~लक्ष्मी बिष्ट~
त्यसैले त,
भनिन्छ जिन्दगीको कुनै भरोसा छैन,
न त, जिवनमा आएका जिवीत मान्छेको नै ।।
आफै भित्र पाल्नुपर्दो रहेछ मधुरो भसोरा,
गन्तव्यमा पुगिदो रहेछ मात्र हमेसा।।
आकाशमा उड्ने चरासग्ग पनि त नक्सा कहाँ छ र,
तरपनि आफ्नो गन्तव्यमा पुगेकै देखिन्छ।।
त्यसैले त,
भनिन्छ नि बाफ बनेर उडेका साना कर्णपनि,
बादलसँग ठोक्किएर पानी बनी बर्षन्छ।।
भरै नभएको यो जिन्दगीमा,
अनौंठो सपनाले डोराउँछ प्रायःरातमा।।
भरोसा जो छुटेर हिजो गयो,
केही सपना आज परेलीमा अपुरै रहेँ।।
त्यसैले त,
भन्छु साथ र सहयोग सबैलाई गर्नु,
विश्वास अनि भरोसा कसैलाई नगर्नु।।
चाहाना त कस्लाई पो हुन्थ्यो टुक्रिएर बाँच्न,
बिधाताले दिएनन् तिमी सामु खुलेर हाँस्न।।
अधुरै रहे सुन्नु–सुनाउनु थियो केही सपना,
छाडेर गयौं सम्मालिन्थ्ये तिमीलाई देखेर।।
आशा थियौं तनको जुन जस्तै भएर रह्यौं,
मान्छेहरुका भिडमा पनि एक्लै बनाएर गयौं।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )