पुस्तक समीक्षा : नूनको ढाकर बोक्दै गर्दा

~सदानन्द अभागी~

कविता चापागाई पेशागतरूपमा शिक्षिका भए पनि उहाँ एक बहुप्रतिभाकी घनी साहित्यकार, समाजसेवी ,हुनुहुन्छ । उहाँ करीव दुई दर्जन संस्थामा आजीवन सदस्यको साथै संस्थाप सदस्य हुनुहुन्छ । २०७०मा वेदना कविता (आत्म बृतान्त सहित) लिएर कृतिकारको रूपमा देखिनु भएकी कविताज्यूले योगमाया शक्तिपीड तापोभूमि (२०७१), हलेसी महादेव मन्दिर एक परिचय(२०७२), स्मृतिको झोला (२०७४) र नूनको ढाकर (२०७७) गरी पाँचओटा कृति नेपाली साहित्यको भण्डारमा थप्नु भएकोछ । यो पाँचौं कृति कथासङ्ग्रह हो । यस कथासङ्ग्रहमा १६ओटा कथाहरू छन् ।

अदृश्य शक्ति–पहिलो कथासङ्ग्र हो ।यो कथासङ्गहको भावसार यसप्रकार छ र सोनु र उनको श्रीमान दशैकोृ आशीर्वाद थाप्न माइत जान्छन् । सोनु ब्रतमा हुन्छिन् । अदृश्य शत्तिःले उनलाई छोप्छ । उनी लडीबुडी गरेर कराउन थालिन् । डा.कोमा लाँदा कमजोरीले भन्दै दवाइ दिएर पठाउनु तर विमार बढ्दै जानु,हरिचण (सानुको श्रमिान)ले कोजाग्रतपूर्णिमाको दिन सानुलाई बााधेर पानी तताएर सिमलीले पोल्न थाल्दा सानु बक्न थालिन र बकाइमा तिमीहरूकै फुपू भएको र विवाहपछि पति मर्नु,घरबाट अपहेलित हुनु माइतमा पनि अपहेलित हुनु एउटा लाहुरेले धरानमा एउटा साहुको घरमा भातपकाउने भन्सेमा जागिर लगाइदिनु। त्यहाँ बुढी भै काम गर्न सक्ने अवस्था नभएपछि पुन माइतमै पु¥याइ दिनु । माइती एउटा भदाकोमा अपहेलित भएर मर्नु र दाहसस्कार क्रियाकर्म राम्रो पनि मुक्ति प्राप्त गर्न नसकी प्रेत भएर दुःख दिएकोले महापुराण लगाएर तारिदिएमा सन्चो लाग्ने भनेपछि पुराण लगाइएको र सोनुलाई सञ्चो लागेका धारणा आएको छ कथामा ।

यस्ता घटना समाजमा घटेका पाइन्छन् ।यिनलाई अन्धविश्वास हो पनि भनिन्छ तर अन्धविश्वास हो भनेर समाजका अधिकाम्स मानिस पत्याउँदैनन् । यथार्थतामा यी समस्या प्रश्नवाची रूपमा देखिएका छन् । बोक्सीको आरोपका थुप्रै घटना घटेको हामीले विविभन्न पत्रपत्रिकाबाट जानकारी पाउँछम् । यस विषयमा यस्ता विमारीको उपचार मनोवैज्ञानिक रूपपा गर्नु पर्छ भन्ने मलाई लाग्छ । विमारीको मनमष्तिकमा लागो लागेको बोक्सी लागेको भन्ने विश्वासले जरो गाडेको छ भने विमारीका लक्षणलाई बुझेर जस्तो लक्षण नयाँ मानिसले कडा धामी हो भनेर उपचार गर्दा बिरामी निको हुन्छ । यथार्थतामा यो अन्धविश्वास हो ।

भुजावाली – यो दोस्रो कथा हो । यस कथामा दुई फरक किसिमका महिलाको जीवन पीडासँग जोडिएको छ । भुजावालीले जीवनभर भुजा बेच्छे । उसको जीवनमा फरक यत्तिमात्र देखिन्छ कि युवामा उठाउने भुजाको ओजन बढी हुन्छ बुढी भए पछिको सो ओजन घट्दै जान्छ । उसको कष्टकर जीवनमा कहिल्यै परिवर्तन आउन सक्दैन ।

सविताको जीवनशैली पनि एउटी शिक्षिकाको रुपमा अगाडी बढ्छ । पारिवारिक समस्या टार्न धौ धौ हुन्छ । जागीरे खानु गरिवको लागि हैन रहेछ किनकी एउटी महिलाले जागिर बालबच्चा र घरको काम गर्नु त्यति सहज हुँदो रहेनछ भन्ने अनुभूति भएको कुरा यहाँ दर्शिन्छ ।
यहाँ आशा र प्रतीक्षा मानिसमा हुन पर्ने, जागिर बचाउने कि घरबार चलाउने,जस्ता विचारहरू यहाँ आएका छन् साथै कथाभित्र थुप्रै घटनाहरूलाई समावेश गरिएकाछन् जस्तै माओवादी द्वन्द्व लगायत आन्दोलनले मानिसको जन धनको क्षती पु¥याएका कुरा र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनबाट जनतामा आउन नसको परिवर्तन ।

ब्रह्माण्डको कथा – “अतः पृथ्वीको उत्पत्ति हुनु,सम्पूर्ण आकाश पाताल,त्रिलोक चौधभुवन,सबै –सबै सिर्जना हुनु, ग्रह नक्षत्र, मण्डल ,सूर्य चन्द्र,दिन रात, साँझ विहान,आदि सम्पूर्णरूप ,बस्तु,सबै उनै परमात्माकै स्वरूप हो । समय बलवान हुनाले द्विपराद्र्ध आयु पूर्ण भएपछि यो उत्पत्ति भएको पृथ्वी लगायत सम्पूर्ण सिर्जना विलय हुन्छ र ईश्वर पनि विलय भए झै मौनता र शून्यतामा स्थिर भएर सूक्ष्म रूपमा साधनारत रहन्छन् र फेरि आउने समयको पर्खाइमा हुन्छन् ।”

यी माथि आएका शब्दहरू यस कथाका अन्तिम हरफहरू हुन् । कथाकारले यस कथामा हरेक दृष्टिकोण बाट सबै बस्तु परमात्मा कै स्वरूप हो भन्ने धारणालाई पुष्ट्याइँ गर्न खोज्नुस भएको छ ।

अणु र परमाणु रूपमा छिपेर ब्रह्मतत्व बसेको, वेद ईश्वरको रुप हो, वेदमा लेखिएका सबै ब्रह्मवाक्य भएको, ब्रह्म निराकार छ, सृष्टिको आदि कारण मूल तत्व नै जल भएको र वाष्पतत्त्व आकाशमा फैलिए पछि पदार्थको सिर्जना हुन्छ । पदार्थलाई देवशक्तिले गतिशील बनाउँछ र आकाश सागर बन्छ । प्रलयको मध्यकालमा तत्त्व र पदार्थको कुनै अस्तित्व थिएन तर ब्रह्म सत्ताको अस्तित्त्व थियो जस्लाई परमब्रह्मा परमात्मा भनिन्छ ,चेतना शत्ति जागृत भएर नै ब्रह्मालाई सृष्टि गर्ने इच्छा हुन्छ र सृष्टिको कारकतत्त्व माता आदितीलाई मानिएको छ, सृष्टिको मुख्य कारक तत्त्व आकाशतिर भोत्ता र पृथ्वीतिर भोग्य हुन्छन् जस्लाई द्यौलोक र पृथ्वीलोक भनिन्छ । प्राणीमा मानिस कान्छोमा पर्ने र सचेत मानिने, आदि धारणको साथै कथामा मानिसको उत्पत्ति, मानवको विकासक्रम, ढुङ्गे युगबाट आज सम्मईश्वर भनेको सुद्ध,को विवरण, समाजको सृजना, सभ्यता धर्मको विकास भाषाको विकास आदि थुप्रै धारणा उदाहरण सहित प्रष्ट्याउने प्रयास भएको छ ।

यहाँ कथाकाारले ईश्वरीय तत्त्वलाई यसरी परिभाषित गरेकी छन्– “ईश्व्र भनेको शुद्ध,सत्य,चोखो,सचेत र उपकारी भावना हो ।” कथा भित्र यस्ता थुप्रै अभिव्य,िक्त पाइन्छन् ।

अन्त्यमा कथाकरले यी सबै कथनलाई खण्ड खण्ड गरेको खण्डमा ३–४ कथाको निर्माण हुन्थ्यो । कथाले कथाको सुन्दर आकार लिन्थ्यो तर यहाँ सबैचीज यर्थाथ हुँदा हुँदै पनि कथा जटिलतातिर मोडिएको देखिन्छ ।

पुजारी फेरिएपछि – यो कथामा काथाकारले मैदाने दोभानको वरिपरिको प्राकृतिक र्सौन्दर्यता, मैदाने डाँडो कैलाश, शिवलिङ्स्थापना सतबीज छर्ने मेला लाग्ने लगायत प्राकृतिक सौन्दर्यको वर्णन गर्दै कथाको थालनी गरिएको छ । मैदाने दोभानमा रामजानकी मन्दिर र शिवालयको निर्माण,पूर्वेली ब्रह्मचारीले जग्गा फराकिलो पारेर फलपूmल रोपण गरेर सुन्दर बनाएको त्यसमा लोकनाथ भन्ने पण्डितले पूजा गर्दै आएकोमा एक दिन गाउँमा नारायणको पूजागराउन जान समितिले खटाउँदा लोकनाथ नगै पूजा हुन नसकेपछि गाउँलेले बिरोध जनाएर लोकनाथलाई हटाई श्रीहर्कलाई पुजारी बनाएको, श्रीहर्क लगायतले गुरुकुल सञ्चालन गरेको । मैदाने दोभानका मानिस श्रीहर्क र गुरुकुल समितिसँग सन्तुष्ट नहरकोमा गुरुकुलले सप्ताह लगाए पछि उक्त सप्ताहमा मैदाने दोभानबासी सहभागी भएपछि सम्बन्ध सुधार भएको धारणा आएको छ ।कथाले पुजारी कै कारणाले गर्दा गाउँलेविरोधी भएका, गाउले विरोधी हुँदा पुजारीको गास, बास कपास खोसिएको आदि धारणा सहित पूजारीले आप्mनो दायित्वलाई पुरा गर्ने खालको हुनु पर्ने सन्देश दिएको छ कथाले ।

सानीमाको चिठी – यो अति मार्मिक कथा हो यस कथामा अष्ट्रेलियामा अध्ययनको लागि बसेको छोराको सालिनालाई फोन आउँ छ । सालिनाले उठाएर पत्रद्वारा जानकारी गराउने भन्ँदै फोन काटिन्छ र उनले पत्र लेख्छिन् । पत्रमा पाँच ओटी छोरीपछि एउटा छोरो जन्मिन्छ । सबैमा हर्ष लाग्छ । यसै बीचभा दुई ओटी छोरी पनि मर्छन् र छोरा पनि विजुलीको करन्ट लागेर मर्छ ।यो मार्मिक दर्दलाई सालिनाले पस्केर दिदीको छोरालाई पत्र पठाउँछिन् ।

यस कथाले छोराको महत्वलाई दर्शाउनुको साथै दिदी बहिनीहरूलाई पनि दाजुभाइको आवश्यक्ता पर्ने महत्वलाई दर्शाएको छ ।

परदेशीको झोला– यस कथा पनि अति मार्मिक छ । अनुले जीवनमा भोगेका यथार्थता मनुसँग वार्तालाप मार्फत पस्कने प्रयास गरिएको छ । अनुको बुबा जागिरे हुन्छन् र आमा घरमा बसी छोरा र छोरीको देखभाल गर्छिन । पछि दुबैमा मेलमिलाप हुँदैन आमाको नेवारसँग सम्बन्ध हुन्छ र बाबुले दोस्रो विवाह गर्दछ ।बाबुले दोस्रो विवाह गरेपछि अनु र अनुको दाजुलाई हेला गर्दछ । अनुले अ.ह.व पास गरेर जागीर खान थाल्छिन् । विवाहको लागि खर्च नभएर समस्यामा परेको वेला एकजना युवकले विवाह केटीसग गर्ने हो पुँजीसँग हैन भन्दै विवाह गर्दछ तर अर्काको कुरा सुनेर उसलाई घरबाट निकाली दिन्छ । अनु दाजुको साथमा आएर बस्न थाल्छिन् । उनको पतिले विवाह गरेछ तर सम्बन्ध राम्रो नभएर पत्नीले आत्महत्या गरेपछि उनको श्रीमानलाइ ज्यान मुद्दा लागे छ र जेल सजाएँ भोग्न परेछ ज्यान सजाइ भोगेर निक्ले पछि अनुलाई खोज्दै जोगिको भेषमा आएछन् , देवी माफ गर भनेको अनुले सुनिछन् तर अनु उनको अगि प्रत्यक्ष नभइ परदेशी नभएको वेलामा उनको झोलामा भएको डायरी अध्ययन गरी सबै घटना जानकारीमा आएपछि अनुलाई दया जागेर आए छ तर परदेशी भने झोला छाडेर कता गयो थाहा लागेनछ । यी घटना अनुले मनुसँग भन्दै रुँदारुँदै अनुकी भाउजु आए पछि कथा समाप्त हुन्छ ।

कथाले धेरै सन्देशलाई समेटेको छ । प्रथम सन्देश त पतिपत्नी बीच आपसी सन्ँतुष्टि नभए पछि सन्तुष्टिको लागि दोस्रो बाटो समाउँछन् ।जस्ले गर्र्दा सन्ततीमा घात हुनजान्छ । बाबुले दोस्रो विवाह गरेपछि छोराछोरीप्रतिको आप्mनो दायित्व भुल्दछन् । दोस्रो कुरा अर्काको कुरा सुनेर पत्याउने र यथार्थतालाई नबुभ्mने मानिसले आप्mनो जीवनलाई अधोगतिमा लान्छन् । तेस्रो कुरा संघर्ष गर्दा मानिस आप्mनो खुट्टामा उभिन सक्ने हुन्छ । परदेशीले आप्mनो गल्तिलाई स्वीकारेर माफी मागेपछि पनि अनुले उसलाई आप्mनो अनुहार नदेखाउँदा र प्राप्त भएको श्रीमान पनि पुन गुमाउनु प¥यो र केवल झोलालाई हेरी राख्नु प¥यो ।

पुरोहित –यस कथामा आजकालका केही पुरोहितले कर्मकाण्डी कामलाई कसरी परिचालन गर्दछन् त्यसबाट कर्मकाण्डमा कस्तो असर पर्दछ र कर्ताहरू. कसरी ठगिन्छन् भन्ने यथार्थतालाई प्रष्ट पारेको छ ।

हाम्रो धर्मले सुपात्रमा दान गर्नु पर्छ भनेको छ । त्यसो हुँदा सुपात्रबाट आप्mना पूजापाठ, श्राद्धहरू गराउनु पर्छ भन्ने सन्देश बोकेकोछ कथाले ।

नूनको ढाकर– यसै कथाबाट यो कथासङ्ग्रहको नामाकरण गरिएको छ । कथा मार्मिक छ ।माइलो एउटा गरिब मानिस, ऊ अधियामा नून लिन जान्छ न्रन लिएर आउँछ र अधियाँको नून बुझाउँछ तर नून पुगेन भनेर फिर्ता आएर नून थपेर पठाइन्छ । मुखियाकबो घरमा काम गर्न जान्छ, दिनभरी काम गर्छ, खानाको चामल अघिनै लगेकोले घरमै खान जानु भन्ने मुखिनी आदेश हुन्छ । माहिलो घरमा जान्छ घरमा खाना हुँदैन र ऊ गरिबीले थिच्चिएर उठ्न नसक्ने अवस्थामा उस्ले अन्तिम बाटो लाग्ने सोचको साथमा खुकुरी लिएर वनतिर लाग्छ ।गरिबीको प्रतिनिधिमूलक एउटा नमुना चित्रणको रूपमा आएको छ कथा । दिनभरी भोको मानिसलाई काम गराउने र खानदिनुको सट्टा पहिले नै खानेमाना लगि सकिएकोले घरमै खाना खान जानु भन्नु अमानवीय व्यवहारका यस्तै घटनाको कारणले अन्तिम मार्ग अबलम्बन गर्न बाध्य हुन्छ माइला । चरमगरिबीको यथार्थतालाई कथाले समेटेको छ ।

ल्याम्बे गाऊँ – यो कथामा यस गाउँका बुहारी माथि घरपरिवार र पतिबाट गरिने दमनको कारुणितालाई समेटिएको छ । एउटी नन्दले भाउजुमाथि दाजुले गरेको अत्याचार एउटी नारीले पतिबाट दिने दमनको कतिसम्म सहेर बस्न सक्ने रहेछन् भन्ने यथार्थता यस कथामा बताएकी छन् । पढेलेखेर शिक्षकसम्म भईसकेकाले छोरी जन्मदामा पत्नीप्रति गर्ने विभेद, घरको अत्यचारलाई सहन नसकेर दोस्रो पति खोज्न पर्ने बाध्यता, घरमा गरिने विभेदको कुप्रभाव छोरा बुहारीमापर्ने असरलाई कथाले राम्रोसँग प्रष्ट्याएको छ । घरपरिवारमा मातापिताले अवलम्वन गरेको बाटो नै सन्ततीले सिको गर्ने भएकोले सुकर्म र सुमार्गको अवलम्बन् गर्नु पर्छ भन्ने सन्देश दिएको छ कथाले ।

क्षेत्रफल– यो पनि एउटा अति मार्मिक कथा हो । गरिबीले सत्तिएको जाजरकोट गाउँमाा पातलीको धेरै सन्तान मध्ये एउटा बाँचेको र पढ्दै गर्दा भीरबाट खसेर आँखा पुटेपछि आमाले आप्mनै आँखा दिएर पढाउनु , छात्रबृत्ति पाएर वेलायत गएर अध्ययन गरेर डाक्टर भएपछि हङ्कङ्मा घर बनाएर बस्नु, आमालाई नसम्झनु र आमा भेट्न जाँदा पनि अभद्र व्यवहार गर्नु र जुन व्याक्तिले छोरासँग पु¥याइृ दिएको हो उसैले जहाजको टिकट काटेर जाजरकोट फर्काउनु, जाजरकोटमै डाक्टरहरूको सम्मेलनमा छोरो आएर आमाको महत्वलाई बुझेर भेट्न जाँदा आमा मरिसकेकी र छोरालाई एउटा कागजको टुक्रामा “ बाबु तिमीलाई मैले आँखा दिएँ । तिमी डाक्टर बन्यौ ।म अन्धिभएर पनि तिमीलाई मेरो आँखाले डाक्टर बनायो,। ईश्वरले तिमीलाई कल्याण गरुन् ।” भन्ने सन्देश पढेरछोराले पश्चताप ग¥यो भन्ने धारणा आएको छ । कथाले मातृत्वप्रेम कति गाढा हुन्छ भनि प्रदशन गरेको छ । आजको परिपेक्षमा अनपढ बाबुआमालाई पढेलेखेका छोराछोरीले बाबुआमा भन्न पनि मन नपराउने कुसंस्कारको विकास हुँदै गएको यथार्थता कृतिले पस्केको छ ।

दूबो –यस कथामा साथीले पठाएको दूवो लिन आउने भनी सन्देश एक जोडीलाई प्राप्त हुन्छ । दूबो पूजामा गणेशलाई चराउने गरिन्छ । यो दूवो त्यही दूवो त हैनहोला जो पूजामा चढाइन्छ । अवस्य केही खाने कुरा या लगाउने कपडाहोला भन्ने तर्कना गर्दैगर्दा श्रीमानले काकाको घरमा गएर साथीले पठाएको नाशो लिएर आउनु र खोलेर हेर्दा कवि रूपाखेतीबाट लेखिएको २३ कवितासङ्ग्रहको को शीर्षक “द्रूवो” कृति भएको पाउनु, पढेर कविताहरू घतलाग्दा रहेछन् भनेर सन्देश पठाएपछि कथा समाप्त हुन्छ । कवि या लेखकले कृति प्रकाशन गरेपछि उपहार चढाउने चलनलाई समेटेको छ कथाले ।

रुपको खोजी – यो कृतिको लामो कथा हो । यस कथामा शीला नकुरूप नै भनौ न रूपवती नै भनोै,ठिकै रूपकी एउटी कन्याकेटीको जीवन घटना कर्मलाई समेटेर लेखिएको कथा हो । शीला राम्रोशील सुवासलेयुक्त केटी हुन् । उनले बाबा आमको सेवा गरेर बसेकी हुन्छिन् । कुनै युवाहेरूले उनलाई उनको मातापितासँग हातथाप्न नआएका र आएका पनि सबै पत्नी मरेका अधवैंसे आदि आएका तर शीलाले त्यस्ताशीत आप्mनो कौमारीत्व सुम्पन चाहादिनन्र बरु कुमारी नै बस्न चाहेकोमा आमाबाबाको शेषपछिको कष्टमय जीवन कसरी बिताउने भन्ने सोचपलाउँछ । उनको मनमा धेरै तर्कना उठ्छन् । कमलाले एउटा ८५ वर्षको लाहुरे ज्यो पेन्सन पकाएर श्रीमती मरेकोले अदालती विवाह गरेर पेन्सनपट्टा नयाँ दुलहीको नाममा सारेर कल्याण गर्न चाहेकोले त्यसैसँग विवाह गर्दा चालीसहजार महिनावारी पेसन हात लाग्ने र जीवन गुजार्न सजिलो हुने भने पछि सोही बमोजिम शीलाले विवाह गर्न तयार हुनु । उसका छोरा, बुहारी ,नाति नातिनी र समाजबाट हुने तिरस्कारको सम्झदै गर्दा पनि विवाह गर्ने अठोट लिएर विवाह गर्न तयार भएर रुपासँग राईको घरमा जानु, राईले पनि आफ्नो संस्कारयुक्त विवाह गरेर,मात्र आप्mनो रुममा प्रवेश गराउने र त्यो भन्दा पहिला नातिनीको कोठामा नातिनीसँग बस्ने धारणा राख्नु । ८५ वर्षे राईका परिवारले उच्च सम्मान दिनु र राईको संस्कार युक्त विवाह हुनु, पुन अदालतबाट पेन्सनको लागि कानुनी विवाह गरेर शीलाले पेन्सनकी आधिकारिकता पाउनुको साथै शीलाले छोरा पनि जन्माउनु, छोरो जन्मेपछि बाबाआमाबाट छोरी, ज्वाँइ आउनु भन्ने निम्ता पाउनु र माइत जान तयार भइन् भन्दै यो कथा समाप्त हुन्छ ।

यस कथाले प्राकृतिक सौन्दर्यता,को वर्णन, एउटा युवतीको वैवाहिक चाहना, बृद्धबृद्धाको बुढेसकालको दयनीय अवस्था, अन्तरजातीय विवाहमा देखिने सामाजिक समस्या, विभिन्न जातिको वैवाहिक(सांस्कृतिक) स्वपरमपरा, महिलाको समयमा विवाह नहुँदा मनमा उत्पन्न हुने मनोविचलन आदिलाई सुन्दर रूपमा उठान गरिएको छ । एउटा कुरा के भने ८५ वर्षे बुढाले एउटी ३५÷४० वर्षे केटीलाई पेन्सन लेखाएर कल्याण गरिदिने भन्दै विवाह गर्दा घरका सबैले खुसी मनाएको भन्दै नाटकीयरूपमा प्रस्तुत गरिएको छ कथालाई । कथा निकै लामो भए पनि पढ्दा कौतुहल्ता जगाउने खालको छ

एक विहान – यस कथामा दुईवटा द्दटना समावेश गरिएका छन् । पहिलो घटनामा पार्कमा घुम्न जाँदा ६० वर्ष काटेका जोडी पार्कमा घुमीरहँदा अचानक श्रीमतीलाई लड्नैलाग्दा, श्रीमानले ढल्नबाट जोगाउनु र हस्पिटलमा खवर गर्नु, एम्बुलेन्स आउनु उपचार गर्दै हस्पिटलानु, विमारीको साथमा कोही जान नपर्नु, हस्पिटलबाटै सबै उपचार गरेर घर पठाउने र अर्को घटना जेव्राक्रसलाई छाडेरबाटो काट्दा सासु बुहारीलाई गाडीले हान्नु र ड्राइभरले फोन गरेर हेलीकप्टर मगाएर उपचार गर्न पठायो सासू एक महिना उपचार पछि घरफर्कनु अनि ,बुहारी ६ महिनपछि फर्कनु दुबैले थुप्रै सहयोग प्राप्त गरेर घर किनेर बस्न सक्षम भएको कुरा कथामा प्रस्तुत गरिएको छ । पि.आर. प्राप्त भएकालाई अष्ट्रेलिया सरकारले अति नै आदर र सत्कार गर्दौ रहेछ भन्ने विवरण यस कथाले समेटेको छ । जनताको संरक्षण गर्नु सरकारको दायित्व हो। त्यो सबै देशका सरकारले गर्नु पर्छ भन्नेभाव प्रकट गरेको छ कथाले ।

वागदेवी– यो कथा सत्यतामा आधारित कथा हो । केन्द्रवीरको विवाह वागदेवीको साथमा भयो । यिनको नन्दीकेश्वर नामको छोरा जन्म्यो । केन्द्रवीर गरिबीको कारणले असमतिर लागे, त्यहाँ औैलेको कारणले गर्दा मृत्युभयो । चार महिनापछि खवर आयो बागदेवी विधवा भइन्। त्यो समयमा एउटा विधवाले भोग्न पर्ने सामाजिक, आर्थिक र घरभित्रकै अपहेलना आदि कष्टकर दिन उनले भोग्न प¥यो । घरबाट उनलाई अलग गरियो । अति कष्टसाथ छोरा नन्दीकेश्वरलाई बढाउँदै लगिन् । १६ वर्षको उमेरमा नन्दीकेश्वरको नर्मदासँग विवाह भयो । २०१३ सालमा नन्दीकेश्वर झापातिर झर्नु,, २०१९ सालमा धरानको पुतली सडकमा बस्नु, स्वअध्ययनद्वारा, मन्त्र स्तोत्र, पूजापाठ विधि सिक्नु, र समाजमा आइ पर्ने सबै कर्मकाण्डहरू,घरको काम देखि सामाजिक कामसमेत सबै गर्न थाल्नु र सिंहवाहिनी देवीको प्रतिमा स्थापना गर्नु, आप्mनो सम्पत्ति छोराहरूमा वितरण गरिदिनु र आफू कान्छो छोरा हरिहरलाई रोज्नु ,२०३६ सालमा नर्मदाको मृत्युहुनु, , २०३८सालमा बागदेवीको मृत्युहुनु,२०६०मा नातीको अन्नप्रासनको लागि काठमाडौ जानु त्यही बिमारहुनु, बिमारी भएको थाहा लागेपछि छोरा हरिहर र बुहारी, कविता काठमाडौ पुग्नु बाँचने आशा मार्नु कान्छी बुहारी पशुपति गएर पूmल लुकाएर लगेर ससुराको शिरमा लगाइ दिनु, बुबा पशुपति नाथको पूसाद लिएर हजुरको शिरमा राखि दिएँ भने पछि ,ए लाइदिइस जाति भयो भन्नु,m छोरा हरिहरलाई पण्डितले बाटो छेके भन्नु , धरान लगिनु धरान पुगे पछि सबै छोराले १००० पटक गायत्री जप्ने , उनलाई पनि नुहाएर जनै फेरेर, नयाँ कपडा लगाइ दिने र गणेश, शिवजी, देवी ,आदि देवताको पूजा गरी भागवत पाठ शुरु गरिुएको, आउने जानेलाई तिमीहरू भेट्न आएको रुई दिन बाँकी छ अनि कहिल्यै भेट हुन्न भन्दै नन्दीकिशोर दुई दिनको पाठ सकिएपछि रातको १ बजे नन्दीकिशोरले यो संसार छाडेको विवरण यस कथाले समेटेको छ ।

कथा यथार्थतामा आधारित देखिन्छ । त्यस वेलाको समय परिस्थिति, पहाडी जीवनको कठिनाई, गरिबीले सताएपछि विदेशीनु पर्ने वाध्यता,, विदेशमा प्राणको अन्त्य, विधवाको सामाजले गर्दै आएको विभेद, मानिसको स्वकर्मले अप्mनो स्वस्तर, आर्थिक, सामाजिक, शैक्षिक उत्थान गर्न सकिने यथार्थता यस कथाले प्रष्ट्याएको छ ।

