कथा : उ डक्टर म चाँही लाहुरे

~सोनु कुमार सुनार~

हतेरी आज स्कुल जान अलि ढिलो भए जस्तो छ । नौ बजेर ४५ अहो स्कुलमा दशबजे पुग्नु छ । आज त फेरी स्कुलमा शुक्रवारिय कार्यक्रम पनि हुन्छ साथिहरु सँग कार्यक्रममा भागलिने बारे सल्लाह गर्नु पर्ने कस्तो खेल्दा खेल्दै समय वितेको थाहै भएन ।आमा आमा खाना तयार छ ? स्कुल जान ढिलो भयो अरु साथि हरु गइ सके होलान । ओहो बल्ल पो खाना सोध्छस लाटा धेरै ढिलो भइ सक्यो,आइज छिटो खाना खान । आमा ले खाना खान बोलाएपछि म भित्र गएँ र खाइवरी गरेर म स्कुल तिर लागेँ । आज ढिलो हुनाले झक्कले पनि स्कुल गइसक्यो त्यसैले म एक्लै स्कुलमा हतार हतार पुगेँ । स्कुलमा पुग्दा शारीरिक ब्यायाम सकेर पनि पहिलो घण्टी पढाउन रेवन्तराज सर कक्षा भित्र गइसक्नु भएछ । दौडँदा थाकेर रातो र निन्याउरो अनुहार लिएर म हाम्रो सात कलास को ढोका मा पुगेँ । मैले मे आइ कम इन सर भन्न लागेको मात्र के खोजेको थिएँ । रेवन्तेराज सरले झर्किँदै यहाँ कापी जाँच पनि सकिसक्यो किन ढिलो गरीस चङ्खे ,आइज आइज ।भन्ने बित्तिकै म भित्र गएँ र झक्कले को कोखामा बसेँ । म भित्र पुग्ने बित्तिकै कलासकी मइन्टल कविता कराइ सर यो किन ढिलो आयो यसलाइ उठबस गराउनु पर्छ ,सरले भो छाड्दे अव आज लाइ फेरी यस्तो गल्ती नगर्नु भनेर मलाइ बस्न को लागी भने ।

कलास को अन्त्य भयो र सवै बाहिर निस्के ।बाहिर ग्राउण्डमा बिधार्थिहरु छरिएर हिँड्दै थिए । जाडोको महिना भएका ले पारिलो घाम भनेको एक किसीमको प्राण जस्तै थियो कक्षा भित्र जाडोले कुक्रुक्क परेर बसेका सबै बाहिर निस्कँदा घाममा सबैलाइ आनन्दको अनुभति भएको देख्न सकिन्थ्यो ।बिधार्थिहरु घाम तापीरहेका बेला एक्कासी हलचल पैदा भयो सरले माइक बाट सम्पुर्ण बिधार्थि भाइबैनी हरु शुक्रबारिय प्रतियोगिताको लागी तयार भइराख र आज हुने लोकगित प्रतियोगिता को लागी आ आफ्नो टिम हरु बनाउ भन्नु भयो । लोकगित प्रतियोगितामा झक्कले ले मादल बजाउँथ्यो र मैले गित गाउने गर्थे र हामी सधै प्रथम हुने गथ्र्याैँ ।आज पनि झक्कले लाइ मैले बोलाएँ उ चौरको कुनामा यताउति गरिरहेको थियो । सायद मलाइ नै खोजिरहेको थियो होला ।म उ भएतिर गएँ । उस्ले मलाइ देखेपछि भन्यो ओ चङ्खे कँहा हराएको हँ ? आज गाउने गित लेख्या छस ? अँ आज त मैले जातिय छुवाछुट सम्बन्धी गित लेखेको छु यार कस्तो होला हँ ? उसले भन्यो आज पनि तँ प्रथम आउने सम्भावना पक्का छ । भो भो धेरै कुरा गर्ने होइन फुर्काउन तँलाइ खुव आँउछ । स्कुलको मैदानमा कार्यक्रम सुरु भयो कार्यक्रमको उदघोषण गर्नको लागी सरले हाम्री कलासकी क्याप्टेन कवितालाइ बोलाउनु भयो । कविता ले कार्यक्रम अगाडि बढाउँदै सवै टिम लिडरहरु लाइ चिठ्ठा टिप्नको लागी मञ्चमा आउन उदघोषण गरि । जम्मा जम्मी २० टिम दर्ता भएकोमा हाम्रो समुह कति नम्बरमा पर्ने हो मेरो मुटु काँपीरहेको थियो । चिठ्ठामा हाम्रो टिम तेस्रो नम्बरमा परेको थियो । पहिलो र दोस्रो को पालो सकिएपछि हाम्रो पालो आयो अगाडी गाइएका गितहरुमा कहिले गित मिलेको थिएन त कतिखेर मादल मिलेको थिएन । हाम्रो नाम मञ्चबाट भनिएपछि हामी मञ्चमा गित गाउनको लागी म र मादल बजाउनको लागी हामी अगाडी गयाँै । हाम्रो प्रस्तुति सकियो र अरु टिमहरु को प्रस्तुति हरु प्रस्तुत भरहेका थिए गित गाइसकेपछि मेरो मनमा एकदम हलचल भइरहेको थियो । झक्कले कार्यक्रम हेर्न ब्यस्त थियो मैले पटक पटक उसलाइ भन्थेँ हामी के हुन्छाँै होला हँ ? उसले मेरो कुरा वास्ता नगरीकन कार्यक्रममा लिप्त भएर ध्यान लगाएको थियो ।

कार्यक्रम को अन्त्य आइसक्यो सवै टिम हरु को गाउने समय सकिसक्यो । नतिजाको लागी निणायक मण्डल भित्र कोठातिर गयो । सवैको मनमा यहि छाइरहेको हुनुपर्छ की प्रथम ,द्धितिय ,तृतिय कुन हुन्छ भनेर यही अन्योलताको बिचमा निणयक मण्डल भित्र बाट बाहिर आयो सवै को आँखा त्यतै तिर गयो र वाहिर आयो नतिजा, हाम्रो टिम आज पनि प्रथम भयो खुसिको त सीमा नै रहेन कति हो कति खुसी त गन्ने नसकिने । प्रतियोगिता सम्पन्न भयो । स्कुलमा झक्कले र मेरो यस्तै दोस्ती थियो कि हामी जुनसुकै काम गर्दा पनि सँगै हुन्थ्यौँ । घर , गाँउ ,रामघाम सवै ठाँउमा उसको र मेरो जोडी सँगै हुन्थ्यो । पढाइमा उ निकै तगडा थियो कि उसले कविता सँग पनि प्रतिस्पर्धाको हैसियत राख्दथ्यो । तर श्रिजनात्मक ज्ञानहरु म मा धेरै भएपनि पढाइमा म उ भन्दा केही कमजोर थिँए, स्तरको दृष्टिले पनि उ धनि थियो भने मेरो परिवारको आर्थिक अवस्था कमजोर थियो । मेरो परिवार गरिव भएको ले मैले घरको काममा धेरै समय दिनुपर्ने भएकाले मेरो पढाइको अवस्था कमजोर भएको हो । दिन हरु बित्दै जाँदा ,झक्कले र म माथितल गरिरहँदा हाम्रो स्कुलमा परिक्षा पनि आयो । सात कक्षाको बार्षिक परिक्षा पनि सकियो परिक्षा को रिजल्ट पर्खर्ने दिन पनि सकियो कलासमा कविता पहिलो र झक्कले दोस्रो अनि बिकास तेस्रो भए । म चाही ‘‘‘म त खै केभनु फेल भएँ । एक्कासी रिजल्ट प्रकाशित भइसकेपछि मेरो फेल मार्कसिट आयो मलाइ अहिले सम्मकै सवैभन्दा ठुलो पिडाको अनुभुति भयो । साँझ घर फर्कने बेला झक्कलेको निधारमा अविर र हातमा पास भएको मार्कसीट लिएर बढो खुसी साथ इ·लिस को मिनी· घोक्दै उकालो चढिरहेको थियो । म भने आफु फेल हुनुको कारण आÇनो गरिव परिवार लाइ धिर्कादै आँसु बाहिर नझारेपनि भित्र भित्र हृदय जलाउँदै उकाले लागी रहेको थिँए । घर पुगिसकेपछि आमाले सोध्नु भयो किन किन यस्तो अनुहार हँ? कसै सँग झगडा गरिसकी क्या हो ? एकछिन त म केही पनि बोलिन अन्तत बोल्नै प¥यो मैले रुन्चे स्वरमा भनेँ आमा …….म…….केहो यो केटा आज किन यसो गरीरहेछ के आमा आमा भन न छिटो । आमा म फेल …..म फेल भएँ । ह

तेरी हामी ले दिनरात साहुको भारी बोकेर कमाएको पैसाले तँलाइ पढाएको हो सवै खोलामा हालिस है । धिक्कार छ यस्तो बिनाबुद्धी को लम्फुलाइ जन्माउनु।आमा कराइरहेकै वेला बुवा आउनुभयो उँहा आउने बित्तिकै आमाले जानकारी गराइ हाल्नु भयो हेर्नुस न चङ्खे त फेल भएछ सबै मेहनत दुख खोलातिर हालेछ । कसरी नहोस फेल पढ्ने समय नै छैन उ सँग जतिखेर पनि काममा । अर्काे दिन मन नरमाइलो पार्र्दै भएपनि स्कुल जाने तरखर गरेँ । झक्कले ले बोलायो चङ्खे छिटो आइज ढिलो भइसक्यो । फेल भइसकेपछि झक्कले सँग स्तर पनि मिल्दैन की भनेर सँगै हिड्न पनि आत्मग्लानी भएर आयो । ३ घण्टाको लामो बाटो को पैदल यात्रा पछि हामी बिद्यालय पुग्यौँ । झक्कले आठ क्लासमा गयो मपनि उ सँगै बस्ने बानी लागेकाले मपनि भित्र सँगै गएँ । सवै साथी हरु हाँसे र भने ए चङखे पनि पास हा..हा..हा… मेरो मुटु झन चर्कियो र म तुरुन्त बाहिर निस्केँ।

सात कलासमा मिल्ने साथि झक्कलेमात्र थियो उ आठ क्लासमा गइसके पछि म एक्लै भएजस्तो लाग्यो । सधै झैँ पहिलो घण्टी लागीसकेपछि रेवन्तराज सर क्लासमा आए र सुरुमै मलाइ उठ्न पठाए । मलाइ थाहा थिएन उनले मलाइ किन उठाए । उनले भने के छ गायककार गित ग बढो मिठो गाँउछस तर किन फेल ?यतिकै मा क्लासमा एकजनाले वोल्यो, अरे उ गाइने दाइ बन्न सक्छ पढाइमा फेल भए पनि गीतमा त पास छनी । सवै हरु हाँसे ,मभने एक शब्द नवोली स्तब्ध भएर उभिँरहेँ। क्लासमा सवै जना ६ क्लास वाट आएका नचिनेका नँया विधार्थिहरु थिए । साथिहरु पनि नँया छन ओ चङ्खे एउटा गित सुनाइदे न सवैलाइ ।रेवन्तराज ले मलाइ गिज्याउँदै भनेका थिए । मलाइ दिमागमा आगो बलिरहेको थियो तर म केही पनि गर्नसक्ने अवस्थामा थिएन । यसले जवसम्म गित गाँउछु भन्दैन तव सम्म यस्लाइ यही उभ्याइ राख्नु पर्छ । बरु तिमीहरु आज बल्ल सात क्लासमा नयाँ छौ त्यसैले नँया पाठ्यक्रम हरु यसो हेर्दै गर भनेर रेवन्तराज वाहिर निस्के। क्लासको माथि तर्फ बसेका केटिहरु आँखा तिरीमिरी पार्दै सुस्त आवाजमा गाइदे ..गाइदे न गित एउटा भनी रहेका थिए । यस्तै गर्दा गर्दै आजको क्लास सकियो । मेरो मन साह्रै विग्रेको ले र टाउको पनि दुखेका ले म आज अरु घण्टी हरु पनि नपढ्ने मुडमा थिँए । पर्खाल को पछाडी बाट उक्लेर म बाटो मा गएँ र घर तिर लागेँ । आज मेरो स्कुलमा भएको अपमान को कारण मेरो मन साह्रै अमिलो भएको थियो।घर पुग्दा ५ बज्ने गथ्र्याे सधै तर आज म छिटो गएकोले मात्र २ बजेको थियोे । बाटोमा आँउदा गाँउलेहरु ले कुरा काटेको सुनेँ, कामी ,दमाइ ,गाइने हरु ले कँहा पढ्न सक्छन यिनीहरु माथि गए भने त हाम्रा छोराछोरी हरु को पालो नै आँउदैन । गाँउघर र स्कुलमा भएको अपमान लाइ सम्झेर मलाइ एकछिन पनि यो गाँउमा बस्ने मन थिएन ।

राती ओछ्यानमा पनि मलाइ राम्रो सँग निन्द्रा लागेन । सोँच्दा सोँच्दै म त इण्डीया जाने निष्कर्षमा पुगँे कस्तो अचम्म । हाम्रो गाँउमा मेरो उमेरका थुप्रै केटाहरु इण्डिया जाने आउने गर्थे , गाँउको कुलमेला मान्न आएको रुविराम पनि भोली मात्रै इण्डिया जाने खवर सुनेको थिँए।विहान भएपछि म रुविरामको घर तर्फ लागे त्यहाँ पुगे पछि आफु पनि इण्डिया जान चाहेको र भाडा हालेर लैजान अनुरोध गरेँ। उसले ५ मिनेटमा झोला लिएर आउन भन्यो । मैले झोला र कपडा हरु गोठमा लुकाएको थिएँ त्यसैले तुरुन्त म रुविराम कँहा गएँ,उसँग इण्डिया जाने बेलामा बसमा त म चढेको थिँए । हामी कृष्णनगरवाट रेलमा चढयाँँै ।यता गाँउघर,स्कुल,आमा,बाउको सम्झना आइरहँदा मन रोइरहेको थियो अर्काे तर्फ पहिलो पटक रेलमा चढ्दा रमाइलो अनुभुति भइरहेको थियो । मेरो बाल्यकालको यी सम्झनाहरु मेरो दिमागमा ताजै छन। आज म भारतको लुधियानामा छु ।यहाँ चौकी दारी गर्छु २८ बर्ष भयो म यहाँ आएको मलाइ जान्न मन लागेको छ साँच्चै हाम्रो गाँउमा जातिय भेदभाव उस्तै होलाकि ,स्कुल उस्तै होलाकी ? सुनेको छु काँइला मुखियाका छोरा मेरो सातकलासको साथी झक्कले त पढेर डाक्टर बनेको छ रे म चाँही लाहुरे ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.