संस्मरण : खै के भनौ ककनी तिमीलाई

~सिद्धिचरण श्रेष्ठ~

 वि.सं २०१९ सालको पौष महिनामा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट म लैनसिंह बाङ्देल कृत्रिमताबाट वाक्क भएर केही समयका लागि प्रकृतिको छटाले सुसज्जित ककनीतर्फ लाग्यौँ । वास्तवमै ककनी प्रकृतिको क्रीडास्थल रहेछ । निकै दिन हामीले त्यहीँ बसेर प्रकृतिको छटा हेर्‍यौँ । हामी त्यहाँ रहँदा लैनसिंह बाङ्देलजी आˆनो कलाशिल्पको कुचीले रङ्ग्याई हिमालयको विशालतालाई उतार्ने चेष्टा गर्नुहुन्थ्यो भने म प्रकृतिको विशालतामा मख्ख पर्थें र त्यसलाई कलमले उतार्न खोज्थेँ ।

ककनी काठमाडाँै उपत्यकाबाट उत्तरतिर पर्छ । विशेषगरी हिमालयको भव्यतालाई नियाल्नका निम्ति पर्यटक त्यस ठाउँमा आउने गर्दा रहेछन् । श्री ३ चन्द्रशमशेरको पालामा काठमाडाँैस्थित बि्रटिस राजदूतद्वारा यहाँ एउटा भव्य बङ्गला बनाइएको रहेछ, जुन दुई/चार दराज पुस्तक राखी सङ्ग्रहालयजस्तो देखिन्थ्यो । पर्यटन सेवाको विकास र त्यति नभए तापनि प्रकृतिसँग खेल्न र शान्ति लिन ककनी एउटा रमणीय भूमि बनेको थियो । त्यहाँ गएर आˆना दुःख दर्द बिर्सन्थेँ र हल्का भएर र्फकन्थेँ । आहा Û प्रकृतिको रमणीय थल यो ककनी कति सुन्दर र आल्हादकारी छ । यसलाई रागात्मक अभिव्यक्ति दिनु नै कविता हो ।

अहिले हामी ककनीमा छाँै र ककनीको सौन्दर्यलाई पिएर हृदयमा सौन्दर्यको लहर नै छल्काइरहेका छाँै । हाम्रो अघिल्तिर धवल हिमराशि थुपि्रएको मनोरम दृश्य छ । हिमशिखरको उच्चता र विकरालतालाई देखेर हाम्रो छाती गर्वले बडेमानको भएर आयो । आहा ! कति स्वच्छ छ यो वातावरण जहाँ हृदयलाई पूर्ण विश्रान्ति मिलेको छ । यहाँ निराशाले खाइसकेकाहरू पनि पुनःआशाको खोजीमा आउँछन् र यहाँको प्राकृतिक सौन्दर्यमा डुबेर आˆनो विगत जीवनलाई फर्काएर हाँस्न, नाँच्न र गाउन लालायित हुन्छन् । कलाकारलाई यहाँ अभिव्यक्तिको स्फुरण भइदिन्छ र कवि, लेखकमा काव्यात्मक धारा रसाएर आउँछ ।

हिमाल जहिल्यै पनि उच्चतम र सुन्दर छ । कवि, कलाकारको मात्र होइन, आध्यात्मिक दर्शनको पनि यो एउटा उद्भवस्थल हो । यसको अनुपम गरिमा हेर्दै कति योगीमुनिहरूले आˆनो मुक्तिको बाटो भेट्टाए, सत्यको दर्शन पाए । कतिपय ठूला र वैभवशाली राजाहरूले पनि तृणवत् आˆना समस्त वैभवलाई ˆयाँकेर तिम्रो पिछा गर्ने कारण मलाई अहिले बल्ल थाहा भइरहेछ । देश-विदेशका पर्यटक टाढैबाट भए पनि तिम्रो दर्शन गरेर आफूलाई धन्य पार्छन् । उत्साही युवाहरूलाई तिम्रो टुनाले खिचेर पागलझैँ बनाइदिन्छ । कोही-कोही हिमालको आरोहण गरेर आफूलाई अमर पार्छन् । कहिलेकाहीँ बादल माथिसम्म उठेर तिमीलाई ढाकिदिन्छ । तिम्रो मुख नदेखिको बेला मलाई लाग्छ- जीवनमुक्त महात्माले सुख-दुःखलाई त्यागेर लीला गरेझैँ तिमीले पनि लीला गर्‍यौ र मलाई झुक्याउन थाल्यौ भन्ने ।

ककनीको रमणीयतामा रमाइरहेकै बेला केही ढाक्रे आँखाअगाडि पर्न गए र झल्यास्स झस्केँ । देशको अवस्था मेरो अगाडि नाच्न थाल्यो । अशिक्षा, गरिबी र शोषणको कत्रो गहिरो खाल्डो । शताब्दीयाँै शताब्दी बिते तर नेपालीलाई उकास्न सकेन । साना बालबच्चा मेरा अगाडि नाच्ने, गाउने गर्थे, कोही-कोही डाँडाकाँडा चहार्थे । प्रकृतिको मनोरम दृश्यमा ती बालबालिका पनि प्रकृतिकै अभिन्न अङ्गजस्ता देखिन्थे, जसमा कुनै पनि प्रकारको रिस, राग, कपट, छलछामजस्ता कुराको लेसमात्र पनि पाइँदैनथ्यो । विज्ञानले चन्द्र र मङ्गललाई आˆनै परिवार बनाइसकेको अवस्थामा पनि यिनीहरू आˆनै देशको राजधानीबाट धेरै टाढा र अनभिज्ञ छन् । विकसित देशहरूका अगाडि त यहाँका मानिस दुःखको भारी बोकेर जीवनको विश्रान्ति खोजिरहेझैँ लाग्छन् ।

म एउटा कवि, ककनीको डाँडामा बसेर प्रकृतिको लीला हेरिरहेछु । अघिल्तिर जादुमय हिमालको महान् दृश्य मलाई देखेर हाँसिरहेछ । समयको कठोर सङ्घर्षमा कैयौँचोटि ठक्कर खाँदै आजित भइसकेको एकमुठी श्वास हिमालको महानतामा फुस्कन खोजिरहेछ । तर, यस्तैमा ढिकीको आवाज आउँछ र भन्छन् हे, कवि तिमीले मर्नुहुँदैन । तिमी मरेर पनि उम्कन सक्दैनौँ । तिमीलाई फुलाउने बोट तिम्रो समाज जो प्रसव पीडाले व्यथित छ, तिमीलाई बनाउने माटो जो मुर्दा जस्तै निश्चल बनेको छ । यी सबैलाई तिमीले हेर्नुपर्छ र यिनको समेत मुक्तिका लागि काम गर्नुपर्छ । समाज र देशको माटोलाई छाडेर स्वर्ग गए तापनि तिमीलाई सुख हुने छैन । म झस्किन्छु र एउटा चेतनालाई ब्युँझाएर जागृत गराउने प्रयत्न गर्छु ।

म एउटा ठूूलो ढिस्कोमाथि छु र मेरो अघिल्तिर पर्वतमाला भिरालिँदै भिरालिँदै तल लिख्खुखोलासम्म पुगेको छ । पहाडी भू-भाग भएकाले चार कोस टाढा रहेको लिख्खुखोला पनि नजिकै जस्तो लाग्छ । अग्लो ठाउँमा बसेर हेर्दा मलाई मेरै घरको अट्टालिका बसेरजस्तो लाग्छ । यस लिख्खुखोलाको उत्तरतिर क्रमशः पहाड उठ्दै गएको चुचुराहरू कमलका केस्रामै देखिन्छन् । टलक्कै टल्कने शुभ्र हिमाल पानीमा छरिएका चामलझैँ कहीँ बँेसी, कहीँ कम पश्चिमदेखि उत्तर हुँदै पूर्वतिर गएको छ । माथि आकाशतिर हेर्दा भुवाजस्तो दूधको फिँजजस्तो, मौनबत्ती बलेकोजस्तो भाँती-भाँती दृश्य देखिने यो धर्तीको स्वर्गझैँ लाग्छ । यस्तो कल्पनामा हराउँदै गर्दा नै जाने कताबाट हो खोलाले सुसेलेको, ढिकी कुटेको, जाँतो चलाएको आवाज मेरो कानमा सुसाइरहेका थिए । म झसङ्ग हुन्छु, यो एकान्त जङ्गलमा कसले जाँतो, ढिकी गर्दोरहेछ भनेर ? बिस्तारै मलाई थाहा हुन्छ स्वयम् प्रकृतिको घन्टा आफैँ बजेर मलाई भुल्याइरहेछ, रसपान गराइरहेछ सजीवझैँ बनेर । कल्पनाको खानी प्रकृतिको क्रीडास्थल स्वर्गको पुष्पवाटिका खै के-के भनुँ-ककनी तिमीलाई ।

हिउँको घोडामाथि चढेर
मिहीन गुलाबी धुम्टो ओढी
कत्ति नहेरेझँै सबै हेरी
ऊ-ऊ च्याउन आइन् गोरी
प्रेम परस्पर गहिरो जोडी
पुग्न कतैतिर दौडिरहेछन् ।
बीचको बन्धन घेरा तोडी

स्रष्टा सिद्धिचरण श्रेष्ठले वि.सं २०१९ सालमा लेख्नुभएको अप्रकाशित संस्मरण

(स्रोत : सिद्धिचरण शतबार्षिकी विशेष – ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.