्मुक्त माछ्लोलाई फुत्रुक्क हालिदिन्छ कुणडभित्र । र माछो स्वतन्त्र भएर पौडी खेल्न थाल्छ कृतिकाको भग्नकुण्डमा । तृषित माछोको अनियन्त्रित उन्मुक्तताले भत्काउँछ भर्खरै जिर्णोद्रार कुण्डको डिल । परिणाम अहिले ऊ अस्पतालमा छे एउटा कष्टप्रद क्षण भोग्दै । उसलाई पनि लागिरहेको छ ” चिथोर्नु यी लोग्नेमान्छेहरूलाई … एकदिन नभई नहुने ।”
(स्रोत : लक्ष्मणप्रसाद गौतमद्वारा सम्पादित “नेपाली यौन कथा भाग २” बाट सभार)