कथा : पश्चाताप

~वेद प्रसाद कंडेल ‘युबराज’~

दिउँसो साथीहरूसँग घरबाट बाहिर निस्केको राजिव घर फर्किंदा झमक्क भइसकेको थियो । घरमा राजिवलाई आमाले खाना कुरेर बसिरहेकी थिइन् । राजिवलाई त्यति खाना खाने मन त थिएन तर आफूले नखाए आमाले पनि खाना नखाने हुँदा मन नभए पनि राजिव भान्सामा जान्छ । आमासँगै बसेर राजिवले थोरै भएपनि खाना खान्छ र सुत्ने कोठामा जान्छ । सँधैजसो खाना खाएपछि १–२ घण्टा अध्ययन गरेपछि मात्र सुत्ने राजिवलाई अध्ययनतिर मनै जाँदैन । राजिव विस्तारामा पल्टिन्छ, निदाउन खुबै प्रयास गर्छ तर निद्रा लाग्दैन । त्यसपछि राजिव जुरूक्क उठ्छ । स्वीच अन गर्छ बत्ती बल्छ । यताउता हेर्छ, कम्प्युटरका तारहरू मल्टीप्लगमा जोड्छ ।

मल्टीप्लगको स्वीच अन गर्छ सिस्टम युनिटको पावर बटन दबाउँछ कम्प्युटर स्वागत गर्दै खुल्छ । “अब के गर्ने कम्प्युटरमा आज फिल्म हेर्ने पनि मुड छैन पुराना फोटाहरू पनि कति हेर्ने अडियो गीतहरू पनि नसुनेका कुनै छैनन् । बरू इन्टरनेट खोल्नु प¥यो त्यहाँ केही छ कि अहँ त्यहा के छ र ? यु ट्युवका भिडियो हेर्ने मुडै छैन, स्काइपमा भिडियो कल गर्ने मान्छे नै मेरो कोही छैन । के गर्ने त ? कम्प्युटर अफ गर्ने ? होइन कम्प्युटर अफ गरेर किताब पढ्न मनै छैन, सुत्यो निद्रा नै लाग्दैन के गर्ने ? के गर्ने ? आज फेसवुक हेरौँ न कोही पुराना साथी भेटिन्छन् कि ? नयाँ पनि त भेटिन सक्छन् ।

हो त्यही फेसवुक नै खोल्ने” भनी आफै प्रश्न–उत्तर गर्दा गर्दै राजिव फेसवुक खोल्ने टुङ्गोमा पुग्छ । डेक्सटपमा रहेको मोजिला फायरफक्स ब्राउजरमा डबल क्लिक गर्छ । डब्लु डब्लु डब्लु डट फेसबुक डट कम टाइप गरी लगअन गर्छ । फेसबुक खुल्छ । साथीहरूको लिस्ट हेर्छ ४–५ जनालाई म्यासेज पठाउँछ कसैबाट पनि उत्तर आउँदैन । सबै आफैमा व्यस्त छन् । मेरो म्यासेजलाई कसैले प्राथमिकता दिँदैन । त्यतिकैमा राजिवको ध्यान पिपुल यु मे नो बक्समा जान्छ, त्यहाँ आस्मालाई देख्छ । “आस्मा तिमिलाई फेसवुकमा देख्दा मलाई विगतको सम्झना गरायो र जीवनको कुनै घुम्तिमा तिमीसँगै वितेका दिनहरूको सम्झना गरायो त्यतिखेर मैले तिमीलाई कतिकुरा भन्न खोजे तर भन्नै सकेन ।

केही कुरा भन्छु भने तर तिमीले कति कर लगाउँदा पनि मैले भन्दै भनेन । सायद त्यो नै मेरो गल्ति थियो” भन्दै एक्लै बर्बराउन थाल्छ । राजिवको शरीर कामीरहेको हुँछ, राजिवले आस्मासँगै कुरा गरिरहेको ठान्छ उसले आफू एक्लै भएको कुरा बिर्सिन्छ । त्यतिकैमा उसले आस्मालाई फ्राइन्ड रिक्वयस्ट पठाउँछ । आस्मा अनलाइन आउँछे मेरो फ्राइन्ड रिक्वयस्टलाई एसेप्ट गर्छे अनी म उसैसँग च्याट गर्छु भनी राजिव अनलाइन मै प्रतिक्षा गर्छ । राजिवले घण्टौँ प्रतिक्षा गर्छ तर ऊ आउँदिन त्यसपछि राजिव कम्प्युटर अफ गर्छ र सुत्छ । विहानको मिर्मिरेसँगै राजिव उठ्छ उठ्ने वित्तिकै फेसवुक खोली आस्माले फ्राइन्ड रिक्वयस्ट एसेप्ट गरीहोली भन्दै हतार–हतार हेर्छ तर एसेप्ट भएको हुँदैन । दिउँसो हेर्छ दिउँसो पनि हुँदैन, साँझ हेर्छ साँझ पनि हुँदैन । आस्माको फ्राइन्ड रिक्वयस्टको प्रतिक्षा गर्दा गर्दै राजिव घडीले रातीको ११ बजाउँछ तर फ्राइन्ड रिक्वयस्ट एसेप्ट हुँदैन । राजिव बिस्तारामा पल्टिन्छ सुत्न खोज्छ तर निद्रा लाग्दैन ।

मनमनै राजिवले भन्छ आस्मा अनलाइनमै नआएर हो नत्र मेरो रिक्वयस्ट किन एसेप्ट गर्दिनथी र भनी चित्त बुझाउँछ । दिनहरू वित्दै जान्छन तर राजिवको रिक्वयस्ट आस्माले एसेप्ट नै गर्दिन । धरै दिन पछि राजिवले आफ्नै साथीसँग आस्माले च्याट गरेको देख्छ । त्यसपछि राजिवले आस्मालाई पठाएको फ्राइन्ड रिक्वयस्ट आफैले क्यान्सिल गर्छ । समय वित्दै जान्छ आस्माको विहे हुन्छ । आस्माका विहेका फोटाहरू फेसवुकमै अपलोड हुन्छन् । राजिवले फेसवुकबाटै आस्माको विहे भएको थाहा पाउँछ । “के गर्नु आस्माले मेरो फ्राइन्ड रिक्वयस्ट नै एसेप्ट गरिन नत्र म फेसवुकबाटै आस्मालाई विहेको शुभकामना दिन्थे बैवाहिक जीवनको सफलताको कामना गर्थे” भन्छ तर सुन्ने कोही हुँदैन कोठामा राजिव एक्लै हुन्छ । आस्माको विहेले राजिवलाई कुनै दुःख लाग्दैन विहेको फोटोमा मुस्कुरायकी आस्मालाई देखेर आफै एक्लै मुस्कुराउँछ । एक दिन राजिवले फेसबुकमै बस दुर्घटनाको दृश्य देख्छ । बस दुर्घटनामा आस्मा पनि घाइते भएको र घाइतेहरूलाई रगत चाहिएको तर ब्लड बैँकमा रगत सकिएको समाचार फेसबुकबाटै प्राप्त गर्छ । राजिव आस्मालाई भर्ना गरिएको अस्पताल पुग्छ । रगत दिन्छ डाक्टरले राजिवलाई पैसा दिन्छ तर राजिवले आफूले पैसाको लागि रगत नदिएको र आफ्नो रगतको कुनै मूल्य नभएको बताउँदै पैसा अस्वीकार गर्छ ।

राजिवको रगतले आस्मा स्वस्थ भएर घर फर्किन्छे केही समयपछि आस्मा विरामी पर्छे र अस्पतालमा भर्ना हुन्छे । डाक्टरले आस्माको दुईवटै किड्नीमा खराबी रहेको यदि एउटा किड्नी २ दिनभित्र फेर्न सके मात्र बाच्ने नत्र बाच्न नसक्ने रिपोट दिन्छ । आस्माले कसैले किड्नी दिएमा ५ करोड रूपैयाँ प्रदान गर्ने बताउँछे । तर कतैबाट पनि किड्नी प्राप्त हुँदैन । दिनहरू वित्दै जाँदा एक दिन राजिवले फेसवुकमा अर्को समचार देख्छः– “आस्माको दुईवटै किड्नीमा खराबी आस्माले ५ करोड दिँदा पनि एउटा किड्नी पाइनन् । १२ घण्टाभित्र किड्नी प्राप्त नभए आस्माको मृत्यु हुने ।” यस्तो देख्ने बित्तिकै राजिव हतार हतार अस्पताल पुग्छ र आस्माको लागि आफूले किड्नी दिने बताउँछ, राजिवले किड्नी दिन्छ । डाक्टरले राजिवलाई ५ करोड रूपैयाँ दिन्छ तर मेरो किड्नीको मूल्य नै छैन भनी पैसा अस्वीकार गरी फर्किन्छ । आस्मा किड्नी प्राप्त गरी स्वस्थ हुन्छे । डाक्टरले आस्माको ५ करोड रूपैयाँ आस्मालाई नै फिर्ता गर्छ । आस्मा अचम्म मान्छे ।

“किन मलाई यो पैसा ?”

“किड्नी दिने व्यक्तिले किड्नीको मूल्य हुँदैन भनी पैसा अस्वीकार ग¥यो । त्यसैले ।”

“को हो त्यो मलाई किड्नी दिने व्यक्ति ?”

“तिमीलाई पहिले रगत दिएर बचाउने र अहिले किड्नी दिएर बचाउने एउटै व्यक्ति हो तर उसले आफ्नो नाम ठेगाना केही पनि अस्पतालमा छोडेको छैन ।”

“त्यो व्यक्तिलाई कसरी पत्ता लगाउने त ?”

“यदि फेरी ऊ अस्पतालमा आएको खण्डमा म तपाईंलाई अवश्य जानकारी गराउँछु ।”

“जसरी पनि त्यस व्यक्तिलाई पत्ता लगाउनु पर्छ ।” भनी आस्मा अस्पतालबाट निस्कन्छे । एक दिन राजिव अकस्मात विरामी पर्छ । ऊ अस्पतालमा आउँछ । डाक्टरले उसलाई चेक जाँच गर्छ । उसको एउटा किड्नी पहिले नै झिकिसकिएको र अर्को किड्नीमा समस्या देखिन्छ । डाक्टरले निराश हुँदै भन्छ “आस्मालाई बचाउन तिमीले आफ्नो किड्नी दियौ अहिले आफै किड्नीको समस्याले मर्दैछौँ । आखिर आस्मा तिम्रो को हो ?”

“नाताले ऊ मेरो कोही पनि होइन तर ऊ मैले माया गर्ने मान्छे हो ।”

“ दुई घण्टा भित्र तिमीले किड्नी फेरेनौ भने मर्छौ । आस्मा आफूलाई रगत दिएर बचाउने किड्नी दिएर बचाउने मान्छेको खोजीमा छिन् । उनी तिमीलाई भेट्न चाहन्छिन् । आस्माले किड्नीको खोजीमा सहयोग पनि गर्न सक्छिन् । उनी धनी छिन् पैसाले किड्नी किन्न पनि सक्छिन् । आस्मालाई यो कुरा थाहा दिन्छु ।” भनी डाक्टरले टेलिफोन तिर हात लम्काउँछ । राजिवले डाक्टरलाई रोकेर “सबै कुरा पैसाले पाइँदैन । आस्माले दुई दिन सम्म नपाएको किड्नी मैले दुई घण्टामा अवश्य पाउँदिन । म बाँच्न पनि चाहेको छैन के को लागि बाँच्ने कस्को लागि बाच्ने के गर्नको लागि बाँच्ने बाँच्नुको मेरो कुनै सार नै छैन । तर म मरेको कुरा आस्मालाई थाहा नदिनु म उसको लागि एउटा चिठी लेख्छु त्यो चिठी दिनु त्यती गर्नुभयो भने मलाई अरू केही गर्नु पर्दैन ।” राजिवले चिठी अस्पतालको वेडमै बसेर लेख्छ । चिठी लेख्दा लेख्दै हातहरू चल्न छोड्छन् मुखबाट आवज पनि आउन छोड्छ राजिवका आँखाबाट आँसुका ढिक्काहरू खस्न थाल्छन् । केही छिनमै राजिवको हातबाट चिठी र कलम खस्छ । राजिव वेडमै पल्टिन्छ ।

टुलुटुलु हेरेर बसेको डाक्टरले राजिवलाई समाउँछ उठाउन खोज्छ तर राजिव कहिल्लै नउठ्ने गरी सधैको लागि पल्टिन्छ । संसारबाटै विदा लिन्छ । डाक्टरले राजिवले लेख्दै गरेको चिठी सुरक्षित रूपमा आफ्नो दराजमा राख्छ । केही छिनमै केही मान्छेहरू आएर राजिवको लासलाई उठाएर अस्पतालबाट लगी अन्त्यष्टि गर्छन । हप्ता दिन पछि डाक्टरले आस्मालाई फोन गरेर बोलाउँछ । आस्मा अस्पताल आउँछे । डाक्टरले राजिवको अनुरोधलाई स्वीकार्दै आस्मालाई राजिव मरेको कुरा थाहा दिँदैन तर आस्मालाई दिनु भनेको पत्र दिन्छ । आस्मा पत्रलाई व्यागमा राखेर घरमा आउँछे उत्सुकता साथ पत्र खोलेर हेर्दा पत्रमा देख्छे “आस्मा तिमीसँग जीवनको कुनै मोडमा भेट भयो केही समयमै हाम्रो जीवनको गोरेटो दोबाटो भई छुट्टियो तर तिम्रो माया मबाट कहिल्यै छुट्टिन सकेन । धेरै समय पछि मैले तिमीलाई फेसवुकमा देखँे तुरुन्तै फ्राइन्ड रिक्वयस्ट पठाएँ तर तिमीले मलाई यति घटिया सोच्यौ कि मेरो फ्राइन्ड रिक्वयस्ट नै एसेप्ट गरिनौ । तिमीले घृर्णा नै गरेपनि मैले भने तिमीलाई माया नै गरीरहेँ । त्यही कारणले गर्दा तिमी रगत अभावमा मर्दैछ्यौ भन्ने थाहा पाएर अस्पतालमा रगत दिन पुगेँ तिमी किड्नीको अभावमा मर्दैछ्यौ भन्ने थाहा पाएर अस्पतालमा किड्नी दिन पुगेँ ।

म त्यही राजिव हुँ जसको तिमीले फ्राइन्ड रिक्वयस्ट समेत एसेप्ट गरेकी थिइनौँ । म के भनु तिमीलाई ……………………………………………………………………………………………….”

आस्मा रूँदै कराउन थाल्छे “राजिव मलाई माफ गर ममा धनको घमण्ड थियो रूपको घमण्ड थियो । त्यो सबै क्षणिक रहेछ बल्ल थाहा पाएँ राजिव दिन ढल्केपछि समय गएपछि गोरेटो छुट्टिएपछि, जवानी ढल्केपछि ।” आफूलाई सम्हाल्दै आस्माले फेसवुक खोल्छे राजिवलाई फेसवुकमा सर्च गर्छे । आस्माले खोजेको राजिवको फोटो फेसवुकमा देख्छे आस्माले तुरून्तै राजिवलाई फ्राइन्ड रिक्वयस्ट पठाउँछे । फ्राइन्ड रिक्वयस्ट कतिखेर एसेप्ट हुन्छ भनेर प्रतिक्षा गर्छे दिनहरू बित्दै जान्छन् रातहरू बित्दै जान्छन् समय बित्दै जान्छ आस्मा प्रतिक्षामा नै हुन्छे तर कहिल्यै आस्माको फ्राइन्ड रिक्वयस्ट राजिवबाट एसेप्ट हुँदैन ।

समाप्त

November 19, 2014
वेद प्रसाद कंडेल (युबराज)
श्री भैरव नवदीप उ.मा.वि. तथा भैरव बहुमुखी क्याम्पस छहरा–पाल्पा लुम्बिनी नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.