कथा : प्रेमाक्षा

~अज्ञात~

उसले सान्त्वनाका भावुक शब्दजाल ओछ्यायो- “उसको सोचाइ आफैँमा गलत थिएन, ऊ आफ्नो ठाउँमा ठीक छे ।”

अरूणिमाप्रति उसको सान्त्वनाको चाङ थपिँदै थियो- “हो ! वास्तवमा ऊ ठीक छ । उसको सोचाइ पनि विल्कुलै सही छ तर मैले त्यसतर्फतत्काल केही सोचेको छैन …” फिस्स हाँस्यो । अघिपछिको भन्दा अलि खल्लो, चिनीबिनाको खल्लो चियाझैँ । फेरि त्यस तारलाई जोड्यो “… तँलाई थाहै छ, म यहाँ एक्लै छु । मेरा आफन्तहरू जसले मेरा बारेमा सोच्छन्, उनीहरू हाम्रो पुरानै ठाउँमा छन् । म उनीहरूको चित्त दुखाउन चाहन्न ।”

ऊ थोरै गम्भीर भएको हो कि – तर मैले ठम्याउन सकिनँ । चियाको एक घुड्को निल्यो, चिया चाहिँ गुलियै थियो । मतिर एक हल्का दृष्टि फ्याँक्यो र जबरजस्ती हाँस्यो । सायद ऊ गम्भीर हुन चाहँदैनथ्यो ।

“उसोभए के तैँले मेरा सबै प्रश्नको उत्तर दिइस् – के भन्ने बुझुँ म -” फेरि पनि अरूणिमाको पक्षमा केही शब्द बोलोस् ऊ, चाहन्थेँ म तर परिस्थिति प्रतिकूल बन्दै गएको थियो । कलेज अगाडिको कफीसप । सहिद दिवसको दिन । उसले तिनै सहिदहरूलाई सम्भिmयो । उसको परिवारबाट पनि प्रजातन्त्रका लागि सहिद हुनपुगेका व्यक्ति रेहछन् । त्यही कलेजमा मारिएका थिए उनीहरू । एकैछिन ऊ राम्रैसँग व्यस्त भयो सहिदहरूको चर्चा गर्नमा । म चुपचाप सुनिरहेँ उसको धाराप्रवाह प्रवचन । यद्यपि मेरो चासोको विषय थिएन, उसको परिवारमा कति सहिद भए – कसले कस्तो व्यवसाय अँगालेको छ – मेरो चासो त मात्र अरूणिमा थिई ।

“मैले फेरि तसँग अन्तिम प्रश्न गर्छर्ुु आफ्नो आत्मालाई छल नगरी भन्-तेरो विचार के छ -” फेरि उसले स्वादहीन र सर्न्दर्भरहित हाँसो हाँस्यो ।

“मैले त्यसलाई गहिरिएर सोचेको छैन, जस्ट सिम्पल्ली ।” ऊ कुनै बिरामी तन्द्रामा बडबडाएको भान भइरहेथ्यो, “यद्यपि त्यसबारे केही भन्न सक्ने स्थितिमा छैन तर अरूणिमाका केही शब्दहरूले म सोच्न बाध्य भएको थिएँ ।”

“किन – के तैँले उसलाई नचाहेको नै हो -” मैले पनि उसलाई हलुका चिमोट्न खोजेँ ।

“यसको उत्तरको कुनै अर्थ छैन -” कतैकतै नैराश्यताका छिटा टल्किन्थे । यद्यपि ऊ सधैँ हासिरहन्छ र अहिले पनि । त्यसैले उसको मनको भेउ खोतल्न कठिन छ ।

“बाटोमा एउटा मान्छे मरेको देखिस् भने तँ जे प्रतिक्रिया दे तर त्यसले मृतकलाई केही फरक पर्दैन । ऊ फेरि जीवित हुँदैन । सत्य यही हो ।” आफैँले चिमोटेको घाउ फेरि कोट्याउन खोजेँ ।

ऊ एकछिन मौन रहृयो, अनि बोल्यो “तैँले भन्न खोजेको बुझिनँ ।”

“मैले एब्स्ट्रयाक्ट कुरा गरिरहेको छैन र नेपालीमै बोलिरहेछु ।” म वास्तवमै आजित भइरहेको थिएँ ।

“म फेरि पनि त्यही कुरा दोहोर्‍याउन चाहन्छु, मेरो बारेमा चिन्ता गर्ने धेरै छन् । अनि फेरि मेरो रोलक्रम पनि निकै पछि आउँछ ।” उसको कुरा प्राथमिक कक्षाको विद्यार्थीलाई सम्झाएझैँ लाग्यो ।

म पनि फिस्स हाँसेँ र भनँे “के तँ आफ्नो पक्षमा आफैँ फैसला गर्न सक्दैनस् – अब तँजस्तो व्यक्ति, यस्तो मर्यादाको सनातनी कुरा नगर ।”

“फेरि पनि मैले त्यसबारेमा गहिरिएर सोचेको छैन ।”

“आखिर तँ किन स्पष्ट कुरा गर्दैनस् – नेतालेझैँ कुरालाई द्विविधामा अडकाइराख्छस् -” म अघिदेखि नै धर्ैयधारण गर्नुको कष्ट अनुभूत गरिरेहको थिएँ ।

“त्यस्तो होइन । म तँलाई एउटा नीतिकथा सुनाउँछु । एकादेशमा एक राजा थिए । उनी एउटी वेश्यालाई असाध्यै प्रेम गर्थे । उनले आफ्नो त्यस प्रेमको सम्झनास्वरूप उसलाई एकदमै बहुमूल्य उपहार दिए । राजा त्यो उपहार दिएकोमा दङ्ग थिए । केही दिन बिते । राजाले त्यस उपहारको प्रसङ्ग नै भुलिसकेका थिए । एकदिन अचानक उनले त्यस्तै उपहार आफ्नो खोपीमा देखेँ । उनलाई आर्श्चर्य र आशङ्का दुवै एकैपटक भयो । उनले थाहा नपाएझैँ रानीलाई सोधे । रानीले उनको मनपर्ने साथीले दिएको बताइन् । राजालाई झन् कौतुहल भयो, उनी त्यस वेश्याकहाँ बुझ्न गए । वेश्याले पनि त्यो उपहार आफूलाई मनपर्ने मान्छेलाई दिएको बताई । राजाले फेरि त्यस मान्छेलाई भेटे । त्यस मान्छेले पनि निकै राम्रो लागेकाले त्यो उपहार उसलाई साह्रै मन पर्नेलाई दिएको बतायो । राजालाई पक्का भयो संसारमा सबैका माया दोहोरो नहुँदा रहेछन् । उनी प्रेमदेखि विरक्तिएर एकान्तवासमा जङ्गल पस्छन् ।” मैले सुनिरहेँ नातिले हजुरबाको कथा सुने जसरी ।

उसको कथाको पात्र अरूणिमा नै थिई तर उसले किन यसरी अरूणिमाको निष्ठा र विश्वासमाथि शङ्का गरेको – ऊ अरूणिमालाई विश्वास गर्दैन – मैले प्वाक्क भनेँ- “ऊ यसरी प्रेममा विरक्तिएकी थिइन् र छैन पनि ।”

“होइन, मैले त्यस अर्थमा भनेको होइन ।” म पनि बुझ्छु अर्थ के हो – आफैँलाई पछुतो भयो, किन मैले ऊसँग अरूणिमाको प्रस्ताव राख्न आएँ – एक भर्‍याङ मात्रै होइन, सगरमाथाकै चुचुरोबाट खसेजस्तो भयो मलाई । अरूणिमा मेरो बाल्यसखा, ऊ त कलेज प्रवेश पछिको । म अरूणिमाको हरेक व्यवहारबाट परिचित छु । भलै यसमा नारीसुलभ मौनता र लजालुपन कम होला तर ऊ निःस्वार्थ, कर्मठ, इमानदार र नैतिकवान छे । यसको अर्थ ऊ आफ्नो मर्यादा र आदर्शबाट विचलित छे भन्ने होइन । मभित्र व्रि्रोहको वीजारोपण भयो । म उनीहरूलाई प्रणयबन्धनमा समाहित गराउने विशेष भूमिका लिएर आएको तर मेरो भूमिका अब त्यो रहेन । मलाई अरूणिमाको चाहना र रोजाइप्रति नै सन्देह भयो ।

कस्ताकस्ता मान्छेको प्रस्ताव छोडेर यस्तो मान्छे रोज्न पुगिछ – उफ ! उसको र्समर्पण !!! “यो सबै भाग्यको खेल हो ।” उसले समयको मौनतामा हतौडा हान्यो ।

“ए ! उसो भए तँ पनि भाग्यवादी होस् -” म आफैँलाई मेरो लबजमा कठोरता महसुस भयो ।

“तँलाई अर्को कथा भन्छु भाग्यको । एकदिन शिव र पार्वती घुम्न पृथ्वीलोकमा झरेछन् । घुम्नेक्रममा पार्वतीले एकजना भिखारीलाई बाटोमा देखेर साह्रै दुःखी भई शिवजीसँग बिन्ती गरिछन्- नाथ ! त्यस मानिसलाई दुःखको सागरबाट मुक्त गराउनुहोस् ! शिवजीले भनेछन्- पार्वती ! यो उसको पर्ूवजन्मको कर्मको फल हो, उसले भोग्नर्ैपर्छ तर पनि पार्वतीको हठको अगाडि शिवजीको केही सिप नलागेपछि त्यसका खुट्टाअगाडि थुप्रै सुनका असर्फीहरूको थुप्रो लगाइदिएछन् तर हिँड्दाहिँड्दा थाकेको त्यस भिखारीले त्यही समयमा अझै दस कदम हिँड्छु भन्ने सोचले आँखा चिम्म गरेछ । यसो गर्दा ती बहुमूल्य असर्फीको थुप्रो नाघेछ । अनि शिवजीले पार्वतीलाई भन्नुभएछ- देख्यौ, भाग्यको कुरा । अर्को कथा पनि सुन, … एउटा राज्यमा एकदिन भविष्यवाणी भएछ । “राजकुमारले आफ्नै आमा अर्थात् महारानीसँग बिहे गर्छ ।”

अनि राजा क्रुद्ध भएर जन्मिनेबित्तिकै राजकुमारलाई मारेर जङ्गलमा फाल्न आफ्ना सेनाहरूलाई अह्राए तर बालकप्रति स्नेह पलाएर सेनाले नमारिकन राज्यको सीमाबाहिर फालेर फर्केछन् । ऊ त्यही जङ्गली वातावरणमा हर्ुर्किंदै आफ्ना र्समर्थक सेनाहरू पनि बनाउँदै गयो । पछि उसले सबैभन्दा सुन्दर आइमाई यो राज्यकी रानी छिन् भन्ने थाहा पायो । अनि राजासँग युद्ध गरेर रानीलाई आफ्नो बनाएछ र उनीसँग बस्न थालेछ । पछि उसले सत्य थाहा पायो । यस्तो हुन्छ भाग्यको खेल । जस्तै भए पनि भोग्नर्ैपर्छ ।” उसको कथाको प्रसङ्ग सकिन्छ र ऊ फेरि वर्तमानमै फर्किन्छ ।

“छोटो अवधिमा पनि हामीबीच जुन प्रकारको घनिष्ठता बढेको छ, त्यो वास्तवमै अविस्मरणीय छ । आखिर समय पनि त धेरै भएको छैन ।” म विलखबन्दमा परेँ । उसका कतिपय अभिव्यक्तिले अरूणिमाप्रतिको झुकावलाई सङ्केत गर्दथे भने कति शब्द यस्ता थिए, जसले अरूणिमाको अस्तित्वलाई बेवास्ता गर्थे । अरूणिमाको भावना माथिको कुठाराघात वा भनौ उसले देखाएको हेय र अबमूल्यनलाई मैले आफ्नै अवमूल्यन ठानिरहेको थिएँ । म तुलना गर्न थालेँ । वास्तवमै अरूणिमाको प्रेम, उसको आस्था, विश्वास र प्राप्तिपछिको अन्तर्निहित आशाहरूलाई उसले पूरा गर्न सक्छ – अरूणिमा यति धेरै तटस्थ छैन । ऊ खुल्ला छे, मनमा लागेको तत्काल भनिहाल्छे, प्रतिकार गरिहाल्छे । ऊ कुनै पनि कष्टलाई सहन सक्तिन स्पष्ट वक्ता र पारदर्शी व्यवहार छ उसको । ऊ छायाँमा माया खोज्न सक्तिन र यसलाई स्वीकार्दिन पनि । फेरि पनि ऊ घमण्डी छे, यस अर्थमा कि उसले चाहेको सफलतामा आजसम्म उसका पाइलाले पदार्पण गरेका छन् । त्यसैले पनि ऊ पर्ूण्ा आत्मविश्वस्त छे चाहनाको परिपर्ूर्तिका लागि ।

“यो २४ औँ वसन्तमा मैले मात्र एकजनालाई मन पराएँ । यदि ऊ मेरो भाग्यमा रहिनछ भने अरू कोही हुन सक्तैन ।” मेरो मौनता भङ्ग हुन्छ ।

उसले मलाई वाचा गर्न लगाएकी थिई – “तिमी मलाई सहयोग गर्र्छौ र मेरो चाहनालाई पूरा गरिदिन्छौ भने मात्र म कुरा गर्छर्ुुतमीसँग । त्यसैले पहिला मलाई वचन देऊ ।”

मैले वाचा गरेपछि मात्रै उसले आफ्नो कुरोको चुरोलाई म समक्ष राखेकी थिई । मैले निर्धक्क भनेको थिएँ- यो त सामान्य नै हो नि ! मेरो मिल्ने साथी हो ऊ । मैले भनेपछि उसले नमान्ने कुरै हुँदैन । तिमी निश्चित होऊ । त्रि्रो इच्छा पूरा हुन्छ । त्रि्रो मायालाई पाउँछ्यौ तिमीले । यसमा गहिरिनुपर्ने र चिन्ता मान्नुपर्ने कुनै कुरै छैन । मलाई अहिले डर लागिरहेको छ । आशाका मुनाहरू निमोठिएको खबर सुन्दा ऊ कति मर्माहत होली – उसको आत्मा त रुन्छ नै अप्राप्तिको पीडामा सँगै उसको जिद्दीपना र हठी स्वभावले भविष्यमा कठोरता र संवेदनशीलतालाई अझै उँचाइमा पुर्‍याउनेछ । जुन उसको लागि हानिकारक हुनेछ । उसले जब सत्य थाहा पाउँछे, उसको जीवनको गोरेटो मोडिनेछ, नितान्त शून्यमा, एकान्तमा, नैराश्यमा र निःस्पृहतामा । तिमी कर्ममा विश्वास राख्थ्यौ र मलाई पनि त्यही सिकाउँथ्यौ तर आज मैले भाग्यलाई ठूलो ठानेको छु । के गछ्र्यौ भाग्यमा नै चट्याङ परेपछि – हो अरूणिमा, असल, इमानदार, कर्तव्यनिष्ठ र निःस्वार्थ मायामा मान्छेले विश्वास गर्न छोडिसकेछन् । तडकभडकको जमानामा त्रि्रो शान्त र सौम्य व्यक्तित्वको पहिचान कसले गर्ने – त्यसैले त्रि्रो मायाले तिरस्कृत हुनुपरेको छ आज । हो अरूणिमा ! म पनि त्रि्रो अगाडि झुकेको छु । साँचो मायालाई उत्कर्षा पुर्‍याउने उत्कृष्ट योगदान मैले पनि गर्न सकिँन । म अन्योलमा रुमल्लिइरहेको छु म हारिरहेको छु ।

October 15, 2007

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.