विचार मन्थन : जिबन र जगत

~गोबिन्द ओझा~

यो शृष्टिको बारेमा र मानवले आफ्नो जिवनका भोगाईहरुको अध्ययन गरी जिवन र जगतको बारेमा धारणा बनाउन सक्छ । प्रत्येक मानवको जिवनका भोगाईहरु फरक फरक हुन्छन । साना बच्चाहरुबाट बढेर ,किसोर अवस्था पार गर्दै प्रोढ अवस्थामा पुग्छ ? सोच्छौ कल्पना गर्छौ । हामि को हौ ? कहाँबाट आयौ ? जिवनको उदश्ये के हो ? यो शृष्टि कसरी उत्पति भयो ? यस जगतमा प्राणिको उत्पति कसरी भयो ? जिन्दगिको बारेमा धेरै सोच्छौ । मुनुष्यको यो चोला लियौ किन ? अनेक प्रकारका सुख दु:ख र मानव जिवनका भोगाईहरुले जिवन र जगतका रहस्यमय कुराहरु खोज्छ ।आफै भित्र अनेक आकांक्षाले जिवन र जगतका रहस्यमय कुराहरु खोज्छ । आफै भित्र अनेक कल्पना गर्न थाल्छौ । अनेक किसमले जिवन र जगतको बारेमा खोज अनुसन्धान गरेर यो जगतको बिषयमा सम्पुर्ण खोज अनुसन्धान गरि यो मानव हामिले बिभिन्न किसमका सोचहरु बनाउछौ । जगतमा प्राणिको विकास कसरी भएको होला ? जगतमा हाम्रो भुमिका के छ ? हामिले यस सम्बन्धमा बुझ्न आवश्यक छ ।कसैले सोध्छ जिवन के हो ? अति उत्तम उत्तर जब जन्म लिन्छ उ सँग सास हुन्छ तर नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उ सँग सास हुन्छ नाम हुन्छ ।यहि सास र नामको बिचको यात्रालाई जिबन भनिन्छ ।

मानव जिवन नै अमुल्य छ । यो अमुल्य जिवनको यात्रालाई सहज तरिकाबाट जिउनुपर्छ ।यो जिन्दगि कसरी बिताउने भन्ने हामिमा निर्भर गर्ने कुरा हो । वास्तवमा भन्नुपर्दा जिवन एक सुन्दर फुल हो । यो फुललाई कसरी हुर्काउने ,सजाउने अनि बढाउने आफैमा भर पर्छ तर सोचे जस्तो र कल्पना गरे जस्तो सजिलो कहा छ ? तापनि हामिले आफ्नो प्रयासमा निरन्तर लागिरहनुपर्छ । हामिले सकरात्मक सोच र सहि दृष्टिकोण हुनुपर्दछ । हामिले सत्यलाई साथ दिनुपर्ने र सहि बाटोमा हिडनुपर्छ । आफ्नो कारणले कसैलाई दु;ख नहोस भन्ने सोच्नुपर्छ । हामिले सहि बाटो हिड्ने र समाजलाई पनि सहि मार्ग दिने कार्य गर्नुपर्छ । जगत कल्याण तथा मानव सेवामा लागेर मानव जिवनको उद्दश्येलाई पुरा गर्नुपर्छ । मुनिष्य जिवन वास्तवमै एक सुन्दर चोला हो ।अमुल्य जिवनलाई हामिले खेर फाल्नु हुदैन । बाचुन्जेल हामिले राम्रो कार्य गरौ । सत्कार्य गरौ ।जसले हामिलाई यो जगतले चिन्छ र चिनाउछ । हामिले गरेका कार्यहरुले हामिलाई यो जगतले चिन्छ । यस धर्तिमा जन्मन्छौ । हाम्रो अधिकार जन्मजात हुदैन,दिगो हुदैन,एकछिन पाउछौ अनि हरायर जान्छ । यो जगतमा हामिले जन्म लिएपछि अनेक अधिकारको लागि संङघर्ष गर्छौ । बाच्नको लागि अनेक संघर्ष गर्नुपर्छ । आफै जन्मिएको वा जन्माएको “शक्ति र सामार्थ्य”यस्तो चिज हो ।जसमा कस्ता कस्ता मैहु भन्ने मानिस पनि पछि पर्न सक्छन । यो मानविय गुण हो । घर नभएको मानिसलाई घर मिल्न सक्छ, आजको भिकारि भोलिको मन्त्रि बन्न सक्छ । त्यै पनि उसले आफ्नो जिवनलाई आनन्द ठान्दैन । अझै जिन्दगिलाई परिश्रम गरि अझै सुखि र खुसि बनाउन खोजेको हुन्छ । र जिवनलाई नयाँ रुपले परिभाषित गर्न धेरै कोसिस गरेको हुन्छ । तर पनि आफुलाई खुसि राख्न सकेको हुदैन । जिवन र जगतको बारेमा निरन्तर खोज अनुसन्धान गरि यो जगतलाई नयाँ शिक्षा दिन खोजिरहेका हुन्छन । जिवनमा आनन्द र सुखको खोजिमा लागिरहन्छ । जिवनमा आनन्द र सुखको खोजिमा निरन्तर संघर्ष गरि उपलब्धि हासिल गर्न कठिन कार्य हो । मानव एक कल्पनासिल र विवेकसिल प्राणि हो । त्यसैले यो जगत र मानवको कल्याण र हितको बारेमा सोचेर आफ्नो मनलाई बिभिन्न प्रश्नहरु गर्छ । साच्चै भन्ने हो भने जिवन के हो ? जिवनमा के छ ? जिवन के को लागि ?आदि प्रश्नहरु आउन सक्छन ।मानव जिवनका भोगाईहरुको आधारमा बिभिन्न बिद्दानहरुले बिभिन्न किसमले ब्याख्या गरि जिवन र जगतलाई बिभिन्न किसमले ब्याख्या गर्न सक्छन । यो जगत र जिवनको के सम्बन्ध छ ? जगतको उत्पति किन र कसको लागि भयो ? जगतको उत्पतिका कारण के के हुन सक्छन ? कसले जगतको उत्पति गरे ? के को लागि जगतको उत्पति भयो ? र जगतको विकासक्रम कसरि भयो ? सनातन धर्म ग्रन्थहरुमा यसको ब्याख्या विश्लेषण गरेको छ । जन्मनु भन्दा पहिला यो जगतमा हाम्रो केहि थिएन । जन्मियौ ? सबै कुरा जान्ने बुझ्ने भयौ । बिभिन्न किसिमका सोच तथा धारणाहरु बनायौ ।मृत्यु पछि यो संसारमा हाम्रो अस्तित्व रहदैन ।जन्मनु जन्मेपछि मर्नु धुर्बसत्य कुरा हो यसलाई कसैले नकार्न सक्दैन त्येसैले बाचुन्जेल गरेका राम्रा कार्यहरु यो जगतमा रहिरहन्छन । यो जगत र प्राणिको लागि गरेका योगदान तथा यो जगत कल्याणका लागि गरेका कार्यहरु यो जगतमा रहिरहन्छन । राम्रो कार्यको पछि सम्म जगतले शिक्षाको रुपमा ग्रहण गर्ने भएकाले जगत कल्याणका लागि राम्रो कार्य गर्नुपर्छ ।

अध्यात्मले यो जिवनको प्राप्ति,गति र बुद्दिमतिहरुलाई संस्कार र कर्मथलका रुपमा रहेको बताउछ ।हामिले देखेको यो जगत पनि रहदैन। हास्दै खेलेको मान्छे छिनमै दु:खि हुन सक्छ । अहिले भेटेको मानिस एकैछिनमा यो जगतबाट बिदा लिई सकेको हुन सक्छ ।सम्पति मान मर्यादा भएर पनि मानिस दु:खि हुन सक्छ । राजा भएको मान्छे राजकाजमा मन नलागेर जोगि हुनसक्छ । जिव ,जगत,माया,बन्धन,मोक्ष र ब्रह्म आदिको सम्बन्धका बेदान्त दर्शनका अनुसन्धनात्मक कुराहरु खोज्न आवश्यक छ ।अज्ञानि मानिसले शरिरलाइ आत्मा ठानेको हुन्छ । सनातन धर्मको अर्थ ज्ञान शिक्षा दिनु हो । यहि ज्ञान र शिक्षाले मानवलाइ मोक्षको मार्ग देखाउछ । बिभिन्न युगमा जगत र प्राणिहरुको कल्याण र धर्मको रक्षाका निमित भगबानले बिभिन्न अवतार लिएका छन् । त्रेता युगमा राम,द्धापर युगमा श्री कृष्ण,कलि युगमा कल्कि अवतार हुने कुरालाई हेर्दा भगवान जन्मन्छन् भन्ने कुरा बुझिन्छ र भगवान शिबजिको जन्मले भगवान या त शक्तिको समेत जन्मने कुरा बुझिन्छ । संसारमा सन्तुष्टिका अनेक कुराहरु सोच्ने विचार गर्ने र आफुले भ्याए सम्म अरुलाई शिक्षा दिन खोजिरहेको हुन्छ । मनुष्यले आफुले गरका कामबाट सिकेका अनुभव,बिताएको समय , उमेर र देखे भोगेका कुराहरुबाट अनुभव गरि त्यहि अनुभवका कुराहरु अरुलाई सुनाउने, बताउने गरिन्छ । सकरात्मक बन्नको लागि सत्य र सहि संगत र असल शिक्षा ,आध्यात्मिक चिन्तन,ध्यान,योग,आवश्यकता र गरिने खानपानले पनि असर पार्छ । हाम्रो हरेक व्यबहार सकरात्मक मात्र नभई गुणगान गाउन लायक तथा सबैबाट प्रशंसनिय हुनुपर्छ । सबैको उन्नति ,प्रगति र मानविय धर्म निभाउन हातमा हात मिलाइ, काधमा काध मिलाई अगाडि बढनुपर्छ । जगतको कल्याण महत्वपुर्ण बिषय हो यसमा सबैले ध्यान दिनुपर्छ ।ईमान्दारिता र कर्तव्य निष्ठ भएर सबैको मन जित्नु पर्छ । मानिसको मनमा अनेक सोचहरु आउन सक्छन । मानविय सोच नै हरेक कुरामा चासो दिने र त्यसको बारेमा खोज अनुसन्धान गर्ने । यस्तै सोचका कारणले बिज्ञानको जन्म भयो यसले अझै जगत र मानव जिवनको लागि प्रमाण सहितको खोज अनुसन्धान तर्फ लागेका छन र जिवन र जगतलाई नया ढंगले परिभाषित गर्न खोजिरहेका छन । यो कार्य निरन्तर चलिरहन्छ । खोज र अनुसन्धान भन्ने कार्य सधै चलिरन्छ । जगत र जिवनका धेरै कुराहरु रहस्यमय छ । जसको बारेमा सोच्न र खोजि गर्न आवश्यक पनि छ ।

मानव जिवन एक दुर्लभ चोला मानिन्छ । किनकि चेतना पाउनका लागि शिक्षा लिन गुरु खोज्नु छ । जव चेतना पाउछ । जसले आफ्नो घरलाई मन्दिर मान्दछ । उसको मन पनि शान्त बन्दछ । जसमा सधै सकरात्मक सोच रहनुका साथै यो जगतलाई प्रष्ट र चेतनामुलक विचारहरु वाड्छ । आफुलाई राम्ररी बुझेर आफ्नो मन शान्त गर्न तिर लाग्छ । मनमा अनेक कुराहरु खेलाउछ । मनमा चिन्ता हुदाँ चित्त दुखाउछौ । मनको पछि दौडेर हामि कहाँ पुग्छौ ? हामिले मनै मन कल्पना गर्छौ । हामिले कर्म गर्न नपरोस । कर्म नगरेर हामिलाई सुखै सुखको बास होस् । यस्ता कल्पनाहरु धेरै दिन टेक्दैनन् ।यो हाम्रो जिवन नासवान छ । सृष्टिका सबै सृजना,रचना र उत्पति नासवान छ । जिवनलाई ज्ञानले सहि मार्गमा डोर्याउछ । भोक , तिर्खा आदि ईच्छा पुरा गर्न मानिसका बिभिन्न सोचहरु उत्पन्न गर्न खोजिरहेको हुन्छ । यसबाट बिज्ञानका आविस्कारहरु पनि सिर्जना हुन सक्छन ।
समकालिन जिवनमा मानव जिवनको मुल्य बढदै गए पनि यसको परिपालन सामाजिक अपेक्षा अनुरुप भएको छैन ।

मानिस जहिले पनि दु:खि हुन्छ । जिबन जगत सम्बन्धि अध्ययन गर्नुपर्दा हामिले सनातन धर्म,ईश्वरिय अस्तित्व र धार्मिक ग्रन्थले सिकाएका बाटोलाई स्विकार गर्नै पर्छ । बेदान्त दर्शन एउटा शाखा हो जसले मुनुष्यलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्दछ ।यसको श्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो ।बेदान्त दर्शन ज्ञान योगको शाखा हो । जसले व्याक्तिलाइ ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । मनुष्यलाई जिवनको रहस्य र जगतको रहस्यमय कुराहरु ज्ञान गराउछ । यसले आध्यात्मिक चिन्तन ल्याउनका साथै मुनुष्यलाई जगतको सत्यतालाई स्विकार गर्न । सनातन धर्म जस्को न आदि हुन्छ न अन्त्य। देवि देवताहरुको मुर्ति, शिव,पशुपति पुजन र अन्य देविदेवता पुजन सनातन धर्म अन्तर्गत पर्दछन् । सनातन धर्मको सत्यलाई ऋषिमुनिहरुले ध्यान र मोक्षको गहिराई सम्म अध्ययन गरेर ब्रामण्ड र आत्माको रहस्यको स्पष्ठ जानकारि यो जगतलाई दिए । बेदको रहस्य बारे यो जगतलाई जानकारि दिए । वेदको रहस्यलाई यो जगत भर फैलाए । यो जगतलाई मोक्षको मार्ग दिए ।

सनातन धर्ममा दार्शनिक चिन्तन निकै पुरानो छ । मानब जिवन र जगतको खोजि गर्ने प्रकृति मानव र समाजको चिन्तन गर्ने प्रक्रिया तथा नियमहरुको संगालो बेद हो । हामिलाई अनुशासनको बाटो देखाउने शास्त्र बेद हो । यो चेतना र मोक्ष प्राप्तिको श्रोत हो । जुन सत्यता छ त्यो ईश्वरिय सत्यता हो । कुनै दिन सत्यको ज्ञान हुन्छ । आखा खुल्छ त्यो ब्रह्म सत्य हो । यस संसारमा रहेका प्राणिहरुलाई हामि ईश्वरका अंश मान्छौ । साहराको आवश्यकता छ भने कसैलाई पुकार्छौ ।फरक यति छ । मानवमा दोष छ ईश्वरमा दोष छैन । मानव सत्यको बाटोमा हिडन संसारमा सत्य नैतिकता र सदाचारमा राख्न ईश्वरिय शक्तिको पुजा ,आराधना र भक्ति अनिवार्य छ । शरिर जन्मन्छ आत्मा अमर रहन्छ । हामिले देखेको जगत र भोगेको जगत सत्य हो । वेदान्त दर्शनको खोजि भनेको आनन्दको खोजि हो । जिबले जन्म लिने,हुर्कने र कर्म गर्ने स्थललाइ जगत भनिन्छ । जब मानवमा तत्वज्ञान प्राप्त हुन्छ । तब बिचारमा आउछ जिवन कर्ता कर्म र फलको आश्रयस्तल हो ।ब्रह्म ज्ञान सत्य ज्ञान हो । जिवन र जगतलाई हर्ने बुझ्ने सोहि अनुसार आफ्नो धारणा र जिवन व्यवहार निर्माण गर्दछौ । मानिसले जिबन यापनको क्रममा प्रकृति सँग संङघर्ष गर्छ । जिवनमा दु;ख का अनेक कारण छन ।दु:ख जिवनमा देखे समाधान खोज्नुपर्छ । बिभिन्न किसमका धारणाहरु बनाउँछ । संसारका प्रत्येक मानव दु:खि छन् । दु:खको कुनै सिमा हुदैन । दु:ख ले मानिसलाई निडर स्वावलम्बि,बलियो र आत्मनिर्भर बनाउछ । आफ्नो ज्ञान, अनुभबको साहरा लिई जिवनका समस्या समाधान गर्न जिवनको बास्तविकता स्विकार गर्नुपर्छ । जिवन साहरा बिना अगाडि बढन सकदैन । यो जगत भएन भने मानिसको अस्तित्व छैन । हामिले सम्पुर्ण मानव समाजलाइ आफ्नो परिवार सम्झेर आत्मियता बढाउनुपर्छ । यसले प्रेम र सहयोगि भावना बढाउछ । प्रेम जिवनको भावनात्मक सम्बन्ध हो । जगतमा रमाउदा रमाउदै प्रकृतिले मानिसको मन खिच्न खिच्न सक्छ । प्रकृतिको अनुपम रहस्यलाइ खोज अनुसन्धानबाट प्रस्ट पार्न निरन्तर रुपमा लागिरहन्छौ ।जो मन भित्रबाट खुसि छ उ बाहिरि संसारमा पनि खुसि र आनन्दित हुन्छ । मानिसले प्रेम, शान्ति र आत्मियता सहितको मनोबिज्ञान सिकाउनु पर्छ । मानिसको प्रकृतिको सुन्दर अभिव्यक्ति प्रेम हो ।

वैदिक पुराणहरु मानव जिवनको लागि अति महत्वपुर्ण छ । मानव जिवनको सार्तकता ,जिबनको रहस्य , स्वरुप, लगायत सम्पुर्ण सृष्टि र जगतको बारेमा रहस्योदघाटन गरेको छ । पुराणको अध्ययन र श्रवण मोक्ष प्राप्तिको आधार हो । पुराण नै सम्पुर्ण जगतको भलाई गर्ने ग्रन्थ हो । वैदिक पुराणहरुमा भाषाको सम्बन्धमा कुरा गर्दा भाषा अभिव्यति तथा बुझाईको माध्याम हो । भाषाको वास्तविक परिभाषा जिवनजाति ,समुदाय धर्म र संस्कति समाज सँग जोडिएको हुन्छ।

हामि यो धर्तिमा जन्मिए पछि हाम्रो जिवनको यात्रा सुरु हुन्छ । दु:ख गरेर छोरा छोरिको पालन पोषण तथा हुर्काउने काम गर्छौ । कसैलाई बिहान बेलुका छाक टार्न गाह्रो हुन्छ । कतिले लाउन खान र सुत्न सम्म पाएका छैनन् । त्यो उनिहरुको जिवन हो ।त्येसैले यो जगतमा हामिले जसरि विताइराखेका छौ त्यो सबै जिवन हो । आमा शब्द ममताले भरिएको शब्द हो । बालकले पहिलो पटक चिन्ने संसारको मानव आमा हो । पवित्र आत्मा र जिवनको गहिरो सम्बन्ध छ । जिन्दगिमा राम्रो कर्म गरेर अगाडि बढनुपर्छ ।

सोच विचार गरेर जन्माएका दृष्टिकोणहरु कहिले मर्दैनन । गौतम बुद्द मरेर गए पनि उनको विचार दृष्टिकोण अझै जिवितै छ भन्ने प्रमाणित बएको छ । हामिले सकरात्मक सोच विचारका साथ जिवन बिताउ । जिन्दगिलाई नैतिक बान बनाउ । जिवन र जगतलाइ बुझ्न सर्बप्रथम मानिसले यस जगतका सबै प्राणि माथि न्याय गर्नुपर्छ । प्राणि र प्रकृति बिचको शोषण अन्त्य गर्नुपर्छ ।जिवन जगतको बारेमा सोच चिन्तन गर्नुपर्छ। हाम्रा विचार ,भावना सोचाइ,रहन सहन चालचलन जिवनका पक्षहरु हुन ।जिवन बाच्ने कला हो ।मानव जिवन र जगतको अध्ययन गरि समाजमा बिद्यमान कुसंस्कार र कुरिति उन्मुलन गरि एउटा सभ्य समाज निर्माण गर्न सकिन्छ ।

मानिसले प्रकृति र समाजको बारेमा सत्य ज्ञान हासिल गर्नुपर्छ ।मानिसले आफ्नो लागि नभएर अरुको भलाइको बारेमा सोच्नुपर्छ ।संसारको शान्ति र मानब कल्याणको लागि कार्य गर्नुपर्छ ।जिवनको लक्ष्य चिनेर कार्य गर्नुपर्छ ।ऋषिमुनिहरुले जिवन र अस्तित्व रक्षाका लागि तपस्या गरेर यो ब्रामण्डका जिवहरुको स्वरुप प्राप्त भएको हो । बेदको ज्ञानले जन्म मृत्युको सार्थकता स्थापित गर्न मद्दत पुर्याउछ ।

– दिपायल सिलगढी
नगरपालिका वडा नं.२ दिपायल डोटी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in विचार मन्थन|चिन्तन and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.