कार्यपत्र : नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान

~डि.आर.पोखरेल~

१. विषय प्रवेश

पूर्वीय सभ्यता र संस्कृतिको केन्द्रका रूपमा अति प्राचीन कालदेखि नै परिचित सुन्दर नगरी वाराणसी (बनारस) वा काशी नेपालीहरूका निम्ति सहज र सोद्देश्य गन्तव्य थियो भन्ने कुरालाई ‘विद्या हराए काशी जानु …’ भन्ने भनाइले पुस्टि गरेझैँ लाग्छ । अशिक्षा, गरिबी र अभावले छटपटिएका सर्वसाधारण नेपालीले काशीमा धर्म, संस्कृति, शिक्षा, साहित्य र कलाको क्षेत्रमा आफूलाई समाहित गर्ने अवसर पाएका थिए । शिक्षार्जनको अवसर, तीर्थाटनको अवसर, काशीवास (कल्पवास) को अवसर, रोजगारीको अवसर आदि अवसरहरूको प्राप्तिबाट उनीहरूलाई ठूलो त्राण मिलेको थियो । त्यहीँबाट शिक्षित, बौद्धिक र जागरूक नेपालीहरूको पुस्ता तयार हुन थाल्यो । यसरी धार्मिक, सांस्कृतिक र शैक्षिक उन्नयनद्वारा शिक्षित, बौद्धिक र जागरूक नेपालीहरूको पुस्ता निर्माणमा काशीले अनमोल योगदान ग¥यो र गरिरहेको छ । यिनै योगदानहरूको लहरमा काशीले नेपाली साहित्यिक पत्रकारिताको विकासमा पु¥याएको योगदान पनि प्रातःस्मरणीय बनेको छ ।

आज नेपाली साहित्यिक पत्रकारिताको आरम्भ भएको सवासय वर्ष नाघिसकेको छ । यसलाई पछाडि फर्किएर हेर्दा दुईवटा गर्विला कुराहरू पाउँछौँ । पहिलो कुरो नेपाली साहित्यिक पत्रकारिताको जग मोतीराम भट्टले बनारसमा रहँदा नै राखे र दोस्रो कुरा नेपाली पत्रकारिताको सुरुवात नै साहित्यिक पत्रकारिताबाट हुन पुग्यो । नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रका प्रायः अध्येताहरूका अनुसार कवि मोतीराम भट्टले रामकृष्ण बर्माको सहयोगमा वि.सं. १९४३ मा ‘गोर्खा भारत जीवन’ नामक साहित्यिक मासिक पत्रिका प्रकाशित गरेका थिए । यसअघि भारत र नेपाल दुवैतिर कुनै पत्रिका प्रकाशित भएको देखिँदैन । नेपालबाट प्रकाशित साहित्यिक पत्रिकाहरूमा पहिलो पत्रिका वि.सं. १९५५ को ‘सुधासागर’ हो भने समाचारपत्रमा वि.सं. १९५८ को ‘गोर्खापत्र’ हो । दार्जीलिङबाट प्रकाशित ‘गोर्खे खबर कागज’ र नेपालबाट प्रकाशित ‘गोर्खापत्र’ पनि मोतीरामको ‘गोर्खा भारत जीवन’ भन्दा १५ वर्ष कान्छो देखिन्छन् ।  यसरी ‘गोर्खा भारत जीवन’ भन्दा । यसो भएकाले ‘गोर्खा भारत जीवन’ नै नेपाली पत्रकारिता क्षेत्रको सबैभन्दा पहिलो वा जेठो साहित्यिक पत्रिका ठहरिएको छ ।

त्यतिखेर नेपाल र भारतबाट प्रकाशित भएका पत्रिकाहरूको नाममा ‘गोर्खा’ शब्द रहने गरेको देखिन्छ । ‘गोर्खा भारत जीवन’ (१९४३), बनारस ‘गोर्खे खबर कागज’ (१९५८) र ‘गोर्खाली’ (१९७२), गोर्खा लीगको ‘गोर्खा’ (२००२) दार्जिलिङ, ‘गोर्खा संसार’ (१९८३) र ‘तरुण गोर्खा’ (१९९२) देहरादून, ‘गोर्खा समाचार’ (२००१) दिल्ली, ‘गोर्खा साथी’ (१९६९) कलकत्ता आदि यसका उदाहरण हुन् । साथै नेपालबाट ‘गोर्खापत्र’ (१९५८) प्रकाशित भएको देखिन्छ । अन्वेषक शिव रेग्मीले त वि.सं. १९६४ सालसम्म नेपालको हुलाक टिकट र मुद्रामा समेत ‘गोर्खा सरकार’ लेखिएको बताएका छन् (रेग्मी, २०६३ ः १७) । वास्तवमा ‘गोर्खा’ शब्द नेपाल र नेपालीको पर्यायवाची शब्दको रूपमा प्रयोग भएको थियो त्यतिखेर । पछि बिस्तारै नेपाल शब्दको प्रयोग हुन थालेको देखिन्छ । जस्तो ‘नेपाल पुकार’ (२००५) कलकत्ता, ‘नवनेपाल’ (२००७), ‘नयाँ नेपाल’ (२००९) पटना, ‘जय नेपाल’ (२०१२), ‘नेपाल समाचार’ (२०१२), ‘हाम्रो नेपाल’ (२०१३), ‘नेपाल दैनिक’ (२०१६), ‘नेपालन्यूज’ (२०१९) दिल्ली, ‘नेपाली साहित्य सम्पर्क समिति’ (२०२१) ‘नयाँ नेपाल’ (२०२२), ‘नेपालपत्र’ (२०२३) बनारसबाट र ‘प्राचीन नेपाल’ (२०२४) आदि ‘नेपाल’ शब्द भएका पत्रिकाहरू नेपालबाट प्रकाशित हुन थालेका देखिन्छन् (देवकोटा, २०५९ ः ५४०) । यसै गर आदि पत्रिकाहरू नेपाल शब्द प्रयोग गरी प्रकाशित भएका देखिन्छन् ।

नेपालबाट प्रकाशित साहित्यिक पत्रिका ‘सुधासागर’ (१९५५) पछि १९९० सम्म साहित्यिक पत्रिकाहरू प्रकाशित भएनन् । एकैचोटि १९९१ मा ऋद्धिबहादुर मल्लको ‘शारदा’ प्रकाशित भयो । तर भारतमा विशेष गरी बनारसबाट भने ‘गोर्खा भारत जीवन’ पछाडि पनि धेरै साहित्यिक पत्रिकाहरू प्रकाशित हुँदै रहे । एस.एस. अधिकारीको ‘उपन्यास तरङ्गिनी’ (१९५९), पं. भवानीप्रसाद शर्माको ‘सूक्तिसुधा’ (१९६१), मेनेजर गङ्गाप्रसाद शर्माको ‘सुन्दरी’ (१९६३), मातृकाप्रसाद अधिकारीको ‘माधवी’ (१९६५), माधवप्रसादको ‘चन्द्र’ (१९७१), सूर्यविक्रम ज्ञवालीको ‘गोर्खाली’ (१९७२) र ‘जन्मभूमि’ (१९७१), शम्भुप्रसाद उपाध्यायको ‘राजभक्ति’ (१९८३) आदि साहित्यिक पत्रिकाहरू यसका उदाहरण हुन् ।

यसरी साहित्यिक पत्रिका प्रकाशनमा काशीको अग्रता रहेको देखिन्छ । तर १९९० को दशकमा भने काशी र काठमाडौंको टक्कर जस्तो रहेको देखिन्छ । काशीबाट काशीबहादुर श्रेष्ठको सम्पादनमा ‘उदय’ (१९९३) को प्रभातोदय हुन्छ भने नेपालबाट ‘शारदा’ (१९९१) को सुमधुर झङ्कारको माधुर्य फैलिन थाल्छ । यसपछिका केही वर्ष दुवैतर्फबाट जोडतोडले पत्रिकाहरू प्रकाशित गरिरहे ।

२. नेपाली साहित्यिक पत्रकारिताको विकास

वि.सं. १९९० अघि नेपालबाट बनारसकोझैँ साहित्यिक पत्रिकाहरू प्रकाशित भएनन् तर १९९१ को ‘शारदा’ को प्रकाशनदेखि भने नेपालबाट साहित्यिक पत्रिकाहरूको विकास हुनथाल्यो । उद्योग (१९९५), साहित्यस्रोत (२००४), घरेलु इलम (२००४), आँखा (२००५), पुरुषार्थ (२००६), इन्द्रधनुष (२००८) आदि पत्रिकाहरू सरकारी सहयोगमा प्रकाशित हुन थाले । जनस्तरबाट भने पहिलो पत्रिका कृष्णप्रसाद शर्माको सेवा (२००८) हो । यसपछि क्रमशः धरती (२०१३), नेपाली (२०१६), साहित्य (२०१६), रूपरेखा (२०१७), स्वास्नीमान्छे (२०१७), रचना (२०१८), पूर्णिमा (२०१९), भानु (२०२०), रत्नश्री (२०२०), प्राचीन नेपाल (२०२४), मधुपर्क (२००५), सुस्केरा (२०२६), अभिव्यक्ति (२०२७) आदि साहित्यिक पत्रिकाहरू प्रकाशित हुन थालेको र यिनले प्रख्याति पाउन थालेका देखिन्छन् ।

यस्तै गरी बनारसबाट पनि यस समयावधिमा पत्रपत्रिकाहरूको प्रकाशन बढेको देखिन्छ । वि.सं. १९९३ मा उदाएको ‘उदय’ पछि सर्वहितैषी, युगवाणी, छात्र, छात्रदूत, छात्रवाणी, ज्योति, सन्देश, नौलो पाइलो, मुनो, दीपक, छात्रपथ, छात्रप्रभा, आमा, सुमन, नयाँ पाइलो, नेपाली साहित्य सम्पर्क समिति, बिहानी पख, विश्व सन्देश, रहर, रवि, कोशीको लहर, कोशीको सुषमा आदि पत्रिकाहरू (१९९३ देखि २०२४ सम्म) प्रकाशित भएको देखिन्छ ।
यस समयावधिमा नेपाल र बनारसमा दुवैतर्फ जोडका तोड देखिन्छ । ’९० अघि बनाइएको जुन एकछत्र प्रभाव थियो, त्यो ’९० पछि कायम भएन । नेपालबाट पनि धेरै पत्रिका प्रकाशित भए । तर यस अवधिमा नेपालबाट मासिक, द्वैमासिक, त्रैमासिक पत्रिकाहरूले प्रभाव रह्यो भने बनारसबाट प्रकाशित वार्षिक पत्रिकाहरूको बाहुल्यता रह्यो । वार्षिक भएकाले वर्षभरिमा एक अङ्कमात्र निस्कियो भने नेपालबाट मासिक, त्रैमासिक भएकाले वर्षभरिका धेरैवटा अङ्कहरू निस्किए । धेरै लेखक कविहरू समेटिए । धेरै रचनाहरू बाहिर आए । यसरी विस्तारै नेपालबाट प्रकाशित पत्रिकाहरूले राष्ट्रिय रूप लिँदै गए । व्यावसायिकतातर्फ पनि ढल्के( तर भारतबाट भने छात्राहरू अस्थायी रूपले बसोबास गर्नेहरू र नेपालमा प्रेसको अभाव भएर गएकाहरूको बाहुल्यता भएकाले त्यसका पत्रिकाहरूले स्थायित्व प्राप्त गर्न सकेनन् । नेपालमा शिक्षाका र रोजगारीका अवसर खुल्दै गएकाले विद्यार्जनका लागि काशी नै जानुपर्ने बाध्यता पनि हट्दै गयो । ‘काशीवास’को प्रचलन पनि कम हुँदै गयो । यी सबै कारणले काशीबाट पहिलेको जस्तो पत्रपत्रिका प्रकाशित हुन छाडे । २०२० को दशकपछि बनारसबाट निस्कने पत्रपत्रिकाहरू घट्दै गएका देखिन्छन् ।

नेपालमा पञ्चायती व्यवस्थाभित्र स्वतन्त्र पत्रकारिताको विकास हुन सकेन तर जनताको हक अधिकार चाहने, स्वतन्त्रता, प्रजातन्त्र र समाजवादको चाहना राख्नेहरूले भने आफ्ना विचार र भावनाको अभिव्यक्ति गरिरहे । नेपालबाट २०२८ पछि धेरै साहित्यिक पत्रिकाहरू प्रकाशित हुँदै गएका छन् । विदेह, सङ्कल्प, वेदना, प्रज्ञा, गरिमा, जनमत, जुही, उत्साह, मिर्मिरे, समष्टि, उन्नयन, यथार्थकुरा, रश्मि, गुञ्जन, बनिता, शब्द संयोजन, कौशिवी, हाम्रो सिर्जना, सुलेख आदि साहित्यिक पत्रिकाहरू प्रकाशित भइरहेका छन् । राष्ट्रिय नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना भइसकेको छ र यस सङ्घमा आबद्ध सदस्य पत्रिकाहरूको सङ्ख्या … पुगिसकेको छ र आबद्ध हुने क्रम चलिरहेको छ । यसरी नै साहित्यिक पत्रिकाहरू विषयकेन्द्री बन्दै गएका छन् । अनुसन्धान मुखी बन्दै गएका छन् । आफ्नो हक अधिकारको याचनार्थ आन्दोलित पनि भएका छन् । यसरी नेपाली पत्रकारिता कसिलो, सुरिलो बन्दै स्तरीयतातर्फ उन्मुख छ । उता बनारसबाट भने २०२८ देखि सामयिक सङ्कलनको रूपमा प्रकाशित गर्ने प्रवृत्ति बढेको र ‘वाणी साधना’ जस्ता स्तरीय पत्रिकासमेत सामयिक सङ्कलनको रूपमा प्रकाशित भएको छ । बनारसबाट यसपछि पत्रिकाहरू धेरै कम प्रकाशित भएका छन् । तर ‘उदय’ ले भने आजसम्म १६२ अङ्क प्रकाशित गरी उल्लेखनीय इतिहास कायम गरेको छ ।

३. नेपाली साहित्यिक पत्रकारिता
 
यहाँ नेपाली शब्दले नेपालबाट प्रकाशित साहित्यिक पत्रिकाहरू वा नेपालभित्रको साहित्यिक पत्रकारितालाई मात्र जनाएको नभई नेपाली भाषामा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू वा पत्रकारितालाई औँल्याएको छ । बनारसबाट नेपाली साहित्यिक पत्रिकाहरू प्रकाशित भइरहेको समयमा १९९० पछि भने नेपालबाट पनि पत्रिकाहरू प्रकाशित भए र भइरहेका छन् र यसै समयमा भारतका विभिन्न स्थानबाट–दाजीलिङ, देहरादून, कलकत्ता, सिलाङ, दिल्ली, आसाम, पटना, मुज्जफरपुर, सिक्किम, मुम्बई, लखनऊ, अयोध्या आदि स्थानबाट पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् (ग्रन्थकोश, २०६५ ः १–३९४) । यतिमात्र नभई अन्तर्राष्ट्रिय स्तरमा सिङ्गापुरबाट ‘पर्वते’ (२००६), मस्को (रुस) बाट ‘किरण’ (२०१८), रङ्गुन वर्माबाट नवयुगक सङ्घ रङ्गुनको वार्षिक पत्रिका (२०२०), Çलोरिडा, अमेरिकाबाट ‘सागर’ (२०६३), बङ्गलादेशबाट ‘सगुन’ (२०४०), लण्डनबाट ‘लालीगुराँस’ (२०५४), लगायत धेरै देशहरूबाट पत्रिकाहरू प्रकाशित भएका देखिन्छन् ।
यसरी संसारभरबाट नेपाली भाषामा पत्रपत्रिकाहरू प्रकाशित भइरहेका छन् । प्रेस काउन्सिल नेपालले २०६५मा प्रकाशित गरेको नेपाली साहित्यिक पत्र–पत्रिका सङ्क्षिप्त ग्रन्थकोशमा नेपाल भारत र केही अन्तराष्ट्रिय क्षेत्रबाट प्रकाशित भएका ११८० वटा साहित्यिक पत्रपत्रिकाहरूको उल्लेख गरेको छ ।

४. नेपाली भाषा

नेपाली भाषा नेपाली जातिको पहिचान बनेको छ । नेपाल, भारत, बर्मा लगायत विश्वभरि जहाँजहाँ नेपाली जाति पुगेका छन्, जुनजुन राष्ट्रका नागरिक भएर बसेका भए पनि भाषाको कारणले एउटै जातित्व बोध गरिरहेका छन् । भाषाले नेपालीलाई जोडेको छ । यसले एउटा पहिचान दिएको छ, एकत्वको भावधारामा उभ्याएको छ । भाषा भएकै कारणले नेपाली साहित्यिक पत्रकारिताले विकास हुन पाएको छ । विस्तार हुन पाएको छ ।
नेपाली भाषाको विकास भएर लेख्य परम्परामा आएको धेरै भएको छैन । सिन्जाका खस राजा अशोक मल्लका नाति आदित्य मल्लको संवत् १३७८ को सिन्जाली भाषाका अभिलेखलाई नै भाषाशास्त्री बालकृष्ण पोखरेल र इतिहासकार सूर्यमणि अधिकारीले नेपाली भाषाको पहिलो अभिलेख ठानेका छन् (अधिकारी, २०५३ ः १०१) । सिन्जामा खस राज्यको उदय भएपछि त्यहाँ बोलिने खस भाषालाई राज्यको भाषा घोषणा गरेपछि यसको विकास हुन थालेको हो । त्यसकारण नेपाली भाषाको जननी सिन्जाली खस भाषा हो ।

आज नेपाली भाषा लगभग ३ करोड नेपालीले बोल्ने भाषा भएको छ र संसारभरि नेपालीहरू फैलिएका छन् र नेपाली भाषालाई संसारभरि पु¥याइरहेका छन् । भारतमा ६० लाख नेपाली रहेको उल्लेख पाइन्छ (    ) । र उनीहरू नेपाली भाषामै आÇनो पहिचान रहेको ठान्दछन् । यसको ज्वलन्त उदाहरण भारतमा विगतमा भएको नेपाली भाषा आन्दोलन हो । नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिइनु पर्छ र नेपाली भाषामा नै पाठ्यक्रम हुनुपर्छ र नेपाली बहुल राज्यमा राज्य भाषा नेपाली हुनुपर्छ भन्ने आन्दोलनले भारतव्यापी रूप लियो । भारतीय नेपालीहरूले अजङ्गको लडाइँ लडे र आखिर सन् १९९१ अगस्ट २० का दिन यो लडाइँ जिते । आज नेपाली भाषाले भारतमा मान्यता पाएको छ । भारतीय संविधानको अनुसूची–८ मा नेपाली भाषा अन्र्तभूत हुन पाएको छ (दहाल, २००३ सन् ः १७३) ।

अर्को कुरा आज नेपाली भाषा सवा सय वर्ष अगाडिको ‘माधवी’ को भाषा भन्दा भिन्न छ । यसको धेरै विकास भएको छ । ‘माधवी’ कालमा २÷४ वटा पत्रिका मात्रै थिए ‘नेपाली भाषा’ मा प्रकाशित भएका । तर आज सैयौँ पत्रपत्रिकाहरू, हजारौ पुस्तकहरू लेखिएका छन् यस भाषामा । दर्जनौँ रेडियो, टिभी, एफ.एम. र अनलाइन च्यानलहरू नेपाली भाषामा सञ्चालित छन् । अनेक शब्दकोशहरू, अनेक व्याकरणका किताबहरू, पाठ्यपुस्तकहरू, प्रकाशित भएका छन् । हजारौँ प्रवचनहरू, गुन्जिएका छन् । यी सबैका कारणले हामी नेपालीभाषीका रूपमा संसारभरि जोडिएका छौँ ।

४. बनारस
बनारस ‘बाराणसी’ बाट उब्जेको शब्द हुनुपर्छ । वाराणसी नाम शब्द भने ‘वरण’ र ‘असी’ नदीको नाम जोडिएर निर्वचित भएको शब्द हो । वाराणसीको अर्को नाम काशी हो । ‘काशी’ शब्द कस, खस, शक जातिबोधक शब्द हुनुपर्छ किनभने कतिपय अन्वेषकहरूले ‘कस’ वा ‘काशी’ जातिका मानिसहरू प्राचीन मेसोपोटामियाबाट भारतवर्षमा आई काशी सहर बसाले भनेका छन् । मेसोपोटामिया मा पनि टिग्रिस र युफ्रेटस दुई नदी भएका र ती पनि वरण र असी नै हुन् र मेसोपोटामिया पनि वाराणसी हो भनेका छन् (पोखरेल, २०६५ ः १६) । वास्तवमा वरुण र असी नामक सानो नदी असीघाटमा मिलेकै देखिन्छ काशीमा । यस्तै गरी पुरै वाराणसीलाई मेसोपोटामिया जस्तो बनाएर गङ्गा नदी पश्चिमबाट पूर्वतर्फ उत्तरबाहिनी हुँदै बगेकी छिन् ।
बनारस वा काशीको इतिहास इतिहासकालभन्दा पनि अघिदेखिको देखिन्छ । यो विश्वकै पुरानो सहर मध्येको हुनुपर्छ । यसको उल्लेख वैदिक र बौद्धिक दुवै ग्रन्थहरूमा भएको र इ.पू. ५२८ मा नेपाल, लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमले भारतको तत्कालीन मगध राज्यको बोधगयामा बोधि प्राप्त गरी पञ्चवर्गीय भिक्षुहरूलाई धर्म देशना गर्न यही काशी कौशल राज्यको सारङ्गनाथ (सारनाथ) मा आएका र धर्मचक्र–परिवर्तन गराएका थिए भन्ने उल्लेख पाइन्छ (सांकृत्यायन, १८४२ ः १०९) । वास्तवमा काशीनगरीको नगिचै ८–१० कि.मि. को दूरीमा रहेको सारनाथ र त्यहाँको धमेकस्तुपले यो कुरा पुष्टि गरेझैँ लाग्छ । त्यतिखेर देखिको काशी र कपिलवस्तुको यस प्रकारको सम्बन्ध थियो । पछि इतिहासकालमा आइपुग्दा गोर्खाका राजा पृथ्वीनारायण शाहले काशीबाट डोला झिकाई त्यहाँका राजपुत, अहिनारायण सिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग दोस्रो विवाह गरी काशीसितको प्राचीन सम्बन्धलाई जीवन्त बनाएको उल्लेख पाइन्छ (पन्त र अरू, २०४१ ः २७३) । पृथ्वीनारायण शाहले काशी आएर आÇनो गोत्र समेत परिवर्तन गरे भन्ने उल्लेख पाइन्छ । बुद्धले सारनाथमा पाँचजना भिक्षुहरू बनाए र यहीँ नै पहिलो भिक्षु सङ्घ खोले भने पृथ्वीनारायणले काशीमा ससुराली बनाए आÇनो गोत्र फेरे ।

काशी र काठमाडौँको यो प्राचीन कालदेखिको सम्बन्धलाई इतिहासकाल, मध्यकाल र आधुनिककालमा पनि निरन्तरता दिइएको देखिन्छ । पृथ्वीनारायणसित पराजित भएपछि भक्तपुरका राजा रणजीत मल्लकाशीवास गर्न काशी आए । पछि राजा रणबहादुर शाह र रानीलगायत धेरै राज परिवारका मानिसहरू काशीवास गर्न काशीमा आए । राजपरिवारका तर्फबाट काशीका घाटहरूको सुधार गरिएको, घाट, धर्मशाला र मन्दिरहरूको निर्माण गरिएको समेत उल्लेख पाइन्छ । काशीसितको सम्बन्ध राजखलकसित मात्र नभएर जनस्तरमा पनि जीवन्त थियो । कवि भानुभक्तका हजुरबाबा श्रीकृष्ण आर्चाय लगायतका सर्वसाधारणहरू काशीवासका निम्ति आउने गर्थे । यसबाहेक तीर्थाटनका निम्ति आउने, अस्तु सेलाउन आउनेहरूको त कुनै कमी नै थिएन । काशीमा संस्कृतका विद्यापीठहरूमा शिक्षार्जनका निम्ति आउने र रोजगारीको खोजका लागि आउनेहरूको पनि लर्को नै लागेको थियो । यसरी काशी नेपालीहरूको धर्म, संस्कृति, शिक्षा, पर्यटन र रोजगारीको सहज र पवित्र गन्तव्य बन्दै आएको थियो र छ ।

काशी वा बनारस नेपालीहरको जिभ्रोमा टाँसिएको शब्द हो । ‘काशी’ विद्याको राजधानी, हिन्दू धर्मको संस्कृतिको गङ्गामा डुबुल्की लगाउनु पर्ने पवित्र स्थल, काशी सपनाको सहर, काशी हिन्दूहरूको मक्का मदिना । यसै भएर काशीलाई लिएर अनेक उखानहरू पनि बनेका छन् । ‘काशीका पेडा’, ‘बनारसी लड्डु’, ‘बनारसी सारी’, ‘बनारसी बाबु’, ‘बनारसको गल्ली’, दूध विनायक, असीघाट मणिकर्णिका घाट, हरिश्चन्द्र घाट, राजाराजेश्वरी घाट, ललिता घाट, विश्वेश्वर बाबा, धमेक स्तूप आदिदेखि ‘राँड, साँड, सिँढी, सन्यासी, इन से बचेँ और रहेँ काशी’ देखि ‘काशीवास’, ‘काशीनरेश’ देखि अनेक उखान, टुक्का, गीत, श्लोक आदि काशीलाई लिएर बनेको देखिन्छ ।

५. बनारसको योगदान
 
बनारसको परिचयमै यसका कतिपय योगदानप्रति औँल्याइएको छ । बनारसले विभिन्न क्षेत्रबाट नेपाली समाजलाई सहयोग पु¥याएको छ । बनारसले योगदान पु¥याएका क्षेत्रहरूमा धर्म, संस्कृति, शिक्षा, साहित्य, पत्रकारिता लगायत सामाजिक, आर्थिक, राजनीतिक आदि अनेक क्षेत्रहरू पर्दछन् । यीमध्ये मुख्य क्षेत्रहरू हुन् धार्मिक–सांस्कृतिक र शैक्षिक–साहित्यिक–बौद्धिक क्षेत्र । धार्मिक–सांस्कृतिक क्षेत्रमा बनारसले आध्यात्मिक जागरणमा योगदान पु¥याएको छ । यसैगरी शैक्षिक क्षेत्रबाट बनारसले नेपाली समाजलाई ठूलो योगदान पु¥याएको छ । नेपालमा हिजोका दिनका त कुरै नगरौँ आज पनि जुन शिक्षित समुदाय छ, जुन बौद्धिक समुदाय छ, त्यो बनारसको देन हो । आज संस्कृत शिक्षार्जन गरेका पण्डित, पुरोहित शिक्षक, प्राध्यापक, साहित्यकार पत्रकारहरूको जुन विशाल सङ्ख्या देखिन्छ नेपालमा त्यसको अत्यन्त ठूलो भाग बनारसमा विद्यार्जन गरेकाहरूको छ । कवि मोतीराम भट्टदेखि पं. हेमराज शर्मा, सोमनाथ सिग्देल, कुलचन्द्र गौतम लगायतका विद्वान् व्यक्तिहरू, बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा जस्ता व्यक्तित्वहरूको निर्माणमा पनि बनारसको भूमिका देखिन्छ । कवि मोतीराम भट्टदेखि राममणि आदि, काशीबहादुर श्रेष्ठ र डिल्लीराम तिमिल्सिनासम्मका साहित्य स्रष्टा, द्रष्टाहरूको व्यक्तित्व निर्माणमा पनि बनारसकै भूमिका देखिन्छ । बनारसमै प्रकाशन संस्था खोली नेपाली साहित्य, कला, संस्कृति र धर्मका पुस्तकहरूको प्रकाशन गरेर नेपाली साहित्य, संस्कृति र कलालाई उन्नत बनाउन सघाउने सर्वहितैषी कम्पनी, बाबु माधवप्रसाद शर्मा, होमनाथ केदारनाथहरूलाई व्यवसायकिो रूपमा प्रतिष्ठित बनाउन पनि बनारसले भूमिका खेलेको देखिन्छ । यस्तै गरी पुष्पलाल, मोदनाथ प्रश्रित, मोहनविक्रम सिंह, निर्मल लामा लगायतका राजनैतिक व्यक्तित्वहरूको बौद्धिक परिष्कारमा पनि बनारसको भूमिका रहेको छ । यसै गरी अनेक धार्मिक संस्थाहरू, राजघरानाका अनेक कुलीन व्यक्तित्वहरू आश्रय र उन्नयनमा बनारसकै भूमिका छ । काशी विद्यापीठ र बी.एच.यू. लगायतका विश्वविद्यालयले नेपाली भाषालाई पनि विश्वविद्यालयको एक विषयको रूपमा उच्च शिक्षासम्म पढ्न पाउने व्यवस्था र संस्कृत विद्यापीठहरूमा निःशुल्क अध्ययन, आवास र भोजनको व्यवस्था गरेर सर्वसाधारण नेपालीहरूलाई शिक्षित दीक्षित बनाउने कार्यदेखि प्रजातन्त्र, समाजवाद, स्वतन्त्रता र स्वाधीनताको लडाइँ लड्न सिकाउने बनारसको भूमिका स्तुत्य देखिन्छ । बनारसका यी सबै योगदानहरूलगायत नेपाली साहित्यिक पत्रकारिताको विकासमा यसले पु¥याएको योगदान पनि स्मरणीय छ ।

