~बिष्णु खरेल~
बशन्त यो सुवास छायो , कोपिला मुस्कुरायो।
मायालु मन हृदय छोयो , संसारै रमायो।
स्वप्निल संसार ,मायाको साथ भाग्यको खेल यो।
मोहनी रुप , त्यो कर्के नजर अनौठो मेल यो।
मायाको काख , भाग्यको साथ स्वर्गैको तरंग।
वयान मैले कसरी गरु , जीवनको उमङ्ग।
गुराँस लाली चम्कीय सरी,के सारो खुलेकी।
मायाले हो या, लाजले हो या धान झैँ झुलेकी।
पर्यन्त रहोस हाम्रो यो माया नछुटोस कहिल्यै ।
लेखेको होला ललाटमा शायद भावीले पहिल्यै।
– भर्जिनिया
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )