कविता : अपेक्षा

~प्रयास लामा~

जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।

कोरोनाको हावा छ चारैतिर।
कहिले काहिँ त सोच्छु,
पिडा पनी यसरीनै सरी दिए, सायद उसले बुझथ्यो।
हात छुदाँ माया पनी सर्ने भए पुग्थ्यो।
जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।

सोसियल डिस्टेनसिगंमा,
भन्छ, छेउ आउन दिनु हुन्न।
सधै यसरी नै मास्कधारीहरूलाई टाडै राख्नपाए हुन्थ्यो।
शान्त छ प्रकृति अहिले, मन कोहोलो नभई दिए पुगथ्यो।
जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।

लकडाउनको मर्का छ चारैतिर,
दुख्छ कहाँ हो कहाँ बेस्सरी मनभित्र।
बस प्रेमिल आखाँहरूले मलाई अब नहेरि दिए हुन्थ्यो।
बिरही धुन कसैले नबजाई दिए
पुग्थ्यो।
जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।

सेनिटाइजर मुछेर हातमा,
किटाणु मारे सरी।
पिडाहरू मनभित्रका मुछ्न पाए पुग्थ्यो।
गाडा यादहरू साथ बिताएका, अब मेट्न पाए हुन्थ्यो।
जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।

खै त बिज्ञान,
कहाँ छ औषधि?
संसारै रित्तिन् अघी अविष्कार गरिदिए त हुन्थ्यो।
फेरी भेट्ने, उ फर्की आउने आशाहरु नपलाईदिए त हुन्थ्यो।

जिन्दगी त थियो नै गाह्रो।
मलाई छोडी उ हिडी,
मन बुझाउनै साह्रो।

प्रयास लामा,
मङपु, दार्जिलिंग।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.