नेपाली साहित्यिक पत्रकारिताको आरम्भ नै बनारसको पवित्र भूमिबाट भएको चर्चा गरिसकिएकै छ । मोतीराम भट्ट नेपालका ‘भारतेन्दु’ हुन् । भारतेन्दु हरिश्चन्द्र बनारस कर्मभूमि भएका भारतका वरिष्ट कवि, भारतीय साहित्य र संस्कृतिको पुनर्जागरण युगका एक युग–प्रवर्तक व्यक्तित्व, एक अभियन्ता र एक कुशल पत्रकार हुन् । उनले भारतीय साहित्य र कलाको क्षेत्रमा एक युग नै निर्माण गरेका छन् । यसलाई भारतेन्दु युग वा पुनर्जागरण युग भनिन्छ । मोतीराम भट्ट भारतेन्दुबाट प्रभावित भई उनको ‘कवितावर्धिनी सभा’का सदस्य बनेका थिए । भारतेन्दुले अङ्ग्रेज उपनिवेशवादीहरूको विरुद्ध राष्ट्रिय जागरण अभियान सुरु गरेका थिए । उनी राष्ट्रिय स्वाभिमान जगाउन चाहन्थे । प्रत्येक जातिको जातीय पहिचान उसको भाषा हो भन्थे । उनका यिनै उन्नत विचार र भावनाहरूबाट प्रभावित भएर मोतीरामले नेपाली भाषा, साहित्य, पत्रकारिता आदि क्षेत्रमा विशेष रूपमा हात हाले । भारतेन्दु हरिश्चन्द्रले एक युगप्रवर्तक साहित्यिक पत्रिका ‘कविवचनसुधा’ को प्रकाशन थालेका थिए । यो पत्रिका सन् १८६८ (वि.सं. १९२५) देखि प्रकाशित हुन थालेको थियो । यही ‘कविवचनसुधा’ को प्रकाशन मिति १९२५ देखि १९५७ सम्मको ३२ वर्षे भारतीय साहित्य र कलामा आएको राष्ट्रिय जागरणको नवीन चिन्तन एवं साहित्यिक धाराको समयावधिलाई भारतीय साहित्यको पुनर्जागरण युग भनिएको पाइन्छ (नगेन्द्र, २००६ ः ४४७) । यही युगको आलोकमा मोतीराम हुर्केका थिए । वास्तवमा मोतीराम भट्ट ‘कविवचनसुधा’ भन्दा दुई वर्षमात्र जेठा थिए । ५ वर्षको उमेरमा भट्ट बनारस पुगेर त्यही शिक्षार्जन गर्न थालेका थिए । उनी छात्र हुँदा नै भारतेन्दु हरिश्चन्द्रको प्रभावमा हुर्केका थिए । भारतेन्दुले मोतीराम भट्टको परिचय बाबु रामकृष्ण वर्मासित गराइदिए । मोतीरामले रामकृष्ण वर्मासित मिलेर ‘भारतजीवन’ नामक प्रेस स्थापना गरे । त्यही प्रेसमा कवि भानुभक्तको रामायणको बालकाण्ड छपाएर प्रचार गरे र लन्डनको पुस्तकालयसम्म पनि पु¥याएका थिए भन्ने उल्लेख पाइन्छ । यही प्रेसमा उनले नेपाली साहित्यिक पत्रिका ‘गोर्खा भारत जीवन’ (१९४३–४८) मा छपाएर नेपाली साहित्यिक पत्रकारिताको आरम्भ गरेका थिए ।

जुन समयमा भारतमा पुनर्जागरणको युग सुरु भएको थियो, त्यतिखेर नेपालमा जङ्गबहादुरको उदय भएर निरङ्कुशतन्त्र भित्रिएको थियो । कुनै स्कुल, कलेज थिएनन् । कुनै पत्रपत्रिका, अखबारहरू थिएनन् । कुनै पाठ्यसामग्री थिएन । कतैकतै निजी रूपमा कुनै ‘गुरु’हरूले चलाएका गुरुकुल सिवाय केही थिएन । नेपाली भाषामा छपाइ गर्ने कुनै प्रेस थिएन भन्दा पनि हुन्छ । जङ्गबहादुरले बेलायतबाट ल्याएको हाते प्रेस (गिद्धे प्रेस)ले दरबारिया रुक्का, आदेश आदि मात्र छाप्दथ्यो । संस्कृत भाषाका पण्डितहरू र केही कुलीन व्यक्तिहरूले कुनै एक प्रेस चलाएका थिए भन्ने उल्लेख पाइए पनि सर्वसाधारणका निम्ति त्यो उपलब्ध थिएन । त्यसो भएकाले केही धार्मिक एवं अनूदित पुस्तकहरू छाप्नका लागि पनि काशी पुग्नुपर्ने स्थिति थियो । मोतीरामले यस स्थितिलाई चिरेर मुद्रण युगको सुरुवात गरेका थिए । उनले नेपालमा पनि नरदेव मोतीकृष्ण सित मिलेर ‘पाशुपत प्रेस’ स्थापना गरेको उल्लेख पाइन्छ (देवकोटा, २०५९ ः २९) ।

तर भारतमा भने राष्ट्रिय जागरणको लहर उठेको थियो । भारतका विभिन्न शहरहरूबाट पत्रपत्रिकाहरूको प्रकाशनबाट जागरणका आवाजहरू उर्लिन लागेका थिए । काशीबाट ‘काशी’ (सन् १८६६), ‘विहारबन्धु’ (सन् १८७१), ‘भारतेन्दु’ (सन् १८८३), ‘भारतबन्धु’ (सन् १८७४), ‘आर्यमित्र’ (सन् १८७८), ‘इन्दु’ (सन् १८८२), ‘भारतोदय’ (सन् १८८५), ‘कान्यकुब्ज प्रकाश’ (सन् १८८४) आदि भारतीय पत्रिकाहरू प्रकाशित हुन थालेका थिए । काशी काव्यजागरणका साथै राष्ट्रिय जागरणले धप्प बलिरहेको थियो । यस प्रकारको आलोकित परिवेशमा पुगेका, स्वतन्त्रताको उपभोग गर्न नपाएका, बौद्धिक खुराक र बौद्धिक जागरणबाट वञ्चित भएका निरङ्कुश हुकुमीतन्त्रको जाँतोमा पिल्सिएका नेपालीका छोराछोरीले बनारसमा जुन खुला शैक्षिक, बौद्धिक, सांस्कृतिक वातावरण प्राप्त गरे, त्यसले उनीहरूभित्र रहेको प्रतिभाले स्वतः प्रस्फुटन हुन पायो । यसै भएर नेपालमा सरकारी अखबार ‘गोर्खापत्र’ बाहेक अरू कुनै पत्रिका नभएको (१९५५ देखि १९९०) ४५ वर्षे युगमा बनारसबाट भने नेपाली साहित्यिक पत्रिकाहरू झन्डै दर्जनौंको हाराहारीमा प्रकाशित भइरहे । १९९० को दशकमा नेपालमा ठूलाठूला घटनाहरू घटे । यही दशकमा ‘शारदा’ को पनि जन्म भयो ।

योगदानकै चर्चा गर्दा बनारसका अनेक योगदानहरूको लहरमा साहित्यिक पत्रपत्रिकाहरूको प्रकाशन पनि आउँछ । बनारसबाट १९४३ देखि आजसम्म ५ दर्जन जति साहित्यिक पत्रपत्रिकाहरू प्रकाशित भएका छन् । ५ दर्जन पत्रपत्रिकाहरूका अनेक अङ्कहरू, त्यसमा समाविष्ट कवि लेखकहरू, सम्पादक, प्रकाशकहरू र ती पत्रिकाका पाठकहरूको ठूलो सङ्ख्या र त्यही सङ्ख्यालाई जुन विचार, भाव, काव्यकला र जागरणका सन्देशहरूले जागृत गरायो यो पत्रकारिता क्षेत्रको समाज रूपान्तरणकारी कर्मको आँकलन गर्दा बनारसले नेपाली साहित्यिक पत्रकारिताको विकासमा पु¥याएको भूमिका अनमोल र अनुपम साबित हुन्छ ।

६. बनारसबाट पत्रपत्रिकाको प्रकाशन
 
बनारसबाट प्रकाशित नेपाली साहित्यिक पत्रपत्रिकाहरू पनि बनारसकै योगदानका फल हुन् । बनारसबाट पाँच दर्जन जति पत्रपत्रिकाहरू प्रकाशित भएको अनुमान गर्न सकिन्छ तर विभिन्न अध्येताहरूका भिन्दाभिन्दै भनाइहरू पनि छन् । ग्रीष्मबहादुर देवकोटाले जम्मा ४१ वटा पत्रिकाहरू प्रकाशित भएको उल्लेख गरेका छन् । उनको खोज २०२४ सालसम्मको रहेको छ । प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको पत्रपत्रिका कोश (२०६५) मा २० वटा साहित्यिक पत्रिकाहरू बनारसबाट प्रकाशित भएको उल्लेख गरिएको छ । यस्तै गरी शिव रेग्मीले आफ्नै निजी रुचिमा सङ्कलन गरेका बनारसका साहित्यिक पत्रिकाहरूमध्ये १७ वटाको अवलोकन गर्न पाइएको थियो । बनारसबाटै प्रकाशित ‘वाणीसाधना’का सम्पादक एवं अन्वेषक डिल्लीराम तिमिल्सिनाले बनारसबाट ३७ वटा साहित्यिक पत्रिकाहरू प्रकाशन भएका छन् भनेर कतै उल्लेख गरेको सूचना आर.सी. लामाले बनारसबाटै प्रकाशित हुने ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठको सम्पादनमा प्रकाशित भएको ‘तृतीय भारत नेपाल नेपाली लेखक सम्मेलन – सन् २००३’ को स्मारिकामा राखेका छन् । अध्येताहरूमा यी पूर्व अध्ययनहरूको अध्ययन, समीक्षण, प्रकाशित पत्रिकाहरूको अवलोकन आदि कार्यका आधारमा बनारसबाट प्रकाशित नेपाली साहित्यिक पत्रिकाहरूको विवरण प्रकाशन मिति क्रममा निम्नानुसार यहाँ प्रस्तुत गरिएको छ :

६.१ बनारसबाट प्रकाशित पत्रिकाहरूको मितिक्रमिक विवरण


क्र.सं.  पत्रिकाको नाम/ प्रकाशन मिति/प्रकार /सम्पादक/प्रकाशक/ मुद्रक/ भाषा/ जम्मा अङ्क/ कैफियत 
१ गोर्खा भारत जीवन १९४३  मा. रामकृष्ण वर्मा मोतीराम भट्ट नेपाली १ प्रकाशित अङ्क नभेटिएको
२ उपन्यास तरङ्गिणीज्ञढछढमा.सदाशिव प्र. अधिकारी(एस.एस. शर्मा)नेपाली१
३ सूक्तिसुधाज्ञढटज्ञमा.पं. भवानीप्रसाद शर्मासंस्कृत३
४ सुन्दरीज्ञढटघमा.मैनेजर गङ्गाप्रसाद शर्मारसिक समाजहितचिन्तककाशीनेपाली
५ माधवीज्ञढटछमा.मातृकाप्रसाद अधिकारीराममणि आदिसंस्कृत नेपाली८
६ चन्द्रज्ञढठज्ञमा.श्री माधवप्रसादनेपाली
७ गोर्खालीज्ञढठद्दसा.श्री सूर्यविक्रम ज्ञवाली  नेपाली
८ जन्मभूमिज्ञढठढमा.श्री सूर्यविक्रम ज्ञवाली
९  उदय ज्ञढढघ मा. काशीबहादुर श्रेष्ठदुर्गाप्रसाद श्रेष्ठ उदय प्रकाशन मण्डल, बनारस कल्याण प्रेस बनारस नेपाली १६२ हालसम्म प्रकाशित
१०सर्वहितैषी पत्रिकाज्ञढढठमा.तेजबहादुर गुभाजुसर्वहितैषी कम्पनी, काशीगोपाल प्रेस जलपाइरोड, बनारसनेपाली
११ युगवाणीद्दण्ण्द्धसा.लक्ष्मीप्रसाद देवकोटा नारायणप्रसाद उपाध्याय
१२ छात्रद्दण्ण्ठवा.भरतमणि शर्भा तेजबहादुर प्रसाईँनेपाली /अङ्ग्रेजी
१३ छात्रदूतद्दण्ज्ञद्दवा.
१४ छात्रवाणीद्दण्ज्ञद्दवा.पासाङ गोपर्मानेपाली
१५ ज्योतिद्दण्ज्ञद्धवा.कुलचन्द्र गौतम धरणीधर कोइरालानेपाली
१६ सन्देशद्दण्ज्ञद्धअ.वा.एकराज शर्मानेपाली
१७ नौलो पाइलोद्दण्ज्ञघत्रैमा.बालकृष्ण पोखरेल रूपावासीजनसांस्कृतिक समाज  कोषराज रेग्मीआर्यभूषण प्रेसनेपाली५
१८मुनोद्दण्ज्ञछवा.ईश्वरीप्रसाद आचार्यनेपाली
१९ दीपकद्दण्ज्ञघमा.नारायणप्रसाद भट्टराईनेपाली
२० उजेलीद्दण्ज्ञटवा.पद्मनाथ शर्मानेपाली
२१ कोपिलाद्दण्ज्ञ७वा.सरिता ढकालनेपाली
२२ छात्रपथद्दण्ज्ञडवा.भेषनाथ शर्मा, शिवराज गौतम, विष्णुप्र. शर्माविश्वनाथ वाशिष्ठ, घनश्याम उपाध्यायपश्चिम ४ नं.स्याङ्जा छात्रमण्डलज्वाला प्रिन्टिङप्रेस, बनारसनेपाली
२३ सन्देशद्दण्ज्ञडवा.शिवराज गौतमनेपाली
२४ छात्रप्रभाद्दण्ज्ञडवा.तेजप्रसाद शर्मानेपाली
२५ कल्याणीद्दण्ज्ञढवा.जगतबन्धु अर्याल
२६ आमाद्दण्ज्ञडमा.कुमारी अम्बिका सिजापतिललितजङ सिजापतिकर्णधार प्रेसवाराणसीनेपाली
२७ सुमनद्दण्ज्ञढवा.भोजराज शर्मा, मेघराज शर्माएकराज पोखरेलनेपाली
२८ विश्वशिखाद्दण्द्दण्वा.गौरीप्र. उपाध्याय, बोधराज काÇलेभविश्वर शास्त्री, गोपालप्र. सुवेदीनेपाली
२९ नयाँ पाइलोद्दण्द्दण्वा.शारदारमण शर्मा, ठाकुरप्र. शर्मा, हेमराज शर्मानेपाली
३० नेपाली साहित्य सम्पर्क समितिद्दण्द्दज्ञचौमा.लक्ष्मीशङ्कर लाल श्रेष्ठनेपाली साहित्य सम्पर्क समिति, बनारस७
३१ बिहानी पखद्दण्द्दद्दवा.रामचन्द्र पोखरेलनेपाली छात्रवास बनारसमनोज प्रिन्टिङ प्रेस, बनारस
३२ विश्वसन्देशद्दण्द्दद्दमा.श्रवण कुमार ‘नवेन्द्र’
३३ रहरद्दण्द्दघत्रैमा.प्रदीप गिरी, विश्वप्रेम अधिकारी, भगवत ज्ञवाली, चक्र वास्तोलायुवा प्रकाशनमनोज प्रिन्टिङ प्रेस बनारस२
३४ रविद्दण्द्दघवा.पद्मप्रसाद न्यौपानेप–२, नं. अध्ययन मण्डल, बनारसनेपाल प्रेस बनारस
३५ कोशीको लहरद्दण्द्दघवा.राजेन्द्र कोइरालाविष्णुहरि शर्मानेपाली
३६ कोशीको सुषमाद्दण्द्दद्धवा.रामचन्द्र गौतम, प्रेम वस्नेत, गोविन्द नेपाल, वेणु तिमिल्सिनानेपाली
३७ वाणी साधनाद्दण्द्दडसाम.डिल्लीराम तिमल्सिनानमसङ्गम प्रकाशनजय भारत प्रिन्टिङ प्रेस५
३८ अक्षरद्दण्द्दडद्वैमा.प्रदीप गिरीप्रदीप गिरीमुद्रणालय, शान्तिपुरी, बनारस२
३९ संवेगद्दण्घडत्रैमा.उदय सुब्बाएस.एम. पाख्रिनहुवर्स प्रिन्टिङ प्रेस बनारस
४० एकताद्दण्घढसाम.लोकराज जोशीने.वि. सङ्घ वाराणसी
४१ ज्ञानज्योतिद्दण्द्धद्दअर्ध.पुण्य प्रसाद पौडेलज्ञानज्योति प्रकाशन, बनारसशम्भु मुद्रणालय, बनारस१
४२ अयनद्दण्छण्सामा.संजप्र वान्तवाभारतीय नेपाली साहित्य अध्ययन समिति
४३ प्रवास गुञ्जनद्दण्छटसाम.तीर्थराज भट्टराईनेपाली विद्यार्थी संघ केन्द्रिय समितिए.बी. सेक्रेटियल एन्ड प्रिन्टिङ प्रेस
४४ कोशीको लहरद्दण्घद्धशरच्चन्द्र वस्ती कोशी छात्र केन्द्र बनारसप्रकाश प्रिन्टिङ प्रेस, बनारस
४५  वैदिक सुधा द्दण्घद्ध मा. आचार्य जगन्नाथ कँडेलकविराज देवीराम विष्ट नेपाली श्री वैष्णव समाज जयभारत प्रेस १

यस विवरणअनुसार पत्रिकाहरूको प्रकार निम्न अनुसार वर्गीकृत भएको देखिन्छ ः वार्षिक रूपमा प्रकाशित हुने १८ वटा, मासिक १४ वटा, सामाजिक सङ्कलन ४ वटा, त्रैमासिक ३ वटा, साप्ताहिक २, अर्धवार्षिक २ र चौमासिक १ गरी जम्मा ४५ वटा साहित्यिक पत्रिका प्रकाशित भएको देखिन्छ ।

यस विवरणमा प्रायः सबै साहित्यिक पत्रिकाहरू रहेका छन् । साहित्यिक समाचार पत्रको रूपमा ‘गोर्खाली’ र ‘युगवाणी’ लाई यसमा समावेश गरिएको छ । बाँकी साप्ताहिक पत्रिकाहरू राजभक्ति (१९८३), नव नेपाल (२००७) र मानवजीवन (२०२१) लाई यसमा समावेश गरिएको छैन । यस्तै गरी पाक्षिक पत्रिका जनयुग (२००९), नेपालपत्र (२०२३) लाई पनि यसमा समावेश गर्न सकिएन । यहाँ समावेश गरिएका पत्रिकाहरूमध्ये धेरैको वर्ष, अङ्क र कुल सङ्ख्या यकिन हुन सकेन । यी पत्रिकाहरूमध्ये केहीका केही अङ्कहरूको अवलोकन गरिएको छ तर अध्ययन हुन सकेको छैन । कतिपय पत्रिका नेपालमा उपलब्ध छैनन् । ‘गोर्खा भारत जीवन’ बनारसको काशी विद्यापीठमा छ रे भन्ने सुनिएको छ । ‘उपन्यास तरङ्गिणी’ फोटो ग्रीष्मबहादुर देवकोटाले आफ्नो ग्रन्थमा छपाएका छन् । त्यस्तै ‘सुन्दरी’ पनि छपाएका छन् तर आज ती दुई पत्रिका नेपालमा पाउन सकिएन । यस्तै गरी ‘वाणीसाधना’, ‘सन्देश’, ‘छात्रपथ’ लगायतका २०–२२ वटा पत्रिका प्राप्त हुन सकेका छैनन् । प्रकाशित पत्रिकाहरूमा आजसम्म निरन्तरता पाएको ‘उदय’ देखिएको छ । उदयको दोस्रो, ९५औं र १६२ औं अङ्क प्राप्त भएका छन् ।

७. प्रवृत्ति 
 
प्रवृत्तिका दृष्टिले हेर्दा बनारसबाट प्रकाशित पत्रपत्रिकाहरूको मूल उद्देश्य भाषा साहित्यको सेवा र नेपाली जातिको पहिचान दिलाउनु रहेको देखिन्छ । भाषा साहित्यको सेवामा पनि अधिकारको मागभन्दा काव्यिक संरक्षणको भावनाकै अग्रता रहेको छ । दार्जिलिङ, आसाम, सिक्किम र देहरादूनको जस्तो नेपाली भाषालाई भारतीय संविधानमा मान्यता दिइनु पर्छ भन्ने जस्ता अधिकारको माग कतै पाइन्छ । नेपालका पत्रिकाहरूको जस्तो प्रजातन्त्रको, स्वाधीनताको र राणाविरोधी, पञ्चायत विरोधी स्वर पनि त्यति मुखरित भएको पाइन्न । दार्जीलिङको ‘दियालो’ र ‘भारती’, आसामको ‘हाम्रो ध्वनि’ आदिले आत्मसाथ गरेकाले भाषा मान्यताको लडाइँ पनि बनारसका पत्रिकाको प्रवृत्ति देखिन्न र नेपालका पत्रिकाले जस्तो सामन्तवादको विरोध, विस्तारवाद र साम्राज्यवादको विरोध गरेको पनि पाइन्न । तर वि.सं. १९९० भन्दाअघि बनारसले जुन साहित्य सेवा ग¥यो, जुन नेपाली साहित्यिक पत्रकारितालाई स्थापना ग¥यो र जीवन्त तुल्यायो, त्यो अनुपम र अनमोल योगदान थियो र छ । जसको आलोकमा आज नेपाली साहित्यिक पत्रकारिता विकासको यो चरणमा आइपुगेको छ ।

८. सिर्जनाको सीमा

बनारसबाट प्रकाशित साहित्यिक पत्रिकाहरूको कमजोरी भनेको निरन्तरता नहुनु हो । प्रायः बनारसमा उच्च शिक्षार्जनका लागि पुगेका छात्रहरूको साहित्यिक उत्साहको अस्थायी प्रयत्न मात्र बन्यो त्यहाँको पत्रकारिता । अर्काे कुरो वि.सं. १९९० अघि बनारसमा मासिक पत्रिका प्रकाशनको माहौल थियो । एक वर्षमा कम्तिमा एक दर्जन अङ्कहरू र दर्जनौं लेख रचनाहरूको सङ्कलन, सम्पादन र उत्पादन हुन्थ्यो । तर विक्रमीको दुई हजारपछि बनारसबाट बाक्लो गरी वार्षिक पत्रिकाहरू प्रकाशन हुन थाले । मासिक, त्रैमासिक आदिको तुलनामा वार्षिक पत्रिकाहरूको प्रकाशनको बाहुल्यताले गर्दा पत्रकारिताको समुचित विकासमा शिथिलता आएको देखिन्छ । बनारसका वार्षिक पत्रिकाहरूको बाहुल्यता २००७ देखि २०२४ सम्म एकछत्र रहेको देखिन्छ ।

नेपालमा पञ्चायती व्यवस्था लागू भएकाले सेन्सरबाट बच्न पत्रिकाहरू सामयिक सङ्कलनतर्फ लागेका थिए । बनारसबाट पनि २०२८ देखि सामयिक सङ्कलन निस्कन थालेको देखिन्छ । नेपालमा पञ्चायती राज विरुद्ध लड्नु परेकाले पत्रिकाहरू वैचारिक रूपले धारिला बन्दै गएको पाइन्छ तर बनारसको यो प्रवृत्ति रहेन । पत्रिका प्रकाशनका सङ्ख्या पनि कम हुँदै गएको देखिन्छ । बनारसबाट निरन्तरता पाएको ‘उदय’ बाहेक अरू पत्रिकाहरू छोटो आयुका साबित भएको सर्वत्र महसुस भएको छ ।

९. उपसंहार

नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान अनमोल र अनुपम रहेको छ । नेपाली साहित्यिक पत्रकारिताको मात्र होइन समस्त नेपाली पत्रकारिताको सुरुवात नै बनारसको पवित्र भूमिबाट भएको छ । बनारसले साहित्यिक पत्रकारिताको निम्ति शैक्षिक–बौद्धिक माहौल निर्माण गरेर इतिहासमा अनुपम योगदानको अभिलेख तयार पारेको छ र नेपालमा शिक्षित र बौद्धिक वर्गको एउटा दह्रो पुस्ता निर्माण भएको छ ।
बनारसको भूमिकाबारे यो जुन अध्ययन भएको छ, यसलाई एउटा निकाश दिइनुपर्दछ । बनारसबाट प्रकाशित पत्रिकाहरूको सामान्य विवरणलाई गहन अध्ययनतर्फ प्रवृत्त गराउनु पर्ने र बनारसलगायत भारतका अन्य स्थानबाट प्रकाशित भएका पत्रपत्रिकाहरूको समेत अध्ययन गरिनु जरुरी छ । बरु यस अध्ययनलाई सम्पन्न गर्नका निम्ति नेपाल र भारतका नेपाली अन्वेषकहरूको एउटा संयुक्त समिति बनाउन पर्छ भने पनि त्यो गरेर अध्ययनलाई अगाडि बढाउनु जरुरी छ ।

अर्काे कुरो नेपाल र भारतका नेपाली साहित्यकार एवं पत्रकारहरूलाई जोड्ने कडी नेपाली भाषा
हो । यसलाई नेपाल र भारतमा मात्र होइन अन्यत्र विदेशमा पनि एउटै ढाँचाको बोल्ने र लेख्ने मानक भाषा बनाउन नेपाली साहित्यिक पत्रकार सङ्घ, बनारसको ‘उदय’ पत्रिका र बी.एच.यु. नेपाली विभागको संयुक्त अध्ययन टोली बनाउन सके राम्रो हुने थियो । दुई देशको बीचको सामाजिक सद्भाव विकासमा पनि योगदान पुग्ने थियो ।
अन्त्यमा नेपाल साहित्यिक पत्रकार सङ्घले वरिष्ठ साहित्यिक पत्रकाहरूको अन्तर्राष्ट्रिय स्तरको सम्मान कार्यक्रम एवं ‘नेपाली साहित्यिक पत्रकारिताको विकासमा बनारसको योगदान’ विषयक यस भव्य र सभ्य विचार गोष्ठीमा मलाई गोष्ठीपत्र प्रस्तोताको रूपमा सहभागी गराउनु भएकोमा आयोजक संस्था र यसका पदाधिकारीहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
कार्यपत्र प्रस्तोता  : डी.आर. पोखरेल
(मिति : २०७३।११।३ (सन् १९१७, फरवरी १४), वाराणसी, भारत)
आभार
 
पुस्तक, पत्रिपत्रिकाहरू उपलब्ध गराई सहयोग गर्नुभएकोमा शिव रेग्मी, मातृका पोखरेल, चेतनाथ धमला, सबिन पोखरेल काठमाडौं, प्रा.डा. गणेशप्रसाद खराल, प्रा.डा. नारायणप्रसाद खनाल, सहप्रा. दामोदर रिजाल र रामेश्वर पुस्तकालय–चितवनप्रति हार्दिक आभार प्रकट गर्दछु ।

– डी.आर. पोखरेल

सन्दर्भसामग्री
१) अधिकारी, चन्द्रविलास, आमसञ्चार र पत्रकारिता : सिद्धान्त र प्रयोग, चितवन : नारायणी अधिकारी, २०६२ ।
२) घिमिरे, रोचक (प्रधान सम्पा.), आलेखन, काठमाडौं : नेपाल साहित्यिक पत्रकार सङ्घ, केन्द्रीय समिति, २०६७ ।
३) देवकोटा, ग्रीष्मबहादुर, नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, ते.सं., ललितपुर : साझा प्रकाशन, २०५९ ।
४) नेपाली साहित्यिक पत्रपत्रिकाका संक्षिप्त ग्रन्थकोश, काठमाडौं : प्रेस काउन्सिल नेपाल, २०५५ ।
५) पन्त, दिनेशराज र अरू (सम्पा.), श्री ५ पृथ्वीनारायण शाहको उपदेश खण्ड (१–५), ललितपुर : जगदम्बा प्रकाशन, २०२५ ।
६) पराजुली, कृष्णप्रसाद (सम्पा.), काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ, वाराणसी : दुर्गाप्रसाद श्रेष्ठ स्मृतिग्रन्थ समिति, २०५३ ।
७) पोखरेल, प्रा. बालकृष्ण, जतनपुरे पानी पोखरेलको वंशावली, विराटनगर : लेखक स्वयं, २०६५ ।
८) पौड्याल, डा. शिवप्रसाद, “नेपाली भाषा–साहित्यको विकासमा बनारसबाट प्रकाशित साहित्यिक पत्रपत्रिकाको भूमिका”, दिव्यज्योति रजत स्मारिका, नवलपरासी : श्री दिव्यज्योति बहुमुखी क्याम्पस, बर्दघाट–२, २०७२ ।
९) प्रभात, विष्णु (सम्पा.), साहित्यकार कलाकार परिचय कोश, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, २०७० ।
१०) रेग्मी, शिव, अन्तिम पाना, काठमाडौं : रत्नपुस्तक भण्डार, २०६३ ।
११) , खोजीनीति, काठमाडौं : तलेजु प्रकाशन, २०७० ।
१२) शर्मा, श्यामप्रसाद, नेपालको पत्रकारिता र पत्रिकाहरूबारे प्रतिवेदन, दो.सं., काठमाडौं : नवजवान साप्ताहिक, २०४२ ।
१३ ) साकृत्यायन, राहुल, कुमाऊ, कवीरचौरा, वाराणसी : ज्ञानमण्डल लिमिटेड, संवत् २०१५ ।

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.