छन्द कविता : लाहुरेकी छोरी

~जीर्ण भागेदार~

छन्द : विद्युन्माला

काली-काली गोरी रै’छे
कस्ती राम्री मोरी रै’छे
मौरी भुल्ने तोरी रै’छे
लाहूरेकी छोरी रै’छे !

जुत्ता हेर्दा जुत्तै राम्रा
खुट्टा हेर्दा खुट्टै राम्रा
कर्के आँखा पारी हेर्ने
वैँशै मीठो दीलै चोर्ने !

मस्की-मस्की हाँस्दै बोल्ने
बोली सुन्दा छाती पोल्ने
यस्ती राम्री, यस्ती दामी
चर्चा धेरै सारा नामी !

कस्ता राम्रा राता गाला
आली-आली धान्का बाला
हेर्दाहेर्दै मातै लाग्ने
मेरा आँखा राम्रै ताक्ने !

छन्दः विद्युन्मालामा s x ८

(स्रोत : ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.