~माेती राम चाैधरी `रत्न´~
मेरी उनी
जिवनकाे सँगीनी,
हाँसाे-खुसि,
जीवन-प्राण,
एक शरीर हामी
सबथाेक उनी मेरी।
प्याराे,
मायालु,
लजालु,
मलाई काले,
भुन्टे,
गाेरे,
माेटु,
भनी बाेलाउने।
म हाँस्दा
उनी हाँस्ने,
रुन्दा सँगै रुने,
गाउँदा सँगै गाउने,
नाच्दा सँगै नाच्ने,
प्यारले
कहिले काली,
लाली,
माली,
गाली गर्ने।
तर अचानक
उनी विरामी हुँदा,
मनकाे चैन गयाे,
खुसि गयाे,
मुस्कान गयाे,
किन-किन
वरिपरि कालाे बादल ढाक्याे,
संसार नै चुक घाेप्ट्याकाे जस्तै अन्धयाराे भयाे,
अाफुलाई घुटन हुन थाल्याे।
पिडाले उनी कराउँदै गर्दा,
मलाई सास फेर्न गार्हो भयाे।
हतार-हतार
हस्पिटल पुगियाे,
डाक्टरले चेक गर्दै-गर्दा,
बिस्तारै मेराे काखमा अडेस लगाई,
एकछिन उनलाई काखमा राखे,
सुत्छु-सुत्छु
अाहतकाे अावाज दिई,
बाेकेर उनलाई बेडमा सुत्न लाए,
पेट दु:खाईले,
सहन नसकी,
चिच्याई रही उनी,
टनसिलले
सास फेर्न गार्हो भयाे भनी,
घ्यार-घ्यार गर्दै थिई उनी,
मेराे प्राण पखेरु उडे जस्तो लाग्याे,
नहटारिनुस्-नहटारिनुस् भन्दै,
डाक्टरले सिरिन्ज घाेच्नु भाे,
ब्लड निकाल्नु भाे,
चेकजाँच गर्नु भाे।
के-के रिपोर्ट अाउँछ भनी,
अाधा घण्टा कुर्न,
मलाई बर्षाै कुरे जस्तै भाे,
घडीकाे सुईबाट नजर हटेन,
एक टकले घडीलाई हेरीरहे,
ल्याबबाट काेई बाहिर अाउँदा,
सास राेकी अाशले हेर्थे,
बल्ल-बल्ल
अाधा घण्टा पुग्याे,
रिपोर्ट अायाे।
रिपोर्ट लिएर डगुरे,
डाक्टरलाई देखाए।
डाक्टरले केही भनेन,
एउटा सिरिन्ज निकाल्याे,
फेरि घाेच्याे,
म राहतकाे सास फेरे,
एक छिनमा उनले राहत पाई,
कहाँ छु भनी थाहा पाई,
बिस्तारै मेराे हात समाई,
मायाले मैले टाउकाे सुम्सुमाए,
सबै ठिक हुन्छ भने,
मनमनै प्रार्थना गरे,
डाक्टरलाई धन्यवाद दिए।
– कैलारी गाउँपालिका वार्ड नं.५,
बैजपुर कैलाली
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )