~इन्द्रकुमार ‘विकल्प’~
मैले सम्झेँ तिमी मेरै नजर्माछ्यौ
सधैँ मुस्कुराउने मेरै अधर्माछ्यौ
बेकार रै’छ सम्झीसम्झी ज्यान सुकाउनु
थाहा छैन अचेल कुन लहर्माछ्यौ
लाखलाख बिन्ती गरेँ आफ्नै भनी
तर कुन बाटो लाग्ने ठहर्माछ्यौ
मैले सोँचैँ तिम्रै हित चूप्चाप् बसूँ
खुसी साथ बस, जुन सहरमाछ्यौ ।
– कुश्मा, पर्वत
(स्रोत : रचनाकारको ब्लगबाट सभार)