~पल हिरा~
पहाड र म
अनी अन्तर दन्द्द
तीनका चर्केका दरार हरु
मेरा भाग्यका हस्तरेखाहरु
कतै समानताले खोर्सेका छन
कतै अहमता ले अग्लेका छन
च्यातिएका टोपी उप्केका भिताहरु देखाएर
खिस्स हासी टोपल्छ पहाड
म गुदगुदिमा हासी दिन्छु
पहाड नाङेको छ
सुन्दरता खोसिएको छ
पहाड रिसले तातेको छ
पहाड हिजो आज सुसल्दैन
पहाडको रिसहरुले मलाई पर धकाल्दछ ,
म नटेरेको झै गरी सर्दिन
फेरी हावा को झोका हरुले झोक ले हानी दिन्छ
म सलबलाएर यसो लुकेको झै गर्छु
पहाड लुकेर लहराउन खोज्छ
म चिच्याइ दिन्छु
यता उता हलाई दिन्छु
पहाड रुन्छ चोट बोकेर
म आन्नदले हेरी रहन्छु
पहाड दुब्लाउदै गाको छ
पहाड हास्नु छाडेको छ
पहाड नाच्न छाडेको छ
अनी नचाउन छाडेको छ
म सदा झै पेलिरहेको छु
आउने जाने बदलेर् कतै बगी दिन्छ
कतै झरी दिन्छ
हुसु भित्र निदाइ दिन्छ
फुस्स फुर्सोमा निक्लिदिन्छ
मेरो अत्याचार आँफैमा खेद लाग्दछ
मेरो दन्द्द बेमानी खेल
पश्यातापले जलिरहेको हुन्छु
मेरो खुशी हराको छ
म सँगइ पहाड दुखी भाको छ
म सोच्दै छु ,म जस्तो स्वार्थी छैन रहेछ
म उस्को दु:ख मा हासी दिन्थे
तर पहाड म सँगइ रुवैइ दियो
हिजो आज पहाड क्षयरोग लागे झै खोकी रहेको छ
दिन दिनै खीइदै गाको छ
मैलो पहाड उपचार् खोज्दै
छाती थम-थमाइ रहेकोछ
तेसैले म पनि अतालिएको छु
म एक्लै बराबराउदै छु
मेरो धोकालाई माफ देउ
पहाड मलाई माफ देउ!!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)