~सुजन बुढाथोकी ‘कान्छा’~
खानका लागि एक गेडो चामल छ न दाल छ
उ गरिब हो जस्को घरमा केवल अनिकाल छ,
बाटोमा रोएको देखेर पनि हेर्दै नहेरी गयो
होला सायद छिमेकी जो बहुद पुजिबाल छ
आफ्नै आङ्ग झै भत्केका छन घरधुरि र वालहरु
कपडा जस्तै गरेर छोप्न मिल्ने न एउटा त्रीपाल छ
ए समानता न्याय र समृद्दीका नारा घन्काउनेहरु
बुझ् गएर गाउमा दलित पिडित र गरिबको के हाल छ?
तिमिलाइ सहर माग्न आउदा कसरी चोर जसरि आउ
म गरिबदलित हु र हामी बिचमा अग्लो पर्खाल छ
भो तिमी जाउ बिदेस पढाउ हामी बिच बाटोमै मर्छौ
यो दुर्गम गांंउ नकिकै न स्कुल छ न अस्पताल छ
खानका लागि न एक गेडो चामल छ न दाल छ,
उ गरिब हो हजुर जस्को घरमा केवल अनिकाल छ,
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )