~नेकी धनेन्द्र~
नेपालगंज बसेर कुनै पत्रिका चलाउनु भनेको एउटा गरिव परिवारले साँझ विहान छाक टार्नु जतिकै मुस्किल हो । आफ्नो पेट पाल्नका लागि जति संघर्ष गर्नु पर्छ त्यो भन्दा पनि ज्यादा परिश्रम हुँदो रहेछ पत्रकारितामा । तै पनि चौथो आँखा राष्ट्रिय दैनिक पत्रिकालाई अहिले सम्म पनि निरन्तरता दिने काम भैरहेको छ । विभिन्न च्याउ उम्रे जस्तै संचार माध्यामहरु खुलेका छन् भयाङ्कर प्रतिश्पर्धा चलेको छ त्यसैले बढी संघर्ष गरेर फरक पहिचाहान बनाउन मन लाग्दो रहेछ । यता पत्रिका प्रकाशन गर्न लागेको झण्डैं एक महिना मात्र भएको छ कार्याकारी सम्पादकका नाताले यस पत्रिकालाई मैले सबै भन्दा बढी समय दिएर स्तरिय बनाउनु चुनौतिपूर्ण काम हो ।मैले राज्यको चौथो आँखाको रुपमा रहेको पत्रिकाको लागि रगडीनु पनि स्वभाबिकै हो । सधै मान्छेलाई एउटै काममा व्यस्त भएर गणतव्य भेटाउन मन लाग्छ तदनुसार घर परिवारले पनि बुझ्ने अर्थात घररपरिवारलाई बुझाउन सक्नु अर्को चुनौति हो । कयौ समस्याहरु आइलाग्छन् यो जिन्दगीलाई तिनै समस्याहरुसँग पौठेजुरी खेलेर अगाडि बढ्नु नै महानता रहेछ । मान्छे एक त अस्थाई नियुक्तिका साथ यो दुँनियामा पाइला टेक्ने गर्छ त्यसमाथि झन कसरी एकै ठाउँमा बसेर एकै कामको जिम्मेवारी पाउँदो हो । त्यसो गर्नलाई कि सन्यासी भएर बस्नु प¥यो नत्र भने घरपरिवारबाट भिडाएका झमेलाहरु त बोक्नै पर्छ । कुरा यस्तै हो मैले यता पत्रिकामा काम गरिरहेकै बेला मैले भारतका केही स्थानमा घुम्न जाने अबसर पाए ।अवसर पनि यस्तो थियो कि त्यो ठाउँमा नचाहेर पनि जानै पर्ने, कारण मेरो आमा र ठूली आमा चारधामको तयारीमा बस्नु भएको रहेछ ।जुन दिन यात्राको शुभारम्भ रहेछ त्यही दिनको विहान ९ बजे फोन आयो । वहाँहरुको हेरचाहको लागि नगएर धरै नपाउने भए फोनबाट जाने कुरालाई सहर्ष स्वीकार गरे फेरि आमाको बचन काट्ने आँट ममा कहिलै आएन । न त कपडाहरु सफा छन् न त सफा गर्ने समय नै छ । उता पत्रिकाको कार्यालयमा पनि म भन्दा अर्को समाचार हेर्ने मान्छे छैन् ।मलाई बहुत आपत प¥यो ।यो पत्रिकाका प्रधान सम्पादक न त समाचार लेख्न जान्छन् न त आएका समाचार राम्ररी काटछाट गर्न नै, नाम मात्रका प्रधान सम्पादक जान्छन् त केवल पढ्न मात्र जान्छन् । कहिले काही रिस उठेर आउँछ, प्रधान सम्पादक वहाँ, भारी सबै आफैले बोक्नु पर्ने, तलब पनि कस्तो राम्ररी खानाको पैसा तिर्न पनि नभ्याउने , न त कुनै अप्रेटर नै राखेका छन् त्यो बोझ पनि मैमाथि छ ।
मैले आमाको हेरचाहको लागि चारधाम जाने कुरा सम्पादकलाई जानकारी गराए । वहाँको अनुहारमा ग्रहण लाग्यो, समस्या बताएको हुँदा वहाँले पनि नकार्न सक्नु भएन । बसपार्क स्थितको कार्यालयबाट विदा मागेर तुरुन्तै काँरकादो चोकबाट पश्चिम करिव १ किलोमिटर भित्र पर्ने भाइको कोठामा पुगे ।भाइका घरभेटी र साथीहरुलाई पनि आफू चारधाम जान लागेको बताए । मलाई फेरि आमाले फोन गर्नु भयो वहाँहरु गाडी चढीसकेको बताएपछि म आत्तिए किन कि वहाँहरुलाई बर्दियाको बढैयाताल ठूली आमाको घरबाट नेपालगंज पुग्न आधा घण्टा मात्र लाग्छ तर मैले यहाँबाट कारकाँदो चोकमा हिडेर जान एक घण्टा बढी लाग्छ । हतार गर्दै जिउमा कोट पाइन्ट कोचे । रफ्तारमै काँरकाँदो चोक पुगेपछि गाडी चढेर धम्बोझिचोकमा ओर्लेर फोन गरे सम्पर्क हुन सकेन भन्यो , फेरि फोन गरे बल्लबल्ल लागेको फोन पनि कट्यो अर्को पटक फोन गरेपछि बल्ल रिसिभ भयो कहाँ पुग्नु भयो भनेर सोधेको , हामी त दमौलीको विचमा गाडी फसेर यतै बसेका छौ भन्नु भयो । वहाँहरुलाई लिएर देउडाकलाका करिव एक दर्जन जति यात्रुलाई ल्याउन माथितिर गएको रहेछ ।अब साइतमा हिडेको मान्छेलाई झन निरास भयो । कुर्दाकुर्दा दिउँसोको साढे चार बजेछ फेरि फोन गरे हत्तपत्त फोन नलाग्ने रहेछ नेटवर्कले काम नगरेर होला फोन लाग्यो अझै त्यही ठाउँमा बाटो बनाउँदै गाडी पास गर्न लागेको बताएपछि फोन काटे । हल्का भोकपनि लाग्यो धम्बोझि चोकको हाम्रो मःम सेन्टरमा छिरेर सेकुवा र रेडबुल खाएं । काउन्टरमा पैसा साढे चार भएछ एकसिल मासु र एउटा रेडबुललाई पहिलो चोटी साढेचार सय तिरे । त्यसले के भोक मेटाउथ्यो झन तलतल बढायो बागेश्वरी मिठाइ पसलमा पसेर चाउमिन खाँदै थिए एकजना चिनेको साथि आयो उसलाई पनि चाउमिन खाउ भनेर एक प्लेट मगाए त्यसपछि पुनः आमालाई फोन गरे फेरि पनि त्यही भएको जानकारी दिनुभयो अब नेपालगंज पुग्न वित्तिकै मलाई फोन गर्नु होला भनेर फोन राखे । त्यो साथीले मलाई साइबरमा गएर फेसबुक सम्बिन्धि केही कुरा सिकाइदिनु प¥यो भन्यो , नकार्ने कुरा पनि भएन कसरी समय विताउने हो कतिखेर पुग्नुहुन्छ भन्ने मनमा छटपटी भएकै बेला ।
गुगल साइबरमा गएर एकघण्टा जति फेसबुकमा दोहोरि खेलियो त्यसबाट बाहिर निस्कदा लगभग साढे छ भैसकेछ । फेरि मनले मानेन आमालाई फोन गरिहाले अहिले एकै पटकमा फोन लाग्यो नजिकै आएको जस्तो आभास भयो तर भर्खर भोलागैडी पुग्नु भएछ २५ मिनेट अझै लाग्ने भयो । त्यो साथीको बस्ने सम्झना होटलमा गएर खाना खाएँ । जम्मा मासुभातको ढेडसय भएछ साथीले यतै मिलाउला भनेपनि मलाई अप्ठेरो लाग्यो त्यसैले पैसातिरेर सरासर उही चोकमा गएर बसे ।गाडी पनि आयो हतपतिदै गाडी चढे तिनजना आउँनु भएको रैछ आमा , ठूली आमा र माल्दाई (ठूली आमाको माइलो छोरा) । माल्दाई मानसिक रोगले ग्रसित भएकाले आफ्नै सुरतालमा कुरा गर्ने र भनेको कुरा ढीपि गरेपछि हुनै पर्ने त्यो कुरा गाडी रिजर्व गर्ने पन्नालाई (बाहुनलाई) पनि थाहा रेहछ त्यसैले निसुल्क लिने व्यवस्था मिलाइएछ । जस अनुसार मेरो सिटमा यहाँ सम्मका लागि माल्दाई बसेर आउँनु भएछ । मलाई त्यो सिटमा बसाल्दै आफू मुढामा बस्नु भयो । माल्दाइको बानी दाँत देखाएर हाँसीरहने छुटेको रहेनछ त्यति मात्र नभएर जुन कुरा मनमा आयो त्यही बोलिहाल्ने कहिले काही त आमा र ठूलीआमासँग भएकोले मुन्टो निउराउनु पर्ने हुन्थ्यो । पहिलो चोटी भारत घुम्ने अबसर पाएकोले मनमा अनेकौ कौतुहलता ओहोर दोहोर हुन्थे । मैले फिल्म हेरेर मात्र भारका चर्चित ठाउँहरु देखेको थिए प्रत्यक्ष आँखाले देख्नलाई खुब आतुर थिए । कल्पनाभित्रको गहिराइले बोर्डर आएको पत्तै भएन । गाडी रोकियो पाँचसय रुपैयाँ तिर्नु पर्ने रहेछ पन्नाले तपाईसँग पाँचसय भए दिनुस भन्यो मसँग खुल्ला नभएकोले छैन भने आफैसँग रहेछ ति¥यो । गाडी अगाडी बढ्यो जब नानापारा भन्ने ठाउँमा पुगियो तब पेट्रोल पम्पमा रोकियो । पन्नाले यात्रुहरु सवैलाई नास्ता पानी खाएर आरम गर्न अनुरोध ग¥यो सबैले नास्तापानी गरिसकेपछि टिकट नकाटेकाहरुलाई टिकट काट्न लगायो नेपाली रुपैयाँ भएकाले नेपाली दुइसय बराबर भारु एकसयको दरले टिकट काट्ने र कसैले सटाउन चाहे पनि सटाउने गर्न थाल्यो मसँग पनि नेपाली १० हजार र भारु एकसय मात्र थियो त्यसैले सुरुमा सटाउने मनासाय गरे ज्यादै महङ्गो लागेकाले आमाको मुख ताकेर नेपाली रुपैयाँ सटाइँन ।यहाँ पनि पन्नाको घर रहेछ पैसा जम्मा गरेर घरमा राखेर आयो । उसको नेपालको मैनपोखरमा पनि घर छ दुइवटै देशको नागरिकता पाएको रैछ । दुइघण्टाको विश्राम पछि अध्यारो जकमन्न रातलाई गाडीको प्रकाशले चिर्दै जाँदा विचजंगलको सडकमा एउटा उनीहरुले चिनेजानेकाको गाडी विग्रिएछ ।तसर्थ गाडी रोकियो मलाई पिसावले च्यातेको थियो त्यसैले हतारिदै सडकमा झरे छेउतिर गएर पिसाव फेरेर आउँदा उसको गाडी पनि बनिहालेछ । आमाले भन्नु भयो यस्तै ठाउँमा चोरको बढी डर हुन्छ अरे एक महिना अगाडी पनि यो ठाउँमा गाडी लुटिएको थियो सतर्क भएर बस्नु बाबु ।
मैले आमा डराए जस्तो मानेपछि हौसला दिदै भने, चोर आएपछि त धुलाई भैहाल्छ नि, केही चिन्ता गर्नु पर्दैन, नामर्दहरु चढेको गाडि लुटियो होला । किनकि आमालाई कसैको अगाडी झुक्दैन भन्ने थाहा थियो त्यसैले गम्भिर मुद्रमा देखनु भयो तर केही बोल्नु भएन । मेरो बानी पनि चम्मको छ डर भन्ने कुरा कस्तो हुन्छ थाहा छैन ।ठूलीआमा पनि मेरो कुरा सुनेर खित्तिक्क हाँस्नु भयो । त्यसपछि मलाई निन्द्रा लागेकाले कुन शहर आए गए पत्तै भएन एकैचोटी भारको कानपुर शहरमा पुगेको थाहा भयो । शहरको एउटा कुनातिर जहाँ अन्नबाली भित्र्याएपछि बञ्जर थियो छेउछाउमा आप र बेलका रुखहरु थिए त्यही ठाउँमा त्यो रात गाडीको सिटमा बसेर निदाउने प्रयास गरियो लामखुट्टे र कटकटीले खाएपछि कसरी निदाउनु कतिखेर उज्यालो होला भन्ने पर्खाइमा वित्यो ।विहानपख झिसमिसे उज्यालो भयो सबै जना उठेर देवीपाटना मन्दिरतिर लाग्यौं आधाघण्टा जति हिडेर पुगिने रहेछ ।वरिपरि बार लगाएर विचमा एउटा ठूलो ताल बनाइएको रहेछ त्यहाभित्र नुहाउन जानलाई एउटा मात्र गेट रहेछ त्यसमै कडा सुरक्षा व्यवस्था मिलाइएको छ मेरी आमा , ठूली आमा माल्दाई र म पनि नुहाउनका लागि भित्र जान लाग्यौ सुरक्षाकर्मीले झोलाझाम्टा सबै जाँच ग¥यो ।यहाँको प्रशासन वडो कडा रहेछ यो तालको दृश्य क्यामरामा कैद गर्न मिल्दो रहेनछ माइकिङ्ग गरिहेको छ सावुनले नुहाउन मनाही , तालको वरिपरि छेउमा प्लाष्टिकका लहराहरु राखिएको छ त्यसकै सहारामा डुबेर नुहाउनु पर्ने नत्र गालि पाइने वर्गाकार तालमा ठूलठूला मान्छाहरु देखिन्थे ।मान्छेको भिड छ आमा ठूलीआमा साथमा अब कसरी कपडा तानेर कट्टुसँग मात्र नुहाउने, लाज मान्दै नुहाइयो अब फेरि अर्को झमेला लाइनमा बसेर दोस्रो गेटबाट मन्दिर भित्र जानु पर्ने । लाइनमा बसेर हेर्दा यहाका दृश्यहरु अचम्म लाग्न थाल्यो । झन मजाले नियालीरहे , कोही मान्छे तालमा नुहाएर छातिले घस्रिदै मन्दिर गहिरहेका छन् ।कोही अगाडी जानका लागि तछाड मछाडको कला प्रदर्शन गरिरहेका छन् । उता प्रहरीले पनि निगरानी जारी राखेको छ ।एकघण्टा लाइनमा कुरेपछि बल्ल मन्दिरको दर्शन गर्न पाइयो । मन्दिरमा मान्छे के उद्देश्य बोकेर जान्छ ? भगवानसँग के माग्छन् ? के भन्छन् ? म अनविज्ञ छु तसर्थ पसलबाटकिनेर ल्याएको फूलपाति प्रसाद र पुजाको सामान मन्दिरमा चढाए ठाउँ ठाउँ टिका लगाउनेहरुलाई डलर रुपैयाँ दिदै बाहिर निस्किए मसँग माल्दाई जानु भएको थियो वहा झन जे मैले गरे त्यही गर्नू हुन्थ्यो विचरा दिमागले काम गरे पो हुन्थ्यो कतिखेर फूत्त बाहिर निस्केर हराउनु भयो मलाई आपत प¥यो फेरि आइमाइहरुले मन्दिरमा पुजा गर्न जाने बाटो अलग थियो कस्लाई भन्ने आमा र ठूलीआमा कता हुनुहुन्छ कता ? तैपनि माल्दाइलाई खोज्ने प्रयास गरे १० मिनेट पछि खोजेर भेटाएं ।हामी आएको गाडी भएको ठाउँतिर सबै साथीहरु पुजा सकेर गइहालेछन् आमा र ठूलीआमाले पनि पुजापाठ सक्नु भएछ बाहिर निस्कनु भयो । माग्नेहरुको भिड लागेको छ । हतार गर्दै हामी पनि गाडी भएको ठाउँमा पुग्यौं । सवैले घरबाट खानपिन र गासबासको व्यवस्था गरेर आएका हुँदारहेछन्, मलाई के थाहा पहिलो पटक अनुभव गर्न थालेकोलाई ।
हाम्रा लागि पनि सामान ल्याउनू भएको रैछ । भान्सामा जुटिनु पर्ने भयो रातभरिको अनिदो, आमाको झोला खोलेर हेर्दा सेलरोटीको पोको देखियो मैले आमालाई सोधे बनाएको तरकारी होटलबाट किनेर ल्याउँछु यही रोटी खाउँलां ? आमाले पनि स्वीकार्नू भयो । खाना खान र सुत्न सुरुमा त लाज लाग्ने ग¥यो । बाध्यताबस लाजलाई हटाइदिए । खाना खाइसकेपछि दिनभर गाडिमा पल्टिदा घरि पिसाव घरि प्यास लागेर दिक्क हुन्थें पानी पिउनलाई त नजिकै थियो ।पिसाव लागेपछि आठ नौ मिनेट हिड्नु पर्ने, त्यसमाथि पनि माग्नेहरुका नबुझिने गितहरुले वाक्कै बनाउन थाले । चैत महिना सकिनै लागेको हुँदा दिउँसोको गर्मीले गाडी भित्रपनि पोल्न थालेपछि आँपको रुखमुनी छहारीमा गएर बसे, नजिकै एकजना अधबैसे कल्साउँनो अनुहार भएको मान्छे आयो । मेरो पुरै परिचय माग्यो मैले पनि निसंकोच आफ्नो सत्यतथ्य परिचय दिए, मैले पनि उसको परिचय मागे एउटै गाडीमा आएका रहेछौं । उसको घर बर्दिया लिल्लाको देउडाकला गाविसमा पर्दो रहेछ , दुइ छोरा एक छोरी मध्ये दुइ दाजु भाइले घरजम गरिसकेका रहेछन् , उनको नाम भद्रबहादुर थारु जसको श्रीमति पनि सँैगै तिर्थ गर्न आएकी रहेछिन । परिचय पछि उ एकाएक मसँग नजिकिन थाल्यो । देउडाकलाबाट आएका सबैसँग एकएक गरि परिचय गरायो । पत्रकार भनेर होला मैले जस्तो कुरा गरेपनि अस्विकार भएन । विश्वास पनि त्यतिकै मान्न थाले अधार पनि त्यत्तिकै मान्न थाले । मैले नेपाली पोषाक लगाएको थिए तसर्थ देसीहरुले पनि मलाई नेपाली भनेर औला ठड्याउथे । उनीहरु थारु जातिको पहिरनमा गएकाले सामान किनमेल गर्दा चौधरी आओ देखो अच्छा अच्छा माल आओ भन्ने गर्थे पसलेहरु । त्यो दिन ३ वजेतिर कानपुर शहरलाई विदाइ गरेर अयोध्याय धामतिर लाग्यौं । विचमा एकदुइवटा साना तिना मन्दिरहरुमा पनि पसियो । त्यसैले अयोध्याय पुग्दा रातिको ९ः३० भैसकेको थियो । कता हो कता अन्धाधन्दासँगै जानकी मन्दिरमा पुगियो । नेपाली राजाले बनाएका मन्दिरहरु धेरै रहेछन् जस मध्य यो पनि योगेन्द्र मल्लले बनाएका रैछन् । उक्त घरमा पुजारीबा मात्र बस्दा रहेछन् टाढा टाढाबाट गएका सबैलाई निसुल्क वस्न दिने भएकाले होला फोहोर ज्यादै थियो ।हाम्रो गाडीको सबै टोलि अटाउने ठाउँमा सफा गरियो ।अरु सबैले खाना बनाएर खान थाले तर त्यो छाक पनि हामी चार आमा छोराले हल्का बोकेको ड्राइफुड नै खायौं । धेरै मान्छे भएकोले कोठा साँघुरो लाग्थ्यो, आचेकोचे भएर पल्टियौं । थकाइले निन्द्राको महशुस भएपनि भेडाबाख्रा जस्तै कोचिएर एकसरो तन्दामा पल्टिदा कसरी निन्द्रा लाग्थ्यो र ? त्यो रात पनि कष्टकर नै रह्यो । विहानीको संकेत पाएपछि पल्टेको ठाउँबाट उठेर बाहिर छतमा गएं यताउति हेरे जता पनि ठूलाठूला मन्दिरहरु मात्र देखिन्छन् , महलहरु भएपनि मन्दिर विनाको महल नै देखिन्नन् ।भित्रबाट सबैजना उठेर सूर्ज नदिकोतिरमा दिशापिसाप र असिनान गर्न जान तयार भएपछि ढोकामा ताल्चा लगाएर हामी सबै निस्कियौं । नदिको तिर भन्दा करिब १५ मिटर माथि पक्की सडक जस्तो रहेछ त्यसमै तिर्थ यात्रा गर्न आएका कम्मल विछ्याएर मज्जाले पल्टिएको देख्दा मैले आफ्नो दुःख विर्सिए । कस्तो आश्चार्य लाग्यो यो नदी त पूर्व तर्फ बग्दो रहेछ ।एकाविहानै ¥याप्टिङ्ग गरिरहेका छन् कोही काठका नाउमा त कोही प्लाष्टिकका नाउँमा नदी भन्दा पनि मान्छेको सागर पढ्ता थियो जलसामा डुब्यो अर्थात हरायो भने पाइँदै नपाइने नेपाली सीम बोकेर गएकाहरुलाई फोनको के काम स्विच अफ गरेर झोलामा थन्काउनु पर्ने ।
नत्र फोन भए जता हराएपनि कुनै समस्या नआउने हो । प्रहरीले नदीको छेउछाउमा ड्यूटी गरिरहेको त्यस्तै माइकिङ्ग गरिरहेको छ ।घरि आज्ञ गहिरा है होशियार भन्छ त घरि फलानो मान्छे हमका पासमे है फलानो लुगोको फलाना है भन्छ । कस्तो दिगदार रहेछ यो जागिर पनि दिनरात नभनि खटिएका छन्, हामी जस्तै मान्छे पैसाका लागि । धेरैजसो त अझ नेपाली नै हुँदारहेछन् यो जागिर गर्नेहरु पनि । यति बाक्लो हुलमा फुत्केपछि हराउने भएकाले हाम्रो सबै टोलिले कसैका हात कसैले नछोडी नदीको किनारमा पुग्यौं अब अर्को विपत आइप¥यो आफ्नो टोलि त टोलि नै हो आमा र ठूलीआमा सँगैहुनुहुन्छ जम्मै दिसा गर्न बसेका मात्र भेटिन्छन् ।कोही पानीकै छालमा दिसा बसेका त कोही पानीमै उभिएर दिसा गर्न देख्दा घिन लाग्न थाल्यो उता तिर्थ गर्ने अग्रजहरु भने शुद्ध जल भन्दै यत्रो नदीमा साबुन प्रयोग गरेको देख्दा गालि गर्दारहेछन् , मैले सावुन प्रयोग गरेको देखेर एउटा देसीले गन्धा कर्ते है तुम लोग भनेर झपा¥यो तर पानीमै दिसा गर्नेलाई केही भनेन यो देखेर अचम्म लाग्यो । मान्छे कति पछाडी रहेछन् यस्तो विकसित मुलुकमा पनि । आफ्ना केही साथीहरु पनि लाजै नमानी सरासर दिसा गर्न बस्न थाले एकले अर्काका नितम्ब हेर्नु पर्ने नहेरौं भनेपनि आँखाको पहिलो नजर त्यतै जाँदो रहेछ ।मलाई पनि दिसा लाग्यो अरु सबै सहन सकिने यो दिसा लागेपछि सहनै नसकिने रहेछ ।मान्छेको भिडमा आँखा चिम्म गरेर दिसा अनि त्यही नदीको छालमा गएर चाख पखाले । यसो सोचे यो तिर्थ व्रत गर्ने भनेको जम्मैले आफ्नो पति छराएर जानु पर्ने रछ पवित्र गंगा जलको नाममा जम्मैको दिसा खाएर जानु पर्ने । नदीमा नुहाइसकेपछि किनारमा थापेका पसलबाट पुजाको सामान किनेर नदीको छालमा पुजा गर्नु पर्ने । सवैको कर्तव्य अनुसार मैले पनि गरे । यहाँ भएका दृश्यहरु हेर्नलाई केवल एक दुइ हप्ता र दुइवटा आँखाले कहाँ भ्याइन्थ्यो र जतिदेखे त्यतिमात्र मात्र सम्झे । यहाका एक स्थानीय बासिन्दाले भने अयोध्यायका पुरै धाम घुम्न छ महिना लाग्छ, केही मूख्य मूख्य धाममा जानुभए हुन्छ ।पुजापाठ सकाएर कोठातिर फर्कियौं । खानपिन बनाएर खाने काम भयो । त्यो दिन आराम गरियो साँझपख त्यही वरपरको बजार घुमियो । अर्को दिन पनि विहानको उही कष्टपूर्ण कार्य पूरा गरेर कोठामा फकियौं । मसँग भद्रबहादुर थारु बढी नजिकिने भएकाले मेरो भान्सामा आउथे र आफ्नो भान्सामा भएको मिठो तरकारी चखाउथे । यति धेरै माया गर्थे कि मेरो जीवन संगीनीले पनि यति माया गरिनन् । मैले जे भने त्यही मान्थे मैले जहाँ भने त्यही पुग्थ्यौं दुइजना । उनी साधु भएर होला निधारमा ठाडो धर्को खरानी सहितको रातो टिका लगाएर यताउता जान्थे ।मैले तिन आमा छोरालाई पहिले देखि नै आइरहेका बुढा साधुका जिम्मा लगाई हेरचाहमा गएको मान्छे उनी सँगै कता हो कता पुग्थे उनी पनि आफ्नी श्रीमतिलाई उनै बुढाका जिम्मा लगाएर मसँगै घुम्ने गर्थे ।दैनिक हाम्रो नित्य कर्म विहान भैसकेपछि दिनभरि अयोध्यायका बजारहरु एकएकगरि चाल्थ्यौं । मन्दिरहरु हेर्न जान्थ्यौं । यहाँ पनि भारतको कानपुर र नेपालको पशुपति नाथको मन्दिर वरिपरि , रत्नपार्क र जमलतिरका भन्दा बढ्ता भिखारी भेटिने रहेछन् । एक हप्ता जति यस्तै सुख दुःख बाडेर बस्दै गर्दा एकदिन रमाइलो घट्ना घटेको याद आइरहन्छ राम जन्मेको ठाउँ दर्शन गर्न जाँदा सबैले अन्य मन्दिरको जस्तै जुत्ता चप्पल र छालाका कुनै सामान बाहिर राखेर प्रवेश गर्नु पर्ने । सामान हराउने भएकाले बाहिर म बस्ने भए सामान कुर्नलाई, आमा सहित अरु सबैलाई पठाए तर भद्रबहादुर थारु मलाई नछाड्ने भएपछि उनी पनि बस्ने भए त्यसपछि माल्दाइ पनि मसँगै बस्छु भनेर बस्नु भयो ठूलीआमाको पैसावाला झोला बोक्नु भएको थियो माल्दाइले । हामी गफमा मस्त थियौं म तिनै थारुबाट थारु भाष सिक्ने अभ्यास गर्दै थिए ।
मान्छेको भिडभाड नहुने कुरै भएन राम जन्मेको ठाउँ हेर्नलाई । कति कौतुहलता बोकेर त कति चोरीको दाउपेचमा कति व्यापारको सिलसिलामा आएका , त्यही भिडमा माल्दाइलाई एउटी केटीले आँखा मारिछ दाई मख्ख पर्नु भएछ झन उ नजिकै भएर स्तन जीउमा घिसारिछ दाइको होसै हराएछ, त्यसै बखत पैसा हालेको पर्स झोलाबाट निकालेर टाप भएपछि । भाइ तिम्रो बेल्ड तानेर लगिहालि एउटी केटीले भन्नु भयो त्यो क्षेत्रमा छालाका सबै चिज तानेपछि मात्र भित्र छिर्न दिने हुँदा मैले मेरा बेल्ड तानेर दाइले बोकेको त्यही झोलामा राखेको थिए । त्यही बेल्ड हो भन्नु भयो । साच्चिकै हो कि भनेर हेर्दा पर्स नै छैन अरु पैसा छुट्टै राख्नु भएको रैछ ठूली आमाले धन्न त्यसमा जम्मा भारु पाँचसय मात्र रहेछन् र पो घर फिर्ता आउने भयो नत्र उतै बसाइ हुने थियो । मसँग भएका आमासँग भएका सवै पैसा वहाँलाई नै राख्न दिएका थियौं । त्यसपछि सबैजना भित्र गएका आउनु भयो उता थारुलाई र मलाई त्यहाका साहुहरुले जुत्ता चप्पल पसल अगाडी राख्न नदिएर बेइजति गरिरहेका थिए । साहुहरु पनि विचरा किन नकराउन ३०,३५ जनाका जुत्ताचप्पल राख्दा त पसल अगाडी अर्को पसल थापेको जस्तो देखिन्थ्यो । त्यो रोगबाट मुक्त भइयो ।हामी तिन जनाको पालो आयो यहाँ झन अन्य मन्दिरहरुमा भन्दा बढ्ता पालो कुरेर बस्नु पर्ने रहेछ । राम जन्मेको ठाउँ पुग्दा स्टेप स्टेपमा जाँच गर्दो रहेछ । मैले कलम र डायरी मात्र बोकेको थिए त्यही पनि झिकेर राखिदियो । सुरुमा दुइवटा महिला पुरुषका लाइन बनाए पनि अन्त्यमा सँगै हिड्नु पर्ने रहेछ ।यसको पनि कारण रहेछ केही वर्ष अगाडी मुस्लिमहरुले राम जन्मेको ठाउँ कव्जा गर्नको लागि यहाँको भवन बम विष्फोट गरेर धोस्त बनाएका रहेछन पछि श्रीराम लेखेको सुनको इट्टा पल्टेपछि उनीहरुले हारेका रहेछन् । त्यही घट्नापछि काँडेतारको बार भित्र सयौं फन्का मार्दै त्यो ठाउँमा पुगिने रहेछ त्यहा पुगेपछि भेटी र प्रसाद चढाउन नपाएरै सुरक्षाकर्मीले धकल्दै बाहिर पठाइहाल्दो रहेछ ।कस्तो छ राम जन्मेको ठाउँ राम्ररी हेर्न नै मिल्दो रहेनछ । त्यही नियति भनौ या नियम मैले पनि भोगे ।ठाउँठाउँमा पानी पिउनका लागि धाराहरु पनि रहेछन् । काँडेतार भित्रबाट देखिन्थ्यो बाहिर पट्टि फायर पोजिसनमा राखिएका लडाकु गाडीहरु र त्यस्तै सैनिकहरु । घुमेरै बाहिर सम्म पुग्दा यति धेरै कष्ट बेहोर्नु प¥यो कि दिउँसोको टन्टलापुर घामले माथिबाट पोल्छ खालि खुट्टा छन् तलबाट पोल्छ । बडो मुस्किले बाहिर निस्किएपछि खालि खुट्टामै कलम र डायरी ल्याउन गए । आएर जुत्ता मात्र लगाए बेल्ड झोलामै राख्न दिए । त्यसको नजिकै रहेछ लवकुश र बाल्मिकी मन्दिर अर्थात बाल्मिकी बसेको ठाउँ ।लवकुश र बाल्मिकी मन्दिर लेखेको देख्न साथ मलाई त्यस मन्दिर भित्र पनि पस्ने रहरले तलतल बनायो । किनकी लवकुश रामायणमा पढेको थिए रामायण लेख्ने मान्छे तिनै बाल्मिकी थिए । सबैले मेरो कुरालाई सहमत गरेपछि बाल्मिकी मन्दिरमा गएर पुजापाठ दानदक्षिणा गरेर फर्कियौं र राजा दशरथको मन्दिरमा पुग्यौं त्यहाबाट पनि झरेपछि राम सिताको दरबारमा गएर दर्शन ग¥यौं जे होस् यीनी सबै मन्दिर आसपासमा रहेछन् यहाँका थुप्रै मन्दिरमा पस्दा कयौ पटक साथीहरु हराउँदै भेटाउँदै गरियो करिव १२ वटा जति मन्दिर दर्शन गरेर साँझपख कोठा फक्यौं । रामायण पढ्दा मलाई लाग्थ्यो दन्ते कथा हुन कल्पनामा डुबेर लेखेका कथा हुन तर आज प्रमाणित गर्दैछु यी सत्य कथा रहेछन यर्थातताको चित्रण गरेका रहेछन् बाल्मिकीले।त्रियुगको पिपलको रुख, बाँँदर अर्थात हनुमान र एकैरातमा निर्माण भएको रामको दरवार अझै उस्तै रहनुले पनि यथार्तको थप पुष्टि गरेको छ ।भोलिपल्ट चैते अष्टमी भएकोले आजै कुन कुन मन्दिरमा जाने भन्ने योजना तया गरियो र खान खाएर उही कोचाकोच, लामखुट्टेको टोकाइ र कटकटीसँग संघर्ष गर्दै रात विताइयो ।
सवैजना विहानै उठेर नदीमा नुहाएर कोठा आई कपडा बदली शुद्ध जल बोकेर सुरुमा रामको मन्दिर जाँदै गर्दा हिड्ने बाटो नै छैन मान्छेको जलासा छ साहसले टिमिक टिमिक गर्छ साना देखि ठूला सवारी साधन सबै बन्द छन् प्रहरीका भ्यान समेत चलेका छैनन् । माइकमा भनिरहेको छ हराएका मान्छेका सुचना र हराएर प्रहरी कार्यालयमा पुगेकाहरुलाई उनीहरुलाई नै बोल्न लगाइदिएको छ । हिजो अस्तिको जस्तो प्रत्येकका हात प्रत्येकले समातेर हिड्न मिल्ने अबस्था पनि रहेन ।पेलापेलमा हिड्नु पर्ने मैले त त्योदेखेर सुरुमै आफ्ना जुत्ता र हराउने खालका सामान झोलामा राखेर अगाडी पट्टी झोला भिडे नत्र जुत्तामा टेकेर अल्झियो सामान खस्यो भने त्यत्रो सागर थाम्न कस्ले सक्छ सवैलाई त्यस्तै गर्न लगाए । त्यस्तै गर्दै बडो मुस्किलले रामको मन्दिरमा पुगेर दुइ घण्टा लाइनमा वसियो बल्ल पालो आयो भित्र पुजा गर्न गएको राम्रोसँग दर्शन नै नगरेको पुलिसले खेदिहाल्यो ।अटेरी गरेर पुजागर्नेलाई धकेल्दै बाहिर सम्म पु¥याइदिन थाल्यो ।तर हामीले धेरै मन्दिर घुम्ने योजना बनाएका थियौ यस्तो भिडमा कसरी धेरै मन्दिर पुग्न सकिन्छ र भन्ने चिन्ता पनि उत्तिकै छ त्यसको नजिकै पर्ने स्वम्भुको मन्दिर गयौं यहाँ चारपाँचतला सम्मको मन्दिर रहेछ । सुरुमा भुइतलामा भएका स्वम्भुका नग्न तस्विर र मूतिहरुमा ढोग ग¥यौ त्यस्तै प्रत्येक तलामा ढोग गर्दै बाहिर निस्कँदा म अगाडी आएर जुत्ता लगाउँदै थिए फरक आइमाइ आएर हाम्रो एकजना महिलाको चप्पल निसंकोच खुट्टामा छिराइ मैले तपाइहरुको चप्पल चोरी भयो उ त्यही आइमाई हो भन्दै थिए उ दौडिएर त्यत्रो हुल भित्र कता हराइ कता मलाई बहुत रिस उठ्यो तपाइहरु यतै बस्दै गर्नुस त्यसलाई भेटाएरै छोड्छु भनेर चोरी हुनेको बुढोलाई लिएर गए उसलाई एकै छिनमा भेटाइयो तर उसले चप्पल दिनुको साटो उल्टो धम्काई नेपाली पोसाक देखि होले । को हो ? को हो ? भैहाल्यो भन्यो चप्पल चोरी हुनेको बुढोले नत्र मैले सिधै चप्पल खुट्टाबाटै झिकेर ल्याउने विचार गरिरहेको थिए । सवैजना बसेको ठाउँमा खालि हात फर्कियौं । चप्पल खोइ भन्दै गलल हाँसे सवैजना, कोही भन्न थाले यत्रो हुलमा कही मान्छे भेटिन्छ मैले जवाफ दिए वहाँले डराएपछि मलाई के को खसखस भनेर फकिएका हौं नत्र मान्छे त नभेटाएको होइननी । यो मन्दिरबाट बाहिरिएपछि सामुन्य रहेको अर्को मन्दिरमा पसियो यहाँ त बडो नियमले पुजा गर्नु पर्ने रहेछ । पुजारीहरुले जे भन भन्यो त्यही भन्नु पर्ने कतै घोप्ट पर्नु पर्ने कतिखेर निस्कने हो भन्ने भइहाले भित्रै सम्म कता हो ? कता जान लगायो भित्र गइसकेपछि हाम्रा पहाडतिरका घर भन्दा ठूला ताउलामा खै के पकाइरहेका थिए ? यो दृश्य खुव मजाले निहालिरहे । जिउभरि खरानी दलेका ठूला ठूला मुढा हालेर आगो तापिरहेका हुनेरहेछन् आफूलाई भने मान्छेकै हुलको गर्मीले पागल बनाएको छ । बल्ल बाहिरिन पाइयो आनन्द भयो । अलि अगाडी बढियो ठाउँठाउँमा मन्दिरहरु बनाएर मान्छे बोलाउँदै पुजा गर्न लगाउनेहरु पनि कम हुँदा रहेनछन् । त्यस्तैमा हामी पनि फस्यौं, हलानो फलानो भनेर पैसा तोकेर लिने रहेछन् । हामीबाट पनि लियो । कस्ता चोरहरु बसेका रहेछन् यो ठाउँमा भगवानको नाममा आफ्नो व्यापार गर्ने । अलि अगाडी बढेपछि सवैले मनि पहाड जाने भन्ने निर्णय गरे हामी दुइचार जना साथीहरु एउटा धारामा पानी पिउँदै थियौं एकजना यहीको मान्छेहोला सायद हामीलाई गालि गर्न थाल्यो कब्जियत भएर मर्छन साला यो फोहोर पानी आउने धारा हो भन्यो , तराइ क्षेत्रमा गाडीएको जस्तै धारा छ पेल्नु पर्ने कसरी फोहोर पानी आयो होला मैले भने कोही साथीहरुले उल्टि नै गर्नु भयो । त्यसपछि हाम्रो यात्रा मणि पहाडतिर मोडियो मणिपहाड जाँदा विभिन्न शहरहरु पार गर्नु पर्ने रहेछ जब रेलस्टेसन सुरुङ्गबाट पार ग¥यौ तब देखियो मणिपहाड वरपर समथर ठाउँ विच्चैमा रहेछ सानो पहाड जस्तो त्यसमै एकदुइटा मन्दिर बनाइएको रहेछ । मन्दिर चढ्नु अगाडी विभिन्न पुजाका सामानहरुको पसल थापेका छन् । यहाँ त राम्रो सुविधा रहेछ पुजाको सामान किने बाफत जुत्ता चप्पल र अन्य जुनसुकै सामानहरु सुरक्षित राखिदिने । हामीले पनि एउटा पसलबाट सुविधा लियौं ।
मन्दिरमा जाँदा विचविचमा सबैले माटो छुदै जाँनुपर्ने रहेछ मैले पनि त्यसै गरे । माथि गएर पुजापाठ गरेपछि झर्दाखेरि जम्मै श्रदालुहरुले त्यही डाँडाको माटो खोर्सिन थाल्यो मैले सोधेको किन माटो खोर्सिन थाल्नु भयो भनरे , उनीहरुले जवाफ दिए, सुन पाइन्छ त्यसैले खोर्सेको । एकछिन मलाई हाँसो उठ्यो, यसरी सुन पाइने भए यति महङ्गो भाउ किन हुन्थ्यो यदि धेरै दुःख गरेर धन किन कमाउनु पथ्र्यो । मैले फेरि सोधे सवैले धन भेटाएर जानु हुन्छ त ? जवाफ आयो, सबैले भेटाउने भए यसरी खुलमखुल्ला किन खोज्न दिन्थ्यो र यहाँ त जसको भाग्य उसैले पाउँछ, यो भनेपछि मलाई पनि खोज्ने रहरले कुतकुत्यायो, अनि सुरु गरे आफूनिरको माटो खोर्सिन तर कसैले सुन भेटाएनौं आखिर हामीले भ्रम कोट्याइरहेका थियौ कसरी मिलोस् सुन । सामान राखेको पसलमा आएर सबैले आ–आफ्ना सामान झिकेर रमाइलो गर्दै फेरि रेल स्टेशन पुगियो अहिले भने रेलको लिगमा टेकेर स्टेशनका मान्छे भए तिर गयौं, कोइला लोड भएको रेल उभिएको छ मान्छे बोक्ने रेल आउनै लागेको संकेतमा सुरक्षाकर्मीले मान्छे व्यवस्थित गरिहेका छन् । पानी प्यास लागेकोले पानी पिउन धारामा गएको लाइनमा कुर्नु पर्ने केही समयपछि पालो पनि आयो उता रेलपनि आयो १०,१५ मिनेट पनि नरोकिएर फिर्ता हुँदो रहेछ यो भन्दा अगाडी कहिलै यति संख्या मान्छे कोचाकोच भएर हिडेको रेल देखेको थिइनं ।रेलमा आउनासाथ तछाडमछाड गर्दै चढ्न र झर्न सुरु भएको हो अझै नसकिएपछि पुलिसले निर्दोष यात्रीहरुलाई लट्ठीले दनक दनक पारेको देख्दा जीउभरि काँडा उठे । रेल हिड्यो, हामीले पनि आकासे पुलमा चढेर अन्य मन्दिर तिर प्रस्थान ग¥यौं ।शहरका कयौ पसलहरुमा निसुल्क मिठाइ बाडीरहेका रहेछन् पानी दिइरहेका छन्, फलफूल बाडीरहेका रहेछन् । त्यसमा अरुले झै हामीले पनि चाख्दै हिन्दै ग¥यौ । यहाँका विभिन्न मन्दिर बाहिनी हेर्दै दर्शन गर्दै रामको एकैदिनमा निर्माण भएको दरबारमा पुग्यौं । यो दरबार एकैदिन त के एक वर्ष बनाउन लागेको हो भन्दा पनि पत्याउने खालको छैन् । दरबार भित्रै फुटबल खेल्ने भन्दा ठूलो प्राङ्गन छ त्यस्तै बगैंचा त्यस्तै मन्दिर अन्य के हुन के राम्ररी दिमागमा राख्नै सकिएन ।दरबार हेरेर बाहिर निस्किएपछि सबैले भोलि घर फर्किहाल्छौं भनेर अयोध्यायको चिनो र प्रसाद किनमेल गरियो । सवैजना हिड्न थाले मलाई सारै भोक लाग्यो कसैलाई जानकारी नदिएर एक्लै पछाडी बसेर पानी पुरी खान थाले दिउँसोको करिब ३ बजेको थियो टन्न पानीपुरि खाइसकेपछि सपिङ्ग भैसकेको हुँदा सरासर कोठा पुग्नु थियो तर कहिलै नहिडेको ठाउँ भएकोले अक्कल लगाई हिड्नु प¥यो । म कोठामा पुगेको २० मिनेट पछि तिनजना बाहेक सबै आए मैले उनीहरुलाई साधे अरु तिनजना खोइ भनेर । जवाफ दिए, तपाईलाई खोज्न गएका छन् ।आमाले गालि गर्नु भयो मैले हाँसेर स्वीकार गरिदिए । कोठामा आउँदा धोएर सुकाएका लुगा बाँदरले च्यात्त चुत्त पारेर फालेछन् । धेरै जना भएकोले कोहीले छतमा खाना पकाउँथे एकदिन तरकारी तानेर लग्दा लखेट्छु भन्दा उल्टै मलाई धन्न कातरेका थिए । त्यस्तै एकदिन बजारबाट फर्किने क्रममा एकजना बालकलाई चारपाँचवटा बाँदर जीउभरि टोकेर चिच्याईरहेको देख्दा उनलाई जोगाएका थियौं । कारण त बुझ्न सकिएन बुढापाखाका अनुसार उनीहरुलाई जिस्काउने र मन्दिरमा गैलामैला भएर जानेहरुलाई बाँदरले तमासा देखाउँछन् अरे त्यही भएको हो की ? यो दिन पनि यसरी नै वित्यो साँझको जेल जीवन अर्थात कार्वाही भोग्ने समय पनि भैसकेको थियो खाना खाइसकेपछि भाँडाकुडा धोएर तन्दा बाहेक सबै सामान कट्ठामा जगाएर राखियो , अरुले पनि त्यसै गरिरहेका छन् । आजसम्म पन्ना र गाडीगुरुलाई देखेको थिइन भोलि बिहानै जानु पर्छ भनेर होला उनीहरु यहाँ उपस्थित भएको देखे । पन्ना भन्नाले पन्ना मात्र थिएन उसको छोरा उसकी श्रीमति पनि सँगै थिए ।
उनीहरु पुजारी सुत्ने ठाउँतिर सुते अलि व्यवस्थित रहेछ । त्यो राम्ररी नियाल्दा हामीसँगै गाडीमा आएकी छोरो सहितकी करिब २८, २९ वर्षकी चौधरी आइमाइ देखे उसकै आमा रैनिछ एउटा बुढी पनि सँगै थिइन । जब कैदीको जस्तो जिन्दगी सुरु हुन्थ्यो मलाई निन्द्रा पर्दैनथ्यो त्यसैले म निदाएको थिइन त्यही बच्चा सहितकी चौधरी आइमाइ र गाडीको गुरुको खासखुस सुरु भयो एकैछिनमा उनीहरु बाहिरिए म पछिपछि के तमासा हो भनेर गए उनीहरु छतमा उक्लिए र मन्दिर जस्तै कोठामा पसे अध्याँरो छाया थियो त्यो ठाउँमा म छतमा उक्लिएपछि लाज्जिने भए त्यसैले उनीहरुको व्यक्तिगत स्वतन्त्राता माथि धेरै निगरानी राख्नु उचित मानिन । उनीहरु त्यसको २,३ घण्टापछि पुनः आ–आफ्नो स्थानमा आएर सुते ।बिहानीले हामी सबैलाई अर्को गणतव्यको यात्रा तय गर्न आदेश दिइसकेपछि मैले उनीहरुको त्यो गोपिनियता भंग गर्न चाहिन । यात्रा गर्नु पूर्व मेरा अति घनिष्ट बनेका भद्र थारुलाई संग लिएर रामलिला , रामायण लगायत चारपाँचवटा चक्का किनें, उनले पनि किने । कतै अलमल नगरिकन कोठा गएको त सबै बस स्टेशनतिर हिंडिसकेछन् आमा फेरि कराउनु भयो चुपचाप बसियो । यहा बसेका सबैले फर्कदा खेरि एकदुइमाना चामल र भेटी छोडेर फर्किदा रहेछन् । हामीले पनि त्यसै गरेर फर्कियौं । सिट नम्बर अनुसार टिकट काटेको हुनाले गाडीमा आ–आफ्नै सिट नम्बर अनुसार बस्नु पथ्र्यो तसर्थ नहतरिकन बस स्टेन भएको ठाउँमा पुग्यौं । मैले हिजोसाँझको घट्ना सहन नसकि भद्रबहादुर थारुलाई धेरै पटक भन्न खोजे तर सकिन बरु त्यो आइमाइको पुरै पृष्ठभुभि बुझे , भद्रबहादुर थारुकै गाउँकी आइमाइ रहिछे, उसको लोग्ने विदेश गएको २ साल भएको रहेछ घरमा अर्को अलि ठूलो छोरा पनि रहेछ, उसको घरमा भाग दिएर छुटा भैसकेका रहेछन्, त्यही भएर उसले के गर्छे के गर्दिन भन्ने कुनै चाँसो दिदा रैन्छन् उसका अन्य घरपरिवारले । लोग्नेले पठाएको पैसाले कहिलै कतै कोही सित कहिलै कतै कोही सित मोज गर्दै हिड्ने उसको लत नै भैसके रहेछ । यसपटक गुरुसँगै हाकीहाकी आएकी रैछे अनि किन नहोस् रातभरि छतमा बसाई । आठ बजेतिर अयोध्यायबाट नेपालतिर यात्रा सुरु भयो दिउँसोको यात्रा भएकोले विभिन्न ठाउँका रमाइला दृश्वहरु अवलोकन गर्दै नानापारा पुगेको थाहै भएन त्यहा बस रोकियो किन कि गाडी भाडामा लिएका पन्नाको घरमा काम रहेछ पाँच मिनेट जति विसाएर फेरि रुपैडिहा पुग्ने लागेका थियौं उख्खु बोकेको ट्रक अचानक सजिलो ठाउँमा पल्टियो धन्न मान्छेलाई केही भएनछ । त्यसपछि भने गाडीका सवै यात्रुहरु डराएका थियौं । सडक हेर्दा त्यस्तै खजडिया देखिन्थ्यो । बोर्डरमा पुगेपछि गुरुले गाडी रोक्यो, अर्को त्रास उत्पन्न भयो नेपाल बन्द रहेछ । मेरो नजर गुरुतिर दौडियो उसले आफू नजिकैको सिटमा त्यो चौधरी आइमाइलाई राखेको छ हेराहेर गर्दै मुस्कान बाडिरहेका छन् उसले इसरा गरि अनि गुरु बाहिर निस्कियो फर्मातिर गएर ब्वाइलर कुखुरा ल्याएर आयो, सायद उसलाई साँझलाई ल्याउ भनेर इशरा गरेकी होलि, सबै जना निस्किएर नास्ता पानी गरिरहेका छन् तर म उही सिटमा बसेर सोचिरहेको छु ः यसकी आमा पनि सँगै छ , छोरीको यत्रो तमासामा पनि उसलाई कुनै आपत्ति छैन् किनहोला । आमाले सडकबाट बोलाउनु भयो घाम भयो होला ? भोक लाग्यो होला ? आइ ज काक्रो खाउला केही नास्ता गरौला भनेर , म झसङ्ग हुदै बसबाट झरे कांक्रा खाइयो नास्ता पनि खाइयो मैले साथीहरुलाई फोन एनेकपा माओबादीका बैरगमनमा परेका लडाकुहरुले बन्दहड्ताल गरेका रहेछन् त्यसैले यातायात सबै ठप्प भएको रहेछ । उनीहरु खतरा हुन्छन् गाडी अगाडी बढाउन सकिदैन अर्काको गाडी भाडामा ल्याइएको छ तोडफोड भयो भने कस्ले जिम्मा लिन्छ पन्नाले बोल्यो ।
सबै निफर्किए , मैले पन्नालाई आइडिए सिकाउँदै भने ब्यानर लेख्नको लागि बु्रस, कलर र कपडा ल्याउनुस् तिर्थ यात्रा लेखेर अगाडी टाँसेपछि कसैले केही गर्दैन, कोही आर्ट पनि खोज्नु पर्दैन मसँग त्यस्तो कला पनि छ भनेपछि, उसले सहमति जनायो मैले छ सात मिनेटमा ब्यानर लेखेर तयार पारे । त्यसपछि सरासर नेपालगंज पुगियो कतै कसैले रोकेन, किन कि तिर्थ यात्रा गर्ने सबैजसो बुढापाखा नै हुन्छन् त्यही भएर पनि होला ? मलाई आमाले भन्नु भयो हिन बाबु त पनि बर्दिया भोलि यता आउलास तदानुसार म पनि बर्दियातिर हानिए उही गाडीमा गुरुको र चौधरी आइमाइको चर्तिकला हेर्दै भद्र थारुसँग मिठा गफगाफ गर्दै जब भोलागौडी आयो हामी झ¥यौ भद्र थारु निन्याउरो मुख लगाउँदै फेरि भेटौला भन्दै विदाइको हात हल्लाउदै थियो । गाडिले आफ्नो गति तिब्र बनायो त्यसपछि हामी ठूलीआमाको घरतिर लाग्यौं । म अहिले पनि सोचिरहेछु जस्को पाप पखालेर पनि नपखालिने छ त्यस्तो मान्छेले यति धेरै पैसा खर्चेर के गर्न खोज्दैछे होला ? त्यो वेश्या आइमाई । यता मेरा घरपरिवार पनि धार्मिक कुरामा अति विश्वास गर्छन् । के साच्चिकै इश्वरले कुनै ठाउँको भ्रमण गर्दैमा पाप पखालि शुद्ध गराउलान त ? के बरदानले दिएर ठूलै मान्छे बनिएला त ? तर मेरी आमा मेरा बा मेरा भगवान हुन तसर्थ उनीहरुको बचन काटेर दुखि तुल्याउन चाहदिन जे भने त्यही मान्छु फेरि बाआमाले त्यस्तो अरु खासै नराम्रो पनि त सिकाउदैनन् । यिनै गन्थन सोच्दै ठूलीआमाको घरको आगनमा पुगियो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)