~अविनाश कुमार साह~
पाइने होइन जोतेर, बारी कहाँ बाट ल्याउँछौ?
सीता जस्तो सभ्य नारी कहाँ बाट ल्याउँछौ?
छोरी हुँदा गर्भमै मार्नेहरुलाई मेरो एउटा प्रश्न,
यदि यसो गर्यौ भने तिमीले बुहारी कहाँबाट ल्याउँछौ?
महिलालाई श्राप भन्छौ भने किन चाहन्छौ आमाको माया?
आहिले त ठूलो भएछौ सानामा खोज्थ्यौ आमाकै छाया
जुन मानसम्मान हुन्छ मनमा आमाप्रति,
हुनै पर्छ त्यही मानसम्मान सबै महिलाप्रति
छोरीलाई घरको बोझ नमानी मान्नुपर्छ शिरको ताज,
हामीले सुरु गर्यौँ भने मात्र सुध्रिन्छ देश र समाज
केटा सुन हो भने केटी कोइलाको खानीमा रहेका हिरा,
जलाई दिनुपर्छ त्यो रीतिरिवाजलाई जसले हुन्छ महिलालाई पिडा
महिला हाम्रो देशको मानसम्मान हो भने उनको इज्जत गर्नुपर्छ,
आफ्नो लागि धेरै बाच्यौं अब देशको मानको लागि केही गर्नुपर्छ
आऔं हामी कसम खाऔँ कहिल्यै नगर्ने महिलाको अपमान,
मानौँ छोरा-छोरीलाई एक समान, मिलेर बढाऔं देशको मानसम्मान
अविनाश कुमार साह
कक्षा – ८
मुनलाइट मा. वि. बरहथवा, सर्लाही
(स्रोत : रचनाकारका शिक्षकले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )