~प्रमोद चाम्लिङ~
जीवनको अन्तिम पल
तिम्रो सामु मेरो निर्जिव शरीर
अलपत्रै पसारिएर ढल्यो भने
बाँकी रहेका मेरा पाहुनाहरु
त्यो शरीरको प्रत्यक पत्र खोतल्नु है
किनकी,
पत्रै पत्रले लपेतिएको छ जिन्दगी
वास्तबिक पत्रको समिपमा पुग्यौ भने
सुक्ष्म बिन्दुबाट संसार चिहाउने छौ
प्रतिभाको आकाशमा सयर गर्नेछौ
त्यसैले,
प्रायस्चितको अङ्ग-अङ्ग छाम्नु है
जुन अङ्गबाट नमिठो कहानी पाउने छौ
दु:ख सँग रगेटिएको कथा भेट्ने छौ
जहाँबाट नौलो बिहानिको शुभारम्भ हुनेछ
शायद,
यो कालो युग सँग लड्दा-लड्दै
विना संगीत नै अन्त्य हुन्छ मेरो जीवन
फगत रित्यो ढल्छ मात्रै यो जिन्दगी
जुन ढलाइमा आवाज हुँदै न
तर,
अघात माया सँगै स्वर्ग जाने बाटो दिनु
अन्तिम श्रदान्जलीमा एकमुठी माटो दिनु
न्यायोचितको गल्तिहरुमा भुल प्रति क्षमा दिनु
कहिले नफर्किने बाटो बाट विदा दिनु
अन्यामा,
जाने बेला केही मग्दिन तिमी सँग
चितामा लड्दा मेरो लाश एक झिल्को आगो दिनु
मलाई दिएको एक झिल्को आगोको माया
छाडि जानेछु मेरो लाशको खरानीहरु…
बाँकी रहेका मेरो अन्तिम अवसेसहरु….
खोटाङ बुइपा-६
हाल- मलेसिया
20th October 2008
(स्रोत : खोटाङ डट अर्ग)