गजल : मलाई खुसी पार्नु पर्दैन

~सशी शेखर दहाल~

अन्तै खुसी छौ भने मलाई खुसी पार्नु पर्दैन,
माया नै लाग्दैन भने मसँग बोली राख्नु पर्दैन,

मायाको कदर गर्न विर्सेऊ जस्तो छ तिमीले,
तिम्रो याद आउँछ भनी झुटो बोली राख्नु पर्दैन,

जिन्दगी खुलेर जिउने भन्थेउ अन्तै खुल्न थालेछौ,
मलाई अन्धकारमा राखी तिमी खुली राख्नु पर्दैन,

होला मैले बुझिन तिम्रो माया बुझाउन त सक्थ्यौ नि,
तिमीले दिएको चोटमा अब नुन छर्की राख्नु पर्दैन ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.