बन्दाबन्दीमा अतिथि–यो कथा २०७७ साल जेष्ठ महिनामाको कोरोनाको कारणले गर्दा त्रशित अवस्थामा एकजना म भन्ने महिला विश्वेश्वर हलेसी महादेवको दर्शन गरेर श्री सहिद प्रा. वि मा निमार्णको काम के कस्तो भएछ भनि हेर्न. जाँदा एक जना महिला र एकजना पुरुष भेट्नु, महिलाले बस्ने ठाउँ भूलेर खोजी रहेको अवस्थगाम एक जना पुरुषले त्यहाँ सम्म ल्याइदिएका र म भन्ने महिला भेटिए पछि पूरुष पात्र आप्mनो घरतिर लागेकोले म भन्ने पात्रले उनलाई बास खोज्नु तर बास नपाउनु अन्त्यमा विवस भएर आप्mनै घरमा लिएर जानु पुस्तक राख्ने कोठामा राखिदिनु , राती एक्लै कराएको कुरा सुने पछि म भन्ने महिला गएर चियो गर्दा पैसा गनि रहेको पाउनु र राम्रोसँग ढोका लगाएर, सुत्नु भनेपछि त्यो बस्ने डेरा विर्षेकी महिला राम्रो सँग त्यो कोठामा रात विताउनु, विहानै म भन्ने पात्रले राजवंशी टोलमा पु¥याएर छाडिदिएपछि यो कथा समाप्त हुन्छ ।
ै क्रोरोना कहरको समयमा त्राशको कारणले गर्दा समाजले कुनै पनि नजानेका व्याक्तिलाई बस्ने ठाउँ नदिने गरेका यथार्थतालाई कथाले प्रस्तुत गरेको छ ।

वायुयानभित्र – यो यात्रामा वायुयान भित्र भएको कथा हो ।काठमाण्डौ बाट सिडनी अष्ट्रलिया जान रुपासँग भएको बातचितलाई नै कथाको रूप दिइएको छ । रुपाको श्रीमान वित्नु रूपाले छोरी र छोरालाई विविध काम गरेर पढाउनु छोरीलाई अष्ट्रेलिया पठाउनु र उस्को पढाई सकिएर प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम (ऋयलखयअबतष्यल ०मा भाग लिन रुपा अष्ट्रेलिया जान लागेको आदि कुराकानी गर्दै अष्ट्रेलिया पुगे पछि कथा समाप्त हुन्छ । यस कथाले दुर्घटनामा पति मरेपछि संघर्षशील जीवनलाई बढाउँदै आप्mनो खुट्टामा कसरी उभिन सकिन्छ र एकल महिलाप्रति समाजको कस्तो दृष्टिकोण् हुन्छ भन्ने यथार्थता प्रष्ट्याएको छ ।

यस कथा सङ्ग्रहका सोह्रओटै कथाहरूले समसामयिक घट्नाहरूलाई समाएका छन् । गरिबीले थिचिएका जनजीवनका पात्रहरूलाई समावेश गरेर कथा रचिएका छन् । पात्रहरू सकृयरूपमा दर्शिएका छन् । प्राकृति वर्णन, पृष्ठभूमि ,व्यवहारिकता, भाषागत मिठास, सहजता र स्पष्टता, उखान टुक्काको प्रयोग आदिले गर्दा कथा पठनीय छन् । कथामा कथाकारले विविध पक्षलाई समेट्ने प्रयास गर्दा दुईवटा काथा बस्तुलाई एउटैमा समेटिएको जस्तो भान हुने हुँदा समाजमा, परिवारमा, व्यक्ति विशेषमा भएका, हुँदै गइरहेका ,तथा भावी कल्पनालाई धेरै मिश्रण गर्नु भन्दा उद्देश्यलाई समाउँदै नतिजा मूलक सन्देश प्रवाह गर्दा झनै राम्रो हुन्थ्यो कि जस्तो लाग्छ । कविताजीका कथा कमजोड छन् भन्न खोजिएको होइन ।कथा सबै सवल छन् ।

शीर्षक पनि यस सन्दर्भमा सार्थक छ कि सबै कथामा प्राय गरिबीले थिचिएका पात्रहरूको संघर्षमय जीवनलाई कुनै न कुनै रूपमा चित्रण गरिएको छ । नूनको ढाकर कथा पनि एउटा मार्मिक कथा हो जस्ले गरिबीलाई चित्रण गरेको छ र यस्लाई गरिबहरूको प्रतिनिधिको रूपमा लिन सकिन्छ ।

अन्त्यमा कथाका तत्वहरूलाई आधार बनाई लेखिएका यी कथाकी कथाकार कविता चापागाईंलाई सुस्वास्थ दिर्घायुको साथै कथालेखनमा अझै तीब्रता आओस्को कामना सहित विदा चाहान्छु ।

धन्यवाद
२०७८ साल माघ १३ गते

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.