कविता : हामी साहित्यकार हौं

~हरि कंडेल~

हामी अपराधको
विरुद्ध बोल्छौं,
अन्याय
विरुद्ध बोल्छौं,
देशको राजनीति खिचातानी
विरुद्ध बोल्छौं,
किनकि हामी साहित्यकार हौं ।
हाम्रो सामाजिक संजालहरुमा
आफ्नै गुटबन्दी छ,
हामी हाम्रो संस्थामा आवद्ध भएकालाई
बोल्ने अवसर दिन्छौं,
रचना वाचन गर्ने अवसर दिन्छौं,
हामी निकट हाम्रो वाह वाह ,
गर्नेहरूका रचनालाई पत्रपत्रिका सम्म
पुर्याउने काम गर्छौं,
ऊनीअरुलाई अगाडि ल्याउन कार्यक्रम राख्छौ
ऊनीहरुलाई राखेर महफिल बनाउँछौ
त्यहीँ माफिलमा बसेर
शब्दहरुको अस्त्र बनाएर,
राजनीति घेरा बन्दीको
चर्को बिरोध गर्छौ,
किनकी हामी साहित्यकार हौं ।
हो हामी साहित्यकार हौं ,
हाम्रो संस्थामा पैसा दिनेलाई
वरिष्ठ साहित्यकारको पदमा राख्छौं,
महफिल सम्म पुग्नको लागि
जवानी लुटाउने नारीलाई,
महफिलको रानी बनाउँछौ,
अनि त्यहीँ महफिलमा बसेर,
अत्याचार विरुद्धको शब्द कोर्छौं,
शब्द मार्फत,
महिला हिंसा विरुद्धको आवाज उठाउँछौं,
देशका शासकहरू चर्को विरोध गर्छौ
बलात्कारीलाई फाँसीको सजाय माग्छौं,
किनकी हामी साहित्यकार हौं ।
हो हामी साहित्यकार हौं,
एक आपसमा
संस्था संस्था बीच सम्झौता गर्छौ,
साहित्यको मापन विना ,
साहित्यमा हुनुपर्ने योगदान विना,
आलोपालो प्रमुख अतिथि राख्छौं,
अतिथि राख्छौं,
कार्यक्रम गर्छौं
शब्द रूपी वाण मार्फत,
देशमा मौलाएको
नातावाद कृपावादको बिरोध गर्छौं
योगदान र समर्पणका कुरा गर्छौं,
किनकी हामी साहित्यकार हौं,
हो हामी साहित्यकार हो,
हामी शिष्य भन्दा बढी शिष्या मन पराउँछौं,
नमिलेका शब्दहरू पनि
वाह आहा भनिदिन्छौं,
सिकाउने बहानामा
अश्लिलताको सिमा नाघ्छौं,
अनि शब्द मार्फत
सबै नेपाली दिदी बहिनी हुन्
भन्दै कलम र कापीको आन्दोलन गर्छौं,
किनकी हामी बरिस्ठ साहित्यकार हौं ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.