कविता : विश्व पूँजीवाद र स्वतन्त्रता

~हरि बहादुर भुजेल ‘विभास’~

म चाहान्छु स्वतन्त्रता
स्वीकार छैन मलाई
भुगोल माथी कोरीएका
राजनीतिक सिमाहरु
देश विदेशका नाममा ठडाइएका पर्खालहरु
थन्काउन चाहन्छु म राजनीतिक नक्सालाई
कुनै संग्रालयको भित्तामा ।

के सक्छौ तिमी ?
तिम्रो देशको सिमामा लगाइको काडेतार हटाउन
भ्लतचथ र भ्हष्त को
सिमाना तोड्न ?
नेपाली र जापानी
अमेरीकि र यूरोपेलीको परिचय त्याग्न ?

तिमीले आज्र्या भनेको मूलुक
तिम्रो मात्र होइन
मेरो पनि हो अलिकति
मेरो जति हो तिम्रो पनि हो त्यति
Can you expect it
we will have a world
not a country
not a division of people .

लिएर संसारको डाडु पनियो
Freedom / equality को
रमाइलो मजाक नगर
Really i say you
Its not a joking
तिम्रो कोकाकोला मेरो गाउँ आयो
जसलाई खाएर बिर्सियौ हामीले
दहि, दुध र मकै
तिम्रो टेलिभिजन हेरेर सिक्यौ हामीले
बिरालो चाल हिडाइ
तिम्रै मोवाइलमा पोर्न फिल्म
बोक्छन् हाम्रा तन्नेरी
छैन केही बाँकी हामीले हाम्रो स्वतन्त्रता
तिम्रो सन्दुक भित्र राख्न
Its not fair
कपट नगर
र नसिकाउ हामीलाई
what is freedom?

स्वतन्त्रता मेरो पनि हो
स्वतन्त्रता मेरो पसिनाको पनि हो
मेरो पसिना र तिम्रो पसिना किन फरक छ ?
किन फरक ‘डलर’ र ‘रुपैयाँ’ ?

मेरो क्षमतालाई चोरेर
शक्तिशालिको हौवा नफैलाउ
हाम्रो पसिनालाई सोसेर महलहरु नठडाउ

I also want equality
I also want Freedom
I have a dream, My Friend
we have a equal right
To share all of resources around the world
which is also made by our
‘Unequal relationship’
‘Unfair distribution ‘
‘Unequal Exchange ‘

म तिमीलाई चुनौतिका साथ भन्दछु
मेरो पुर्खाको रगत चुसेर
मेरो बर्तमानको गाँस काटेर
तिमीले खडा गरिरहेको
यो सिमाको पर्खालले
के खोजिरहेछ ? युद्ध कि शान्ति ?
मेरो योग्यताको लिलामी गरेर
बिक्रिमा राखिएको बन्दुकले
पड्काउन सक्छ स्वतन्त्रताको गित ?

I hope,
जसरी चराहरु गित गाउछन्
र उड्छन् वारी पारी
जसरी मृगहरुले पिउछन् खोलाको पानी
त्यसै गरि
पलाएको छ मेरो पखेटा
मलाइ कैद गर्न नखोज
जाँलि पिजडाँमा
खोज्न चहान्छु चहारा र गित
यो पृथ्वीको कुना कुनाबाट
मलाई नथुन यी सिमाको पर्खालहरुले ।।

-पोखरा

(यो कविता विश्वलाई नै एक प्रणालीको रुपमा एक छत्र राज गरिरहेको पूँजीवाद र त्यसले खडा गरेको असमान विनिमय प्रणालीको विषयमा केन्द्रीत छ । )
( सन्दर्भ स्रोतहरुः )
– Immanuel Wallerstein ‘World Systems Perspective’
– A.G Frank ‘Dependency Theory’
– A theoretical approach to the migration of worker, Chapter 2 Newyork : Monthly Review1979.
– मेरो पुर्खाको रगत चुसेर ,मेरो बर्तमानको गाँस काटेर… मेरो योग्यताको लिलामी गरेर
( पहिलो र दोस्रो विश्वयुद्धमा करिब ६० हजार नेपालीले आनो ज्यान अर्पण गरेका छन् । प्रत्यक्ष युद्धमा सहभागी नभएर नै यो स्तरमा युवाहरुको रगत खेर फाल्ने नेपाल नै त्यस्तो एक देश हो । के.सी सुरेन्द्र गोर्खा भर्तीको कथा ब्यथा र आन्दोलन, सविता प्रकाशन ताप्लेजुङ्ग ः२०६२ ।
– ‘Unequal Exchange ‘ नेपाल र भारतको ब्यापार असन्तुलन १ः६ अनुपातमा छ अर्थात नेपालले एक रुपैयाँको निर्यात गर्दा भारतबाट ६ रुपैयाको बस्तुहरु आयात हुने गरेको छ । चीनलाई नेपालले २ रुपैयाको वस्तु निर्यात गर्दा चीनबाट ४४ रुपैयाको वस्तु आयात हुन्छ । हेर्नुहोस् राष्ट्रवैङ्कको तथ्याङ्क ।
( कोकाकोले आनो बजार विस्तार गर्न हाम्रो देशको कुना कुना सम्म पुग्न सक्छ तर हाम्रो गाउँको किसान अमेरिका छिरेर पसिना बेच्छु भन्दा दिइदैन् । अरु त अरु पचास बर्ष पहिला भोकमरी लागेर हामीले पठाएको चामलको बोराले बाँचेका कोरीयनले हाम्रो युवालाई लैजान इपिएस टोपेकको परिक्षा लिन्छन् र पास गर्दछन् र अन्त्यमा नलैजाने घोषण गर्दछन् तर कोरियनको ब्यूटि प्रशाधनले अनुहार सजाउछन् हाम्रा तन्नेरी तरुनी । उनीहरुका ब्यूटि प्रशाधनलाई हामीले हाम्रो बजार सहजै दिने तर उनीहरुले हाम्रो पसिना बेच्ने बजार चाँही सजिलै किन नदिने ?
( किन फरक ‘डलर’ र ‘रुपैयाँ’ ? हाल एक डलर साट्नको लागि नेपाली रुपयाँ ९४ खर्च गर्नु पर्दछ । जुन हाल सम्मकै डलरको उच्च् मुल्य हो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.