कविता : जनता

~राजव~

यी जनता हुन्
यी जनता हुन्
यी जनता हुन्

जनता हुन् यीसँग
पर्याप्त दुःख छ
यी जनता हुन्

यी जनता हुन्
यिनको घरभित्र छिर्नुस्
यिनका बच्चा मान्द्रोमा भोकै सुतेका हुन सक्छन्
अथवा रोगले ढलेका हुन सक्छन्
यिनका आईमाईको आंगमा पूरा लुगा नहुन सक्छ
यी देशको लागि नभै नहुने
पुरक प्राणी हुन्
जनगणमा यी धेरै छन्
यी जनता हुन्

यी जनता हुन्
यिनको आंगमा चढेर
कुनै पनि दलाल
शासक हुनसक्छ
यी जनता हुन्

(स्रोत : नेपाल साप्ताहिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.